- २३.५ मेगावाटको अप्पर सोलुका लागि नौ बैंकले ३ अर्ब र प्रवद्र्धकले १ अर्बभन्दा बढी लगानी गर्ने
- आयोजनाबाट २०१८ जुलाईदेखि विद्युत् उत्पादन सुरु हुने
काठमाडौं, १३ असोज– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २३.५ मेगावाटको सोलु जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी (वित्तीय स्रोत) जुटाएको छ । सोलुखुम्बु जिल्लाको सोलु नदीमा निर्माण हुने ४ अर्ब १० करोड रुपैया“ लागत लाग्ने उक्त आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा ९ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीकरणमा ३ अर्ब ५ करोड रुपैया“भन्दा बढी कर्जा (ऋण) लगानी गर्ने भएपछि वित्तीय स्रोत –लगानी) जुटेको हो ।
प्रवद्र्धक कम्पनी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २५ प्रतिशत अर्थात् एक अर्ब रुपैया“भन्दा बढी इक्विटी स्वपू“जी लगानी जुटाएको छ भने नौ बैंक तथा वित्तीय संस्थाले आयोजनामा कुल लागतको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिमा आईसीटीसी ग्रुपको ८० र ब्लू इनर्जी लिमिटेडको २० प्रतिशत लगानी रहेको छ ।