Tuesday, July 31, 2018

तीन सचिवको सरुवा, एकको बढुवा

काठमाडौं, १५ साउन– सरकारले विभिन्न निकायका तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदो कार्यालयका सचिव बुद्धिबहादुर खडालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रकमा र महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । प्रदेश नं. १ को प्रमुख सचिवमा भने कसैलाई पनि पठाइएको छैन ।
मन्त्रिपरिषदले गण्डकी प्रदेशका कायमुकायम प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई विशिष्ट श्रेठी (सचिव) मा बढुवा गरेको छ । बिडारीलाई गण्डकी प्रदेशकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

Thursday, July 26, 2018

फेरि थपियो मन्त्रालय, वार्षिक ५० करोड खर्च बढने

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाइयो
काठमाडौं, १० साउन– उल्टो गतिमा हिडदै सरकारले दोस्रोपटक मन्त्रालयको संख्या बढाएको छ । मुलुक संघीय संरचनामा गएपछि केन्द्रमा मन्त्रालयको संख्या घटाउनुपर्नेमा सरकारले उल्टै बढाएको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ । फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको छ ।
अधिकारसम्पन्न संघीय पुनर्संरचना समितिको सिफारिस र तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी नेतृत्वमा रहेको प्रशासनिक पुनःसंरचना कार्यदलको सुझावलाई पन्छाएर मन्त्रालयको संख्या बढाइएको हो ।
 समितिले केन्द्रमा १५ वटा र कार्यदलले ११ वटा मन्त्रालयमात्र राख्न सिफारिस गरेको थियो । तर, ओली सरकारले मन्त्रालयको संख्या बढाएर २२ वटा पु¥याएको छ । 

उपप्रधानमन्त्रीको दबाबमा रोकियो उडान

काठमाडौं, ९ साउन– सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार यादव मंगलबार हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान १ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर, यादवका कारण २ः१५ मा मात्र उड्यो । ‘यादव विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा पाइएन, नया“ बनाएर जा“दा एअरपोर्ट पुग्न ढिलाइ भएको हो,’ मन्त्रीनिकट स्रोतले भन्यो ।

Monday, July 23, 2018

प्रधानन्यायाधीशको सुनुवाइ साउन १० मा

जोशीविरुद्ध ५ वटा उजुरी
काठमाडौं, ७ साउन– संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीमाथिको सुनुवाई आगामी बिहीबार गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले जोशीको सुनुवाई साउन १० (बिहीबार) मा गर्ने निर्णय गरेको हो ।
समितिले सोमबारदेखि नै जोशीविरुद्ध परेका उजुरीमाथि छानबिन सुरु गरेको छ । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । उजुरीमध्ये दुइटा बेनामी छन् । समितिले उजुरीको यथार्थ बुझ्न मंगलबार उजुरीकर्तास“ग छलफल गर्ने निर्णय गरेको जानकारी समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

पूर्वराष्ट्रपति यादवले भेटे केसीलाई

जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं, ७ साउन– पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका गर्न सरकारलाई आग्रह गरेका छन् । यादवले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि उनको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सञ्चारकर्मीहरूसित कुरा गर्दै यादवले केसीको स्वास्थ्य स्थिति संवेदनशील भइसकेकाले तत्काल समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए । केसीका माग वार्ताबाट छिटो समाधान गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गरे । केसीका सहयोगी विशाल दाहालले केसीको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको जानकारी गराएका थिए ।

Friday, July 20, 2018

कांग्रेसद्वारा जुम्लामा भएको दमनको विरोध

काठमाडौं, ३ साउन– कांग्रेसले आमरण अनसनरत डा. गोविन्द केसीलाई राजधानीमा ल्याउने क्रममा जुम्लामा बिहीबार सरकारी दमन भएको र सदनलाई छल्ने गरी संसद बैठर्क ८ दिन पर सारिएकामा आपत्ति जनाएको छ । कांग्रेसले डा. केसीको जीवन रक्षाका अध्यादेशको हुबहु कार्यान्वयन गर्नसमेत माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा र सेवा सुधारका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा आएको अध्यादेशलाई तोडमरोड गरी विधेयक संसदमा दर्ता गरिएको र सरकार क्रमशः अधिनायकवादउन्मुख शैलीमा गएका कारण स्थिति जटिल भएको दाबी गरिएको छ ।

Monday, July 16, 2018

कानुन मिचेर जथाभावी उपचार खर्च

काठमाडौं, ३१ असार– भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिइरहेको सरकारले कानुन मिचेर जथाभावी उपचार खर्च बा“डिरहेको पाइएको छ । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी ओली र प्रभावशाली मन्त्रीका आफन्त, सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई औषधोपचार खर्चका नाममा राज्यको ढुकुटीबाट ठूलोमात्रामा आर्थिक सहायता वितरण गरेको हो ।
सरकारले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ को औषधि उपचारको आर्थिक सहायतासम्बन्धी व्यवस्था तथा विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७१ विपरीत मन्त्रिपरिषदको तजबिजी निर्णयका आधारमा धमाधम आर्थिक सहायता वितरण गरेको हो । 
फागुन ३ मा निर्वाचित प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले झन्डै ५ महिनाको हाराहारीमा पहु“चवालालाई ३ करोड रुपैया“भन्दा बढी रकम बा“डिसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

Wednesday, July 11, 2018

कान्तिपुरकर्मी मियाँलाई सामुदायिक वन पत्रकारिता पुरस्कार

काठमाडौं, २६ असार– वन विभागले कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिककी कोकिला भण्डारीलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । विभागले वन र वातावरण विषयमा लामो समयदेखि पत्रकारिता गर्दै आएका मियाँ र भण्डारीलाई मंगलबार यस वर्षको सामुदायिक वन पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 
आगामी साउन २५ मा सामुदायिक वन दिवसका दिन विभागले उक्त पुरस्कार प्रदान गर्ने छ । पुरस्कारको राशि जनही २५ हजार रुपैया“ छ । विभागले एक वर्षअगाडि देखि उक्त पुरस्कार प्रदान गर्न थालेको हो । 

कांग्रेसमा पौडेल आमन्त्रित केन्द्रीय सदस्य

काठमाडौं, २६ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार किरणराज शर्मा पौडेललाई पार्टीको केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य मनोनयन गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष पौडेललाई देउवाले कांग्रेस विधानबमोजिम आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेको जानकारी पार्टीको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् दिएको छ ।

कांग्रेसलाई बलियो बनाउन एकजुट हुन आवश्यक ः देउवा

काठमाडौं, २५ असार– कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन् ।  राजधानीमा सोमबार कांग्रेसका पुराना नेताहरूस“गको छलफल कार्यक्रममा उनले कांग्रेसलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीलाई सुदृढ गर्न एक–अर्काविरुद्ध आरोप प्रत्यारोप त्यागेर एकजुट हुनुपर्ने बताए ।
उनले तत्कालीन एमाले र माओवादीबीचको चुनावी गठबन्धन र पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताए । ‘चुनावमा टिकट एउटा व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि’ उनले भने । उनले पार्टीमा उम्मेदवारी चयनमा केही कमजोरी भएको उल्लेख गर्दै आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने पार्टीभित्र रहेको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए ।

मुस्ताङ दुर्घटनामा मर्नेको परिवारलाई ५/५ लाख राहत

काठमाडौं, २५ असार– सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको परिवारलाई ५ लाख रुपैया“का दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रतिनिधिसभासभामा गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषदको आइतबार बसेको बैठकले टिपर दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई राहतस्वरुप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए ।
शुक्रबार मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटनामा परी काली गण्डकी कोरिडोर निर्माण कार्यमा संलग्न २० मजदुरको मृत्यु भएको थियो । दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो । गृहमन्त्री थापाले घटनामा घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उल्लेख गदै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए ।

Monday, July 9, 2018

एसईई नतिजा त्रुटि/शिक्षामन्त्रीले माफी मागे

काठमाडौं, २४ असार– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै माफी मागेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एसईईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले तीन सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी गराए । ‘व्यवस्थापकीय र प्राविधिक गल्ती भएको देखियो । सफ्टवेयरको कमजोरीले जो रिजल्ट आयो, त्यसले विद्यार्थीको सफलतामा कुनै असर नपरेको कुरा सदनलाई जानकारी गराउ“छु,’ उनले भने । 
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजामा ९ हजारभन्दा बढी विद्यार्थीको ग्रेडसिट वृद्धि भएको थियो । नतिजा प्रकाशन भएको करिब २४ घण्टापछि मात्रै त्रुटि भएको थाहा पाएर कार्यालयले गल्ती सच्याएको थियो । ‘परिणाम आइसकेपछि ग्रेड घटबढ भयो,’ शिक्ष्ाँमन्त्री पोखरेलले भने, ‘वास्तवमा त्यसप्रति पनि म क्षमा चाहन्छु ।’ 

विमानस्थलबाट फर्काइए उपकुलपति

काठमाडौं, २३ असार– विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए ।
बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । बालुवाटारमा करिब एक घन्टा कुराई उनलाई घर जान दिइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई भ्रमणमा जान वञ्चित गरिएको हो । 
‘मलाई प्रधानमन्त्री ओलीले भेट्न खोज्नुभएको छ भन्दै प्रहरी लगाएर बालुवाटार पु¥याइयो,’ कोइरालाले कान्तिपुरसित भने, ‘प्रधानमन्त्री निवासको एउटा कोठामा एक घण्टा थुनेर अपराधीजस्तो व्यवहार गरी घर फर्काइयो ।’ कोइरालाको टोलीका अन्य ६ जना भने शनिबारैै क्यानडा प्रस्थान गरे ।

राजधानीमा मेडिकल कलेज खोल्न रोकिन्न : प्रधानमन्त्री


काठमाडौं, २३ असार– प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माणबारे छलफल क्रममा ओलीले केसी जनताले तिरेको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए । उनले केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत बताएको छलफलमा सहभागी नेकपाका एक सांसदले जानकारी दिए । 
सरकार र डा. केसीबीच पटक–पटक भएको समझदारीमा काठमाडौंमा १० वर्षसम्म नया“ मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । ओलीले केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्नसमेत चुनौती दिएका छन् । उनले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको उल्लेख गर्दै कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार गर्न नसकिने बताए । 

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौं, २३ असार– नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी) को नया“ दिल्लीमा बिहीबार र शुक्रबार भएको बैठकमा नेपाली पक्षले नेपालले भारतबाट खरिद गर्दै आएको विद्युतको मूल्य नै पहिल्यै मह“गो भएकाले गर्दै त्यसमा वृद्धि गर्न नहुने अडान राखेको हो ।
भारतका तर्फबाट बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिजुलीको मूल्यमा १५ देखि २० प्रतिशत बढाउन प्रस्ताव गरेको छ । भारतबाट नेपाल आयात हुने बिजुलीमध्ये ३ सय मेगावाट बिहार विद्युत वितरण कम्पनीमार्फत आउ“छ । नेपालले १३२ केभीको प्रसारण लाइनबाट ५.५५ भारु, ३३ केभीबाट ६ भारु र ११ केभीको प्रसारण लाइनबाट ६.४५ भारुमा विद्युत खरिद गर्दै आएको छ । बिहार विद्युत वितरण कम्पनीले यी तीन किसिमका प्रसारण लाइनबाट नेपालले आयात गर्ने बिजुलीमा १५ देखि २० प्रतिशत मूल्य बढाउन प्रस्ताव गरेको हो ।

Thursday, July 5, 2018

द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण : कांग्रेस

नियुक्ति र बढुवा बदरको निर्णय फिर्ता नभए सडक र सदनमा प्रतिरोध गर्ने चेतावनी
काठमाडौं, २१ असार– कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारद्वारा भदौ १४ पछि भएका नियुक्ति र बढुवाका सम्पूर्ण निर्णय बदर गरेर वर्तमान सरकारले कानुनी शासनको उल्लंघन गरेको बताएको छ । उक्त कदममार्फत् सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको कांग्रेसको टिप्पणी छ । 
नियुक्ति र बढुवा निर्णयको गैरकानुनी खारेजी, सञ्चार माध्यममा बढो हस्तक्षेप, बालकृष्ण ढुंगेल रिहाइ प्रकरणमार्फत न्यायालयको अपमान, संसद्मा हलुका जवाफ, शान्तिपूर्ण प्रदर्शनमा रोकजस्ता निर्णय गरी सरकार अधिनायकवादी बाटामा जान थालेको कांग्रेसको दाबी छ । नियुक्ति र बढुवा खारेजीको निर्णय नसच्याए आफ्नो पार्टीले सडक र सदनबाट प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले भदौ १४ पछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै नियुक्ति र बढुवाको निर्णय खारेज गर्ने निर्णय गरेको थियो । 

गंगामायाको जीवन रक्षा गर्न आग्रहको आग्रह

काठमाडौं, २१ असार– राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कानुनी कारबाही माग गर्दै आमरण अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ । 
आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकारका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको अवस्था गम्भीर एवं जटिल बन्दै गएको प्रति संवेदनशील भई तत्काल आवश्यक पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।

मानव अधिकार आयोगद्वारा केसीको जीवन रक्षा गर्न माग

काठमाडौं, २१ असार– राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सा शिक्षा र सेवा क्षेत्रको सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञिप्तमा स्वास्थ्योपचारजस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका मागप्रति संवेदनशील भई तत्काल केसीस“ग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी उनको जीवन रक्षा गर्न माग गरिएको छ । 
आयोगले सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रह“दै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न÷नगराउनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । 

नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट

काठमाडौं, २१ असार– फोटो पत्रकार क्लबद्वारा बिहीबार आयोजित आईएमई–ग्लोबल–आईएमई नेपाल फोटो प्रतियोगितामा नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट भएको छ । श्रेष्ठले अघिल्लो वर्ष सप्तरीको कुलारी गाउ“मा बाढीका कारण मृत्यु भएका पा“च वर्षीय बालकलाई अभिभावकले कोसी नदीमा बगाउ“दै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भयो । श्रेष्ठले उपाधिसहित एक लाख रुपैया“ पुरस्कार प्राप्त गरेका छन् । 
दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधामा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भएको छ । ‘आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलको फोटो प्रथम भयो भने दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भएको छ । 

सरकार ज्ञानेन्द्रपथमा : कांग्रेस

सरकार लेनिनको लोकतान्त्रिक धारमा कि किम जोङ उनको संकुचित धारमा ? : भट्टराई
काठमाडौं, २० असार– संघीय संसदका दुवै सदनमा प्रतिपक्षी दलहरूले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि बन्देज लगाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको र गंगामाया अधिकारी तथा डा. गोविन्द केसीको अनशनप्रति बेवास्ता भइरहेकामा आपत्ति जनाएका छन् । 
नया“ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनअधिकारलाई कुण्ठित पारी सरकारले निषेधाज्ञा जारी गरेकामा रोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार विशेष समय लिएर बोल्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारले लोकतान्त्रिक समाजवादविरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको बताए । उनले समाजवाद उन्मुख भन्ने सरकारले नै सामान्य लोकतान्त्रिक मूल्यमान्यता उल्लंघन गरेको बताए । ‘लोकतन्त्रका सामान्य मूल्यमान्यताविपरीत अधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ, यो लोकतन्त्रलाई संकुचित गर्ने काम हो,’ भट्टराईको भनाइ थियो । 

डा. केसीको शैली नै अधिनायकवादी ः गृहमन्त्री

‘गंगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल’
काठमाडौं, २० असार– गृहमन्त्री रामबहादुर थापाले आमरण अनशनका भरमा मुलुकको स्वास्थ्य नीतिलाई प्रभावित पार्न खोज्नु डा. गोविन्द केसीको अधिनायकवादी शैली भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै गृहमन्त्री थापाले केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाइएको दाबी गरे । 
बैठकमा विशेष समय लिएर सांसदहरूले डा. केसी र गंगामाया अधिकारीको अनशनबारे सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दि“दै उनले लोकतन्त्रका नाममा जहा“सुकै विरोध प्रदर्शन गर्न र आमरण अनशन बस्न नपाइने बताए । 
‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनशन बस्न पाइन्छ तर लोकतन्त्रका नाममा अतिसंवेदनशील र अत्यावश्यकीय क्षेत्रमा विरोध प्रदर्शन र अनशन बस्न पाइ“दैन,’ उनले भने । उनले लोकतन्त्रका जननी भनिएका देशमा समेत जहा“सुकै विरोध प्रदर्शन गर्न नपाइने दाबी गरे ।
केसीको अधिकारलाई दमन तथा कुण्ठित नगरिएको दाबीसमेत थापाको थियो । उनले अस्पतालजस्ता अतिसंवेदनशील ठाउ“हरूमा अनशन बस्न नमिल्ने बताउ“दै भने, ‘निषेधित ठाउ“ या अस्पतालबाहेक तपाईं अन्त गएर अनशन बस्न सक्नुहुन्न ?’

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बन्यो

काठमाडौं, २० असार– प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले बुधबार पूर्णता पाएको छ । सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा रहेको समितिमा उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । कार्यव्यवस्था परामर्श समिति सरकारले तोकेको मन्त्रीसित परामर्श गरी संसद् बैठकको कार्यसूची तय गर्ने महŒवपूर्ण समिति हो । 
समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार दलका १४ सांसद चयन भएका छन् । समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट देवप्रसाद गुरुङ, खगराज अधिकारी, जयपुरी घर्ती, भानुभक्त ढकाल, रेखा शर्मा, शान्ता चौधरी, रामेश्वर राय यादव, पवित्रा निरौला खरेल, कांग्रेसबाट बालकृष्ण खा“ड, दिलेन्द्र बडु, पुष्पा भुसाल गौतम, पार्वती डीसी चौधरी, राष्ट्रिय जनता पार्टीबाट राजकिशोर यादव र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडिया सदस्य छन् ।