Sunday, April 6, 2014

दुई विधेयक तयार पार्न समिति गठन

काठमाडौं, २२ चैत– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकका दुइटा मस्यौदा तयार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोकजत्वमा पा“च सदस्य उच्चस्तरीय समिति गठन गरेको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री सुशील कोइरालाद्वारा मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा शान्ति सचिव धनबहादुर तामाङ, कानुन आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्री, कानुन मन्त्रालयका सहसचिवद्वय टेकप्रसाद ढुंगाना र कमलशाली घिमिरे सदस्य छन् ।
समितिलाई यसअघि संदनमा पेस भएका सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयक, त्यससम्बन्धमा सर्वोच्च अदालले गरेको फैसला, संसदको विधायन समितिले तयार पारेको प्रतिवेदन र शान्ति मन्त्रालयद्वारा गठित कार्यदलले दिएको सुझावलाई अध्ययन गरी तीन दिनभित्र मस्यौदा तयार गरेर सरकारसमक्ष पेस गर्नुपर्ने कार्यादेश दिइएको छ ।

No comments:

Post a Comment