Monday, November 18, 2019

आचारसंहिता पालना नगरे कारबाही

काठमाडौं, ३० कात्तिक– निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि जारी आचारसंहिताविपरीत काम गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा आचारसंहिता पूर्णरूपमा पालना गर्न÷गराउन तीनै तहका सरकारसहित सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।
‘कसैले आचारसंहिताविपरीत काम गरेको पाइए प्रत्येक जिल्लामा उजुरीको सुनुवाइ तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचारसंहिता अनुगमन समितिले कारबाही अघि बढाउनेछ’ विज्ञप्तिमा भनिएको छ ।
तीनै तहका सरकार, सार्वजनिक संस्था, दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । आयोगले नयाँ योजना तथा कार्यक्रम घोषणा, स्वीकृति, उद्घाटन, सर्वेक्षण वा अनुगमनलाई समेत आचारसंहिताविपरीत हुने उल्लेख गरेको छ ।

No comments:

Post a Comment