Sunday, February 9, 2020

चार अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका तीन जना अधिकृत र इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका चार अधिकारीले नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका पदाधिकारीसितको मिलेमतोमा बाख्रापालन शीर्षकको अनुदान बापतको ६ लाख रुपैयाँ कामै नगरी भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू छ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा पशु चिकित्सक डा. रूपनारायण श्रेष्ठ, पशु विकास अधिकृतद्वय डा. सोहन गुप्ता र सुरेन्द्रप्रसाद भुज तथा इन्जिनियर विवेककुमार गुप्ता, नवप्रगतिशील बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद खनाल र सचिव उमेश चौधरी छन् ।
अख्तियारले कृषक समूहका नाममा बाख्रापालनका लागि दिइएको अनुदान रकम कागजमात्र खर्च गरेको देखाई हिनामिना गर्ने ६ जनालाई ६÷६ लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्षसम्म कैद र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment