Friday, April 25, 2014

सभासदहरूलाई निर्वाचन क्षेत्रमा १०/१० लाख खर्च गर्न दिने निर्णय

मन्त्रिपरिषद निर्णय
काठमाडौं, १२ वैसाख– आर्थिक वर्ष सकिन साढे दुई महिनामात्र बा“की रहे पनि सरकारले संविधानसभाका सबै सभासदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत् १०÷१० लाख रुपैयाँ खर्च गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकलेले सभासदहरूलाई आफूले रोजेका कार्यक्रममा चालू आवको साढे दुई महिनामै खर्च गर्न पाउने गरी १०÷१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । संविधानसभाका ६ सय १ सभासदका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यको ढुकुटीबाट ६० करोड १० लाख रुपैया“ खर्च हुनेछ ।
मन्त्रिपरिषदको निर्णयअनुसार सरकारी प्रक्रिया पूरा गरी निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रकम भुक्तानी हुन दुई साताभन्दा बढी समय लाग्नेछ । तसर्थ सभासदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम खर्च गर्न दुई महिनामात्र समय बा“की रहनेछ । यति छोटो समयमा कार्यक्रम तय गरेर रकम खर्च गर्दा बढी दुरुपयोग हुने सम्भावना रहन्छ ।
यसअघि एक वर्षमा सभासदहरूलाई १० लाख रकम दिंदासमेत सदुपयोगभन्दा बढी दुरुपयोग नै हुने गरेको थियो । यसपटक दुई महिनामा खर्च गर्दा ६० करोड रुपैयाँ सदुपयोगभन्दा स्वाहा हुने चिन्ता सरकारी अधिकारी प्रकट गर्छन् ।
थप पा“च वर्षलाई अस्थायी शिक्षक
सरकारले सामुदायिक विद्यालयहरूमा पढाउने जनशक्तिको अभाव हुन नदिन शिÔा नियमावलीमा संशोधन गरी अस्थायी शिÔक वि.सं २०७५ सम्मका लागि राख्न दिने निर्णय गरेको छ । यसअघि नियमावलीमा २०७० सम्ममात्र अस्थायी शिक्षक राख्ने दिने व्यवस्था थियो । मुलुकभरका विद्यालयमा ३० हजार अस्थायी शिक्षक छन् ।
६/६ महिनामा म्याद थप्ने गरी २०७५ सालसम्मका लागि अस्थायी शिक्षक राख्न दिने निर्णय भएको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
नर्वेले करिब १ अर्ब सहयोग गर्ने
नर्वे सरकारले स्थानीय सामुदायिक विकास कार्यक्रमका लागि ९३ करोड ५० लाख रुपैया“ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले नर्वेको प्रस्तावित सहायता स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।
पत्रकार महासंघलाई २० लाख
सरकारले नेपाल पत्रकार महासंघको आगामी महाधिवेशन आयोजनाका लागि २० लाख रुपैया“ अनुदान सहयोग दिने निर्णय गरेको छ । महासंघको अधिवेशन यही वैसाख २० मा राजधानीमा सुरु हु“दैछ ।
थापालाई प्रतिस्पर्धा गर्न स्वीकृति
मन्त्रिपरिषदले नेपाली सेनाका उपरथी पूणर््ँचन्द्र थापालाई शान्ति सेनाको फोर्स कमाण्डरका लागि प्रतिस्पर्धा गर्न स्वीकृति दिएको जानकारी मन्त्री रिजालले दिए ।





No comments:

Post a Comment