काठमाडौं, १५ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माण्ँको कामलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन् । राससका कर्मचारीहरूका तर्फबाट शनिबार बाढीपीडितलाई राहत प्रदान गर्ने क्रममा बोल्दै कोइरालाले संसद्मा हुने अवरोधले संविधान निर्माणको कामलाई बाधा पुग्ने धारणा राख्नु भयो ।
‘संसद् अवरुद्ध गर्नुहु“दैन त्यसले संविधान निर्माण्ँलाई बाधा पु¥याउ“छ । अपजस प्रतिपÔी दलमाथि जान्छ, मैले एमाओवादी अध्यÔ पुष्पकमल दाहालस“ग अनुरोध गरेको छु कि यस्तो नगरौ“ भनेर किनकि तपाईंहरुको र हाम्रो पनि संविधान चा“डो आओस् भन्ने नै चाहना छ’ प्रधानमन्त्री कोइरालाले भने ।
उनले शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसंग उल्लेख गर्दै राजनीतिक समिति गठनको विषयसमेत वार्ताका माध्यमबाट समाधान गर्न सकिने धारण्ाँ राखे । ‘त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहु“दैन, यसबारेमा मेरो प्रतिपÔीहरुस“ग कुरा भइरहेको छ’ प्रधानमन्त्रीले भने ।