Friday, August 31, 2018

जमिन फाटेपछि ५ घर भत्किए, १४ घर धरापमा


काठमाडौं, १५ भदौ– बुढानीलकण्ठ नगरपालिका( विष्णुमति टुसालमा शुक्रबार जमिन चिरिएर फाटेपछि ५ वटा घर भत्केका छन् । जमिन फाटेपछि थप १४ घरसमेत धरापमा परेको जानकारी बुढानीलकण्ड प्रहरी प्रभागका प्रहरी जवान टोपबहादुर शाहीले दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ, सुशीला बस्नेतको घर भत्किएको छ । शाहीले जमिन चिरा परेर घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहा“ मानवीय क्षति भने नभएको जानकारी दिए । उनका अनुसार मानवीय क्षति हुन नदिन प्रहरीले काम गरिरहेको छ ।

बैंकले दिएको बढी रकम फिर्ता

काठमाडौं, १५ भदौ– ललितपुर सातदोबाटोका जगदीश वैद्यले रकम झिक्ने क्रममा बैंकले बढी दिएको रकम फिर्ता गरेका छन् । उनले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला र वडाध्यक्ष नारायण केसी उपस्थितिमा बैंकलाई रकम फिर्ता गरेका हुन् ।
जिल्ला प्रशासन स्रोतका अनुसार वैद्यले जावलाखेलस्थित मेगा बैंकबाट ५ लाख रुपैया“ चेकमार्फत झिक्दा कर्मचारीले ५ लाख ५० हजार दिएका थिए । उनले बैंकले बढी दिएको रकम आफूले इमानदारीपूर्वक फिर्ता गरेको बताए ।

शिवानीसिं थारूलाई पुरस्कार

काठमाडौं, १५ भदौ– सुन्दरप्रसाद शाह दुःखी स्मृति प्रतिष्ठानले ‘काठमाडौंमा एक दिन’ उपन्यासकी लेखिका शिवानीसिं थारूलाई पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानले शुक्रबार विज्ञप्ति जारी गरी २०७४ मा प्रकाशित कृतिहरूमध्येबाट उत्कृष्ट कृति काठमाडौंमा एक दिनलाई छनौट गरी लेखिका थारूलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैया“ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । 
यो पुरस्कार सुन्दरप्रसाद शाह दुःखीको जन्मजयन्तीका दिन प्रदान गरिनेछ । प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न विधामा उत्कृष्ट कृतिलाई पुरस्कृत गर्न २०७४ सालमा शाहको स्मृतिमा १० लाख रुपैया“ अक्षयकोष स्थापना गरेको छ । 

१० समितिको सभापतिको चुनाव स्थगित

काठमाडौं, १५ भदौ–  प्रतिनिधिसभामातहतका १० वटा समितिका सभापतिको चुनावसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शुक्रबार सूचना प्रकाशित गरी सभामुख कृष्णबहादुर महराको निर्देशनमा यही १७ गते हुने चुनाव कार्यक्रम स्थगित गरिएको जनाएका छन् । 
प्रमुख प्रतिपक्षी कांग्रेस, सत्तारूढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समेत समितिको सभापतिमा दाबा गरिरहेको अवस्थामा दलहरूलाई राजनीतिक सहमति जुटाउने मौका दिन अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभापतिको चुनाव रोकिएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार सभामुख महराको यही २२ देखि २७ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ । सभामुखको भ्रमणका कारण अर्को मिति नतोकी अनिश्चित कालसम्मका लागि चुनाव स्थगित गरिएको हो ।  
प्रतिनिधिसभा मातहतमा शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति छन् । 

Thursday, August 30, 2018

द्वन्द्वमा बेपत्ता १२ जना भेटिए

काठमाडौं, १४ भदौ– बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका १२ जना घर फर्किएको जनाएको छ । 
आयोगले उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गंगा मण्डल, बर्दियाका धनबहादुर खडा, चितवनका गंगाधर तिमिल्सिना र ओखलढुंगाका गोपी भट्टराई छन् ।
आयोगका अनुसार द्वन्द्वकालमा बेपत्ता इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कु“वरसमेत घर फर्किएका हुन् ।

Monday, August 27, 2018

राजपाद्वारा कर नबढाउन निर्देशन

शहिद परिवारलाई रोजगारी दिन निर्देशन
काठमाडौं, १२ भदौ– राष्ट्रिय जनता पार्टी (राजपा) ले आÏनो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई कुनै पनि बहानामा कर नबढाउन निर्देशन दिएको छ । राजपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखहरूस“गको छलफलमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरूले सर्वसाधारणलाई समस्या हुने गरी कुनै किसिमको कर नलगाउन र नबढाउन निर्देशन दिएका हुन् ।
पार्टीले प्रमुख÷उपप्रमुखलाई नया“ कर नथप्न र पुरानै करलाई ग्राहयता दिनसमेत निर्देशन दिएको छ । छलफलका क्रममा राजपाका प्रमुख र उपप्रमुखहरूले आफूहरूले अहिलेसम्म कुनै किसिमको कर वृद्धि नगरेको जानकारी शीर्ष नेतालाई गराएका छन् ।

प्रदेश र स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिन नपाउने

सामाजिक सुरक्षा भत्ताको अधिकार केन्द्रलाई 
काठमाडौं, १२ भदौ– सरकारले प्रदेश र स्थानीय तहले सामाजिक सुरक्षा वितरण गर्न रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले तजबिजी निर्णय गरी सामाजिक भत्ता वितरण गर्न र बढाउन थालेपछि केन्द्र सरकारले त्यस्तो प्रवृत्तिलाइृ कानुनी रूपमै नियन्त्रण गर्न लागेको हो ।
सरकारले संविधानको धारा ४३ मा रहेको सामाजिक सुरक्षाको हक कार्यान्वयनका लागि संघीय संसदमा पेश गरेको विधेयकमा प्रदेश र स्थानीय तहले आफ्नो बजेटबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न नपाउने व्यवस्था गरेको छ । विधेयकमा सामाजिक सुरक्षा भत्ता केन्द्रले मात्र दिने र वृद्धि गर्ने व्यवस्था छ ।

Saturday, August 25, 2018

संविधान बाहिर रहेकालाई मूलधारमा ल्याउन वार्ता समिति गठन

काठमाडौं, १० भदौ– सरकारले संविधानभन्दा बाहिर रहेका राजनीतिक दल तथा समूहहरूलाई शान्तिपूर्ण मूलधारमा ल्याउन पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । 
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले संविधानसभा चुनाव बहिष्कार गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको माओवादी र तराई–मधेसमा सुषुप्त अवस्थामा रहेका सशस्त्र समूहहरूलाई वार्ताको माध्यमबाट संविधानको शान्तिपूर्ण मूलधारमा ल्याउन समिति गठन गरेको जानकारी एक मन्त्रीले दिए ।
‘संविधानसभा चुनाव बहिष्कार गरेका र संविधानभन्दा बाहिर रहेका समूहहरूलाई शान्तिपूर्ण मूलधारमा ल्याउन वार्ता समिति गठन गरिएको हो । मन्त्रिपरिषदले कसकससित वार्ता गर्ने भनेर पार्टी या समूह किटेको छैन । संविधान बाहिर रहेका सबै शक्तिलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन समितिले वार्ता गर्नेछ’ श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालय मन्त्री गोकर्ण बिष्टले कान्तिपुरसित भने ।
 मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहस“ग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।

Thursday, August 23, 2018

वरिष्ठ पत्रकार न्यौपाने रहेनन्

काठमाडौं, ७ भदौ– वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको निधन भएको छ । ८४ वर्षीया न्यौपानेको बुधबार राति सुतिरहेको अवस्थामा राजधानीको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । बेलुका खाना खाएर सुतेका न्यौपानेलाई बिहान ४ बजे ओछ्यानमै मृत अवस्थामा फेला पारिएको थियो ।
उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।  ५० वर्षभन्दा लामो समय पत्रकारितामा सक्रिय न्यौपाने पछिल्लो समय राष्ट्रदूत साप्ताहिकका सम्पादक थिए । उनी गोरखापत्र दैनिकको प्रधानसम्पादकसमेत भएका थिए । उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

बालिका हत्याको छानबिन गर्न समिति गठन

कञ्चनपुरका सीडीओ, प्रहरी प्रमुख र उपप्रमुख फेरिए
काठमाडौं, ७ भदौ– गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
उक्त घटनामा प्रहरीको अनुसन्धानमाथि अविश्वास गर्दै स्थानीयबासीले दिनहु“ विरोध प्रदर्शन गर्न थालेपछि गृहमन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । 
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ७ नंं. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
उक्त घटनामा स्थानीय प्रशासन र प्रहरीप्रति जनआक्रोश बढेपछि गृह मन्त्रालयले बिहीबार नै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई सरुवा राजधानीमा फिर्ता बोलाएको छ ।

विश्वकर्मा दोस्रोपटक अदालतबाटै पक्राउ

काठमाडौं, ७ भदौ– प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई बिहीबार दोस्रोपटक अदालत परिसरबाटै पक्राउ गरेको छ ।
सर्वोच्चको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।
नेकपाले भोजपुरमा गराएको बम विष्फोटको घटनामा विश्वकर्मासमेत संलग्न भएकाले उनलाई पक्राउ गरिएको जानकारी काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार विश्वकर्मालाई भोजपुर लगेर हिरासतमा राखिनेछ र त्यही“ नै मुद्दाको प्रक्रिया अघि बढाइनेछ ।
यसअघि चन्दा असुलीको अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । 

अब सबै सरकारी निकाय ‘सामाजिक सञ्जालमैत्री’


  • सामाजिक सञ्जालमार्फत जनताले जानकारी, सुझाव दिन, सहायता माग गर्न र उजुरी दिन सक्ने
  • सरकारी निकायले उजुरी र सहायता मागको तत्काल सम्बोधन गर्नुपर्ने

काठमाडौं, ६ भदौ– अब राज्यका सम्पूर्ण निकायले सामाजिक सञ्जाल  फेसबुक, ट्विटर र भाइबरको खाता (एकाउन्ट) खोली अनिवार्य रूपमा सञ्चालनमा ल्याउने भएका छन् । सरकारले ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गरी सरकारी कार्यालयहरूलाई ‘सामाजिक सञ्जालमैत्री’ बनाउन लागेको हो ।
कार्यविधिमा सम्पूर्ण सरकारी निकायले सामाजिक सञ्जालको खाता खोली अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले सामाजिक सञ्जालका माध्यमबाट जनगुनासाहरू तत्काल सम्बोधन गर्न, आमजनतास“ग सरकारी निकायहरूको सम्बन्ध मजबुत गर्न र सरकारी निकायका सूचना छिटोछिटो प्रवाह र आदान–प्रदान गर्न कार्यविधि जारी गरेको हो ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ६९ को अधिकार प्रयोग गरी सरकारले कार्यविधि जारी गरेको हो । कार्यविधिअनुसार अब सबै सरकारी निकायले फेसबुक पेज, ट्विटर एकाउन्ट र भाइबर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ । ती सामाजिक सञ्जालमार्फत आमजनता र संघसंस्थाले महिला हिंसा, सार्वजनिक सेवा प्रवाहका विकृति, विसंगति, अनियमितता, मुलुकको शान्तिसुरक्षा, विकास प्रशासन, घटना, दुर्घटना, विपदलगायतको विषयमा उजुरी गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ । 

Tuesday, August 21, 2018

जुम्लामा एमबीबीएस कलेज सुरु गर्न कार्यदल

डा. केसीसित भएको सहमतिबमोजिम थप तीन ठाउँ मेडिकल कलेज खोल्न अध्ययन कार्यदल
काठमाडौ, ४ भदौ– सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम मुलुकको सबभन्दा दुर्गम अञ्चलको केन्द्र जुम्लामा एमबीबीएस कलेज सञ्चालन गर्न कार्यदल गठन गरेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठित कार्यदलमा डा. केसीका प्रतिनिधि डा. जीवन क्षेत्री र प्रा. डा, केदार बराल सदस्य छन् ।
बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् ।  कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधिसमेत कार्यदलमा सदस्य रहनेछन् । कर्णाली प्रदेश सरकार र प्रतिष्ठान तथा अस्पतालले प्रतिनिधि तोकेपछि कार्यदलले पूर्णता पाउनेछ । कार्यदललाई तीन महिनाको म्याद दिइएको छ ।

राप्रपाका सबै पदाधिकारी पदमुक्त

काठमाडौं, ४ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई सोमबारदेखि लागू हुने गरी पदमुक्त गरेको छ । संशोधित विधानको भावनाअनुरूप केन्द्रीय समिति पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका सबै पदाधिकारी र सदस्यलाई पदमुक्त गरिएको राप्रपाले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।
विज्ञप्तिका अनुसार अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संशोधित विधान परिमार्जनसहित अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी थप छ दिन बिदामा

काठमाडौं, ३ भदौ– संघीय संसदको सुनुवाई समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आइतबारदेखि थप छ दिन बिदामा बसेका छन् ।
सुनुवाइ समितिबाट अस्वीकृत भएको भोलिपल्टदेखि जोशी राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराई १५ दिन बिदामा बसेका थिए । उनको १५ दिन बिदा आइतबारदेखि सकिएको थियो । 
जोशी आइतबार नै पुनः राष्ट्रपति भण्डारीलाई जानकारी गराई थप छ दिन बिदामा बसेका हुन् । उनले ‘भैपरी बिदा’ बसेको जानकारी सर्वोच्च प्रशासनले दिएको छ ।
सबभन्दा वरिष्ठ न्यायाधीश जोशी आइतबारदेखि सर्वोच्चमा हाजिर भए कायममुकायम प्रधानन्यायाधीश को हुने भन्ने अन्यौल थियो । जोशीको पुनः बिदामा बस्ने निर्णयले सर्वोच्चमा देखिएको अन्यौल अन्त्य भयो । 

मौलिक हकसम्बन्धी थप तीन विधेयक संसदमा

मन्त्रिपरिषद बैठक
काठमाडौं, ३ भदौ– सरकारले संविधान प्रदत्त मौलिक हक कार्यान्वयनस“ग सम्बन्धित तीन विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५’, ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘भूमिसम्बन्धी विधेयक (सातौं संशोधन) २०७५’ लाई पारित गरी ससदमा पेश गर्ने निर्णय गरेको हो ।
आगामी असोज २ भित्रै मौलिक हकसम्बन्धी सबै ऐन जारी गरिसक्नुपर्ने भएकाले सरकारले पछिल्लो समय त्यससम्बन्धी विधेयकलाई प्रमुख प्राथमिकतामा राखी धमाधम संसदमा पेस गर्दै गरिरहेको छ ।
सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन
सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोगको अध्यक्षमा अर्थशास्त्री डिल्लीराज खनाललाई नियुक्त गरेको छ । आयोगमा पा“च सदस्य रहनेछन् । सरकारले सार्वजनिक खर्च पुनरवलोकनका आयोग गठन गरी पदाधिकारी नियुक्त गरेको हो । खनालले राज्यमन्त्री सरहको पारिश्रमिक र सुविधा पाउनेछन् ।

Thursday, August 16, 2018

तीन वर्षमा सबै स्थानीय तह र वडाका कार्यालय भवन बनाइने

१ खर्ब ३१ करोड खर्च लाग्ने 
काठमाडौ, ३० साउन– सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई आगामी तीन वर्षमा कार्यालय भवन निर्माण गरिसक्न ५ करोडदेखि १५ करोड रुपैया“ रकम उपलब्ध गराउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण स्थानीय तह र तिनका वडा कार्यालय भवन बनाउनका रकम वितरण गर्ने कार्यविधि बनाएको छ । 
मन्त्रिपरिषदले ‘स्थानीय तहको प्रशासनिक भवन निर्माणसम्बन्धी कार्यविधि–२०७५’ पारित गरेपछि मन्त्रालयले स्थानीय तहहरूलाई भवन निर्माण गर्न रकम वितरण गर्न थाल्नेछ । सरकारले तीन वर्षभित्रै ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ६ सय ८० वटा वडा कार्यालय भवनसमेत निर्माण गरिसक्ने भएको छ । ७ सय ५३ वटै स्थानीय तह र तिनका वडा कार्यालय भवन निर्माण गर्न १ खर्ब ३१ करोड रुपैया“ खर्च लाग्ने जानकारी संघीय मामिला मन्त्रालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार कार्यालय भवन बनाउन सरकारले ६ महानगरलाई १५/१५ करोड, ११ उपमहानगरलाई १०/१० करोड, २७६ नगरपालिकालाई ८/८ करोड र ४६० गाउ“पालिकालाई ५/५ करोड रुपैया“ रकम वितरण गर्ने कार्यविधिमा प्रस्ताव गरिएको छ ।

Tuesday, August 14, 2018

संसदीय समितिको सभापतिको चुनाव भदौ ५ मा

काठमाडौं, २८ साउन– प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति चयन गर्न भदौ ५ चुनाव गर्ने तिथि तय गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापतिको चुनावको मिति तय भएको जानकारी दिए । 
समितिका सभापतिहरूको चुनाव भइनसकेकाले हाल बैठकको अध्यक्षता ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । संघीय संसदको सचिवालयले सोमबार नै चुनावको कार्यक्रम प्रकाशित गरेको छ ।
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति छन् । 

Sunday, August 12, 2018

साउन १ देखि नियुक्त राष्ट्रसेवकहरूलाई नयाँ पेन्सन प्रणाली

योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न निवृत्तिभरण कोष स्थापना हुने 
काठमाडौं, २७ साउन– सरकारले साउन १ देखि नियुक्त राष्ट्रसेवकहरूका लागि उनीहरूकै योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) प्रणाली लागू गर्ने भएको छ । मुलुकको ढुकुटीले धान्न नसक्ने गरी बर्सेनि बढदै गएको निवृत्तिभरणको बोझलाई दीर्घकालीन रूपमा नै कम गर्न सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्न लागेको हो ।
सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्न ‘निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आइतबार संसदमा दर्ता गरेको छ । सरकारले बजेट भाषणमा नै साउन १ देखि नै नयाँ पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेको थियो ।
सरकारले साउन १ देखि नियुक्त राष्ट्रसेवकहरूलाई पेन्सन दिन ‘निवृत्तिभरण कोष’ स्थापना गर्नेछ । विधेयकअनुसार साउन १ देखि सबै सरकारी सेवामा नियुक्त भएका र हुने राष्ट्रसेवकहरूले आफूले पाउने मासिक तलबबाट ६ प्रतिशतका दरले कोषमा रकम जम्मा गर्नुपर्नेछ । सरकारले राष्ट्रसेवकहरूको मासिक कट्टा भए बराबरकै रकम कोषमा जम्मा गरिदिनेछ । कोषमा हरेक राष्ट्रसेवकको छुट्टाछुट्टै व्यक्तिगत खाता र रकमको हिसाबकिताब रहनेछ, त्यसमा राष्ट्रसेवकहरूको तलबबाट काटिने र सरकारले थपिदिने रकम जम्मा हुनेछ ।

कोहलपुरदेखि दुहवीसम्म दुई घन्टा विद्युत कटौती हुने

काठमाडौं, २६ साउन– विद्युत प्राधिकरणले कोहलपुरदेखि दुहबीेसम्म औद्योगिक फिडरहरूमार्फत आपूर्ति हुने ग्राहकहरूमा चार दिन सा“झको २ घन्टा बिजुली कटौती हुने जनाएको छ । 
प्राधिकरणद्वारा शनिबार जारी सूचनामा उक्त क्षेत्रमा विशेष गरी १३२ केभी, ६६ केभी र ३३ केभीका सबस्टेसनहरूबाट विद्युत आपूर्ति हुने ग्राहकहरूमा सोमबारदेखि बिहीबारसम्म राति ९ देखि ११ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ ।

खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभिए

काठमाडौं, २६ साउन– सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई मर्ज गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले दुई संस्थानलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनि स्थापना गरेको छ । 
दुवै संस्थानले एउटै प्रकृतिको काम गर्दै आएकाले सरकारले तिनलाई मर्ज गरेको हो । निर्णयस“गै मर्जको औपचारिक प्रक्रियासमेत सुरु हुनेछ ।

Tuesday, August 7, 2018

द काठमान्डु पोस्टको प्रधान सम्पादकमा काफ्ले

काठमाडौं, २२ साउन– द काठमान्डु पोस्टको प्रधान सम्पादकमा अनुप काफ्ले मंगलबार नियुक्त भएका छन् । उनले कान्तिपुर मिडिया ग्रुप (केएमजी) को ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् । 
केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले काफ्लेलाई पोस्टको प्रधान सम्पादक तथा ‘डिजिटल ट्रान्सफर्मेसन’ प्रमुख नियुक्त गरिएको घोषणा गर्दै भने, ‘उहा“को नेतृत्वमा द काठमान्डु पोस्टले नया“ उचाइ लिनेछ ।’ डिजिटल प्रमुखका रूपमा काफ्लेले कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको ‘डिजिटल ट्रान्सफर्मेसन’ को समेत नेतृत्व गर्नेछन् ।

मिडिया सोसाइटीको अध्यक्षमा कँडेल

काठमाडौं, २१ असार– नेपाली मूलधारका आम सञ्चार मँध्यम (मूल प्रवाहक प्रकाशन गृह र स्याटेलाइट टेलिभिजन) हरूको छाता संगठन मिडिया सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल निर्वाचित भएका छन् । 
मिडिया सोसाइटको दोस्रो साधारण सभाले सोमबार एबीसी न्युजका अध्यक्ष तथा निर्वतमान महासचिव कँडेलको नेतृत्वमा नया“ कार्य समिति चयन गरेको हो ।
सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङ, महासचिवमा आर्थिक अभियान दैनिकका प्रकाशक मदन लम्साल, सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र  कारोबार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेललाई निर्वाचित भएका छन् ।

संसदमा कांग्रेसको प्रश्न, ’जोशी आयोग्य भए सिफारिस गर्ने प्रधानमन्त्री कसरी योग्य ?’

काठमाडौं, २१ असार– सत्तारूढ नेकपाले दुई तिहाइको दम्भमा ससदीय सुनुवाइ समितिबाट बिना आधार प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरूले सुनुवाइ समितिको निर्णयका कारण स्वतन्त्र रहनुपर्ने न्यायपालिका कार्यपालिकाको लाचार छाया हुने खतरा बढेको दाबीसमेत गरे ।
‘दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उहा“को नाम सिफारिस गर्ने प्रधानमन्त्रीको हैसियत के हुने ?’ कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने– बिनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा सुनुवाइ समितिबाट गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौं, निर्णय मान्दैनौं ।’  

Friday, August 3, 2018

मन्त्रिपरिषदले पायो पूर्णता

ढकाल कानुन र अर्याल भूमि व्यवस्थामन्त्री, यादव स्वास्थ्य राज्यमन्त्री
काठमाडौं, १८ साउन– प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा परेका थिए । पार्टीको दबाबमा उनले साउन ८ मा राजीनामा दिएपछि रिक्त मन्त्रालयमा ढकाललाई नियुक्त गरिएको हो । 
ढकाल नेकपाका पोलिटब्युरो सदस्य एवं मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अनेरास्ववियुका महासचिव भइसकेका ढकाल दोस्रो संविधानसभा सदस्यसमेत थिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् । 

चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै उजुरी

काठमाडौं, १६ साउन– कान्तिपुर दैनिकका पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै उनकी पत्नी गंगा खतिवडाले बुधबार छानबिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी) मा भर्ना गरेको ४८ घण्टा बित्न नपाउ“दै गत असार १५ मा थपलियाको मृत्यु भएको थियो । 
 ‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएन्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्छु’ खतिवडाले निवेदनमा उल्लेख गरेकी छन् ।