Tuesday, June 23, 2015

सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र खोज्न छानबिन समिति

काठमाडौं, ७ असार– सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानाबाट विवादास्पद सहसचिव भरतराज सुवेदीको व्यक्तिगत फाइल एकाएक गायब भएपछि उनको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र खोज्न छानबिन समिति गठन गरेको छ ।
कान्तिपुरमा वैदेशिक रोजगार विभागका महानिर्देशकसमेत रहेका ‘सुवेदीस“ग दुइटा नागरिकता’ शीर्षकमा समाचार प्रकाशित भएपछि सरकारले उनको व्यक्तिगत फाइल बुझ्दा गायब रहेको पाइएपछि सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो । सामान्य प्रशासनका सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिमा सामान्यका उपसचिव नन्दराज ज्ञवाली र कानुन अधिकृत बाबुराम पाण्डे छन् ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता अधिकारीका अनुसार निजामती किताबखानामा सुवेदीको व्यक्तिगत अभिलेख खोजी गर्दा केही पनि भेटिएन । किताबखानामा रहेको सुवेदीको नागरिकताको प्रमाणपत्र र एसएलसीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यताको प्रमाणसहितको प्रतिलिपि उनको व्यक्तिगत फाइलबाट गायब पारिएको छ ।
सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता प्रमाण लिएका छन् । उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति म्लिाएर शैक्ष्ँिक प्रमाणपत्रका नया“ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न सुवेदीले किताबखानाका कर्मचारीहरूलाई मिलाएर पुराना व्यक्तिगत फाइल गायब पारेको हुन सक्ने आशंका सामान्यका अधिकारीको छ ।
छानबिन समितिले सुवेदीको व्यक्तिगत फाइल कसरी गायब पारियो भनेर अनुसन्धान गर्ने, कही“ छ कि भनेर खोज्ने र खोज्न लगाउने, सम्बन्धित जिल्ला प्रशासन र शैक्षिक निकायसिसत उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवरण झिकाएर लिन जानकारी अधिकारीले दिए । शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा जन्ममिति उल्लेख हुने हुनाले समेत उमेर किर्ते गरी सच्याए÷नसच्याएको थाहा हुनेछ । समितिले एक साताभित्र दोषीमाथि कारबाहीको सिफारिससहित छानबिन प्रतिवेदन बुझाउनेछ ।
समितिले सोमबार नै मोरङ जिल्ला प्रशासन र सुवेदीले अध्ययन गरेका शैक्षिक निकायमा नागरिकता प्रमाणपत्र र शैक्ष्ँिक प्रमाणपत्रको प्रतिलिपि दिन अनुरोध गरी पत्र पठाइसकेको छ ।
नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी सुवेदीले किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएका छन् ।  तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएका हुन् । निजामती प्रशासनमा प्रायःजसो विवादमा आइरहने विवादास्पद सहसचिव सुवेदीले गैरकानुनी रूपमा दुवै नागरिकता प्रमाणपत्र प्रयोग गरिरहेकोसमेत पाइएको छ ।
२०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१४ असोज १५ छ । सुवेदीको मतदाता नामावलीको प्रतिलिपिमा समेत  यही जन्ममिति उल्लेख छ । उनले २०३२ असोज १३ मा नागरिकता लिंदा जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता जारी मिति, उमेर, नागरिकता लिनेको हस्ताक्षर भएको ढड्डामा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख छ ।
 निजामती किताबखानाको सिटरोलमा भने उनको जन्ममिति वास्तविकभन्दा तीन वर्ष कम अर्थात् २०१७ असोज १५ उल्लेख छ । सुवेदीले जन्ममिति सच्याएको प्रशासनभित्र गाइगुइ“ चल्नासाथ सिटरोलमा राखिएको नागरिकता प्रमाणपत्र र जन्ममिति उल्लेख भएका शैक्षिक प्रमाणपत्र भने छानबिनमा नपरुन् भनेर रातारात गायब पारिएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार किताबखानामा व्यक्तिगत फाइलमा नया“ नागरिकताको कपी र त्यहीअनुसार मिति मिलाइएको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि राख्नका लागि पुरानो गायब पारिएको हो ।
कानुनको उल्लंघन गर्दै किर्ते गरी दोस्रो नागरिकता नलिएको भए २०४२ असार २५ मा सेवा प्रवेश गरेका सुवेदीले ५८ वर्ष उमेर पूरा गरी आगामी असोज १५ मा अनिवार्य अवकास पाउ“थे । सच्याइएको नागरिकताअनुसार उनले थप तीन वर्ष अर्थात् २०७५ असोज १५ सम्म जागिरमा बहाल रहन पाउनेछन् । निजामती किताबखाना सिटरोलमा उनले २०७५ असोज १५ मा अवकास पाउने उल्लेख छ ।
सिटरोलमा भएको विवरणअनुसार उनले १४ वर्ष नपुग्दै २०३१ सालमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । त्यतिबेला एसएलसी दिन १६ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था थियो । पहिलो नागरिकताअनुसार भने उनले १७ वर्षमा एसएलसी उत्तीर्ण गरेका थिए ।

No comments:

Post a Comment