Saturday, February 1, 2020

अधिकृत र इन्स्पेक्टरसहित ७ जना विरुद्ध मुद्दा

काठमाडौंं, १७ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्स्पेक्टर र नेपाल टेलिकमका प्राविधिक अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नक्कलीप्रमाणत्रधारी र घूससहित पक्राउ परेकाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साह, नेपाल प्रहरीका इन्स्पेक्टर अरुणकुमार शाह, सहायक निरीक्षक धीरेन्द्रकुमार शाही नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 
यसैगरी नक्कली प्रमाणधारी शिक्षकद्वय तनहुँ जिल्लाका श्रीशिव माध्यमिक विद्यालय केशवटारका श्रीप्रसाद पौडेल र श्रीकुमारी आधारभूत विद्यालय, शुक्लागण्डकीकी शारदा अधिकारीविरुद्ध समेत मुद्दा दायर गरिएको छ।
अख्तियारले सेवाग्राहीसित घूस लिएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट–सुस्ता पश्चिम) का खरिदार नेत्रबहादुर चौधरी (थारु) र महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्र्रहरी जवान लोगबहादुर खड्काविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै सातै जना निलम्बित भएका छन् ।

No comments:

Post a Comment