Saturday, September 28, 2019

कृषि बैंक ह्याकिङ प्रकरणमा थप ३ पक्राउ

काठमाडौं, ११ असोज– कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड रुपैयाँ रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पक्राउ परेकामा पर्वतका गणेश बस्याल, मालतीदेवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्ट रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भट्टको खातामा ४५ लाख र मालतीको खातामा २४ लाख रुपैयाँ भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । बस्याललाई भने भारतमा बसेर ह्याकिङको योजना बनाउने पिटरसँग सम्पर्कमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको हो । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले यसअघि पटकपटक गरी १३ जनालाई पक्राउ गरिसकेको छ ।

सोमबार खुला दिसामुक्त राष्ट्र घोषणा हुने

काठमाडौं, ११ असोज– सरकारले आगामी सोमबार ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा सोमबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको जानकारी खानेपानी मन्त्री विना मगरले दिइन् ।
खानेपानी मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर निजी तथा सार्वजनिक सौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन् । उनले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्बद्ध पक्ष र सर्वसाधारणलाई समेत आग्रह गरेकी छन् ।
सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिशामुक्त घोषणा गर्न थालेको थियो । अहिले सबै जिल्ला खुला दिसामुक्त भइसकेका छन् । मन्त्री मगरले अभियानमा सबै दल, पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सहयोग गरेकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन् ।

एनसेलसम्बन्धी फैसला अध्ययन गर्ने निर्णयप्रति प्रधानन्यायाधीशको असन्तुष्टि

काठमाडौं, ११ असोज– प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराले एनसेलको पूँजीगत लाभकरबारे सर्वोच्च अदालतबाट भएको फैसला अध्ययन गर्ने संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
दसैं, तिहार तथा छठको अवसरमा सर्वोच्च अदालत परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जबराले संसदीय समिति र बार एसोसिएसनको नाम नलिईकन अदालतबाट भएका फैसला असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्षण हुन नसक्ने बताएका हुन् ।
उनले यस्ता कामले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको निर्णयमाथि अनावश्यक प्रश्न उठने चिन्तासमेत व्यक्त गरे । ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरूको विधिपूर्वक परिक्षण हुन सक्छ तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्षण गर्ने कार्य आफैंमा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता र अवधारणाविपरीत हुन जान्छ भन्ने मलाई लाग्छ’ उनले भने ।
एनसेलले लाभकर, ब्याज र जरिवानासहित ६२ अर्ब रुपैयाँ तिर्नुपर्ने ठूला करदाता कार्यालयले गरेको निर्णय बदर गर्ने सर्वोच्चको आदेशप्रति संघीय संसदमा चर्को विरोध हुनुका साथै संसदीय समिति र नेपाल वारले त्यसबारेमा अध्ययन गर्ने निर्णय गरेका छन् ।

आइतबारदेखि १० चक्के गाडीलाई काठमाडौं प्रवेशमा रोक

काठमाडौं, ११ असोज– दसैंका लागि राजधानी आउजाउ गर्ने यात्रुहरूका लागि सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरू नागढुंगा–नौबीसे खण्डमा १२ घन्टासम्म जाममा पर्न थालेपछि विभागले शनिबार विज्ञप्ति जारी गरी ठूला मालवाहक सवारी साधनलाई उपत्यकामा प्रवेशमा रोक लगाउने निर्णय गरिएको जनाएको छ । ठूला मालवाहक सवारी साधनलाई रोक लगाइएपछि उक्त खण्डको जाम हटने विश्वास विभागले व्यक्त गरेको छ ।
विभागका अनुसार आइतबारदेखि असोज १८ गतेसम्मका लागि १० चक्के र त्योभन्दा ठूला सवारी साधनलाई काठमाडौं आउजाउमा रोक लगाइएको हो । त्यस्ता ठूला मालवाहक सवारी साधनहरूलाई चितवनको नारायणगढमै रोकिने जानकारी विभागले दिएको छ ।

Friday, September 27, 2019

एसिडपीडित दुई जनालाई तीन/तीन लाख

काठमाडौं, ९ असोज– सरकारले एसिड आक्रमणमा परी घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च र जीवनयापनका लागि ३/३ लाख रुपैया“ राहत उपलब्ध गराउने भएको छ । 
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुवै जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

८ वटा अतिथिगृह बनाइने

मन्त्रिपरिषदका निर्णय
काठमाडौं, ९ असोज– सरकारले विदेशी मुलुकबाट आउने विशिष्ट अतिथिलाई राख्न ८ वटा राजकीय अतिथिगृह बनाउन गुरुयोजना स्वीकृत गरेको छ । सरकारले यसअघि मन्त्री क्वाटर रहेको ललितपुरको पुल्चोकमा १० वटा अतिथिगृह बनाउने निर्णय गरेको थियो । मन्त्री क्वाटर पुल्चोकबाट सारेर ललितपुरको भैंसेपाटीमा बनाउने सरकारी योजना छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पुल्चोकमा पर्याप्त ठाउ“ नभएकाले ८ वटा मात्रै अतिथिगृह बनाउने गुरुयोजना स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले दिए ।
पूर्वराष्ट्रपतिलाई उपचार खर्च
मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउ“दा लागेको खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले नया“दिल्लीस्थित नेपाली दूतावासमार्फत यादवको उपचारमा लागेको खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था मिलाएको जानकारी बाँस्कोटाले दिए ।

शर्माको पदावधि थप, सेनापति हुने सम्भावना बढ्यो

काठमाडौं, ९ असोज– सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएका छन् ।
पदावधि थप भएसँगै शर्मा नेपाली सेनाको प्रधान सेनापति हुने सम्भावित रोलक्रममा परेका छन् । शर्माको उपरथीको २ वर्षे पदावधि कात्तिकमा सकिंदै थियो । पदावधि थपिएका शर्मा आगामी असारपछि प्रधान सेनापति पूर्णचन्द्र थापापछिका सबभन्दा वरिष्ठ सैनिक अधिकारी हुने छन् । त्यही कारण उनले प्रधानसेनापति थापापछि सेनाको नेतृत्व लिने सम्भावित बाटो खुलेको जानकारी सैनिक स्रोतले दिएको छ ।

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयमा क्यान्टिन बनाउने क्रममा ठेकेदारसित १ लाख ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा पशुपति मित्र माध्यमिक विद्यालयका लेखापाल (मावि तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतबिक्रम बीसीसमेत छन् । काÏलेसहित तीनै जनालाई डेड लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्ष कैद र सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।
काठमाडौं, ९ असोज– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने सुनिश्चित भइसकेको उल्लेख गर्दै तिथिमात्र तय हुन बाँकी रहेको बताएका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकार चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी गराउँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन गृहकार्य भइरहेको बताए । ‘चिनियाँ राष्ट्रपति आउने सुनिश्चित भइसकेको छ । तिथिमात्र तय हुन बाँकी छ । भ्रमणको मिति समयक्रमसँगै टुंगो लाग्छ’ उनले भने ।
चीनले आर्थिक, सामाजिक र पूर्वाधार विकासमा गरेको उपलब्धिबाट लाभान्वित हुन नेपाल लालायित रहेको उनले बताए । ‘विश्वमै द्रुत गतिमा विकसित हुँदै गइरहेको चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले बढीभन्दा बढी लाभ लिन चाहेको छ । भ्रमणको तयारीसमेत त्यसैमा केन्द्रित छ ।’ उनले २३ वर्षपछि चिनिया“ राष्ट्रपति तहमा हुन लागेको भ्रमणलाई सरकारले उच्च महत्व दिएको र त्यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

Thursday, September 26, 2019

अतिरिक्त शुल्क फिर्ता नगरे सत्याग्रह : डा. केसी

काठमाडौं, ८ असोज– डा. गोविन्द केसीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै अवैध रूपमा लिइएको शुल्क तत्काल फिर्ता गर्न मेडिकल कलेजहरूसँग माग गरेका छन् ।
डा. केसीको आमरण अनशनको दबाबमा सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो तर मेडिकल कलेजहरूले तोकेको भन्दा बढी शुल्क असुल्न नछाडेपछि विद्यार्थीहरू आन्दोलित छन् । सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैया“ शुल्क तोकेको छ । मेडिकल कलेजहरूले भने विभिन्न शीर्षकमा त्योभन्दा बढी शुल्क उठाइरहेका छन् ।
डा. केसीले प्राध्यापक परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका छन् ।

७ अधिकृतसहित ११ विरुद्ध मुद्दा


काठमाडौं, ८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ अधिकृतसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत अनोजकुमार घिमिरे, कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो । यातायात व्यवस्था र सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारीहरूले भारतीय सवारी चालकको नक्कली अनुमतिपत्रलाई आधार बनाएर मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तिययारले जनाएको छ । यस्तै भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र लेखा अधिकृत राजेश काÏलेविरुद्ध पनि मुद्दा दायर भएको छ । झूटा कागजात, नक्कली प्याड, छापसमेत प्रयोग गरी १५ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको छानबिन पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Wednesday, September 25, 2019

शिक्षा अधिकृतविरुद्ध एकै दिन १० मुद्दा

काठमाडौं, ६ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखाका अधिकृत राजेश्वरप्रसाद चौरसियालाई ७० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा १० वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीमाथि पर्सा जिल्लाका आÏनो कार्यक्षेत्रमा पर्ने १० वटा छुट्टाछुट्ट्रै विद्यालयमा राहत शिक्षक र बाल विकास सहयोगी नियुक्तिका क्रममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । चौरसियासँगै विद्यालयका प्रधानाध्यापक र शिक्षकसहित थप १९ जनाविरुद्ध समेत मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकामा प्रधानाध्यायपक÷शिक्षकहरू हरिओमकुमार साह, रुवी कुमारी, रामवेलास प्रसाद पटेल, महेशप्रसाद यादव, उमाशंकर यादव, रमेश शर्मा, कृपादेवी पटेल, अरविन्द गिरी, राजेशकुमार यादव, शिवशंकरप्रसाद यादव, धर्मेन्द्र ठाकुर हजाम, दुलारचनप्रसाद कुर्मीलगायत छन् । मुद्दा दायर भएसँगै २० जना सेवाबाट निलम्बित भएका छन् ।

अब सिंहदरबारबाटै गौरवका आयोजनाको निगरानी

काठमाडौं, ६ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको ‘एक्सन रुम’ बाटै राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आधुनिक प्रविधियुक्त कक्षबाट राष्ट्रिय गौरवका सबै आयोजनाको प्रत्यक्ष निगरानी (लाइभ मनिटरिङ) गर्ने सिस्टम कार्यान्वयनमा ल्याएको हो ।
एक्सन रुमबाट प्रधानमन्त्री ओली, मुख्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवले राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूस“ग ‘लाइभ’ छलफल गर्न सक्ने स्रोतले जानकारी दिएको छ । ‘एक्सन रुममा बसेर प्रधानमन्त्री, मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले आयोजनाहरूको प्रगति हेरेर आवश्यक देखिए आयोजना प्रमुखसँग प्रत्यक्ष कुराकानी गरी रिपोर्टिङ लिन र निर्देशन दिन सक्नुहुनेछ,’ स्रोतले भन्यो ।

४७ लाखको भ्रष्टाचारमा महाप्रबन्धकसहित १० विरुद्ध मुद्दा

काठमाडौं, ६ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४७ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासहित १० जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा संस्थानका तत्कालीन निमित्त उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र प्रशासन विभागका निमित्त प्रमुख दिपक सुवेदी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रालिका सञ्चालकद्वय फणिन्द्रप्रसाद दाहाल, दिपबहादुर खड्का र तत्कालीन सञ्चालक सतिसकुमार गिरी छन् ।

छुट्टै शिक्षक अस्पताल खोल्न माग

काठमाडौं, ६ असोज– नेपाल शिक्षक महासंघले छुट्टै ‘शिक्षक अस्पताल’ स्थापना गर्न सरकारसित माग गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सैनिक, प्रहरी र निजामतीको जस्तै छुट्टै शिक्षक अस्पताल स्थापना गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकहरूलाई सहुलियत दरमा उपचार गर्ने छुट्टै अस्पताल खोल्नका लागि योगदान गर्न मुलुकभरका शिक्षक तयार रहेको बताए । महासंघले शिक्षकहरूको दरबन्दी मिलान गर्न तथा निजामती कर्मचारीहरूको भन्दा बढी सेवासुविधा उपलब्ध गराउनसमेत सरकारलाई आग्रह गरेको छ । शिक्षण पेसालाई मर्यादित बनाउन अघि सारिएका माग पूरा गर्नसमेत सरकारलाई महासंघले आग्रह गरेको छ ।

Monday, September 23, 2019

हत्कडीसहित थुनुवा फरार

काठमाडौं, ५ असोज– सवारी ज्यान मुद्दाका अभियुक्त सनम तामाङ काठमाडौं जिल्ला अदालत परिसरबाट आइतबार अपराह्न हत्कडीसहित भागेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले अदालतमा उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको थियो ।
अदालतले आफूलाई थुनामा राखेर मुद्दा अघि वढाउने आदेश दिएको थाहा पाउनासाथ तामाङ प्रहरी घेराबाट हत्कडीसहित भागेका हुन् । प्रहरी स्रोतले तामाङ फरार भएको र खोजी जारी रहेको जानकारी दिएको छ ।

सरकारलाई द्वन्द्वपीडितको ज्ञापन

काठमाडौं, ५ असोज– द्वन्द्वपीडित साझा चौतारी नेपालले पीडित, नागरिक समुदायका प्रतिनिधि र विज्ञ समावेश कार्यदल गठन गरेर मात्र संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न माग गरेको छ । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसहितका पदाधिकारीले आइतबार कानुनमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन परामर्श ढाँचाबारे आफ्नो सुझाव दिएको हो ।
चौतारीले संक्रमणकालीन न्यायसम्बन्धी कानुनको संशोधनलाई अर्थपूर्ण र पीडितकेन्द्रित बनाउन ज्ञापनपत्रमा दिइएका सुझावलाई अक्षरशः ग्रहण गर्नसमेत आग्रह गरेको छ । संक्रमणकालीन न्याय निरूपणका क्रममा गरिने परामर्शको सम्पूर्ण प्रक्रियाको मानव अधिकार आयोगद्वारा अनुगमन÷पर्यवेक्षण गर्ने व्यवस्था गर्न र सरोकारवालालाई एकै ठाउँमा राखेर परामर्श गर्नसमेत माग गरिएको छ । संक्रमणकालीन न्याय निरूपणका क्रममा सत्यको उजागर, परिपूरण, अभियोजन तथा दण्डसजायपीडित केन्द्रित एवं लैंगिकमैत्री हुनुपर्ने मागसमेत चौतारीको छ ।

महिला, दलित र वादी आयोगमा पदाधिकारी नियुक्त गर्न माग

काठमाडौं, ५ असोज– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महिलासहितका संवैधानिक आयोगहरूमा लामो समयदेखि पदाधिकारी नहुँदा सेवाग्राही समस्यामा परिरहेकोतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।
समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीलाई महिला, दलित, वादीलगायतका आयोगमा तत्काल पदाधिकारी नियुक्तिको पहल गर्न आग्रह गरेको हो । बैठकमा सांसद लक्ष्मी परियारले दुई वर्षदेखि राष्ट्रिय दलित आयोग पदाधिकारीविहीन हुँदा जातीय भेदभाव तथा छुवाछूतबाट पीडितले लामो समयसम्म न्याय पाउन नसकेकोतर्फ तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् । 
‘लामो समयसम्म वादी आयोग, महिला आयोग र दलितलगायतका आयोग पदाधिकारीविहीन हु“दा महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिकलगायत सीमान्तकृत समुदाय मारमा परेका छन्, सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल नियुक्तिको पहल गर्नुपर्छ’ उनले भनिन् ।

Sunday, September 22, 2019

मानव सेवा आश्रमलाई २ लाखको पुरस्कार

काठमाडौं, ४ असोज– रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले हेटौंडाको सामाजिक संस्था ‘मानव सेवा आश्रम’ लाई २ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ ।
सडकमा परित्यक्त जीवन बिताइरहेकाहरूको उद्धार र पालनपोषणजस्ता सामाजिक कार्य गर्दै आएको आश्रमलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले आशा अपांग केन्द्र, गुल्मी र नेपाल स्नेही काख, काठमाडौंलाई समेत जनही १ लाख रुपैयाँको रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान गरेको छ । कोषद्वारा राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले ती तीनवटै संस्थाका पदाधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ४ असोज– गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको छ । गोरखाको सिरानचोक गाउ“पालिका–१ केराबारी केन्द्रबिन्दु भएर बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का गोरखा, काठमाडौं, धादिङ, तनहु“ र लमजुङमा महसुस गरिएको केन्द्रको भनाइ छ । पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा तीन र लमजुङ केन्द्रबिन्दु भएर एउटा भूकम्प गएका छन् ।

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न निर्देशन दिएको थियो ।
काठमाडौं, ४ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।
सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न निर्देशन दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुक्तानीसमेत रोकी ती बस फिर्ता गरी टेन्डरमा तोकिएको स्पेसिफिकेसनअनुरूपका चीनमा निर्मित विद्युतीय बस ल्याउन निर्देशन दिँदै आएको छ । बीवाईडीले आफ्नै खर्चमा बसमा रहेका प्राविधिक कमीकमजोरी सुधार गरिदिने आश्वासन दिँदै तिनैलाई स्वीकार गर्न सरकारलाई दबाब दिँदै आएको छ । एसियाली विकास बैंक (एडीबी) को करिब २८ करोड रुपैया“ अनुदान सहयोगमा मन्त्रालयले लुम्बिनी क्षेत्रमा वायु प्रदूषण घटाउन ५ विद्युतीय बस, ११ वटा विद्युतीय कार र चार्जिङ स्टेसन खरिद प्रक्रिया अघि बढाएको हो । त्यसमध्ये ५ वटा बस गत कात्तिकमै आइसकेका हुन् ।

युरोसियन देशका सभामुखको बैठकमा महरा

काठमाडौं, ४ असोज– युरोसियन मुलुकका सभामुखहरूको बैठकमा भाग लिन सभामुख कृष्णबहादुर महरा शनिबार कजाकस्तान गएका छन् । महराको ६ सदस्यीय भ्रमण दलमा प्रतिनिधिसभा सदस्यहरू मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी, संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन् । 
आइतबारदेखि बुधबारसम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका सभामुखको चौथो बैठकलाई महराले सम्बोधन गर्ने जानकारी संसद् सचिवालयले दिएको छ । बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन् ।

Saturday, September 21, 2019

६३४ जनालाई मानपदवी

  • दीक्षित र अधिकारीलाई मरणोपरान्त ‘राष्ट्रदीप’ मानपदवी
  • नेकपा निकटलाई बढी विभूषण
काठमाडौं, ३ असोज– सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक दिने घोषणा गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यसपटक ४ सय ५० मानपदवी, १ सय ५६ अलंकार र २८ जनालाई पदक प्रदान गर्ने घोषणा गरेकी छन् ।
यसपटक अघिल्लो वर्षभन्दा बढीलाई विभूषण प्रदान गरि“दै छ । यसअघि ३ देखि साढे ४ सय जनासम्मलाई दिने गरिन्थ्यो । मानपदवी, अलंकार र पदक पाउनेमा समाजसेवी, व्यवसायी, कलाकार, साहित्यकार, पत्रकार र निजामती कर्मचारीमा सत्तारूढ पार्टी नेकपा निकट बढी छन् । यस वर्ष पहिलो र दोस्रो वरीयताको मानपदवी नेपाल रत्न र राष्ट्र गौरव कसैलाई दिइएको छैन । तेस्रो वरीयताको ‘राष्ट्रदीप’ मानपदवी साहित्यकार मदनमणि दीक्षित र हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको छ ।

बढी लिएको शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं, ३ असोज– त्रिभुवन विश्वविद्यालयले भरतपुरको चितवन मेडिकल कलेज एन्ड साइन्सेजलाई विद्यार्थीहरूसित बढी लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ ।
त्रिविले शुक्रबार विज्ञप्ति जारी गर्दै शुल्क फिर्ता लिन र आन्दोलनरत विद्यार्थीसँग वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेको हो । चितवन मेडिकल त्रिविको सम्बन्धनप्राप्त कलेज हो । सरकारद्वारा निर्धारितभन्दा बढी शुल्क उठाएको विरोधमा उक्त कलेजका चिकित्सा शिक्षातर्फ एमबीबीएस हमा अध्ययनरत विद्यार्थी आन्दोलित छन् । त्रिविले विज्ञप्तिमा आन्दोलनबाट समस्याको समाधान नहुने उल्लेख गर्दै कलेज प्रशासनले आह्वान गरेको वार्तामा बस्न विद्यार्थीलाई समेत आग्रह गरेको छ । समस्याको समाधान वार्ताबाटै हुन्छ भन्नेमा विश्वविद्यालय प्रस्ट रहेको जनाइएको विज्ञप्तिमा विद्यार्थीको पठनपाठनसँगै जनताले स्वास्थ्योपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा र अवरोध सिर्जना नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

चारविरुद्ध मुद्दा, घूससहित दुई पक्राउ

काठमाडौं, ३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने दुई जनालाई घूससहित पक्राउ गरेको छ ।
घूस लेनदेन गरेकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल र कर सहजकर्ता केदारप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । पोखरलले एउटा फर्मको पूँजी वृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत न्यौपानेसँग घूस लिएको अभियोगपत्रमा उल्लेख छ । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रधारी विशालबजार कम्पनी लिमिटेडका वरिष्ठ सहायक पशुपति सापकोटा र महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब निरीक्षक विनोदमान राजभण्डारीविरुद्ध मुद्दा दायर भएको छ ।
छानबिनबाट सापकोटा र राजभण्डारीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Friday, September 20, 2019

पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं, २ असोज– सरकारले तत्कालीन माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई महासेनानी (कर्णेल) पदमा कार्यरत यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा अधिकारीलाई बढुवा गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बा“स्कोटाले नेपाली सेनामा विशेष पद सिर्जना गरेर अधिकारीलाई पदोन्नति गरिएको जानकारी दिए । अधिकारीको सहायक रथीको चारवर्षे पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने जानकारी जंगी अड्डा स्रोतले दिएको छ । अधिकारीले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गरेर बढुवा गरिएको समेत स्रोतले उल्लेख गरेको छ ।

डा. रुइतलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं, २ असोज– सरकारले डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ। मन्त्रिपरिषद्ले मंगलबार आँखा उपचारमा अतुलनीय योगदान गरेका रुइतलाई उक्त पुरस्कार प्रदान निर्णय गरेको हो । पुरस्कारको राशि ५ लाख रुपैयाँ छ ।
‘राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ रदी मियाँ र विकल्प ढुंगानालाई प्रदान गरिने भएको छ । उनीहरूलाई जनही २ लाख ५० हजार रुपैयाँ प्रदान गर्न लागिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

२० हजार मेट्रिक टन चिनी आयात गरिने

काठमाडौं, २ असोज– सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिएको छ ।
चाडपर्वका बेला व्यापारीले चिनीको कृत्रिम अभाव बनाई मूल्यवृद्धि गर्न सक्ने आशंका गर्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

दुई जना सचिवमा बढुवा, दुईको पदस्थापन

काठमाडौं, २ असोज– सरकारले दुई वरिष्ठ सहसचिव तोयम राय र शिवहरि शर्मालाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली संयोजकत्वको बढुवा समितिको सिफारिसमा राय र शर्मालाई विशिष्ट श्रेणीमा पदोन्नति गरेको हो । राय सामान्य प्रशासन र शर्मा इन्जिनियरिङ क्लस्टरबाट सिफारिस भएका तीन÷तीन जना सहसचिवबाट बढुवा भएका हुन् । रायलाई प्रदेश ३ को प्रमुख सचिव र शर्मालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिवमा पदस्थापन गरिएको छ ।
मन्त्रिपरिषद्ले यसअघि सचिवमा बढुवा भएका ऋषिराम शर्मा र रवीन्द्रनाथ श्रेष्ठको जिम्मेवारी तोकेको छ । शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत र श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । यसअघि दुवै जनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा राखिएको थियो ।

Thursday, September 19, 2019

गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा

काठमाडौं, १ असोज– काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैया“ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ (एक्स्टर्सन) र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैया“ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अरू ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त अभियोगमा थापास“गै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो ।

शिक्षा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं १ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउ“पालिकाका शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौरसिया र जगरनाथपुर गाउँपालिकाकै श्रीजनसेवा प्राविका प्रधानाध्यापक हकिम अन्सारीले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा दस्तुर भन्दै अवैध रूपमा ३ लाख ९० हजार रुपैयाँ लिएको र फर्जी व्यक्तिलाई ३ लाख १४ हजार रुपैया“ तलब भत्ता निकासा गरेको देखाई भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
पर्साकै श्रीनेपाल राष्ट्रिय मावि सेढवा बिर्ताका पूर्वप्रधानाध्यापक महेशप्रसाद यादवले चौरसिया र अन्सारीसितको मिलेमतोमा फर्जी व्यक्तिलाई तलब भत्ता खुवाएको देखाई अनियमितता गरेकाले उनीविरुद्ध समेत जेल सजाय र जरिवाना माग गरिएको अख्तियारले उल्लेख गरेको छ ।

औद्योगिक जग्गा नमास

काठमाडौं, १ असोज– संघीय संसदका दुवै सदनबाट ‘भूमिसम्बन्धी ऐन ३०२१ लाई संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित भएको छ । विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी, संस्था या चिया उद्योगका नाममा कानुनीरूपमा नै छुट लिई राखिएको हदबन्दीभन्दा बढी जग्गा बेच्न सकिने व्यवस्था राखिएको छ । विधेयकको दफा १२ मा ‘उद्योग, प्रतिष्ठान, कम्पनी, संस्था कुनै कारणले विघटन भएमा या लिक्विडेसनमा गएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारक गर्ने प्रयोजनका लागि जग्गा बिक्रीवितरण गर्न बाधा परेको मानिने छैन’ भन्ने व्यवस्था राखिएको छ । 
यो व्यवस्थाका कारण मुलुकका विभिन्न ठाउ“मा उद्योग, प्रतिष्ठान, चिया खेतीलगायतका नाममा कानुनअनुसार छुट दिई हदबन्दीभन्दा बढी राख्न दिइएको जग्गा बिक्री हुने खतरा बढेको छ । भूमि ऐनले मुलुकमा औद्योगिक विकास गर्न जग्गा उपलब्ध गराउने उद्धेश्यले उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाका लागि हदबन्दीभन्दा बढी जग्गा राख्न दिएको हो । त्यही कारण ऐनमा नै औद्योगिक प्रयोजनका लागि दिइएको हदबन्दी बढीको जग्गा बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको थियो । ऐनमा उद्योग, प्रतिष्ठान नचलाएमा हदबन्दीभन्दा बढी जग्गा स्वतः सरकारको नाममा आउने व्यवस्था छ । विधेयकले यो व्यवस्थालाई जग्गा बेचेर नाफा आर्जन गर्न नियत राखेकाहरूको स्वार्थमा परिमार्जन गरेको छ ।

Wednesday, September 18, 2019

हदबन्दी छुटको औद्योगिक जग्गा मासिने जोखिम

भूमि विधेयक पारित
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संकलन गरेको पछिल्लो विवरणअनुसार १६९ कम्पनी, उद्योग, प्रतिष्ठानलगायतले सरकारबाट पहाडी तथा हिमाली भेगमा ७६ हजार रोपनीभन्दा बढी र तराई–मधेसमा ८ हजार ४ सय २९ बिघा जग्गा हदबन्दी छुटमा उपभोग गरिरहेका छन् । व्यक्तिका नाममा २ हजार ८ सय ७३ बिघा यस्तो जग्गा छ ।
काठमाडौंं, ३० भदौ– ‘भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्बाट पारित भएस“गै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिघा जग्गा मासिने जोखिम बढेको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रिय सभाको मंगलबारको बैठकले प्रतिपक्षी कांग्रेसलगायतको विरोधबीच बहुमतबाट पारित गरेको हो । विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जानकारहरू बताउ“छन् ।
विधेयकको दफा १२ मा ‘उद्योग, प्रतिष्ठान, कम्पनी, संस्था कुनै कारणले विघटन भएमा या लिक्विडेसनमा गएमा त्यस्ता उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारक गर्ने प्रयोजनका लागि जग्गा बिक्रीवितरण गर्न बाधा परेको मानिनेछैन’ भन्ने व्यवस्था छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संकलन गरेको पछिल्लो विवरणअनुसार १ सय ६९ कम्पनी, उद्योग, प्रतिष्ठानलगायतले सरकारबाट हिमाली तथा पहाडी भेगमा ७६ हजार रोपनीभन्दा बढी र तराई–मधेसमा ८ हजार ४ सय २९ बिघा जग्गा हदबन्दी छुटमा उपभोग गरिरहेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर हदबन्दीभन्दा बढी जग्गा छुट लिने संस्थाको पनि विवरण संकलन क्रममा रहेको मन्त्रालय स्रोतले जनायो । २०५८ देखि २०६७ को अवधिमा मात्रै सरकारले ५२ भन्दा बढी हाउजिङ कम्पनीलाई हदबन्दी छुट दिएको छ । त्यस्तै सिमेन्ट उद्योग, चिया बगान, विभिन्न प्रतिष्ठान, शैक्षिक संस्था, ढुंगा तथा चुनढुंगा खानीलगायतले पनि सरकारबाट यस्तो छुट लिएका छन् ।

Sunday, September 15, 2019

खारेज म्यानपावरलाई फरफारक गर्न निर्देशन

काठमाडौं, २९ भदौ– वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी वृद्धि गर्न नसकेर खारेजीमा परेका म्यानपावर कम्पनीहरूलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगार ऐनअनुसार धरौटी र बैंक ग्यारेन्टी वृद्धि गर्न नसकेपछि ३ सय ३ वटा म्यानपावर कम्पनी स्वतः खारेजीमा परेका छन् । सरकारले ऐन संशोधन गरी म्यानपावर कम्पनीको धरौटी २ देखि ६ करोड रुपैयाँसम्म पु¥याएको छ । विभागले खारेजीमा परेका म्यानपावरलाई हालसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
विभागले आगामी दिनमा खारेजीमा परेको संस्थाका नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ एवं पुराना कुनै पनि कार्य नगर्नसमेत निर्देशन दिएको छ । विभागले व्यक्तिसँग लिएको राहदानी र नगद फिर्ता गर्नसमेत ती संस्थालाई आग्रह गरेको छ ।

प्राध्यापक संघको अध्यक्षमा थापा निर्विरोध

काठमाडौं, २९ भदौ– नेपाली प्राध्यापकको छाता संगठन नेपाल प्राध्यापक संघको अध्यक्षमा प्राध्यापक बुद्धबहादुर थापा निर्वाचित भएका छन् । संघको निवर्तमान महासचिवसमेत रहेका थापालाई संघको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचन समितिले अरू पदाधिकारी तथा सदस्यको भने टुंगो लाग्न बाँकी रहेको जनाएको छ । उनीहरूको निर्वाचन कात्तिकमा हुने तय भएको छ । कुल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएपछि उनीहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

डा. केसीले ७ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

काठमाडौं, २९ भदौ– प्रा. डा. गोविन्द केसीले सरकारसमक्ष ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै विगतमा आफू र सरकारबीच भएका सम्झौताबमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा चित्तबुझ्दो जवाफ दिन माग गरेका छन् ।
‘अहिले चिकित्सा शिक्षा ‘आयोगको उपाध्यक्ष नियुक्ति अन्तिम छनोटमा योग्यता नपुगेका, दल र गुटका कार्यकर्ता र छनोटमा पर्याप्त पारदर्शिता नअपनाइएको भन्ने जनआरोपको माझमा उपाध्यक्ष नियुक्ति गरिएको समाचार आएको छ । यस विषयमा अध्यक्षको हैसियतले प्रधानमन्त्री, सरकार, छनोट समिति र सम्बन्धित निकायले जनतालाई चित्तबुझ्दो उत्तर नदिए, उपयुक्त कदम नचालिएमा उपाध्यक्षमा छानिएका व्यक्तिको नेतृत्वमाथि वैधानिक तथा नैतिक प्रश्न आउने छ ।’

साढे ६ लाख भ्रष्टाचारमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, २९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा स्वास्थ्य कार्यालय म्याग्दीका हेल्थ असिस्टेन्ट (अधिकृत छैठौं तह) का भरतप्रसाद उपाध्याय र हेल्थ असिस्टेन्ट राधिका देवी शर्माविरुद्ध मुद्दा दायर गरेको छ ।
उपाध्याय र शर्माले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा ६ लाख ५८ हजार ५ सय १३ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दुवै जनालाई भ्रष्टाचारको कसुरमा जेल सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

तरुण दलको विवाद उत्कर्षमा

अध्यक्ष र महासचिवले गरे एकअर्कालाई हटाएको दाबी
काठमाडौं, २८ भदौ– प्रतिपक्षी कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलमा विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले शनिबार एकअर्कालाई हटाइएको भन्दै विज्ञप्ति नै सार्वजनिक गरेका छन् । यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भन्दै खारेज गरेको घोषणा गरेका थिए ।
शनिबार जारी विज्ञप्तिमा अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको दाबी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको पत्रमा शाहीमाथि अनुशासनहीन काम गरेको आरोप लगाइएको छ ।

निजी विद्यालयहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा छिटो सहभागी हुन आग्रह

काठमाडौं, २९ भदौ– सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), काठमाडौंद्वारा राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सहज ढंगले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न निजी विद्यालयहरूलाई दबाब दिएका हुन ।
‘फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानुनको पालना गराउने नै हो, नियम संगत भएको छ कि छैन, बैंक खातामार्फत भुक्तानी भएको छ कि छैन, त्यो माग्नु सरकारको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस्’ उनले भने । उनले एकाध सञ्चार माध्यममा सामाजिक सुरक्षा योजनामा जानु नपर्ने भन्ने लेख पढेकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कानुनको पालनालाई चुनौती दिने गरी यस्ता लेख आए भने सबभन्दा पहिला त्यही ठाउ“मै ध्यानाकर्षित गर्ने र सकेसम्म त्यहा“सम्म पुग्न बाध्य नपारियोस् भन्नेतर्फ सचेत हुन आग्रह गरे ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला केरुङ–काठमाडौँ रेलवे सम्झौता : रक्षामन्त्री


काठमाडौं, २८ भदौ– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि जिन फिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् ।
टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै रेलवेको सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उनले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेकाले यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढेको बताए ।
‘संसदबाट सार्वजनिक खरीद ऐन संशोधन हुँदै छ’ उनले भने ‘ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन् ।’ उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए । उनले विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अहम् हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न आग्रह गरे ।

प्रधानाध्यापकसहित ५ जना घूससहित पक्राउ

काठमाडौं, २८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका– बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसमेत ५ जनालाई घूस रकमसहितरंगेहात पक्राउ गरेको छ ।
प्रधानाध्यापक कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मिया“ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीस“ग लिएको एक लाख रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले बनेपा नगरपालिकाका इन्जिनियर आकाश श्रेष्ठसहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले २०७२ को महाभूकम्पले पूर्ण क्षति भएको घर पुनर्निर्माणका लागि सरकारले प्रदान गरेको राहत किस्ता भुक्तानीका क्रममा सेवाग्राहीस“ग २५ हजार रुपैया“ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Saturday, September 14, 2019

इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका इन्जिनियर आकाश श्रेष्ठसहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले २०७२ को महाभूकम्पले पूर्ण क्षति भएको घर पुनर्निर्माणका लागि सरकारले प्रदान गरेको राहत किस्ता भुक्तानीका क्रममा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले जिल्ला अदालत सिराहाका कर्मचारी बृजमोहन यादवविरुद्ध समेत मुद्दा दायर गरेको छ । यादवले अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीस“ग १ लाख १० हजार रुपैयाँ घुस लिएको पुष्ट भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

नेकपाद्वारा दल दर्ताको निवेदन

काठमाडौं, २७ भदौ– सत्तारूढ नेकपाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ । आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि बिहीवार बिहान दल दर्ताको निवेदन दिइएको ने क पा केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।
दल दर्ताका लागि परराष्ट्र मन्त्री तथा ने क पाका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाल र श्रीराम ढकाल बिहीवार बिहान आयोग पुगेका थिए। सोको जानकारी मन्त्री ज्ञवालीले ट्वीटरमार्फत पनि दिएका छन्।
दर्ता निवेदनमाथि अब आयोगले आवश्यक कारबाही गरी दल दर्ता गर्नेछ। गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो।

पार्टीको कार्यक्रममाथि सांघातिक आक्रमण हुनु निन्दनीय : कांग्रेस

काठमाडौं, २७ भदौ– कांग्रेसले आफ्नो पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा बा“के जिल्लामा बिहीबार भएको कार्यक्रममा सत्तारूढ नेकपाका जिम्मेवार नेताको नेतृत्वमा सांघातिक आक्रमण भएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी खजुरा गाउ“पालिका–१ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३÷१४ जनाको समूहले कार्यक्रम हलभित्रै प्रवेश गरी बा“के कांग्रेसकी सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालसहित पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला गरेको आरोप लगाएको छ ।
‘यो हाम्रो क्षेत्र हो यहा“ कांग्रेसले कार्यक्रम गर्न पाउ“दैन’ आक्रमण गरेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ । आक्रमणबाट कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ता घाइते भएको कांग्रेसले उल्लेख गरेको छ ।

Thursday, September 12, 2019

राष्ट्रियसभामा प्रश्न– ‘कति जना मरेपछि डेंगुले महामारीको रूप लिन्छ ?’

काठमाडौंं, २५ भदौ– राष्ट्रियसभाको बुधबार बसेको बैठकमा मुलुकभर डेंगुले महामारीका रूप लिइसक्ता पनि सरकार गम्भीर नभएकामा चर्को विरोध भएको छ ।
प्रतिपक्षी कांग्रेसका सांसद राधेश्याम अधिकारीले महामारीको रूप लिइसकेको डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि संकटकाल घोषणा नगरेकामा सरकारको तीव्र आलोचना गरे । विशेष समय लिएर बोल्दै उनले डेंगु लागेका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसित माग गरे ।
‘डेंगुले महामारीको रूप लिइसक्ता पनि सरकार कुहिरोको काग बनेको छ । यसलाई अंग्रेजीमा ‘क्लुलेस’ भनिन्छ । मुलुकका ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन । राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यस्तो विपत्तिको सामना गर्न संकटकाल घोषणा गर्नु पर्छ कि पर्दैन ?’ डेंगुबाट मुलुकभर ६ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै उनले भने– ‘कति जनाको मृत्यु भएपछि महामारीको रूप लिन्छ ?’

पशुपति क्षेत्र चक्रपथभित्र पार्न दबाब

कोटेश्वर–गौशालाको विकल्पमा कोटेश्वर–जडीबुटी–पेप्सीकोला–जोरपाटी हु“दै चक्रपथ विस्तार गर्न र अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्दा सम्पदा क्षति नगर्न ध्यानाकर्षण
काठमाडौं, २५ भदौ– पशुपति क्षेत्र विकास कोषले चक्रपथलाई विस्तार गर्दा पाशुपत क्षेत्रका सम्पदा नाश हुने चिन्ता व्यक्त गर्दै त्यसको विकल्प सोच्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कोषका पदाधिकारीले बुधबार स्थलगत अध्ययनमा आएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिसमक्ष पशुपति क्षेत्रभन्दा बाहिरबाट चक्रपथ विस्तारको विकल्पमा ध्यान दिन आग्रह गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार जयबागेश्वरी मन्दिर, निर्वाणेश्वर मन्दिर र धन्दो चैत्य चक्रपथसँगै जोडिएका छन् । विस्तार गर्दा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका सदियौं पुराना ती सम्पदा पूर्ण रूपमा नास हुनेछन् । जयबागेश्वरी लिच्छविकालीन मन्दिर हो भने अरू दुईवटा सम्पदा पनि सदियौं पुराना हुन् ।

संघमा ५ हजार कर्मचारी भर्ना गरिंदै

  • प्रादेशिक लोकसेवाबाट ७ हजार पदपूर्ति गरिने
  • स्थानीय तहमा ९१६१ पदपूर्ति प्रक्रिया अन्तिम चरणमा
काठमाडौं, २५ भदौ– सरकारले संघ (केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि विज्ञापन गरी पदपूर्ति प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले २०७४ देखि कर्मचारी भर्ना रोकेको थियो । समायोजन प्रक्रिया पूरा हुनासाथ केन्द्र सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्ने निर्णय गरी विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो ।
दुई वर्षपछि पदपूर्ति प्रक्रिया खुलेकाले केन्द्रका लागि खुला प्रतिस्पर्धाबाट एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Wednesday, September 11, 2019

उपसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानाकेदारेश्वर सबडिभिजन वन कार्यालयका वन अधिकृत (उपसचिव) सुरेशचन्द्र डीसीसहित दुई जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । घूस दिने बिचौलिया सुशन जोशीविरुद्ध समेत मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।
डीसीले सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिसलगायत कागजी प्रक्रिया गरिदिएबापत ३ लाख २६ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको हो । बिचौलिया जोशीले सेवाग्राहीबाट ५ लाख ४५ हजार रुपैयाँ घूस लिई डीसीलाई ३ लाख २६ हजार मात्र दिएका थिए । जोशीलाई ५ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

Tuesday, September 10, 2019

चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको वितरण केन्द्र नवलपरासी (पूर्व) का प्रमुख, अध्यागमन र मालपोतका अधिकृतसहित चार जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विद्युत् प्राधिकरण, त्रिवेणी वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध मुद्दा दायर गरेको छ । थ्री फेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीस“ग १ लाख ३६ हजार ५ सय ५५ रुपैयाँ घूस लिएको पुष्टि भएकाले महरा र काफ्लेविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यस्तै अध्यागमन विभागका तत्कालीन अधिकृत सुरेश सुवेदी र मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवरविरुद्ध पनि मुद्दा दायर गरिएको छ । अध्यागमन अधिकृत सुवेदीले साउदी अरबका नागरिकलाई गैरपर्यटकीय भिसा र विलम्बबापतको शुल्क १८ सय २० अमेरिकी डलर (झन्डै २ लाख रुपैयाँ) राजस्व खातामा दाखिला नगरी प्रस्थान अनुमति दिएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

Monday, September 9, 2019

निजामतीमा लगातार तेस्रो वर्ष भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

१० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार
काठमाडौं, २२ भदौ– सरकारले यस वर्षसमेत झन्डै ८० हजारको संख्यामा रहेका निजामती कर्मचारीभित्र एक जना पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । निजामती सेवा दिवसका आइतबार सरकारले १० जनालाई उत्कृष्ट सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरे पनि सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी भने भेटन नसकेको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार निजामती सेवाभित्रको सबभन्दा ठूलो पुरस्कार लगातार तेस्रो वर्ष कसैलाई पनि नदिइएको हो । सर्वोत्कृष्ट सेवा पुरस्कारको राशी २ लाख रुपैया“को छ । निजामती सेवाभित्र सर्वोत्कृष्ट काम गरेको एक जनालाई हरेक वर्ष सर्वोत्कृष्ट पुरस्कार दिने कानुनी व्यवस्था छ । निजामती सेवाको स्तर वर्षेनि सुधार हुनुको सट्टा खस्क“दै गएकाले सर्वोत्कृष्ट कर्मचारी भेटन नसकिएको टिप्पणी उच्च सरकारी अधिकारीकै छ ।

टीकाको साइत १०ः३५

काठमाडौं, २२ भदौ– नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको शुभ साइत बिहान असोज २१ गते १०ः३५ बजेको समय उत्तम रहेको बताएको छ । साइत नै खोजेर टीका लगाउनेका लागि उक्त साइतलाई उत्तम भनिएको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए । यद्यपि उक्त दिनभर टीका लगाउन सकिन्छ ।

उपचुनावलाई २५ करोड

काठमाडौं, २२ भदौ– सरकारले उपचुनाव गराउन निर्वाचन आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । प्रतिनिधिसभाका १, प्रदेशसभाका ३ र एक मेयरसहित स्थानीय तहका ४७ स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुँदै छ । 
आयोगले उपचुनाव गराउन आवश्यक ३९ करोड रुपैयाँ सरकारसित माग गरेको थियो । सरकारले मागभन्दा १४ करोड रुपैयाँ कम रकम निकासा गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले २५ करोड निकासा आएको पुष्टि गर्दै नपुग रकम सरकारसँग पुनः माग गर्न सकिने बताए ।

फेरि अनशन थाल्ने गंगामायाको घोषणा


काठमाडौं, २२ भदौ– छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज ३ देखि पुनः आमरण अनशन बस्ने घोषणा गरेकी छन् । उनले अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई १२ दिने अल्टिमेटम दिएकी छन् ।
११ पटक अनशन बसिसकेकी अधिकारीले आइतबार वीर अस्पतालभित्रै पत्रकारस“ग कुराकानी गर्दै छोराको हत्याका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन १२ औं अनशनमा बस्ने घोषणा गरेकी हुन् ।
‘यो छोराको न्यायका लागि अन्तिम लडाइ“ हो, सरकारले मेरो छोराको हत्या गर्नेलाई न्यायको कठघरामा उभ्याएन भने १२ दिनपछि आमरण अनशन सुरु गर्छु, नमरेसम्म लडिरहन्छु,’ उनले भनिन् । छोराको हत्याका अभियुक्तलाई कारबाही माग गर्दै अनशन बस्ने क्रममै उनका पति नन्दप्रसादको मृत्यु भइसकेको छ । उनले छोराको हत्यामा संलग्न व्यक्तिलाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कारबाही गर्न नदिएको आरोप लगाइन् ।

चिनियाँ विदेशमन्त्री आइपुगे

काठमाडौं, २२ भदौ– चिनियाँ विदेशमन्त्री एवं चीनको राज्यपरिषद सदस्य वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं ओर्लेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेशमन्त्रीलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरेका थिए ।
चार वर्षको लामो अन्तरालपछि चिनियाँ विदेशमन्त्री पहिलोपटक नेपाल आएका हुन् । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई जनाविरुद्ध मुद्दा, तीन जना घूससहित पक्राउ

काठमाडौं, २२ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार वन अधिकृतसहित दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने तीन जनालाई घूससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले बर्दियाको बाँसगढी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनुसन्धानबाट उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेबापत सेवाग्राहीस“ग १० हजार रुपैयाँ घूस लिएको सप्रमाण पुष्टि भएकाले गुप्ताविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै गुप्ता सेवाबाट निलम्बित भएका छन् ।

Sunday, September 8, 2019

चार जनालाई सचिवमा बढुवा

काठमाडौं, २२ भदौ– सरकारले दुई जना कायममुकायम सचिव र दुई जना वरिष्ठ सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कामु सचिवद्वय तोयम राय र तोयानारायण ज्ञवालीलाई सचिवमा बढुवा गरेको छ ।
लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा समितिको सिफारिसमा परेका सामान्य प्रशासन समूह (क्लस्टर) का ६ सहसचिव (दुई कामु सचिवसहित) बाट २ जनालाई पदोन्नति गरेको हो । राय प्रदेश नं. ३ र ज्ञवाली प्रदेश नम्बर ५ को कामु प्रमुख सचिव थिए । उनीहरूलाई सोही ठाउ“मा प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’


सबै मन्त्रालयका तर्फबाट निर्देशन
  • सम्पूर्ण सरकारी कर्मचारी औपचारिक पोशाकमा झन्डासहित सहभागी हुन
  • ‘निजी क्षेत्र, सामुदायिक तथा गैरसरकारी क्षेत्रका कर्मचारी र कामदारलाई झन्डा र टिसर्टसहित उपस्थित हुन
  • निजी क्षेत्र, गैरसरकारी संघसंस्था र सामुदायिक तथा निजी विद्यालयलाई राष्ट्रिय झन्डा अंकित टिसर्ट बनाएर बाँड्न
  • घरघरमा झन्डा फहराउन र तीन दिनसम्म दिपावली गर्न, सबै गाडीमा झन्डा फहराउन
  • गृह मन्त्रालयको वेबसाइटमा चार प्रकार टिसर्टको नमुना सार्वजनिक
  • कार्यक्रममा सरकारी कर्मचारीबाहेक अरूलाई उपस्थित होऊ भन्नु गलत ः पूर्वगृहसचिव कुसुम
  • झन्डा र टिसर्टसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको हो, अनिवार्य गरेको होइन ः गृह मन्त्रालय
  • ‘निजी क्षेत्र र गैरसरकारी क्षेत्रले जिज्ञासा राख्न थालेकाले झन्डा र टिसर्टको नमुना सार्वजनिक’
काठमाडौं, २१ भदौ– सरकारले सम्पूर्ण सरकारी तथा संगठित निजी क्षेत्रका कर्मचारी र कामदारहरूलाई संविधान दिवस कार्यक्रममा अनिवार्य सहभागी हुन उर्दी जारी गरेको छ । मुलुकमा लोकतन्त्र स्थापना भएपछि पहिलोपटक सरकारले सरकारी तथा निजी क्षेत्रका कर्मचारी र कामदारलाई अनिवार्य रूपमा संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको हो ।

Saturday, September 7, 2019

पृतनापति सम्मेलन सुरु

काठमाडौं, २० भदौ– नेपाली सेनाको जंगीअड्डामा तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुक्रबार सुरु भएको छ । समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझाव सम्बन्धमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जंगीअड्डाले जानकारी दिएको छ ।
बैठकमा प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारी, रथी, उपरथी, सहायकरथी तथा पृतनापति सहभागी छन् । बैठकको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यस्ता छलफलले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै लैजाने बताए । गौरवपूर्ण इतिहास बोकेको सेनाले बदलिँदो परिस्थितिमा आफूलाई अद्यावधिक गर्दै लैजानुपर्नेमा उनको जोड छ ।

सुशासन र विकासका मुद्दामा सरकार असफल : राप्रपा (संयुक्त)

काठमाडौं, २० भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले डेढ वर्षको अवधिमा वर्तमान सरकार सुुशासन, न्याय र विकासका मुद्दामा असफल भएको दाबी गरेको छ । पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुुपतिसमसेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाए पनि सरकारले त्यसको सदुुपयोग गर्न नसकेको र उल्टै असफल भएको टिप्पणी गरे ।
उनले निरंकुश र अनुदार विधेयक धमाधम ल्याएर सरकार लोकतन्त्र, धर्म, संस्कृति र प्रेसमाथि नियन्त्रण गर्न लागिपरेको बताए । ‘वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौं । यसबीचमा सुन काण्ड र वाइडबडी काण्ड भए । अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढंगबाट मुलुक चल्दैन’ उनले भने ।

डेंगुबाट चार जनाको मृत्यु

काठमाडौं, २० भदौ– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको जनाएको छ । गत वर्ष उक्त रोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।
महाशाखा प्रमुख डा विवेक लालका अनुसार सातै प्रदेशमा डेंगुको संक्रमण नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले कार्यक्रमसहित ६ करोड १७ लाख रुपैयाँ रकम निकासा गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित ‘डेंगु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा बोल्दै उनले संक्रमणको जोखिम रहेका ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि थप १ करोड ६६ लाख रुपैयाँ पठाइएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको संख्या परिक्षण गर्नुपर्ने सुझाव दिए । उनी एडिज लामखुट्टेका कारण डेंगु रोगको संक्रमण हुने हु“दा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई पुरेर सफा गर्नुपर्ने बताउ“छन् ।

Friday, September 6, 2019

वडाध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम र वडा सदस्य कारी साह तेलीसहित ३ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा वडा सदस्य साहका छोरा मुकेश साह तेलीसमेत छन् । अनुसन्धानबाट वडाध्यक्ष आलम र वडा सदस्य कारी साहु तेलीले धर्मपुर सडक नाला तथा पी.सी.सी. ढलानको काम सम्पन्न भएपछि रकम भुक्तानीका क्रममा १ लाख ६० हजार रुपैयाँ घूस लिएको सप्रमाणपुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य साहका तर्फबाट सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैया“ घूससहित मुकेशले पक्राउ परेका थिए । मुकेश साहसित सोधपुछ गर्दा उनले आलम र साहले अह्राएअनुसार आफूले घूस रकम बुझेको बयान दिएकोसमेत अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । अख्तियारले मुकेश साहविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

५० लाखभन्दा बढी अनियमिततामा ६ जनाविरुद्ध मुद्दा

  • गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
  • घूससहित दुई जना पक्राउ
काठमाडौं, १९ भदौ– अख्तियारले नक्कली बिड बन्ड र परफरमेन्स बन्डका आधारमा ५० लाख रुपैया“भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सहरी विकास विभागमातहत आयोजनाका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक र निर्माण व्यवसायीसहित ६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा वाणिज्य बैंकको शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रबन्धक टीकाप्रसाद दुलाल, सहायक प्रबन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज प्रह्लाद खड्का, सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंका तत्कालीन डिभिजन प्रमुख बुद्धिसागर थापा, ब्रह्मायणी निर्माण सेवाका म्यानेजिङ डाइरेक्टर उमेशकुमार भण्डारी र सोवर्ण निर्माण सेवाका प्रोपाइटर अर्जुनबहादुर थापा छन् ।
प्रबन्धकसहितका बैंक कर्मचारीले ठेकेदारसितको मिलेमतोमा बैंकमा धितो नराखी सोवर्ण÷ब्रह्मायणी जेभीलाई ६ लाख १० हजार रुपैयाँको बिड बन्ड तथा ८ लाख ७१ हजार रुपैयाँको परफरमेन्स बन्ड बनाइदिएका थिए । नक्कली बन्डका आधारमा सोवर्ण÷ब्रह्मायणी जेभीका सञ्चालकले सहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय काठमाडौंअन्तर्गत कपन स्वास्थ्य चौकीको भवन निर्माण ठेक्का लिई ३० लाख रुपैयाँभन्दा बढी मोबिलाइजेसन रकम बुझेर अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

प्रधानमन्त्री आज आउने

काठमाडौं, १९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार फर्कने भएका छन् । उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न थाई एयरवेजबाट आइपुग्ने बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको हो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए ।

घूस लिने ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय कुसुम्हाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षक सरुवा रमाना दिने क्रममा ६५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध समेत मुद्दा दायर गरेको छ । ५ सय ५ जना कृषकले सरकारलाई बुझाएको राजस्व ६३ हजार ५ सय ७७ रुपैयाँ बोर्डको बैंक खातामा दाखिला नगरी हिनामिना गरेकाले चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, १९ भदौ– सरकारले ठेक्का लिएर ओगटने, लामो समयसम्म काम नगर्ने चारवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना निकालेर काममा ढिलासुस्ती र लापर्बाही गर्दै आएका चार ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको हो ।
विभिन्न विकासे कार्यालयको सिफारिसमा ती ठेकेदार कम्पनीलाई कारबाही गरिएको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको छ । कार्यालयले कालो सूचीमा परेका चारवटै कम्पनीलाई कुनै पनि सरकारी निकायको निर्माण र खरिद प्रक्रियाको ठेक्कामा सहभागी हुन प्रतिबन्ध लगाएको छ ।
कालो सूचीमा परेका ठेकेदार कम्पनीमा झापाको गणेश निर्माण सेवा, काठमाडौं महानगर–३ को श्री विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एण्ड सप्लायर्स प्रालि, बा“केको श्री अनमोल निर्माण सेवा र जुम्लाको कृष्णा निर्माण सेवा छन् ।

Thursday, September 5, 2019

निर्वाध काम गर्न पाए मेलम्ची एक वर्षमा सम्पन्न हुन्छ : खानेपानी सचिव

काठमाडौं, १८ भदौ– खानेपानी मन्त्रालयले निर्वाध रूपमा काम गर्ने वातावरण बनेमा अबको एक वर्षमा मेलम्चीको पानी राजधानीमा आइपुग्ने दाबी गरेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेको नौ महिना भइसक्ता पनि मेलम्ची आयोजनाको काम सुचारु हुन नसकेको विषयमा छलफल गर्न बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयले ढिलोमा अबको एक वर्षमा काम सक्ने पछिल्लो समयतालिका अघि सारेको हो ।
‘आयोजनामा सीएमसीसित काम गरेका पेटी ठेकेदार (लोकल भेन्डर), सामान आपूर्तिकर्ता स्थानीय व्यवसायी र ७ सयभन्दा बढी कामदारले भुक्तानी नपाएका कारण उत्पन्न समस्या छन् । त्यही कारण आयोजनाको काममा अवरोध सिर्जना भइरहेको छ । ती समस्या समाधान गर्न मन्त्रालय गम्भीरतापूर्वक लागिरहेको छ’ समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले भने– ‘निर्वाध रूपमा काम गर्ने वातावरण बन्यो भने ढिलोमा यो आर्थिक वर्षको अन्त्यसम्ममा मेलम्ची आयोजना सम्पन्न गरेर राजधानीमा पानी आइपुग्छ ।’

घूस लिने ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, १८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय कुसुम्हाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षक सरुवा रमाना दिने क्रममा ६५ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध समेत मुद्दा दायर गरेको छ । ५ सय ५ जना कृषकले सरकारलाई बुझाएको राजस्व ६३ हजार ५ सय ७७ रुपैया“ बोर्डको बैंक खातामा दाखिला नगरी हिनामिना गरेकाले चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

Wednesday, September 4, 2019

प्रधानमन्त्री र मन्त्रीहरूबीच दोस्रो भिडियो कन्फरेन्स

स्वास्थ्योपचार पूरा हुँदै
काठमाडौं, १७  भदौ– स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरूबीच मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अरू मन्त्रीको उपस्थितिमा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई यसबीचमा भएका सरकारका कार्यप्रगतिसम्बन्धमा जानकारी गराएको जानकारी मन्त्रिपरिषदको उच्च स्रोतले दिएको छ ।
स्रोतका अनुसार पोखरलको ब्रिफिङलगत्तै प्रधानमन्त्रीले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको दायित्व प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनले मन्त्रिपरिषदका सदस्यहरूलाई आफ्नो स्वास्थ्योपचार राम्रो भइरहेको जानकारी गराउ“दै भदौ २० मा फर्कने जानकारी गराएका थिए ।

डेंगु परिक्षण र उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौं, १७  भदौ– स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परिक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ । डेंगु रोग राजधानी काठमाडौंसहित मुलुकभर डेंगु रोग प्रकोपका रूपमा नै फैलन थालेपछि सरकारले आफ्नो एकमात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई त्यस्तो निर्देशन दिएको हो ।
अस्पतालमा अनुसार डेंगुका २४ जना बिरामी उपचारत छन् । अस्पतालमा मंगलबारमात्र ५ सय २२ जनाले डेंगु रोगको परीक्षण गराएको जानकारी अस्पतालले दिएको छ । रोगको परिक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।
सरकारका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झन्झट निःशुल्क सेवा दिन र बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ जना भ्रष्टाचार मद्दा

काठमाडौं, १७  भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार ६ सरकारी कर्मचारीवि?द्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नवलपरासी सरावल गाउँपालिकाका सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा इञ्जिनीयर भीमदेव भट्टराईले ३ लाख ६५ हजार रुपैयाँ अनियमितता गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।.
अख्तियारले पर्वत जिल्लाको साविक तिलाहार गाविसका कार्यालयका सचिव लिलप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । श्रेष्ठले मिलेमतो गरी रकम बाँडेर बाख्रापालनतर्फको ४० हजार सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १७ भदौ– सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन तत्काललाई नगर्न÷नगराउन अन्तरकालीन आदेश जारी गरेको छ ।  सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कमिटीको भदौ २२ गतेसम्म निर्वाचनसम्बन्धी काम अगाडि नबढाई यथास्थितिमा राख्न आदेश दिएको हो ।
सर्वोच्चले दुवै पक्षलाई राखेर छलफल गरी उचित निकासमा पुग्नु मनासिब देखिएकाले भदौ २२ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुनसमेत आदेश जारी गरेको छ ।
कमिटीको भदौ २० मा निर्वाचन गर्ने मिति तय गरिएको थियो । कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुरलगायतलाई विपक्षी बनाउ“दै सर्वोच्च्मा रिट दायर गरेका थिए ।

Tuesday, September 3, 2019

सत्तारूढ नेकपादेखि विवेकशीलसम्मले पुनः दल दर्ता गर्नुपर्ने

तिङलामा यसपटक पनि चुनाव नहुने
काठमाडौं, १६  भदौ– सत्तारूढ दल नेकपा र समाजवादी पार्टी नेपालले आगामी उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । निर्वाचन पूर्व दलहरूले निर्वाचन आयोगमा दर्ता हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पार्टी एकीकरणपछि पहिलोपटक चुनावमा सहभागी हुन लागेका यी दलले आयोगमा दर्ता हुनुपर्ने जानकारी आयोग स्रोतले दिएको छ ।
आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्ने छैन । ती चुनावमा एमाले र माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित लडेकाले उपनिर्वाचन प्रयोजनका लागि एकीकृत पार्टी नेकपाले पुनः दल दर्ता गनुपर्ने भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र निर्वाचनपछि एकीकृत भएर नेकपा बनेको छ ।
नेकपाले यसअघि चुनावमा भाग नलिएकाले पुनः दल दर्ता हुनुपर्ने कानुनी प्रावधान छ।निर्वाचन आयोगको आह्वानअनुसार नेकपाले दल दर्ताका लागि आवेदन दिने तयारी गरेको छ।नेकपाको चुनाव चिह्न भने सूर्य नै हुने छ ।

अब विदेश जान कामदारले बैंक खाता खोल्नै पर्ने

काठमाडौंं, १६  भदौ – सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गरेको छ । बैदेशिक रोजगार विभागले सोमबारदेखि नै लागू हुने गरी विदेश जाने नेपाली कामदारलाई बैंक खाता अनिवार्य गरेको हो ।
वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपम बैंक खाता अनिवार्य गरेको हो । खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनु पर्छ । नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ ।

Monday, September 2, 2019

परराष्ट्रमन्त्री मालेमा

काठमाडौं, १५  भदौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भदौ १७ र १८ गते माल्दिभ्समा आयोजना हुने चौथो हिन्द महासागर सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्परिक चुनौती’ विषयक सम्मेलनमा ४० भन्दा बढी राष्ट्राध्यक्ष र सरकारप्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्वहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
सम्मेलनलाई मन्त्री ज्ञवालीले भदौ १७ गते सम्बोधन गर्ने कार्यक्रम छ । माल्दिभ्स भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले त्यहाँका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।