Friday, April 25, 2014

कांग्रेसमा विवादबीच सिटौलालाई मस्यौदा समितिमा पठाउने निर्णय

काठमाडौं, ११ वैसाख– कांग्रेसले विवादका बीच संविधानसभाको संविधान मस्यौदा समितिको सभापतिमा महामन्त्री कृष्ण सिटौलालाई उम्मेदवार उठाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकमा मस्यौदा समितिमा उपसभापति रामचन्द्र पौडेल र महामन्त्री सिटौलामध्ये कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा विवाद र बहस भएको थियो ।
महामन्त्री प्रकाशमान सिंह र नेता रामशरण महतलगायतले पार्टीका तीन शीर्ष नेतामध्येका एक पौडेललाई सभापतिमा पठाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले एमाओवादीले संवैधानिक तथा राजनीतिक संवाद समितिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उम्मेदवार बनाएकाले मस्यौदामा समितिमा कांग्रेसले पनि पार्टीका शीर्ष नेतामध्ये एक पौडेललाई पठाउनुपर्ने अडान राखेका थिए ।
सिटौलाले बाह्रबु“दे समझदारीदेखि विस्तृत सम्झौता हु“दा शान्ति प्रक्रियासम्म आफूले दलहरूबीच सहमति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सहमतिबाट संविधान निर्माण गर्न मस्यौदा समितिमा आफूलाई सभापतिमा पठाउन प्रस्ताव गरेका थिए ।
बैठकमा कसलाई पठाउने भन्ने बहस चलिरहेका बेला सभापति सुशील कोइरालाले मस्यौदा समितिको सभापतिमा सिटौला र संवैधानिक तथा राजनीतिक संवाद समितिमा पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न उपसभापति पौडेललाई पठाउने प्रस्ताव गरेको र त्यही निर्णय भएको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार कोइरालाले संविधान निर्माणका क्रममा आउने सबै विवादका मुद्दामा सहमति जुटाउन संवाद समितिमा नै छलफल हुने उल्लेख गर्दै त्यस्तो महत्वपूर्ण समितिमा पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न पौडेलको भूमिका अपरिहार्य भएको धारणा राखेका थिए ।
‘संविधान निर्माणका क्रममा आउने सबै राजनीतिक तथा संवैधानिक विवादका मुद्दा टुंग्याउने संवाद समितिले हो । त्यति महत्वपूर्ण समितिमा के गर्ने भन्नेबारेमा म त्यति मेसो पाउन्न । शेरबहादुरजी (वरिष्ठ नेता शेरबहादुर देउवा) पनि बैठकमा त्यति उपस्थित हुुनुहुन्न । पार्टीका तर्फबाट संवाद समितिमा बसेर पौडेलजीले भूमिका निर्वाह गर्नुपर्छ । मस्यौदा समितिमा सिटौलाजीलाई पठाऊ“’ बैठकमा सहभागी एक नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने ।
पौडेलले कोइरालाको आग्रह स्वीकार गरेपछि विवाद र बहस टुगिएको र मस्यौदा समितिमा सिटौलालाई पठाउन सर्वसम्मत निर्णय भएको जानकारी ती नेताले दिए । पदाधिकारी बैठकको निर्णय अनुसार अब पौडेललाई मस्यौदा समितिबाट संवाद समितिमा सारिनेछ ।
कांग्रेस, एमाले र एमाओवादीबीच सुरुमा संविधानसभाका समितिहरूमा शीर्ष नेताहरूलाई पठाउनेबारेमा छलफल भएको थियो । त्यतिबेला कांग्रेसले पौडेललाई मस्यौदामा पठाउने सोच बनाएको थियो । शीर्ष नेताका सट्टा एमालेले अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा सचिव विष्णु पौडेल र एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालको ठाउ“मा पूर्वप्रधानमन्त्री भट्टराईलाई पठाउने निर्णय गरेपछि कांग्रेसबाट मस्यौदा समितिमा महामन्त्री सिटौलाले आफू जाने प्रस्ताव गरेका हुन् ।






No comments:

Post a Comment