Wednesday, February 26, 2020

जिल्ला हुलाक प्रमुख र अधिकृतसहित ६ विरुद्ध मुद्दा

काठमाडौं, १३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, भरतपुरका कम्प्युटर अधिकृत र जिल्ला हुलाक कार्यालय बझाङका निमित्त प्रमुखसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, भरतपुरका कम्प्युटर अधिकृत रामकुमार अधिकारीले विद्युतीय बिजक जारी गर्ने अनुमति(पत्र बनाई दिने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्यायले करिब ५ करोड रुपैयाँ सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रमा कडायतलाई २ करोड ९४ लाख र उपाध्यायलाई २ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।

दुई पूर्वडीएसपीसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौं, १३ फागुन– हुम्लाका तत्कालीन डीएसपीद्वय त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चन्दसहित ५ जनाविरुद्ध शव ओसारेको नक्कली बिल तथ प्रहरी जवानहरूको नक्कली हस्ताक्षर गरी ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । चन्दले मिलेमतोमा हु“दै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गरेको समेत अभियोगपत्रमा उल्लेख छ ।
मुद्दा दायर गरिएकामा चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखा शाखाका सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री छन् ।

Tuesday, February 25, 2020

चैतभित्रै सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी परिपूर्ति भइसक्छ : शिक्षामन्त्री

काठमाडौं, १० फागुन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकभरका सामुदायिक विद्यालयहरूमा आगामी चैतभित्रै अपुग शिक्षक दरबन्दी पदपूर्ति गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजधानीको जनविकास माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शनिबार बोल्दै मुलुकभर धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको उल्लेख गर्दै अबको एक महिनाभित्रै दरबन्दीअनुसार शिक्षक पदपूर्ति गरिसक्ने बताएका हुन् ।
उनले स्थानीय तहहरूबाट ती अपुग दरबन्दी पदपूर्ति हुने जानकारी दिए । उनले सामुदायिक विद्यालयहरूले निजी विद्यालयस“ग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले वातावरण बनाउनुपर्ने बताए ।

बालुवाटारको ‘एक्सन रुम’ बाट आयोजना उद्घाटन

काठमाडौं, १० फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’ बाट भिडियो कन्फरेन्समार्फत शनिबार तेह्रथुमको खोरुंगा खोला विद्युत् आयोजनाको उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले १ अर्ब ३२ करोड रुपैया“ लागत आयोजना निर्माण गरेको हो ।
आयोजनाले शनिबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । कार्यक्रममा प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रस“ग हातेमालो गरेर अगाडि बढिरहेको बताए । उनले मुलुकको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकामा कम्पनीका प्रबन्ध सञ्चालक मोहन डा“गीसहित सम्पूर्ण लगानीकर्तालाई आभारसमेत व्यक्त गरेका थिए ।

Thursday, February 20, 2020

उपसचिव र इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, ७ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), इन्जिनियर र नेपाल प्रहरीका असईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलले नगरको सूचना र विज्ञापन दिने एक लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर दिलीपकुमार साहविरुद्ध समेत मुद्दा दायर गरेको छ । साहले गाउँपालिकामा विद्युत प्रसारण लाइन र ट्रान्सफर्मर जडानका क्रममा २ लाख ३० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ दुतावासको विज्ञप्ति निन्दनीय : महासंघ

काठमाडौं, ७ फागुन– नेपाल पत्रकार महासंघले ‘द काठमान्डु पोस्ट’ मा प्रकाशित लेख र तस्वीरको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बुधबार जारी विज्ञप्तिमा प्रकाशित सामग्रीप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल रहेको उल्ल्ेख गर्दै कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने  काम हुनु आफैंमा निन्दनीय रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न चिनियाँ दुतावासलाई आग्रहसमेत गरेको छ ।

Tuesday, February 18, 2020

वडाध्यक्ष, सडक प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका– ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जना र सडक डिभिजन कार्यालय, मोरङका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले वडाध्यक्ष थापा र लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिनसहितका कर्मचारीको मिलोमतोमा खानेपानी आयोजनाको रकम नक्कली बिलभर्पाइ बनाई भुक्तानी लिएर भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा थापा र पाख्रिनका अतिरिक्त तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितज, सब–इन्जिनियर लिलबहादुर पाण्डे गाउ“पालिका–५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठ छन् ।