Saturday, October 6, 2012

लामो समयदेखि बन्द तीन सरकारी उद्योग साचालन गर्ने निर्णय

  • मन्त्रिपरिषदद्वारा ती उद्योग साचालनको मोडालिटी सिफारिस गर्न सस्थान निर्देशन बोर्डलाई जिम्मा
  • कृषि औजार बुटवल धागो र वीरगन्ज चिनी कारखाना पुनः साचालनमा आउने
काठमाडौं, २० असोज- सरकारले एक दसकभन्दा बढी समयदेखि बन्द रहेका तीनवटा सरकारी उद्योगलाई पुनः साचालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले कृषि औजार कारखाना लिमिटेड बुटवल धागो उद्योग र वीरगन्ज चिनी उद्योगलाई पुनः साचालनमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले ती उद्योगलाई सहकारी सार्वजनिक-निजी साझेदारी निजीकरण निजी क्षेत्रलाई लिजमा दिने या पुनः सरकारले साचालन गर्नेमध्ये उपयुक्त हुन्छ मोडालिटी सिफारिस गर्न संस्थान निर्देशन बोर्डलाई जिम्मेवारी दिएको छ ।
बोर्डले मोडालिटी सिफारिस गरेपछि उद्योग मन्त्रालयले ती उद्योग साचालनका लागि प्रकि्रया अघि बढाउने जानकारी सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार बोर्डले जुन मोडालिटी भन्छ त्यही आधारमा ती उद्योगलाई साचालनमा ल्याइनेछ ।
ुसरकारले साचालन गर्न नसकेपछि एकचोटि निजी क्षेत्र या सार्वजनिक-निजी साझेदारी या निजी क्षेत्रलाई लिजमा दिने या अन्य कुनै मोडेलबाट चलाउन सकिन्छ भनेर एकचोटि प्रयास गर्नु आफैंमा सकारात्मक कदम हो । तर यी उद्योग साचालन गर्न सरकारले थप लगानी भने नगर्ने जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए । 'सरकारी व्यवस्थापनबाट चलाउँदा असफल भएका उद्योग निजी क्षेत्र या अन्य मोडेलबाट सफलतापूर्वक साचालनमा आउन सक्ने सम्भावना छ त्यस्तो अवसर किन नदिने ?' ती अधिकारीले भने । पुनः साचालनमा आए ती उद्योगले चर्चेको जग्गा भौतिक पूर्वाधार मेसिनलगायतका अर्बौं रुपैयाँका सम्पत्तिको सदुपयोग हुने विश्वाससमेत ती अधिकारीको छ ।
यी तीन उद्योगमा सरकारले अर्बौं रुपैयाँ लगानी गरेको छ । वीरगन्ज चिनी र बुटवल धागो कारखाना उद्योग मन्त्रालय र कृषि औजार कृषि मन्त्रालयमातहत साचालनमा थिए ।सरकारले साचालन गर्दा चरम घाटामा गएपछि कृषि औजार कारखाना लिमिटेड २०५२ बुटवल धागो उद्योग २०६२ र वीरगन्ज चिनी उद्योग ०५९ फागुनदेखि बन्द छन् । वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना पुनः साचालनमा ल्याउन स्थानीबासीबाट लामो समयदेखि माग हुँदै आएको थियो ।
कृषि औजारको निर्माण र मर्मतको कार्य गर्दै आएको कृषि ओजार कारखानालाई भने ०५१ सालमा निजीकरण गरिएको थियो । कारखानाको ६५ शेयर प्रतिशत शेयर लिएको उद्योगपति रेशमलाल िसंह समूहले निजीकरणको शर्त पूरा गरेन । त्यसपछि सरकारले निजीकरणको करार तोडेपछि कारखाना बन्द भएको हो । कृषि औजार निजीकरण करार भंगसम्बन्धमा परेको मुद्दा एकातिर अदालतमा अझै विचाराधीन छ भने अर्कातिर मध्यस्थता गरेर मिलाउने प्रयाससमेत जारी रहेको स्रोतले उल्लेख गरेको छ ।
सरकारले दोस्रो चरणमा लामो समयदेखि बन्द रहेको हेटौंडास्थित कपडा उद्योगसमेत साचालनमा ल्याउने प्रकि्रया अघि बढाउने जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए । सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल भने निजी क्षेत्रलाई लिजमा साचालन गर्न दिने प्रकि्रया अन्तिम चरणमा पुर् याएको छ ।बलराम बानियाँ
काठमाडौं- सरकारले एक दसकभन्दा बढी समयदेखि बन्द तीनवटा सरकारी उद्योगलाई पुनः साचालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले कृषि औजार कारखाना लिमिटेड बुटवल धागो उद्योग र वीरगन्ज चिनी उद्योगलाई पुनः साचालनमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले ती उद्योगलाई सहकारी सार्वजनिक-निजी साझेदारी निजीकरण निजी क्षेत्रलाई लिजमा दिने या पुनः सरकारमध्ये कसले साचालन गर्नु उपयुक्त हुन्छ मोडालिटी सिफारिस गर्न संस्थान निर्देशन बोर्डलाई जिम्मेवारी दिएको छ ।
बोर्डले मोडालिटी सिफारिस गरेपछि उद्योग मन्त्रालयले ती उद्योग साचालनका लागि प्रकि्रया अघि बढाउने जानकारी सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार बोर्डले जुन मोडालिटी भन्छ त्यही आधारमा ती उद्योगलाई साचालनमा ल्याइनेछ ।
ुसरकारले साचालन गर्न नसकेपछि एकचोटि निजी क्षेत्र या सार्वजनिक-निजी साझेदारी या अन्य कुनै मोडेलबाट चलाउन सकिन्छ भनेर एकचोटि प्रयास गर्नु आफैंमा सकारात्मक कदम हो । तर यी उद्योग साचालन गर्न सरकारले थप लगानी भने नगर्ने जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए ।
सरकारले साचालन गर्दा चरम घाटामा गएपछि कृषि औजार कारखाना लिमिटेड २०५२ बुटवल धागो उद्योग २०६२ र वीरगन्ज चिनी उद्योग ०५९ फागुनदेखि बन्द छन् । कृषि औजारको निर्माण र मर्मतको कार्य गर्दै आएको कृषि ओजार कारखानालाई भने ०५१ सालमा निजीकरण गरिएको थियो । यी तीन उद्योगमा सरकारले अर्बौं रुपैयाँ लगानी गरेको थियो ।
कारखानाको ६५ शेयर प्रतिशत शेयर लिएको उद्योगपति रेशमलाल िसंह समूहले निजीकरणको शर्त पूरा गरेन । त्यसपछि सरकारले निजीकरणको करार तोडेपछि कारखाना बन्द भएको हो । कृषि औजार निजीकरण करार भंगसम्बन्धमा परेको मुद्दा एकातिर अदालतमा अझै विचाराधीन छ भने अर्कातिर मध्यस्थता गरेर मिलाउने प्रयाससमेत जारी रहेको स्रोतले उल्लेख गरेको छ ।
सरकारले दोस्रो चरणमा लामो समयदेखि बन्द रहेको हेटौंडास्थित कपडा उद्योगसमेत साचालनमा ल्याउने प्रकि्रया अघि बढाउने जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए । सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल भने निजी क्षेत्रलाई लिजमा साचालन गर्न दिने प्रकि्रया अन्तिम चरणमा पुर् याएको छ ।

Friday, October 5, 2012

टीआई नेपालको अध्यक्षमा पुनः केसी

काठमाडौं, १९ असोज- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल टीआई नेपाल को शुक्रबार सम्पन्न १७ औं साधारणसभाले सर्वसम्मतिबाट अध्यक्षमा पूर्वमहालेखा परिक्षक विष्णुबहादुर केसीलाई पुनः निर्वाचित गरेको छ । केसी टीआई नेपालको अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।
साधारणसभाले कार्यसमितिका सदस्यमा भरतबहादुर थापा, शरच्चन्द्र वस्ती, महादेवप्रसाद यादव, रामदयाल राकेश, खेमराज रेग्मी, गीताकेशरी र सागरराज शर्मालाई चयन गरेको छ ।

Thursday, October 4, 2012

पूर्वराजा ज्ञानेन्द्रको कम्पनी सिप्रदीद्वारा साढे दुई रोपनी सार्वजनिक जग्गा अतिक्रमण

प्रधानमन्त्री कार्यालयले अतिक्रमण हटाउन गृह र भूमिसुधार मन्त्रालयलाई निर्देशन दिने तयारी
काठमाडौं, १८ असोज- पूर्वराजा ज्ञानेन्द्र शाहको मुख्य लगानी रहेको सिप्रदी ट्रेडिङ प्रा।लि।ले लामो समयदेखि राजधानीमा करिब साढे दुई रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेर भवनसमेत बनाई भोगचलन गर्दै आएको खुलासा भएको छ । सिप्रदी मुलुकमा आयात हुने ठूला तथा साना गाडीको सबभन्दा ठूलो एजेन्ट कम्पनी हो ।
भूमिसुधार मन्त्रालयद्वारा गठित छानबिन समितिले सिप्रदी ट्रेडिङले आफ्नो मुख्यालय रहेको सतुंगलमा १ हजार १ सय ९२ वर्ग मिटर अर्थात् २ रोपनी ५ आना २ दाम सार्वजनिक जग्गा अतिक्रमण गरेको प्रतिवेदन दिएपछि मुलुकको सबभन्दा ठूलोमध्येमा पर्ने कम्पनीको अतिक्रमण तथ्य खुलासा भएको जानकारी एक सरकारी अधिकारीले दिए ।
भूमिसुधार मन्त्रालयले सिप्रदी ट्रेडिङले बल्खु खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरेको र त्यसमा उसको भवनसमेत रहेको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई दिइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सिप्रदी ट्रेडिङले अतिक्रमति जग्गामा निर्माण गरेका भौतिक संरचना हटाई जमिन खाली गराउन तथा सार्वजनिक जग्गा कायम गर्न गृह र भूमिसुधार मन्त्रालयले निर्देशन दिने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयले एक÷दुई दिनमै निर्देशन दिने जानकारी एक उच्च सरकारी अधिकारीले दिए ।
कलंकीबासी रामेश्वर खनालले सिप्रदी ट्रेडिङले ५ रोपनी जग्गा अतिक्रमण गरेको उजुरी हेलो सरकारमा दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भूमिसुधार मन्त्रालयलाई छानबिन गरी सत्यतथ्य विवरण दिन निर्देशन दिएको थियो ।
उक्त निर्देशनपछि भूमिसुधार मन्त्रालयद्वारा गठित नापी अधिकृत साजय छत्कुली संयोजक शाखा अधिकृतद्वय गुरुप्रसाद रेग्मी र चुडामणि भट्टराई रहेको समितिले स्थलगत छानबिन गरेको सिप्रदीले खोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरेको प्रतिवेदन दिएको हो ।
समितिले नयाँ नैकाप र सतुंगल गाविसबीचमा पर्ने बल्खु खोलालाई सिप्रदीले पर सारी खोलाको सार्वजनिक जग्गा आफ्नो कम्पाउन्डभित्र पारेको र त्यसमा भवनसमेत बनाएको प्रतिवेदनमा उल्लेख गरेको छ । नापीको स्रेस्ता र नक्साको ट्रेसमा सिप्रदीको कम्पाउन्डभित्र करिब साढे २ रोपनी सार्वजनिक जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।
अतिक्रमण गरेको प्रश्न उठेपछि सिप्रदीले नक्सामा आफूले खोला साविकअनुसार कायम गरेको र मालपोत कार्यालय कलंकीमा जग्गा दर्ता गर्ने कारबाही अघि बढिरहेको उल्लेख गर्दै भूमिसुधार तथा व्यवस्थापन विभागमा अतिक्रमित जग्गा बराबरको सट्टापट्टा गर्ने प्रकि्रया अघि बढाएको थियो । तर सरकारी र सार्वजनिक जग्गा सट्टापट्टा गर्ने कानुनी एवं नीतिगत व्यवस्था नरहेकाले विभागले कुनै प्रकि्रया अघि बढाउन नमिल्ने उल्लेख गरी सिप्रदीको फाइल फिर्ता गरेकोसमेत समितिको छानबिन प्रतिवेदनमा छ ।

विवादास्पद बस्नेतसहित पाँच जना सहायक रथीमा बढुवा

बढी पेन्सन पाउन दुई सचिवद्वय डेढ साताअघि राजिनामा
काठमाडौं, १८ असोज- सरकारले सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार उल्लंघनको गम्भीर अपराध गरेको अभियोग लागेका महासेनानी राजु बस्नेतलाई सहायक रथी बि्रगेडियर जनरल मा बढुवा गरेको छ ।
मन्त्रिपिरÈद्को बिहीबार बसेको बैठकले जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत् गरेको प्रस्तावअनुसार पाँच महासेनानीलाई सहायक रथीमा र पाँच प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णयसँगै विवादास्पद बस्नेतको बढुवाको समेत गरेको हो ।
बस्नेतमाथि भैरवनाथ गण्ँको गण्ँपति हुँदा सशस्त्र द्वन्द्वका क्रममा हिरासतमा राखिएका ४९ जना माओवादी कार्यकर्तालाई बेपत्ता पारेको र सयौंलाई चरम शारीरिक तथा मानसिक यातना दिएको अभियोग छ । उनी त्यसबेला लेफ्टिनेन्ट कण्र्ँेल प्रमुख सेनानी थिए ।
मानव अधिकार आयोगले बस्नेतले मानव अधिकार उल्लंघनको गम्भीर अपराध गरेको ठहर गरी सात वर्षअघि नै उनीविरुद्ध कानुनी कारबाही चलाउन र बढुवा नगर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगको सिफारिस सरकारलाई बाध्यकारी हुने भए पनि त्यसलाई बेवास्ता गरी मन्त्रिपरिषदले बस्नेतको बढुवा गरेको हो ।
माओवादी नेतृत्वको सरकारले आफ्नो पार्टीको सशस्त्र द्वन्द्वका क्रममा आफ्नै ४९ कार्यकर्तालाई बेपत्ता पारेको र सयौंलाई यातना दिई जघन्य मानव अधिकार उल्लंघन अपराध गरेको अभियोग लागेका बस्नेतलाई बढुवा गरी पुरस्कृत गरेको हो । यसअघि तत्कालीन प्रधानसेनापति छत्रमानिसंह गुरुङको पालामा बस्नेतलाई बढुवा गर्न प्रस्ताव गर्दा सरकारले निर्णय नगरी फाइल फिर्ता पठाएको थियो ।
यसैबीच मानव अधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले मानव अधिकार उल्लंघनको गम्भीर आरोप लागेका बस्नेतलाई बढुवा गरेर माओवादी नेतृत्वको सरकारले मुलुकमा दण्डहीनतालाई संस्थागत गरेको टिप्पणी गरेका छन् । इन्सेकले विज्ञप्ति जारी गरी 'सरकारको यो निर्णय शान्ति सम्झौता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको मर्मविपरीत हुनुका साथै भत्सर्नायोग्य छ' भन्दै सशस्त्र द्वन्द्वका यस्ता विषयमा सक्षम र निष्पक्ष कानुनी संयन्त्रबाट टुंगो नलागुन्जेल मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीहरुको बढुवा रोक्न सरकारसित माग गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा साचारमन्त्री राजकिशोर यादवले दिएको जानकारीअनुसार सहायक रथीमा बढुवा गरिएकामा बस्नेत, प्रभुराम शर्मा, समिर शाही, सुर्वण्ँबहादुर महत र विजयध्वज कार्की छन् ।
मन्त्रिपरिषदले पाँच प्रमुख सेनानी लेफ्टिनेन्ट कर्णेल बाबुराम श्रेष्ठ, अरुण्ँकुमार पाल, प्रदीपजंग केसी, सन्तोÈकुमार ढकाल र निरज पौडेललाई महासेनानी कर्णेल मा बढुवा गरेको छ ।
बढी पेन्सन पाउन दुई सचिवद्वारा डेढ साताअघि राजिनामा
सचिवद्वय वामनप्रसाद न्यौपाने र उमाकान्त झाले बढी पेन्सन पाउन डेढ साताअघि दिएको राजिनामा सरकारले स्वीकृत गरेको छ । न्यौपाने राष्ट्रपति कार्यालय र झा उद्योग मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए । सचिवको पाँचवर्षे पदावधि पूरा गरी असोज २३ मा अनिवार्य अवकास पाउनु डेढ साताअघि उनीहरुले राजिनामा दिएका हुन् ।
निजामती सेवा ऐनमा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अनिवार्य अवकास पाउनुअघि स्वेच्छिक राजिनामा दिएमा थप २ वर्ष सेवा अवधि गणना गरी पेन्सन दिने कानुनी छिद्रबाट फाइदा पाउन दुई सचिवले पदावधि सकिनु नौ दिनअघि राजिनामा दिएका हुन् । नौ दिनअघि राजिनामा दिएबापत उनीहरुले मासिक १५ सय रुपैयाँ बढी पेन्सन पाउने जानकारी सरकारी अधिकारीले दिए ।
भन्सार छुटमा चिनी आयातको अनुमति
सरकारले दशैं तिहार र छठजस्ता मुख्य पर्वका बेला चिनीको अभाव हुन नदिन र मूल्यवृद्धि रोक्न नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङलाई भन्सार छुटमा २० हजार मेटि्रक टन चिनी आयात गर्न अनुमति दिएको छ ।
मुख्य चाडका बेला हुने गरेको चिनीको अभाव र मूल्यवृद्धि रोक्न सरकारले भन्सार छुट चिनी आयात गर्न दिएर बजारमा हस्तक्षेप गरेको जानकारी सरकारी अधिकारीले दिए । सरकारले दसैंतिहारको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसल खोल्न अनुमति दिएको जानकारीसमेत यादवले दिए ।
बेलायती सेनाध्यक्ष नेपाल आउने
बेलायती सेनाध्यÔले आगामी नोभेम्बरमा नेपाल भ्रमण्ँ गर्ने भएका छन् । मन्त्रिपरिषदले बेलायती सेनाध्यक्षको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको जानकारी यादवले दिए ।
एडीबीले ९६ करोड सहयोग गर्ने
एसियाली विकास बैंक एडीबी ले जलसंशाधन विकास कार्यक्रम साचालन तथा सुविधाका लागि ९६ करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ । मन्त्रिपरिषदले एडीबीको उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी यादवले दिए ।
शासकीय सुधार कार्ययोजना पारित
मन्त्रिपरिषदले शासकीय सुधार कार्ययोजना २०६९ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषदले कार्ययोजनालाई प्रधानमन्त्री र मुख्यसचिवले परिमार्जन गरेर मिलाउने गरी स्वीकृत गरिएको जानकारी यादवले दिए ।


तरुण दलको महाधिवेशन माघ २० मा

काठमाडौं, १८ असोज- नेपाली काग्रेसको भातृ संगठन तरुण दलले आगामी माघ २० मा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ । दलको केन्द्रीय समितिको असोज १४ र १५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दै माघ २० मा महाधिवेशन गर्ने घोषणा गरेको हो ।
राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी दलका अध्यक्ष उदयसमसेर राणाले 'युवा जोश र सोचले बन्छ देश अवश्य, टोल-टोलमा बनौ तरुण दलको सदस्य' भन्ने नाराका साथ व्यापक सदस्यता वितरण गर्ने र पुस २० सम्ममा जिल्ला अधिवेशन गरिसक्नॆ कार्यक्रम तय गरिएको जानकारी दिए । उनले दललाई सबै तप्काका युवाको समावेशी संगठन विधान संशोधन गरी समावेशी बनाइएको बताए ।
तरुण दलले संविधान नबनाई संविधानसभा भंग गराएर सहमति र सहकार्यको बाटोलाई छोडी अप्राकृतिक गठबन्धनलाई प्रश्रय दिदै राष्ट्रिय स्वाधीनतामाथि आँच पुर् याउने काम गर्दै आइरहेको वर्तमान 'जनविरोधी, भ्रष्ट, नालायक सरकार' लाई हटाउन सडक आन्दोलन चर्काउने निर्णय गरेको राणाले बताए ।
दलले युवा स्वरोजगारको नाममा सरकारले माओवादी पार्टीका कार्यकर्ताद्वारा साचालित विभिन्न सहकारी संस्थालाई जथाभावी अर्बौ रुपैयाँ बाँडेर राष्ट्रिय ढुकुटीको हिनामिना गरेको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णयसमेत गरेको जानकारी राणुले दिए ।

Wednesday, October 3, 2012

माओवादीको आडमा योग्यता नपुगेका व्यक्ति १३ महिनादेखि कार्यकारी निर्देशक

अख्तियार र सतर्कता केन्द्रद्वारा छानबिन
काठमाडौं, १७ असोज- सरकारले उद्योग मन्त्रालय मातहतको घरेलु तथा साना उद्योग विकास समितिमा कानुनविपरीत योग्यता नपुगेका माओवादी कार्यकर्ता जयनारायण महतोलाई कार्यकारी निर्देशक नियुक्त गरी लामो समयसम्म पदमा राखिरहेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले प्रश्न उठाएका छन् ।
समिति घरेलुको कार्यकारी निर्देशक हुन स्नातक तह उत्तीर्ण हुनुपर्नेमा सरकारले कानुन मिचेर आई्रएस्सीमात्र पास गरेका महतोलाई नियुक्त गरेको र योग्यता नपुगेको थाहा भएपछि पनि तेह्र महिनासम्म नहटाएकामा अख्तियार र केन्द्रले प्रश्न उठाई छानबिन सुरु गरेको जानकारी स्रोतले दिएका छन् ।
कानुनअनुसार कार्यकारी निर्देशक हुन महतोको योग्यता नपुगेको पुष्टि भए पनि उद्योगमन्त्री अनिल झाले प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी पार्टीले संरक्षण दिएका कारण कुनै कारबाही गर्न नसकेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
विद्यमान कानुन समितिसम्बन्धी नियमाली र अर्थमन्त्रालयको निर्देशनअनुसार कार्यकारी निर्देशक हुन कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्छ । सरकारले आईएस्सीमात्र उत्तीर्ण महतोलाई कार्यकारी निर्देशक राखिरहेकामा अख्तियार र केन्द्रले छानबिन सुरु गरेका हुन् ।
तत्कालीन उद्योगमन्त्री महेन्द्र पासवानको प्रस्तावमा सरकारले महतोलाई २०६८ भदौमा समितिको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नियुक्ति हुँदा महतोले सरकार र उद्योग मन्त्रालयलाई आफ्नो योग्यताको प्रमाणपत्रसमेत पेस गरेका थिएनन् ।
अख्तियार र केन्द्रले प्रश्न उठाएपछि मन्त्रालयले योग्यताको प्रमाणपत्र बुझाउन ताकेता गर्दा पनि महतोले दिन नमानेको जानकारी उद्योग मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार महतोले आफूले योग्यताको प्रमाणपत्र अख्तियारलाई बुझाएको दाबी गर्दै सतर्कता केन्द्र र मन्त्रालयलाई बुझाउन अस्वीकार गर्दै आएका छन् ।
माओवादी पार्टी र प्रधानमन्त्रीको आडमा महतोले मन्त्रालय र सतर्कता केन्द्रको निर्देशनलाई नमानेको जानकारीसमेत ती अधिकारीले दिए । उनले अख्तियारलाई भने प्रमाणपत्र बुझाएका छन् ।
अख्तियारलाई प्रमाणपत्र बुझाएपछि उनको योग्यता नपुगेकोमात्र होइन आईएस्सीको प्रमाणपत्रसमेत नक्कली रहेको प्रश्नसमेत उठेको छ । महतोले नेपालबाट एसएलसी पास गरेको १७ महिनामै बिहारबाट आईएस्सी उत्तीर्ण गरेको कलेजको लेटरप्याडको अक्षर शब्द र मोडेल फरक भएको चारित्रिक प्रणापत्रमा सम्बन्धित विद्यार्थीले कुन तह र के विषय पढेकोसमेत उल्लेख नभएको पाइएको जानकारी समितिका एक अधिकारीले दिए ।

Tuesday, October 2, 2012

स्वास्थ्यकर्मी-अस्पतालको स्थायी सुरक्षाको व्यवस्था गर्न नियमावली

लापरबाहीबाट पीडित क्षतिपूर्ति दिन स्थायी संयन्त्र
काठमाडौं, १६ असोज- सरकारले स्वास्थ्यकर्मी तथा अस्पतालको सुरक्षाको स्थायी व्यवस्था गर्न नियमावली जारी गरेको छ । नियमावलीमा स्वास्थ्यकर्मी या अस्पतालको कमजोरी र लापरबाहीबाट बिरामीको मृत्यु या अंगभंग भएमा अदालतले तोकेबमोजिमको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन स्थायी निकायसमेत खडा गरिएको छ । उक्त निकायले अस्पताल र स्वास्थ्यकर्मीबाट वार्षिक दस्तुर लिई आवश्यक रकम जुटाएर पीडितलाई क्षतिपूर्ति दिने जानकारी स्वास्थ्य मन्त्रालयका अधिकारीले दिए ।
चिकित्सक संघको लामो समयको मागबमोजिम मन्त्रिपरिषदको बैठकले ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी नियमावली पारित गरी जारी गरेको हो । नियमावलीमा स्वास्थ्यकर्मी तथा अस्पतालले सुरक्षाको माग गर्न सक्ने र स्थानीय प्रशासनले तत्कालीन अवस्थाको मूल्यांकन गरी मनासिव अवधिका लागि सुरक्षाकर्मी खटाई सुरक्षाको व्यवस्था गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
नियवमालीअनुसार स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था गरेमा सुरक्षाकर्मीका लागि खाने तथा बस्ने व्यवस्था सम्बन्धित स्वास्थ्यकर्मी या अस्पताल गर्नुपर्नेछ । पचास शैया या बढी क्षमताको अस्पतालले आफ्नो सुरक्षाका लागि स्थानीय प्रशासनको सिफारिससहित वाकीटकीसहितको साचार साधन माग गरेमा सूचना तथा साचार मन्त्रालयले उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।
स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षा माग गर्ने तथा चिकित्साकर्मीको बद्नियत या गम्भीर लापरबाही भएको अवस्था निर्धारण गर्न आवश्यक आधार तथा मापदण्ड बनाउने र लागू गर्न या गराउन अधिकारसम्पन्न स्थायी समिति रहने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।
नियमावलीअनुसार स्वास्थ्यकर्मी तथा अस्पतालले आफ्नो सुरक्षाका लागि समितिमा अनिवार्य रुपमा ५ सय रुपैयाँ तिरी नाम दर्ता गराउनुपर्नेछ । सुरक्षा माग गर्ने स्वास्थ्यकर्मी या अस्पतालले अनिवार्य रुपमा वार्षिक दस्तुर तिनुपर्नेछ ।
नियमावलीअनुसार अस्पतालले समितिलाई वार्षिक प्रति शैया ६०, जर्नल सर्जन, डेन्टल सर्जन, गाइनोलोजिस्टले ११ सयदेखि सामान्य स्वास्थ्यकर्मीले ३ सय ६५ रुपैयाँसम्म वार्षिक दस्तुर समितिलाई बुझाउनुपर्नेछ । स्वास्थ्यकर्मीबाट हुने कमजोरी र लापरबाहीबाट बिरामीको मृत्यु वा अंगभंग भएमा न्यायालयले तोकेको क्षतिपूर्ति रकम समितिले अस्पताल र स्वास्थ्यकर्मीबाट वार्षिक रुपमा उठ्ने आम्दानीबाट बेहोर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित अस्पताल या चिकित्सकले क्षतिपूर्ति रकम तिर्नुपर्ने छैन । समितिले आफ्नो प्रशासनिक खर्चसमेत अस्पताल र स्वास्थ्यकर्मीबाट उठ्ने आम्दानीबाट चलाउनुपर्नेछ । समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी र अस्पतालले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्न सक्ने जानकारीसमेत सम्बन्धित अधिकारीले दिए ।