Thursday, December 29, 2016

बुढी गण्डकी आयोजना अघि बढाउन सहजीकरण इकाइ


काठमाडौं, १४ पुस– सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना अघि बढाउन उच्चस्तरीय ‘जग्गा प्राप्ति, वातावरण तथा पुनर्बास सहजीकरण इकाइ’ गठन गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गठन हुन लागेको इकाइले धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीसित समन्वय गरी आयोजनास्थलमा परेका घरजग्गाको मुआब्जा वितरण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको कार्यान्वयन गर्ने र घरबार छाड्न बाध्य स्थानीयबासीलाई उचित ठाउ“ खोजेर पुनर्बास गराउने कार्य गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले दिए । 
प्रमुख र विज्ञ नियुक्त भएपछि इकाइ विधिवत रूपमा गठन हुनेछ । जग्गा प्राप्ति, वातावरण तथा पुनर्बासको कामलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रिपरिषदले इकाइ गठन गर्ने निर्णय गरेको हो ।

सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, १४ पुस– सर्वोच्च अदालतले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आन्तरिम आदेश दिएको छ । 
प्राधिकरणको काममा अवरोध गरेको भन्दै मन्त्रालयले सञ्चालक सदस्यत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई पुस ४ हटाएको थियो । लामिछानेले मन्त्रालयको निर्णयविरुद्ध पुस १२ मा सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले बुधबार तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षलाई लिखित जवाफसहित छलफलका लागि आगामी पुस १९ मा अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

Saturday, December 24, 2016

आज क्रिसमस बिदा

काठमाडौं, १० पुस– सरकारले क्रिश्चियन धर्मावलम्बीको महान् चाड ‘क्रिसमस’ का दिन आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले ‘क्रिसमस डे’ का दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले यो वर्षको ‘सरकारी क्यालेन्डर’ बनाउने क्रममा क्रिसमसको सार्वजनिक बिदा हटाई क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिने निर्णय गरेको थियो । तीन वर्षदेखि सरकारले लगातार क्रिसमसको सार्वजनिक बिदा दि“दै आएको थियो । क्रिश्चियन धर्मावलम्बीले सार्वजनिक बिदा दिन चर्को दबाब दि“दै आएका थिए । विश्वभरका इसाई धर्मावलम्बीले इसा मसिह अर्थात् जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाउ“छन् ।

भारतबाट पुस १७ देखि राजधानीमा ४० मेगावाट बिजुली

  • फेब्रुअरी १ देखि राजधानीमा भारतको ९० मेगावाट बिजुली आउने
  • हिउदमा भारतबाट ५ सय ६० मेगावाट बिजुली आयात गरिने
  • माथिल्लो तामाकोसी बनेपछि नेपाललाई वर्षायाममा बढी हुने बिजुली खरिद खरिदिन भारत सकारात्मक 
  • पञ्चेश्वरको डीपीआर छिट्टै स्वीकृत गर्ने तयारी


काठमाडौं, १० पुस– विद्युत प्राधिकरणले राजधानी उपत्यका ‘लोडसेडिङमुक्त अभियान’ लाई निरन्तरता दिन ढल्केबर(मुजफ्फरपुरबाट आगामी पुस १७ देखि थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुख्यायामस“गै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाहरूको उत्पादन घटै गएकाले भारतबाट थप आयात हुने विद्युतबराबरकै बिजुली मस्र्याङी कोरिडोरबाट पुस १७ देखि नै राजधानीमा ल्याइने जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए ।
उनका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मस्र्याङी कोरिडोरबाट हेटौंडामा पठाइ“दै आएको ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ । अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर(खिम्ती प्रसारण लाइन हु“दै खिम्ती(काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर(खिम्ती प्रसारण लाइनको निर्माण गर्न बा“की एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो ।

Friday, December 23, 2016

प्राधिकरणका तीन सदस्य पदमुक्त, तीनै जना थपिए

काठमाडौं, ८ मंसिर– ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणको सञ्चालक समितिका तीन सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सोमबार पदमुक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माले प्राधिकरणका काममा अवरोध पु¥याएको र कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको आरोप लगाई मन्त्रालयस्तरीय निर्णयबाट तीन जनालाई पदबाट हटाएका हुन् ।

मन्त्रालयले कानुनले तोकेको दायित्व पूरा नगरी किन प्राधिकरण र कार्यकारी निर्देशकलाई असहयोग गरेको भन्दै उनीहरूसित स्पष्टीकरणसमेत लिएको थियो । मन्त्रालयले उनीहरूले दिएको लिखित स्पष्टीकरण चित्तबुझो नभएको भन्दै हटाएको जानकारी स्रोतले दिए ।

फास्ट ट्र्याक भारतीय कम्पनीलाई बनाउन दिने निर्णय रद्द

विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय
काठमाडौं, ८ मंसिर– मन्त्रिपरिषदले काठमाडौंबाट निजगढ जोड्न द्रुत मार्ग (फास्ट ट्र«्याक) बुट प्रणालीमा भारतीय कम्पनी आईएल एन्ड एफएसलाई निर्माण गर्न दिने निर्णय खारेज गरेको छ । मन्त्रिपरिषदो बिहीबार बसेको बैठकले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको निर्णय खारेज गरेपछि द्रुतमार्ग विदेशीलाई निर्माण जिम्मा दिने कि सरकार आफैले बनाउने भन्ने अन्योल हटेको छ । 
‘मन्त्रिपरिषद बैठकले फास्ट ट्र्याक निर्माण गर्न भारतीय कम्पनी आइएल एण्ड एफसीलाई दिने निर्णय रद्द ग¥यो’ सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले कान्तिपुरसित भने । मन्त्रिपरिषदले द्रुतमार्ग सरकार आफैंले स्वदेशी लगानीमा बनाउनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समितिसमेत गठन गरेको छ । समितिलाई निर्माणको मोडालिटी र डीपीआर तयार पार्नेलगायतका काम गर्ने कार्यदेश दिइएको छ ।

औषधि लिमिटेडमा सुवेदी नियुक्त

काठमाडौं, ८ मंसिर– सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा। रोबसकुसुम सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले खुल्ला प्रतिस्पर्धाबाट छानिएका सुवेदीलाई तीन वर्षका लागि महाप्रबन्धक नियुक्त गरेको हो । सुवेदीले फार्मेसी विषयमा पीएचडी गरेका छन् ।

डा। लक्ष्मी पाठक, डा। भगवान कोइराला र उद्योग मन्त्रालयका सहसचिव यामलाल भुसाललगायत रहेको छनोट समितिले आवेदकहरूमध्येबाट औषधि लिमिटेडलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेबारेमा अन्तर्वार्ता र लिखित प्रस्तुति गर्न लगाई सुवेदीलाई सिफारिस गरेको हो । 

४ सचिवको सरुवा

काठमाडौं, ८ मंसिर– सरकारले विभिन्न मन्त्रालय र निकायका चार सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । 
भूमिसुधार मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका महेन्द्र गुरुङलाई सूचना तथा सञ्चार र मध्यपश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

ग्रिड र विद्युत उत्पादन कम्पनीमा सीईओ नियुक्त

ग्रिडमा ज्ञवाली र उत्पादनमा पन्त
काठमाडौं, ८ मंसिर– सरकारले खुल्ला प्रतिस्पर्धाबाट ऊर्जा मन्त्रालय मातहतको प्रसारण लाइन (ग्रिड) कम्पनीमा नेत्र ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको ग्रिड कम्पनीको सञ्चालक समितिले छनौट समितिको सिफारिसमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली त्रिभुवन विश्वविद्यालयका इलेक्ट्रिक इन्जिनियरिङ विषयका प्राध्यापक हुन् ।

सरकारद्वारा सीईओ छनौट गर्न सहसचिव केवल भण्डारीको संयोजकत्वमा गठित समितिले खुल्ला प्रतिस्पर्धामा आवेदन दिएका ५ जनासित लिखित प्रस्तुति र अन्तरवार्ता लिई मुख्य उम्मेदवारका रूपमा ज्ञवाली र वैकल्पिक उम्मेदवारमा मोहन न्यौपानेको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिले मुख्य उम्मेदवार ज्ञवालीलाई नै सीईओमा रोजेको हो ।

Friday, December 16, 2016

माथिल्लो त्रिशूली १ को पीडीए स्वीकृत


  • क्षमता २१६ मेगावाट
  • करिब ५० अर्ब विदेशी लगानी आउने
  • एक/डेढ सातामै पीडीएमा हस्ताक्षर हुने
  • पीपीए रेट तय हुन बाँकी

काठमाडौं, २ पुस– सरकारले कोरियाली र नेपालीको संयुक्त लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पीडीए स्वीकृत गरेपछि मुलुकको जलस्रोत क्षेत्रमा दक्षिण कोरियाबाट ५० करोड अमेरिकी डलर (५० अर्ब रुपैया“) विदेशी लगानी भित्रिन लागेको हो । आयोजना निर्माण गर्न ५५ अर्ब रुपैया“ लाग्ने अनुमान छ, १० प्रतिशत लगानी भने नेपाली साझेदारले गर्नेछन् ।
दुई दशक अगाडि विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना निर्माण भएयता मुलुकमा वैदेशिक लगानीमा कुनै पनि आयोजना बनेका छैनन् । बिजुली निर्यात गर्ने उद्देश्यले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटकै अरुण तेस्रो निर्माण गर्न क्रमशः जीएमआर र सतलजले २०७१ असोज २ मा पीडीए गरे पनि लगानी जुटाउन बा“की रहेको छ भने जग्गाको मुआब्जा, वनलगायतका समस्याका कारण अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

Thursday, December 15, 2016

बंगलादेशको प्रस्तावलाई अघि बढाऊ


बंगलादेशले आफ्नो देशमा बिजुली आयात गर्ने गरी नेपालको जलस्रोत क्षेत्रमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रस्ताव गरेको छ । उसले नेपाल सरकारसित संयुक्त रूपमा ऊर्जा क्षेत्रमा लगानी गर्ने र यहा“ उत्पादित बिजुली खरिद गर्ने व्यवस्था गर्न लिखित समझदारीसमेत गर्न प्रस्ताव गरिसकेको छ । बंगलादेशी प्रधानमन्त्री शेखहसिना बाजेदस्तरबाटै नेपालको जलस्रोत क्षेत्रमा ठूलो लगानीको प्रस्ताव आउनु र संयुक्त लगानी गर्ने तथा बिजुली खरिदबिक्रीको व्यवस्था गर्नका लागि एमओयू (समझदारीपत्र) मा छिटो हस्ताक्षर गर्न तत्परता देखाउनु नेपालका लागि आफैंमा उत्साहजनक र सकारात्मक कदम हो । यसले नेपालको जलस्रोत क्षेत्रमा बंगलादेशीमात्र होइन स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन हुने वातावरण निर्माण गरेको छ । उचित मूल्यसहित बिजुली बिक्ने बजारको ग्यारेन्टी भएपछि मुलुकको जलस्रोत क्षेत्रमा स्वतः स्वदेशी तथा विदेशी लगानी बढ्नेछ । 

बंगलादेशद्वारा ऊर्जामा १ खर्ब लगानी गर्ने प्रस्ताव

  • नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा मिलेर लगानी र विद्युत खरिदबिक्री गर्न समझदारी हुने
  • समझदारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशी ऊर्जा राज्यमन्त्री एक/डेढ महिनाभित्रै नेपाल आउने

काठमाडौं, २९ मंसिर– बंगलादेश सरकारले आफ्नो देशमा बिजुली आयात गर्ने गरी नेपालको ऊर्जा क्षेत्रमा १ अर्ब अमेरिकी डलर (१ खर्ब रुपैया“) लगानी गर्ने प्रस्ताव गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र ऊर्जा राज्यमन्त्री नस्रुल हमिदले ऊर्जामन्त्री जनार्दन शर्मासितको भेटवार्तामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेका हुन् ।
शर्मा बंगलादेशको ढाकामा ‘इनर्जी फोरम’ मा सहभागी भएका थिए । त्यही क्रममा शर्माको प्रधानमन्त्री बाजेद र राज्यमन्त्री हमिदसित भेटवार्ता भएको हो । ‘बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा तत्काल १ अर्ब डलर लगानी गर्न प्रस्ताव गरेको छ । बंगलादेश आफैंले बिजुली किन्ने गरी नेपालमा लगानी गर्न खोजेको हो’ मन्त्री शर्मास“गै बंगलादेशी प्रधानमन्त्री र ऊर्जा राज्यमन्त्रीलाई भेटेका ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले  भने । बंगलादेश आफ्नो तीव्र रूपमा बढो ऊर्जाको माग पूरा गर्न नेपाल सरकारसितको संयुक्त लगानीमा नेपालमा ठूलठूला जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक छ । 

Monday, December 12, 2016

भारतबाट थप २२० मेगावाट बिजुली ल्याइँदै


  • ९० मेगावाट काठमाडौं ल्याइने
  • मुलुकभर लोडसेडिङ नगर्ने कोसिसमा छौं : प्राधिकरण
काठमाडौं, २७ मंसिर– विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप १९० मेगावाट बिजुली आयात गर्ने भएको छ । आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो । हिउ“द र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ । राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हु“दै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ । भारतको मुजफ्फरपुरमा २२०÷१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको २०÷२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।

Thursday, December 8, 2016

नेपालबाट भारतमा बिजुली बेच्ने बाटो खुल्दै

  • भारतीय विद्युत नियमन आयोगले निर्देशिकालाई अनुमोदन गर्नासाथ नेपालले बिजुली भारतमा बेच्न पाउने
  • भारतले विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न निर्देशिका बनायो
  • २०७५ देखि वर्षायाममा बढी हुने बिजुली बेच्ने बाटो खुल्यो
  • भारतले नेपाली सरकारी निकाय या भारतीय बहुमत सेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने
  • निर्देशिकाका कारण नेपालको ऊर्जा क्षेत्रमा भारतबाहेकका विदेशी लगानी निरुत्साहित हुने
  • नेपालले भारत हु“दै बंगलादेशमा समेत बिजुली बेच्न पाउने 

काठमाडौं, २३ मंसिर– भारतले नेपालबाट व्यापारिक रूपमा बिजुली खरिद गर्ने व्यवस्था गर्न निर्देशिका तयार गरेको छ । भारतले नेपालको सरकारी कम्पनी या भारतीय प्रवद्र्धकको बहुमत शेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने प्रावधान निर्देशिकामा राखेको छ ।
नेपाल सरकारले भने भारतसित विदेशी या नेपाली निजी कम्पनीले नेपालमा उत्पादन गरेको बिजुलीसमेत भारतीय बजारमा सोझै बिक्री गर्न पाउने गरी कानुनी व्यवस्था गरिदिन प्रस्ताव गरेको थियो । नेपाली प्रस्तावलाई स्वीकार नगरी भारतले सरकारी कम्पनी (विद्युत प्राधिकरण) र भारतीयको बहुमत सेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

कांग्रेसद्वारा पुस मसान्तभित्र ५ जिल्ला नेतृत्व चयन गर्न निर्देशन

काठमाडौं, २३ मंसिर– कांग्रेसले आगामी पुस १५ भित्र ५ वटा जिल्ला कार्यसमितिलाई नया“ नेतृत्व चयन गर्नका लागि आगामी पुस मसान्तभित्र निर्वाचन गराउन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार सर्कुलर जारी गरी डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक संघसहित पार्टीका भातृ संस्थाको सहयोगमा ५ वटाको जिल्ला अधिवेशन र धनुषा–५ को क्षेत्रीय अधिवेशन गराउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको हो ।  

कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशनअगाडि आन्तरिक विवादका कारण जिल्ला अधिवेशन हुन नसकेका धनुषा, सिराहा, महोत्तरी, डोल्पा र पर्साको जिल्ला कार्यसमितिलाई पुस मसान्तभित्र निर्वाचन गरी नया“ नेतृत्व छनौट गरिसक्न निर्देशन दिएको हो । जिल्ला अधिवेशन हुन नसकेकाले ती जिल्लामा नया“ नेतृत्व चयन हुन सकेको छैन । त्यही कारण अघिल्लै अधिवेशनमा निर्वाचित पदाधिकारीले तदर्थ रूपमा कार्य गर्दै आएका छन् ।

Wednesday, November 30, 2016

अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने तयारी


  • निजामती ऐन संशोधन गर्ने तयारी
  • योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने
  • पेन्सन फन्डमा कर्मचारीको तलबबाट १० प्रतिशत र सरकारले १० प्रतिशत जम्मा गरिदिने
  • २० वर्ष सेवा अवधि र ५० वर्ष पुगेका कर्मचारीलाई आकर्षक स्वैच्छिक अवकाशको अवसर
  • ४० वर्षमा सेवा प्रवेश गर्ने महिलाले अब पेन्सन पाउने

हरेक चार वर्षमा राज्यलाई पेन्सनको दायित्व दोब्बर हुने गरेको छ । २०६९÷७० मा पेन्सनमा राज्यको १६ अर्ब खर्च भएको थियो भने ठीक चार वर्षपछि अर्थात् २०७२÷७३ मा त्यसको करिब दोब्बर ३१ अर्ब ५० करोड रुपैया“ खर्च भएको थियो । अबको ७ वर्षमा पेन्सन दायित्व बढेर २ खर्ब ५४ अर्ब रुपैया“ पुग्ने अनुमान सामान्य प्रशासन मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं, १५ मंसिर– पेन्सनको दायित्व राज्यको ढुकुटीले धान्नै नसक्ने गरी बढेपछि सरकारले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ बाट बढाएर ६० वर्ष पु¥याउने भएको छ । सामान्य प्रशासन मन्त्रालयले पेन्सनको दायित्व घटाउन निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर २ वर्ष बढाउन निजामती संशोधन विधेयक तयार पारेको छ । उक्त विधेयक सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइएको स्रोतले जनायो ।
निजामती ऐनअनुसार सरकारले शिक्षक, विश्वविद्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सेवाको कानुनसमेत संशोधन गर्ने परम्परा छ । निजामती सेवा ६० वर्षे भएपछि अरू सेवामा समेत यो व्यवस्था क्रमशः लागू हु“दै जानेछ ।

Friday, November 25, 2016

विद्युत उत्पादन कम्पनी खुल्यो

सर्वसाधारणको २९ प्रतिशत सेयर रहने
काठमाडौं, १० मंसिर– जलविद्युत आयोजनाहरूको निर्माण गर्ने एकमात्र उद्धेश्य राखी विद्युत उत्पादन कम्पनी खुलेको छ । कम्पनी रजिष्टारको कार्यालयले आइतबार ‘विद्युत उत्पादन कम्पनी’ विधिवत दर्ता गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ऊर्जा मन्त्रालयले ६१ लाख ६१ हजार रजिष्ट्रेसन शुल्क तिरेर कम्पनी खोल्न आवेदन दिएको थियो ।
बुढी गण्डकी, नलसिंगाड, उत्तरगंगा, नौमुरे, सुनकोसीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने उद्धेश्य राखी कम्पनी खोलिएको हो । कम्पनीमा सुरुमा अधिकृत पू“जी २० अर्ब तथा चुक्ता पू“जी २ अर्ब रुपैया“ राखिनेछ ।
कम्पनीमा नेपाली नागरिकलाई २९ प्रतिशत शेयर रहनेछ, जसमध्ये सर्वसाधारण नागरिकलाई १७,  आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिइनेछ । कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थमन्त्रालयको ५, कानुन मन्त्रालयको ५, विद्युत प्राधिकरणको १०, कर्मचारी संचय कोषको १०, नागरिक लगानी कोषको ५, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ४, नेपाल टेलिकमको १० र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत संस्थापक सेयर रहनेछ ।

आगामी मसिंर ३० र पुस १ मा ऊर्जा सम्मेलन

काठमाडौं, १० मंसिर– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आगामी मंसिर ३० र पुस १ गते राजधानीमा ‘ऊर्जा सम्मेलन’ गर्ने भएको छ । इपानले मुलुकको ऊर्जा क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनको वातावरण बनाउन सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा भारत, चीन, बंगालदेश, पाकिस्तान, अमेरिका, बेलायत, नर्वेलगायतका देशबाट जलस्रोत क्षेत्रका लगानीकर्ता, विज्ञ र नीतिनिर्माताहरूको सहभागिता रहने जानकारी इपानका उपाध्यक्ष शैलेन्द्र गुरागाईंले दिए ।
इपानका अध्यक्ष खडगबहादुर बिष्टले ऊर्जा मन्त्रालयको संरक्षकत्वमा हुने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकायका प्रतिनिधिहरूसमेत सहभागिता रहने जानकारी दिए ।

उपचारका नाममा ३ करोडभन्दा बढी वितरण

उपचार खर्च पाउने अधिकांश पहुँचवाला
काठमाडौं, १० मंसिर– प्रभावशाली नेतासहितका पूर्व तथा वर्तमान पदाधिकारीलाई जथाभावी आर्थिक सहयोग वितरण गरिरहेकामा चर्को विरोध भइरहे पनि सरकारले उपचारका नाममा राज्यको ढुकुटी रित्याउने क्रमलाई जारी राखेको छ ।
सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलहरूको दबाब र सिफारिसमा सरकारले प्रभावशाली नेता–कार्यकर्तालाई उपचारलगायतका नाममा सहयोग वितरणलाई जारी राखेको हो । पछिल्लो दुई महिनामा सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई तीन करोड रुपैया“भन्दा बढी रकम वितरण गरिसकेको छ । यसमा उपचारका लागि पूर्वराष्ट्रपति रामवरण यादवलाई ६० लाख र कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख दिइएको रकम जोडिएको छैन ।

१९ प्रजिअको सरुवा

परम्पराविपरीत ५ उपसचिवलाई कामु प्रजिअको जिम्मेवारी 
काठमाडौं, १० मंसिर– गृह मन्त्रालयले १९ जिल्लामा सहसचिवस्तरका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले सामान्य प्रशासन मन्त्रालयको सहमतिमा उनीहरूको सरुवा गरेको हो । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले प्रशासनिक परम्पराविपरीत ५ जिल्लामा उपसचिवलाई कायममुकायम प्रजिअको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा सहसचिवहरूको संख्या पर्याप्त हु“दाहु“दै मन्त्री निधिले ५ उपसचिवलाई कामु प्रजिअ बनाएको जानकारी गृह मन्त्रालय स्रोतले जानकारी दिए ।
पछिल्लो समय उपसचिवलाई कामु सहसचिव बनाएर प्रजिअको जिम्मेवारी दिने परम्परालाई अन्त्य गरिएको थियो । गृहमन्त्री निधिले आफ्नो स्वार्थमा काम गर्ने व्यक्तिलाई प्रजिअहरू बनाउन उपसचिवहरूलाई कामुको जिम्मेवारी दिएको स्रोतले उल्लेख गरेको छ । उपसचिवबाट कामु प्रजिअ भएकामा प्रदीप क“डेल सर्लाही, श्रीकृष्ण श्रेष्ठ सिराहा, गोकर्ण शर्मा डोटी, अन्तरबहादुर सिलवाल सिन्धुपाल्चोक र उमेश ढकाल धादिङ छन् ।

पूर्वएआईजी भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले सार्वजनिक पदमा रह“दा १ करोड ९१ लाख ३६ हजार रुपैया“ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐनबमोजिम अकुत आर्जनलाई बिगो कायम गरी भट्टराईलाई जरिवाना र कैद सजाय गर्न मागदाबी गरेको छ । भ्रष्टाचार मुद्दामा भट्टराईकी पत्नी भावना गौतम भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको छ । 

भारतीय नागरिकविरुद्ध शुद्धीकरण मुद्दा

काठमाडौं, १० मंसिर– सम्पत्ति शुद्धिकरण विभागले चितवनमा बसेर तस्करी गर्दै आएका भारतीय नागरिक नन्दकुमार पटेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । सुनचा“दीका गरगहना अवैध रूपमा पैठारी (तस्करी) गरी गैरकानुनी रूपमा आर्जित नगद राखेको अभियोगमा राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाको प्रतिवेदनबमोजिम विभागले पटेलमाथि छानबिन गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

Thursday, November 17, 2016

विद्युत उत्पादन कम्पनी खोल्ने प्रक्रिया सुरु

काठमाडौं, २ मंसिर– ऊर्जा मन्त्रालयले २० अर्ब चुक्ता पू“जी राखी विद्युत उत्पादन कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले ६१ लाख ६० हजार रुपैया“ रजिस्ट्रेसन शुल्क तिरी कम्पनी खोल्न कम्पनी रजिष्टारको कार्यालयमा निवेदन दिएको छ ।

कम्पनी रजिष्टारको कार्यालयले स्वीकृति दिएपछि कम्पनी खुल्नेछ । कम्पनी खुलेपछि सञ्चालक समिति गठन गर्ने र त्यसले खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट गर्ने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्तो गोकर्ण पन्तले दिए । सीईओ नियुक्त भएपछि कम्पनीले विद्युत आयोजना छनौट गरी अध्ययन र निर्माणको काम अघि बढाउनेछ ।

सचिव बढुवा गर्न चार सहसचिवको नाम सिफारिस

काठमाडौं, २ मंसिर– बढुवा समितिले कृषि मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा रिक्त दुई सचिव पदमा पदोन्नति गर्न चार जना सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवाका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको समितिको बैठकले कृषि तथा वन समूह (प्राविधिक क्लस्टर) मा सबभन्दा वरिष्ठ सहसचिव अन्नपूर्णनन्द दासलाई सचिव बढुवा गर्न सिफारिस गरेको छ ।

निजामती ऐनअनुसार प्राविधिक क्लस्टरमा यसपटक सबभन्दा ज्येष्ठबाट बढुवा हुने २० प्रतिशत सिट (एक पद) का लागि बढुवा हुन लागेको हो । २०६४ असोज ३० मा सहसचिव बढुवा भएका दास वन मन्त्रालयमा कार्यरत छन् ।

ऊर्जा क्षेत्रमा गर्नै पर्ने काम

पछिल्ला वर्षहरूमा मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रूपमा बढ्दै गएको छ । अबको आठ महिनामै स्वदेशी निजी क्षेत्रले निर्माण गरिरहेका २४ आयोजनाबाट मुलुकको केन्द्रीय विद्युत प्रणालीमा १ सय ८२ मेगावाट बिजुली थपिंदैछ । त्यसबाहेक पनि स्वदेशी निजी क्षेत्रले थप १ हजार मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका छन् । त्योभन्दा बढी क्षमता बराबरका आयोजनाहरूको अध्ययन कार्य अघि बढाइरहेका छन् । स्वदेशी निजी क्षेत्रको तुलनामा ऊर्जा क्षेत्रमा वैदेशिक निजी क्षेत्र आउन सकिरहेको छैन ।
 विदेशी लगानीमा खिम्ती र भोटेकोसी आयोजना बनेको लामो समयसम्म ऊर्जा क्षेत्रमा विदेशी लगानी आउन सकेको थिएन । माथिल्लो मस्र्याङ्दी एमात्रै विदेशी लगानीमा बनेको पछिल्लो आयोजना हो । ऊर्जा क्षेत्रमा वैदेशिक निजी क्षेत्र किन आइरहेका छैन भन्ने कुराको विश्लेषण गरी सरकारले विदेशी लगानी आकर्षित गर्न तत्काल कदम चाल्नु अपरिहार्य भइसकेको छ । पछिल्लो समय विद्युत प्राधिकरणले निर्माण गरिरहेका विभिन्न आयोजनामध्ये माथिल्लो तामाकोसीबाहेक अरूको प्रगति निराशाजनक छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्य भोटेकोसीको प्रगति भने सन्तोषजनक छ ।

Tuesday, November 15, 2016

असार मसान्तसम्म २७७ मेगावाट बिजुली थपिने


  • सरकारी आयोजनाबाट ४४ मेगावाट
  • स्वदेशी निजी क्षेत्रका आयोजनाबाट १८३ मेगावाट
  • विदेशी लगानीको आयोजनाबाट ५० मेगावाट

काठमाडौं, ३० कार्तिक– चालू आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति परिमाणमा बिजुली थपिन लागेको हो ।
मुलुकमा हाल कुल विद्युत उत्पादन क्षमता ५३.४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय  प्रणालीमा कुल विद्युत उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि मुलुकमा आगामी वर्षायाममा लोडसेडिङ नहुने जानकारी प्राधिकरणका एक अधिकारीले जानकारी दिए । गत वर्षायाममा मुलुकमा लोडसेडिङ थियो । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब(करिब धान्नेछ ।

Monday, November 14, 2016

कोइरालालाई ५० लाख उपचार खर्च

मन्त्रिपरिषदबाट उपचार खर्चसम्बन्धी कार्यविधि र अर्थ समितिको निर्देशन उल्लंघन
काठमाडौं, २९ कात्तिक– सरकारले राजधानीमा करोडौंको महल र विलाशी गाडी भएकी कांग्रेस नेतृ सुजाता कोइरालालाई राज्यको ढुकुटीबाट एकमुष्ठ ५० लाख रुपैया“ उपचार खर्च दिने निर्णय गरेको छ । कोइराला आइतबार नै उपचारका लागि सिंगापुर प्रस्थान गरेकी छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पूर्व तथा वर्तमान पदाधिकारी तथा नागरिकलाई स्वास्थ्य उपचार सहायतासम्बन्धी कार्यविधि र संसदको अर्थ समितिको निर्णयलाई उल्लंघन गर्दै कोइरालालाई विदेशमा गएर उपचार गर्न ५० लाख दिने निर्णय गरेको हो ।

तालुवावाला स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्यमन्त्री गगन थापाले पेस गर्न नमानेपछि गृहमन्त्री बिमलेन्द्र निधिको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले कोइरालालाई विदेशमा गई स्तन क्यान्सरको उपचार गराउन  दिने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । 

Tuesday, November 8, 2016

उपत्यकालाई तत्काल लोडसेडिङमुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

सम्भव छैन : ऊर्जा मन्त्रालयका अधिकारी
काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बिहान बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका छन् । प्राधिकरणले चरम लोडसेडिङ हुने बेलामा मात्र चलाउनुपर्ने कुलेखानी जलाशययुक्त आयोजना दसैंदेखि लगातार चलाएर उपत्यकामा बढी समय बिजुली दिइरहेको छ । प्रधानमन्त्रीले राजधानीमा बढी समय बिजुली बलिरहेको मौका छोपी घिसिङलाई बोलाएर ‘काठमाडौं उपत्यका’ लाई लोडसेडिङमुक्त बनाउन ‘पपुलिस्ट’ निर्देशन दिएको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार प्राधिकरणले सकेसम्म वर्षभर सन्तुलित तबरमा विद्युत वितरण गर्नुपर्ने कुरालाई बेवास्ता गरी कुलेखानी पहिलो र दोस्रो जलविद्युत आयोजना दैनिक चलाएर उपत्यकालाई ‘लोडसेडिङमुक्त’ बनाउने प्रयास गरिरहेको छ ।

Saturday, October 29, 2016

तीन सचिवको सरुवा

काठमाडौं, १३ कात्तिक– सरकारले तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा गरेको छ ।
जल तथा ऊर्जा आयोगका सचिव भीम उपाध्यायलाई खानेपानी तथा सरसफाइ मन्त्रालय र पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

भारतीय राष्ट्रपति आउँदा सार्वजनिक बिदा

काठमाडौं, १३ कात्तिक– सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा कात्तिक १७ मा नेपाल आउ“दै छन् । 

मन्त्रिपरिषदो बिहीबार बसेको बैठकले दुवै छिमेकी मुलुक भारत र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्पराअनुसार सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं जानकारी सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिए । यसअघि भारतबाट सन् १९९८ मेमा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आएका थिए ।

धमाधम अनधिकृत सल्लाहकार र प्रेस संयोजक नियुक्त

काठमाडौं, १३ कात्तिक– मन्त्रीहरूले कानुनविपरीत तजबिजी निर्णयबाट कार्यकर्ताहरूलाई धमाधम सल्लाहकार र विज्ञका नाममा नियुक्ति गर्न थालेका छन् । सुशासन ऐन र नियमावलीमा निजामती सेवाका कर्मचारीबाट हुन नसक्ने काम गर्नमात्र सल्लाहकार र विज्ञ राख्न पाइने व्यवस्थाको खिल्ली उडाउ“दै सबैजसो मन्त्रीहरूले आफू निकटका व्यक्तिहरूलाई तलब र गाडी सुविधा पोस्न धमाधम नियुक्ति दिन थालेका हुन् ।
सुशासन नियमावलीको दफा २२ मा ‘नियुक्ति गर्नुअगाडि मन्त्रालयले सल्लाहकारहरूको कार्यविवरणसहित मन्त्रिपरिषदबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने’ प्रावधानको समेत मन्त्रीहरूले उल्लंघन गरेका छन् । कुनै पनि मन्त्रीले सल्लाहकार र विज्ञ राख्दा सुशासन ऐन र नियमावलीअनुसार मन्त्रिपरिषदबाट स्वीकृत नगराएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।

Friday, October 7, 2016

ठूला आयोजनाहरू निर्माण गर्न विद्युत उत्पादन कम्पनी


कम्पनीको सेयर संरचना
नेपाली जनताको २९, सरकारको ३०, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०/१० प्रतिशत,  नागरिक लगानी कोषको ५, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ४, बिमा संस्थानको २ प्रतिशत
काठमाडौं, २१ असोज– सरकारले १२ सय मेगावाटको बुढी गण्डकीजस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण गर्न छुट्टै ‘विद्युत उत्पादन कम्पनी लिमिटेड’ स्थापना गर्न कम्पनी संरचना स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावमा नेपाली जनतको २९ प्रतिशत रहने गरी विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना स्वीकृत गरेको जानकारी ऊर्जामन्त्री जनार्दन शर्माले दिए ।
मन्त्रिपरिषदबाट स्वीकृत संरचनाअनुसार कम्पनीमा सरकार (ऊर्जा मन्त्रालय) को २०, अर्थ मन्त्रालयको ५, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको ५, विद्युत् प्राधिकरणको १०, कर्मचारी सञ्चय कोषको १०, नागरिक लगानी कोषको ५ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ४ प्रतिशत, नेपाल टेलिकमको १० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ तथा नेपाली जनताको २९ प्रतिशत सेयर रहनेछ ।

Thursday, October 6, 2016

संसदका पदाधिकारीको तलबसुविधा ५० प्रतिशतभन्दा बढी बढ्दै

काठमाडौं, २० असोज– सरकारले साउन १ देखि नै लागू हुने गरी संसदका पदाधिकारीदेखि सांसदसम्मको तलबभत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद सचिवालयको प्रस्तावमा प्रस्तावमा उनीहरूको तलब सुविधा वृद्धिको निर्णय गर्न लागेको जानकारी स्रोतले दिएका छन् 
भूकम्पले थिलथिलो भएको गरीब मुलुकको अर्थतन्त्रलाई बेवास्ता गरी सरकारले संसद सचिवालयको तीव्र दबाबमा संसदका पदाधिकारीदेखि सांसदहरूको तलबसुविधामा ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्न लागेको हो ।

मन्त्रिपरिषदको निर्णयस“गै साउन १ देखि लागू हुने गरी प्रतिनिधिसभाका सभामुख, प्रतिपक्षी दलका नेता, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक र सचेतक, समितिका सभापति, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका नेता, प्रमुख सचेतक, विपक्षी दलका नेता र सचेतक तथा समितिका सभापति र सांसदहरूको तलबसुविधा वृद्धि हुनेछ।

विद्युतमा डलरको जोखिम कम गर्न हेजिङ फन्ड स्थापना हुने


  • फन्ड स्थापनापछि जलविद्युत क्षेत्रमा विदेशी लगानी बढ्छ : ऊर्जामन्त्री
  • एक सय मेगावाटसम्मका आयोजनालाई लाइसेन्स दिने अख्तियारी महानिर्देशकलाई
  • ्एक सय मेगावाटसम्मको पीपीएको अख्तियारी कार्यकारी निर्देशकलाई
  • सात आयोजना कम्पनीमार्फत् निर्माण हुने
  • बुढी गण्डकीको जग्गा अधिग्रहणका लागि छुट्टै इकाइ गठन हुने

काठमाडौं, २० असोज– सरकारले जलविद्युत क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दा हुने जोखिम कम गर्न ‘हेजिङ फन्ड’ कम्पनी स्थापना गर्ने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी हेजिङ फन्ड स्थापना गर्न अर्थमन्त्रालय र राष्ट्रबैंकसित छलफल भई प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।
हेजिङ फन्ड स्थापना नहु“दा विद्युत प्राधिकरणले डलरमा पीपीए गर्न हच्किने गरेकाले मुलुकमा जलविद्युत क्षेत्रमा विदेशी लगानी भित्र्याउने वातावरण बन्न सकेको थिएन । फन्ड स्थापना भएपछि त्यसले नै विदेशी मुद्रा घटबढको जोखिम व्यहोर्नेछ । त्यसका लागि डलरमा पीपीए गर्दा प्राधिकरणले निश्चित रकम प्रिमियम राख्नुपर्नेछ । ऊर्जा मन्त्री शर्माले फन्ड स्थापना भएपछि मुलुकको जलविद्युत क्षेत्रमा विदेशी लगानी बढ्ने विश्वास व्यक्त गरे । उनका अनुसार फन्ड स्थापना हुनासाथ मुलुकको विद्युत आयोजनामा लगानी गर्न लाइसेन्स लिइसकेका, उत्सुकता देखाएका विदेशी कम्पनीहरूले धमाधम काम अगाडि बढाउने वातावरण बन्नेछ ।

प्राधिकरणको सकारात्मक निर्णय

विद्युत प्राधिकरणले आफैले अध्ययन गरिरहेको कूल बिजुली उत्पादन क्षमता २३ सय मेगावाटभन्दा बढी भएका सातवटा जलविद्युत आयोजना सब्सिडियरी (सहायक) कम्पनीमार्फत् निर्माण गर्ने भएको छ । प्राधिकरण आफैंले निर्माण गरिरहेका माथिल्लो त्रिशुली ३ ए, चमेलिया, कुलेखानी तेस्रो, राहुघाट कुनैको पनि प्रगति सन्तोषजनक छैन । अझ चमेलिया र कुलेखानी तेस्रो मुलुकका लागि क्रोनिक रोग बन्नुका साथै लागत र निर्माण अवधि दुवै दोब्बर पुगिसकेको छ । तर, प्राधिकरणले आफ्नो बहुमत लगानी राखी खोलेका सहायक कम्पनी चिलिमे हाइड्रो पावर र अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेका जलविद्युत आयोजनाहरूको प्रगति सन्तोषजनकमात्र होइन उत्साहजनक छ । २२ मेगावाटको आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको चिलिमे हाइड्रो पावर लिमिटेडले चार आयोजना एकसाथ निर्माण गरिरहेको छ, तिनको कुल क्षमता २ सय ८० मेगावाट छ । दुई सहायक कम्पनीको सफल उदाहरणको अनुभवका आधारमा झन्डै २३ सय मेगावाट कुल क्षमता भएका, तिनमा पनि धेरैजसो जलाशययुक्त आयोजना बनाउन सहायक कम्पनी खोल्ने प्राधिकरण सञ्चालक समितिको निर्णय आफैंमा उत्साहजनक र प्रशंसनीय छ । प्राधिकरणले सहायक कम्पनीहरूलाई जलविद्युतमा आवश्यक स्रोत जुटाउन विदेशी लगानीकर्तासित समेत संयुक्त साझेदारी (ज्वेइन्ट भेन्चर) खोज्न सक्ने अख्तियारीसमेत दिने भएको छ । सरकारको मुख्य लगानी रहने कम्पनीसित विदेशी लगानीकर्तासमेत साझेदारी गर्न उत्साहित हुने गरेका उदाहरण छन्, यसले केही हदसम्म बढी विदेशी लगानी भित्र्याउने वातावरण बनाउन सहयोग पु¥याउनेछ ।

Monday, October 3, 2016

सांसदहरूको तलबसुविधामा भारी वृद्धि हुँदै

काठमाडौं, १७ असोज– सरकारले सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायतको सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५५ हजार ९ सय (बैठक भत्ता र ट्याक्सी भाडाबाहेक) पाउ“दै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ७८ हजार रुपैया“ पाउने जानकारी संसद सचिवालय स्रोतले दिएको छ ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संसद सचिवालयको सिफारिसमा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा भत्ता बढाउन प्रस्ताव गरेको छ । अर्थमन्त्रालयले सांसदहरूको भत्ता वृद्धिको प्रस्तावमा सहमति दिएपछि सरकारले पारिश्रमिकसम्बन्धी विधेयक संसदमा पेस गर्न लागेको छ ।

संसदले विधेयक पारित गरेपछि सांसदहरूको भत्ता वृद्धिको निर्णय कार्यान्वयनमा आउनेछ । विधेयकमा सांसदहरूको घरभाडाबापतको रकम तीन गुना बढी वृद्धि गर्न प्रस्ताव गरिएको छ । विधेयक पारित भएपछि सांसदहरूको घरभाडा ६ हजार ५ सयबाट बढेर १८ हजार रुपैया“ पुग्नेछ । सांसदहरूको पत्रपत्रिका सुविधाबापतको रकम मासिक ५ सयबाट छ गुना बढेर ३ हजार रुपैया“ पुग्नेछ ।

प्राधिकरणले सहायक कम्पनी बनाएर ७ वटा विद्युत आयोजना बनाउने

सहायक कम्पनीहरूले ६९२ मेगावाटको तमोर, ३ सय मेगावाटको उत्तरगंगा, ३ सय मेगावाटको दुधकोसी, ३ सय ३५ मेगावाटको माथिल्लो अरुण, ८७ मेगावाटको तामाकोसी–५, १४ मेगावाटको माथिल्लो मोदी, ४२ मेगावाटको मोदी ए जलविद्युत आयोजना निर्माण गर्नेछन् । पछिल्लो अध्ययनबाट दुधकोसी र माथिल्लो अरुण दुवैको विद्युत उत्पादन क्षमता ६/६ सय मेगावाटभन्दा बढी हुने देखिएको छ ।
काठमाडौं, १७ असोज– नेपाल विद्युत प्राधिकरणले आफूले लाइसेन्स लिएर अध्ययन गरिरहेका ७ वटा जलविद्युत आयोजना सहायक कम्पनीमार्फत निर्माण गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले कुल २ हजार ३ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता भएका सात आयोजनाको काम सहायक कम्पनी बनाई तत्काल अघि बढाउने निर्णय गरेको हो ।
प्राधिकरणले आफ्नो बहुमत शेयर राखी खोलेका दुवै सहायक कम्पनी चिलिमे हाइड्रो पावर लिमिटेड र तामाकोसी हाइड्रोपावर लिमिटेड सफल उदाहरण बनेका छन् । २४ मेगावाटको चिलिमे आयोजनाबाट विद्युत उत्पादन गरिरहेको चिलिमे हाइड्रोपावर लिमिटेडले आफैं लगानी जुटाएर एकैपटक हाल चारवटा १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अर्को सहायक कम्पनी तामाकोसी हाइड्रो पावरले समेत ४ सय ५६ मेगावाटको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ ।

Wednesday, September 28, 2016

प्रभावशाली मन्त्रीहरूको स्वार्थमा ४४ सहसचिवको सरुवा

काठमाडौं, १२ असोज– अनुभव र कार्यदक्षताका आधारमा भन्दा प्रभावशाली मन्त्रीहरूको स्वार्थमा सरकारले विभिन्न मन्त्रालय र निकायका ४४ सहसचिवको सरुवा गरेको छ । प्रभावशाली मन्त्रीहरूले पछिल्लो मन्त्रिपरिषदबाट निर्णय गराई पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवहरूलाई महत्वपूर्ण मन्त्रालयमा ल्याएका छन् भने आफ्नो स्वार्थमा काम गर्न नमान्ने सहसचिवहरूलाई खासै काम नहुने निकायमा सरुवा गरिदिएका छन् । अनुभव र दक्षताका आधारमा सरुवा पाएका सहसचिव अपवादमात्र रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको दुई महिना पनि नपुग्दै मन्त्रीहरूको स्वार्थमा सबैजसो मन्त्रालय र निकायका सचिवहरूको सरुवा गरिसकेको सरकारले दोस्रो चरणमा ठूलो मात्रामा सहसचिवहरू चलाएको हो । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रालयबाट हरिशरण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा र उत्तमनारायण भट्टराईलाई पर्यटन मन्त्रालयमा सारिएको छ ।

प्रधानमन्त्रीद्वारा महानिरीक्षकको गाडी ‘कब्जा’

काठमाडौं, १२ असोज– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन् । दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् ।
यो अमेरिकी दुतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो, त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए । प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन् ।

दसैंमा दैनिक २ घन्टामात्र लोडसेडिङ

काठमाडौं, १२ असोज– विद्युत प्राधिकरणले दसैंमा दैनिक ४ घन्टा लोडसेडिङ घटाउने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म दैनिक २ घन्टामात्र लोडसेडिङ हुने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
हाल प्राधिकरणले दैनिक ६ घन्टा लोडसेडिङ गर्दै आएको छ । दसैं बिदामा उद्योगधन्दा तथा सरकारी कार्यालयहरूसमेत बन्द हुने भई विद्युत खपत कम हुने भएकाले दैनिक ४ घन्टासम्म लोडसेडिङ घटाइने जानकारी प्राधिकरणका एक अधिकारीले दिए । उद्योगधन्दाले मात्र ३ सय १५ मेगावाट विद्युत खपत गर्छन् ।

हाल मुलुकमा विद्युतको माग १३ सय मेगावाट छ । मुलुकमा विद्युत उत्पादन ७ सय २० मेगावाट (हिउ“दयाममा मात्र विद्युत उत्पादन गरिने ६० मेगावाटको कुलेखानी पहिलो, ३२ मेगावाटको कुलेखानी दोस्रोबाहेक) को हाराहारीमा छ भने प्राधिकरणले भारतबाट ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । दसैंको बेला प्राधिकरणले भारतबाट बिजुलीको आयातसमेत घटाउने भएको छ ।

Friday, September 23, 2016

सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय

काठमाडौं, ७ असोज– सरकारले सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सात प्रदेशका उच्च अदालत स्थापना भइसकेका ठाउ“मा एक÷एकवटा उच्च सरकारी वकिलको कार्यालय खोल्ने निर्णय गरेको हो ।
उच्च सरकारी कार्यालय खोल्ने निर्णयस“गै पुनरावेदन सरकारी वकिलको कार्यालय स्वतः खारेज भएका छन् । उच्च सरकारी वकिलको कार्यालय १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा खोलिनेछ । एक÷दुई दिनभित्रै उच्च सरकारी वकिलको कार्यालय खोलिने जानकारी सर्वोच्च महान्यायाधिवक्ता कार्यालय स्रोतले दिएका छन् ।

सरकार सीईओ ज्ञवालीको कामप्रति असन्तुष्ट

काठमाडौं, ७ असोज– मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण र त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको कामकारबाहीप्रति असन्तुष्टि प्रकट गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र सरकारी भवनहरूको पुननिर्माण र पीडितहरूलाई घर पुननिर्माण अनुदान वितरणमा ढिलासुस्ती भएको र त्यसमा ज्ञवालीको असक्षमता जिम्मेवार रहेकोबारेमा छलफल भएको जानकारी रक्षामन्त्री बालकृष्ण खा“डले जानकारी दिए ।
‘मन्त्रिपरिषदमा पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीको असमक्षताका कारण यति लामो भइसक्ता पनि पीडितहरू सबैलाई घर पुननिर्माण अनुदान वितरण गर्न नसकिएको र क्षतिग्रस्त सांस्कृतिक सम्पदा र अरू भौतिक संरचनाको पुननिर्माण सुरु नै हुन नसक्ता सरकारप्रति आमजनतामा असन्तुष्टि बढिरहेकाबारेमा छलफल भयो’ खा“डले कान्तिपुरसित भने– ‘प्रधानमन्त्रीज्यूले यो गम्भीर विषय हो । म छिट्टै पुनर्निर्माण प्राधिकरण र सीईओको बारेमा छलफल गर्न निर्देशक समितिको बैठक बोलाएर छलफल गर्छु भन्नुभएको छ ।’

विश्व बैंकको सल्लाहकारमा उपाध्याय

काठमाडौं, ७ असोज– सरकारले अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय सहायता शाखाका उपसचिव दीननाथ उपाध्यायलाई विश्व बैंकको कार्यकारी निर्देशकको सल्लाहकारमा पठाउने निर्णय गरेको छ । उनले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा बसेर कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा कार्य गर्नेछन् । 
यसैगरी मन्त्रिपरिषदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ । 

मधेस आन्दोलनका घाइतेलाई १ करोड ४० लाख उपचार खर्च

काठमाडौं, ७ असोज– सरकारले तराई–मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत मधेसी दललाई एक मुष्ठ १ करोड ४० लाख रुपैया“ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले घाइतेहरूको उपचार खर्चबापत विभिन्न अस्पतालको बिलका आधारमा १ करोड ४० लाख दिने निर्णय गरेको जानकारी सञ्चार मन्त्री सुरेन्द्र कार्कीले दिए ।

मधेसी दलहरूले घाइते आन्दोलनकारीहरूको उपचारका क्रममा अस्पताललाई तिर्न बा“की बिलबापतको रकम र पार्टी नेताहरूले उपचारमा गरेको खर्चको सोधभर्नाबापत १ करोड ७८ लाख रुपैया“ सरकारसित माग गर्दै आएका थिए । गृह मन्त्रालयले विभिन्न अस्पतालको बिलका आधारमा १ करोड ४० लाख रुपैया“ दिन सिफारिस गरेको र सोहीअनुसार मन्त्रिपरिषदले निर्णय गरेको जानकारी कार्कीले दिए ।

सशस्त्रका ६ एआईजीको सरुवा र पदस्थापना

काठमाडौं, ७ असोज– सरकारले सशस्त्र प्रहरी बलका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा र पदस्थापना गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा ६ एआईजीको सरुवा र हालै बढुवा भएका दुई जनाका पदस्थापना गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कार्य विभागका एआईजी कृष्णकुमार तामाङलाई प्रशिक्षण प्रतिष्ठानमा र मानव स्रोत विकास विभागका सिंहबहादुर श्रेष्ठलाई प्रशासन विभागमा सरुवा गरिएको छ ।

टेलिकम प्रबन्ध निर्देशकमा राजभण्डारी नियुक्त

काठमाडौं, ७ असोज– सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगमकी सबभन्दा वरिष्ठ नायव प्रबन्ध निर्देशक राजभण्डारीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सूचना तथा सञ्चार सचिव दिनेश थपलियाको संयोजकत्वमा रहेको छनौट समितिले खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशकका लागि राजभण्डारी, मदन खरेल र सुनिलकुमार पोखरेलको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले तीन जनामध्ये राजभण्डारीलाई उपयुक्त ठह¥याई नियुक्त गरेको हो ।

Wednesday, September 21, 2016

शिक्षक सेवा आयोगका सदस्य राउतविरुद्ध मुद्दा

काठमाडौं, ५ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक सेवा आयोगका सदस्य एवं अमर उच्च मा.वि.दोहरी मझौलिया, बाराका प्राचार्य योगेन्द्रप्रसाद राउतविरुद्ध मंगलबार विशेष अदालत भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
अख्तियारले नक्कली प्रमाणपत्र पेस गरी शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हु“दा राउतले बिआर अम्बेडकर बिहार विश्वविद्यालय, मुजफ्फरपुर भारतबाट स्नातकोत्तर उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख गरेको छ ।

Monday, September 19, 2016

संशोधनमार्फत छिट्टै असन्तुष्ट दलका माग सम्बोधन : प्रधानमन्त्री

‘राजनीतिक लाभहानि नहेरी चुनावको वातावरण बनाऔं’
काठमाडौं, ४ असोज– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राजनीतिक सहमति निर्माण गरी संविधान संशोधनमार्फत् असन्तुष्ट मधेसी दलहरूको माग छिट्टै सम्बोधन गरिने बताएका छन् । पहिलो संविधान दिवसका अबसरमा सोमबार सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै दाहालले विश्वका कुनै पनि मुलुकमा एकैचौटि संविधान पूर्ण नभएको उल्लेख गर्दै अब हुने संशोधनले असन्तुष्ट पक्षको अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । 
उनले हालसम्मका राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सबै प्रमुख दल अब संविधान कार्यान्वयनतर्फ अग्रसर हुनु पर्ने बताए । उनले २०७४ माघ ७ भित्रै तीनै तहको चुनाव गराउनुपर्ने चुनौतीको सामना गर्न सबै दल तयार हुनुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले राजनीतिक लाभहानी नहेरी तीनै तहको निर्वाचन गर्ने उपयुक्त वातावरण बनाउन सबै राजनीतिक दललाई आह्वान गरे । संविधान अनुसार २०७४ साल माघ ७ भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । दलहरूबीच स्थानीय तहको संख्या र सिमानादेखि प्रदेशहरूको सिमांकनलगायतका विषयमा सहमति जुट्न बा“की छ ।

दुई जना सचिवमा बढुवा

काठमाडौं, ३ असोज– सरकारले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बढुवा समितिले सिफारिस गरेका तीन सहसचिवमध्ये सबभन्दा वरिष्ठ केसीलाई सचिवमा पदोन्नति गरेको हो । '

सिफारिसमा दोस्रो वरियतामा रहेका अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कायममुकायम सचिवमा बढुवा गरिएको छ ।

इन्जिनियर्स एसोसिएसनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं, ३ असोज– नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिमा कांग्रेस निकट लोकतान्त्रिक समूह विजयी भएको छ ।
 आइतबार सम्पन्न मतगणना परिणामअनुसार अध्यक्षमा हरेराम श्रेष्ठ, उपाध्यक्षमा उमाशंकर साह, महासचिवमा उमेश थानी, उपमहासचिवमा रविभुषण झा र कोषाध्यक्षमा सुशन वैद्य निर्वाचित भएका छन् । एसोसिएनको १० सदस्यमा नौ जना लोकतान्त्रिक समूहका निर्वाचित भएका छन्, एक सिट एमाले निकट पेशागत समूहले जितेको छ । 

Friday, September 16, 2016

दूर सञ्चार शुल्कको १५ प्रतिशत विद्युत विकासमा विकासमा लगाइने


  • ऊर्जा मन्त्रालयद्वारा ३८ बुदे कार्ययोजना सार्वजनिक
  • विभिन्न कोष र वित्तीय संस्थाको सबा खर्च विद्युतमा लगानी गरिने
  • सेनालाई विद्युत आयोजना बनाउन दिइने
  • २ वर्षमा लोडसेडि अन्त्य गर्ने, ९ वर्षमा थप १० हजार मेगावाट बिजुली उत्पादन
  • कर्णाली चिसापानीलाई सार्कस्तरीय आयोजनाका रूपमा अगाडि बढाइने
  • कार्ययोजनाको नारा ‘नेपालको पानी, जनताको लगानी’

काठमाडौं, १ असोज–  सरकारले मोबाइल÷टेलिफोन, इन्टरनेट शुल्कको १५ प्रतिशत रकम मुलुकमा जलविद्युत क्षेत्रको विकासमा लगानी गर्ने अवधारणासहितको ३८ बु“दे कार्ययोजना ल्याएको छ । ऊर्जा मन्त्री जनार्दशन शर्माले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी  प्रत्येक नागरिकले दूर सञ्चार सेवा लिंदा तिर्ने शुल्कको निश्चित रकम काटी जलविद्युत क्षेत्रको विकासका लागि लगानी जुटाउने सरकारको नया“ अवधारणा अगाडि सारेका हुन् । उनका अनुसार ऊर्जा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयस“गको समन्वयमा उक्त अवधारणालाई मूर्तरूप दिने गृहकार्य सुरु गरिसकेको छ ।

शर्माले दूर सञ्चार शुल्कको १५ प्रतिशत रकम जलविद्युतमा लगानी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । नेपाल टेलिकम, एन–सेल र अन्य दुरसञ्चार सेवा प्रदायकलाई यो योजनामा सहभागी गराउने गृहकार्य भइरहेको छ । अघिल्लो आवमा नेपाल टेलिकम, एन–सेललगायतका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूले वर्षको १ खर्ब रुपैया“भन्दा बढी आम्दानी गरेका थिए, त्यसको १५ प्रतिशत रकम १५ अर्ब रुपैया“भन्दा बढी हुन आउ“छ । एक वर्षको आम्दानीबाट मात्र ७५ मेगावाटसम्मको जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ । निर्माण गर्न ५ वर्षबढी लाग्ने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि ऊर्जाद्वारा प्रस्तावित दूर सञ्चार सेवाको १५ प्रतिशत शुल्कलाई इक्विटी राखी बा“की ऋण लिएर लागत जुटाउन सकिन्छ ।

निधिलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, ३१ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यवाहक प्रधानमन्त्री तोकेकी छन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा सरकार प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी निधिलाई कार्यवाहक प्रधानमन्त्री तोकेकी हुन् । 

महिला संघमा पनि देउवा र पौडेल पक्षधरबीच नै प्रतिस्पर्धा

५६ पदका लागि १ सय ३३ उम्मेदवार
काठमाडौं, ३१ भदौ– कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनमा अध्यक्षसहित केन्द्रीय समितिको ५६ पदका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ रामचन्द्र पौडेल पक्षधरले पूरै प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन् । नेतृत्व चयन गर्न शुक्रबार बिहान साढे ९ देखि साढे ४ बजेसम्म मतदान हु“दैछ ।
देउवा पक्षबाट अध्यक्षमा उमा रेग्मी, महासचिवमा धना खतिवडा, कोषाध्यक्षमा जानकीदेवी सिंहसहित ५६ जनाले नै उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट अध्यक्षमा मिना पाण्डे, महासचिवमा गोमा केसी, कोषाध्यक्षमा कुसुम थापा मगरसहित ५६ जनाले नै उम्मेदवारी दिएका छन् ।

Thursday, September 15, 2016

मधेस आन्दोलनका घटना छानबिन आयोगलाई पूर्णता

काठमाडौं, ३० भदौ– सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि गठित उच्चस्तरीय आयोगलाई बुधबार पूर्णता दिएको छ । सत्तारूढ कांग्रेस–माओवादी केन्द्र र मधेसी दलबीच भएको सहमतिबमोजिम गत भदौ २ मा मन्त्रिपरिषदले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो, त्यसमा सदस्य भने तोक्न बा“की थियो ।

आयोगमा पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइराला, नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान निर्देशक सुखचन्द्र झा र कानुन व्यवसायी सजन लोप्चनलाई सदस्य तोकिएको छ । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव यादव कोइरालालाई आयोगको सदस्यसचिव तोकिएको छ ।

तीन सचिवको सरुवा

काठमाडौैं, ३० भदौ– सरकारले तीन मन्त्रालयका सचिव सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईलाई पशुपक्षी विकास मन्त्रालयमा सचिव गरेको छ ।
पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेललाई वन तथा भूसंरक्षण मन्त्रालयमा सारिएको छ । वन मन्त्रालयका उदयचन्द्र ठाकुरलाई कृषि विकास मन्त्रालयका सारिएको छ ।

सचिव सरुवा गर्दा एउटा मन्त्रालयमा अनुभव र विज्ञतालाई ध्यान दिइएको छ भने दुइटामा खिल्ली उडाइएको छ । वन विज्ञ सचिव पौडेलले वन मन्त्रालय नै पाएका छन् ।

सातवटा उच्च अदालत गठन, मातहतमा ११ इजलास


  • सातै उच्च अदालतको मुकाम तोकिए
  • संघीयताको कार्यान्वयन सुरु

काठमाडौं, ३० भदौ– सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको छ । उच्च अदालत गठनस“गै मुलुकमा औपचारिक रूपमा संघीयताको कार्यान्वयन सुरु भएको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम सातवटा उच्च अदालत गठन गरी तिनका कार्यालय रहने मुकाम तोकेको हो ।
राजपत्रमा मन्त्रिपरिषदको निर्णय प्रकाशन भएपछि न्याय परिषदले बैठक बसेर उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश तोक्नेछ । मुकाम तोकिएका ७ वटै ठाउ“मा असोज २ देखि उच्च अदालतको बोर्ड राखी काम सुरु हुनेछ । 
सरकारले १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा उच्च अदालत राख्ने निर्णय गरेको जानकारी रक्षामन्त्री बालकृष्ण खा“डले जानकारी दिए । यी सातै ठाउ“मा यसअघि पुनरावदेन अदालत थिए ।

गंगामायाले अनसन तोडिन्

काठमाडौं, ३० भदौ– सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् । एक महिनादेखि औषधि र स्लाइनसमेत नलिईकन वीर अस्पतालमा नै आमरण अनसन सुरु गरेकी गंगामायाले मंगलबार राति अनसन तोडेकी हुन् ।

विस २०६१ मा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनसनरत गंगामायाले अदालतको बयानका लागि अनसन तोडेकी हुन् । असोज २ मा चितवन जिल्ला अदालतबाट त्यहा“का प्रशासनिक प्रमुख आफैं गंगामायाको बयान लिन आउ“दैछन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त

काठमाडौं ३० भदौ– सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदको बुधबार बसेको बैठकले घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

११ औं तहका अधिकृत घिसिङ उत्पादन विभागमा कार्यरत थिए । त्यसअघि उनी राहुघाट जलविद्युत आयोजना प्रमुख र चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालकसमेत थिए । यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएको राजिनामा स्वीकृत गरी सरकारले घिसिङलाई उक्त पदमा नियुक्त गरेको हो ।

Tuesday, September 13, 2016

राष्ट्रिय गौरवका आयोजनाका प्रगति निराशाजनक

आधा दर्जन आयोजनाका काम अझै शून्य
काठमाडौं, २८ भदौ– मुलुकमा ठूलो आर्थिक प्रगति गर्ने सम्भावना बोकेका २१ राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको छ । राजनीतिक अस्थिरता, अस्थिर नीति, सरकारपिच्छे कर्मचारी फेरबदल गर्ने प्रवृत्ति, बजेट अभावलगायतका कारण मुलुकको विकास बजेटको ठूलो अंश ओगटेका ती आयोजनाको प्रगति हुन नसकेको हो । 
भौतिक प्रगति केही सन्तोषजनक देखिएका कतिपय राष्ट्रिय गौरव आयोजनासमेत निर्धारित मितिभन्दा ढिलो मात्रै सम्पन्न हुने देखिएको छ । झन्डै आधा दर्जन आयोजनाको भौतिक प्रगति त शून्य नै छ । बहुचर्चित आयोजनाहरू पश्चिम सेती जलविद्युत्, दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्र्याक, हुलाकी राजमार्गलगायतको भौतिक प्रगति लगभग शून्य रहेको हो । 
लोडसेडिङ घटाउन महŒवपूर्ण योगदान गर्ने १२ सय मेगावाटको बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनामा विस्तृत इन्जिनियरिङ अध्ययन डीपीआर तयार पार्ने काम भइरहेको छ, त्यसमा भौतिक निर्माण सुरु नै भएको छैन । डीपीआरपछि टेन्डर डकुमेन्ट तयार पारेर मात्र निर्माणका लागि ठेक्का आहवान गर्ने तयारी छ । यो आयोजना बनाउन २ खर्ब ६० अर्ब रुपैया“ लाग्ने अनुमान छ, तर सरकारले त्यति ठूलो रकम कसरी जुटाउने भनेर गृहकार्यसमेत गरेको छैन ।

सार्वजनिक विद्यालयका सबै व्यवस्थापन समिति खारेज

काठमाडौं, २८ भदौ– देशभरका ३५ हजार सार्वजनिक विद्यालयका व्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काललाई विद्यालय व्यवस्थापन समिति विघटन नगर्न यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै आइतबार रिट खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको इजालसले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै हरिप्रसाद तिमिल्सिनालगायतले दिएको रिट खारेज गरेको हो ।

दुइटा वाइड बडी जहाज खरिद गर्न अर्थले दियो सहमति

काठमाडौं, २८ भदौ– अर्थमन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई दुइटा वाइड बडी जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहमति दिएको छ ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र मन्त्रालयका उच्च अधिकारीले आइतबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटी दुइटा जहाज खरिदका लागि अर्थको सहमति दिन आग्रह गरेका थिए ।
प्रत्युत्तरमा अर्थमन्त्री महराले जहाज खरिद गर्न मन्त्रालयका तर्फबाट सहमति दिएको जानकारी पर्यटनमन्त्री शाहीले कान्तिपुरलाई दिए । ‘अर्थ मन्त्राालय निगमलाई जहाज खरिद गर्न आवश्यक रकम ऋण लिंदा जमानत बसिदिन तयार छ । जहाज खरिदको आवश्यक प्रक्रिया अघि बढाउनोस्’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै शाहीले भने ।

Saturday, September 10, 2016

तीन सचिवको सरुवा

काठमाडौं, २५ भदौ– सरकारले तीन मन्त्रालयका सचिव सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले इन्जिनियरिङ क्लस्टर (समूह) का तीन सचिवको सरुवा गरेको हो । ऊर्जा सचिव सुमन शर्मालाई शान्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव सर्वजितप्रसाद महतोलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा

नयाँ कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुने
काठमाडौं, २५ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी राजिनामापत्र बुझाएका हुन् ।

ऊर्जामन्त्री जनार्दन शर्माले काफ्लेलाई आफ्नो कार्यकक्षमा बोलाई पटकपटक राजीनामा दिन दबाब दिंदै आएका थिए । प्रत्युत्तरमा काफ्लेले आफू खुला प्रतिस्पर्धाबाट नियुक्त कार्यकारी निर्देशक भएकाले पदावधिभर बस्न दिनुपर्ने अडान राख्दै आएका थिए । उनको पदावधि आगामी मंसिर ८ सम्म थियो ।

Monday, September 5, 2016

भूकम्पपीडितलाई थप १ लाख अनुदान

भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र निब्र्याजी ऋण २ लाख दिन सरकारले प्रक्रिया अघि बढाइसकेको छ : प्रधानमन्त्री 

  • कुल खर्च अनुमान 
  • अनुदानमा – १ खर्ब ९३ अर्ब ८० करोड 
  • निब्र्याजी ऋणमा – १ खर्ब २९ अर्ब २० करोड

काठमाडौं, २० भदौ– सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निब्र्याजी ऋण २ लाख रुपैया“ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भूकम्पबाट सबभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकका सांसदहरूको ज्ञापनपत्र बुझै सरकारले भूकम्पपीडितलाई थप राहत दिन घर निर्माणको अनुदान २ लाखबाट बढाएर ३ लाख पु¥याउन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । 
दाहालका अनुसार भूकम्पपीडित परिवारलाई घर पुननिर्माण गर्न यसअघि सामूहिक जमानीमा दिइने भनिएको ३ लाख रुपैया“ सहुलियतपूर्ण ऋण भने घटाएर २ खाल रुपैया“ दिइनेछ । भूकम्पपीडितलाई थप राहत होस् भनेर सामूहिक जमानीको ऋण १ लाख घटाएर त्यसलाई अनुदानका रूपमा थप्ने प्रक्रिया सरकारले अघि बढाइसकेको जानकारी दिए ।
सिन्धुपाल्चोकका सांसदहरू कांग्रेसका मोहन बस्नेत, एमालेका अमृतकुमार बोहरा र तामाङ, माओवादी केन्द्रका अग्नि सापकोटा र राप्रपाका रमेश लामासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी सबभन्दा बढी प्रभावित जिल्लाको भूकम्पपीडितको अवस्था अवगत गराई छिटो राहत दिन र अनुदान रकम ५ लाख रुपैया“ पु¥याउन माग गरेको थियो ।

Friday, September 2, 2016

८ सचिवको सरुवा, दुई सहसचिवको सचिवमा बढुवा


गृहमा रेग्मी र अर्थमा सुवेदीलाई सचिवको जिम्मेवारी
काठमाडौ, १७ भदौ– सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय तथा निकायका ८ सचिवलाई सरुवा गर्नुका साथै दुई जना सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनका पालामा समेत सुवेदी अर्थसचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियारमा सरुवा गरिएको छ ।

चमेलिया र कुलेखानी तेस्रोबाट छ महिनामै विद्युत उत्पादन : प्राधिकरण

काठमाडौं, १७ भदौ– विद्युत प्राधिकरणले ‘क्रोनिक’ समस्या बनिरहेका चमेलिया र कुलेखानी तेस्रो दुवै जलविद्युत आयोजना आगामी छ महिनाभित्रै सम्पन्न गर्ने भएको छ । ठेकेदारसितको विवाद अन्त्य भई दुवै आयोजनामा काम सुचारु भएको र अबको छ महिनाभित्रै सम्पन्न हुने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले दिए ।
दुवै आयोजना ठेकेदारको लापर्बाहीले समस्याग्रस्त बनेका हुन् । ‘कुलेखानी तेस्रोको सिभिलतर्फको काम ९७ प्रतिशत सकिइसकेको छ । इलेक्ट्रोमेकानिकल र होइड्रो मेकानिकलका उपकरणहरू आइपुग्ने क्रम सुरु भएको छ । अब उपकरण जडानको काममात्र बा“की छ, यो आयोजना आगामी फेब्रुअरीसम्ममा सम्पन्न भई विद्युत उत्पादन सुरु हुन्छ’ काफ्लेले कान्तिपुरसित भने । 
१४ मेगावाटको कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाबाट बिजुली निकालेपछि निस्कने पानीलाई सुरुङमा लगी बिजुली उत्पादन गर्ने क्यास्केड आयोजना हो । उनका अनुसार इलेक्ट्रोमेकानिकल र होइड्रो मेकानिकल कामको जिम्मा लिएको चिनिया“ कम्पनीले उपकरण जडानको सुरु गरिसकेको छ । यो आयोजना सन् २०१४ मा नै सक्ने लक्ष्य थियो । ठेकेदारको लापर्बाही र गैरजिम्मेवारीले यो आयोजनाको लागत दोब्बर हुनुका साथै सम्पन्न हुने मिति नै तीन वर्षपछाडि धकेलिएको हो ।

Friday, August 26, 2016

दाहाल मन्त्रिपरिषद ‘जम्बो’ हुँदै

काठमाडौं, ११ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ ।
दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बा“की छ । दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिसकेका  छन् । बा“की ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषद ३५ सदस्यीय पुग्नेछ । ३० मन्त्रालयमध्ये बा“की २६ मा समेत  राज्यमन्त्री नियुक्त गरिएमा मन्त्रिपरिषद ६१ सदस्यीय पुग्नेछ ।

ढिलासुस्तीले भारतबाट थप १५० मेगावाट बिजुली आउने अनिश्चित


  • अबको चार महिनामा सबस्टेसन र प्रसारण लाइन दुवै बनिसक्नेमा अझै आशंका
  • नबनेमा हिउँदयाममा दैनिक १२ देखि १५ घन्टाभन्दा बढी लोडसेडिङ हुने

ढल्केबर (धनुषा), ११ भदौ– विद्युत् प्राधिकरणले दुई प्रसारण लाइन र ढल्केबरमा २२०÷१३२ केभी क्षमताको सबस्टेसन निर्माणमा गरिरहेको ढिलाइका कारण आगामी मंसिरदेखि भारतबाट थप १ सय ५० मेगावाट बिजुली आयात सुरु हुनेमा आशंका बढदै गएको छ ।
आगामी हिउ“दमा लोडसेडिङ ७ घन्टामा सीमित गर्न ऊर्जा मन्त्रालयले भारतसित आगामी जनवरी (मंसिर) देखि अन्तरदेशीय प्रसारण लाइन ढल्केबर(मुजफ्फरपुर हु“दै थप डेढ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरिसकेको छ । नेपाल र भारतबीच ऊर्जा सचिवस्तरमा गत जुन महिनामा भएको वार्ताको सहमतिअनुसार भारतीय सरकारले थप १ सय ५० मेगावाट बिजुली दिन लागेको हो ।

अन्तरदेशीय प्रसारण लाइनबाट ढल्केबर ल्याइने थप बिजुली चार्ज गर्ने न त सबस्टेसन निर्माणको काम नै सुरु भएको छ, न त चार्ज गरिएको बिजुली मुलुकको सबभन्दा ठूलो लोड सेन्टर (राजधानी) ल्याउने दुई प्रसारण लाइनको निर्माण कार्य कहिले सकिने त्यो पनि अझै अनिश्चित छ ।

तामाकोसी र तमोर आयोजना बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं, ११ भदौ– चिनियाँ कम्पनी ‘चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी) ले नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । सीएमईसीले ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डमा लिखित प्रस्ताव गरेको छ ।
प्रस्तावमा सीएमईसीले आफू चीनको उत्कृष्ट दस कम्पनीभित्र पर्ने दाबीसमेत गरेको छ । सीएमईसीले यी दुई आयोजनाको अध्ययन, निर्माण तथा हस्तान्तरण (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फाइनान्सिङ (ईपीसीएफ) मोडलमा बनाउने प्रस्ताव गरेको हो । यो मोडेलमा कम्पनीले यी आयोजना बनाएर सरकारलाई हस्तान्तरण गर्छ र सरकारले उसको लागत निश्चित अवधिमा फिर्ता गर्नुपर्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

तामाकोसी आयोजनामा नर्वेजयन कम्पनी एसएन पावरले लामो समयदेखि अध्ययन कार्य अघि बढाउ“दै आएको थियो । एसएन पावरले बिजुली बिक्री गर्ने बजार नपाएको जिकिर गर्दै डेढ वर्षअगाडि हात झिकेको तामाकोसी आयोजनामा लगानी गर्न चिनिया“ कम्पनीले प्रस्ताव गरेको हो ।

Wednesday, August 17, 2016

लोडसेडिङ ७ घन्टामा सीमित गर्ने महत्वाकांक्षी योजना

उर्जा मन्त्रालयको कार्ययोजना

  • आगामी हिउ“दमा १२ देखि १५ घन्टासम्म लोडसेडिङ : विद्युत प्राधिकरणका एक अधिकारी
  • ‘१२ महिनामा वैकल्पिक ऊर्जाबाट ५० मेगावाट बिद्युत उत्पादन कार्ययोजनाको लक्ष्य हावादारी’

काठमाडौं, १ भदौ– ऊर्जा मन्त्रालयले आगामी हिउ“दमा लोडसेडिङ ७ घन्टामा मात्र सीमित गर्ने महत्वाकांक्षी कार्ययोजना अघि सारेको छ । 
मन्त्रालयले भारतबाट थप ३ सय ३५ मेगावाट बिजुली आयात गरेर हिउ“दमा लोडसेडिङ ७ घन्टामा सीमित गर्ने कार्ययोजना तयार गरी यसै साता प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको छ । मन्त्रालयले स्वदेशमै विभिन्न विद्युत आयोजना सम्पन्न भई आगामी मंसिरभित्र १ सय मेगावाट र असारभित्र ७५ मेगावाट बिजुली थपिने कार्ययोजनामा उल्लेख छ । वर्षायाममा समेत दैनिक ६ घन्टा लोडसेडिङ गर्दै आएको मन्त्रालयको कार्ययोजना पूरा हुनेमा विद्युत प्राधिकरणकै अधिकारीहरूले आशंका व्यक्त गरेका छन् ।

ती अधिकारीले आगामी हिउ“दमा लोडसेडिङ घटाएर ७ घन्टामा सीमित गर्ने मन्त्रालयको कार्ययोजना पूरा नहुने दाबी गरे । भारतीय नाका प्रसारण लाइनको स्तरोन्नति र अन्तरदेशीय प्रसारण लाइनको सबस्टेसनको निर्माण र विस्तारको काम लक्ष्यित समयमा नसकिने भएकाले भारतबाट आगामी हिउ“दसम्ममा थप ३ सय ३५ मेगावाट बिजुली आयात गर्न नसकिने दाबी ती अधिकारीको छ । ती अधिकारीका अनुसार आगामी हिउ“दमा कम्तीमा दैनिक १२ देखि १५ मेगावाटसम्म लोडसेडिङ हुनेछ । विद्युत प्राधिकरणले अघिल्लो वर्ष हिउ“दमा सरदर दैनिक १२ देखि १५ घन्टासम्म लोडसेडिङ गरेको थियो ।

Saturday, August 13, 2016

छुट्टै विद्युत उत्पादन कम्पनी खुल्दै

  • सर्वसाधारणको शेयर ३० प्रतिशत रहने
  • छिट्टै ग्रिड कम्पनीसमेत खोल्ने तयारी 

काठमाडौं, २९ साउन– सरकारले सरकारी तथा सर्वसाधारणको लगानीमा जलविद्युत आयोजना निर्माण गर्न एक÷डेढ साताभित्रै छुट्टै पब्लिक कम्पनी स्थापना गर्ने भएको छ । जलविद्युत आयोजना निर्माणमा जनस्तरबाट ठूलो लगानी जुटाउने वातावरण बनाउन कम्पनीमा सर्वसाधारणको शेयर ३० प्रतिशत राखिने जानकारी ऊर्जा मन्त्रालयका प्रवक्ता गोकर्ण पन्थले दिए ।
जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण तथा बिजुली वितरणसम्बन्धी तीनवटा दायित्व भएको विद्युत प्राधिकरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सरकारले ऊर्जा मन्त्रालयको प्रस्तावमा विद्युत आयोजनामात्र निर्माण गर्ने ‘विद्युत उत्पादन (जेनेरेसन) कम्पनी’ स्थापना गर्न लागेको हो ।
ऊर्जा मन्त्रालयका सचिव सुमन शर्माका अनुसार कम्पनीले विद्युत आयोजनाको अध्ययन र निर्माणको काममात्र गर्नेछ । विद्युत आयोजना निर्माण गर्ने एकमात्र दायित्व हुने छुट्टै नया“ पब्लिक कम्पनी खोल्ने प्रस्तावमा अर्थमन्त्रालयले सहमति दिइसकेको जानकारी दिए ।

हदबन्दी बढी जग्गा जफतको प्रक्रिया सुरु

काठमाडौं, २९ साउन– सरकारले देशभर विभिन्न व्यक्ति या परिवारस“ग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ । भूमिसुधार मन्त्रालयले विभिन्न व्यक्ति र परिवारले गैरकानुनी रूपमा राखेको जग्गा जग्गा जफत गरी सरकारका नाममा ल्याउन मातहतका कार्यालयहरूलाई परिचालन गरी देशभर हदबन्दीभन्दा बढी रहेको जग्गाको विवरण तयार पारिसकेको छ ।
‘भूमिसुधार कार्यालय र भूमिसुधारसम्बन्धी कामसमेत गर्ने अख्तियारी पाएका मालपोत कार्यालयहरूले अभियान नै चलाएर देशभर हदबन्दीभन्दा बढी रहेको जग्गाको विवरण तयार गरिसकेका छन्’ भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसित भने– ‘कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा ल्याउन ती कार्यालयहरू निर्देशनसमेत दिइसकेका छौं ।’ 

निजामतीमा प्रोत्साहनभत्ताको विकृति बढदो

काठमाडौं, २९ साउन– सरकारले निजामती कर्मचारीहरूलाई बा“ड्न थालेको ‘प्रोत्साहन भत्ता’ को विकृति प्रशासनभित्र ऐंजुरुजसरी नै फैलिंदै जान थालेको छ । यस्तो भत्ताले कर्मचारीहरूभित्र विभेदसमेत बढ्दै गएको छ । 
सरकारको तजबिजी निर्णयका कारण राज्यलाई वर्षेनि थप दायित्व बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्तामा करिब २ अर्ब ६७ करोड रुपैया“ खर्च भयो, त्यति रकमबाट कहालीलाग्दो लोडसेडिङको समस्या भोगिरहेको मुलुकमा वर्षेनि १५ देखि २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ ।

‘प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले आफूले खाइपाएको तलबभत्ताको ५० प्रतिशत प्रोत्साहनभत्ता लामो समयदेखि पाउ“दै आएका छन्’ एक सरकारी अधिकारीले भने– ‘स“गै रहेका मन्त्रालयका कुनै पनि कर्मचारीहरूले त्यस्तो सुविधा पाउ“दैनन् । समान काम र दायित्व भएका प्रधानमन्त्री कार्यालयका कर्मचारीले प्रोत्साहन पाउने, अरू मन्त्रालयका कर्मचारीले नपाउने ? योभन्दा ठूलो विकृति र कर्मचारीबीचको विभेद के हुन सक्छ ?’

Friday, July 29, 2016

निकुञ्जभित्र विद्युत आयोजना बनाउन स्वीकृति

लोपोन्मुख आसामे बाँदरलगायतका वन्यजन्तुको बासस्थानमा असर पर्ने विज्ञको चिन्ता
काठमाडौं, १४ साउन– सरकारले लामो समयसम्मको विवाद र अन्यौलबीच संरक्षित क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको मध्य भाग (कोर एरिया) मा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिलाई १० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री केपी ओली सरकारले जा“दाजा“दै संकटापन्न सूचीमा परेका आसामे बा“दरलगायतका लोपोन्मुख सूचीका वन्यजन्तुको मुख्य बासस्थान भएको निकुञ्जमा ठूलो भौतिक संरचना निर्माण गर्न स्वीकृति दिएको हो । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जको कोर क्षेत्रभित्र ठूला भौतिक संरचना निर्माण गर्दा वातावरण विनाश हुने र आसामे बा“दरलगायतका लोपोन्मुख सूचीका विभिन्न वन्यजन्तुको बासस्थानमा नकारात्मक असर पर्ने तर्क गर्दै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया अघि नबढाउन दबाब दिंदै आएको थियो ।

प्रमुख आयुक्त कार्कीको निर्देशनमा शेयर हस्तान्तरणको विवादास्पद निर्णय

 गोकर्ण रिसोर्ट लिज प्रकरण 
काठमाडौं, १४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको लिखित निर्देशनमा राजधानीको गोकर्ण रिसोर्ट लिजमा लिएको सिंगापुरको कम्पनीको सम्पूर्ण शेयर यति होल्डिङ्स प्रालिलाई हस्तान्तरण गर्ने विवादास्पद निर्णय २०७० माघ २६ मा भएको प्रमाण भेटिएको छ ।
संसदको अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिले शेयर हस्तान्तरणसम्बन्धी विवादास्पद निर्णयका बारेमा छानबिन गर्ने भएको छ । छानबिन अगाडि बढाउन समितिले ट्रष्टको कार्यालयसित शेयर हस्तान्तरणसम्बन्धमा भएका निर्णय र त्यससम्बन्धी फाइल मागेको जानकारी स्रोतले दिए ।
प्रमुख आयुक्त कार्कीले आफ्नो संवैधानिक दायित्वविपरीत २०७० माघ २३ मा ट्रष्टका सदस्य र तत्कालीन सचिव श्रीधर गौतमलगायतलाई आफ्नो कार्यकक्षमा बोलाई बैठक गरेपछि सिंगापुरको कम्पनी एलएम सुबिर ब्रदर्स प्रालिको नाममा रहेको सम्पूर्ण शेयर नेपाली कम्पनी यति होल्डिङ प्रालिलाई बिक्री गर्न लिखित निर्देशन दिएका हुन् । 

Friday, July 8, 2016

पञ्चेश्वरको डीपीआरलाई असोजसम्ममा अन्तिम रूप दिइने

अब पञ्चेश्वरको क्षमता  ५ हजार ४० मेगावाटमात्र
काठमाडौं, २४ असार– नेपाल र भारत बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई आगामी असोज महिनासम्ममा अन्तिम रूप दिन सहमत भएका छन् ।
पञ्चेश्वर प्राधिकरणको गभर्निङ बडीको बुधबार सम्पन्न बैठकमा भारतीय कम्पनीले प्रस्ताव गरेको डीपीआरमाथि दुवै देशले आ–आफ्ना कमेन्ट (धारणा) ढिलोमा असोजसम्ममा राखिसक्ने र तत्काल त्यसलाई अन्तिम रूप दिने सहमति भएको जानकारी ऊर्जा सचिव सुमन शर्माले कान्तिपुरलाई दिए ।
दुवै देशको सहमतिमा डीपीआरलाई अन्तिम रूप दिएपछि बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माण कार्य अघि बढाउन बाटो खुल्नेछ । डीपीआरलाई अन्तिम रूप दिएपछि दुवै देश ५ खर्ब रूपैया“ लागत लाग्ने आयोजनालाई वित्तीय स्रोत जुटाउन लाग्नेछन् ।

बिजुलीको महसुलमा भारी वृद्धि


  • महसुल ११.२५ देखि २२.१५ प्रतिशतसम्म वृद्धि
  • मासिक ३० देखि १० हजारसम्म सेवा शुल्क

काठमाडौं, २० असार– विद्युत महसुल निर्धारण आयोगले आगामी साउन १ देखि लागू हुने गरी बिजुलीको महसुलमा भारी वृद्धि गरेको छ । आयोगको बिहीबार बसेको बैठकले विद्युत प्राधिकरणको सिफारिसमा कम्तीमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म बिजुलीको महसुल वृद्धि गरेको छ ।
आयोगले वर्षेनि घाटामा गएको प्राधिकरणलाई आर्थिक संकटमा पर्न नदिन विद्युत महसुल वृद्धि गरिएको दाबी गरेको छ । प्राधिकरण वार्षिक ५ अर्ब रुपैया“भन्दा बढी घाटामा छ । महसुल वृद्धिबाट प्राधिकरणले वार्षिक थप साढे ५ अर्ब रुपैया“ बराबरको आम्दानी हुने र घाटामा नजाने दाबीसमेत आयोगको छ ।
प्राधिकरणको कुल बिजुलीको २८ प्रतिशतसम्म चुहावट हु“दै आएको छ । प्राधिकरण महसुल कम भएर होइन चुहावटका कारण वर्षेनि घाटामा गएको हो । प्राधिकरणले चुहावट घटाउनेतर्फ कुनै ध्यान नदिई महसुल वृद्धि गरी घाटाबाट जोगिन खोजेको हो । विद्युत महसुल निर्धारण आयोगले प्राधिकरणस“ग चुहावट घटाउने कुनै रणनीति र योजना नमागी उसैको मागअनुसार हुबहु रूपमा महसुल वृद्धि गरिदिएको हो ।
आयोगले सबै खाले उपभोक्तासित पहिलोपटक मासिक कम्तीमा ३० रुपैया“देखि बढीमा १० हजार रुपैया“सम्म सेवा शुल्क लिन स्वीकृति दिएको छ । यसअघि प्राधिकरणले सेवा शुल्क लिने गरेको थिएन । न्यूनतम विद्युत महसुल भने तोकिएको थियो, कुनै उपभोक्ताले विद्युत खपत नगरेको अवधिको प्राधिकरणले न्यूनतम शुल्क लिने गरेको थियो ।

Friday, June 24, 2016

रकम बुझ्ने, इन्धन भने आयोजना हाल्ने

मन्त्रीहरूद्वारा गाडी, इन्धन दुरुपयोग
काठमाडौं, १० जेठ– सरकारका सबैजसो मन्त्रीहरूले गाडीको इन्धनका नाममा कानुनविपरीत लामो समयदेखि राज्यको ढुकुटीबाट महिनाको करोडौं रुपैया“ दुरुपयोग गरिरहेको पाइएको छ । जम्बो मन्त्रिपरिषदका सदस्यहरूले कानुनविपरीत कम्तीमा तीनवटाका दरले गाडी चढ्ने र इन्धन तथा मर्मत खर्च विकास आयोजनाबाट लिएर राज्यको ढुकुटी दुरुपयोग गरिरह“दा पनि आर्थिक अनियमितता तथा सार्वजनिक पदको दुरुपयोग नियन्त्रणको छानबिन गर्ने संवैधानिक निकाय र संसदीय समितिको ध्यान नपुग्नु आश्चर्यजनक भएको प्रधानमन्त्री कार्यालयका अधिकारी बताउ“छन् ।
उपप्रधानदेखि सहायक मन्त्रीसम्मले सरकारबाट एक÷एकवटामात्र गाडी सुविधा पाउने कानुनी व्यवस्था छ, तर सबै जसो मन्त्रीले कानुनविपरीत कम्तीमा तीन÷चारवटासम्म गाडीका लागि राज्यको ढुकुटीबाट इन्धन खर्चबापतको रकम बुझ्ने गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् । 

Thursday, January 14, 2016

सल्लाहकार समूहका पदाधिकारीलाई अस्वाभाविक सुविधा

राष्ट्रपति र उपराष्ट्रपतिभन्दा प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ र स्वकीय सचिवले बढी रकम बुझ्छन्
काठमाडौं ३० जेठ– सरकारले प्रधानमन्त्री केपी ओलीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिारीहरूलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वभाविक रूपमा आकर्षक सुविधा दिएको छ । 
ओलीको प्रस्तावमा मन्त्रिपरिषदको निर्णयबाट मन्त्रीसरहका सल्लाहकारलाई १ लाख ३४ हजार ४ सय ७० देखि सबभन्दा तल्लो तहका स्वकीय सचिवलाई ८० हजार ८ सय २० रुपैया“ मासिक तलब सुविधा दिन थालिएको छ । गाडी आफैंले व्यवस्था गरी चढ्ने नाममा उनीहरूलाई आकर्षक सुविधा दिइएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिएका छन् । 

पेन्सन पाउने पदमा हाम्रो परामर्शबिना नियुक्ति नगर : लोकसेवा

लोकसेवाको परामर्शबिना हुने नियुक्ति खारेज हुन्छ : अध्यक्ष मैनाली
काठमाडौं, ३० पुस– लोकसेवा आयोगले सबै सरकारी निकायहरूलाई राज्यको ढुकुटीबाट पेन्सन पाउने कुनै पनि पदमा स्थायी नियुक्ति गर्दा आफ्नो परामर्श अनिवार्य रूपमा लिनुपर्ने उल्लेख गर्दै नलिए नियुक्ति प्रक्रिया नै खारेज गरिदिने चेतावनी दिएको छ ।
नया“ संविधानको धारा २४३ को उपधारा (५) मा ‘नेपाल सरकारबाट निवृत्तिभरण (पेन्सन) पाउने पदमा लोकसेवा आयोगको परामर्शबिना स्थायी नियुक्ति गरिने छैन’ भन्ने व्यवस्था गरेको उल्लेख गर्दै आयोगले यो संवैधानिक व्यवस्थाविपरीत लोकसेवाको परामर्शबिना कुनै पनि निकायले गर्ने स्थायी नियुक्तिको प्रक्रियालाई खारेज गरिदिने जनाएको छ ।

‘जोकर’ सरकार

काठमाडौं, ३० पुस– एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको तीन महिना पूरा भएको छ । खरो बोल्ने नेता प्रधानमन्त्री हु“दा मुलुकमा सरकार चुस्त बन्ला, केही सुधार आउला र विकास निर्माणले गति लिएला भन्ने विश्वास आमजनतामा थियो । पहिलो गा“समै झिंगा भनेजसरी मन्त्रिपरिषद निर्माण गर्दा नै आमजनताको त्यो विश्वासमा कुठाराघात भएको छ । ओलीले ६÷६ जना उपप्रधानमन्त्री बनाउनासाथ उनी मुलुकप्रति इमानदार रहेनछन् भन्ने उजागर भएको छ । अझ उनी भारतीय नाकाबन्दी, मधेस आन्दोलन र भूकम्पले थिलथिलो भएको मुलुकको अर्थतन्त्रप्रति बेवास्ता गर्दै चालीस जनाको ‘जम्बो’ मन्त्रिपरिषद बनाउनसमेत पछि परेनन् । ४० जना मन्त्री बनाउन उनले मन्त्रालय फुटाएर चारवटा बढाएका छन् । एउटा मन्त्रालय बढाउ“दा राज्यको ढुकुटीमा डेढ अर्ब दायित्व बढ्छ, चारवटा बढाउ“दा गरिब मुलुकको अर्थतन्त्रमा वर्षेनि ६ अर्ब रुपैया“ दायित्व बढेको छ । चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकमा त्यति रकमले वर्षेनि ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ । चिसाले कठ्यांग्रिएर मर्न बाध्य भइरहेका भूकम्पपीडितलाई न्यानो कपडा बा“ड्न नसकेको सरकारले मुलुकलाई दीर्घकालीन दायित्व थपेर उल्फाको धन, फुपूको श्राद्धजसरी खर्च गर्न लाग्नु आफैंमा दुर्भाग्यपूर्ण हो । अझ प्रधानमन्त्री मन्त्रालय फुटाएकामा, मन्त्रिपरिषद जम्बो बनाएकामा आलोचनात्मक समाचार÷टिप्पणी लेख्ने पत्रकारहरूलाई गाली गर्न उद्यत देखिएका छन् ।