Saturday, February 8, 2020

थप दुई सचिवद्वारा राजिनामा

जीसीले आकर्षक रोजगारमा जान र आचार्यले पेन्सन बढाउन राजिनामा दिएका हुन् 
काठमाडौं, २४ माघ– सरकारका थप दुई सचिव कृषि तथा पशुपन्छी मन्त्रालयका युवकध्ज जीसी र उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्यले राजिनामा दिएका छन् । मन्त्रिपरिषदले तत्कालीन गृह सचिव राईस“गै जीसी र आचार्यको राजिनामासमेत स्वीकृत गरेको छ ।
आचार्यले सेवा निवृत्त भएपछि आजीवन बढी पेन्सन पाउनका लागि सचिवको ५ वर्षे पदावधि सकिनु दुई दिनअघि राजनामा दिएका हुन् । सेवा अवधि ३० र उमेर ५० वर्ष कटेका सचिवले ‘स्वेच्छिक अवकास’ लिएमा ६० वर्ष सेवा गरेबराबरको पेन्सन सुविधा पाइने कानुनी व्यवस्था छ ।
पेन्सन बढाउनकै लागि यही व्यवस्थाको स्वेच्छिक अवकासको व्यवस्थाको दुरुपयोग गर्दै आचार्यले राजिनामा दिएको र मन्त्रिपरिषदले समेत स्वीकृत गरिदिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । राईले समेत बढी पेन्सन पाउनकै लागि ५ वर्षे पदावधि सकिनु दुई दिन अगाडि राजिनामा दिएका थिए ।
पेन्सन नबढ्ने भएकाले सचिवद्वय अर्थमन्त्रालयका राजन खनाल र नेपाल ट्रष्टका गजेन्द्र ठाकुरले भने राजिनामा दिएनन् । दुवै जना सचिवको पदावधि मंगलबार पूरा भई अनिवार्य अवकास पाउ“दैनन् ।
अर्का सचिव जीसीले भने पेन्सन बढाउन नभई विदेशमा आकर्षक रोजगारीमा जान ५ वर्षे पदावधि पूरा हुनु दुई वर्ष अगाडि नै राजिनामा दिएका हुन् । जीसी विश्व खाद्य संगठनको बैंककस्थित एसिया तथा प्यासिक क्षत्रीय कार्यालयमा आकर्षक रोजगारीमा छनौट भइसकेको र एक महिनापछि नै बैंकक जान लागेको जानकारीसमेत प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
राजिनामा दिए पनि जीसीको पेन्सन या उपदानका लागि सेवा अवधि भने बढ्ने छैन । सचिवको ५ वर्षे पदावधि पूरा गर्दा पनि पेन्सन नपाक्ने भएकाले जीसीले २ वर्ष अगावै वैकल्पिक रोजगारीमा गएका हुन् । २० वर्ष सेवा अवधि नपुगेकाले उनले सरकारबाट पेन्सन पाउने छैनन् । उनले १६ वर्ष सेवा गरेबापत सरकारबाट उपदान पाउने छन् । उनी खुल्ला प्रतिस्पर्धाबाट निजामती सेवाको कृषि समूहमा सोझै सहसचिवमा सेवा प्रवेश गरेका हुन् । यसअघि सोझै सहसचिवमा सेवा प्रवेश गरी सचिवबाट अवकास भएका दीपेन्द्रविक्रम, थापा, उत्तम भट्टराई र नरबहादुर रजवारसमेत २० वर्षभन्दा कम सेवा अवधिमात्र भएकाले बिना पेन्सन उपदान लिएर अवकास भएका थिए ।

No comments:

Post a Comment