स्वास्थ्योपचार पूरा हुँदै
काठमाडौं, १७ भदौ– स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरूबीच मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अरू मन्त्रीको उपस्थितिमा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई यसबीचमा भएका सरकारका कार्यप्रगतिसम्बन्धमा जानकारी गराएको जानकारी मन्त्रिपरिषदको उच्च स्रोतले दिएको छ ।
स्रोतका अनुसार पोखरलको ब्रिफिङलगत्तै प्रधानमन्त्रीले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको दायित्व प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनले मन्त्रिपरिषदका सदस्यहरूलाई आफ्नो स्वास्थ्योपचार राम्रो भइरहेको जानकारी गराउ“दै भदौ २० मा फर्कने जानकारी गराएका थिए ।