Sunday, November 30, 2014

पाँच मन्त्रालयसहित १५ निकाय सचिवविहीन

बढुवाको प्रक्रिया सुरु गर्न सरकाको ढिलाइ 
काठमाडौं, १४ मंसिर– महत्वपूर्ण मन्त्रालयसहित प्रशासनिक नेतृत्वविहीन भएका निकायको संख्या १५ वटा पुगिसके पनि सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गर्न ढिलाइ गरिरहेको छ । प्रशासनिक नेतृत्व नभएकाले ती निकायको कामकारबाही प्रभावित भइरहे पनि सरकारले सचिव बढुवामा बेवास्ता गरेको हो ।
सहसचिवहरूको कार्य सम्पादन मूल्यांकन कार्य गत असोजमा नै पूरा भइसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु गर्न कुनै अड्चन नरहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनअनुसार सरकारले रिक्त सचिव पदमा वर्षमा बढुवा समितिको सिफारिसमा दुईपटक पदोन्नति गर्ने व्यवस्था छ । 
सरकारले रिक्त सचिव पदपूर्ति गर्न लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक अहिलेसम्म बोलाएको छैन । १५ वटा निकाय कामु र निमित्त सचिवका भरमा चलाइएको छ, १५ मध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव । 

Saturday, November 29, 2014

साइरनवाला गाडीमा उपमहानिर्देशक सुवेदी सरर्र

काठमाडौं, १३ मंसिर– राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदी अनधिकृत रूपमा आफ्नो गाडीमा साइरनवाला रातो बत्ती बालेर हिड्न थालेका छन् । अनधिकृत रूपमा सशस्त्र प्रहरीका दुई जना हतियारधारी सुरक्षागार्डसमेत लिइसकेका सुवेदीले कानुनविपरीत रातो बत्तीसहितको साइरनवाला सरकारी गाडी चढ्न थालेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कु“वरले चढ्दै आएको बा २ झ ८२१ नं. को सरकारी गाडीमा साइरनवाला रातो बत्ती राखेर आफूले प्रयोग गरेका हुन् । दमकल, एम्बुलेन्स, इमर्जेन्सीको, भीभीआईपी र भीआईपीको इस्कर्टिङ गाडी तथा सुरक्षाको काममा जाने सुरक्षाकर्मीको सवारी साधनमा मात्र साइरनवाला रातो बत्ती राख्ने कानुनी व्यवस्था छ ।

मालपोत अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १३ मंसिर– विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गर्ने तत्कालीन मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित ६ जनालाई भ्रष्टाचारको अभियोगमा दोÈी ठहर गरेको छ । 
कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब १ करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण्ँ पेस गर्दै स्थानीय नारायण्ँ कठरिया र जगत कठरियाले आङ्खनो नाममा पारेका थिए ।
नक्कली कागजात बनाई श्रेस्ता कायम गर्ने कार्यमा सहयोग गरी पदको दुरुपयोग गरेको अभियोगमा विशेÈ अदालतले शुक्रबार तत्कालीन निमित्त मालपोत अधिकृत तिमल्सिना, खरदारद्वय लोकबहादुर राउत, अग्निबहादुर शाही र गाविस सचिव अनिलकुमार मिश्रलाई भ्रष्टाचारी ठहर गरेको छ । 

Tuesday, November 25, 2014

लगानी बोर्ड र सतलजबीच अरुण तेस्रोको पीडीएमा हस्ताक्षर

काठमाडौं, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी सुशील कोइरालाको उपस्थितिमा लगानी बोर्ड र सतलज जलविद्युत् निगम लिमिटेडबीच अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता भएको छ । 
सरकारले अघिल्लो दिन भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडसित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको थियो ।
 मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लगानी बोर्ड र सतलजले सहमति गरी प्रस्ताव गरेको पीडीएको मस्यौदा अनुमोदन गरी सम्झौता गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएका थिए ।

सुवेदीलाई काजमा पठाउने गैरकानुनी निर्णय सच्याउन निर्देशन

काठमाडौं, ९ मंसिर– सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयलाई सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागमा काजमा पठाउने उसको निर्णय कानुनसम्मत नभएकाले त्यसलाई सच्याउन निर्देशन दिएको छ । निजामती कर्मचारीको सरुवा र बढुवाको नियमन गर्ने सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट श्रम मन्त्रालयलाई पत्र नै पठाई सुवेदीलाई काजमा पठाउने  निर्णय फिर्ता लिन निर्देशन दिएको जानकारी स्रोतले दिएको छ । 
सामान्य प्रशासनले सोधेको स्पष्टीकरणको जवाफमा श्रमले राजस्व चुहावट ऐनअनुसार सुवेदीलाई अर्थमन्त्रालयको मागबमोजिम विभागमा काजमा पठाइएको दाबी गरेको थियो । तर, सामान्य प्रशासनले राजस्व चुहावट ऐनअनुसार सहसचिव तहको कर्मचारीलाई आफ्नो मन्त्रालयको सहमतिबिना काजमा पठाउनु नियमसंगत नभएको भन्दै श्रम मन्त्रालयलाई सुवेदीका बारेमा निर्णय सच्याई कानुनसम्मत काम गर्न निर्देशन दिएको हो ।

Saturday, November 22, 2014

पञ्चेश्वरको डीपीआर छ महिनाभित्रै बनाउने सहमति


  • नेपाल–भारतबीच ऊर्जा बैठक
  • डीपीआर तयार पार्ने जिम्मा भारतीय कम्पनीलाई
  • विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि दुइटा कार्यदल गठन

काठमाडौं, ७ मंसिर– नेपाल र भारतबीच बहुचर्चित पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माण्ँका लागि छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने समझदारी भएको छ । नेपालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका जलस्रोत सचिव अनुजकुमार बिस्नोईको नेतृत्वमा नया“ दिल्लीमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छ महिनाभित्रै डीपीआर तयार पार्ने समझदारी भएको हो ।
‘नया“ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर प्राधिकरण र त्यसको गभर्निङ बडीको बैठकमा छ महिनाभित्र डीपीआर तयार पार्ने समझदारी भएको छ’ ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव केशवध्वज अधिकारीले कान्तिपुरलाई दिए । बैठकले छ महिनाभित्र डीपीआर तयार पार्ने जिम्मेवारी भारतको सरकारी परामर्शदाता कम्पनी डब्लूएपीसीओएसलाई दिएको छ ।

Thursday, November 20, 2014

बढी भीडभाड हुने कार्यालयहरूले पुस १ देखि १२ घन्टा सेवा प्रवाह गर्ने

काठमाडौं, ४ मंसिर– सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायातजस्ता निकायहरूमा हुने ढिलासुस्ती नियन्त्रण गरी आगामी पुस १ देखि आमजनतालाई बिहान ६ देखि सा“झ ६ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आमजनतामा प्रत्यÔ सेवा प्रवाह गर्ने कार्यालयहरूबाट पुस १ देखि दैनिक १२ घन्टा काम सुचारु गरी आमजनतालाई छिटोछरितो सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालयहरू निर्देशन दिने निर्णय गरेको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
पूर्वसचिव कृष्ण्ँहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा मन्त्रिपरिषदले बढी भीडभाड हुने सबै कार्यालयहरूलाई दैनिक दुई सिफ्टमा सञ्चालन गरी आमजनतालाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।