काठमाडौं, १२ असार– ललितपुरको चापागाउँ दोबाटोमा बिहीबार अपराह्न यात्रुबाहक बसले ठक्कर दिंदा गम्भीर घाइते भएकी पाँच वर्षीया बालिका एलिसा माझीको उपचारको क्रममा मृत्यु भएको छ ।
विद्यालयबाट आमासँग घर फर्किरहेकी बालिकालाई लगनखेलबाट लेलेतर्फ गइरहेको बा १ ख ८५०१ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट एलिसा गम्भीर घाइते भएकी थिइन् । बीएन्डबी अस्पतालमा लगिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । आमा(छोरी पैदल हिडिरहेका थिए । एलिसा सातदोबाटोस्थित चिल्ड्रेन स्कुलमा कक्षा १ मा अध्ययनरत थिइन् ।
उनी परिवारस“ग ललितपुरकै ढोलाहिटीमा बस्दै आएकी थिइन् । ठक्करबाट घाइते भएकी एलिसाकी आमाको अवस्था भने सामान्य रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment