Monday, April 7, 2014

अख्तियारद्वारा दर्जनौं अधिकारी निलम्बित

सई मल्लसहित तीनविरुद्ध मुद्दा
काठमाडौं, २३ चैत– भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्जनौं उच्च सरकारी अधिकारीलाई निलम्बन गर्नुका साथै प्रहरी नायब निरीक्षक प्रकाशबहादुर मल्लसहित तीन जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिस्टार निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलाललाई निलम्बन गरेको छ । विश्वविद्यालयमा भइरहेको भ्रष्टाचारको छानबिन भइरहेको र उनीहरू पदमा रह“दा प्रमाण नष्ट हुन सक्ने भएकाले निलम्बन गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै साझा प्रकाशन सहकारी संस्था लिमिटेडकी अध्यक्ष तथा महाप्रबन्धक ममता झालाई समेत निलम्बन गरेको छ  लिमिटेडको केन्द्रीय कार्यालयमा भएको अनियमितताका सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गर्दै अख्तियारले झाले पदमा रह“दा प्रमाण नष्ट गर्न सक्ने भएकाले उनलाई निलम्बन गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई सिफारिस गरिएको जनाएको छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिङमार गेल्जेन शेर्पा, आपूर्ति महाशाखाका निर्देशक नरेशप्रताप केसी, परिवार स्वास्थ्य महाशाखा तत्कालीन प्रमुख शैलेन्द्र उप्रेती र प्रमुख लेखा नियन्त्रक ज्ञानेन्द्र मल्ललाई निलम्बन गरेको छ । औषधि खरिदमा शेर्पासहितले अनियमितता गरेकामा छानबिन भइरहेको उसले जनाएको छ ।
अख्तियारले प्रहरी नायब निरीक्षक मल्लसहितका अधिकारीले कुमारीगालमा ठगी गर्ने कर्णध्वज लिम्बू र सूर्यबहादुर तामाङलाई पक्राउ गरी उनीहरूबाट ५ लाख रुपैया“भन्दा बढीको घूस लिई भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभियोगपत्रमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको सजाय गर्न तथा घूस रकमबराबरको हर्जाना र जरिवाना गर्न मागदाबी गरिएको छ । मुद्दा दायर गरिएकामा मल्लका अतिरिक्त महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब निरीक्षक रुद्रराज पौडेल, प्रहरी सहायक निरीक्षक राजु भण्डारी छन् ।
यसैगरी अख्तियारले पर्सा जिल्लाको गम्हरिया गाविसका सचिव जयनारायण चौरसियाले सामाजिक सुरक्षा भत्ता रकम अनियमितता गरेकामा निलम्बन गरेको छ । चौरसिया पदमा रह“दा प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बन गरिएको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment