Thursday, March 29, 2012

संवैधानिक परिषदद्वारा संवैधानिक निकायमा नियुक्तिको मापदण्ड स्वीकृत

सरकारी सेवाबाहेकका वकालत, चिकित्सा, पत्रकारिता, मानव अधिकारको प्रवद्र्धनजस्ता विभिन्न विधामा कार्यरत व्यक्ति पनि संवैधानिक निकायमा नियुक्त हुन पाउने
काठमाडौं, १६ चैत- संवैधानिक परिषदले सरकारी सेवासहित वकालत चिकित्सा, पत्रकारिता, मानव अधिकारको प्रवद्र्धनजस्ता विभिन्न विधामा कार्यरत योग्य र उच्च नैतिकता भएको व्यक्तिलाई समेत संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गर्न सकिने मापदण्ड स्वीकृत गरेको छ ।
संवैधानिक परिषदको बिहीबार अपराह्न बसेको बैठक संवैधानिक निकायहरुमा रिक्त पदाधिकारीका लागि सबैलाई स्वीकार्य, योग्य, इमानदार व्यक्ति छनोटको मापदण्ड परिमार्जनसहित स्वीकृत गरेको हो ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको परिषद बैठकले मुख्यसचिव माधव घिमिरेको परिषद सचिवालयले संवैधानिक नियुक्तिका लागि प्रस्ताव गरेको मापदण्डलाई परिमार्जनसहित स्वीकृत गरेको जानकारी परिषदका सदस्य एवं प्रतिपक्षी दलका नेता राममचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार परिषदको आगामी बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको निर्णय गर्नेछ तर अर्को बैठक कहिले बस्ने भन्ने मिति तय गरिएको छैन । प्रधानमन्त्री भट्टराईले छिट्टै परिषदको बैठक बोलाउनेछन् ।
'परिषदले संवैधानिक निकायमा नियुक्तिका लागि योग्य इमानदार र उच्च नैतिकता भएको व्यक्ति छनौट गर्ने अवधारणा ।मापदण्ड संशोधनसहित पारित गरेको छ परिषदको आगामी बस्ने बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारीहरुको नियुक्तको निर्णय गर्नेछ' पौडेलले भने ।
संवैधानिक परिषद सचिवालयका सचिव जयमुकुन्द खनालले संवैधानिक निकायहरुमा रिक्त पदाधिकारीमा उच्च नैतिकता भएको सक्षम योग्य र इमानदार र सम्बन्धित आयोगका लागि अनुभवप्राप्त र सबैलाई स्वीकार्य व्यक्तित्व भएको व्यक्तिलाई नियुक्त गर्ने मापदण्ड परिषद बैठकले परिमार्जनसहित पारित गरेको जानकारी दिए ।
मापदण्डमा निजामती न्याय प्रहरी सेना शिक्षकसहित सम्पूर्ण सार्वजनिक सेवामा मुख्यसचिव र विशिष्ट श्रेणी सचिव बाट अवकासप्राप्त या प्रथम श्रेणी सहसचिवसरह को पदमा १५ वर्ष कार्य गरेको व्यक्ति संवैधानिक निकायको प्रमुख आयुक्त/अध्यक्ष र सदस्य/आयुक्त नियुक्तका लागि योग्य हुने व्यवस्था गरिएको जानकारी खनालले दिए । उनले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्न संविधानमा भएको व्यवस्थालाई व्यवस्थित र पारदर्शी बनाउन परिषदले मापदण्ड पारित गरेको जानकारी दिए ।
उनका अनुसार संवैधानिक नियुक्त हुन नियुक्त हुने व्यक्तिको पदाधिकार कम्तीमा चार वर्ष रहेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीले ६५ वर्षमा अनिवार्य अवकास पाउँछन् । यो व्यवस्थाअनुसार संवैधानिक निकायमा नियुक्त हुन ६१ वर्ष या सोभन्दा कम उमेरको व्यक्तिमात्र योग्य हुनेछन् । मापदण्डको यो व्यवस्थाका कारण ६१ वर्ष कटेको या नियुक्त भएपछि पदाधिकार चार वर्षभन्दा कम रहने व्यक्ति संवैधानिक निकायमा नियुक्त हुन पाउने छैनन् ।
हाल संवैधानिक निकायमा काम गरिहरहेका व्यक्तिका हकमा पुनः सोही पदमा या माथिल्लो पदमा पुनर्नियुक्ति हुन सेवा अवधि कम्तीमा चार वर्ष बाँकी रहेको हुनुपर्ने अनिवार्य गरिएको छैन । सेवा अवधि चार वर्ष या सोभन्दा कम रहे पनि बहालवाला पदाधिकारी पुनः नियुक्त हुन सक्नेछन् ।
संवैधानिक निकायलाई समावेशी बनाउन दलित, आदिबासी जनजाति, महिला, मधेसी र पिछडिएको वर्गका योग्यता पुगेको व्यक्तिको हकमा सहसचिव भएको १५ वर्ष पुगेको या पदावधि कम्तीमा चार वर्षभन्दा बढी रहेको हुनुपर्ने व्यवस्थालाई सरलीकरण गरी केही सहुलियत दिइएको छ । अर्थात् दलित आदिबासी जनजाति महिला मधेसी र पिछडिएको वर्गको व्यक्तिको हकमा संवैधानिक निकायमा नियुक्त हुन सहसचिव भएको १५ वर्ष पुगेको र पदावधि चार वर्षभन्दा कम बाँकी रहेका व्यक्तिले समेत पदाधिकारी नियुक्त हुन पाउने व्यवस्था गरिएको जानकारी खनालले दिए ।
मापदण्डमा सरकारी सेवाबाहेकका वकालत, चिकित्सा, पत्रकारिता, मानव अधिकारजस्ता विभिन्न पेसा र नागरिक समाजका विभिन्न विधामा अविछिन्न रुपमा २५ वर्ष कार्यरत योग्यता पुगेको व्यक्तिसमेत संवैधानिक निकायमा नियुक्तिलाई योग्य हुने व्यवस्था गरिएको जानकारी परिषदका एक सदस्यले जानकारी दिए । यसअघि विभिन्न सरकारी सेवाबाहेक अन्य क्षेत्रका व्यक्तिलाई संवैधानिक नियुक्त गर्ने व्यवस्था र प्रचलन दुवै थिएन । पहिलोपटक नागरिक समाजका विभिन्न पेसा व्यवसायमा अविछिन्न २५ वर्ष सेवा पुगेका योग्य व्यक्तिलाई समेत संवैधानिक निकायमा नियुक्ति हुन सक्ने व्यवस्था गरिएको हो । संवैधानिक निकायमा नियुक्त हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेछ ।
प्रधानमन्त्री भट्टराईले आफूले भनेअनुसार छिटो संवैधानिक निकायमा रिक्त पदमा नियुक्त गर्न नसके पनि उनको पालामा नियुक्तिको मापदण्ड भने तयार भएको छ । उनको पालामा संवैधानिक निकायमा नियुक्त हुन चाहने योग्यता पुगेका व्यक्तिहरुको रोस्टर तयार भएको छ ।
रोस्टरमा निजामती प्राध्यापनसहित सरकारी सेवाबाट अवकासप्राप्त व्यक्तिहरुको बाहुल्य छ अरु विभिन्न सेवा र पेसाका व्यक्तिहरुको नाम रोस्टर कम छ । रोस्टर नाम नभए पनि योग्यता पुगेको सक्षम र उच्च नैतिकता भएको व्यक्ति छ भने परिषदले त्यस्तालाई समेत संवैधानिक निकायमा नियुक्ति गर्न सक्नेछ । तर रोस्टरमा योग्यता पुगेका व्यक्ति पर्याप्तमात्रामा छन् भने बाहिरबाट नियुक्ति हुने सम्भावना कम रहने जानकारी परिषदका एक सदस्यले दिए ।
मापदण्ड बने पनि महत्वपूर्ण चार संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकसेवा आयोग महालेखा परिक्षक र निर्वाचन आयोगमा अध्यक्ष/प्रमुख आयुक्त तथा सदस्य/आयुक्तमा कसलाई नियुक्ति गर्ने भन्नेबारेमा ठूला तीन दलबीच भागबण्डा मिलेको छैन । छिटो नियुक्ति गर्न परिषदको अर्को बैठकअघि प्रमुख तीन माओवादी कांग्रेस र एमालेबीच राजनीतिकस्तरमा सहमति भइसक्नु जरुरी रहेको स्रोतले उल्लेख गरेको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरुबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन अनुसन्धान र तहकिकात गरी विशेष अदालतमा मुद्दा दायर गर्ने सबभन्दा महत्वपूर्ण संवैधानिक निकाय अख्तियारको प्रमुख आयुक्त आफ्नो सिफारिसमा हुनुपर्ने अडानमा प्रमुख तीनै दल छन् । अख्यितार प्रमुखकै कारण संवैधानिक नियुक्तिमा ढिलाइ हुँदै आएको हो ।
अख्तियारको प्रमुख आयुक्तमा माओवादीले पूर्वमुख्यसचिव लोकमानिसंह कार्की या पूर्वसचिव रामकुमार श्रेष्ठमध्ये एक, कांग्रेसले पूर्वसचिव बाबुराम आचार्य र एमालेले पूर्वकानुन सचिवद्वय उदयनेपाली श्रेष्ठ या माधव पौडेलमध्ये एक नियुक्त हुनुपर्ने अडानमा रहेको र हालसम्म तीन दल त्यसमा सम्झौता गर्न तयार नरहेको स्रोतले उल्लेख गरेको छ । अख्तियार प्रमुखमा पहिला पूर्वसचिव श्रेष्ठलाई अघि सारिरहेको माओवादीले पछिल्लो समयमा विवादास्पद पूर्वमुख्यसचिव कार्कीको नामसमेत अघि सारेको जानकारी स्रोतले उल्लेख गरेको छ ।
अख्तियारका चार आयुक्तका लागि भने सहमति गर्न प्रमुख तीन दल र मधेसी मोर्चा तयार छन् । माओवादी लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमी र एमाले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई कन्फर्म बनाउने अडानमा समेत छन् । महालेखा परिक्षकमा भने प्रमुख तीन दल फलानो व्यक्ति नै हुनुपर्छ भन्ने अडान छैनन् ।
अख्तियार र महालेखा परिक्षकमा पाँच वर्षदेखि सबै पदाधिकारी र लोकसेवा तथा निर्वाचन आयोगमा प्रमुख पद २ वर्षदेखि रिक्त छन् । अख्तियारमा एक जना पनि पदाधिकारी नै नभएकाले उसले भ्रष्टाचार र अख्तियार दुरुपयोग नियन्त्रणमा जति कामकारबाही गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको अनुभूति सबैले गरिरहेका छन् ।

बोक्सीको आरोपमा आँखा फुटाइकी पुडासैनीलाई २ लाख

काठमाडौं, १६ चैत- सरकारले राजधानीको जोरपाटीमा बोक्सीको आरोपमा आफन्तले नै आक्रमण गरी दुइटै आँखा फुटाइएकी सुनिता पुडासैनीलाई राहतस्वरुप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले पुडासैनीलाई राहत दिने तथा आक्रमणमा उनी र सँगै घाइते भएका अरु व्यक्तिको उपचार खर्चसमेत सरकारले बेहोर्ने निर्णय गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
पुनका अनुसार कथित बोक्सीको आरोपमा हत्या आक्रमण हेय गर्नेजस्ता निकृष्ट कार्यलाई निरुत्साहित गर्न मन्त्रिपरिषदले कडा कानुन बनाउन विधेयक निर्माण गर्ने र छिट्टै संसदमा लाने सैद्धान्तिक निर्णय गरेको छ । उनले जोरपाटीमा बोक्सीमा आरोपमा संगीन आक्रमणमा संलग्न दोषी व्यक्तिहरुलाई कानुनी कारबाही गर्ने निर्णय मन्त्रिपरिषदले गरेको जानकारीसमेत दिए ।
उनले वैसाख ६ देखि ८ सम्म हुने वातावरणसम्बन्धी विश्व शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा जाने प्रमण्डलसमेत स्वीकृत गरेको छ । मन्त्रिपरिषदले विश्व प्रसिद्ध साइकलयात्री एवंं इटालियन पत्रकार भिक्टोरियालाई सगरमाथा आरोहणमा लाग्ने सलामी दस्तुर ५० प्रतिशत मिनाहा गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले सेना समायोजन विशेष समिति मातहतको सचिवालयमा कार्यरत अस्थायी कर्मचारीहरुको म्याद वैसाख मसान्तसम्मका लागि थप गरेको छ । अर्थमन्त्री एवं विशेष समिति सदस्य पुनले म्याद वैसाख मसान्तसम्म म्याद थप्ने निर्णय गरेर सरकारले सेना समायोजन कार्य ढिलोमा वैसाख मसान्तमा सक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारीसमेत दिए ।

सामान्य प्रशासनले प्रहरी राखेर सरुवाको पत्र बाँड्ने थाल्यो

काठमाडौं, १६ चैत- सामान्य प्रशासन मन्त्रालयले आफ्नो परिसरमा व्यापक प्रहरी तैनाथ गरी माघ महिनामा आफूले गरेको करिब २ हजार विवादित सरुवाको पत्र सम्बन्धित कर्मचारीलाई दिन थालेको छ ।
सामान्य प्रशासनले उपसचिवदेखि कार्यालय सहयोगीसम्म १ हजार ८ सय ९ जना कर्मचारीलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको थियो । तर कर्मचारी संगठनहरुको विरोध र दादागिरीका कारण सरुवापत्र सम्बन्धित व्यक्तिलाई दिन नसकेपछि स्थानान्तरण स्थगित भएको थियो ।
मन्त्रिपरिषदले हालै निजामती नियमावली संशोधन गरी सामान्य प्रशासनले चैतमा सरुवा गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर सामान्यले प्रहरी राखेर दुई मूल गेटमध्ये एउटा मन्त्रालय प्रवेश गर्ने दुइटा ढोकामध्ये एउटा बन्द गरी सरुवा भएका व्यक्तिलाई पत्र थमाउन थालेको हो । मन्त्रालयमा प्रवेश गर्दा पनि प्रहरीले परिचयपत्र हेरी काम सोधेरमात्र भित्र प्रवेश दिने गरेको छ । मन्त्रालयमा बिहीबार ५० भन्दा बढी प्रहरी तैनाथ थिए ।
सामान्य प्रशासनले सरुवा भएकामध्ये उपसचिवहरुलाई बुधबार र शाखा अधिकृतहरुलाई बिहीबार सरुवाको पत्र बाँडेको हो । शुक्रबार नायव सुब्बा र त्यसपछि क्रमशः तल्लो तहका कर्मचारीलाई सरुवाको पत्र दिइने जानकारी सामान्यका एक अधिकारीले दिए ।
माघमा सरुवा भएका उपसचिव र शाखा अधिकृतमध्ये ५ प्रतिशतले मात्र सरुवाको पत्र पाएका छैनन् । मापदण्डविपरीतको सरुवा सच्याउने क्रममा उनीहरुले पत्र नपाएको जानकारी स्रोतले दिए ।

Wednesday, March 28, 2012

भागबण्डा नमिलेकाले बिहीबार पनि संवैधानिक निकायमा नियुक्ति नहुने

काठमाडौं, १५ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित चार महत्वपूर्ण संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि छलफल गर्न बिहीबार अपराह्न ५ बजे संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष बाबुराम भट्टराईले संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्तिका बारेमा छलफल गर्न बैठक बोलाएको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार प्रमुख तीन माओवादी कांग्रेस र एमालेबीच अख्तियार लोकसेवा आयोग महालेखा परिक्षक निर्वाचन आयोगमा अध्यक्ष/प्रमुख आयुक्त तथा सदस्य/आयुक्त नियुक्तिका सम्बन्धमा सहमति नभइसकेकाले परिषदको बिहीबार बस्ने बैठकबाट नियुक्तिको निर्णय हुने सम्भावना छैन ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरुबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन अनुसन्धान र तहकिकात गरी विशेष अदालतमा मुद्दा दायर गर्ने सबभन्दा महत्वपूर्ण संवैधानिक निकाय अख्तियारको प्रमुख आयुक्तमा प्रमुख तीनै दलको दाबी छ र त्यसबारेमा राजनीतिकस्तरमा कुनै सहमति बनिसकेको छैन ।
अख्तियारको प्रमुख आयुक्तमा माओवादीले पूर्वमुख्यसचिव लोकमानिसंह कार्की या पूर्वसचिव रामकुमार श्रेष्ठमध्ये एक, कांग्रेसले पूर्वसचिव बाबुराम आचार्य र एमालेले पूर्वकानुन सचिवद्वय उदयनेपाली श्रेष्ठ या माधव पौडेलमध्ये एक नियुक्त हुनुपर्ने अडानमा रहेको र हालसम्म तीन दल त्यसमा सम्झौता गर्न तयार नरहेको स्रोतले उल्लेख गरेको छ । अख्तियार प्रमुखमा पहिला पूर्वसचिव श्रेष्ठलाई अघि सारिरहेको माओवादीले पछिल्लो समयमा विवादास्पद पूर्वमुख्यसचिव कार्कीको नामसमेत अघि सारेको जानकारी स्रोतले उल्लेख गरेको छ ।
प्रमुख तीन दलबीच सहमति नभइसकेकाले परिषदको बिहीबारको बैठक मुख्यसचिव माधव घिमिरले प्रस्ताव गर्ने संवैधानिक निकायमा नियुक्तिको मापदण्ड र आधारलाई पारित गरेरमात्र टुंगिने जानकारी एक सदस्यले दिए ।
अख्तियारका चार आयुक्तका लागि भने सहमति गर्न प्रमुख तीन दल र मधेसी मोर्चा तयार छन् । माओवादी लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमी र एमाले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई कन्फर्म बनाउने अडानमा समेत छन् । महालेखा परिक्षकमा भने प्रमुख तीन दल फलानो व्यक्ति नै हुनुपर्छ भन्ने अडान छैनन् ।
अख्तियार र महालेखा परिक्षकमा पाँच वर्षदेखि सबै पदाधिकारी र लोकसेवा तथा निर्वाचन आयोगमा प्रमुख पद २ वर्षदेखि रिक्त छन् । अख्तियारमा एक जना पनि पदाधिकारी नै नभएकाले उसले भ्रष्टाचार र अख्तियार दुरुपयोग नियन्त्रणमा जति कामकारबाही गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको अनुभूति सबैले गरिरहेका छन् ।

घोषितलाई प्रदान नगरी पुनः विभूषण दिन नाम सिफारिस गर्ने तयारी

काठमाडौं, १५ चैत- सरकारले दुई वर्षअघि घोषित विभिन्न व्यक्तिहरुलाई विभूषण मानपद्वी, पदक र अलंकर प्रदान नगरीकन पुनः नयाँ व्यक्तिहरुलाई दिन प्रकि्रया सुरु गरेको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा हालै बसेको विभूषण समितिको बैठकले निर्णयअनुसार गृह मन्त्रालयले सबै मन्त्रालय केन्द्रीय कार्यालय संवैधानिक निकाय क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई मानपदवी पदक र अलंकारका लागि सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर् याएका व्यक्तिहरुको नाम सिफारिस गर्न आग्रह गरेको छ ।
सबै केन्द्रीय कार्यालयलाई मानपद्वी, पदक र अलंकार दिनका लागि विशिष्ट योगदान पुर् याएका व्यक्तिका नाम चैत मसान्तभित्र विभूषण समितिलाई सिफारिस गरिसक्न आग्रह गरिएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिए । गणतन्त्र दिवसका दिन मानपद्वी पदक र अलंकार पाउने व्यक्तिहरुको नाम राष्ट्रपति रामवरण यादवबाट घोषणा गराउने तयारी विभूषण समितिको छ । विभूषण समितिको सिफारिसमा मन्त्रिपरिषदले मानपद्वी, पदक र अलंकार पाउने व्यक्तिको नाम तय गर्छ र राष्ट्रपतिले गणतन्त्र दिवसका दिन मन्त्रिपरिषदको सिफारिसमा विभूषण पाउने व्यक्तिहरुको नाम घोषणा गर्ने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति यादवले २०६७ जेठ १५ मा मानपद्वी पदक र अलंकार पाउने २ सय ६९ जना व्यक्तिको नाम घोषणा गरेका थिए । तर दुई वर्षको अवधिमा २०६७ मा घोषित व्यक्तिका लागि मानपद्वीको निर्माण कार्यमात्र सुरु भएको छ । मानपद्वीको निर्माण गर्न अझै दुई महिना लाग्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार २०६७ मा घोषित व्यक्तिका लागि प्रदान गरिने पदक र अलंकार निर्माण कार्य अझै सुरु नै भएको छैन ।
विभूषण समितिले अघिल्लो वर्ष सबै मन्त्रालय केन्द्रीय कार्यालय संवैधानिक निकाय क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुसित सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा विशिष्ट व्यक्तिहरुलाई नाम सिफारिस लिएर मानपदवी, पदक र अलंकार प्रदान गर्नका लागि ३० जनाको नाम मन्त्रिपरिषदसमक्ष प्रस्ताव गरेको थियो । तर तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदले त्यतिबेला २०६७ मा घोषित व्यक्तिहरुलाई नै मानपद्वी पदक र अलंकार प्रदान गर्न बाँकी रहेकाले नयाँ नाम सिफारिस नगर्ने निर्णय गरेको थियो ।
विभूषण समितिले दुई वर्षअघि घोषित व्यक्तिहरुलाई प्रदान नगरी पुनः यस वर्ष मानपद्वी पदक र अलंकारका लागि नयाँ नाम सिफारिस माग्नु नै गलत भएको गृहकै अधिकारी बताउँछन् । गणतन्त्र आउनुअघि तत्कालीन राजाबाट हरेक वर्ष मानपद्वी पदक र अलंकार प्रदान गरिन्थ्यो । तर २०६३ मा लोकतन्त्र बहाली भएपछि विभूषण ऐन २०६३ र २०६५ मा विभूषण नियमावली बनाइए पनि २०६७ जेठमा मात्र पहिलोपटक २ सय ६९ जनालाई मानपद्वी पदक र अलंकार प्रदान गर्ने घोषणा गरिएको थियो तर २ वर्ष भइसक्ता पनि घोषित व्यक्तिहरुले विभूषण पाउन सकेका छैनन् ।

चार जिल्लामा नयाँ प्रजिअ

काठमाडौं , १५ चैत- गृह मन्त्रालयले चार उपसचिवलाई रिक्त चार जिल्लाको रिक्त प्रमुख जिल्ला अधिकारी प्रजिअ पदमा सरुवा गरेको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयमा रहेका चार जना उपसचिवलाई प्रजिअमा सरुवा गरिएको हो ।
गृह मन्त्रालयले भक्तपुरमा जितेन्द्र भण्डारी, सोलुखुम्बुमा भवानी पराजुली, संखुवासभामा सीताराम कार्की र लमजुङमा बाबुराम भण्डारीलाई प्रजिअमा सरुवा गरेको हो । केही समयपहिले काजमा रहेका कर्मचारी फिर्ता गिरंदा यी चार जिल्लामा प्रजिअ पद रिक्त हुन पुगेका थिए ।
यसैबीच गृह मन्त्रालयले उपसचिव लेखनाथ पोखरेललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरेको छ । यसअघिका निर्देशक ऋषिराम ढकाल सहसचिवमा बढुवा भएपछि रिक्त पदमा पोखरेललाई पठाइएको हो । सप्तरीमा सात महिना कामु प्रजिअ रहिसकेका पोखरेल केही समयदेखि मन्त्रालयमा कार्यरत थिए ।

Tuesday, March 27, 2012

क्षेत्रीय प्रशासकहरु गृह सचिव मातहतमा रहनुनपर्ने भयो

काठमाडौं, १४ चैत- सरकारले गृह मन्त्रालय मातहतमा रहेका पाँचवटै क्षेत्रीय प्रशासन कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको राजनीतिक समितिको मंगलबार बसेको बैठकले सरकारको कार्यविभाजन नियमावली संशोधन गरी क्षेत्रीय प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउने निर्णय गरेको हो ।
क्षेत्रीय प्रशासन कार्यालयहरुको कामकारबाहीलाई प्रभावकारी बनाउन तिनलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउने निर्णय गरिएको जानकारी राजनीतिक समितिका रहेका एक मन्त्रीले जानकारी दिए । आगामी मन्त्रिपरिषद बैठकले सरकारको कार्यविभाजन नियमावली संशोधन गरिएपछि क्षेत्रीय प्रशासन कार्यालयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमातहतमा आउनेछन् ।
गृह मन्त्रालयमातहत राख्दा क्षेत्रीय प्रशासकहरुले आफ्नो कामकारबाहीको रिपोर्टिङ आफू सरहकै विशिष्ट श्रेणीकै गृहसचिवलाई गर्नुपर्ने व्यवस्थाका कारण कारण सचिवहरु क्षेत्रीय प्रशासनमा जानै नचाहने गए पनि आफ्नो कामप्रति खासै चासो नै नराख्ने समस्या थियो । त्यही कारण स्थापना भएको एक दसक बढी भइसक्ता पनि क्षेत्रीय प्रशासन कार्यालयहरु प्रभावकारी हुन नसकेकाले राजनीतिक समितिले तिनलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउने निर्णय गरेको हो ।
'गृहसचिवको मातहतमा पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयमा पाँच जना सचिव राख्ने कुरा नै व्यावहारिक नै थिएन । समान तहको अधिकारीको मातहतमा काम गर्नुपर्दा हीनताबोध हुने भएकाले कुनै पनि सचिव क्षेत्रीय प्रशासकमा जानै चाहँदैनथे' एक सरकारी अधिकारीले भने ।
क्षेत्रीय प्रशासन कार्यालयहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय मातहतमा राख्दा क्षेत्रीय प्रशासकहरुले आफ्नो कामकारबाहीको रिपोर्टिङ आफूभन्दा माथिल्लो तहको अधिकारी मुख्यसचिवलाई गर्न पाउने हुँदा सचिवहरुलाई त्यहाँ जान र काम गर्न हीनताबोध नहुने भएकाले तिनको कामकारबाहीमा प्रभावकारिता आउने विश्वास एक अधिकारीले व्यक्त गरे ।
विकास क्षेत्रभर हुने विकास निर्माण र प्रशासनिक काममा सचिव तहको अधिकारीबाट स्थानीयस्तरबाटै प्रत्यक्ष अनुगमन गरी प्रभावकारिता ल्याउन क्षेत्रीय प्रशासक राख्ने व्यवस्था गरिएको हो । तर विकास क्षेत्रभरका सबै कामको अनुगमन र निर्देशन गर्ने अधिकारी भएकाले क्षेत्रीय प्रशासकहरुलाई गृह मन्त्रालय मातहतमा राखिएकाले क्षेत्रीय प्रशासन कार्यालयहरु प्रभावकारी हुन नसकेका हुन् ।
प्रधानमन्त्री कार्यालय मातहत राखिएपछि क्षेत्रीय प्रशासकमार्फत् सबै विकास क्षेत्रमा भइरहेका विकास निर्माण र प्रशासनिक कामको स्थलगत जानकारी सोझै पाउने भएकाले प्रधानमन्त्रीले सबै मन्त्रालयको काममा प्रत्यक्ष निगरानी राख्न तथा आवश्यक परे तत्काल निर्देशन दिन पाउने र सरकारको कामकारबाही प्रभावकारी हुने विश्वास एक अधिकारीले एक प्रकट गरे । प्रधानमन्त्रीको मातहतमा रहने र सरकार प्रमुखसित प्रत्यक्ष सम्बन्ध हुने भएपछि अब सचिवहरुसमेत क्षेत्रीय प्रशासन कार्यालयमा जान तत्पर हुने जानकारी ती अधिकारीले दिए ।
सेनालाई लोकतान्त्रिकरण गर्न कार्यदल
सरकारले रक्षामन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा नेपाली सेनाको लोकतान्त्रीकरण गर्ने कार्ययोजना तर्जुमा र सुरक्षा नीति बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्री वर्षमान पुन सदस्य छन् ।
सेनामा मधेसीलाई सामूहिक प्रवेश गराई समावेशी बनाउनुपर्ने अडानमा रहेको मधेसी मोर्चा र सेना समायोजनपछि गठन हुने महानिर्देशनालयमा आफ्ना लडाकुले अरु सैनिक सरह सम्मानजनक व्यवहार चाहेको माओवादी सम्मिलित सरकारले त्यसैका लागि सेनाको लोकतन्त्रीकरण कार्ययोजना बनाउन लागेको जानकारी एक मन्त्रीले दिए ।
मन्त्रिपरिषदको राजनीतिक समितिले नयाँ नगरपालिका घोषणा गर्नका लागि कार्यदल गठन गरेको छ । विज्ञहरुसँग छलफल गरेर नयाँ नगरपालिकाको घोषणाको आधार तयार गर्न स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी, भौतिक योजनामन्त्री त्रिपाठी र मुख्यसचिव माधव घिमिरे रहेको कार्यदल गठन गरिएको हो ।
यस आर्थिक वर्षको बजेटमार्फत् ४१ वटा नगरपालिका घोषणा गरिए पनि माओवादी-मधेसी मोर्चाको सरकारले निर्णय कार्यान्वयन नगरी स्थगित गरेको छ । नयाँ सरकारले नगरपालिका घोषणाको स्पष्ट आधार तय गरेपछिमात्र निर्णय गर्ने भन्दै अघिल्लो सरकारको निर्णय स्थगित गरेको हो ।


माओवादी र मधेसी मोर्चा सरकारद्वारा लोकतन्त्र दिवसको बिदा कटौती

काठमाडौं, १४ चैत- सरकारले शान्तिपूर्ण जनआन्दोलन-२०६२÷६३ को उपलब्धिस्वरुप मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिन वैसाख ११ मा वर्षेनि िदंइदै आएको सार्वजनिक बिदा आगामी वर्ष कटौती गरेको छ ।
माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले जारी गरेको राजपत्रमा आगामी वर्षको सार्वजनिक बिदाको सूचीबाट ुलोकतन्त्र दिवसु लाई हटाएको छ । राजपत्रमा आगामी वर्ष लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने छैन ।
कांग्रेस एमालेसहितका सात दलको अगुवाइमा भएको शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ प्रति सत्तारुढ माओवादी र संयुक्त मधेसी मोर्चा दुवै घटकको खासै अपनत्व नभएकाले उनीहरु सम्मिलित सरकारले लोकतन्त्र दिवस नमनाउने र उक्त दिन बिदासमेत नदिने निर्णय गरेको जानकारी उच्च सरकारी स्रोतले दिएको छ । जनआन्दोलनको उपलब्धिस्वरुप तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सामु घुडा टेकेर २०६३ वैसाख ११ का दिन लोकतन्त्र बहाली गरेकाले हरेक वर्ष सरकारले वैसाख ११ का दिन सार्वजनिक बिदा दिने गरेको थियो ।
ती अधिकारीका अनुसार शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ को भन्दा माओवादी ुदसवर्षे जनयुद्धु र मधेसी मोर्चा ुमधेस आन्दोलनु को श्रेय लिन चाहन्छन् र त्यसलाई नै आफ्नो संघर्षको गौरव ठान्ने भएकाले लोकतन्त्र दिवस दुवैको प्राथमिकतामा नपरेको हो ।
माओवादी-मधेसी मोर्चाको संयुक्त सरकारले यस वर्ष प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा दिए पनि उत्सव भने मनाएन । संसदमा कांग्रेस र एमालेले प्रजातन्त्र दिवस नमनाएकामा चर्को विरोध गरेपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकारले आगामी वर्ष प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा भने दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने आगामी वर्षका सबै सार्वजनिक बिदा घोषणा गरिएको राजपत्रमा लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने भन्ने कुरा किन छटेको हो भन्ने आफूलाई थाहा नभएको दाबी गरे । तर उनले लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिन आफ्नो मन्त्रालयमा मन्त्रिपरिषदमा प्रस्ताव गरेको दाबी गरे । 'राजपत्रमा लोकतन्त्र दिवस किन छुटेको हो भन्ने मलाई थाहा भएन उक्त दिन सार्वजनिक बिदा दिन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ निर्णय हुन बाँकी छ' कोइरालाले भने ।
आगामी वर्ष कुन कुन दिन बिदा ?
गृह मन्त्रालयद्वारा जारी राजपत्रका अनुसार आगामी वर्ष साप्ताहिक बिदा ५३ र पर्व तथा विभिन्न दिवस गरी ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । काठमाडौं उपत्यकाका हकमा थप चार दिन सार्वजनिक बिदा दिएको छ । संयोगले यस वर्ष सबै सार्वजनिक बिदा शनिबार परेका छैनन् काठमाडौं उपत्यकामा मात्र मनाइने र बिदा हुने इन्द्रजात्रामात्र शनिबार परेको छ ।
सार्वजनिक बिदामा वैसाखमा १ मा नयाँ वर्ष वैसाख २४ मा किराँत राई लिम्बुको उभौली पर्व साउन १८ मा जनै पूर्णिमा गौरा पर्व पर्ने दिन इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्रका दिन मंसिर ४ मा छठ पर्व इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद इदुल जोहा का दिन पुस १० मा इसाइ धर्मावलम्बीको पर्त्र कि्रसमस पुस १३ मा किराँत पर्व उधौली र ज्यापु दिवस पुस १५ मा तमु ल्होसार माघ १ मा माघी पर्व एवं छन्त्याल जातिको राष्ट्रिय पर्व माघ २९ मा सोनम ल्होसार फागुन २५ मा महिला दिवस फागुन २७ मा शिवरात्री फागुन २९ मा घ्याल्चो ल्होसार फागु पूर्णिमाका दिन तराई-मधेसका जिल्लाबाहेक देशभर चैत १३ मा र फागुन १४ मा तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइनेछ ।
असोज ३० मा घटस्थापना कात्तिक ५ देखि १० फूलपातीदेखि द्वादशीसम्म फागुन १३ मा कोजाग्रत पूर्णिमामा दसैंं बिदा कात्तिक २८ देखि २० सम्म तिहार बिदा दिवस बिदामा वैसाख १९ मा विश्व मजदुर दिवस जेठ १५ मा गणतन्त्र दिवस माघ १६ मा सहिद दिवस फागुन ७ मा प्रजातन्त्र दिवस वैसाख २४ मा बुद्ध जयन्ती साउन २५ मा श्रीकृष्ण जन्माष्टमी रामनवमीमा सार्वजनिक बिदा दिइएको छ ।
महिला कर्मचारीलाई पुरुषको भन्दा तीन दिनबढी सार्वजनिक बिदा दिइएको छ । उपत्यकाका हकमा साउन १९ मा गाईजात्रा असोज १३ मा इन्द्रजात्रा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन चैत २८ मा घोडेजात्रा महिला कर्मचारीका हकमा असोज २ मा हरितालिका तीज असोज ४ मा ऋषि पाचमी र जितिया पर्व पर्ने दिन उक्त पर्व मनाउने महिला कर्मचारीलाई मात्र तथा फागुन ४ का दिन शिक्षण संस्थाहरुमात्र सार्वजनिक बिदा दिइनेछ ।
मंसिर १३ मा नेपाल सिख धर्मावलम्बी कर्मचारीहरुलाई मात्र गुरु नानक जयन्ती मंसिर १८ मा अन्तर्राष्ट्रिय अपांग दिवसका दिन अपांग कर्मचारीहरुलाई भदौ २२ मा निजामती सेवा दिवसका दिन निजामती कर्मचारीलाई मात्र र नेपाली जैन धर्मावलम्बी कर्मचारीहरुलाई महावीर जयन्तीका दिन सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा मोरङ सुनसरी सिराहा र सप्तरीमा धवथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरुमा सार्वजनिक बिदा दिइने गृहले राजपत्रमा उल्लेख गरेको छ ।


कर्मचारीको डरले रेडियोका कार्यकारी निर्देशकले दिए राजिनामा

काठमाडौ, १४ चैत- रेडियो नेपालका कार्यकारी निर्देशक तपानाथ शुक्लले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । तीन महिनायता तलबसुविधा नपाएका रेडियोका कर्मचारीहरु आन्दोलित भएपछि शुक्लले राजीनामा गरेका हुन् ।
शुक्लले तलब नपाउनुमा कर्मचारीहरुले त्यसको दोष आफूलाई दिइएकाले राजिनामा दिएको बताए । पूर्वसाचारमन्त्री शंकर पोखरेलको पालामा रेडियोमा नियुक्ति पाएका शुक्लको म्याद निवर्तमान साचारमन्त्री जयप्रकाश गुप्ताले दुई वÈ्रका लागि थपेका थिए । शुक्लको अवधि अ´ डेढ वÈ्र बाँकी छ ।
सरकारी रेडियोको आर्थिक अवस्था खस्किएपछि त्यहाँका कर्मचारीले तीन महिनायता तलव पाएका छैनन् । रेडियोले कर्मचारीलाई तलब खुवाउन अर्थमन्त्रालयसंग बजेट माग्दै आएको छ । कर्मचारी युनियनले कार्यकारी निर्देशक शुक्लको असÔमताका कारण्ँ तलब नपाएको भन्दै बुधबारदेखि उनलाई कार्यालय प्रवेशमा रोक लगाउने आन्दोलनको कार्यक्रम तय गरेका थिए ।
'हो मैले राजीनामा गरें साचार सचिव अवनीन्द्र श्रेष्ठज्यूलाई राजीनामा बु´ाएको छ' उनले भने- 'समयमा कर्मचारीलाई तलब खुवाउन सकिएन । अर्थले निकासामा ढिलाइ गर्दा कर्मचारी युनियनले त्यसको सबै दोÈ मलाई लगाए ।'

Monday, March 26, 2012

प्रधानमन्त्रीको निर्देशनमा नाइटभिजन हेलिकप्टरले घाइतेको उद्धार गर्ने

काठमाडौं, १३ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले बझाङ जिल्लामा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्तिहरुलाई नाइटभिजन हेलिकप्टर पठाई तत्काल उद्धार गरी उपचारका लागि राजधानी ल्याउन सोमबार साँझ नेपाली सेनालाई निर्देशन दिएका छन् ।
बझाङमा गम्भीर घाइतेको उपचार हुन नसकेपछि प्रधानमन्त्रीले प्रधानसेनापति छत्रमानिसंह गुरुङलाई तत्काल सेनाको नाइटभिजन हेलिकप्टर पठाएर घाइतेहरुको उद्धार गरी ल्याउन निर्देशन दिएको जानकारी उनका प्रेस सल्लाहकार रामरिझन यादवले दिएका छन् ।
नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले सोमबार राति नै नाइटभिजन हेलिकप्टर जाने तर राति उद्धार गर्न सम्भव नभए नेपालगन्जमा बसेर बिहान घटनास्थलतर्फ गई घाइतेहरुलाई ल्याउने जानकारी दिए । 'नाइटभिजन हेलिकप्टर उद्धारका लागि सोमबार राति नै घटनास्थलतर्फ जान्छन् राति सम्भव नभए हेलिकप्टर नेपालगन्जमा बसेर बिहान गएर घाइतेहरुको उद्धार गर्नेछ' क्षेत्रीले भने ।
गम्भीर घाइतेको बझाङमा उपचार सम्भव नभएपछि स्थानीयबासीले हेलिकप्टरबाट उद्धार गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको जानकारी स्रोतले दिएका छन् । दुर्घटनामा १६ जना गम्भीर घाइते छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

Sunday, March 25, 2012

िसंचाइ सचिवको सरुवाको कुरा उठेपछि मन्त्री यादव र भट्टराईबीच पुनः विवाद

सचिव, विभागीय प्रमुखद्वारा तालाबन्दी र हडतालको चेतावनी
काठमाडौं, १२ चैत- िसंचाइ मन्त्रालय िसंचाइ र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशकद्वय क्रमशः अनिल पोखरेल र कमल रेग्मी तथा उनीहरु समर्थक कर्मचारीले सचिव वृन्दा हाडा भट्टराई को सरुवा गरिएमा मन्त्री महेन्द्रराय यादवको कार्यकक्षमा तालाबन्दी र हडताल नै गर्ने चेतावनी सरकारलाई दिएका छन् ।
सचिव भट्टराईको अध्यक्षतामा सहसचिवदेखि इन्जिनियर तहसम्मका कर्मचारीहरुको आइतबार बसेको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेलाई हडताल र तालबन्दीमा उत्रने लिखित चेतावनी दिएको जानकारी स्रोतले दिएका छन् ।
मन्त्री यादवले सचिव भट्टराईलाई सरुवा गर्न मन्त्रिपरिषदमा प्रस्ताव राखेको सार्वजनिक भएपछि िसंचाइ मन्त्रालयमा राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच पुनः विवाद चर्किएको हो । महानिर्देशकद्वय पोखरेल र रेग्मी सरुवामा आकर्षक ठाउँमा सरुवा पाएका कर्मचारीले मन्त्रीका विरुद्ध सचिवलाई साथ दिइरहेका छन् । राजनीतिक र प्रशासनिक नेतृत्वबीच विवाद बढेपछि कुनै पनि पक्षमा नलागेका कर्मचारीहरुले मन्त्री यादवलाई प्रधानमन्त्रीलाई कन्भिन्स गरी सचिव भट्टराईलाई सरुवा गरेर राम्रोसँग मन्त्रालय चलाउन या राजिनामा दिन सल्लाह दिएको जानकारी एक अधिकारीले दिए ।
सचिवको अध्यक्षतामा महानिर्देशकद्वय पोखरेल र रेग्मीको सकि्रयतामा उनीहरु समर्थक सहसचिवदेखि इन्जिनियर तहसम्मका कर्मचारीको बैठकले सचिव भट्टराईको सरुवा भएमा मन्त्रीको कार्यकक्षमा तालाबन्दी गर्ने र सम्पूर्ण कर्मचारी हडतालमा नै उत्रने लिखित निर्णय गरेको छ । त्यही निर्णयअनुसार िसंचाइ मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री र मुख्यसचिवलाई सचिवलाई सरुवा नगर्न लिखित चेतावनी दिएका हुन् । चेतावनीपत्रमा सहसचिव पुरुषोत्तम शाहीबाहेक सबैजसो कर्मचारीले हस्ताक्षर गरेका छन् ।
बैठकमा सचिव भट्टराई महानिर्देशकद्वय पोखरेल र रेग्मी, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रवीन्द्र कर्माचार्य र उनीहरु समर्थक र सरुवाका क्रममा आकर्षक ठाउँ पाएका कर्मचारीको बढी सहभागिता थियो । िसंचाइ मन्त्रालयका कर्मचारीका तर्फबाट प्रधानमन्त्री र मुख्यसचिवलाई दिइएको चेतावनीपत्रमा राम्रो काम गर्दागर्दै सचिव भट्टराईको सरुवा गर्ने कुरा आउँदा आफूहरु मर्माहत भएको उल्लेख गरेका छन् ।
मन्त्रालय र मातहतका निकायमा २ सय ४१ जनाको सरुवामा आफ्ना मान्छे नपरेको भन्दै मन्त्री यादवले सचिव भट्टराईलाई अमर्यादित भाषामा गाली गरेपछि दुई जनाबीच विवाद उत्पन्न भएको थियो । सचिव भट्टराई र महानिर्देशकद्वयलगायतका कर्मचारीहरु आफू मन्त्री यादवसित काम गर्न नसक्ने भन्दै प्रधानमन्त्री र मुख्यसचिवसमक्ष उजुरी गर्न पुगेका थिए ।
त्यहीबीचमा प्रधानमन्त्रीको निर्देशनमा मन्त्री यादव र सचिव भट्टराईले सम्पूर्ण कर्मचारीहरुको बैठक बोलाई आफूहरु दुई जनाबीचको विवाद साम्य भएको भनी जानकारी एक साता नपुग्दै दुई जनाबीचको मतभेद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्रीले यादव र भट्टराईलाई आफ्नो कार्यकक्षमा बोलाई गत सोमबार मिलेर काम गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट यादव र भट्टराईले आफूहरु मिलेको घोषणा कर्मचारीहरुसमक्ष गरेका थिए ।
प्रधानमन्त्रीको निर्देशनमा 'हामी मिल्यौं' भने पनि दुई जनाबीचको झगडाको तुस बाँकी नै रहेकाले सचिव, विभागीय प्रमुख मन्त्रीको कार्यकक्षमा नजाने, फाइलसमेत राजनीतिक नेतृत्वसमक्ष पठाउने गरिएको थिएन । फेरि मन्त्रीबाट सचिव भट्टराईको सरुवाको कुरा उठेपछि दुई जनाबीच मतभेद बढेको हो ।
मन्त्री र सचिव तथा विभागीय प्रमुखहरुबीचको विवाद बढेको र कर्मचारीहरु मन्त्रीकै विरुद्ध प्रधानमन्त्रीसमक्ष गुहार्न हिडेपछि मन्त्रालयमा अराजकता उत्पन्न भएको छ । मन्त्रालयमा राजनीतिक र प्रशासनिक नेतृत्वबीचको झगडाले विभिन्न योजनाका काम रोकिएका छन् । मन्त्रीबाट स्वीकृत हुनुपर्ने फाइल उनीकहाँ पठाउन नै बन्द गरिएको छ ।
मन्त्री यादवले सचिव भट्टराई महानिर्देशकद्वय पोखरेल र रेग्मी प्रशासन महाशाखा प्रमुख रवीन्द्र कर्माचार्यसित फागुन ३० गते राति ९ बजेसम्म सरुवाबारे छलफल गरी भोलिपल्ट एकचोटि हेरेर सरुवाको सूची टाँस्ने निर्देशन दिएर मन्त्रालयबाट बाहिरिएका थिए । तर मन्त्रीको अनुपस्थितिमा सचिव भट्टराई महानिर्देशकद्वय पोखरेल रेग्मी प्रशासन महाशाखा प्रमुख कर्मचार्यले फागुन ३० राति नै निर्णय गरी मन्त्रीलाई सोध्दै नसोधी सरुवा गरिएका २ सय ४१ जनाको सूची टाँसेर सार्वजनिक गरेका थिए ।
स्रोतका अनुसार मन्त्रीले आफ्नातर्फबाट १९ जनाको नाम सरुवा गर्न सचिवलाई दिएका थिए । १९ जनामध्ये १० जनाको दुई वर्ष नपुगेकाले सरुवा गर्न मिल्दैन भनेपछि ९ जनालाई मात्र सरुवा गर्न मन्त्री सहमत भएका थिए । तर सरुवा सूचीमा ९ जनामध्ये ४ जना नपरेपछि आक्रोशित भएका मन्त्रीले सचिव भट्टराईलाई अमर्यादित ढंगले गाली गरेपछि विवाद भएको थियो ।
लामो समयदेखि मन्त्री र सचिवबीच समन्वय नहुँदा मन्त्रालयमा प्रथम श्रेणीमा बढुवा भएका पाँच जनाको पदस्थापनासमेत हुन सकेको छैन । पदस्थापना नभएका कारण भदौदेखि मन्त्रालयको बरण्डामा बस्न बाध्य सहसचिवहरुमा महाजन यादव, मथुरा डंगोल, राजेन्द्र अधिकारी र देवनारायण मिश्र छन् । प्रथम श्रेणीका अधिकारीले सरकारबाट गाडी सुविधा पाउने भए पनि पदस्थापना नभएकाले गाडी त परेको कुरा बस्ने कुर्चीसमेत पाएका छैनन् ।
आठ महिनादेखि पदस्थापना नभएकाले प्रथम श्रेणीका अधिकारी आयोजना प्रमुख हुनुपर्ने तीनवटा आयोजनामा द्वितीय श्रेणीका अधिकृत नै कायममुकायम प्रमुख भएर बसिरहेका छन् । मन्त्री र सचिवको झगडाका कारण कानुनविपरीत ढंगले सिक्टा िसंचाइ आयोजनाका कायममुकायम प्रमुख दिलीप कार्की त्यहीँ बसिरहेका छन् । बढुवा भएपछि मन्त्रालयमा आई सहसचिवको नियुक्ति लिएर पदस्थापना भएको ठाउँमा जानुपर्नेमा सिक्टाका कार्की 'म नै आयोजना प्रमुख हुँ' भनी उहीँ बसिरहेका छन् । रानीजमरा र सुनसरी-मोरङ िसंचाइ आयोजना प्रमुख प्रथम श्रेणीको अधिकारी रहने व्यवस्था भए पनि द्वितीय श्रेणीका अधिकारीलाई कामु प्रमुख बनाएर राखिएको छ । िसंचाइ विभागका डिभिजनल इन्जिनियर प्रकाश पौडेललाई कुनै काम नदिई डेढ वर्षदेखि दायित्वविहीन बनाएर राखिएको छ ।








Friday, March 23, 2012

विवादास्पद काम गर्ने छ मन्त्री, सजाय पाउने गिरीमात्र

काठमाडौं, १० चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले आ-आफ्ना मन्त्रालयमा अराजक कि्रयाकलाप गर्दै आएका पाँच मन्त्रीलाई कुनै कारबाही नगरी उत्तिकै विवादास्पद कार्य गरेकी श्रम तथा यातायातमन्त्री सरिता गिरीलाई मात्र शुक्रबार बर्खास्त गरेका छन् ।
विवादास्पद म्यानपावर एजेन्सीको इशारामा कार्य गरेको र वैदेशिक रोजगारमा जाने नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार नियन्त्रण नियन्त्रणमा राम्रो भूमिका निर्वाह गरेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाएका कारण प्रधानमन्त्रीले श्रममन्त्री गिरीलाई बर्खास्त गरेका हुन् । आफूले मागेअनुसार राजिनामा नदिएको दुई दिनपछि नै प्रधानमन्त्रीले गिरीलाई श्रममन्त्रीबाट हटाएका हुन् ।
प्रधानमन्त्रीले गिरीजत्तिकै विवादास्पद कार्य गर्दै आएका मन्त्रीहरु रामकुमार यादव (सामान्य प्रशासन), महेन्द्रराय यादव ( िसंचाइ) राज्यमन्त्रीहरु ज्वालाकुमारी साह (भूमिसुधार), दिलीप महर्जन (पर्यटन) र सरोज यादव (स्वास्थ्य_ लाई भने हटाएका छैनन् । माओवादी र मधेसी मोर्चाबीचको सत्ता समीकरणमा कुनै असर नपरोस् भनेर प्रधानमन्त्रीले गिरीलाई मात्र बर्खास्त गरी अरु पाँच जनालाई कारबाहीबाट उन्मुक्ति दिएको जानकारी उच्च सरकारी स्रोतले दिएको छ ।
प्रधानमन्त्री एवं माओवादीका उपाध्यक्ष भट्टराईले आफ्नै पार्टीका मन्त्रीविरुद्ध गैरजिम्मेवार ढंगले सार्वजनिक अभिव्यक्ति दिई भ्रष्टाचार अभियोग लगाउने र मन्त्रालयको निर्णयमा आफूलाई सहभागी नगराइको भन्दै अराजक कि्रयाकलाप गर्ने गरेका आफ्नै पार्टीका दुई राज्यमन्त्री ज्वालाकुमार साह भूमिसुधार र दिलीप महर्जन पर्यटनलाई कुनै कारबाही नगरी उनीहरुको मन्त्रालयमात्र परिवर्तन गरिदिएका छन् । साहलाई पर्यटन र महर्जनलाई भूमिसुधार राज्यमन्त्री बनाइएको छ ।
प्रधानमन्त्रीले गिरीलाई विवादास्पद म्यानपावरको एजेन्सीको इशारामा वैदेशिक रोजगार विभागमा धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण गरेका र सुधारको कार्यक्रम कार्यान्वयनमा जुटेका महानिर्देशक भट्टराईलाई हटाई श्रम तथा यातायात मन्त्रालयमा अनियमिततालाई प्रश्रय दिएको अभियोगमा बर्खास्त गरेको जानकारी उनी निकट स्रोतले दिएका छन् । प्रधानमन्त्रीले विवादास्पद काम गरेकी मन्त्री गिरीलाई बुधबार स्पष्टीकरण लिई राजिनामा मागेका थिए । गिरीले राजिनामा दिनुको सट्टा उल्टै प्रधानमन्त्री र राम्रो काम गरेका कर्मचारीलाई दोष दिई अन्तर्वार्ता िदंदै हिडेपछि उनलाई राजिनामा मागेको दुई दिनपछि नै बर्खास्त गरेका हुन् ।
प्रधानमन्त्रीले विवादास्पद कार्य गरेकामा श्रममन्त्री गिरीसँगै स्वास्थ्य राज्यमन्त्री यादव र भूमिसुधार राज्यमन्त्री ज्वालाकुमार साहसित समेत स्पष्टीकरण लिएका थिए । तर प्रधानमन्त्रीले स्पष्टीकरण लिइएका तीन मन्त्रीमध्ये गिरीलाई मात्र बर्खास्त गरेका हुन् । गिरीको नेपाल सद्भावना पार्टी मधेसी मोर्चामा पनि आवद्ध नभएको र सभासद पनि एक जनामात्रै भएकाले आफ्नो सत्तासमीकरणमा कुनै असर नपर्ने भएकाले गिरीलाई मात्र बर्खास्त गरिएको हो ।
प्रधानमन्त्रीले गिरीजत्तिकै विवादास्पद र गैरजिम्मेवार कार्य गर्दै आएका आफ्नै पार्टीका सामान्य प्रशासनमन्त्री रामकुमार यादव मधेसी मोर्चामा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं िसंचाइमन्त्री महेन्द्रराय यादवसित स्पष्टीकरणसमेत मागेनन् । सामान्य प्रशासनमन्त्री यादवको पहलमा मन्त्रालयले माघ महिनामा १८ सय ९ जना कर्मचारीको सरुवा गरेका थिए जसमध्ये धेरैजसोको सरुवा निजामती ऐन तथा नियमावली र मापदण्ड मिचेर गरिएको थियो । सरकारद्वारा नै गठित छानबिन समितिले सामान्यको सरुवामा कानुन र मापदण्ड मिचिएको र त्यसमा मन्त्री यादव जिम्मेवार रहेको प्रतिवेदन दिएको छ ।
मन्त्रिपरिषदले कानुनसम्मत सरुवा कार्यान्वयन गर्न र कानुन तथा मापदण्डविपरीतका सरुवा सच्याउन निर्देशन दिएको छ । तर सामान्य प्रशासनमन्त्री यादवले मन्त्रिपरिषदको निर्देशनको बेवास्ता गर्नुका साथै सरुवामा आफू बढी जिम्मेवार भए पनि आफू चोखो देखिन प्रशासनिक अधिकारीलाई मात्र दोषी ठहर् याई तत्कालीन सामान्य प्रशासन सचिव तिलकराम शर्मालाई कारबाहीस्वरुप अपमानपूर्वक क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरिदिएका छन् ।
मन्त्रालयको सचिव भइसकेको व्यक्तिलाई क्षेत्रीय प्रशासकमा नपठाउने सरकारले बसालेको मापदण्डविपरीत शर्मालाई सरुवा गरिएको हो । यादवले सामान्यकै कर्मचारी प्रशासन महाशाखा प्रमुख कृष्ण राउतलाई समेत विवादास्पद सरुवामा जिम्मेवार देखाई कारबाहीस्वरुप अन्यत्र सरुवा गरिदिएका छन् । प्रधानमन्त्रीले कर्मचारी सरुवामा कानुन र मापदण्ड मिच्ने सामान्य प्रशासनमन्त्री यादवलाई कारबाही गर्नु त परेको कुरा सचेतसम्म नगराई कारबाहीबाट उन्मुक्ति दिएका छन् । साथै यादवले प्रशासनिक अधिकारीलाई मात्र सरुवामा दोषी ठहर् याई दुःख दिने नियतले मन्त्रिपरिषदबाट सरुवा गर्न प्रस्ताव गर्दासमेत निर्णय गर्न सहयोग पुर् याएर प्रधानमन्त्रीले उल्टै कानुन र मापदण्ड मिच्ने मन्त्रीकै संरक्षण गरेका छन् ।
आफूले भनेअनुसार सरुवा नगरेको भन्दै सचिव वृन्दा हाडा भट्टराईलगायतका आफ्नै मन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई अश्लील र अमर्यादित भाषामा गालीगलौज गरेका िसंचाइमन्त्री यादवलाई समेत प्रधानमन्त्रीले कारबाही गर्नु त परको कुरा सचेतसम्म गरेनन् । मन्त्री यादव र उनका स्वकीय सचिव मनोज चौधरीले कानुनविपरीत सरुवा गर्न नमानेकामा सचिव भट्टराई िसंचाइ विभाग र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक क्रमशः अनिल पोखरेल र कमल रेग्मीलाई अश्लील र अर्मादित भाषामा गाली गरेका थिए । महिला सचिव भट्टराईमाथि कल्पनासम्म पनि गर्न नसकिने अश्लील भाषामा गाली गरेका थिए । सचिव भट्टराईलगायतका अधिकारीहरु प्रधानमन्त्री र मुख्यसचिव माधव घिमिरेलाई भेटी आफूहरु मन्त्री यादवसित कार्य गर्न नसक्ने जानकारी गराएका थिए ।
मधेसी मोर्चाको नौ सभासद भएको एउटा ठूलो घटक तमलोपा नेपाल सरकारबाट बाहिरिए सत्ता समीकरण अल्पमतमा परी संकटमा पर्ने भएकाले मन्त्री यादवलाई सचिवलगायतका अधिकारीप्रति अश्लील र अर्मादित ढंगले गाली गरेकामा दुःख प्रकट गर्न लगाएर प्रधानमन्त्रीले जोगाएको जानकारी स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार सचिवलगायतसित विवाद साम्य पार्ने क्रममा यादवले मन्त्रालयकै अधिकारीलाई मध्यस्थता गर्न ठूला िसंचाइ र जनताका तटबन्ध आयोजनाका प्रमुखहरुबाट नाजायज फाइदासमेत लिएको िसंचाइ मन्त्रालयका अधिकारीले उल्लेख गरेका छन् ।
भूमिसुधार राज्यमन्त्री साहले आफ्नै मन्त्री भीमप्रसाद गौतममाथि पटकपटक भूमाफियाको चलखेलमा लाखौं भ्रष्टाचार गरी मन्त्रालयमा थुप्रै कर्मचारीको सरुवा गरेको आरोप सार्वजनिक रुपमा लगाएकी थिइन् । उनलाई प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएकामा स्पष्टीकरण लिए पनि कुनै कारबाही गरेनन् । बरु प्रधानमन्त्रीले आफ्नै पार्टीकी राज्यमन्त्री भएकाले उनलाई भूमिसुधारको सट्टा पर्यटन राज्यमन्त्रीको जिम्मा दिएर संरक्षण गरेका छन् । त्यसैगरी पर्यटन राज्यमन्त्री महर्जनले आफ्नै मन्त्री लेखराज बिष्टमाथि भ्रष्टाचार गरेको र आफूलाई मन्त्रालयको निर्णय प्रकि्रयामा सहभागी नगराएको भन्दै गैरजिम्मेवार ढंगले सार्वजनिक अभिव्यक्ति िदंदै आएका थिए । प्रधानमन्त्रीले महर्जनलाई पनि आफ्नै पार्टीको सभासद भएको हुनाले पर्यटनबाट भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएर कारबाहीबाट उन्मुक्ति दिएका छन् ।
स्वास्थ्य राज्यमन्त्रीजस्तो जिम्मेवार व्यक्ति सरोज यादवले साँझमा रक्सीले मातेर वीर अस्पतालका चिकित्सक कर्मचारी र साचारकर्मीलाई अभद्र व्यवहार गरे पनि प्रधानमन्त्रीले उनलाई कुनै कारबाही गरेनन् । बरु उनले स्वास्थ्यमन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राज्यमन्त्री यादव र वीर अस्पतालका चिकित्सक तथा कर्मचारी दुवैलाई आत्मआलोचना गराएरलाई अनुशासनमा राख्न निर्देशनमात्र दिएको जानकारी स्रोतले दिएको छ ।
स्वास्थ्य राज्यमन्त्रीले मात्र अस्पतालमा गैरजिम्मेवार व्यवहार गर्ने तर आत्मआलोचना भने वीर अस्पतालका चिकित्सक र कर्मचारीलाई समेत गराउन लगाउने प्रधानमन्त्रीको निर्देशन आफैंमा हास्यास्पद र गैरजिम्मेवार रहेको स्रोतले उल्लेख गरेको छ । सद्भावनासमेत मधेसी मोर्चाको एउटा प्रमुख घटक भएकाले सत्ता समीकरणमा असर नपरोस् भनेर स्वास्थ्य राज्यमन्त्री यादवलाई संरक्षण गरेको जानकारी स्रोतले दिए । प्रधानमन्त्रीले यादवसित स्पष्टीकरण भने लिएका थिए ।
प्रधानमन्त्रीले राष्ट्रिय जनमुक्ति पार्टीका नेता एवं सभासद मालबरिसंह थापालाई श्रममन्त्री नियुक्त गरेर आफ्नै पार्टीका उपाध्यक्ष मोहन वैद्य नेतृत्वको असन्तुष्ट पक्षलाई झापड दिएका छन् छन् । प्रधानमन्त्रीले थापालाई मन्त्री बनाएर आफ्नो सरकारविरुद्ध संघर्ष गर्न मोर्चा निर्माणमा लागेका आफ्नै पार्टीको असन्तुष्ट पक्षलाई प्रयासलाई कमजोर बनाएका हुन् । वैद्य पक्षले भट्टराई सरकारविरुद्ध र जातीय पहिचानसहितको संघीयताका लागि संघर्ष गर्न मोर्चा बनाउन विभिन्न कम्युनिस्ट र जातीय पार्टीसित छलफल सुरु गरेका थिए । छलफलमा जनमुक्ति पार्टी मोर्चासमेत सामेल थिए । मोर्चालाई कमजोर बनाउन जनमुक्ति पार्टीका नेतालाई मन्त्री बनाइएको जानकारी प्रधानमन्त्री निकट स्रोतले उल्लेख गरेका छन् । थापा मन्त्री बनेपछि उनको जनमुक्ति पार्टी वैद्य पक्षको पहलमा निर्माण हुन लागेको मोर्चामा सामेल हुने छैन ।
जनमुक्ति पार्टीका दुई सभासदले भट्टराई प्रधानमन्त्री निर्वाचित हुँदा मत हाली सहयोग गरेका कारण थापालाई मन्त्री बनाइएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीले थापालाई शुक्रबार मध्याह्न सपथ खुवाए । थापाले शुक्रबार नै पद बहाली गरेका छन् ।


बुट प्रणालीबाट द्रुतमार्ग निर्माण गर्न समिति गठन

काठमाडौं, १० चैत- सरकारले काठमाडौं-तराई जोड्ने द्रुत मार्ग बुट निर्माण साचालन र हस्तान्तरण प्रणालीबाट निर्माणको प्रकि्रया अघि बढाउन आवश्यक कागजात तयार गर्न पूर्व भौतिक योजना तथा निर्माणसचिव वीरेन्द्रबहादुर देउवाको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले द्रुत मार्गको निर्माण बुट प्रणालीबाट गर्नका लागि आवश्यक कागजात अनुभवी व्यक्तिहरुबाट तयार गर्न सात सदस्यीय समिति गठन गरेको जानकारी शिक्षामन्त्री दिनानाथ शर्माले जानकारी दिए । समितिलाई तीन महिनाको म्याद दिइएको छ ।
'अनुभवी व्यक्तिहरु रहेको उच्चस्तरीय समितिले द्रुत मार्ग बुट प्रणालीमा निर्माण गर्न दिन आवश्यक कागजात तयार गर्छ र त्यही कागजातका आधारमा ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनोट गरी द्रुत मार्ग बुट प्रणालीबाट निर्माण गर्न दिइनेछ' भौतिक योजना सचिव तुलसी सिटौलाले जानकारी दिए ।
समितिमा सडककै पूर्व सहसचिवद्वय हरिप्रसाद ढकाल, रामअयोध्या प्रसाद, सडक विभागका महानिर्देशक दिनकर शर्मा, फास्ट ट्रयाक आयोजना प्रमुख दिनेश बस्नेत, अर्थमन्त्रालयका प्रतिनिधि र भौतिक योजना मन्त्रालयका कानुन शाखा प्रमुख उपसचिव राजेन्द्र नेपाल सदस्य छन् ।
यसैबीच संसदको सार्वजनिक लेखा समितिले आफ्नो पूर्व निर्णयमा पुनर्विचार गरी कानुनअनुसार सम्बन्धित काममा अनुभवप्राप्त कम्पनीबीच प्रतिस्पर्धा गराएर बुट प्रणालीबाट द्रुत मार्ग निर्माण अघि बढाउन निर्देशन दिएको छ । यसअघि समितिले जुनसुकै अनुभव भएका कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराउन निर्देशन दिएपछि द्रुत मार्ग निर्माणका लागि कम्पनी छनोट प्रकि्रया अघि बढाउन मन्त्रालयलाई समस्या परेको थियो । समितिको पछिल्लो निर्देशनले बुट प्रणालीबाट द्रुत मार्ग निर्माण अघि बढाउने बाटो खुलेको छ ।
दुग्ध विकासमा पन्त
मन्त्रिपरिषदले दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा बाबुकाजी पन्तलाई नियुक्त गरेको छ । नेसनल ट्रेडिङ लिमिटेडका अध्यक्ष गोविन्द शर्मा घिमिरेले दिएको राजिनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

Thursday, March 22, 2012

सौर्य ऊर्जाबाट ५० मेगावाट बिजुली उत्पादनका लागि पावर टेक कम्पनीलाई सर्वेक्षण लाइसेन्स


काठमाडौं, ९ चैत- ऊर्जा मन्त्रालयले पिपुल्स डेभलप्मेन्ट एन्ड पावर टेक कम्पनीलाई ठूलो स्केलमा सौर्य ऊर्जा सोलार पावर उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गर्न लाइसेन्स दिएको छ । विद्युत् विकास विभागको प्रस्तावमा ऊर्जा मन्त्रालयस्तरीय निर्णयबाट तनहुँको मानुङडाँडामा सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादन गर्नका लागि सर्वेक्षण लाइसेन्स दिएको जानकारी स्रोतले दिएका छन् ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार तनहुँको सदरमुकाम दमौली पारीको जामुने गाविसमा पर्ने अग्लो मानुङडाँडाको चुचुराको फराकिलो भागमा ठूल्ठूला सौर्य ऊर्जा प्यानल राखेर बिजुली उत्पादन गर्ने र त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना कम्पनीको छ ।
बिहानदेखि बेलुकासम्म घाम लागिरहने डाँडाको फराकिलो भागमा सोलार पावर स्टेसन स्थापना गरेर बाह्रै महिना ५० मेगावाट बिजुली गर्नका लागि सम्भाव्यता अध्ययन गर्न कम्पनीले लाइसेन्स लिएको हो ।
स्पेनिस लगानीकर्तासित संयुक्त लगानीमा सौंर्य ऊर्जा उत्पादन गर्ने योजना कम्पनीको छ । आवेदनमा कम्पनीले स्पेनिस लगानीकर्ता आउन तयार रहेको आवेदनमा उल्लेख गरेको छ । विद्युत् ऊर्जाभन्दा सौर्य ऊर्जा उत्पादन लागत दोब्बर पर्छ ।
एक मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न ३५ देखि ५० करोड रुपैयाँ लागत पर्छ जबकि जलविद्युत् उत्पादन गर्न प्रतिमेगावाट १५ देखि २० करोड रुपैयाँ लागत लाग्छ । ५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न १७ अर्ब ५० करोडदेखि २० अर्ब रुपैयाँसम्म लागत पर्न सक्ने अनुमान छ । सर्वेक्षणपछि लागत कति लाग्ने यकिन हुने जानकारी स्रोतले दिएको छ ।
हालसम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य ऊर्जाबाट देशभर करिब ८ मेगावाट बिजुली उत्पादन गरिरहेको छ त्यसबाट देशभरका ४ लाख घरमा बिजुली बलेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्द पोखरेलका अनुसार एक स्क्यायर मिटरको सोलार प्यानलबाट दैनिक ४ देखि ६ युनिट बिजुली निस्कन्छ ।

श्रममन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले हटाउने

प्रधानमन्त्रीद्वारा गणतान्त्रिकसँग साचारमन्त्रीका लागि नाम माग
काठमाडौं, ९ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले मागेअनुसार श्रम तथा यातायातमन्त्री सरिता गिरीले एक÷दुई दिनभित्रै राजिनामा नदिएमा उनलाई पदबाट बर्खास्त गर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले गिरीलाई िसंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार अपराह्न बोलाई श्रम मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इशारामा काम गरेको भन्दै राजिनामा मागेका थिए ।
'हामीलाई विश्वास छ प्रधानमन्त्रीले मागेअनुसार गिरीले एक'दुई दिनमै राजिनामा दिनुहुन्छ । दिनुभएन प्रधानमन्त्रीले उहाँलाई हटाएर अर्को श्रममन्त्री नियुक्त गर्नुहुन्छ' प्रधानमन्त्री निकट स्रोतले बिहीबार भने ।
भट्टराईले आफू प्रधानमन्त्री निर्वाचित हुँदा सहयोग गरेको नाताले नेपाल सद्भावना पार्टीकी नेतृ गिरीलाई आफ्नो पार्टीको कोटामा रहेको श्रम मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागको रहेको विकराल भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका र त्यहाँ सुधार कार्यक्रम लागू गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इशारामा हटाएको भन्दै मन्त्री गिरीको राजिनामा मागेका हुन् । प्रधानमन्त्री आफैंले विभागमा वैदेशिक रोजगारमा जाने गरीब नेपालीलाई दुःख दिएर ठूलो मात्रामा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न र सुधारको कार्यक्रम कार्यान्वयन गर्न भट्टराईलाई महानिर्देशक बनाएर पठाएका हुन् ।
भट्टराई महानिर्देशक भएपछि विभागमा सबैले अनुभूति हुने गरी भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको र सुधारका कार्यक्रमसमेत कार्यान्वयन भइरहेको उल्लेख गर्दै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै दण्डित गरेको भनेर गिरीको आलोचना गरेका थिए ।
गिरीले स्पष्टीकरण दिन आउनु भन्दा नआएको र उल्टै राम्रो गरिरहेका महानिर्देशकमाथि लान्छना लगाएर पत्रकार सम्मेलन गरेपछि रिसाएका प्रधानमन्त्रीले उनलाई बोलाएर राजिनामा मागका हुन् । गिरीले पत्रकार सम्मेलनका क्रममा महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा उनले नराम्रा काम गरेको लिखित तथा मौखिक जनगुनासो आफूसमक्ष आएकाले छानबिनका लागि उनलाई सरुवा गरेको दाबी गरेकी थिइन् ।
यसैबीच प्रधानमन्त्रीले मधेसी जनअधिकार फोरम गणतान्त्रिक लाई भ्रष्टाचारको अभियोग प्रमाणित भएपछि तत्कालीन सूचना तथा साचार मन्त्री जयप्रकाश गुप्ताले राजिनामा दिएको ठाउँमा अर्को मन्त्री नियुक्तिका लागि नाम व्यक्ति सिफारिस गर्न आग्रह गरेका छन् । 'प्रधानमन्त्रीले गणतान्त्रिकसित साचार मन्त्री नियुक्तिका लागि एक÷दुई दिनमा नै नाम सिफारिस गर्न आग्रह गर्नुभएको छ । गणतान्त्रिकबाट नाम सिफारिस भएपछि प्रधानमन्त्रीले गिरीलाई बर्खास्त गरेर एकैचोटि श्रम र सूचनामन्त्री नियुक्त गर्नुहुनेछ' प्रधानमन्त्री निकट स्रोतले भने ।

Wednesday, March 21, 2012

प्रधानमन्त्रीले मागे श्रममन्त्री गिरीको राजिनामा

काठमाडौं, ८ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा यातायातमन्त्री सरिता गिरीलाई मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इशारामा काम गरेको भन्दै उनको राजिनामा मागेका छन् । प्रधानमन्त्रीले गिरीलाई िसंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार अपराह्न बोलाई स्पष्टीकरण लिएर राजिनामा मागेको जानकारी उनी निकट स्रोतले दिएका छन् ।
उनी प्रधानमन्त्रीमा भट्टराईलाई निर्वाचित गर्न सहयोग गरेको पार्टी सद्भावनाका तर्फबाट मन्त्री भएकी हुन् । उनलाई प्रधानमन्त्रीले कहिलेसम्म राजिनामा दिन भनेका छन् भन्ने कुरा भने स्रोतले उल्लेख गरेन । स्रोतका अनुसार प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागको रहेको विकराल भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका र त्यहाँ सुधार कार्यक्रम लागू गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इशारामा किन सरुवा गरेको भन्दै मन्त्री गिरीप्रति रोष प्रकट गरेका थिए ।
भट्टराई महानिर्देशक भएपछि विभागमा सबैले अनुभूति हुने गरी भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको र सुधारका कार्यक्रमसमेत कार्यान्वयन भइरहेको उल्लेख गर्दै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै दण्डित गरेको भनेर गिरीको आलोचना गरेका थिए ।
गिरीलाई 'तपाईंको कदमले विभागमा वैदेशिक रोजगारमा जाने गरीब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार पुनः बढ्ने र सुधारका कार्यक्रमसमेत प्रभावित भएको छ । म विभागमा गरीब नेपाली ठगिएको टुलुटुलु हेरेर बस्न सक्तिन । अब तपाईले राजिनामा गरेर मलाई सहयोग गर्नूस्' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भने ।
प्रधानमन्त्रीले 'मैले सोमबार स्पष्टीकरण दिन आउनु भन्दा नआउने उल्टै राम्रो गरिरहेका कर्मचारीमाथि लान्छना लगाएर किन पत्रकार सम्मेलन गरेको ' भनेरसमेत सोधेका थिए । प्रधानमन्त्रीसमक्ष स्पष्टीकरण दिन नगई उल्टै मंगलबार पत्रकार सम्मेलन गरी गिरीले महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा उनले नराम्रा काम गरेको लिखित तथा मौखिक जनगुनासो आफूसमक्ष आएकाले छानबिनका लागि उनलाई सरुवा गरेको दाबी गरेकी थिइन् ।
उनले प्रधानमन्त्रीसमक्ष पनि यही दाबी दोहोर् याएको स्रोतले जानकारी दिए । वैदेशिक रोजगारीका नामा मानव तस्करी गरी लुट मच्चाइरहेका म्यानपावर एजेन्सीहरुले भट्टराईलाई महानिर्देशक भएदेखि नै त्यहाँबाट हटाउन मन्त्री गिरीलाई दबाब िदंदै आएका थिए ।
गिरीले प्रधानमन्त्रीले आफूसित राजिनामा मागेकोबारेमा बोल्न चाहिनन् ।' प्रधानमन्त्रीसँग आज बुधबार मेरो भेट भएको हो । प्रधानमन्त्रीले आफ्नो दृष्टिकोण राख्नुभयो मैले आफ्नो धारणा राखेंं । थप के कुरा भएको हो म अहिले बोल्दिन' गिरीले भनिन् ।

सरुवाको गोलचक्करले सरकारी सेवा प्रवाहमा नकारात्मक असर

काठमाडौं, ८ चैत- सामान्य प्रशासन मन्त्रालय र विभिन्न निकायबीच समन्वय नगरी कर्मचारीहरुको ठूलो संख्यामा सरुवा गर्ने र कार्यान्वयन नहुँदै स्थगित गर्ने गोलचक्करका कारण सरकारको सेवा प्रवाहमा गम्भीर नकारात्मक असर परेको सरकारी अधिकारीहरुले बताएका छन् । सामान्यले सरुवा गरे पनि निर्णय स्थगित भएका कारण अर्को मन्त्रालयमा जान नपाएकालाई विभिन्न मन्त्रालयले आफू मातहतकै अर्कै ठाउँमा सरुवा गरिदिएका कारण कर्मचारीहरुको सरकारको अकर्मण्यताको गोलचक्करमा परेका हुन् ।
सामान्य मन्त्रालयका एक अधिकारीका अनुसार सरुवा भई अन्य निकायमा जाने मानसिकतामा रहेका कर्मचारीहरुलाई पुरानै ठाउँमा बसेर काम गर्ने वातावरण र मनस्थिति दुवै नहुने भएकाले सरकारको सेवा प्रवाहमा नकारात्मक असर परिरहेको छ ।
सामान्य प्रशासन मन्त्रालयले माघ महिनामा १८ सय ९ जना र महालेखा नियन्त्रकको कार्यालयले फागुनमा ११ सय कर्मचारीको सरुवा गरेका थिए । सामान्य प्रशासनले सरुवा गरेकामध्ये करिब ३ सय जनाले मात्र चिठी पाई अर्को ठाउँमा गएका छन् । दुवै निकायले सरुवा गरेकामध्ये सामान्य र महालेखा नियन्त्रण कार्यालयले आफूले गरेको निर्णय कार्यान्वयन गर्ने हिम्मत नगरेका कारण ३५ सयभन्दा बढीको सरुवा स्थगित भएको छ । त्यति ठूलो संख्यामा कर्मचारीले कुन ठाउँमा काम गर्ने भन्ने अन्यौल र अराजकता उत्पन्न भएको छ ।
कर्मचारी संगठनहरुको विरोध र दादागिरीका कारण सामान्य र महालेखा नियन्त्रण कार्यालयले सरुवाको निर्णय स्थगित गरेका हुन् । निर्णय कार्यान्वयन हुने/नहुने निश्चित नभएका कारण सरुवा भएका कर्मचारी अन्यौलमा परेका हुन् । अर्कातिर कमाउ अड्डाका सरुवा भएका कर्मचारीको निर्णय कार्यान्वयन नहुँदा उनीहरुले संक्रमणको समयमा झन् बढी लुट मच्चाउने खतरासमेत बढेको जानकारी एक सरकारी अधिकारीले दिए ।
सामान्य प्रशासनले अन्यत्रै निकायमा सरुवा गरेका तर रमानापत्र पाउन बाँकी कर्मचारीलाई विभिन्न मन्त्रालयले आफ्नै मन्त्रालय मातहत एक ठाउँबाट अर्को निकायमा सरुवा गरेका छन् । सामान्यले सरुवाको निर्णय कार्यान्वयन गरेमा मन्त्रालयहरुले गरेको सरुवा के हुने भन्ने कानुनी प्रश्नसमेत उब्जिएको छ । विभिन्न मन्त्रालय र निकायले हजारौंको संख्यामा कर्मचारी सरुवा गरेका छन् जसमा सामान्यले सरुवा गरेका सयौं कर्मचारीसमेत परेका छन् । दुवैले कानुनसम्मत ढंगले सरुवा गरेका कारण कसको निर्णय कार्यान्वयन हुने भन्ने अन्यौल छ ।
सामान्यले सरुवा गरेकामध्ये करिब ३ सय जनालाई चिठी दिइसकेको छ । ती कर्मचारी सरुवा भएका ठाउँमा गइसकेका छन् उनीहरु जुन ठाउँमा सरुवा भएका हुन् त्यहाँका कर्मचारी निर्णय स्थगित भएका कारण सोही ठाउँमा छन् । एउटै पदमा दुई जना कर्मचारी हुन पुगेकाले विभिन्न निकायलाई कर्मचारी व्यवस्थापन गर्न र कसबाट काम गराउने भन्ने अन्यौलसमेत उत्पन्न भएको छ ।
विवाद भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य प्रशासनले गरेको सरुवाको निर्णय रद्द गर्न निर्देशन दिएको थियो । तर सामान्य प्रशासनले आफूले गरेको सरुवामा मन्त्रिपरिषदले नीतिगत निर्णय गरी कानुनसम्मतलाई सदर तथा मापदण्ड नपुगेका सरुवालाई सच्याउन या संशोधन गर्न नीतिगत निर्देशन दिएको जानकारी गराई सोहीअनुसार गर्न दिन अख्तियारलाई अनुरोध गरेको थियो । अनुरोधपछि अख्तियारले आफ्नो सरुवा रद्द गर्ने निर्णयलाई थाँती राखी मन्त्रिपरिषदको नीतिगत निर्देशनअनुसार सामान्य प्रशासनलाई सरुवाको निर्णय अघि बढाउने बाटो खोलिदिएको छ ।
कर्मचारी संगठनहरुको विरोधका कारण मन्त्रिपरिषदको नीतिगत निर्देशन दिए पनि सामान्य प्रशासन मन्त्रालयले कानुनसम्मत सरुवालाई सदर र मापदण्डविपरीत सरुवालाई सच्याउने या संशोधन गर्ने कार्य सुरु नै गर्न सकेको छैन । मन्त्रिपरिषदले निजामती सेवा नियमावली नै संशोधन गरी सरुवाको निर्णय सच्याई कार्यान्वयन गर्न चैत महिनाभरको अवधि दिएको छ । तर सामान्यले कानुनसम्मत सरुवा कार्यान्वयन गर्ने मापदण्डविपरीतलाई सच्याउने र संशोधन गर्ने प्रकि्रया नै सुरु नगरेको जानकारी एक अधिकारीले दिए ।
सरुवा गर्ने तर विरोध भयो भनेर कार्यान्वयन नगर्ने प्रवृत्तिले एकातिर सरकारको समग्र सेवा वितरण प्रणाली कर्मचारीको मानसिकता र काम गर्ने वातावरणमा असर परेको छ भने अर्कातिर निर्णय गर्ने निकाय सामान्य प्रशासन मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय को विश्वसनीयतामै प्रश्न उठेको जानकारी एक अधिकारीले दिए ।

Tuesday, March 20, 2012

िसंचाइमन्त्री निजी सचिवलाई बढी चढाएर सचिवसित मिले

मन्त्रीद्वारा सचिव भट्टराईलाई अमर्यादित शैलीमा गाली गरेकामा  आत्मआलोचना
काठमाडौं, ७ चैत- िसंचाइमन्त्री महेन्द्रराय यादवले 'आत्मआलोचना' गरेपछि आफ्ना सचिव वृन्दा हाडा भट्टराई र मातहतका अधिकारीहरुसित सरुवालाई लिएर बढेको विवाद साम्य भएको छ ।
यादवले िसंचाइ मन्त्रालयमा विशिष्ट श्रेणीदेखि इन्जिनियर शाखा अधिकृत सम्मका अधिकारीहरुसित मंगलबार बैठक गरी सचिव भट्टराईलाई आफूले अमर्यादित शैलीमा गाली गरेकामा आत्मआलोचना गरेपछि विवाद साम्य भएको जानकारी एक अधिकारीले दिए ।
'मन्त्रालयमा भएको सरुवालाई मैले बोलेको कुराले सचिव भट्टराईलाई चोट पुगेको भए म त्यसप्रति दुःख प्रकट गर्छु' बैठकमा मन्त्री यादवले आत्मआलोचना गर्दै भनेको उद्धृत गरी एक अधिकारीले कान्तिपुरसित भने ।
यादव र भट्टराईको 'मिलाप' गर्ने क्रममा मन्त्रीका निजी सचिव मनोज चौधरीले पदबाट हात धुनुपरेको छ । सरुवालाई लिएर विवाद हुँदा मन्त्रीले भन्दा चौधरीले सचिवलाई बढी गाली गरेको हुनाले मिलापको एउटा शर्तका रुपमा उनलाई निजी सचिव सचिवबाट हटाइएको जानकारी मन्त्रालयका एक अधिकारीले दिए । मन्त्रीले विद्युत् प्राधिकरणका इन्जिनियर चौधरीलाई मन्त्रालयमा ल्याएर निजी सचिव बनाएका थिए । उनलाई निजी सचिवबाट हटाएर प्राधिकरणमा नै फर्काइएको छ ।
त्यसको प्रत्युत्तरमा सचिव भट्टराईले पनि आफूले गरेको सरुवाको निर्णय राम्रो रहेको जिकिर गर्दै आफू र मातहतका अधिकारीसमेत मन्त्रीसँग मिलेर जान तयार रहेको अभिव्यक्ति दिएकी थिइन् । सरुवाको विवाद बढेपछि मन्त्रालयका कर्मचारीले चैत १ मा नै आफ्ना सचिवलाई अभद्र गाली गर्ने निजी सचिव चौधरीको नेम्प्लेटसमेत हटाइदिएका थिए ।
प्रधानमन्त्रीले सरुवालाई लिएर विभिन्न मन्त्रालयमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच विवाद बढेपछि सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाई सोमबार मिलेर जान निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिएकै भोलिपल्ट मन्त्रालयकै केही अधिकारीको मध्यस्थतामा मन्त्री र सचिव तथा मातहतका अधिकारीबीच मिलाप गरिएको जानकारी दिए । मिलापपछि सरुवालाई नसच्याई यथावत् राखिएको छ ।
िसंचाइ सचिव भट्टराईले आफ्ना मातहतका अधिकारीसित छलफल गरी मन्त्रालयका २ सय ४१ जनाको सरुवा गरेपछि मन्त्री यादव आफूले भनेका मान्छे सरुवामा नपरेको भन्दै आक्रोशित भएका थिए । मन्त्री यादव र उनका निजी सचिव चौधरीले सरुवा सच्याउन गरेको आग्रह नमानेपछि सचिव भट्टराईलाई अश्लील र अर्मादित भाषामा गाली गरी आक्रोश व्यक्त गरेका थिए ।
त्यसपछि सचिव भट्टराई िसंचाइ विभाग र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक क्रमशः अनिल पोखरेल र कमल रेग्मी, नायव महानिर्देशकहरु, मन्त्रालयका सहसचिव खोमराज दाहाललगायतका अधिकारीले प्रधानमन्त्री भट्टराई र मुख्यसचिव माधव घिमिरेलाई भेटी आफूहरु मन्त्री यादवसँग मिलेर काम गर्न नसक्ने जानकारी गराएका थिए । मिलापपछि दुवै पक्षले एक-अर्कासित काम गर्न नसक्ने भनी राखेको इगोसमेत त्यागेको जानकारी स्रोतले दिए । दुवै पक्षलाई मिलेर जानुपर्ने रियलाइजेसन भएकाले मन्त्रालयका अधिकारीले गरेको मध्यस्थताबाट मिलाप सम्भव भएको जानकारी स्रोतले दिए ।

Monday, March 19, 2012

सरकारद्वारा माओवादीका दुई कार्यकर्तालाई गोप्यरुपमा सहिद घोषणा

काठमाडौं, ६ चैत- सरकारले मधेस आन्दोलनका क्रममा रुपन्देहीको मर्चवारमा मारिएका माओवादीका दुई कार्यकर्ता विनोद पन्त र शेषमणि लामिछानेलाई गोप्य रुपमा सहिद घोषणा गरेको जानकारी एक सरकारी उच्च अधिकारीले दिएका छन् । सरकारले कस्तालाई सहिद भन्ने कस्तालाई नभन्ने आधारसहितको सहादतको परिभाषा सिफारिस गर्न माओवादीका नेता नवराज सुवेदीको अध्यक्षतामा गठित समितिले प्रतिवेदन दिनुअघि नै हतारमा आफ्ना कार्यकर्तालाई गोप्य रुपमा सहिद घोषणा गरेको हो ।
माओवादी नेतृत्वको मन्त्रिपरिषदको फागुन १५ गते बसेको बैठकले उनीहरुलाई सहिद घोषणा गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक गरेको छैन । मन्त्रिपरिषदको उक्त दिन बसेको बैठकले पेसेवर अपराधी, ज्यानमारा, डकैती र कर्तव्य ज्यानको मुद्दा लागेका एक सयसहित ३ सय ६७ जनाको मुद्दा फिर्ता लिने विवादास्पद निर्णयसँगै मर्चवारमा हत्या गरिएका माओवादीका दुई कार्यकर्तालाई सहिद घोषणा गरेको हो । मुद्दा फिर्ताको निर्णयसमेत सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
सरकारले दुवै जनाको पीडित परिवारलाई राहतस्वरुप १०/१० लाख रुपैयाँ र उनीहरुका छोराछोरीलाई निःशुल्क रुपमा पढाइदिने निर्णयसमेत गरेको छ । सरकारले मधेस आन्दोलनका क्रममा ०६४ जेठ ३० मा मारिएका माओवादीको गण्डक राज्य समितिका सदस्य पन्त र वाईसीएलका केन्द्रीय सदस्य लामिछानेलाई सहिद घोषणा गरेको हो ।
पन्त तनहुँको आँबुखैरेनी र लामिछाने तनहुँकै बन्दिपुर-८ का हुन् । उनीहरु दुवैको राजनीतिक कार्यक्षेत्र रुपन्देही थियो । मधेस आन्दोलनका क्रममा मर्चवारमा मधेसी आन्दोलनकारी र माओवादीबीच भएको झडपमा पन्त र लामिछाने मारिएका थिए । माओवादीको दबाबमा जिल्ला सुरक्षा समिति रुपन्देहीले ०६७ असार ३० मा निर्णय गरी उनीहरु दुवै जनालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो । माओवादी निकटको सहिद प्रतिष्ठान नेपालले समेत दुवै जना मधेस आन्दोलनका क्रममा हत्या गरिएको भन्दै उनीहरुलाई सहिद घोषणा गरी पीडित परिवारलाई राहत दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीद्वारा विवादास्पद तीन मन्त्रीसित स्पष्टीकरण माग

काठमाडौं, ६ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले विवादास्पद निर्णय र अमर्यादित कि्रयाकलाप गरेका आफ्नै मन्त्रिपरिषदका एक मन्त्री र दुई राज्यमन्त्रीसित स्पष्टीकरण मागेका छन् । प्रधानमन्त्रीले श्रम तथा यातायातमन्त्री सरिता गिरी, स्वास्थ्य राज्यमन्त्री सरोज यादव र भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहसित मौखिक स्पष्टीकरण मागेको जानकारी उनका प्रेस सल्लाहकार रामरिझन यादवले दिएका छन् ।
यादवका अनुसार प्रधानमन्त्रीले दुई राज्यमन्त्रीलाई बालुवाटारस्थित आफ्नो निवासमा सोमबार बिहान बोलाई स्पष्टीकरण लिएका थिए । श्रममन्त्री गिरी आइतबार आफ्नो पार्टीको बैठक भएका कारण आइतबार स्पष्टीकरण दिन प्रधानमन्त्री कहाँ नगएको जानकारी स्रोतले दिएको छ । प्रधानमन्त्रीले गिरीसित सोमबार स्पष्टीकरण लिनेछन् ।
प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री यादवलाई मादक पदार्थ सेवन गरी वीर अस्पतालमा गएर चिकित्सक कर्मचारी र पत्रकारलाई दुव्र्यवहार र अमर्यादित भाषामा किन गालीगलौज गरेको भनेर स्पष्टीकरण मागेको जानकारी प्रेस सल्लाहकार यादवले दिए । प्रधानमन्त्रीले त्यस्तो अमर्यादित व्यवहारले राज्यमन्त्री पदकै गरिमा घटाएको र सरकारको बद्नाम गराएको भन्दै अब आइन्दा त्यस्ता कि्रयाकलाप नगर्न चेतावनीसमेत दिएको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई आफ्नै मन्त्री भीमप्रसाद गौतमलाई भूमाफियासित मिलेर लाखौं भ्रष्टाचार गरी कर्मचारीहरुको सरुवा गरेको भनेर गैरजिम्मेवार अभिव्यक्ति किन दिएको भनेर स्पष्टीकरण लिएका थिए । उनले साहलाई आफ्नै मन्त्रीका विरुद्ध जथाभावी अभिव्यक्ति नदिन चेतावनी िदंदै मन्त्रालयका काममा कुनै कमीकमजोरी भएका छन् भने आफूलाई जानकारी गराउन र मन्त्रीसित समन्वय गरी कार्य गर्न निर्देशनसमेत दिएका थिए ।
प्रधानमन्त्रीले श्रममन्त्री गिरीसित वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई किन मन्त्रालयमा काज सरुवा गरेको भनेर स्पष्टीकरण लिन लागेका हुन् । वैदेशिक रोजगारमा जान लागेका गरीब नेपालीलाई दुःख दिएर विभागमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीकै निर्देशनमा भट्टराईलाई पाँच महिनाअघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो । उनी महानिर्देशक हुँदा विभागको भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको र सुधारका कार्यक्रमसमेत कार्यान्वयन भइरहेका थिए ।
विभागमा भ्रष्टाचार नियन्त्रणका कामकारबाही र सुधारका कार्यक्रम प्रभावित हुने गरी किन भट्टराईलाई सरुवा गरेको भनेर प्रधानमन्त्रीले गिरीसित स्पष्टीकरण माग्ने जानकारी प्रेस सल्लाहकार यादवले दिए ।
यसैबीच श्रममन्त्री गिरीले भट्टराईको सरुवालाई लिएर आफूविरुद्ध प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्न मंगलबार पत्रकार सम्मेलन बोलाएकी छन् । गिरीले भट्टराईलाई आफूले सरुवा गर्नुपर्नाका कारण प्रस्ट पार्ने जानकारी स्रोतले दिएका छन् । मन्त्रालयका अधिकारीहरुले भने त्यसबारेमा श्रममन्त्रीलाई पत्रकार सम्मेलन नगर्न सुझाव दिएका थिए ।
स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न माग
नेकपा एमालेले आइतबार साँझ मादक पदार्थ सेवन गरी वीर अस्पतालमा गएर चिकित्सक कर्मचारी र साचारकर्मीलाई अभद्र व्यवहार र अशिष्ट बोली वचनका सात ताण्डव नृत्य र दानवीय व्यवहार गर्ने स्वास्थ्य राज्यमन्त्री यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसत माग गरेका छ । एमालेका तर्फबाट पार्टीको केन्द्रीय स्वास्थ्य जनसंख्या तथा वातावरण विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाटै चिकित्सक र कर्मचारीले अपमानित र असुरक्षित हुनुपरेको उल्लेख गर्दै त्यस्ता राज्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

Sunday, March 18, 2012

सचिवहरुद्वारा हस्तक्षेपविरुद्ध सामूहिक राजिनामा दिने चेतावनी

सचिव बैठकद्वारा चार सचिवलाई मन्त्री र युनियनले प्रताडित गरेकामा दुःख प्रकट
काठमाडौं, ५ चैत- सबै मन्त्रालय र निकायका सचिवहरुले मन्त्रीको हस्तक्षेप तथा युनियनहरुको दादागिरी र गुण्डागर्दीका कारण आफ्ना सहकर्मीहरु प्रताडित भएकामा सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् ।
मुख्यसचिव माधव घिमिरेले विभिन्न मन्त्रालयको सरुवामा प्रशासनिक नेतृत्वले मन्त्री र युनियनहरुको धम्की र अपमान भोग्नुपरेको विषयमा छलफल गर्न आइतबार बोलाएको सबै मन्त्रालय र सचिवहरुको बैठकमा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन् ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार उनीहरुले सरुवालाई लिएर सचिवहरु वृन्दा हाडा भट्टराई ि(संचाइ), किशोर थापा शिक्षा प्रतापकुमार पाठक (महालेखा नियन्त्रक) र तिलकराम शर्मा (तत्कालीन सामान्य प्रशासन) राजनीतिक नेतृत्वको धम्की र युनियनको दादागिरीले मानसिक प्रताडित हुनुपर्दा पनि प्रधानमन्त्री र प्रशासनिक नेतृत्व मुख्यसचिव घिमिरेले कुनै कदम नचालेकामा गम्भीर रोष प्रकट गरेका थिए ।
बैठकमा सचिवहरुले पसा्रका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी जिल्ला विकास अधिकारीहरु मन्त्रीबाट कार्यकक्षमै कुिटंदा वरिष्ठ सचिवहरुको अपमानपूर्वक सरुवा हुँदा राजनीतिक हस्तक्षेपका कारण एकपछि अर्को सचिव राजिनामा दिन बाध्य हुँदा सरकार र प्रशासनिक नेतृत्वले कुनै कदम नचालेकाले राजनीतिक हस्तक्षेप र युनियनको गुण्डागर्दी उत्कर्षमा पुगेको उल्लेख गरेका थिए ।
स्थानीय विकास सचिव शीतलबाबु रेग्मीलगायतका अधिकारीले राजनीतिक हस्तक्षेप स्वीकार गर्न नसक्ता सात महिनायता नै तीन सचिव रामेश्वर खनाल, सुधा शर्मा र शंकर पाण्डेले राजिनामा दिएको युनियनको दादागिरी र अपमान सहन नसकेर वर्तमान शिक्षा सचिव थापाले पद छाड्ने निर्णयमा पुगेको उल्लेख गर्दै राजनीतिक हस्तक्षेप र युनियनहरुको दादागिरीविरुद्ध आफू सबैले सामूहिक राजिनामा दिने प्रस्ताव गरेका हुन् ।
'राजनीतिक हस्तक्षेपबाट काम गर्न नसकेपछि तत्कालीन अर्थसचिव रामेश्वर खनाल, तत्कालीन स्वास्थ्य सचिव सुधा शर्माले र कानुनविपरीत सरुवा भएकामा तत्कालीन शिक्षा सचिवले राजिनामा दिन बाध्य हुनुभयो । युनियनहरुको दादागिरीले शिक्षा सचिव किशोर थापा राजिनामा दिने निर्णय पुग्नुभएको छ । सचिवहरु एक÷एक जनाले राजिनामा िदंदै जाँदा राजनीतिक हस्तक्षेप र युनियनको दादागिरी रोकिन्न । यस्तो अराजक कि्रयाकलापका विरुद्ध हामीले सामूहिक कदम चाल्न पर्छ । अब थापाजीले मात्र होइन हामी सबैले सामूहिक रुपमा राजिनामा दिउँ' रेग्मीले भने । उनको भनाइप्रति धेरैजसो सचिवले सहमति जनाएका थिए ।
रेग्मीले राजनीतिक हस्तक्षेप र युनियनहरुको दबाबमा मुलुकमा पि्रपेड, पोस्टपेड, रिचार्ज जस्ता विकृत सरुवा हुने गरेको उल्लेख गर्दै त्यसो गर्न नमान्दा प्रशासनिक नेतृत्व प्रताडित हुने गुण्डागर्दीको शिकार हुनुपर्ने स्थितको अन्त्य गर्न सबै सचिवले सामूहिक कदम चाल्नुको विकल्प नभएको बताएका थिए ।
िसंचाइ सचिव वृन्दा हाडाले कानुनअनुरुप सरुवा गर्दा आफ्नै मन्त्री महेन्द्र यादवले आफूलाई अश्लील र अर्मादित भाषामा गाली गरेर धम्क्याउँदा आफू मानसिक रुपमा प्रताडित भएको उल्लेख गरेकी थिइन् । 'मन्त्रीबाट मविरुद्ध जस्तो अमर्यादित र अश्लील भाषा प्रयोग भयो म यतिविधि प्रताडित छु कि म सबै कुरा यहाँ भन्न पनि सक्तिन' उनको भनाइ उद्धृत गर्दै स्रोतले भने ।
बैठकमा सबैजसो सचिवले एक स्वरमा युनियनहरुको गुण्डागर्दी र हस्तक्षेप बढेको र राजनीतिक नेतृत्वले समेत कानुनी दायरा बाहिर गरेर प्रशासकहरुलाई गैरकानुनी दबाब दिने गरेको उल्लेख गरेका थिए । उपसचिवसम्मको सरुवा गर्ने अधिकार सचिव र मातहतका अधिकारीको भएको उल्लेख गर्दै त्यसमा राजनीतिक तह या युनियनबाट हस्तक्षेपको स्थिति आएमा प्रशासकहरुले सामूहिक कदम चाल्नुपर्ने र त्यसको नेतृत्व मुख्यसचिवले गर्नुपर्ने धारणा राखेका थिए ।
सचिव ताना गौतमले सचिव बढुवा हुन युनियनका नेताहरुको पछि लागेर नेताकहाँ धाउने गरेका कारण नै युनियनहरुको दादागिरी र हस्तक्षेप बढेको उल्लेख गर्दै प्रशासकहरुले पनि यस्तो प्रवृत्तिमा सधार ल्याउपर्ने बताएका थिए ।
'हामी प्रशासकहरुले पनि मन्त्रीका अनावश्यक हस्तक्षेप मान्ने चाकरी गर्ने युनियनलाई उचाल्नेजस्ता कामकारबाही गरेका कारण त्यसको उत्कर्षका रुपमा अहिले राजनीतिक हस्तक्षेप र युनियनहरुको गुण्डागर्दी बढेको हो' सचिव लीलामणि पौडेलले प्रशासकहरुले पनि त्यस्ता गल्ती सुधार गर्नुपर्ने आवश्यक औंल्याए ।
निमित्त ऊर्जा सचिव अर्जुनकुमार कार्कीले युनियनको हस्तक्षेप र गुण्डागर्दी बढ्नुमा सरुवा अन्तिम दिनको पनि रातमा गर्ने प्रवृत्तिसमेत कारक रहेको उल्लेख गर्दै युनियनहरुको अराजक कि्रयाकलाप रोक्न आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउनुपर्ने बताए ।
बैठकमा शिक्षा सचिव किशोर थापाले आफ्नै मन्त्रालयका कनिष्ठ कर्मचारीले तथानाम गाली गर्ने धम्क्याउने युनियनका नाममा हुलहुज्जत र दादागिरी भएपछि आफूलाई साह्रै ग्लानी भएर राजिनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका थिए ।
मुख्यसचिवसहित बैठकमा बोल्ने सबै सचिवले सरुवामा हाल देखिएका समस्याका विरुद्ध सामूहिक रुपमा कदम चाल्नुपर्छ भन्दै शिक्षा सचिव थापालाई राजिनामा नदिन आग्रह गरेका थिए । प्रत्युत्तरमा थापाले पदबाट बाहिरिएर सरकार र प्रशासन संयन्त्रलाई असहयोग गर्ने आफ्नो मनसाय नरहेको उल्लेख गर्दै राजिनामापत्र खल्तीमा हालेर ल्याए पनि सबै सहकर्मी साथीहरुको आग्रहमा राजिनामा नदिने बताएका थिए ।
सचिवहरुको बैठकले विज्ञप्ति जारी गरी कानुनबमोजिम सरुवा गर्दा आफ्ना सहकर्मीहरुलाई मन्त्री र युनियनहरुले प्रताडित गरेकामा दुःख प्रकट गरेको छ । बैठकले सरुवाका सवालमा राजनीतिक हस्तक्षेत्र र युनियनहरुको गुण्डागर्दीका विरुद्ध सामूहिक रुपमा अडान लिने निर्णय गर्दै सचिवहरुलाई मानसिक रुपमा प्रताडित गरिएकामा दुःख प्रकट गरेको हो ।
बैठकले सचिवहरुले मन्त्रीको हस्तक्षेप र युनियनका दादागिरीविरुद्ध अडान लिने सचिवहरुप्रति मनोबल उच्च राखेर कार्य गर्न सामूहिक ऐक्यबद्धतासमेत प्रकट गरेको  छ ।








अनावश्यक दबाब दिने मन्त्री र युनियनका पदाधिकारीलाई कारबाही गर्छु :'प्रधानमन्त्री

काठमाडौं, ५ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले केही समययता सरुवाको विवाद तरंगित हुँदै गएको उल्लेख गर्दै कानुनबमोजिम काम गरेका सचिवलाई हस्तक्षेप र धम्की दिने मन्त्री र युनियनका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले मन्त्री र सचिवहरुलाई आइतबार अपराह्न आफ्नो कार्यकक्षमा बोलाई सातबुँदे निर्देशन िदंदै मिलेर कानुनबमोजिम कार्य गर्न निर्देशन दिए ।
'प्रधानमन्त्रीले कानुनबमोजिम सरुवा गर्ने अधिकार सचिवको हो' भन्दै उनले कानुन र मापदण्डबमोजिम सरुवा गर्दा मन्त्री युनियनसहित कसैको भनसुन दबाब वा सिफारिस नसुन्न सचिवहरुलाई निर्देशन िदंदै अनावश्यक सिफारिसका आधारमा अनुचित निर्णय गरेको पाइएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मन्त्रालयको नेतृत्व मन्त्री बाट अनुचित दबाब आएमा आफूलाई जानकारी गराउन सचिवहरुलाई आग्रह गदै अनावश्यक दबाब दिने मन्त्रीलाई कारबाहीको प्रकि्रया अघि बढाउन तयार रहेको बताए । उनले सचिवहरुले सरुवा गर्दा मापदण्ड मिचेको र गल्ती गरेको भए विधिसम्मत ढंगले दण्डित गर्न मन्त्रीहरुलाई आग्रह गरे ।
उनले ट्रेड युनियनहरुले सरुवाका लागि सूची सिफारिस गरेमा त्यसलाई ठाडै अस्वीकार गर्न आग्रह गर्दा सरुवाको मापदण्ड बनाउँदा भने कर्मचारी संगठनहरुसित छलफल गर्नसमेत निर्देशन दिए । उनले ट्रेड युनियनहरुको सही व्यवस्थापनका लागि आधिकारिक ट्रेड युनियनको चुनाव तत्काल गराउनसमेत श्रम मन्त्रालयलाई निर्देशन दिए ।
प्रधानमन्त्रीले सचिवले कानुनसम्मत निर्णय गर्दा युनियनका पदाधिकारी या कसैले दबाब धम्की दिने सार्वजनिक सम्पत्ति तोडफोड गरेको पाइएमा दृढतापूर्वक उभिएर किटानीसहित उजुरी दिन र त्यसलाई प्राथमिकता दिई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । सार्वजनिक सम्पत्ति तोडफोडमा किटानीसहित जाहेरी नदिने जिम्मेवार अधिकारीलाई कारबाही गरिने चेतावनीसमेत प्रधानमन्त्रीले दिए । उनले कर्मचारीको सरुवा मापदण्ड बनाई सार्वजनिक गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिए ।

Friday, March 16, 2012

कमाउ धन्दाका लागि दादागिरी गर्छन् कर्मचारी युनियनहरु

काठमाडौं, ३ चैत- तत्कालीन महालेखा नियन्त्रण कार्यालयका प्रमुख अवनिन्द्रकुमार श्रेष्ठले २०६६ र माधव घिमिरेले २०६७ मा लेखातर्फका कर्मचारी सरुवा गरेपछि युनियनहरुको यतिविधि गुण्डागर्दी र तोडफोड गरे कि दुवै जना अफिसमा जानै सकेनन् । युनियनहरुको दादागिरीले कार्यालयमा जानै नसक्ने भएपछि दुवै जना महालेखा नियन्त्रकबाट अन्यत्र सरुवा भएर जान बाध्य भए । यसपटक पनि महालेखा नियन्त्रक प्रतापकुमार पाठकले फागुन मसान्तका दिन लेखातर्फका ११ सय कर्मचारीको सरुवा गरेको युनियनहरुको त्यही हरकत दोहोरियो । उनी पनि कार्यालयमा आउन सकेनन् । तर युनियनका नेताहरुले आ-आफूले सिफारिस गरेका व्यक्तिहरुलाई ुकमाउ अड्डाु सरुवा नगरिदिएको आक्रोसमा पाठकको कार्यकक्ष नै तोडफोड गरे । उक्त दिन पाठक कार्यालयमा आएको भए उनी युनियनहरुको गुण्डागर्दीको शिकार हुन सक्थे । युनियनहरुको दादागिरीसित डराएर सरकारले लेखातर्फका कर्मचारीको सरुवा हाललाई कार्यान्वयन नगर्ने सूचना टाँसेको छ । उक्त सूचनापछि महालेखा नियन्त्रण कार्यालयमा युनियनहरुको दादागिरी मत्थर भएको छ । सरुवाको निर्णय कार्यान्वयन गरेको भए पाठकले पनि आफ्ना पूर्ववर्ती श्रेष्ठ र घिमिरेकै नियति भोग्नुपथ्र्यो ।
७८ हजार निजामती कर्मचारी भएको मुलुकमा राष्ट्रियस्तरका कर्मचारी संगठन छवटा छन् । निजामती ऐनको ५ हजार कर्मचारीको हस्ताक्षर बुझाए राष्ट्रियस्तरका कर्मचारी संगठन दर्ता गर्न पाइने खुकुलो प्रावधानका कारण युनियनहरुको संख्या बढेको हो । हाल राष्ट्रियस्तरका संगठनमा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन, निजामती कांग्रेस सम्बद्ध निजामती कर्मचारी युनियन, एमालेसम्बद्ध नेपाल निजामती कर्मचारी संगठन, मधेसी मोर्चा निकट मधेसी निजामती कर्मचारी माच, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रसेवक कर्मचारी संगठन छन् ।
कानुनतः युनियनहरुको दायित्व अनुशासित र संयमतापूर्वक समग्र कर्मचारीको हकहित र कल्याणको काम गर्नु हो त्यसका लागि सरकारसित सामूहिक सौदाबाजी गर्नु हो । स्वास्थ्य बिमा कर्मचारीका छोराछोरीका लागि आवासीय स्कुल खोल्ने र छात्रवृत्ति बढाउनेजस्ता आम कर्मचारीको हितमा रहेका काममा युनियनहरुले चासै िदंदैनन् । अघिल्लो वर्ष सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका ४ सय २५ जना छोराछोरीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति दिएको थियो । अर्थमन्त्रालयले यस वर्ष जम्मा कर्मचारीका २ सय जना छोराछोरीलाई छात्रवृत्ति पुग्ने रकममात्र दिएको छ । आम कर्मचारीको हितमा रहेको छात्रवृत्ति रकम बढाउन कुनै पनि युनियनले चासो नदिएको सामान्य प्रशासनका एक अधिकारीले दिए । कुनै पनि युनियनले छात्रवृत्ति रकम बढाउन माग गरेका छैनन् ।
सबै युनियनको एकमात्र चासो कर्मचारीको सरुवा हो । जबकि सरुवा गर्नु सरकारको प्रशासनिक काम हो कानुनबमोजिम हुने सरुवामा हस्तक्षेप गर्ने अधिकार युनियनहरुलाई हुँदैन । तर आम कर्मचारीको हकहित युनियनहरुको देखाउने बहानामात्र बनेको छ हरेक युनियनका पदाधिकारीको मुख्य काम नै आफ्ना संगठनका मान्छे या आफूले सिफारिस गरेको व्यक्तिलाई जसरी पनि 'कमाउ अड्डा' मा पठाउनु र तिनबाट महिनावारी रकम असुल्नु हो । सरुवा युनियनका पदाधिकारीहरुको 'कमाउ धन्दा' बनिरहेको जानकारी एक सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार कमाउ अड्डामा सरुवा गरिदिएकामा या दुई वर्ष पुगेपछि पनि कमाउ अड्डा थमौती गरिदिएबापत युनियनका पदाधिकारीहरुले कर्मचारीबाट 'पि्रपेड' र' पोस्टपेड' रकम लिन्छन् । त्यसका अतिरिक्त ती कर्मचारीसित महिनावारीसमेत असुल्छन् । युनियनका पदाधिकारीहरु सरुवामा भन्दा अरु कुनै कुरामा चासो राख्दैनन् ।
युनियनका पदाधिकारीहरु सधैं आफ्ना संगठन या सिफारिस गरेका व्यक्तिलाई कमाउ अड्डा मानिने मानिने वैदेशिक रोजगार विभाग विकासे आयोजना डिल्लीबजार चावहिलजस्ता ठूला मालपोत र भन्सार तथा राजस्व कार्यालय निर्वाचित पदाधिकारी नभएकाले ठूलो रकम चलाउन पाइने जिल्ला विकास समिति र नगरपालिकामा सरुवाको सिफारिस गर्छन् । आफूले सिफारिस गरेका व्यक्तिलाई जसरी पनि कमाउ अड्डामा पठाउन सरुवा गर्ने अख्तियारप्राप्त अधिकारीलाई आफू सम्बद्ध पार्टीको रवाफ देखाउने धम्क्याउने दुव्र्यवहार गर्ने अर्मादित र अशिष्ट भाषामा गाली गर्ने गर्छन् । कुनै पनि संगठन ट्रेड युनियनको मर्यादामा बसेका छैनन् । राष्ट्रसेवकका नाताले युनियनका पदाधिकारीहरुले अनुशासित व्यवहार गर्नुपर्नेमा अराजक र उच्छृंखल व्यवहार प्रर्दशन गरिरहेका छन् । माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रभास साह महासचिव यमनाथ पोखरेललगायतका पदाधिकारी सबभन्दा अराजक र उच्छृंखल छन् । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवाको विरोध गर्ने क्रममा राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुले आफ्नो पदीय मर्यादा बिसे्रर प्रधानमन्त्री बाबुराम भट्टराईसित अशिष्ट भाषामा मुखामुख गरेका थिए । प्रधानमन्त्रीलाई सरुवाको निर्णय नसच्याए नराम्रो हुने धम्कीसमेत दिन पछि परेनन् । कांग्रेस निकट निजामती कर्मचारी युनियन र एमाले सम्बद्ध निजामती कर्मचारी संगठनले पनि झन्डै राष्ट्रिय कर्मचारी संगठनको हाराहारीमा अराजक र उच्छृंखल व्यवहार प्रदर्शन गरिरहेका छन् ।
निजामती कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेलसहितका पदाधिकारीले आफूले सिफारिस गरेका व्यक्ति कमाउ अड्डामा सरुवा नगरिदिएका कारण तत्कालीन सामान्य प्रशासन सचिव तिलकराम शर्मालाई माघ २३ गते चरम अशिष्ट शब्द प्रयोग गरी गाली गर्नुका साथै धम्क्याएका थिए । 'तँ घुस्याहा माओवादीलाई पैसा बुझाएर सचिव भएको हामीलाई थाहा छैन । हामीले भनेका मान्छे सरुवा भएन भने तँलाई यहाँबाट घोक्र्याएर फालिदिन्छौं' संगठनका पदाधिकारीले माघ २३ गते सचिव शर्मालाई भनेको भनाइ उद्धृत गर्दै घटनाका प्रत्यक्षदर्शी एक अधिकारीले कान्तिपुरसित भने । निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटासहितका पदाधिकारीले पनि माघ २९ गते तत्कालीन सामान्य सचिव शर्मालाई आफूले भनेको नमानेपछि 'तँ माओवादी सचिव हामीले भनेको नमान्ने तँलाई यहाँबाट बाहिर घोक्र्याएर फाल्नुपर् यो' भनेर अशिष्ट र अभद्र भाषामा गालीगलौज गरेको जानकारी एक प्रत्यक्षदर्शी अधिकारीले दिए थिए । निजामती कर्मचारी संगठनका पोखरेललगायतका पदाधिकारीले सरुवाकै विषयमा शिक्षा सचिव किशोर थापालाई बिहीबार अशिष्ट भाषामा गाली गर्दै दुव्र्यवहार गरेका थिए ।
जिम्मेवार अधिकारीलाई हुलहुज्जत गरी अमर्यादित भाषामा गालीगलौज दुव्र्यवहार र हातपात गर्ने युनियनका पदाधिकारीलाई निजामती ऐनअनुसार विभागीय कारबाही नहुने गरेकाले कर्मचारी संगठनहरुको अराजकता र गैरजिम्मेवार गतिविधि बढ्दै गएको उच्च प्रशासकहरु बताउँछन् । 'युनियनका पदाधिकारी जिम्मेवारी अधिकारीसमक्ष आउँदा टाइम िलंदैनन् के विषयमा वार्ता गर्ने पूर्व जानकारीसमेत िदंदैनन् । जिम्मेवार अधिकारीले कुन युनियनसित के विषयमा कुरा गर्ने तयारीसमेत गर्न पाएका हुँदैनन् । युनियनका पदाधिकारी एक्कासि कार्यकक्षमा आउँछन् र जिम्मेवार अधिकारीलाई 'यो किन गरिस् हामीले भनेको किन मानिनस्; भन्दै हकार्न थाल्छन्' सामान्य प्रशासनका एक अधिकारीले भने ।
युनियनकै पदाधिकारी आफैंसमेत कमाउ अड्डामा बस्ने गरेका छन् । निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटा वर्षौंसम्म सबभन्दा बढी विकास बजेट हुने काठमाडौ सडक डिभिजन कार्यालयमा बसे । देवकोटा ओभरसियरबाट विशेष अधिकृतमा बढुवा भएका छन् । यही फागुनमा उनी अर्को कमाउ अड्डा ललितपुर सडक डिभिजन कार्यालयमा सरुवा भएका छन् । यो डिभिजन काठमाडौंपछि सबभन्दा बढी विकास बजेट भएको कार्यालय हो । युनियनका पूर्वअध्यक्ष भवानी थानी आफू पदाधिकारी हुँदै सबभन्दा कमाउ अड्डा मानिने वैदेशिक रोजगार विभागमा सरुवा भएका छन् । उनी विभागमा बसेको दुई वर्ष पुगिसकेको छ । निजामती कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेलले राजधानीको मीनभवनस्थित सहकारी प्रशिक्षण कार्यालयको सरकारी आवासमा लामो समयदेखि बस्दै आएका छन् ।
कतिपय सचिव र सहसचिव युनियन पदाधिकारीका गोटी बन्ने गरेका छन् । किनभने सचिव बन्न सहसचिवले सत्तारुढ दलको नेता-मन्त्रीको आर्शिवाद प्राप्त गर्नैपर्छ । युनियनका पदाधिकारीहरुको दलका नेताहरुसित पहुँच हुन्छ । युनियनका पदाधिकारीले आफ्ना पार्टीका नेतासमक्ष ुयी मानिस हाम्रा होइनन् भनेको खण्डमा सचिव बन्ने या ुराम्रो ठाउँु पाउने अवस्था हुँदैन जतिसुकै योग्य-सक्षम सचिव भए पनि क्षेत्रीय प्रशासक-आयोगमा ुफालिनुपर्नेु दिन आउन सक्छ । सचिव र सहसचिवसमेत युनियनका पहुँचवाला पदाधिकारीको चाकरी गर्छन् । सरकारी अधिकारीले युनियनका पदाधिकारीलाई कति महत्व दिन्छन् भन्ने ज्वलन्त उदाहरण हुन्- तत्कालीन मुख्यसचिव भोजराज घिमिरे । उनी मुख्यसचिव हुँदा युनियनका पदाधिकारीसित आदरपूर्वक हात मिलाउँथे । तर सचिवले नमस्कार गर्दा नमस्कारसमेत फर्काउदैनथे । उच्च अधिकारीको यस्तै व्यवहारका कारण युनियनका पदाधिकारीको अराजक व्यवहारले पुठ पाउने र उनीहरुका सामु सचिव सहसचिवहरुको मनोबल घट्दै जाने प्रवृत्ति बढेको हो ।
आधिकारिक युनियनको चुनाव नहुँदा सरकारले ६ वटै संगठनले आधिकारिक युनियनको रुपमा काम गर्न पाइरहेका छन् । सरकारले आधिकारिक युनियनको चुनाव गराउनुको सट्टा उल्टै सबै संगठनलाई सरकारले राजधानीको बबरमहलमा एक÷एकवटा भवन बनाउन जग्गा दिएको छ । सरकारले २०४६ मा प्रजातन्त्र पुनर्बहालीपछि निजामती कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिए पनि हालसम्म आधिकारिक ट्रेड युनियनको चुनाव गराएको छैन । आधिकारिक ट्रेड युनियनको चुनाव गराउने हो भने सरकारले एउटामात्र युनियनलाई डिल गरे पुग्थ्यो बाँकी युनियन चूप लाग्न कर लाग्थ्यो । चुनाव नगराएकाले सबै युनियनले दादागिरी गर्ने मौका पाएका हुन् । तर सरकारले अघिल्लो वर्षमात्र आधिकारिक ट्रेड युनियनको चुनाव गराउन कार्यविधि बनाउन श्रम विभागलाई बजेट दिएको थियो । तर एक वर्षमा पनि चुनावको कार्यविधि बनेको छैन । यस आर्थिक वर्षमा आधिकारिक ट्रेड युनियनको चुनाव गराउन सरकारले बजेट छुट्ट्याएको छ । तर कार्यविधि नबनेको धेरैजसो युनियन चुनाव गराउने पक्षमा नभएकाले यस वर्ष पनि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने सम्भावना छैन । सरकारले ६ वटै राष्ट्रिय संगठनका पाँच÷पाँच जना कर्मचारीलाई 'युनियन काज' अर्थात् कुनै पनि कार्यालयमा काम गर्न नपर्ने छुट दिएको छ ।
आधिकारिक ट्रेड युनियन नहुँदा कर्मचारीहरुको वार्षिक तलब पुनरावलोकन समिति, कर्मचारी साचय कोष र निजामती अस्पतालको साचालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । कर्मचारी साचय कोष, निजामती अस्पतालमा आधिकारिक युनियनको प्रतिनिधि साचालक समितिमा रहने व्यवस्था छ । वार्षिक तलब पुनरावलोकन समितिमा पनि आधिकारिक ट्रेड युनियनको प्रतिनिधि रहने व्यवस्था छ । हालसम्म चुनाव नभएका कारण तिनमा कर्मचारीको प्रतिनिधित्व हुन नसकेको हो ।















नारायणहिटी दरबारमा गणतन्त्र स्मारक

प्रतिष्ठानमा अधिकारी
 काठमाडौं, ३ चैत- सरकारले नारायणहिटी दरबारभित्रको पूर्वी क्षेत्रमा यसै आर्थिक वर्षदेखि गणतन्त्र स्मारक निर्माण थाल्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बिहान बसेको बैठकले नारायणहिटी संग्रहालयको पूर्वी भागमा रहेको ८२ रोपनीमा गणतन्त्र स्मारक बनाउने निर्णय गरी त्यसका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन दिएको जानकारी भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।
सरकारले जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको ऐतिहासिक घटनालाई सधैं स्मरण गराउने किसिमको आकर्षक स्मारक नारायणहिटी दरबार परिसरमै बनाउने निर्णय गरेको हो ।
त्रिपाठीका अनुसार सरकारले सरुवाको नियमावली संशोधन गरी निजामती कर्मचारी सरुवाको क्यालेन्डर परिवर्तन गरेको छ । यसअघि दुई वर्ष एक ठाउँमा बसिसकेका निजामती कर्मचारीको सरुवा माघ, फागुन र चैतको सट्टा निजामती नियमावली संशोधन गरी अब साउन, भदौ र असोजमा गर्ने व्यवस्था गरिएको छ ।
हालसम्म सामान्य प्रशासनले अन्तर मन्त्रालयबीच माघमा, मन्त्रालय र विभागले मातहतका कर्मचारीलाई फागुनमा र क्षेत्रीय कार्यालयले चैतमा सरुवा गर्दै आएका थिए । अब क्यालेन्डर परिवर्तन भएपछि सामान्य प्रशासनले अन्तर मन्त्रालयबीच साउनमा, मन्त्रालय र विभागले मातहतका कर्मचारीलाई भदौमा र क्षेत्रीय कार्यालयले असोजमा सरुवा गर्न पाउनेछन् ।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन मन्त्री र सचिवबीचको असमझदारी र युनियनहरुको दादागिरीलगायतका कारण रोकिएको सरुवा पुनः गर्न मन्त्रिपरिषदले नियमावलीमा नै व्यवस्था गरी सबै मन्त्रालय विभाग र कार्यालयहरुलाई थप एक महिनाको समय दिएको छ ।
सरकारले राजधानीमा भइरहेको कानुन व्यवसायीहरुको सम्मेलन आयोजनाका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिष्ठानमा अधिकारी
सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा। ऋषि अधिकारीलाई नियुक्त गरेको छ । उनी यसअघि मलेसियाका लागि राजदूत थिए ।

Thursday, March 15, 2012

भूमिसुधारमन्त्री र राज्यमन्त्रीबीच सरुवालाई लिएर तीव्र विवाद

सरुवामा मन्त्रीले एकलौटी गरे : राज्यमन्त्री
भागबण्डा गर्न नमान्दा राज्यमन्त्रीसित कुरा नमिलेको हो : मन्त्री गौतम

काठमाडौं, २ चैत- भूमिसुधार मन्त्रालयमा कर्मचारीको सरुवालाई लिएर मन्त्री भीमप्रसाद गौतम र राज्यमन्त्री ज्वालाकुमारी साहबीच तीव्र विवाद भएको छ । मन्त्री गौतम सचिव दिनेशहरि अधिकारी प्रशासन महाशाखा प्रमुख कृष्ण राउत भूमिसुधार विभागका महानिर्देशक जितबहादुर थापा र नापी विभागका महानिर्देशक कृष्णराज बीसीले आफूलाई बाइपास गरी एकलौटी सरुवाको निर्णय गरेको भन्दै साहले विरोध गरेपछि मन्त्रीद्वयबीच विवाद बढेको हो ।
राज्यमन्त्री साह मन्त्रालय भूमिसुधार विभाग नापी विभागमा फागुन मसान्तका दिन करिब आठ सय जना कर्मचारीको सरुवा हुँदा आफूले सिफारिस गरेका व्यक्ति कमैमात्रामा परेपछि आक्रोसित राज्यमन्त्री मन्त्री र मन्त्रालयका अधिकारीहरुको विरोधमा उत्रिएकी हुन् । उनले सचिव सहसचिव दुवै विभागका महानिर्देशकलाई आफ्नो कार्यकक्षमा बोलाएर आफूले सिफारिस गरेका व्यक्ति सरुवामा नपरेकामा आपत्ति जनाएकी थिइन् भने मन्त्रीसित भेटेरसमेत घोर असन्तुष्टि प्रकट गरेकी थिइन् ।
राज्यमन्त्री साहले मन्त्रालयका महत्वपूर्ण निर्णय र सरुवा गर्दा मन्त्री गौतमले आफूसित कुनै सरसल्लाह र समन्वय नगरी बाइपास गर्ने गरेको भन्दै आफ्नो पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष उजुरीसमेत गरेको जानकारी स्रोतले दिएका छन् । साहले आफ्ना नेतासमक्ष मन्त्री र आफूबीच मन्त्रालयको काम बाँडफाँड गरिदिन माग गरेको जानकारीसमेत उनी निकट स्रोतले दिए ।
मन्त्री र राज्यमन्त्रीबीच मन्त्रालयबाट सम्पादित काममा आपसमा समन्वय नभएकामा मतभेद रहँदै आएकामा सरुवाको निर्णयपछि दुई जनाबीचको विवाद उत्कर्षमा पुगेको जानकारी मन्त्रालयका एक अधिकारीले दिए ।
'मन्त्री र राज्यबीच मन्त्रालयका कामलाई लिएर पहिल्यैदेखि खटपट हुँदै आएको थियो तर सरुवामा आफ्नो सिफारिसको कुनै सुनुवाइ नभएपछि राज्यमन्त्री र मन्त्रीबीचको विवाद उत्कर्षमा पुगेको हो' ती अधिकारीले भने ।
साहले आफ्नो मन्त्रालयको कर्मचारीको सरुवामा चरम आर्थिक चलखेल भएको र त्यसले सरकारलाई नै बदनाम भएको भन्दै सरुवाको निर्णयको विरोध गरेकी थिइन् । आफ्नो मन्त्रालयमा आर्थिक लेनदेनका आधारमा मापदण्ड मिचेर कर्मचारीको सरुवा भएको उल्लेख गरेकी थिइन् ।
'माफिया र भ्रष्टाचाको चलखेल भएकाले वषौर्ंदेखि दुर्गममा बसेका कर्मचारीले न्याय पाएनन्' उनले भनिन् । प्रधानमन्त्री भट्टराईले भ्रष्टाचावरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने प्रतिबद्धता गरे पनि भ्रष्टहरुको चलखेलले आफ्नो मन्त्रालयमा त्यसको ठीकविपरीत काम भएको दाबी उनको छ । साहले सरुवामा आर्थिक चलखेल भएको दाबी गरे पनि त्यसमा मन्त्री सचिव या महानिर्देशक को जिम्मेवार छ भन्ने इंगित गरेकी छैनन् ।
उनले मन्त्रालयमा आर्थिक लेनदेनको आधारमा भएको सरुवालाई जसरी पनि बदर गराइछाड्ने र त्यसमा जिम्मेवार अधिकारीलाई कारबाही गर्ने बताउने गरेकी छन् । ुइमान्दार कर्मचारी जहिले पनि दण्डित र भ्रष्टाचारी पुरस्कृत हुने भए । म जसरी पनि सरुवाको निर्णय बदर गराइछाड्छुु उनले भन्ने गरेकी छन् ।
मन्त्रालयका एक अधिकारीले छिटो निर्णय गर्नुपर्ने कतिपय फाइल राज्यमन्त्रीका नपठाउने गरिएको स्वीकार गर्दै त्यही कारण साहको मन्त्रीसित मतभेद हुने गरेको थियो । 'आफ्नै मन्त्रालयमा भएको निर्णयमा मलाई सहभागिता नगराउने मन्त्रालयमा भएका निर्णय पनि मैले थाहा नै नपाउने ?' भन्दै साहले मन्त्री र सचिवलगायतका अधिकारीसत पहिलेदेखि असन्तुष्टि पोख्ने गरेकी थिइन् ।
मन्त्री गौतमले राज्यमन्त्रीले कर्मचारीको सरुवामा भागबण्डा गर् यौं भनेर आफूसित प्रस्ताव गरेको र आफूले नमान्दा विवाद भएको बताए । उनले आफूले निजामती नियमावलीअनुसार सरुवाको अधिकार सचिव र मातहतका अधिकारीको भएकाले उनीहरुलाई निजामती नियमावली र मापदण्डअनुसार सरुवा गर्न दिऊभन्दा साहले नमानेको दाबी गरे ।
'सरुवाका बारेमा मेरो र राज्यमन्त्रीबीच धारणा नमिलेकाले विवादजस्तो देखिएको हो' उनले भने । गौतमले उपसचिवसम्मको सरुवा गर्ने अधिकार सचिव सहसचिव र महानिर्देशकहरुलाई भएको र उनीहरुलाई आफूले सुगमबाट दुर्गम दुर्गमबाट सुगम र २ वर्ष अवधि पुगेकालाई मापदण्डअनुरुप सरुवा गर्नमात्र निर्देशन दिएको जानकारी दिए । उनले सरुवामा आर्थिक लेनदेन नहोस् भनेर पूरै जिम्मा पारदर्शी ढंगले सचिव र मातहतका अधिकारीलाई दिएको दाबीसमेत गरे ।
'सरुवाका लागि मसमक्ष केही र राज्यमन्त्रीसमक्ष केही कर्मचारीको सूची आएका थिए । हामी दुवै जनाले सचिव र महानिर्देशकलाई सूची दिएका थियौंं । मेरो सूचीमा रहेका कतिपय कर्मचारी सरुवामा परेनन् बरु राज्यमन्त्रीले दिएका सूचीका कर्मचारी धेरैजसो सरुवामा परेका छन्' मन्त्री गौतमले भने । उनले निर्णयमा आफूलाई बाइपास गरियो भन्ने राज्यमन्त्रीको आक्षेप झूट भएको दाबी गर्दै सबै फाइल उनीसमक्ष पठाउने गरिएको दाबी गरे । उनले पार्टी नेताहरुले सम्झाएपछि राज्यमन्त्रीको आक्रोश मत्थर भएको दाबीसमेत गरे ।




जग्गाको किनबेच र नामसारीमा लेखनदासका दिन गए

काठमाडौं, २ चैत- भूमिसुधार मन्त्रालयले जग्गाको किनबेच तथा नामसारीको शुल्क र र मालपोत रकम तिर्ने क्रममा हुने आर्थिक अनियमितता नियन्त्रण गर्न काठमाडौं उपत्यकाका पाँचवटै मालपोत कार्यालयमा दस्तुर बैंंकबाट भुक्तानी लिने व्यवस्था लागू गरेको छ ।
भूमिसुधारमन्त्री भीमप्रसाद गौतमअनुसार सबभन्दा बढी जग्गाको कारोबार हुने राजधानीका दुई ठूला मालपोत कार्यालय चावहिल र डिल्लीबजारमा जग्गा रजिस्ट्रेसन नामसारीको दस्तुर र मालपोत रकम चैत १ देखि बैंकबाट लिन थालिएको छ ।
सरकारको सुशासन कार्यक्रमअन्तर्गत उपत्यकाका कलंकी, भक्तपुर र ललितपुर मालपोत कार्यालयमा समेत एक÷दुई दिनभित्रै जग्गा किनबेच र नामसारीको दस्तुर बैंकबाट लिन थालिने जानकारी उनले दिए ।
'चावहिल र मालपोत कार्यालयको राष्ट्रिय वाणिज्य बैंकबाट र कलंकी, ललितपुर र भक्तपुर मालपोत कार्यालयको नेपाल बैंकबाट जग्गा किनबेच र नामसारीको दस्तुर र मालपोत रकम लिने व्यवस्था गरिएको छ । दुवै बैंकसित त्यसबारेमा सम्झौता भएको छ । नेपाल बैंकले एक/दुई दिनभित्रै जग्गा किनबेच तथा नामसारीको दस्तुर र मालपोत रकम बुझ्न थाल्नेछ' गौतमले भने ।
जग्गा किनबेच नामसारी दस्तुर र मालपोत रकम बैंकमा बुझाएर भौचर मालपोत कार्यालयमा बुझाए हुने व्यवस्थापछि लेखनदास र कर्मचारीबाट दस्तुर तिर्ने क्रममा हुने भ्रष्टाचार नियन्त्रण हुने विश्वास गौतमले व्यक्त गरे । उनका अनुसार बैंकमा दस्तुर तिर्ने व्यवस्था लागू गरेपछि उपभोक्ता मालपोत कार्यालयमा लाइनमा बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ ।
'लेखनदासको भर पर्नुपर्दा कर्मचारीलाई यति दिनुपर् यो मेरो पारिश्रमिक यति लाग्यो भनेर उपभोक्ता ठगिने गरेका थिए अब उपभोक्ताले त्यस्तो दुःख पाउने छैनन् थप पैसासमेत तिर्नुपर्ने छैन' मन्त्री गौतमले भने । लेखनदासहरुले बैंकमा दस्तुर तिर्ने व्यवस्थाको विरोध गरेको जानकारी उनले दिए । तर विरोधका बीच सरकारले यो व्यवस्थालाई कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । यी पाँच ठाउँको अनुभव हेरेर अरु ठूला सहर विराटनगर पोखरा भैरहवा नेपालगन्ज धनगढीलगायतका मालपोत कार्यालयमा पनि बैंकिङ च्यानलबाट दस्तुर लिन थालिने जानकारी गौतमले दिए । त्यसपछि क्रमशः सबै कार्यालयमा व्यवस्था लागू गरिनेछ ।

Wednesday, March 14, 2012

प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट जथाभावी पैसा बाँड्न थाले

काठमाडौं, १ चैत- प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरुले जस्तै आफ्ना पार्टी माओवादीका नेताको सिफारिसमा कार्यकर्ता र आफन्तलाई आर्थिक सहायता वितरण गर्न थालेका छन् । एक महिनामा भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट ७ लाख रुपैयाँभन्दा बढी बाँडिसकेका छन् ।
प्रधानमन्त्री हुनासाथ मन्त्रिपरिषद र प्रधानमन्त्री सहायता कोषबाट आर्थिक सहायता वितरणमा रोक लगाएका भट्टराईले एक महिनादेखि रकम बाँड्न थालेको जानकारी उनी निकट स्रोतले दिएका छन् । भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट आफन्त र कार्यकर्तालाई रकम बाँड्न थालेका हुन् । भट्टराईले प्रधानमन्त्री सहायता कोषमा अर्थमन्त्रालयबाट मागी १५ लाख रुपैयाँ राखेका थिए ।
'एक महिनामा कोषमा रहेको १५ लाख रुपैयाँमध्ये आधाभन्दा बढी प्रधानमन्त्रीले आफ्ना प्रमुख स्वकीयसचिवमार्फत् आफ्ना पार्टीका कार्यकर्तालाई बाँडिसकेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री सहायता कोषबाट रकम बाँड्ने क्रमलाई तीव्र बनाइएको छ । बाँकी रकम एक महिनालाई पनि नपुग्ने स्थिति छ' भट्टराई निकट स्रोतले भने ।
स्रोतका अनुसार प्रधानमन्त्रीले आफ्नो पार्टी कार्यकर्तालाई घटीमा १० र बढीमा २५ हजार रुपैयाँका दरले रकम बाँड्दै आएका छन् । कोषमा रकम सकिनासाथ प्रधानमन्त्री कार्यालयले पुनः अर्थमन्त्रालयसित रकम माग्न तयारी गरेको छ ।
भट्टराईका पूर्ववर्तीहरु पुष्पकमल दाहाल नौ महिनामा १ करोड र माधवकुमार नेपालले डेढ वर्षमा प्रधानमन्त्री सहायता कोषबाट आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई डेढ करोड रुपैयाँभन्दा बढी बाँडेका थिए । सात महिनामात्र प्रधानमन्त्री भएका झलनाथ खनालले पनि ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेका थिए ।

Tuesday, March 13, 2012

वैदेशिकबाट भट्टराई हटाइए, नयाँ महानिर्देशकमा बीके

काठमाडौं, ३० फागुन- श्रम तथा यातायात मन्त्रालयले वैदेशिक रोजगार विभागमा रहेको भ्रष्टाचार नियन्त्रण गर्न महानिर्देशकको जिम्मेवारी दिई पठाइएका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पाँच महिनामै मन्त्रालयमा फिर्ता गरेको छ ।
विभागमा भ्रष्टाचार अधिकमात्रामा हुने गरेको रिपोर्ट पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यहाँको अनियमितता नियन्त्रण गर्न नेतृत्वमा स्वच्छ व्यक्ति पठाउन दबाब दिएपछि श्रम मन्त्रालयले तत्कालीन महानिर्देशक नरेन्द्र शर्मा जोशीलाई हटाई पूर्णचन्द्र भट्टराईलाई पठाएको हो ।
श्रम मन्त्री सरिता गिरीले मन्त्रालयस्तरीय निर्णय गरी विभागका महानिर्देशक भट्टराईलाई काजमा मन्त्रालयमा फिर्ता गरेकी हुन् । भट्टराई विभागमा तीन महिना काज र विधिवत सरुवा गरिएको डेढ महिनामात्र थियो ।
उनको पालामा विभागमा वैदेशिक रोजगारमा जाने गरीब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको श्रम मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । सरुवा हुनु केही समयअघिदेखि उनलाई मन्त्री गिरीको इशारामा विभागका निर्देशक र कर्मचारीहरुबाटै असहयोग हुन थालेको थियो ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी मानबहादुर बीकेलाई दिएको छ । उनलाई श्रम विभागको महानिर्देशकबाट सरुवा गरी काजमा वैदेशिक रोजगार विभागमा पठाइएको हो ।

यसै वर्ष मनाङको चामेमा सडक पुग्ने

काठमाडौं, ३० फागुन- सडक साजालबाट जोडिन बाँकी चार दुर्गम जिल्लामध्ये यस वर्ष थप एक जिल्ला सदरमुकाममा मोटर बाटो पुग्ने भएको छ । हिमाल पारीको जिल्ला मनाङको सदरमुकाममा ढिलोमा यस वर्षको असार मसान्तसम्ममा मोटर बाटो पुग्ने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए ।
उनका अनुसार चामे जाने सडकमा डेढ किलोमिटर ट्रयाक खोल्नमात्र बाँकी छ । अप्ठ्यारो भीरमा ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खुलेपछि लमजुङको बेंसीसहर हुँदै आकर्षक पर्यटकीय गन्तव्य मनाङको चामेसम्म आगामी आर्थिक वर्षदेखि नै मोटर चल्न थाल्नेछन् । उक्त सडक निर्माणको जिम्मा सेनाले लिएको छ ।
सेनाले चामेसम्म सडक निर्माणका लागि यस वर्ष विनियोजित रकम ८ करोड रुपैयाँ सकिइसकेको भन्दै थप चार करोड रुपैयाँ मागेको छ । ुसेनाले अप्ठ्यारो भीरमा ट्रयाक खोल्न थप ४ करोड रुपैयाँ मागेको छ । हाम्रो मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालय थप तीनदेखि चार करोड रुपैयाँ दिन सहमत भइसकेको छु सिटौलाले भने- ुसेनालाई थप रकम तत्काल उपलब्ध गराउँछौं । सेनाले थप रकम पाए डेढ महिनामा ट्रयाक खोलिसक्छु भनेको छ डेढ महिनामा नभए पनि ढिलोमा असार मसान्तसम्ममा चामेसम्म सडक पुग्छ ।ु
चामे-बेंसीसहर सडकको लम्बाइ ६५ किमी छ । बेंसीसहरबाट चामे जाने बाटोको ३५ किमीसम्म बस चलिसकेको चल्छ उक्त बाटोमा यस वर्ष पिच गर्ने कार्य सुरु गरी २ वर्षमा सक्ने लक्ष्य भौतिक योजना मन्त्रालयको छ । बाँकी ३० किमीमा नयाँ ट्र्याक खोलिएको हो जसमध्ये डेढ किमीमात्र ट्रयाक खोल्न बाँकी छ ।
चामेमा सडक पुगेपछि यातायात साजालले सदरमुकाम जोडिन बाँकी जिल्ला मुगु डोल्पा र हुम्ला बाँकी रहनेछन् । मुगुको सदरमुकाममा मोटर बाटो पुग्न २० किमी सडक खन्न बाँकी छ । सेनाले उक्त सडक खन्न थप ८ करोड रुपैयाँ मागेको छ । सेनाले थप रकम पाए यसै वर्ष मुगु सदरमुकामसम्म मोटर बाटो खनिसक्ने जानकारी भौतिक योजना मन्त्रालयलाई गराएको छ । मन्त्रालयले सेनालाई थप रकम दिने प्रस्ताव अघि बढाएको छ । कालीकोट र जुम्लाबीचको नाग्माबाट मुगु सदरमुकाम जोड्ने बाटो ८८ किमी लामो छ जसध्ये २० किमी खन्न बाँकी छ ।
डोल्पा र हुम्लाको सदरमुकाममा अर्को आर्थिक वर्षमा मात्र सदरमुकाम सडक पुर् याउने लक्ष्य भौतिक योजना मन्त्रालयको छ । डोल्पामा सदरमुकामसम्म सडक पुर् याउन ४० किमी खन्न बाँकी छ । जाजरकोटबाट डोल्पा सदरमुकाम जोड्ने सडकको लम्बाइ १ सय २० किमी छ जसमध्ये ४० किमी सडक खन्न बाँकी छ । डोल्पा सदरमुकाम पुर् याउने सडक खनिरहेको सेनाले थप ९ करोड रुपैयाँ बजेट मागेको छ । ुसेनाले यस वर्ष थप रकम नपाए अर्को वर्ष पनि डोल्पा सदरमुकामसम्म सडक पुर् याउन गाह्रो हुने जानकारी भौतिक योजना मन्त्रालयलाई गराएको छु सिटौलाले भने ।
सरकारले चीनको सीमा हिल्साबाट हुम्लाको सदरमुकामसम्म आगामी वर्ष सडक पुर् याउने लक्ष्य राखेको छ । हिल्साबाट सिमीकोटसम्मको २ तिहाइ बाटोमा सडकको ट्रयाक खुलिसकेको छ अर्को वर्ष ट्रयाक खोल्ने कार्य सम्पन्न भई चीनतर्फबाट सदरमुकाममा बाटो पुग्ने जानकारी सिटौलाले दिए । तातोपानी हुँदै हिल्सा भएर सिमीकोट पुग्ने सडक ३ सय ८५ किमी लामो हुनेछ । हिल्साबाट सिमीकोट सडक खुलेपछि हुम्लालाई आवश्यक पर्ने खाद्यान्नलगायतका सामान तातोपानी हुँदै लगिनेछ । जुम्ला हुँदै सिमीकोटमा मोटर बाटो पुर् याउन भने १५ वर्ष लाग्ने अनुमान भौतिक योजना मन्त्रालयको छ ।

वैदेशिकबाट भट्टराई हटाइए नयाँ महानिर्देशकमा बीके

काठमाडौं, ३० फागुन- श्रम तथा यातायात मन्त्रालयले वैदेशिक रोजगार विभागमा रहेको भ्रष्टाचार नियन्त्रण गर्न महानिर्देशकको जिम्मेवारी दिई पठाइएका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पाँच महिनामै मन्त्रालयमा फिर्ता गरेको छ ।
विभागमा भ्रष्टाचार अधिकमात्रामा हुने गरेको रिपोर्ट पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यहाँको अनियमितता नियन्त्रण गर्न नेतृत्वमा स्वच्छ व्यक्ति पठाउन दबाब दिएपछि श्रम मन्त्रालयले तत्कालीन महानिर्देशक नरेन्द्र शर्मा जोशीलाई हटाई पूर्णचन्द्र भट्टराईलाई पठाएको हो ।
श्रम मन्त्री सरिता गिरीले मन्त्रालयस्तरीय निर्णय गरी विभागका महानिर्देशक भट्टराईलाई काजमा मन्त्रालयमा फिर्ता गरेकी हुन् । भट्टराई विभागमा तीन महिना काज र विधिवत सरुवा गरिएको डेढ महिनामात्र थियो ।
उनको पालामा विभागमा वैदेशिक रोजगारमा जाने गरीब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण भएको श्रम मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । सरुवा हुनु केही समयअघिदेखि उनलाई मन्त्री गिरीको इशारामा विभागका निर्देशक र कर्मचारीहरुबाटै असहयोग हुन थालेको थियो ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी मानबहादुर बीकेलाई दिएको छ । उनलाई श्रम विभागको महानिर्देशकबाट सरुवा गरी काजमा वैदेशिक रोजगार विभागमा पठाइएको हो ।

Monday, March 12, 2012

महिला आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं, २९ फागुन- सरकारले महिला आयोगमा रिक्त तीन सदस्यमा उर्मिलादेवी विश्वकर्मा, मनु हुमागाईं केसी र धनेश्वरीकुमारी चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले महिला मन्त्रालयको सिफारिसमा आयोगमा चार वर्षका लागि तीन सदस्य नियुक्त गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले दिए ।
मन्त्रिपरिषदले तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको पालामा समाजकल्याण परिषदमा नियुक्त उपाध्यक्ष दाताराम खनाल, कोषाध्यक्ष रत्नबहादुर गाह मगर र सदस्यसचिव डा. सेवान नामग्याल लामासहित तीन जनालाई हटाएर नयाँ नियुक्ति गरेको छ । परिषदको उपाध्यक्षमा प्रमोद मेहता, कोषाध्यक्षमा कुाजबिहारी चौधरी र सदस्यसचिवमा रवीन्द्र कुमारलाई नियुक्त गरिएको छ ।
यसैबीच सरकारले झापाका चार पाखामारी, अर्जुनधारा चारपाने, चाङगलुगा,  कुमारखोला खोला गाविस र सुनसरीको नरिसंह टापु गाविसका निश्चित क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा बर्ड फ्लु नियन्त्रण गर्न स्वास्थ्य र कृषि मन्त्रालयलाई प्रभावकारी कदम चाल्न मन्त्रिपरिषदले निर्देशन दिएको छ ।
छानबिन समिति गठन
मन्त्रिपरिषदले सिराहा लक्ष्मीनियाँ-४ का एमाले कार्यकर्ता छेदी यादवको हत्या भएको सम्बन्धमा जाँचबुझ गर्न पुनरावेदनका पूर्व मुख्य न्यायाधीश यामनारायण धितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । यादवको हत्यासम्बन्धमा एमालेले छानबिन आयोग गठनको माग गर्दै आएको थियो ।

मेरो पालामा लोडसेडिङ घटाउन र विद्युत क्षेत्रको विकास उपलब्धिमूलक काम : ऊर्जामन्त्री

काठमाडौं, २९ फागुन- ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले आफूले पद सम्हालेको छ महिनामा लोडसेडिङ घटाउन तथा विद्युत् क्षेत्रको विकासमा ऊर्जा मन्त्रालयले उपलब्धिमूलक काम गरेको दाबी गरेका छन् ।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले यही फागुन÷चैत महिनामा लोडसेडिङ १८ घन्टा हुने प्रक्षेपण गरिएकामा भारतबाट विद्युत् आयातमा वृद्धि गरी लोडसेडिङ ९ घन्टामा सीमित गरिएको बताए । उनका अनुसार गत वर्षको तुलनामा कटैया हुँदै यस वर्ष दैनिक थप ७ लाख युनिट आयात गर्न थालिएको छ । अबको एक महिनामा भारतको रामनगर र रक्सौलबाट थप ३० देखि ४० मेगावाट आयात गरिने र त्यसले लोडसेडिङको समय थप घट्ने जानकारीसमेत बोगटीले दिए ।
उनले आगामी वर्ष लोडसेडिङलाई अझ घटाउन अल्पकालीन रुपमा पहिचान भएको एक सय मेगावाट र मध्यकालीन रुपमा १ सय ४५ मेगावाट थप विद्युत् आयात गर्न भारतसित कूटनीतिक पहल भइरहेको बताए ।
ऊर्जामन्त्रीले छ महिनामा विद्युत् प्राधिकरणको २९ प्रतिशत विद्युत् चुहावटलाई घटाई लक्ष्यअनुरुप २७ प्रतिशतमा झारिएको दाबीसमेत गरे । उनले अत्यधिक चुहावट हुने ठाउँहरुमा लोडसेडिङ बढी समय गरेर र मिटर बिगारी कम खपत गरेको देखाउने ठूलो ग्राहकलाई कारबाही गर्ने अभियान चलाएका कारण चुहावट घटाइएको उनले बताए ।
आगामी केही वर्षभित्रै मुलुकलाई लोडसेडिङको समस्याबाट मुक्त गर्न १० बुँदे कार्ययोजना बनाई कार्यान्वयन थालिएको जानकारीसमेत बोगटीले दिए । विद्युत् प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन आर्थिक पुनस्रंरचनासम्बन्धी प्रतिवेदन कार्य गरी उसको सिाचत घाटा २७ अर्ब रुपैयाँ अपलेखन गरी घाटा शून्यमा झारिएको र अरु सुधारका कार्यसमेत थालिएको ऊर्जामन्त्रीले उल्लेख गरे ।
बोगटीले विगत १० वर्षदेखि विद्युत महसुल दर समायोजन हुन नसकेको तर प्रवद्र्धकहरुसित विद्युत् खरिद सम्झौता गर्न बढी रकम तिर्नुपर्ने बाध्यात्मक अवस्था र ग्राहकलाई कम दरमा बेच्नुपर्ने कारणले प्राधिकरण आर्थिक रुपले कमजोर भएको उल्लेख गर्दै छिट्टै विद्युत् महसुल दर बढाइने जानकारी दिए । ुपहिला सर्वोच्च अदालतले विद्युत महसुल बढाउन अन्तरिम रुपमा रोकेको थियो हाल अदालतले महसुल बढाउन सरकारलाई अनुमति दिने निर्णय गरिसकेको छ । अदालतको निर्णयको पूर्ण पाठ आउनासाथ विद्युत् महसुल निर्धारण आयोगको सिफारिसमा महसुल वृद्धि गरिनेछु उनले भने ।
प्राधिकरणसँग चालू रकमको अभावले कुलेखानी तेस्रो र चमेलिया जलविद्युत् आयोजनाका ठेकेदारले ठेक्का तोड्ने चेतावनी दिइरहेको र निर्माण अवरुद्ध भइरहेको अवस्थामा ऊर्जा मन्त्रालयले अर्थमन्त्रालयसित समन्वय गरी पर्याप्त रकम उपलब्ध गराई दुवै आयोजनाको निर्माण कार्य सुचारु बनाइएको जानकारीसमेत उनले दिए ।
बोगटीले यस अवधिमा मध्यमस्र्याङ्दी आयोजनाको ठेकेदारसँग लामो समयदेखि बाँकी रहेको दाबीसम्बन्धी विवाद समाधान गरिएको बुढी गण्डकी जलविद्युत् आयोजना विकास गर्न ६ वटा विदेशी कम्पनीसित प्रस्ताव माग गरिएको र आगामी जेठ महिनाभित्र कुनै एउटासित आयोजना विकास गर्न सम्झौता गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।
उनका अनुसार मन्त्रालयले प्रतिस्पर्धाका आधारमा अनुमतिपत्र प्रदान गरिएका ६ वटा जलविद्युत् आयोजनाको पोस्टेड रेट बढेको विद्युत् खरिद दर दिनेसम्बन्धी समस्या सम्बोधन गरेको छ । विद्युत् खरिद सम्झौता भएर पनि निर्माणमा जान नसकेका र निर्माणाधीन आयोजनाहरुलाई २०७१ सालभित्र विद्युत् उत्पादन गर्ने शर्तमा प्रतिमेगावाट २ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण भ्याट छुट जरिवाना मिनाहा र बढेको विद्युत् खरिद दिने सुविधाको प्याकेज स्वीकृत गरी निर्माण कार्यलाई तीव्रता प्रदान गरिएको जानकारीसमेत बोगटीले दिए ।
मुलुकलाई लोडसेडिङ मुक्त गर्न मन्त्रालयले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक-निजी साझेदारीमा ८ वर्षमा निर्माण गरिसक्न चिनियाँ प्रसिद्ध कम्पनी थ्री गोर्जेज इन्टरनेसनलसँग सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए । उनले पश्चिम सेतीको निर्माण मुलुकको जलविद्युत् विकासमा विदेशी लगानी भित्र्याउन कोसेढुंगा सावित हुने दाबीसमेत गरे । उनले संसदको प्राकृतिक स्रोत तथा साधन समितिले पनि थ्री गोर्जेज र सरकारबीच भएको सम्झौता अध्ययन गरी निर्माण गर्न सहमति दिने विश्वास व्यक्त गरे ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना विकास कम्पनीको साचालकमा ऊर्जा मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्कीलाई नियुक्ति गरेर मन्त्रालयले हस्तक्षेत्र गर्न खोजेको हो कि प्रश्नमा ऊर्जामन्त्रीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी पश्चिम सेती बुढी गण्डकी आयोजनाहरुलाई समयमै सम्पन्न गर्न मन्त्रालयले प्रत्यक्ष अनुगमन गर्ने नीतिअनुरुप कार्कीलाई नियुक्त गरिएको दाबी गरे ।
ुकुलेखानी तेस्रो र चमेलिया आयोजनामा ठेकेदारले ठेक्का तोड्ने चेतावनी दिइसकेपछिमात्र मन्त्रालयले थाहा पाउने स्थिति थियो । समस्या क्रोनिक भइसकेपछि समाधान गर्न गाह्रो हुन्छ । आयोजनाहरुमा के भइरहेको छ भन्ने निरन्तर अनुगमन गरी समयमै सम्पन्न गर्नका लागि मन्त्रालयका तर्फबाट आवश्यक अनुगमन निर्देशन र चाल्नुपर्ने आवश्यक कदमका लागि सरकारका लगानी भएका सबै आयोजनामा मन्त्रालयले जिम्मेवार अधिकार तोकेर अब निरन्तर प्रत्यक्ष अनुगमन गर्ने जानकारी दिए ।


Sunday, March 11, 2012

सेनाले फास्ट ट्रयाकको निर्माण कार्य सुचारु गर् यो

फास्ट ट्रयाक प्रमुखमा बस्नेत
काठमाडौं, २८ फागुन- नेपाली सेनाले काठमाडौं-तराई जोड्ने द्रुत मार्ग फास्ट ट्रयाक को स्थगित निर्माण कार्य पुनः सुचारु गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले सरकारको आग्रहमा सेनाले फास्ट ट्रयाकको स्थगित निर्माण कार्य सुचारु गरेको जानकारी दिए ।
संसदको सार्वजनिक लेखा समितिले फास्ट ट्रयाकमा भ्रष्टाचार भएको आशंकामा छानबिन गर्न उपसमिति गठन गरेपछि सरकारद्वारा राष्ट्रिय गौरवको परियोजनाका रुपमा अघि सारिएको आयोजनाको निर्माणको जिम्मा लिएको सेना असन्तुष्ट भई काम स्थगित गरेको थियो ।
सेनाले आफूले फास्ट ट्रयाक जुन प्रकि्रयाबाट निर्माण गरेको हो त्यसैमा प्रश्न उठाएर संसदीय समितिले छानबिन गर्न समिति नै गठन गरेपछि त्यसको निरुपण नभइन्जेलसम्मका लागि भन्दै काम रोकेको थियो ।
तर लेखा समितिले फास्ट ट्रयाकको निर्माणका बारेमा उठेका विषयमा अध्ययन गर्न उपसमिति गठन गरे पनि आफ्नो मनसाय निर्माण रोक्नु नभएको स्पष्ट पार्दै काम सुचारु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा र भौतिक योजना तथा निर्माण मन्त्रालयमार्फत् सेनालाई निर्देशन दिएको थियो ।
समितिको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा र भौतिक योजनाले आग्रह गरेपछि सेनाले द्रुत मार्ग निर्माण कार्य सुचारु गरेको जानकारी रक्षा मन्त्रालयका एक अधिकारीले दिए ।
सरकारले काठमाडौंबाट ७६ किलोमिटरमा तराई जोडिने फास्ट ट्रयाकलाई राष्ट्रिय गौरवको परियोजना घोषणा गर्दै यसै वर्ष ट्रयाक खोलिसक्ने घोषणा गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले पुसको तेस्रो साता 'आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना २०६८' सार्वजनिक गरी फास्ट ट्रयाकसहित १७ वटा भौतिक पूर्वाधार निर्माणका ठूला आयोजनालाई सरकारले 'राष्ट्रिय गौरव' का परियोजनाका रुपमा कार्यान्वयन गर्ने घोÈणु गरेका थिए ।
फास्ट ट्रयाक प्रमुखमा बस्नेत
यसैबीच भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रथम श्रेणीका इन्जिनियर सहसचिव दिनेशप्रकाश बस्नेतलाई फास्ट ट्रयाक आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । मन्त्रालयस्तरीय निर्णयबाट बस्नेतलाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो । उनी यसअघि मध्यपहाडी लोकमार्ग आयोजना (पूर्वी खण्ड) का प्रमुख थिए ।
कायममुकायम आयोजना प्रमुख सरोजमान श्रेष्ठलाई तीन साताअघि काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुखमा सरुवा गरिएपछि फास्ट ट्रयाक आयोजना नेतृत्वविहीन भएको थियो । फास्ट ट्रयाकले पहिलोपटक कन्फर्म आयोजना प्रमुख पाएको हो । फास्ट ट्रयाकको आयोजना प्रमुख सहसचिव रहने व्यवस्था भए पनि यसअघि उपसचिवलाई नै कायममुकायम आयोजना प्रमुख बनाउने गरिएको थियो ।

Saturday, March 10, 2012

दण्डहीनतालाई प्रश्रय दिने निर्णय फिर्ता गर

सरकारले जनयुद्ध र मधेस आन्दोलनका क्रममा राजनीतिक पूर्वाग्रह राखी माओवादी र मधेसवादी नेता-कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनु आफैंमा स्वभाविक घटना हो । तर राजनीतिक आवरणमा सरकारले विभिन्न जिल्ला अदालतमा विचाराधीन ३ सय ६७ जनाको मुद्दा फिर्ता लिने निर्णय गर्ने क्रममा राजनीतिसँग कुनै साइनो नभएका हत्या अपहरण र डकैतीजस्ता संगीन अपराधमा संलग्न पेसेवर एक सयभन्दा बढी अपराधीलाई उन्मुक्ति दिने निर्णय गर्नु आफैंमा दुर्भाग्यपूर्ण घटना हो । पीडितलाई न्याय दिलाउनुपर्ने राज्यं आफैंले उल्टै गम्भीर मानव अधिकार उल्लंघन र अपराधमा संलग्न पीडकका मुद्दा फिर्ता लिने निर्णय गरेर अपराधी र दण्डहीनतालाई प्रश्रय दिनु अक्षम्य गल्ती हो यसको जति आलोचना गरे पनि कम हुन्छ । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको यो कदमले कानुनी शासनको ठाडो उपहास गरेको छ । यसले भट्टराईको छविमा गम्भीर दागमात्र लागेको छैन कि सत्तारुढ माओवादी र मधेसी मोर्चाकै साखसमेत गिराएको छ । अपराधीलाई प्रश्रय दिने सरकारका यस्ता श्रृंखलाबद्ध निर्णयले आमजनतामा राज्य र लोकतान्त्रिक पद्धतिप्रति नै अविश्वास बढाउँछ । शान्ति प्रकि्रया र संविधान निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकिरहेका बेला सरकारले गरेको यो निर्णयपछि आमजनतामा घोर निराशा छाएको छ यो निर्णय सरकार सत्तारुढ घटक दुवैका लागि प्रत्युत्पादक हुनेछ । राज्यले नै माओवादीको सिफारिसमा अपराधीलाई संरक्षण गरेर अपराधीकरणलाई बढाउने काम गरेको छ । सरकारको यो कदमले राजनीतिमा अपराधीकरणलाई बढाउनेछ ।
जनयुद्धका क्रममा तत्कालीन सरकारले माओवादीका कतिपयं नेता-कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रह राखी मुद्दा चलाएको थियो । शान्ति सम्झौताबमोजिम सरकारले त्यस्ता मुद्दा फिर्ता लिनु अपरिहार्य थियो । तर जनयुद्धका क्रममा माओवादीका कतिपय नेता-कार्यकर्ता निहत्था सयौं व्यक्तिको हत्या अपहरणजस्ता मानव अघिकार उल्लंघनका गम्भीर अपराधमा संलग्न थिए । लोकतान्त्रिक शासन प्रणाली स्वीकारेर शान्ति प्रकि्रयामा आएको माओवादीले आफ्ना कार्यकर्ताबाट भएका त्यस्ता अपराधका घटनामा अदालतबाट दोषीलाई कारबाही गर्न सहयोग पुर् याएर आफू कानुनी शासनप्रति पूर्ण प्रतिबद्ध रहेको प्रदर्शन गरेर आमजनताको विश्वास जित्नुपथ्र्यो । तर आफ्नो पार्टीका अपराधमा संलग्न नेता-कार्यकर्तालाई उन्मुक्ति दिएर माओवादीले आमजनतामा आफू कानुनी शासनप्रति पूर्ण प्रतिबद्ध रहेको विश्वास जित्ने मौकासमेत गुमाएको छ ।
अझ माओवादी नेतृत्वको सरकारले शान्ति प्रकि्रया सुरु भएपछि भएका हत्या अपहरण र डकैतीमा संलग्न माओवादीका नेता-कार्यकर्तालाई मात्र होइन पेसेवर अपराधीलाई समेत राजनीतिक आवरणमा उन्मुक्ति दिएर आफ्नो छविलाई नै धुमिल पारेको छ । पार्टीभित्र र बाहिरका अपराधीलाई संरक्षण गरेर माओवादीले आफ्नो संगठन सुदृढ हुन्छ भन्ने सोचेको छ भने त्यो उसको दिवास्वप्नमात्र सावित हुनेछ बरु उल्टै पार्टीमा अपराधी हावी हुन पुग्नेछन् भने अनुशासित इमानदार र सिद्धान्तनिष्ठ नेता-कार्यकर्ता पाखा पर्ने परिस्थिति निर्माण हुन सक्छ त्यो अन्ततः माओवादीकै लागि नै प्रत्युत्पादक हुनेछ ।
सरकार कानुनी शासन मानव अधिकार र लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध छ भने उसले मुद्दा फिर्ता लिने निर्णय गर्दा भएको गम्भीर गल्ती सच्याउनुको विकल्प छैन । शान्ति सम्झौता र मधेस आन्दोलनका क्रममा भएको समझदारीअनुसार राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन सरकारले लगाएका मुद्दामात्र फिर्ता लिने निर्णयलाई कार्यान्यवन गर्ने र शान्ति प्रकि्रया सुरु भएपछि हत्या अपहरण र डकैतीमा संलग्न राजनीतिक व्यक्ति हुन् या पेसेवर अपराधीहरुको मुद्दा फिर्ता लिने निर्णय फिर्ता गरी आफ्नो सच्याउनुबाहेक सरकारका सामु अर्को विकल्प छैन । गलत निर्णय सच्याउँदा सरकारप्रतिको जनविश्वास घट्दैन बरु बढ्छ ।
सरकारले गलत कदम सच्याएन भने पनि न्यायालय र मानव अधिकार आयोगले ती निर्णय कार्यान्वयन हुनबाट रोक्ने विकल्प अझै बाँकी रहन्छ । न्यायालयले अनुमति दिएमात्र सरकारको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन हुन्छ । जिल्ला अदालतहरुले राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएका मुद्दा फिर्ता लिन अनुमति दिने र गम्भीर अपराधमा संलग्न अपराधीको मुद्दा फिर्ता लिन अस्वीकार गर्नुपर्छ त्यो उसको कर्तव्य पनि हो । जिल्ला अदालतहरुले त्यस्तो हिम्मत गर्न सके न्यायालयप्रति आमजनताको विश्वास बढ्छ र अपराधीहरु दण्डित हुन पुग्नेछन् । मानव अधिकार आयोगले समेत सरकारी निर्णयको निष्पक्ष छानबिन गरी मानव अधिकार उल्लंघनलगायतका गम्भीर अपराधमा संलग्न दोषीका मुद्दा फिर्ता नलिन र मुद्दा फिर्ता प्रकरणमा जिम्मेवार उच्च पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई सिफारिस गर्नुपर्छ । आयोगले संवैधानिक अधिकारको सदुपयोग गरी सरकारका गलत निर्णयलाई कार्यान्वयन हुन नदिई अपराधीहरु दण्डित हुने र पीडितले न्याय पाउने प्रत्याभूति दिलाउन साहसिक कदम चाल्नुको विकल्प छैन ।