Thursday, April 3, 2014

केन्द्रीय कारागार नुवाकोटमा सारिने

मन्त्रिपरिषद बैठक
काठमाडौं, २० चैत– सरकारले काठमाडौंमा रहेको केन्द्रीय कारागारलाई नुवाकोटको विदुर नगरपालिकामा सार्ने निणर््ँय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नुवाकोटमा अत्याधुनिक र सुविधासम्पन्न केन्द्रीय कारगार निर्माण गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सहसचिव शंकर कोइरालाले काठमाडौंमा रहेको केन्द्रीय कारागार सा“गुरो, जीर्ण र कम क्षमताको भएकाले नुवाकोटको फराकिलो ठाउ“मा सुविधासम्पन्न, अत्याधुनिक र ५ हजारसम्म कैदी अट्ने क्षमताको कारागार बनाइने जानकारी दिए । उनका अनुसार छिट्टै विस्तृत अध्ययन र डिजाइन तयार पार्ने र एक वर्षभित्र कारागार भवन निर्माणको काम सुरु गर्ने गृह मन्त्रालयको तयारी छ । दुई वर्षमा केन्द्रीय कारागार नुवाकोटमा सारिसक्ने योजना गृहको छ ।
मन्त्रिपरिषदले त्रिवि शिÔण्ँ अस्पतालको स्तरोन्नतिका लागि ३ करोड रुपैया“ अनुदान दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । विगतमा भएको आन्दोलनका क्रममा घाटामा गएको अस्पताललाई आर्थिक संकटबाट जोगाउन अनुदान दिइएको उनले बताए ।
एडीबीले सा“ढे २ अर्ब सहयोग गर्ने
एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनाका लागि थप २ अर्ब ४३ करोड रुपैया“ सहयोग गर्ने भएको छ । आफ्नो सहयोगमा निर्माणाधीन मेलम्ची आयोजनाको सुरुङलगायतका संरचना निर्माणको लागत बढेकाले एडीबीले थप सहायता गर्न लागेको हो । मन्त्रिपरिषदले अर्थमन्त्रालयलाई एडीबीसित सहयोगसम्बन्धी सम्झौता गर्न अख्तियारी दिएको छ ।
इटालीमाअवैतनिक दुतावास
सरकारले इटालीमा नेपालको अवैतनिक महावाण्ँिज्य दूतावास खोल्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपालमा हङगेरीको अवैतनिक महावाण्ँिज्य दूतावास खोल्न स्वीकृतिसमेत प्रदान गरिएको छ ।
एक सचिवको मात्र पदस्थापना
मन्त्रिपरिषदले एक महिनाअघि सचिवमा बढुवा भएका छमध्ये एक जना प्रभाकर पाठकलाई मात्र पदस्थापना गरेको छ । पाठकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदस्थापना गरिएको छ । अर्को मन्त्रिपरिषद बैठकअगावै ५८ वर्ष उमेर पूरा गरी पाठकले अनिवार्य अवकास पाउने भएकाले पहिलो चरणमा उनलाई मात्र पदस्थापना गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ । बा“की पा“च जनालाई भने पदस्थापना गरिएन ।


No comments:

Post a Comment