अंगीकृत लिनेमा अधिकांश भारतीय चेली
काठमाडौं, ६ पुस– संविधानसभाबाट असोज ३ मा संविधान जारी भएपछि नेपाली पुरुषस“ग विवाह गरेका ५ सय ९६ जना विदेशी महिलाले तराई–मधेससहितका २१ जिल्लाबाट वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । वैव्ँँहिक अंगीकृत लिएकामा धेरैजसो नेपाली पुरुषसित विवाह गरेका भारतीय चेली रहेको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए ।
नया“ संविधानले नेपालीस“ग विवाह गरेका भारतीय चेलीलाई नागरिकताबाट वञ्चित गरेको झूटो प्रचार गरी तराईमा सर्वसाधारण मधेसी जनतालाई भडकाउने काम भइरहेको छ भन्दै मधेसको एक जिल्लाका प्रशासकीयले अधिकारीले उक्त संख्यामा वैवाहिक अंगीकृत नागरिकता वितरण भएको जानकारी दिएका हुन् ।