दुवै देशका प्रधानमन्त्रीद्वारा स्विच थिचेर दुई प्रसारण लाइन उद्घाटन
काठमाडौं, ९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार दुई अन्तरदेशीय प्रसारण लाइन रक्सौल–परवानीपुर र कुसाहा–कटैयाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका देउवा र मोदीले नया“दिल्लीस्थित हैदरावाद हाउसबाट स्विच थिचेर महŒवपूर्ण अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
विद्युत् प्राधिकरणले यी दुई प्रसारण लाइन हु“दै भारतबाट ५०÷५० मेगावाट बिजुली आयात गर्ने बाटो खुलेको छ । भारतबाट आगामी हिउ“दमा यी दुई प्रसारण लाइन हु“दै १ सय मेगावाट बिजुली आयात हुन थालेपछि मुलुकमा लोडसेडिङ नहुने विश्वास विद्युत् प्राधिकरणका अधिकारीहरूको छ । ‘हाल नेपालमा ३ सय ५० मेगावाट हाराहारी बिजुली गइरहेको छ’ संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘अब थप सय मेगावाट निर्यात हुन सक्नेछ ।’