Sunday, February 9, 2020

अख्तियारविरुद्ध विवेकशीलको प्रदर्शन, ११ पक्राउ

अख्तियारको मुद्दामा राजनीतिक पक्षधरता : विवेकशील
काठमाडौं, २५ माघ– ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपाका नेताहरूलाई बचाई बाँकीलाई मात्र मुद्दा चलाएको आरोप लगाउ“दै विवेकशील नेपाली दलले शनिबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित ११ जनालाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा विवेकशीलले अख्तियारबाट राजनीतिक आग्रह राखी मुद्दा चलाएर नेकपाका नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल तथा समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्ने कार्यमा संलग्नलाई चोख्याइएको दाबी गरेको छ ।
प्रदर्शनकारीले ललिता निवासको जग्गा व्यक्ति र आफ्नो नाममा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लगाउने÷लगाउने निर्णय गर्दा राजनीतिक पक्षधरता देखाएको आरोप लगाएका थिए । प्रदर्शनकारीले ‘अख्तियारको अभियोग, नेकपालाई सहयोग’ आदि नारा अंकित ब्यानर बोकेका थिए ।
विवेकशीलकी उपाध्यक्ष अजीता राईद्वारा शनिबार नै जारी विज्ञप्तिमा प्रहरीले संगीता बाटाजु, आलोक सुवेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानुलाई गिरफ्तार गरेको उल्लेख छ । उनीहरूलाई साँझ रिहा गरिएको जानकारी प्रहरीले दिएको छ ।

No comments:

Post a Comment