Saturday, February 8, 2020

उपसचिवसहित चार जना घूससहित पक्राउ

काठमाडौं, २४ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीबाट उपसचिवसहित चार जनालाई घूस रकमसहित पक्राउ गरेको छ । अख्तियारले सोमबार विज्ञप्ति जारी गरी काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाल तथा यातायात व्यवस्था सेवा कार्यालय, सानो भ¥याङ स्वयम्भुका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा पक्राउ परेको जनाएको छ ।
विज्ञप्तिमा अख्तियारको टोलीले प्रमुख कार्यकारी अधिकृत पौडेल र सवारी चालक दुलाललाई नगरपालिकाको सञ्चार माध्यमलाई विज्ञापन दिने सम्झौता गरी विनियोजित रकममध्येबाट सेवाग्राहीसित लिएको १ लाख रुपैयाँ घूस रकमसहित नियन्त्रणमा लिएको उल्लेख छ ।
सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि घूस लेनदेन गरेको १३ हजार रुपैयाँसहित यातायात कार्यालयका अधिकृत पौडेल र सेवाग्राही खतिवडालाई नियन्त्रणमा लिइएकोसमेत अख्तियारले उल्लेख गरेको छ । चारै जनालाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment