काठमाडौं, १४ असार– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भित्रै नेपाल सरकारको ठूलो खर्चमा इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को आयोजना गर्न लागिएकामा विरोध सुरु भएको छ । नेकपाका नेता भीम रावलले नेपालको १ अर्ब रुपैया“ लगानीमा भारतीय चलचित्र पुरस्कार आइफाको आयोजना गर्ने निर्णय सरकारले गरेको सुन्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले शनिबार ट्विट गर्दै कसको स्वार्थ र उक्साहटमा आइफा नेपालमा गर्न लागिएको हो भन्ने प्रश्न गर्दै आफ्नो पार्टीको स्थायी कमिटी बैठक बसेमा त्यसबारेमा जान्न पाइने जनाएका छन् । ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ’ रावलले ट्विटमा लेखेका छन्– ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला † नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’
No comments:
Post a Comment