काठमाडौं, २३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन दुई प्रमुखसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन स्वास्थ्य प्रमुखद्वय डा. जीवनकुमार मल्ल र डा. नरेशप्रताप केसी तथा कार्यालय सहयोगी हरिबहादुर हमाल छन् ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुका वरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले जनस्वास्थ्य कार्यालय धादिङको प्रमुख हुँदा भ्रष्टाचार कसुर प्रमाणित भएका कार्यालय सहयोगी हमाललाई उपचार खर्च, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम र निवृत्तिभरण गरी १४ लाख ७० हजार रुपैयाँ निकासा गरी सरकारी कोष हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।