Monday, April 7, 2014

राप्रपा र माले सरकारमा

थापा वाणिज्य र केसी महिला मन्त्री
शान्ति मन्त्रालयको जिम्मा कानुन मन्त्रीलाई
काठमाडौ, २४ चैत– राप्रपा र नेकपा माले सरकारमा आएका छन् । कांग्रेस–एमाले गठबन्धनले सरकारका पक्षमा दुई तिहाइ बनाउन ती दुई दललाई प्रवेश गराएका हुन् । 
अब सत्तारूढ गठबन्धनका पक्षमा संविधानसभाका ५ सय ७५ सदस्यमध्ये दुई तिहाइको समर्थन जुटेको छ । कांग्रेसको १ सय ९३, एमालेको १ सय ७३, राप्रपाको १३ र मालेको ५ सदस्य छन् । २६ सदस्य मनोनयन हुन बा“की छ ।
प्रधानमन्त्रीले त्यसका लागि सोमबार २ मन्त्री र एक राज्यमन्त्री थपेका छन् । राप्रपाबाट सुनिल थापा वाणिज्य तथा आपूर्ति र मालेबाट निलम केसीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका छन् । राप्रपाका गिरीबहादुर केसी वाणिज्य राज्यमन्त्री बनाइएका छन् । उनीहरूको सोमबारै सपथ भयो ।   
मन्त्री थापा राप्रपा अध्यÔ सुर्यबहादुरका छोरा हुन् । राज्यमन्त्री केसी राप्रपाकै महामन्त्री दीपक बोहराका भिनाजु हुन् । मन्त्री केसी माले अध्यÔ सीपी मैनालीकी पत्नी हुन् । झापा विद्रोहदेखि पार्टीमा आवद्ध केसी पोलिटब्युरो सदस्यसमेत छिन् ।
प्रधानमन्त्रीले सोमबारै कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । अब कोइरालासित रक्षा, विज्ञान, प्रविधि तथा वातावरण र सहकारी तथा गरिबी निवारण मन्त्रालय छन् । 

No comments:

Post a Comment