Sunday, April 13, 2014

नया“ वर्ष संविधान जारी गर्ने ऐतिहासिक वर्ष हुनेछ : प्रधानमन्त्री

काठमाडौं, ३० चैत– प्रधानमन्त्री सुशील कोइरालाले नया“ वर्ष २०७१ नेपाली जनताले ७ दशकभन्दा लामो संघर्षले प्राप्त गरेका प्रजातान्त्रिक हक अधिकारसहित संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक वर्ष हुने विश्वास व्यक्त गरेका छन् ।
कोइरालाले नया“ वर्षको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नया“ वर्ष विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थानबिन्दु हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
उनले वर्तमान सरकार र संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरू लोकतान्त्रिक संविधान निर्माणमा इमानदारीपूर्वक लागेको यस घडीमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धैर्य र उत्साहका साथ आफ्नो र मुलुकको भविष्य सुनिश्चित गर्ने संविधान निर्माणको वातावरणलाई सघाउन हार्दिक अपिलसमेत गरेका छन् ।
शुभकामना मन्तव्यमा प्रधानमन्त्रीले अबदेखि शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तीरहित, भ्रष्टाचारमुक्त, सदाचारयुक्त र नागरिकमुखी बनाउने वाचा गरेका छन् । ‘नया“ वर्षले सम्पूर्ण नेपालीमा नया“ उत्साह, उमंग हौसला प्रदान गरोस्’ भन्दै कोइरालाले शुभकामना मन्तव्यमा नया“ वर्षले सबै समुदायका नेपालीबीच एकापसमा सद्भाव, सहकार्य, एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पु¥याओस् भन्ने शुभेच्छासहित सबैमा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

शुभकामना
नववर्ष २०७१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख,शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२०७० साल हामीसंग भर्खर विदा भएको छ । २०७० सालले नेपालको प्रजातान्त्रिक इतिहासमा अलग्गै स्थान बनाएको छ ।यसले पथबाट विचलित भएको प्रजातान्त्रिक प्रकृयालाई संविधानसभाको शान्तिपूर्ण निर्वाचनका माध्यमबाट सही मार्गमा ल्याउने सफलता पायो । निर्वाचनपछि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण भयो । संविधानसभा र व्यवस्थापिका संसदको बैठक सुचारु हुने वातावरण सिर्जना ग¥यो। एक बर्षको समयावधिमा संविधान बन्ने  प्रत्याभूति दियो । शान्ति प्रकृयाका बाँकी काम सम्पन्न हुने र संविधान निर्माण गरी जारी गर्ने कार्य यो बर्ष पूरा हुने मेरो विश्वास छ ।
गत मंसीर ४ गते सम्पन्न संविधानसभाको शान्तिपूर्ण निर्वाचनपछि नेपालको राजनीतिक र संवैधानिक विकासमा ऐतिहासिक उपलब्धी हासिल भएका छन । राजनीतिक दलहरुबीचमा संविधान निर्माणका बिषयमा भएका सहमतिहरु निकै महत्वका छन । वर्तमान संविधानसभाले अघिल्लो संविधानसभाबाट सम्पन्न भएका कामहरुको स्वामित्व ग्रहण गर्ने जुन प्रस्ताव पारित गरेको छ , त्यसले निर्धारित समयमा संविधान बन्ने प्रत्याभूति दिएको छ । राजनीतिक दलहरुका बीचमा परिपक्वता आएकोले मुलुकमा शान्ति र स्थायीत्व कायम गर्ने दिशामा सहमति बनिरहेको छ । यस्तो अनुकूल बातावरण बन्दै आएकोले मुलुकमा स्वदेशी र विदेशी लगानीकर्ताको चासो बढ्दै गएको छ । संविधान निर्माणको मूल दायित्व पूरा गर्दागर्दै पनि विकासको कामलाई गति दिन सकिने मेरो विश्वास छ । मुलुकमा शान्ति र अमनचयन कायम भएपछि सडक, रेल्वे,एअरपोर्ट,जलविद्युत आयोजना जस्ता पूर्वाधारको निर्माण तीव्र गतिमा हुनेछ भने उद्योग,व्यापार र सेवा क्षेत्रमा व्यवसाय अनुकूल वातावरण सिर्जना हुनेछ । नेपालको आर्थिक विकासले गति पक्डने छ ।
नयाँबर्ष २०७१ नेपाली जनताले ७ दशकभन्दा लामो संघर्षले प्राप्त गरेका प्रजातान्त्रिक हक अधिकार सहित संघीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्ने ऐतिहासिक बर्षमात्र हुने छैन, विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थानबिन्दु पनि हुनेछ ।
वर्तमान सरकार समस्त नेपालीलाई प्रजातान्त्रिक माध्यमबाट सुख र सुविधा दिन प्रयत्नशील छ । सरकार मुुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध छ । अबदेखि शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तिरहित, भष्ट्राचारमुक्त ,सदाचारयुक्त र नागरिकमुखी बनाइने छ । सरकार प्रजातन्त्रको संस्थागत विकास गर्न प्रतिबद्ध रहेकोले जनस्तरमा प्रजातन्त्र र विकासको काम गर्ने स्थानीय निकायहरुको निर्वाचन यथाशीघ्र गराउन तत्पर छ । स्थानीय निकायको निर्वाचनले सुशासन कायम गर्न, उत्तरदायी शासन पद्धतिको स्थापना गर्न र विकास निर्माणलाई गतिदिन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ ।
वर्तमान सरकार र संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु लोकतान्त्रिक संविधान निर्माणमा इमान्दारीपूर्वक लागेको यस घडीमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य र उत्साहका साथ आफ्नो र मुलुकको भविष्य सुनिश्चित गर्ने संविधान निर्माणको वातावरणलाई सघाउन हार्दिक अनुरोध गर्दछु । नयाँ बर्ष २०७१ ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह,उमंग हौसला प्रदान गरोस । सबै समुदायका नेपालीबीच एकापसमा सद्भाव,सहकार्य,एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पु¥याओस भन्ने शुभेच्छा सहित सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
जय नेपाल १
१ बैशाख २०७१                                         (सुशील कोइराला)

No comments:

Post a Comment