Sunday, December 23, 2012

राष्ट्रपतिको जम्बो भ्रमण टोलीमा छोरा, छोरी, बुहारी र नाति

काठमाडौंं, ६ पुस– आफैंले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरूले गरेको आह्वानले साकार रूप नलिंदै राष्ट्रपति रामवरण यादव जम्बो टोलीका साथ सोमबार भारतको पा“चदिने औपचारिक भ्रमणमा जान लागेका छन् ।
राष्ट्रपतिले दलका नेताहरूलाई शीतल निवास बोलाई पटकपटक सहमति गर्न आह्वान गर्नुका साथै सहमतिको सरकारको प्रधानमन्त्री सिफारिस गर्न गरेको आह्वानको म्याद पा“चपटक थपिइसकेको छ । राष्ट्रपति सहमतिको सरकार गठनका लागि आफैंले गरेको पहलले ठोस रूप नलिंदै पा“च दिन लामो भ्रमणमा जान लागेका हुन् । उनी भ्रमणमा गएपछि उनको आह्वान के हुने भन्ने अन्यौलसमेत रहेको स्रोतले उल्लेख गरेको छ ।
राष्ट्रपतिको भ्रमण दल २६ सदस्यीय छ । भ्रमण दलका धेरैजसो सदस्य यस्ता छन् कि, ती व्यक्ति राष्ट्राध्यक्षको भ्रमणमा सामेल गरिनुको कुनै अर्थ नरहेको स्रोतले उल्लेख गरेको छ । राष्ट्रपतिको भ्रमण दलमा सबभन्दा ठूलो संख्या उनकै परिवारका सदस्य र  सहयोगी धेरै छन् ।
राष्ट्रपतिसित छोरी अनिता, छोरा चन्द्रमोहन, बुहारी रेश्मी र नाति नमन छन् । राष्ट्राध्यक्ष या सरकार प्रमुखले विदेश भ्रमणमा जा“दा पत्नी या पत्नी नभए छोरा या छोरी एक जनामात्र लाने विश्वव्यापी परम्परा छ ।
तर, राष्ट्रपतिले भ्रमण दलमा छोरा, छोरी, बुहारी र नातिलाई लिएर जान लाग्नुको औचित्य न त राष्ट्रपतिले खुलाएका छन्, न त उनको भ्रमण कार्यक्रम, टोली र भ्रमण खर्च स्वीकृत गर्ने मन्त्रिपरिषदले समेत खुलाउन जरुरी नठानेको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
अनावश्यक व्यक्ति राखी भ्रमण दल ठूलो बनाइएकाले पा“चदिने भ्रमणमा राज्यको ढुकुटीबाट करोडौं खर्च हुने जानकारी सरकारी अधिकारीले दिएका छन् । जुनजुन मन्त्रालय र निकायबाट भ्रमणमा जाने हुन्, तिनै कार्यालयबाट भ्रमण खर्च दिइने भएकाले एकमुष्ठ खर्च कति लाग्ने अहिल्यै भन्न नसकिने जानकारी एक सरकारी अधिकारीले दिए ।
भ्रमण दलमा राष्ट्रपतिका सहयोगी सल्लाहकारद्वय हरि शर्मा र राजेन्द्र दाहाल,  निजी चिकित्सक यादवकुमारदेव भट्ट, स्वकीयसचिव ललित बस्नेत, स्वकीय उपसचिव स्वकीय सुरेन्द्र खाती, निजी सहायक विश्वराज दाहाल, सन्तोष तामाङ भ्याले (भान्से) लगायत छन् ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रपति यादवको पा“चदिने भ्रमण कार्यक्रम, भ्रमण दल र खर्च स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दिए ।
मन्त्रिपरिषदले राष्ट्रपतिको भ्रमण दलमा सरकारका तर्फबाट सिंचाइमन्त्री महेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । सञ्चारमन्त्रीका अनुसार राष्ट्रपतिको भ्रमण दलमा सिंचाइमन्त्री यादवका अतिरिक्त राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मी, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल निरञ्जनमान बस्न्यात, राष्ट्रपति कार्यालयका सहसचिव मणिराम ओझा र राष्ट्रपति कार्यालयमा काम गर्ने परराष्ट्रका उपसचिव नारायण मैनाली, राष्ट्रपति कार्यालयको सुरक्षा हेर्ने सहायक रथी प्रदीपबहादुर सिंह, पाश्र्ववर्ती सरोज थापा, मेजर कुलचन्द्र श्रेष्ठलगायत छन् । भ्रमण दलमा पत्रकार तीन जना छन् ।
वनारस विश्वविद्यालयले आफ्नो १ सय ५० औं स्थापना दिवसका दिन भव्य कार्यक्रम गरी राष्ट्रपति यादवलाई मानार्थ डिलिट उपाधि दिने कार्यक्रम छ । उपाधि ग्रहण गरेपछि राष्ट्रपतिले विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि राष्ट्रपति भारतको राजधानी नया“ दिल्ली जाने कार्यक्रम छ । त्यहा“ उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायतका नेताहरूलाई भेट्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयका अधिकारीहरूले भारतीय विदेश मन्त्रालयका पदाधिकारीसितको द्विपक्षीय छलफल गरी  राष्ट्रपतिको भारतीय नेताहरूसित भेटघाटको कार्यक्रम तय गरिरहेको जानकारी शीतल निवास निकट स्रोतले जानकारी दिएका छन् । राष्ट्रपतिको नया“ दिल्लीमा स्वास्थ्य जा“च गर्ने कार्यक्रमसमेत छ, यादवलाई मधुमेह रोग, आ“खाको समस्यालगायतबाट पीडित छन् । राष्ट्रपति यादव शुक्रबार स्वदेश फर्कनेछन् ।


No comments:

Post a Comment