Friday, April 25, 2014

सचिव जोशीको अनिवार्य अवकास

५ निकाय सचिवविहीन, दुई निकायमा नेतृत्वको अन्यौल
काठमाडौं, १० वैसाख– गरिवी निवारण तथा सहकारी मन्त्रालयका सचिव लालमणि जोशीले मंगलबार अनिवार्य अवकास पाएका छन् । उनले निजामती ऐनअनुसार ५८ वर्ष उमेर पूरा गरी अवकास पाएका हुन् ।
जोशीको अवकासस“गै सचिव रिक्त भएका मन्त्रालय र निकायको संख्या ५ वटा पुगेको छ ।
प्रशासनिक नेतृत्वविहीन भएकामा रक्षा, परराष्ट्र र गरिवी निवारण मन्त्रालय र दुइटा क्षेत्रीय प्रशासन कार्यालय छन् ।
गत बिहीबार मन्त्रिपरिषदले सरुवा गरेका दुई सचिव राजेन्द्रकिशोर क्षेत्री र मधु रेग्मीको निर्णयसम्बन्धमा न्याय सेवा आयोगले सहमति दिन बा“की रहेकाले थप दुई निकाय ऊर्जा मन्त्रालय र कानुन आयोगसमेत प्रशासनिक नेतृत्वविहीन भएका छन् ।
मन्त्रिपरिषदले कानुन आयोगका सचिव क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा सरुवा र नया“ सचिव रेग्मीलाई कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो । प्रशासनतर्फका सचिवलाई न्याय सेवामा सरुवा र पदस्थापन गर्न मिल्ने कानुनी व्यवस्था छैन । त्यही कारण क्षेत्री र रेग्मीको सरुवाको निर्णय लागू हुनेमा अन्यौल छ ।

सचिवविहीन मन्त्रालय र निकायमा वरिष्ठ सहसचिवलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ । निमित्त सचिवलाई दैनिक प्रशासन चलाउनेबाहेक नया“ नीतिगत निर्णय गर्ने अधिकार नहुने भएकाले ती मन्त्रालय र निकायका कामकारबाही अवरुद्ध हु“दै आएका छन् ।


No comments:

Post a Comment