काठमाडौं, ६ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन् । दुई÷दुई महिनामा नेतृत्व फेरिने चक्रीय प्रणालीअनुसार भण्डारी राजपाको संयोजक बनेका हुन् । पार्टी विधानअनुसार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको दुईमहिने अवधि सकिएपछि भण्डारीको पालो आएको हो ।
यसअघि नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो राजपाको संयोजक भइसकेका छन् । २०७४ वैशाखमा तराई–मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक भएका थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा संयोजक दुई÷दुई महिनामा परिवर्तन हुने व्यवस्था गरिएको हो ।
राजपाको महाधिवेशन आगामी वैशाखको पहिलो साता गर्ने तिथि तय गरिएको छ । घोषित तिथिमै महाधिवेशन भयो भने अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले संयोजक बन्ने अवसर पाउने छैनन् ।यसअघि नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो राजपाको संयोजक भइसकेका छन् । २०७४ वैशाखमा तराई–मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक भएका थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा संयोजक दुई÷दुई महिनामा परिवर्तन हुने व्यवस्था गरिएको हो ।
No comments:
Post a Comment