Saturday, March 30, 2019

प्रदेश लोकसेवासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, १५ चैत– राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ र लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

५ जना घुससहित पक्राउ, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १५ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ५ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने दुई नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा तनहु“काृ त्रिभुवन प्रावि जसपुरकी प्रधानाध्यापक सुशीला गुरुङ र राष्ट्रिय अनुसन्धान विभागकी अनुसन्धान अधिकृत विमला खडकाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी, कार्यालय सहयोगी रामचन्द्र अधिकारी ९० हजार, सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अन्चल सुनार १० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । 

जुट उद्योगलाई विद्युत महसुल छुट

काठमाडौं, १४ चैत– सरकारले जुट उद्योगहरूका लागि विद्युत महसुल छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आर्थिक संकटमा रहेका जुट उद्योगहरूलाई प्रवद्र्धन गर्न विद्युत महसुल छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 
उनका अनुसार सरकारले विराटनगर जुट मिलमा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ । छानबिन समितिमा को को छन् भन्नेबारे बाँस्कोटाले बताएनन् ।

पानीजहाज कार्यालयको रजिस्ट्रारमा कोइराला

काठमाडौं, १४ चैत– सरकारले पानीजहाज कार्यालयको रजिस्ट्रारमा सहसचिव ऋषिराम कोइरालालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सडक विभागका सहसचिव (मेकानिकल इन्जिनियर) कोइरालालाई पानीजहाज कार्यालय प्रमुख तोकेको हो । 
मुलुकका ठूला नदीमा पानीजहाज चलाउनका लागि आवश्यक कार्य गर्न सरकारले यो कार्यालय खोलेको हो । सरकारले पानीजहाज कार्यालयमा प्राविधिक सहसचिवको नेतृत्वमा १४ कर्मचारीको दरबन्दी रहने निर्णय यसअघि नै गरिसकेको थियो ।

वलीलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, १४ चैत– सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।
वलीकी छोरी विपनाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा वलीलाई उपस्थित गराउन आदेश दिएको हो ।
चन्द समूहका मध्य कमान्ड इन्चार्ज वली चैत ९ मा काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित चन्द समूहका ९ जनालाई बा१७च ४८९३ नम्बरको स्कर्पियो जिपबाट काठमाडौं आउ“दै गर्दा प्रहरीले पक्राउ गको थियो । प्रहरीले वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ८ दिन थुनामा राख्न अनुमति पाएको छ ।

प्रधानमन्त्रीमाथि कांग्रेसको टिप्पणी ‘आमाको अगाडि मावलको बयान !’

काठमाडौं, १४ चैत– प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलप्रति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइअनुरूप नभएको आरोप लगाइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसलाई ओरालो लागेको भन्दै ‘बिचरा’ को संज्ञा दिएका थिए ।
‘एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्र्ध बिताएका जोकोहीलाई जीवनको उत्तराद्र्धमा लोकतान्त्रिक पद्धतिको बाटो हि“ड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगीकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अगाडि मावलको बयान’ भन्दा भिन्न छैन,’ विज्ञप्तिमा उल्लेख छ । शर्माले विज्ञप्तिमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि लगाइएको प्रतिबन्धबारे कांग्रेसको धारणा स्पष्ट रहेको बताएका छन् ।

करौडौंको ठगी गरेका गुरुङ बैंककमा पक्राउ

काठमाडौं, १४ चैत– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौं ठगेर फरार परशुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन् ।बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्ड प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
उनले क्यानडा, अस्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको भन्दै नेपाली दूतावासमा उजुरी परेको थियो । नेपाल प्रहरीले गुरुङविरुद्ध इन्टरपोलमार्फत पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।
थाई प्रहरीले गुरुङलाई नेपाली दूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार थाइल्यान्डमा बिनाप्रवेशाज्ञा बसेको अपराधमा समेत त्यहा“को प्रहरीले गुरुङमाथि अनुसन्धान अघि बढाइरहेको छ ।

भण्डारी सचिवमा बढुवा

काठमाडौं, १४ चैत– सरकारले वरिष्ठ सहसचिव केवल भण्डारीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्ले सोमबार लोकसेवा आयोग सदस्यको अध्यक्षतामा बसेको बढुवा समिति बैठकको सिफारिसमा भण्डारीलाई पदोन्नति गरेको हो । उनको पदस्थापन गर्न भने बा“की छ ।

झूटो मुद्दा फिर्ता लिन कांग्रेसको आग्रह

काठमाडौं, १३ चैत– प्रमुख प्रतिपक्षी कांग्रेसले रुकुम (पूर्व) को भूमे गाउ“पालिका निवासी कांग्रेस महाधिवेशन प्रतिनिधि एवं त्रिभुवन जनता मावि, मुसिकोटका व्यवस्थापन समिति सदस्य नन्दबहादुर विष्टविरुद्ध सरकारले झूटा मुद्दा लगाएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खा“डद्वारा बुधबार जारी वक्तव्यमा राजनीतिक प्रतिशोध राखी सरकारले विष्टविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर’ मुद्दा लगाएको प्रति पार्टीकोे ध्यानाकर्षण भएको उल्लेख गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
‘यस्ता प्रतिशोधप्रेरित झूटा मुद्दा लगाई कार्यकर्ता, नेता तथा सर्वसाधारणलाई दुःख दिने कार्यले लोकतन्त्रको मर्म तथा भावनालाई समेत चोट पु¥याउने कार्य भएको छ । सरकारले कानुनी शासनको उपहास गरेको छ । तसर्थ उहा“माथि लागाइएको झूटा मुद्दा अविलम्ब खारेज गरी नेपालको संविधानले प्रदत्त गरेको मौलिक हकको संरक्षण गर्नसमेत आग्रह गर्छु,’ विज्ञप्तिमा उल्लेख छ ।

एसईई परिक्षाका दिन बन्द नगर्न मानव अधिकार आयोगको आग्रह

चन्द समूहसित वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव 
काठमाडौं, १३ चैत– राष्ट्रिय मानव अधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा बन्द आहवान नगर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी एसईई र नेपाल बार एसोसिएसनको निर्वाचन परेकाले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको हो । उक्त दिन एसईईको जनसंख्या तथा वातावरण विषयको परीक्षा छ ।
आयोगले बन्दले आमनागरिकको स्वतन्त्रतापूर्वक हि“डडुल गर्न पाउने, स्वास्थ्य, शिक्षा, पेसा–व्यवसाय र रोजगारीलगायत अधिकार उपभोगमा बाधा पुग्ने उल्लेख गरेको छ । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या, हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न आग्रह गरिएको छ ।
आयोगले सरकारलाई पनि राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन आहवान गरेको छ ।

पूर्वमन्त्री न्यौपाने धरौटीमा रिहा

बिगो मागदाबी ३१ करोड ५२ लाख, धरौटी ५ लाख
काठमाडौं, १३ चैत– भृकुटीमण्डपस्थित जग्गा ठेक्का भ्रष्टाचार प्रकरणका मुख्य अभियुक्त तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने बुधबार ५ लाख रुपैया“ धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा बुधबार उपस्थित भएका उनी न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले तोकेको धरौटी रकम बुझाइ छुटेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित १४ जनाविरुद्ध ३ अर्ब ८३ करोड ६८ लाख रुपैया“ अनियमितता गरेको अभियोगमा गत माघ २१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको जग्गामा मेला सञ्चालन गर्ने पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई समेत प्रतिवादी बनाएको छ । उनी अदालत उपस्थित भइसकेका छैनन् । गुरुङ कांग्रेसका नेता हुन् ।

सेनाको प्रवक्तामा सहायक रथी पाण्डे

काठमाडौं, १३ चैत– सैनिक मुख्यालय जंगीअड्डाले सेनाको प्रवक्ता एवं सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेलाई तोकेको छ ।
दाङस्थित १९ नम्बर बाहिनीपति सहायक रथी पाण्डेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशकमा सरुवा गरी प्रवक्ता तोकिएको हो । सैनिक प्रवक्ता यामप्रसाद ढकालको सैनिक जनसम्पर्क तथा सूचना निर्देशकबाट तीन महिनामै पूर्वी पृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिमा सरुवा भएको छ । 
ढकाल केही दिनपछि मात्रै आफ्नो कमान्ड बुझ्न जानेछन् । ढकाल गएपछि पाण्डेले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने जंगीअड्डाले जनाएको छ ।

भारतीय विदेश सचिव आउँदै

काठमाडौं, १३ चैत– भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार आउने भएका छन् । सचिव गोख्लेका साथ भारतीय विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेलासमेत हुनेछन् । गोख्ले नेपाली समकक्षी परराष्ट्र सचिव शंकरदास बैरागीस“ग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न आउन लागेका हुन् ।
गोख्ले र बैरागीबीच बिहीबार नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । गोख्लेले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । करिब १५ महिनाअघि विदेश सचिवमा बढुवा भएका गोख्लेको पहिलो औपचारिक भ्रमण हो ।

Wednesday, March 27, 2019

ऊर्जा क्षेत्रमा मात्र साढे १२ खर्बका लगानी जुटाउने तयारी

शुक्रबारदेखि लगानी सम्मेलन
लगानी सम्मेलनमा प्रस्तुत गरिने विद्युत आयोजना
आयोजना            क्षमता            लागत
१. पश्चिम सेती        ७५०                १ खर्ब ४८ अर्ब       
२. एसआर सिक्स    ४५०                १ खर्ब २० अर्ब   
३. तमोर            ७५६                १ खर्ब ३५ अर्ब   
४. सुनकोसी–३        ५३६                १ खर्ब
५. सुनकोसी–२        १११०                १ खर्ब ८० अर्ब
६. फुकोट कर्णाली    ४२४                ८० अर्ब
७. नलसिंगाड        ४१०                ९५ अर्ब
८. लोअर अरुण        ६७९                १ खर्ब ३० अर्ब
९. निजी क्षेत्रका        ११ आयोजना        ८८७    १ खर्ब ५६ अर्ब

कुल ६ हजार २ सय १५ मेगावाट
लागत साढे १२ खर्ब

काठमाडौं, १२ चैत– सरकारले शुक्रबार र शनिबार (चैत १५ र १६) मा राजधानीमा हुने लगानी सम्मेलनमा जलविद्युत क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैया“ लगानी जुटाउने तयारी गरेको छ । लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरेर उक्त परिमाणमा लगानी जुटाउने तयारी गरेको हो । ती आयोजनाको कुल जडित क्षमता ६ हजार २ सय मेगावाट छ ।
मुलुकमा ऊर्जा क्षेत्रमा ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउन सरकारले कानुनी सुधारबाहेक सबभन्दा पहिला प्रक्रियागत झन्झट र आयोजनास्थलमा देखिने गरेका व्यावहारिक तथा स्थानीय समस्या समाधान गर्न विज्ञहरूले सुझाएका छन् ।

कृषिका दुई वरिष्ठ अधिकारी घुससहित पक्राउ

काठमाडौं, १२ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको राईजोवियम तथा घा“सेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत दुई वरिष्ठ अधिकृतलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ ।
वरिष्ठ पशु विकास अधिकृत रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीले सम्पन्न भइसकेको कामको भुक्तानी आदेशबापत सेवाग्राहीस“ग ४० हजार रुपैया“ घुस लिएकाले उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको महोत्तरी बर्दिवासस्थित प्रदेश २ कार्यालयले दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइरहेको छ ।

चन्द समूहसित वार्ता गर : बार

काठमाडौं, १२ चैत– मुलुकभरका कानुन व्यवसायीहरूको साझा मञ्च बार एसोसिएसनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासितको समस्या वार्ताका माध्यमबाट समाधान खोज्न सरकारस“ग आग्रह गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले बारका तर्फबाट मंगलबार वक्तव्य जारी गरी विगतका राजनीतिक आन्दोलनमा सरकारले गरेको बन्देज तथा शक्तिको अत्याधिक प्रयोगले समाधान प्राप्त नभएको यथार्थलाई आत्मसाथ गरी राजनीतिक रूपमा समाधान खोज्न आग्रह गरेका हुन् ।
बारले चन्द समूहका क्रियाकलापलाई प्रतिबन्ध लगाउने सरकारको गत फागुन २८ को निर्णय फिर्ता लिई वार्ताका माध्यमबाट समस्या समाधान गर्न सुझाएको हो ।

गेसोद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं, १२ चैत– गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले पेन्सनलगायतका सेवा, सुविधा बेलायती नागरिक सहर समान रूपमा उपलब्ध गराउन बेलायत सरकारस“ग कूटनीतिक पहल गर्न नेपाल सरकारस“ग माग गर्दै ३ महिने नया“ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवासुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारस“ग कूटनीतिक पहल गर्न सरकारस“ग माग राखी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
बेलायती सरह गोरखा भूतपूर्व सैनिकलाई पनि पेन्सनलगायतका सेवा सुविधा तत्काल उपलब्ध गराउन कुटनीतिक पहल गर्न माग गर्दै ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी गेसोका अध्यक्ष कृष्णकुमार राईले दिए । आन्दोलनको कार्यक्रम अनुसार गेसोले आफ्ना माग सम्बोधन गराउन नेपाल र बेलायतका प्रधानमन्त्रीलगायतका सम्बन्धित मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेछ । बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आफूहरुको मागलाई सम्बोधन गर्न बाध्य हुने गरी विशाल प्रदर्शन गर्ने निर्णयसमेत गरिएको जानकारी गेसोका अध्यक्ष राईले दिए ।

Monday, March 25, 2019

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ११ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि षडानन्दका साबिक वडा नं. ५ र ६ मा विद्युत् विस्तार परियोजनाको कुल लागत ५८ लाख ७९ हजार रुपैया“मध्ये उपभोक्ता समितिमार्फत २९ लाख ७४ हजारको मात्र काम गरी २८ लाख ९५ हजार हिनामिना गरेको आरोप छ ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रशासकीय अधिकृत जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर बिमलमान राई, सब–इन्जिनियर महेश कार्की, शिक्षा अधिकृत मणिराम तामाङ, वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किरा“त, उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ (श्रेष्ठ) र संयोजक हेमकुमार श्रेष्ठ छन् । अख्तियारले अभियोगपत्रमा २८ लाख ९५ हजार रुपैयाँलाई बिगो मानी जरिवाना र जेल सजाय मागदाबी गरेको छ ।

गाविस सचिवसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, ११ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साबिक सिमा गाविसका सचिवसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सीमा गाविसको सामुदायिक भवन निर्माणका क्रममा गाविस सचिव दीपकबहादुर सिंहसहितले २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ ।
भ्रष्टाचारको मुद्दा दायर गरिएकामा गाविस सचिव सिंहका अतिरिक्त सब–इञ्जिनीयर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीदेवी बाँठो छन् । अख्तियारको अभियोगपत्रमा उक्त भवन निर्माण कार्य सम्झौता एवं लागत अनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्डविपरीत गरिएको निर्माण कार्यलाई सही भनी प्रमाणित गरेर उनीहरूले झुठो बिल भर्पाई बनाई भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूमाथि २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ बिगो कायम गरी जरिवाना र जेलसजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।

वलीसहित ९ जनालाई ८ थुनामा राख्न अनुमति

संगठित अपराधसहितको अभियोगमा मुद्दा चलाइने
काठमाडौं, ११ चैत– नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ । जिल्ला अदालत, ललितपुरका न्यायाधीश चुडामणि खडाको इजलासले वलीसहित ९ जनालाई ८ दिन थुनामा राखेर उनीहरूमाथि छानबिन गर्न अनुमति दिएको हो ।
प्रहरीले वलीलाई ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा भएको शक्तिशाली विष्फोटको योजनाकारका रूपमा मुद्दा चलाउन छानबिन अघि बढाएको छ । एनसेलमा भएको घटनालगत्तै वलीले सञ्चार माध्यमस“ग कुरा गर्दैै विस्फोटको जिम्मेवारी लिएका थिए ।
प्रहरीले शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट वलीसहित ९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउ“दै गर्दा उनीहरूलाई पक्राउ गरेको हो । जीपमा हतियारसमेत भेटिएको प्रहरीको दाबी छ ।

Saturday, March 23, 2019

स्विटजरल्यान्डद्वारा १५ अर्ब सहयोगको घोषणा

काठमाडौं, ८ चैत– स्विटजरल्यान्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासका लागि १४ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने गर्ने घोषणा गरेको छ ।
स्विटजरल्यान्डले समावेशी संघीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैंगिक समानता, सामाजिक समावेशिता, विपद जोखिम घटाउनेलगायत कार्यक्रम सञ्चालन गर्न उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
स्विस विकास सहयोग नियोग (एसडीसी) का महानिर्देशक म्यानुएल सागरले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमका क्रममा सञ्चारकर्मीसित कुरा गर्दै सन् २०१८–२०२१ का निम्ति आफ्नो देशले उक्त रकम नेपाललाई सहयोग गर्न लागिएको जानकारी दिए ।
महानिर्देशक म्यानुएल सागरएसडीसी नेपालको विकास प्रयासमा साझेदारी गरेको ६० औं वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा छन् ।

भारतीय विदेश सचिव आउँदै

काठमाडौं, ८ चैत– भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउने भएका छन् । उनी दुई दिने भ्रमणका लागि आगामी चैत १४ मा नेपाल आउन लागेको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ । उनले नेपालमा हुन लागेको लगानी सम्मेलनअघि नेपाल भ्रमण गर्न लागेका हुन् । चैत १५ र १६ मा काठमाडौंमा लगानी सम्मेलन हुँदैछ ।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार लगानी सम्मेलनमा भारतबाट उच्च तहको भ्रमणका लागि वातावरण बनाउन उनी आउन लागेका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकर वैरागी र विभिन्न दलका शीर्ष नेतासित भेटवार्ता गर्ने कार्यक्रम छ ।

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई करोड रुपैयाँ अवैध आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
हाल करदाता सेवा कार्यालय पा“चथरका कर अधिकृत विकले ९ वर्षको सेवा अवधिमा ३ करोड १० लाख रुपैयाँ आर्जन गरेको र त्यसमध्ये १ करोड ८२ लाखको स्रोत नखुलेको (अनियमितता गरी आर्जन गरेको) पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा उनीविरुद्ध बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । मुद्दा दायर भएसँगै विक पदबाट निलम्बित भएका छन् ।
यसैबीच अख्तियारले बैदेशिक रोजगार विभागंका नायव सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैया“ घुस रकमसहित पक्राउ गरेको छ ।

Friday, March 22, 2019

चलचित्र विकास बोर्डमा भट्टराई

काठमाडौं, ७ चैत– सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई मनोनयन गरेको छ । अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त पदमा मन्त्रिपरिषदले भट्टराईलाई चार वर्षका लागि मनोनयन गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बा“स्कोटाले दिए ।

मनकामना र हलेसी संघ मातहत

काठमाडौं, ७ चैत– सरकारले थप दुई पुरातात्विक दरबार र दुई मन्दिर विकास समितिलाई केन्द्र (संघ) मातहत राखेको छ । मन्त्रिपरिषद बैठकले गोरखा दरबार हेरचार कार्यालय तथा संग्रहालय, नुवाकोट दरबार हेरचार कार्यालय तथा संग्रहालय र मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई संघ अन्तर्गत राख्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले दिएको जानकारीअनुसार मन्त्रिपरिषदले पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र सहिद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापनगर्ने निर्णय गरेको छ ।

Thursday, March 21, 2019

राजपा अध्यक्ष मण्डलको संयोजक भण्डारी

काठमाडौं, ६ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन् । दुई÷दुई महिनामा नेतृत्व फेरिने चक्रीय प्रणालीअनुसार भण्डारी राजपाको संयोजक बनेका हुन् । पार्टी विधानअनुसार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको दुईमहिने अवधि सकिएपछि भण्डारीको पालो आएको हो ।
यसअघि नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो राजपाको संयोजक भइसकेका छन् । २०७४ वैशाखमा तराई–मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक भएका थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा संयोजक दुई÷दुई महिनामा परिवर्तन हुने व्यवस्था गरिएको हो ।

अख्तियारबाट बच्न सेनालाई ‘ठेकेदार’ बनाइँदै

काठमाडौं, ६ चैत– नेपाली सेनाभित्र हुने अनियमितता घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले ठूला पूर्वाधार निर्माणका आयोजना सेनालाई दिने प्रवृत्ति बढदै गएको छ ।
यहीबीचमा मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न र चुरे क्षेत्रको संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारेमा सरकारी स्तरमा छलफल सुरु भएको छ ।
आफूले पाएका सबैजसो काम अपारदर्शी ढंगले ठेक्कामा दिएर गराउने गरेको सेनालाई एकपछि अर्को निर्माणको जिम्मा दिंदै जाँदा राष्ट्रिय सेना नै ठेकेदार बन्ने हो कि भन्ने चिन्ता बढेको विज्ञहरूले व्यक्त गरेका छन् ।
सरकारले हिमतालको जोखिम न्यूनीकरण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रूख काटने, कृत्रिम पोखरी बनाउने, दुर्गम क्षेत्रमा सडकको ट्रयाक खोल्नेदेखि मुलुककै रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस जोडने फास्ट ट्रयाक निर्माणको जिम्मासमेत सेनालाई दिएको छ ।
त्यति धेरैथरीको कामका लागि सेनासँग अनुभव छ कि छैन, विचारै नगरी जिम्मा दिने तयारी गर्नु आपत्तिजनक भएको टिप्पणी भौतिक पूर्वाधार मन्त्रालयका पूर्व अधिकारीहरूको छ ।
संविधानमा अख्तियारले संवैधानिक अंग र नेपाली सेनाभित्रको भ्रष्टाचार र अख्तियारको दुरुपयोगका घटना छानबिन गर्न नपाउने प्रावधान छ । त्यही संवैधानिक व्यवस्थाका कारण अनियमिततामा अख्तियारको कारबाहीबाट उन्मुक्ति पाउन झन्डै सवा खर्ब रुपैया“ लागतको  फास्ट ट्रयाक र अरू दर्जनौं आयोजना निर्माणको जिम्मा सेनालाई दिइएको जानकारी सरकारी अधिकारीहरूले दिएका छन् ।

दुई नक्कली प्रमाणधारीविरुद्ध मुद्दा

काठमाडौं, ६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादव नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सेवामा बहाल रहेको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले सुलीचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्तीमगरविरुद्ध समेत मुद्दा दायर गरेको छ । घर्ती नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सार्वजनिक पदमा बहाल रहेको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तीन कर्मचारीवरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध नक्कली बिल तथा भौचर तयार पारी ५२ लाख १३ हजार रुपैया“ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले कपिलवस्तुको यशोधरा गाँउपालिका–३ को कृष्ण धार्मिक माविको व्यवस्थापन समितिका सदस्य विजयनाथ चौवेले अनुदान शिक्षकको दरबन्दीमा नियुक्ति गरिदिने घुस लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दाहाल अमेरिका प्रस्थान

काठमाडौं, ५ चैत– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको जोन हकिङ्स अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या छ । उनको गत असोजमा सिंगापुरमा समेत उपचार भएको थियो । अध्यक्ष दाहालको सचिवालयद्वारा आइतबार जारी प्रेस नोटमा दाहाल दम्पती अमेरिका प्रस्थान गरेको उल्लेख छ ।

राजपाद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध

प्रतिवेदन सार्वजनिक गरी सरकारले संसद सुचारु गरोस् : कांग्रेस-राजपा
काठमाडौं, ५ चैत– राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरूले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले टिकापुर घटनाका बारेमा तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संघीय संसद अवरुद्ध गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएलगत्तै राजपा सांसदहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म संसद् चल्ने नदिने जनाएका हुन् । बैठक शुरु हुने बित्तिकै सभामुखस“ग विशेष समय लिएर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले आयोगले प्रतिवेदन बुझाइसकेपछि सरकारले त्यसलाई सार्वजनिक नगर्नु आपत्तिजनक भएको बताए ।्
थरुहट तथा विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा भएका ज्यादतीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश लालको संयोजकत्वमा २०७३ असोज २ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । आयोगले २०७४ माघ २९ मा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनलाई सार्वजनिक नगरेकामा राजपाले कडा आपत्ति जनाई संसद अवरुद्ध गरेको हो ।

७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ५ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको साविक सिजुवा गाविस–८ को सडकसँग जोडिएको जग्गालाई कम मूल्यांकन गरी साढे तीन लाख रुपैया“ भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा मालपोत कार्यालय रंगेलीका नासुद्वय प्रदीप घिमिरे र देवीप्रसाद लुइ“टेल, साविक सिजुवा गाविसका बहिदार नन्दलाल राजवंशी, तत्कालीन वडाध्यक्ष दानालाल राजवंशी, जग्गाधनी दुर्गाप्रसाद निरौला र हस्तराज लिम्बु, जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई जनही साढे तीन लाख रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

परराष्ट्रमन्त्री बुधबार अर्जेन्टिना जाँदै

काठमाडौं, ५ चैत– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बुधबार अर्जेन्टिना प्रस्थान गर्दैछन् । उनी चैत ६ देखि ८ सम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।
सम्मेलनमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
ज्ञवालीले संयुक्त राष्ट्रसंघीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (यूएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना हुने छलफलमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ । ज्ञवाली चैत ९ मा स्वदेश फर्कने कार्यक्रम छ ।

अख्तियारमा कोइराला प्रवक्ता

काठमाडौं, ५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्ता तोकेको छ । यसअघि सहसचिव रामेश्वर दंगाल अख्तियारका प्रवक्ता थिए ।

Monday, March 18, 2019

अख्तियारकै असइविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, ३ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखिदिने भन्दै घूस लिने अख्तियारमै कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) विरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीस“ग लिएको १ लाख रुपैया“ घूससहित पक्राउ परेका अख्तियारको सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्यितारका अनुसार सडक ग्राभेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै अधिकारीले घूस लिएका छन् ।

परराष्ट्रमन्त्री बुधबार अर्जेन्टिना जाँदै

काठमाडौं, ३ चैत– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बुधबार अर्जेन्टिना प्रस्थान गर्दैछन् । उनी चैत ६ देखि ८ सम्म ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।
सम्मेलनमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले संयुक्त राष्ट्रसंघीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (यूएनओएचआरएलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने छलफलमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ । ज्ञवाली चैत ९ मा स्वदेश फर्कनेछन् ।

७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ३ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको साबिक सिजुवा–८ को सडकस“ग जोडिएको जग्गा कम मूल्यांकन गरी साढे तीन लाख रुपैया“ भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा मालपोत कार्यालय रंगेलीका नासुद्वय प्रदीप घिमिरे र देवीप्रसाद लुइ“टेल, साविक सिजुवा गाविसका बहिदार नन्दलाल राजवंशी, तत्कालीन वडाध्यक्ष दानालाल राजवंशी, जग्गाधनी दुर्गाप्रसाद निरौला र हस्तराज लिम्बू, जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई जनही साढे तीन लाख रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

दाहाल अमेरिका प्रस्थान

काठमाडौं, ३ चैत– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जोन हकिङ्स अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ ।
सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या छ । गत असोजमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । अध्यक्ष दाहालको सचिवालयद्वारा आइतबार जारी प्रेस नोटमा दाहाल दम्पती अमेरिका प्रस्थान गरेको उल्लेख छ ।

लाल प्रतिवेदन माग गर्दै सदन अवरुद्ध

आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु आपत्तिजनक : कांग्रेस–राजपा
काठमाडौं, ३ चैत– राजपाका सांसदले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले टीकापुर घटनाबारे तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार संघीय संसद् अवरुद्ध गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै राजपा सांसदले प्रतिवेदन सार्वजनिक नभएसम्म संसद् चल्न नदिने जानकारी गराएका थिए । सभामुखस“ग विशेष समय लिएर बोल्दै सांसद लक्ष्मणलाल कर्णले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु आपत्तिजनक भएको बताए । थरुहट तथा मधेस आन्दोलनका क्रममा भएका ज्यादतीबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको संयोजकत्वमा २०७३ असोज २ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । आयोगले २०७४ माघ २९ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Sunday, March 17, 2019

जनताको सबभन्दा बढी लगानी हुने पहिलो आयोजना

माथिल्लो त्रिशूली ३ ‘बी’
काठमाडौं, २ चैत– नुवाकोट र रसुवा सिमास्थित ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् कम्पनी नेपाली जनताको झन्डै आधा ४९ प्रतिशत सेयर लगानीको पहिलो आयोजना हुने भएको छ ।
सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली, विद्युतको सेयर धनी’ नारासहित सुरु गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत् आयोजना राखेको छ । यो कार्यक्रममा माथिल्लो त्रिशूली ३ ‘बी’ कार्यान्वयन हुने पहिलो आयोजना बनेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् ।
माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना सम्पन्न हुँदासम्म ऋण र ब्याजसहित ८ अर्ब २२ करोड रुपैया“ लागत अनुमान गरिएको छ । आयोजनामा प्रवद्र्धक नेपाल टेलिकम र विद्युत् प्राधिकरणको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहनेछ । यसअघि उक्त आयोजनामा टेलिकमको ३०, प्राधिकरणको ३०, निर्माणस्थल पर्ने जिल्ला रसुवा र नुवाकोटका सबै स्थानीय तहको ५, नुवाकोट र रसुवाबासीको ५, मुलुकभरका सर्वसाधारणको सेयर १५, नुवाकोट र रसुवाका जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका कम्पनीको १० र टेलिकम तथा प्राधिकरणको कर्मचारी गरी ५ प्रतिशत लगानी रहने गरी माथिल्लो त्रिशूली ३ ‘बी’ कम्म्पनी स्थापना भएको हो ।
कम्पनीले दुई वर्षपछि आगामी २०७७ को फागुन मसान्तसम्म आयोजनाको निर्माण सकी विद्युत् निकाल्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदारले काम सुरु गरिसकेको छ । यो आयोजना ढिलोमा अबको एक वर्षभित्र सम्पन्न हुने ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केट आयोजना हो । अर्थात् माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट ६० मेगावाट बिजुली निकालिसकेपछि पानीलाई नदीमा नखसाल्दै त्यसैलाई पुनः दोस्रो सुरुङमार्फत विद्युत् गृहमा लगी ३७ मेगावाट बिजुली निकाल्ने क्यास्केड आयोजना हो ।

राप्रपाद्वारा आन्दोलन घोषणा

हिन्दु राष्ट्र पुनःथापनाको माग
काठमाडौं, २ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै डेढ महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । चैत १५ देखि सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरूमा सत्याग्रह गरी सकिने राप्रपाले जनाएको छ ।
काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राप्रपाद्वारा जारी विज्ञप्तिका अनुसार चैत १६ सम्म प्रचारप्रसार, १७ देखि २३ सम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ मा जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्नाको कार्यक्रम राखिएको छ । चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घन्टा सत्याग्रहको कार्यक्रम राखिएकोसमेत राप्रपाले जनाएको छ ।

राससका संस्थापक श्रेष्ठ रहेनन्

काठमाडौं, २ चैत– राष्ट्रिय समाचार समिति (रासस) का संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको हृदयघाटबाट शनिबार दिउँसो निधन भएको छ । काठमाडौं महानगरको ताहचल निवासी ८६ वर्षीय श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
उनको शनिबार साँझ नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरियो । स्व. श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् । श्रेष्ठसहित रामराज पौडयाल र गोविन्द वियोगी राससका संस्थापक थिए ।

Wednesday, March 13, 2019

दुई जनाजिरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको तत्कालीन द्वारी गाउँ विकास समितिका सचिव टिकाराम रेग्मी र सहलेखापाल छविराम शर्माविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मृतक व्यक्तिहरूका नाममा सामाजिक भत्ता वितरण गरेको देखाई साढे ८ लाख रुपैयाँ अनियमितता गरेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

दुई नक्कली प्रमाणपत्रधारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना नक्कली शैक्षिण प्रमाणपत्रधारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छानबिनका क्रममा जिल्ला समन्वय समितिको कार्यालय, कैलाली, धनगढीका नायव सुब्बा जगदीशबहादुर शाह र श्रीमहेन्द्र मन्दिर माध्यमिक विद्यालय, परेवाडाँडा, लमजुङका शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।

Tuesday, March 12, 2019

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ लाख रुपैयाँ बराबरको घरजग्गा ३ लाखमै पास गराएर अनियमितता गरेको अभियोगमा ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, पर्साका मालपोत अधिकृत पदमप्रसाद अर्याल, नासु दयाराम खत्री, नासु लेखनाथ भट्टराई र बिक्रीकर्ता शारदा देउजा र जग्गा खरिदकर्ता कौशलकिशोर श्रीवास्तवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
३५ लाख रुपैया“भन्दा बढीको घरजग्गासमेत किनबेच हुँदा ३ लाखमा जग्गा मात्र खरिदबिक्री भएको किर्ते कागज गरी अनियमितता गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका वरिष्ठ अधिकृत (सातौं तह) मित्रलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले विहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहविरुद्ध मुद्दा पनि दायर गरेको छ ।

वरिष्ठ अधिवक्ता चिन्तनविरुद्ध ठगी मुद्दा

काठमाडौं, २६ फागुन– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ करोड ३५ लाख ठगी गरेको अभियोगमा वरिष्ठ अधिवक्ता गोपाल सिवाकोटी चिन्तनसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मानव अधिकारको क्षेत्रमा समेत काम गर्ने चिन्तन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक छन् ।
अभियोगपत्रमा चिन्तनले कानुन विषयको कलेज खोल्ने प्रलोभन देखाएर प्रतिष्ठित व्यक्तिहरूसँग पैसा उठाएर ठगी गरेको उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा चिन्तनका अतिरिक्त नुवाकोटका बद्रीकुमार थापा, चिन्तनकी पत्नी कमला सिटौला, बद्रीकी पत्नी कल्पना थापा बुढाथोकीलाई प्रतिवादी बनाइएको छ । सरकारी वकिलको कार्यालयले आइतबार अबेर मुद्दा दर्ता गरेका कारण अभियुक्तहरूलाई सोमबारमात्र अदालत उपस्थित गराइने जानकारी स्रोतले दिएको छ । अभियुक्त सिटौला र कल्पना थापा फरार छन् ।

राष्ट्रपति न्युयोर्क प्रस्थान

काठमाडौं, २६ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३ औं अधिवेशनमा सहभागी हुन आइतबार सा“झ अमेरिकाको न्युयोर्क प्रस्थान गरेकी छन् ।
राष्ट्रसंघको प्रधान कार्यालयमा फागुन २७ देखि आगामी चैत ८ सम्म हुने अधिवेशनमा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले महिला नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ ।
उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी वरिष्ठ अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभासहितका उच्च अधिकारी सामेल छन् । राष्ट्रपति भण्डारीले आफू स्वदेश बाहिर रहने समयावधिभर आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोकेकी छन् ।

Friday, March 8, 2019

छाउपडी दुई महिनाभित्र निर्मूल गर्न निर्देशन

काठमाडौं, २३ फागुन– प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सुदूर पश्चिममा प्रचलित छाउपडी प्रथाले वर्षेनि सयौं महिला पीडित हुनु परेको उल्लेख गर्दै त्यसलाई दुई महिनाभित्र निमूल गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले बैठकले सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महिनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।
समितिले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रूपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई आग्रह गरेको छ ।
समितिले छाउपडीसहितका कुरीति, कुप्रथा तथा कुसंस्कार निर्मूल गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।

राउतलाई तारेखमा रिहा गर्न आदेश

काठमाडौं, २३ फागुन– सर्वोच्च अदालतले राज्य विप्लवको अभियोग लागेका सीके राउतलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्रसमसेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले राउतलाई रिहा गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतले त्यसलाई सदर गरेको थियो । निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखी रिहा गर्न आदेश दिएको हो ।

दुई उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सीडीई (उपसचिव) लालु गिरीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिका लागि पेश्की तथा रनिङ बिल भुक्तानीका क्रममा सेवाग्राहीस“ग १८ लाख ५० हजार रुपैया“ घुस लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले अभियोगपत्रमा गिरीलाई भ्रष्टाचार निवारण ऐनबमोजिम १८ लाख ५० हजार रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ । मुद्दा दायर भएस“गै गिरी निलम्बित भएका छन् ।

Thursday, March 7, 2019

अर्थले सहमति नदिएपछि बुढी गण्डकी अन्यौलमा

लगानी कसरी जुटाउने भन्ने अन्यौलसमेत कायमै
काठमाडौं, २२ फागुन– सरकारले बहुचर्चित बुढी गण्डकी जलाशययुक्त विद्युत आयोजनाका बारेमा समयमै निर्णय गर्न नसक्ता निर्माण कार्य कहिले सुरु हुने झन् अनिश्चित भएको छ । मन्त्रिपरिषदले चिनियाँ कम्पनी गेजुवालाई १२ सय मेगावाट क्षमताको बुढी गण्डकी आयोजना ईपीसीएफ (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ) मोडेलमा बनाउन दिने निर्णय गरेको ८ महिना भइसक्ता पनि सम्झौताको प्रक्रिया अघि बढन सकेको छैन ।
ईपीसीएफ प्रस्तावक कम्पनीले इन्जिनियरिङको काम र ठेक्का आफैंं लगाई या गरी आफ्नै पैसामा निर्माण गर्ने मोडालिटी हो । निर्माण सम्पन्न भएपछि आयोजनाबाट उत्पादित बिजुलीको महसुलबाट सरकारले क्रमशः निर्माण गर्ने कम्पनीलाई रकम बुझाउ“दै जानेछ ।
झन्डै पाँच वर्षसम्म सरकार परिवर्तनपिच्छे निर्माण मोडालिटीसम्बन्धी अस्थिर नीतिको शिकार हुँदै आएको बुढी गण्डकी आयोजना पछिल्लो समय कुन कानुनअनुसार गेजुवालाई ईपीसीएफ मोडलमा बनाउन दिने भन्ने अन्यौलमा परेको छ ।
सुरुमा विकास समितिको मोडलमा बनाउने निर्णय भएको आयोजना दुईपटक स्वदेशी लगानीमा निर्माण गर्ने त, दुईपटक चिनियाँ कम्पनीलाई दिने निर्णय भइसकेको छ ।

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलौरी नगरपालिकाका इञ्जिनीयर हृदयराज बजगाईंविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बजगाईंले काम सम्पन्न भइसकेको ठेक्काको बिल फरफारक गर्ने क्रममा सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बजगाईंमाथि बिगो ६० हजार कायम गरी जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

पूर्व सांसद पण्डितको निधन

काठमाडौं, २१ फागुन– नेकपाका नेता एवं पूर्वसांसद गणेश पण्डितको मंगलबार निधन भएको छ । मंगलबार बिहान हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
उनी नुवाकोट–२ बाट २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत भएका पण्डित २०४२ को बमकाण्डमा गिरफ्तारीमा परेका थिए । त्यतिबेला उनी आठ महिना जेल परेका थिए । पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।

सई र असईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कनिष्ठ प्रहरी अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको औरहीस्थित प्रहरी चौकीका असई रामनरेश साह तेली र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका सई सूर्य बहादुर नेपालीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अख्तियारले विज्ञप्ति जारी गरी तेलीले सेवाग्राहीस“ग घुस लिएको प्रमाणित भएको र छानबिनका क्रममा नेपालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएकाले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ । मुद्दा दायर भएस“गै दुवै जना निलम्बित भएका छन् ।

अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, २१ फागुन– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्टियसभाको बुधबार बसेको बैठकले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेका छन् ।
उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए । २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा समेत अधिकारी सदस्य थिए ।
प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव दुवै सदनका बैठकबाट सर्वसम्मतिबाट पारित भएको हो ।

डीएसपीको २१ दिनमै सरुवा

काठमाडौं, २१ फागुन– प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजाललाई २१ दिनमै सरुवा गरेको छ । काजमा पठाइएका रिजाललाई तीन सातामै पुरानै दरबन्दीमा फर्काइएको हो ।
काजमा पठाइएकै ठाउ“मा सरुवा गर्ने परम्पराविपरीत प्रधान कार्यालयले उनलाई पुरानै दरबन्दीमा तानेको हो ।
प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको ८२ डीएसपीको सरुवाको सूचीमा रिजाललाई दार्चुलाबाट महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीमा सारिएको उल्लेख छ । उनलाई २८ माघमा महानगरीय प्रहरी पहरागञ्जबाट दार्चुलामा काज सरुवा गरिएको थियो । दार्चुलाको प्रहरी प्रमुखमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ ।

‘प्याराजम्प’ गर्ने क्रममा एक सैनिक घाइते

काठमाडौं, २१ फागुन– प्यारासुटबाट खसेर नेपाली सेनाका हवल्दार घाइते भएका छन् । सैनिक दिवसका अवसरमा आइतबार टु“डिखेलमा आयोजित कार्यक्रममा ‘प्याराजम्प’ गर्ने क्रममा हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।
प्यारासुटमा प्राविधिक गडबडी आएकाले दुर्घटना भएको हो । घाइते भण्डारीको वीर अस्पतालमा उपचार भइरहेको छ । भण्डारी खतरामुक्त रहेको जानकारी सेनाले दिएको छ ।

प्रशासकीय अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिन सेवाग्राहीस“ग लिएको २५ हजार रुपैया“ घुससहित पक्राउ परेका श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनलाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । मुद्दा दायर भएस“गै श्रेष्ठ निलम्बित भएका छन् ।

सरकारी चिकित्सकद्वारा आन्दोलन फिर्ता

काठमाडौं, २० फागुन– सरकारी चिकित्सक संघ (गोदान) ले सरकारको आश्वासनपछि आइतबार आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।  स्वास्थ्य मन्त्रालयले सरकारी चिकित्सकका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानले जनाएको छ ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रवीन खडाले आइतबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसित आफ्ना मागका सम्बन्धमा शनिबार छलफलसमेत भएको जनाएका छन् ।

विमानस्थलबाट सुनसहित चार जना पक्राउ

काठमाडौं, २० फागुन– महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा सुन लिएर हिडिरहेका सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
तामाङबाट ७ लाख ५१ हजार ९ सय ३५ रुपैया“ मूल्यको २ सय ४९ ग्राम र रानाबाट ५ लाख २६ हजार १ सय ८५ रुपैया“ मूल्यको २ सय ९ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कानुनी कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

Sunday, March 3, 2019

लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं, १८ फागुन– प्रहरीले राजधानीको नागढुंगाबाट लागू औषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । लागू औषध गाडीमा लुकाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले भारत सीतामडीका शिवकुमार गुप्तालाई नागढुंगाबाट नियन्त्रित लागू औषध नाइट्राभेट एक हजार ८ सय चक्कीसहित शनिबार बिहान पक्राउ गरेको हो ।
बारा निजगढका सुरेश लामा नियन्त्रित लागू औषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित पक्राउ परेका छन् । झापा कन्काई नगरपालिका–५ का सागर विक अवैध लागू औषध ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

ठेकेदारको लापर्बाहीले दार्चुलामा दुर्घटना : सांसदहरू

काठमाडौं, १८ फागुन– सांसदहरूले सरकारी निकाय र निर्माण व्यवसायीले सडकको निर्माण र स्तरोन्नतिमा ध्यान दिन नसक्दा मुलुकमा दिनहुँजसो नै गाडी दुर्घटना भइरहेको आवाज उठाउ“दै यसमा गम्भीर हुन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम स्तरीय र प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले दुर्घटनामा परी अकालमा ज्यान गुमाउनु परेको उल्लेख गर्दै तत्काल सुधारको काम थाल्न र गैरजिम्मेवारी निर्माण व्यवसायी र सडकका अधिकारीलाई कारबाही गर्न माग गरे ।
उनीहरूले शुक्रबार दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको र एक जना गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउ“दै सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायी र सरकारी अधिकारीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

रवीन्द्रको क्षेत्रमा उठदिनन, कुप्रचार नगरियोस् : वामदेव

काठमाडौं, १८ फागुन– सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हु“दा आफू उम्मेदवार नहुने बताएका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउ“दै खण्डन गरेका हुन् ।
उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् । ‘श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।

विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौं, १८ फागुन– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको आवश्यकता रहेको बताएका छन् ।
राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले युग अनुसारको शिक्षाको विकासका लागि राजनीतिक नेतृत्वले विद्वानहरूसँग छलफल गरेर सुधारका काम अघि बढाउनुपर्ने बताए ।
‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि विश्वमै प्रतिस्पर्धी बनाउनु आवश्यक छ’ उनले भने ।
उनले शिक्षकले विद्यार्थीलाई रोबोट बनाएका छन् कि मान्छे भनी प्रश्न उठन थालेको उल्लेख गर्दै मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए । सरकारले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने उनले बताए ।

Friday, March 1, 2019

मन्त्रीको निधनमा परम्पराअनुसार नै सार्वजनिक बिदा : गृह

काठमाडौं, १६ फागुन– सरकारले परम्पराअनुसार नै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा राष्ट्रिय शोक घोषणा गरी बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मुलुकमा राष्ट्राध्यक्ष, पूर्व राष्ट्राध्यक्ष, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट पदाधिकारी निधन हु“दा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिने परम्परा छ’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसित भने– ‘त्यही परम्पराअनुसार बहालवाला मन्त्री अधिकारीको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिइएको हो ।’
उनले परम्पराअनुसार नै सरकारले स्व. अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको जानकारीसमेत दिए । सरकारले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यबहादुर थापाको निधन हुँदा राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । सरकारले उनीहरूको अन्तिम संस्कारसमेत राजकीय सम्मानका साथ गरेको थियो । सरकारले पञ्चायतकालीन पूर्वप्रधानमन्त्रीहरूको निधन हुँदा भने राष्ट्रिय शोक घोषणा गर्ने र सार्वजनिक बिदा दिने गरेको छैन । ०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री भएकालाई मात्र त्यस्तो सम्मान दिने सरकारको निर्णय छ ।

हेलिकप्टर दुर्घटना मुलुकलाई अपूरणीय क्षति : नेकपा

काठमाडौं, १५ फागुन– सत्तारूढ नेकपाले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै यसबाट मुलुकलाई अपूरणीय क्षति पुगेको भएको उल्लेख गरेका छन् ।
‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ विज्ञप्तिमा छ ।
नेकपाले अधिकारीलाई होनाहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार राष्ट्रिय शोक र सार्वजनिक बिदा

दुर्घटनाबाट राष्ट्रलाई अपुरणीय क्षति : मन्त्रिपरिषद
काठमाडौं, १५ फागुन– सरकारले हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएकामा गहिरो दुःख र शोक प्रकट गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले अकल्पनीय, अप्रत्याशित र दुःखद घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
‘नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ’ मन्त्रिपरिषद बैठकपछि बुधबार सा“झ जारी विज्ञप्तिमा छ ।
मन्त्रिपरिषदले फागुन १६ गते बिहीबारको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरी उक्त दिन सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दुतावास तथा नियोगमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदले राष्ट्रिय शोकको दिनमा सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।