ठेक्का तोडिए दुर्भाग्यपूर्ण हुन्छ : पर्यटनमन्त्री
अर्थ र पर्यटनको द्वन्द्वले निर्माण नरोकियोस् : पोखरेली सभासद
काठमाडौैं, २१ साउन– अर्थमन्त्रालयले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चिनिया“ कम्पनी सीएएमसीईबीच भएको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन र मन्त्रिपरिषदको पूर्वसहमतिविपरीत रहेको गम्भीर प्रश्न उठाउ“दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसित स्पष्टीकरण मागेको छ ।
विमानस्थलका लागि आवश्यक रकम जुटाउनका लागि चिनिया“ एक्जिम बैंकसित सहुलियतपूर्ण ऋण लिइदिन प्रक्रिया अघि बढाइदिनुपर्ने अर्थमन्त्रालयले नै टेन्डर प्रक्रियामाथि नै प्रश्न उठाएपछि निर्माण नै अन्यौलमा पर्ने स्थिति उत्पन्न भएको छ ।
पर्यटन मन्त्रालयले ठेक्का सम्झौताबमोजिम चिनिया“ एक्जिम बैंकस“ग सहुलियतपूर्ण ऋण माग गरिदिन आफूलाई लिखित आग्रह गरेपछि अर्थमन्त्रालयले साउन ७ मा सचिवस्तरीय निर्णय गरी स्पष्टीकरण माग गरेको हो । साउन ७ मा अर्थसचिव युवराज भुषाल थिए ।
अर्थमन्त्रालयले अनुमानित लागत १४ करोड ७० लाख डलर भएको पोखरा विमानस्थलको ठेक्का सार्वजनिक खरिद ऐनविपरीत २१ करोड ६० लाख अमेरिकी डलर प्रस्ताव गरेको चिनिया“ कम्पनीलाई किन दिइएको भन्दै गम्भीर प्रश्न उठाएको छ । अर्थले सार्वजनिक खरिद ऐनअनुसार नागरिक उड्डयन प्राधिकरणको अनुमानित लागतभन्दा ७ करोड डलर बढी प्रस्ताव गरेको कम्पनीको बोलपत्र रद्द गर्नुपर्नेमा किन पुरस्कृत गरेको भन्ने प्रश्नसमेत उठाएको छ ।