Wednesday, December 31, 2014

प्रधानमन्त्री कार्यालयद्वारा सार्कका बेला भौतिक संरचनाको संरक्षण गर्न निर्देशन

‘तत्काल ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर’
काठमाडौं, १६ पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्क शिखर सम्मेलनका क्रममा राजधानीमा निर्माण तथा मर्मत गरिएका सडक, पेटी, पार्क तथा दुवैतर्फ लगाइएका बोटबिरुवा तथा दुवोको बगैंचाको उचित संरक्षण गर्न सम्बन्धित निकायलाई बुधबार निर्देशन दिएको छ ।
सार्क सम्मेलनको तयारीका क्रममा निर्माण गरिएका भौतिक संरचना भत्कन थालेको र बोटबिरुवा तथा दुवोको बगैंचा नास हुन थालेको सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालय तथा मातहतका निकायका अधिकारीहरूलाई बोलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सडकको दुवैतर्फ लगाइएका बोटबिरुवा र दुवोमा नियमित रूपमा पानी हाल्न तथा गोडमेल गर्नसमेत सम्बन्धित निकायलाई निर्देश गरिएको छ ।

ओलीद्वारा ऊर्जामन्त्रीलाई माथिल्लो सेतीको काम अघि बढाउन निर्देशन

‘एडीबीले छानेकै परामर्शदातालाई नियुक्त गर’
काठमाडौं, १५ पुस– एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीकी नेतृ एवं ऊर्जामन्त्री राधा ज्ञवालीलाई १४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रोपावर) जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
ओलीले सोमबार बिहान ज्ञवालीलाई आफ्नो निवासमा बोलाई माथिल्लो सेती आयोजनालाई अन्यौलमा पर्न नदिन एसियाली विकास बैंक (एडीबी) ले छनौट गरेकै जर्मन परामर्शदाता कम्पनी ल्यामेयरलाई नियुक्त गरी काम अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार ज्ञवालीलाई बालुवाटारमा बोलाई पुरानै प्रक्रियाबाट छनौट भएको परामर्शदातालाई नियुक्त गरी आयोजना तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस क्रममा ज्ञवालीले आफ्नो पार्टी अध्यक्ष ओलीसित सल्लाह गरेरमात्र निर्णय गर्ने आश्वासन दिएकी थिइन् ।

Monday, December 29, 2014

पश्चिमाञ्चलका सभासदहरूले माथिल्लो सेती बचाउन दबाब दिने

एडीबीका कन्ट्री डाइरेक्टरसित समेत भेटवार्ता
काठमाडौं, १४ पुस– पश्चिमाञ्चलका सभासदहरूले परामर्शदाता छनौटको विवादका कारण  १ सय ४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रोपावर) आयोजनाको भविष्य अन्यौलमा पर्न नदिन प्रधानमन्त्री सुशील कोइराला र एमालेको नेतृत्वलाई दबाब दिने भएका छन् ।
संसद सचिवालय परिसरमा आइतबार बसेको पश्चिमाञ्चलका सभासदहरूको बैठकले एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वलाई भेटी उनको पार्टीकी ऊर्जामन्त्री राधा ज्ञवालीको विवादास्पद निर्णयले आयोजना अन्यौलमा परेकाले त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय गरेको जानकारी सभासद शंकर भण्डारीले दिए । 
बैठकमा पश्चिमाञ्चलका एमालेबाहेक सबैजसो पार्टीका सभासद सहभागी थिए । भण्डारीका अनुसार उनीहरूले एक÷दुई दिनभित्रै प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई भेटी माथिल्लो सेती आयोजना अघि बढाउने वातावरण बनाउन दिनेछन् ।

Saturday, December 27, 2014

माथिल्लो सेतीको काम दुई दिनभित्र अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन

काठमाडौं, ११ पुस– प्रधानमन्त्री सुशील कोइरालाले १ सय ४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती (तनहु“ हाइड्रो पावर) आयोजनामा परामर्शदाताको नियुक्तिको निर्णय दुई दिनभित्र सम्पन्न गरी काम अघि बढाउन ऊर्जामन्त्री राधा ज्ञवालीलाई निर्देशन दिएका छन् ।
कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बोलाई एसियाली विकास बैंक (एडीबी) ले छानेकै परामर्शदाता कम्पनी ल्यामेयरलाई नै नियुक्त गरी माथिल्लो सेती आयोजनाको काम अघि बढाउन निर्देशन दिएका हुन् ।
छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डा. रामशरण महत र ऊर्जामन्त्री ज्ञवाली सहभागी थिए । कोइरालाले ऋण सम्झोताको शर्तबमोजिम एडीबीले छनौट गरेको ल्यामेयरलाई नै परामर्शदाता नियुक्त गरेर आयोजनाको काम अघि बढाउन ऊर्जामन्त्री आग्रह गरेका हुन् ।

Friday, December 26, 2014

भोटेकोसीमा टावर निर्माणको अवरोध खुल्यो

कम्पनीले सिन्धुपाल्चोकबासीलाई ६ प्रतिशत शेयर दिने 
काठमाडौं/सिन्धुपाल्चोक, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका सातवटा टावरको पुनर्निर्माण कार्य बिहीबार सुरु गरेको छ । जिल्लाका पा“च दल तथा स्थानीय संघर्ष समितिका प्रतिनिधि र भोटेकोसी पावर कम्पनीका अधिकारीबीच भएको वार्ताका क्रममा बुधबार राति जिल्लाबासीलाई आयोजनामा ६ प्रतिशत शेयर दिनेलगायतका सहमति भएपछि बिहीबारदेखि टावर निर्माण कार्य सुचारु भएको हो ।
सहमति भएकै भोलिपल्ट बिहीबार बिहान कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले सिन्धुपाल्चोकको टेकानपुरमा आएर टावर निर्माण कार्य सुरु गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार टावर पुननिर्माण कार्य २० देखि २५ दिनभित्रै सम्पन्न हुनेछ । ढिलोमा २५ दिनमै ४५ मेगावाटको भोटेकोसी आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइनमार्फत वितरण हुन थाल्नेछ । भोटेकोसीको बिजुली जोडिएपछि मुलुकको लोडसेडिङ करिब एक घन्टा घटाउन मद्दत पुग्नेछ ।

Thursday, December 25, 2014

भोटेकोसीद्वारा टावर पुनर्निर्माण सुरु

भोटेकोसी र पा“च दलबीच ६ प्रतिशत शेयरमा सहमति 
काठमाडौं, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका ७ वटा टावर पुनर्निर्माण कार्य बिहीबारदेखि सुरु गरेको छ । बुधबारै सिन्धुपाल्चोक पुगेका भोटेकोसी पावर कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले बिहीबार टावर पुनर्निर्माण कार्य सुरु गराएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय निर्माणस्थलमा आवश्यक सुरक्षा दिन तयार भएको र शेयर मागेर अवरोध गरिरहेका पा“च दलसमेत लचिलो भएपछि भोटेकोसीले आफ्नो बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने टावर पुनर्निर्माण थालेको हो ।
भोटेकोसीले बुधबारदेखि टावर पुननिर्माण सुरु गर्न लागेको थियो । अवरोध पु¥याइरहेका पा“च दलको अनुरोधमा भोटेकोसीले टावर निर्माण बिहीबारदेखि सुरु गरेको जानकारी आयोजनाका एक अधिकारीले दिएका छन् ।

माथिल्लो सेती आयोजनामा ऊर्जामन्त्रीको निर्णय उल्ट्याइने

प्रधानमन्त्रीद्वारा एडीबीले छानेकै परामर्शदातालाई नियुक्त गरी आयोजना अघि बढाउन निर्देशन
काठमाडौं, ९ पुस– प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्रालयलाई एसियाली विकास बैंकले छानेकै परामर्शदाता कम्पनीलाई नियुक्त गरी १ सय ४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती जलविद्युत् आयोजना (तनहु“ हाइड्रो पावर) को काम अघि बढाउन मंगलबार निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले ऊर्जामन्त्री राधा ज्ञवालीको परामर्शदाता छनौट प्रक्रिया रद्द गर्ने निर्णयस“गै एसियाली विकास बैंक (एडीबी) सहितका दाता रुष्ट भएपछि लगानी जुटिसकेको माथिल्लो सेती आयोजनाको भविष्य नै अनिश्चित भएकामा चिन्ता व्यक्त गर्दै  अन्यौल हटाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
कोइरालाले एमालेका शीर्ष नेताहरूसित छलफल गरेपछि उक्त पार्टीकी नेतृ एवं ऊर्जामन्त्री ज्ञवालीको निर्णय फिर्ता लिई परामर्शदाता छनौटको पुरानै प्रक्रियालाई सदर गरी अघि बढाउन निर्देश गरेको जानकारी स्रोतले दिए । ऊर्जामन्त्री ज्ञवालीले एडीबीको परामर्शदाता छनौटको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई रद्द गरी नया“ छनौटको प्रक्रिया सुरु गर्ने निर्णय गरेकी थिइन् ।

Tuesday, December 23, 2014

माथिल्लो सेती आयोजनालाई अन्यौलमा नपार

काठमाडौं, ७ पुस– ऊर्जामन्त्री राधा ज्ञवालीले लगानी जुटिसकेको १४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रो पावर) को परामर्शदाता छनौट प्रक्रिया नै रद्द गरिदिएपछि आयोजनाको भविष्य नै अन्यौलमा परेको छ । आयोजनाको दोस्रो ठूलो दाता एसियाली विकास बैंंक (एडीबी) ऊर्जामन्त्रीको निर्णयबाट रुष्ट भएको छ । ऊर्जामन्त्रीको निर्णयअनुसार परामर्शदाता छनौटको नया“ प्रक्रिया सुरु गरिए एडीबीले आयोजनाबाट हात झिक्न सक्ने संकेत सरकारलाई दिइसकेको छ । एडीबीले ऊर्जामन्त्रीको निर्णय उल्ट्याएर पुरानै परामर्शदाता छनौटको प्रक्रियालाई सदर गर्नसमेत दबाबसमेत दिएको छ । 
ऋण सम्झौताको शर्तअनुसार नै परामर्शदाताका लागि परेका प्रस्तावमध्येबाट निष्पक्ष मूल्यांकन गरी आफूले लामेयर कम्पनीलाई छनौट गरेको जिकिर एडीबीको छ । ऊर्जा मन्त्रालयले भने एडीबीको परामर्शदाता मूल्यांकन प्रक्रिया नै विभेदपूर्ण रहेको दाबी गर्दै आएको छ । 

Sunday, December 21, 2014

प्रधानमन्त्रीद्वारा पाँच आयोजनाको अवरोध खुलाउन गृह र ऊर्जामन्त्रीलाई निर्देशन

गृह सचिव नै सिन्धुपाल्चोकका काम अवरुद्ध पाँचै आयोजनाको स्थलगत निरीक्षणमा जाने 
काठमाडौं, ६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पाँचवटा जलविद्युत् आयोजनामा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा गुण्डाले लामो समयदेखि गरिरहेको अवरोध तत्काल खुलाउन गृह र ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले उपप्रधान एवं गृह मन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीलाई तत्काल प्रहरी प्रशासन परिचालन गरी विद्युत् आयोजना निर्माणको काम निर्वाध रूपमा अघि बढ्ने वातावरण बनाउन निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
रिजालका अनुसार लामो समयदेखि निर्माणमा भइरहेको अवरोधले जलविद्युत्को क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीको वातावरणै बिग्रन लागेकामा प्रधानमन्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै गृह र ऊर्जामन्त्रीलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

तनहुँका सभासदले ऊर्जामन्त्रीको राजिनामा मागे

काठमाडौं, ६ पुस– तनहुँ जिल्लाका सभासदहरूले ‘जलमाफियाको प्रलोभन’ मा परेर तनहुँको सेती विद्युत् आयोजनाको परामर्शदाता छनौट प्रक्रिया रद्द गरेको भन्दै उर्जामन्त्री राधा ज्ञवालीको राजीनामा माग गरेका छन् ।
तनहुँका सभासदहरू शंकर भण्डारी, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, झुलबहादुर आले, आशा कोइराला, शिवलाल थापा, जनकराज जोशीले परामर्शदाता छनौट प्रक्रिया रद्द हु“दा आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक नै झस्किएको र तनहुँ हाइड्रोको भविष्य नै अन्यौलमा परेको उल्लेख गरेका छन् ।

Friday, December 19, 2014

मन्त्रिपरिषदमा प्रधानमन्त्रीले भने– ‘सहमति नभए प्रक्रियाबाट संविधान’

काठमाडौं, ४ पुस– प्रधानमन्त्री सुशील कोइरालाले दलहरूबीच सहमति भएन भने संविधानसभाको प्रक्रियामा गएर भए पनि माघ ८ मा नै संविधान जारी गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा उनले सहमतिमा संविधान जारी गर्न अधिकतम पहल गर्ने, सफल नभए प्रक्रियाबाट अघि बढ्ने धारणा राख्दै सोहीअनुसार आ–आफ्नो ठाउ“बाट प्रयास गर्न मन्त्रिपरिषदका सबै सदस्यलाई निर्देशन दिएका छन् ।
‘सकभर सहमतिबाट नै संविधान बनाउ“छौं’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भने– ‘सहमति हुन सकेन भने प्रक्रियामा नगई हु“दैन । त्यसका लागि सबैले एउटै धारणा बनाउनुहोस् ।’
कोइरालाले समझदारीमा संविधान जारी गर्नका लागि आफू संविधानसभामा प्रतिनिधित्व रहेका सबै दललाई सहभागी गराई वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गर्नसमेत तयार रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्नसमेत मन्त्रीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्रीद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई फोन गरी दुःख प्रकट

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले बुधबार राति पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफस“ग फोन वार्ता गरी १ सय ४१ जनाको जीवन लिने गरी पेशावरको सैनिक विद्यालयमा गरिएको आतंककारी हमलाले आफू स्तब्ध भएको उल्लेख गर्दै उक्त कायरतापूर्ण आक्रमणको निन्दा गरेका छन् ।
कोइरालाले बालबालिकामाथिको आक्रमणलाई पाकिस्तानको भविष्य र समग्रमा मानवतामाथिको हमलाको संज्ञा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले जस्तोसुकै रूप र आवरणमा आएको भए पनि सबै खाले आतंकवाद हाम्रो शत्रु भएको उल्लेख गरेका छन् ।
उनले संसारलाई नै स्तब्ध बनाउने यस दुःखद घटनाप्रति नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी नागरिक र पीडित परिवारप्रति गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।

राष्ट्रपति यादवद्वारा पाकिस्तानी घटनाप्रति दुःख व्यक्त

काठमाडौं, ३ पुस– राष्ट्रपति रामवरण यादवले पाकिस्तानको पेशावरस्थित स्कूलमा गरिएको आतंककारी आक्रमणबाट ठूलो संख्यामा निर्दोष बालबालिकाको मृत्यु र घाइत भएको घटनाले आफू अत्यन्त स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनलाई बुधबार शोक सन्देश पठाई बालबालिकामाथि भएको बर्बर आक्रमणको घटनालाई मानवताविरोधी क्रुर अपराधको संज्ञा दिंदै कडा भत्सर्ना गरेका छन् । यादवले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट आतंककारी हमलाबाट ठूलो संख्यामा निर्दोष बालबालिका मारिएको र घाइते भएको घटनाप्रति दुःख प्रकट गरेका छन् । 

यो संविधान बनाउने अन्तिम अवसर हो : प्रधानमन्त्री कोइराला

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासका लागि संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने यो अन्तिम अवसर भएको बताएका छन् ।
संविधान निर्माणका लागि दबाब दिन मेची–महाकाली अभियान सञ्चालन गर्ने, मूल्यवृद्धि तथा गाडी भाडा घटाउने र विश्वविद्यालयमा स्ववियु चुनाव गर्नुपर्नेलगायतका माग राखी आफूलाई ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनका प्रतिनिधिहरूसित बिहीबार कोइरालाले यो अन्तिम अवसरलाई गुम्न दिन नहुने बताए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उनले नेपालले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकाले थप आन्दोलनको आवश्यकता नरहेको बताए । ‘अहिले प्राप्त उपलब्धि संस्थागत गरौं । कुनै पनि आन्दोलनको जरुरी नै हुन्न’ उनले भने ।

Wednesday, December 17, 2014

उखुको मूल्य १५ दिनभित्र निर्धारण गर्न निर्देशन

काठमाडौं, २ पुस– सरकारले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ, वाणिज्य र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरी १५ दिनभित्र उखुको समर्थन मूल्य निर्धारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उखुको क्रसिङ सिजन सुरु भइसक्दासमेत उखुको समर्थन मूल्य निर्धारण हुन नसकेको र अघिल्लो वर्ष चिनी उद्योगहरूलाई बिक्री गरेको उखुको रकमसमेत किसानहरूले हालसम्म भुक्तानी नपाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मंगलबार त्यस्तो निर्देशन दिएको हो ।

Sunday, December 14, 2014

चैतभित्रै थप ६५ मेगावाट विद्युत् उत्पादन हुने

आठ आयोजनामा १२ अर्बभन्दा बढी लगानी
काठमाडौं, २८ मंसिर– स्वदेशी प्रवद्र्धकहरूले लगानी गरेका आठवटा आयोजनाको निर्माण सम्पन्न भई मुलुकमा आउ“दो चैत मसान्तभित्र थप ६५ मेगावाट बिजुली उत्पादन हुने भएको छ । यही चैत मसान्तभित्र विद्युत उत्पादन सुरु गर्ने प्रवद्र्धक कम्पनीलाई पोस्टेड रेट (बिजुलीको बढेको मूल्य प्रतियुनिट वर्षायाममा ४ रुपैया“ ८० पैसा र हिउ“दमा ८ रुपैया“ २० पैसा) पाउने भएकाले धमाधम आयोजना सम्पन्न हुन लागेका हुन् ।
हाल ४३ वटा आयोजनाबाट ७ सय १८ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 
यी आयोजना सम्पन्न भएपछि मुलुकमा जलस्रोतबाट ७ सय ८३ मेगावाट विद्युत उत्पादन पुग्नेछ । विद्युत् प्राधिकरण या उसमातहतको कम्पनीमार्फत् ९ वटा परियोजना निर्माणाधीन भए पनि यस वर्ष कुनै पनि आयोजनाबाट विद्युत उत्पादन सुरु हुने छैन । 

Friday, December 12, 2014

भोटेकोसीको अराजकता बन्द गर

काठमाडौं, २६ मंसिर–सत्तारूढ कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीको नाजायज मागका कारण एकातिर भोटेकोसी आयोजनाको बिजुली साढे दुई महिनादेखि खेर गइरहेको छ भने अर्कातिर निर्माणाधीन मध्य भोटेकोसी आयोजनाको काममा अवरोध पुगिरहेको छ । 
मध्य भोटेकोसीको ठेकेदारले चार दलको सन्डिकेटको अनावश्यक दबाब अन्त्य नभए आयोजना निर्माणको कामै छाड्ने चेतावनी दिनुका साथै सहयोग गर्न प्रधानमन्त्री सुशील कोइरालालाई गुहार्नुपर्ने दुःखद स्थिति उत्पन्न भएको छ । चार दलले आफूले सिफारिस गरेको व्यक्तिलाई मात्र निर्माण र आपूर्तिको काम दिन दबाब दिएका कारण ठेकेदार मध्य भोटेकोसी आयोजना निर्माण गर्नै नसक्ने स्थितिमा पुगेको हो ।

दुर्घटना कम गर्न चालक अनुमतिपत्रमा कडाइ

काठमाडौं, २६ मंसिर– सरकारले सार्वजनिक सवारी साधनहरूको बढ्दै गएको दुर्घटना कम गर्न चालकलाई दिने लाइसेन्स (अनुमतिपत्र) वितरणमा कडाइ गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावली संशोधन गरी सार्वजनिक गाडी चलाउन दिइने सवारी चालक अनुमतिपत्र वितरण्ँमा कडाइ गरेको हो ।
संशोधित नियमावलीअनुसार सार्वजनिक साधन चलाउने चालक अनुमतिपत्र लिन न्यूनतम योग्यता १० कक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि ८ कक्षा उत्तीर्णलाई चालक अनुमतिपत्र दिइन्थ्यो । ठूला सवारी साधनको अनुमतिपत्र पाउन कम्तीमा दुई वर्ष साना गाडी चलाएको अनुभवसमेत अनिवार्य गरिएको छ ।
२३ वर्ष पुगेको व्यक्तिले मात्र चालक अनुमतिपत्र पाउन सक्ने व्यवस्था गरिएको छ । कम उमेरका चालकले बढी दुर्घटना गराउने गरेको पाइएकाले अनुमतिपत्र पाउने न्यूनतम उमेर बढाइएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले दिए । यसअघि न्यूनतम उमेर २१ वर्ष थियो ।

Thursday, December 11, 2014

सत्तारूढ र विपक्षीको अवरोधले दैनिक थप एक घन्टा लोडसेडिङ

सत्तारूढले नै विकासविरोधी गतिविधि गर्नु गैरजिम्मेवारीको पराकाष्ठा : ऊर्जाका अधिकारी
काठमाडौं, २५ मंसिर– सत्तारूढ दल कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीका कारण आमजनताले दिनहु“ थप एक घन्टा लोडसेडिङको मार खेपिरहनुपरेको छ । सत्तारूढ र विपक्षी दलको अनावश्यक माग र जबर्जस्तीले गर्दा दिनहु“ आमजनता बढी समय लोडसेडिङको मारमा पर्दै आएका छन् । 
सिन्धुपाल्चोकस्थित ती दलका जिम्मेवार नेता तथा कार्यकर्ताले अनावश्यक माग राखी ४५ मेगावाटको भोटेकोसी आयोजनालाई जिल्लाको जुरेमा साउन १७ मा गएको भीषण पहिरामा परी ध्वस्त भएका विद्युत् टावर पुननिर्माण गर्न अवरोध पु¥याइरहेका कारण त्यसको बिजुली केन्द्रीय प्रसारणमा लाइनमा जोडिन पाएको छैन ।
अनावश्यक माग राखी आमजनतालाई अन्धकारमा पार्ने विकासविरोधी क्रियाकलाप गरिरहेका आफ्ना कार्यकर्तामाथि अनुशासनको डण्डा चलाउनुपर्ने सरकार र सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी रमितेमात्र बनिरहेपछि मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने वातावरण बन्दै गइरहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । भोटेकोसी विदेशी लगानीमा बनेको आयोजना हो ।

Wednesday, December 10, 2014

सडक पनि गाडी दुर्घटनाको एउटा प्रमुख कारण


  • ५२ हजार किमी ग्रामीण सडकमध्ये ४२ हजार किमी गाडी चलाउन योग्य छैन
  • ग्रामीण सडकमा कानुनविपरीत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दो 

काठमाडौं, २४ मंसिर–  सार्वजनिक सवारीका साधनको दुर्घटना बढै जानुमा सडक, त्यसमा पनि ग्रामीण ट्रयाक (कच्ची सडक) प्रमुख कारणमध्ये एक रहेको जानाकारहरू बताउ“छन् । उनीहरूका अनुसार गाडी चलाउन योग्य भनेर प्रमाणित नगरेका देशभरका ट्रयाकमात्र खुलेका कच्ची सडकमा बिना रोड पर्मिट सवारी साधन चलाउने क्रम बढ्नाले दिनहु“जसो दुर्घटना हुने गरेको हो । 
गाडी दुर्घटना हुनुमा चालकको लापर्बाही र थोत्रा गाडी जति जिम्मेवार छन्, गाडी चलाउन योग्य नभएका सडकमा समेत बिना रोड पर्मिट जथाभावी सवारी साधन चलाउन दिने प्रवृत्तिसमेत त्यत्तिकै दोषी रहेको सडक यातायातका जानाकारहरू बताउ“छन् ।

Monday, December 8, 2014

सभासद दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं, २२ असोज– सरकारले दुर्घटनामा परी मृत्यु भएका बागलुङ क्षेत्र नं १ का सभासद हरिबहादुर खड्काको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न सोमबार समिति गठन गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिमा प्रहरी नायव महानिरक्षक माधव नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गण्ँेश अधिकारी छन् ।
समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ । सभासद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गरेको महायज्ञको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनलाई बा“सबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

१५ सचिव पदोन्नति गर्न प्रक्रिया सुरु

काठमाडौं, २१ मंसिर– सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त १५ सचिव पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाएको छ । प्रशासनिक नेतृत्वविहीन भएका कारण विभिन्न मन्त्रालय र निकायको कामकारबाही प्रभावित भइरहेकाले यसपटक सरकारले मंसिरमा नै सचिव बढुवा गर्न लागेको हो ।
यसअघि प्रायः पुसमा बढुवा समितिको बैठक बोलाएर रिक्त सचिव पदमा पदोन्नति गर्ने प्रचलन थियो । यसपटक मंसिरमै रिक्त सचिव पदमा पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाइएको जानकारी सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारीले दिए ।
लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा बस्ने बढुवा समितिको पहिलो बैठकले सामान्य प्रशासन मन्त्रालयलाई पा“च वर्ष सेवा अवधि पूरा गरी बढुवाका लागि सम्भाव्य भएका सहसचिवहरूको सूची तयार गर्न निर्देशन दिनेछ । त्यसपछि बस्ने बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव बढुवाका लागि सरकारलाई नाम सिफारिस गर्नेछ ।

Sunday, December 7, 2014

बुढीगण्डकी र नलसिंगाडका अध्यक्षको कार्यकारी अधिकार खोसियो

तत्काललाई आयोजना प्रमुख नियुक्त गरिने, केही समयमै दुई कम्पनी बनाएर आयोजना निर्माण गरिने
काठमाडौं, २१ मंसिर– सरकारले बहुचर्चित बुढी गण्डकी र नलसिंगाड जलाशययुक्त जलविद्युत आयोजनाका अध्यक्षलाई कार्यकारी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बुढी गण्डकी र नलसिंगाड विकास समिति गठन आदेश संशोधन गरी दुवै आयोजनाका अध्यक्षलाई कार्यकारी प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।
क्षमता बढाएर १२ सय मेगावाट पु¥याउन लागिएको बुढी गण्डकीमा लक्ष्मीप्रसाद देवकोटा र ४ सय मेगावाटको नलसिंगाडमा शेरबहादुर शाही विकास समितिको कार्यकारी अध्यक्ष थिए । गठन आदेश संशोधन भएपछि उनीहरू विकास समितिको अध्यक्षमा सीमित भएका छन् । गठन आदेश संशोधनस“गै देवकोटा र शाहीलाई दिइएको आयोजना प्रमुखसहितको सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार खोसिएको छ ।

Saturday, December 6, 2014

चार निकायमा राजनीतिक नियुक्ति

काठमाडौं, १९ मंसिर– सरकारले विभिन्न चार निकायमा राजनीतिक नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास प्रशिÔण्ँ प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्ण्ँु सापकोटालाई नियुक्त गरेको छ ।

Thursday, December 4, 2014

हचुवामा नगरपालिका नथप

काठमाडौं, १८ मंसिर– सात महिनाको अन्तरालमै सरकारले दुईपटक गरी १ सय ३३ वटा नगरपालिका घोषणा गरेको छ । नगर हुन आवश्यक पूर्वाधार भए/नभएको अध्ययन र विश्लेषणै नगरी सरकारले सस्तो लोकप्रियताका लागि धमाधम नगरपालिका घोषणा गर्नेजस्तो अपरिपक्व काम गर्न पुगेको छ । स्थानीय विकास मन्त्रालयले छिट्टै थप १५÷१६ वटा नगरपालिका घोषणा गर्ने गृहकार्य गरिरहेको छ । मुलुकमा सहरीकरण र नगरपालिकाको संख्या बढ्नु आफैंमा सकारात्मक पक्ष हो । तर, सरकारले मुलुकमा नगरमा बस्ने जनसंख्या धेरै भएको देखाउनका लागिमात्र सडक, खानेपानी, सञ्चार, खेल मैदानजस्ता अत्यावश्यक पूर्वाधार नभएका गाविसहरूलाई गाभेर हचुवाका भरमा नगरपालिका घोषणा गर्दै जानु दुर्भाग्यपूर्ण हो ।

मन्त्रीद्वय बस्नेत र अमात्यले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, १८ मंसिर– प्रधानमन्त्री सुशील कोइराला सरकारका दुई नया“ मन्त्री महेश बस्नेत र दीपकचन्द्र अमात्यले मन्त्रिपरिषदको निर्णय र परम्पराविपरीत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अटेर गरेका छन् ।
भदौ २७ मा नियुक्त उद्योगमन्त्री बस्ने र पर्यटनमन्त्री अमात्यले पदमा बहाल भएको झन्डै तीन महिना हुन लागिसक्ता पनि आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको छ । उनीहरूले मन्त्रिपरिषद कार्यालयमा बुधबारसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । 

तीन दिनभित्र पीआरवाला कर्मचारीको सूची पेस गर्न निर्देशन

कामठाडौं, १८ मंसिर– व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विदेशी मुलुकमा स्थायी बसोबासको अनुमतिपत्र (ग्रीनकार्ड या पीआर) होल्डर निजामती कर्मचारीहरूको सूची तीन दिनभित्र पेस गर्न सामान्य प्रशासन मन्त्रालयलाई बुधबार निर्देशन दिएको छ । निजामती सेवा ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा समितिले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई त्यस्तो निर्देशन दिएको हो ।
छलफलका क्रममा सभासदहरूले ग्रीनकार्ड या पीआर होल्डर कर्मचारीहरूलाई कारबाही गर्ने भने पनि त्यस्ता व्यक्तिहरूको सूची तयार नपारेकामा मन्त्री पण्डितमाथि आक्रोश व्यक्त गरेका थिए ।

Wednesday, December 3, 2014

थप ६१ नगरपालिका घोषणा, उपमहानगरपालिका ७ वटा थपिए

२३ नगरपालिकाको क्षेत्र विस्तार, उपत्यकामा मात्र १६ नगर थपिए
काठमाडौं, १७ मंसिर– सरकारले नगरोन्मुख गाविसलाई जोडेर थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिको बुधबार बसेको बैठकले सातवटा ठूला नगरपालिकालाई स्तरोन्नति गरी उपमहानगरपालिकासमेत घोषणा गरेको छ । २३ वटा पुराना नगरपालिकामा नगरोन्मुख ९१ गाविस जोडेर नगर क्षेत्र विस्तार गरिएको छ ।
मुलुकमा थपसहित नगरपालिकाको संख्या १ सय ९१ वटा पुगेको छ । नया“ नगरपालिका घोषणा गरिएपछि मुलुकमा नगरमा बस्ने जनसंख्या ४५ प्रतिशतको हाराहारीमा पुगेको जानकारी स्थानीय विकास मन्त्रालयका अधिकारीले दिएका छन । १ सय ९१ नगरपालिकाले मुलुकको झन्डै एक तिहाइ भूभाग ओगटेको छ ।

Sunday, November 30, 2014

पाँच मन्त्रालयसहित १५ निकाय सचिवविहीन

बढुवाको प्रक्रिया सुरु गर्न सरकाको ढिलाइ 
काठमाडौं, १४ मंसिर– महत्वपूर्ण मन्त्रालयसहित प्रशासनिक नेतृत्वविहीन भएका निकायको संख्या १५ वटा पुगिसके पनि सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गर्न ढिलाइ गरिरहेको छ । प्रशासनिक नेतृत्व नभएकाले ती निकायको कामकारबाही प्रभावित भइरहे पनि सरकारले सचिव बढुवामा बेवास्ता गरेको हो ।
सहसचिवहरूको कार्य सम्पादन मूल्यांकन कार्य गत असोजमा नै पूरा भइसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु गर्न कुनै अड्चन नरहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनअनुसार सरकारले रिक्त सचिव पदमा वर्षमा बढुवा समितिको सिफारिसमा दुईपटक पदोन्नति गर्ने व्यवस्था छ । 
सरकारले रिक्त सचिव पदपूर्ति गर्न लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक अहिलेसम्म बोलाएको छैन । १५ वटा निकाय कामु र निमित्त सचिवका भरमा चलाइएको छ, १५ मध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव । 

Saturday, November 29, 2014

साइरनवाला गाडीमा उपमहानिर्देशक सुवेदी सरर्र

काठमाडौं, १३ मंसिर– राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदी अनधिकृत रूपमा आफ्नो गाडीमा साइरनवाला रातो बत्ती बालेर हिड्न थालेका छन् । अनधिकृत रूपमा सशस्त्र प्रहरीका दुई जना हतियारधारी सुरक्षागार्डसमेत लिइसकेका सुवेदीले कानुनविपरीत रातो बत्तीसहितको साइरनवाला सरकारी गाडी चढ्न थालेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कु“वरले चढ्दै आएको बा २ झ ८२१ नं. को सरकारी गाडीमा साइरनवाला रातो बत्ती राखेर आफूले प्रयोग गरेका हुन् । दमकल, एम्बुलेन्स, इमर्जेन्सीको, भीभीआईपी र भीआईपीको इस्कर्टिङ गाडी तथा सुरक्षाको काममा जाने सुरक्षाकर्मीको सवारी साधनमा मात्र साइरनवाला रातो बत्ती राख्ने कानुनी व्यवस्था छ ।

मालपोत अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १३ मंसिर– विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गर्ने तत्कालीन मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित ६ जनालाई भ्रष्टाचारको अभियोगमा दोÈी ठहर गरेको छ । 
कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब १ करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण्ँ पेस गर्दै स्थानीय नारायण्ँ कठरिया र जगत कठरियाले आङ्खनो नाममा पारेका थिए ।
नक्कली कागजात बनाई श्रेस्ता कायम गर्ने कार्यमा सहयोग गरी पदको दुरुपयोग गरेको अभियोगमा विशेÈ अदालतले शुक्रबार तत्कालीन निमित्त मालपोत अधिकृत तिमल्सिना, खरदारद्वय लोकबहादुर राउत, अग्निबहादुर शाही र गाविस सचिव अनिलकुमार मिश्रलाई भ्रष्टाचारी ठहर गरेको छ । 

Tuesday, November 25, 2014

लगानी बोर्ड र सतलजबीच अरुण तेस्रोको पीडीएमा हस्ताक्षर

काठमाडौं, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी सुशील कोइरालाको उपस्थितिमा लगानी बोर्ड र सतलज जलविद्युत् निगम लिमिटेडबीच अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता भएको छ । 
सरकारले अघिल्लो दिन भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडसित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको थियो ।
 मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लगानी बोर्ड र सतलजले सहमति गरी प्रस्ताव गरेको पीडीएको मस्यौदा अनुमोदन गरी सम्झौता गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएका थिए ।

सुवेदीलाई काजमा पठाउने गैरकानुनी निर्णय सच्याउन निर्देशन

काठमाडौं, ९ मंसिर– सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयलाई सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागमा काजमा पठाउने उसको निर्णय कानुनसम्मत नभएकाले त्यसलाई सच्याउन निर्देशन दिएको छ । निजामती कर्मचारीको सरुवा र बढुवाको नियमन गर्ने सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट श्रम मन्त्रालयलाई पत्र नै पठाई सुवेदीलाई काजमा पठाउने  निर्णय फिर्ता लिन निर्देशन दिएको जानकारी स्रोतले दिएको छ । 
सामान्य प्रशासनले सोधेको स्पष्टीकरणको जवाफमा श्रमले राजस्व चुहावट ऐनअनुसार सुवेदीलाई अर्थमन्त्रालयको मागबमोजिम विभागमा काजमा पठाइएको दाबी गरेको थियो । तर, सामान्य प्रशासनले राजस्व चुहावट ऐनअनुसार सहसचिव तहको कर्मचारीलाई आफ्नो मन्त्रालयको सहमतिबिना काजमा पठाउनु नियमसंगत नभएको भन्दै श्रम मन्त्रालयलाई सुवेदीका बारेमा निर्णय सच्याई कानुनसम्मत काम गर्न निर्देशन दिएको हो ।

Saturday, November 22, 2014

पञ्चेश्वरको डीपीआर छ महिनाभित्रै बनाउने सहमति


  • नेपाल–भारतबीच ऊर्जा बैठक
  • डीपीआर तयार पार्ने जिम्मा भारतीय कम्पनीलाई
  • विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि दुइटा कार्यदल गठन

काठमाडौं, ७ मंसिर– नेपाल र भारतबीच बहुचर्चित पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माण्ँका लागि छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने समझदारी भएको छ । नेपालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका जलस्रोत सचिव अनुजकुमार बिस्नोईको नेतृत्वमा नया“ दिल्लीमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छ महिनाभित्रै डीपीआर तयार पार्ने समझदारी भएको हो ।
‘नया“ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर प्राधिकरण र त्यसको गभर्निङ बडीको बैठकमा छ महिनाभित्र डीपीआर तयार पार्ने समझदारी भएको छ’ ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव केशवध्वज अधिकारीले कान्तिपुरलाई दिए । बैठकले छ महिनाभित्र डीपीआर तयार पार्ने जिम्मेवारी भारतको सरकारी परामर्शदाता कम्पनी डब्लूएपीसीओएसलाई दिएको छ ।

Thursday, November 20, 2014

बढी भीडभाड हुने कार्यालयहरूले पुस १ देखि १२ घन्टा सेवा प्रवाह गर्ने

काठमाडौं, ४ मंसिर– सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायातजस्ता निकायहरूमा हुने ढिलासुस्ती नियन्त्रण गरी आगामी पुस १ देखि आमजनतालाई बिहान ६ देखि सा“झ ६ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आमजनतामा प्रत्यÔ सेवा प्रवाह गर्ने कार्यालयहरूबाट पुस १ देखि दैनिक १२ घन्टा काम सुचारु गरी आमजनतालाई छिटोछरितो सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालयहरू निर्देशन दिने निर्णय गरेको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
पूर्वसचिव कृष्ण्ँहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा मन्त्रिपरिषदले बढी भीडभाड हुने सबै कार्यालयहरूलाई दैनिक दुई सिफ्टमा सञ्चालन गरी आमजनतालाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

Wednesday, November 19, 2014

सार्कका लागि राजधानीमा शनिबार विशेष सफाइ अभियान

सम्पूर्ण सरकारी कर्मचारीलाई अनिवार्य सहभागी हुन निर्देशन
काठमाडौं, ३ मंसिर– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीलाई सफा र सुन्दर बनाउन शनिबार विशेष सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकका क्रममा सरकारका तर्फबाट मुख्य सचिव लीलामण्ँि पौडेलले राजधानीमा कार्यरत सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई काठमाडौं, ललितपुर र भक्तपुरमा हुने विशेÈ सरसफाइ अभियानमा सरिक हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको बैठकमा मुख्यसचिव पौडेलले सम्पूर्ण मन्त्रालय र केन्द्रीय कार्यालयका सचिवहरूलाई उनीहरू मातहतका कर्मचारीलाई अनिवार्य रूपमा सरसफाइ अभियानमा सरिक गराउन आग्रह गरेका छन् ।

Monday, November 17, 2014

पर्यटन प्रवद्र्धनका नाममा कार्यकर्ता पोस्न सवा दुई करोड वितरण

काठमाडौं, १ मंसिर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पार्टी एमालेका कार्यकर्ता र कार्यकारी निर्देशक नियुक्त तीनवटा पर्यटन प्रवद्र्धन विकास समितिलाई धमाधम रकम बा“ड्न थालेका छन् । पर्यटन प्रवद्र्धनका नाममा खोलिएका तीनवटा विकास समितिलाई कात्तिकको दोस्रो र तेस्रोमा गरी १० दिनभित्र सवा दुई करोड रुपैया“ बा“डिएको छ । 
पर्यटनमन्त्रीस्तरीय निर्णयबाट पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई १ करोड २० लाख, कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई ६८ लाख र तारागाउ“ विकास समितिलाई २५ लाख रुपैया“ बा“डिएको छ ।

उपमहानिर्देशक सुवेदीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

सुवेदीको व्यक्तिगत सुरक्षामा हतियारधारी प्रहरी
काठमाडौं, १ मंसिर– राजस्व अनुसन्धान विभागका निर्देशक तीर्थराज खनालले आफ्नै विभागका उपमहानिर्देशक भरत सुवेदीले आफूलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
खनालले लिखित उजुरीमा सुवेदीले अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीप्रसाद शिवाकोटीको कार्यकक्षमा गई ‘तीर्थे (तीर्थराज खनाल) लाई सम्झाइदिनू मेरो विरोध गर्दै नहिडोस्, नत्र सिध्याइदिन्छु’ भनेर धम्की दिएको उल्लेख गरेका छन् ।
उपमहानिर्देशकका रूपमा कामकाज गर्न खटाइएको पत्र लिएर आएका सुवेदीलाई कुन कानुनका आधारमा विभागमा सरुवा भएर आएका हुन् भन्ने खुलेपछिमात्र हाजिर गराउन उचित हुन्छ भनेर आफूले टिप्पणी उठाएका कारण उनले ज्यान मार्ने धम्की दिएको दाबी खनालको छ ।

Friday, November 14, 2014

सार्कका दुई दिन उपत्यकामा बिदा

स्कुल चार दिन बिदा, गाडी जोरबिजोर गरेर चलाउन दिने 

काठमाडौं, २८ कात्तिक– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर ११ र १२ गते उपत्यकामा दुई दिन सार्वजनिक बिदा दिएको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्क सम्मेलनका दिन मंसिर १० र ११ मा ट्राफिक अस्तव्यस्त भई सर्वसाधारणले सास्ती भोग्नुनपरोस् भनेर दुई दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दिएका छन् ।

राजस्वमा विवादास्पद सुवेदीलाई सुरुमा हाजिर गर्न दिइएन

काठमाडौं, २८ कात्तिक– राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले विवादास्पद सहसचिव भरत सुवेदीलाई उनको काज सरुवाको कानुनी आधार खोज्दै बिहीबार दिनभर हाजिर गर्नबाट रोक्ने प्रयास गरेको छ । विभागका प्रशासन प्रमुख तीर्थ खनालले सुवेदीको काज सरुवाको पत्र आएपछि निर्णयको आधार खोज्दै टिप्पणी उठाएर उनलाई हाजिर हुनबाट रोक्ने प्रयास गरेका हुन् । उनी पद बहाली गर्न बिहीबार विभागमा पुगेका हुन् ।
खनालले काज सरुवा कुन कानुनका आधारमा भएको, निर्णयको प्रति नदिइएको, तोकिएको कार्यालयबाट तलबभत्ता खाने भनेको कार्यालय कुन हो भन्ने तीनवटा प्रश्नमा स्पष्ट भएपछिमात्र सुवेदीलाई बहाल गराउनुपर्छ भनेर टिप्पणी उठाई आफूले हाजिर गराउनबाट रोकेको जानकारी दिए ।

सार्क सम्मेलनमा सम्झौता गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी

काठमाडौं, २८ कात्तिक– सरकारले दक्षिण्ँ एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा हुने सम्झौताहरू गर्ने अख्तियारी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दिएको छ । सम्मेलनका सार्क मुलकहरूबीच रेल्वे, सवारी साधन र उर्जा व्यपारगसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ ।
मन्त्रिपरिÈद्को बिहीबार बसेको बैठकले आगामी मसिंर १० र ११ मा काठमाडौंमा आयोजना हुन लागेको सम्मेलनमा सार्क मुलुकहरूबीच हुने सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्रीलाई दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बैठकपछि जानकारी दिए ।

Thursday, November 13, 2014

सामान्य प्रशासनमन्त्रीबाटै कानुन मिचेर नौ सहसचिवको सरुवा

काठमाडौं, २७ कात्तिक– अरू मन्त्रीले जथाभावी कर्मचारी सरुवा गरेकामा तीखो टिप्पणी गर्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आफैंले कानुन मिचेर ९ जना सहसचिवलाई काज सरुवा गरेका छन् । पण्डितले सहसचिव लिने÷दिने मन्त्रालयका मन्त्री या सचिवलाई थाहै नदिई उनीहरूको सरुवा गरेको जानकारी स्रोतले दिएका छन् ।
निजामती ऐनमा सामान्य प्रशासनको प्रस्तावमा लिने÷दिने मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदले मात्र सहसचिवहरू सरुवा गर्ने र काजमा पठाउने व्यवस्था छ । तर, सामान्य प्रशासनमन्त्रीले भने लिने÷दिने मन्त्रालयका कुनै पनि मन्त्री या सचिवसित सोध्दै नसोधी निजामती ऐनको उक्त व्यवस्थाविपरीत सहसचिवहरूलाई सरुवा गरेका हुन् । उनले सहसचिवहरूलाई मन्त्रिपरिषदमा लगेर सरुवा गर्ने या काजमा पठाउने व्यवस्थाको समेत उल्लंघन गरेका छन् ।

नेपाल र भारतबीचको जलस्रोत बैठक उपलब्धिमूलक

समझदारीका मुख्य–मुख्य बु“दा
–नवलपरासी, बारा, पर्सा र रौतहटमा पनि थप ३३ हजार हेक्टरमा सिंचाइ सुविधा
–दुवै नदीबाट हु“दै आएको डुबान र कटान समस्या समाधान गर्न तत्काल काम थालिने
–काम भए÷नभएको अनुगमन गर्न स्थानीय र केन्द्रीय तहमा स्थायी संयन्त्र गठन
–सम्पर्क कार्यालयका नेपाली कर्मचारीलाई नियमित तलब सुविधा
 काठमाडौं, २७ कात्तिक– नेपाल र भारतबीच ज्वाइन्ट कमिटी अन कोसी एन्ड गण्डक प्रोजेक्ट (कोसी र गण्डक परियोजनासम्बन्धी संयुक्त समिति) को बैठकमा  दुवै नदीबाट सम्झौता र डिजाइनबमोजिम नेपाललाई सिंचाइका लागि पानी उपलब्ध गराउनेलगायतका समझदारीमा पुगेर बुधबार सम्पन्न भएको छ ।
दुईदिने बैठकपछि भएको समझदारीसम्बन्धी माइन्युटमा सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासे र भारतको बिहार सरकारको जलस्रोत विभागका सेक्रेटरी दीपककुमार सिंहले बुधबार हस्ताक्षर गरेका छन् । ६÷६ महिनामा हुनुपर्ने बैठक करिब चार वर्षपछि भएको हो । अब संयुक्त समितिको बैठक नियमित गर्नसमेत दुवै देश सहमत भएको माइन्युटमा उल्लेख छ । 

Wednesday, November 12, 2014

पोखरा विश्वविद्यालयका सबै पदाधिकारी साधारण तारेखमा रिहा

काठमाडौं, २६ कात्तिक– विशेष अदालतले अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर गरिएका पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईसहित २३ जनालाई मंगलबार बिना धरौटी साधारण तारेखमा रिहा गरेको छ ।
अख्तियारले भट्टराईसहितका पदाधिकारीले सवा २ करोड रुपैया“ हिनामिना गरेको दाबी गर्दै उनीहरूलाई बिगोबमोजिम हर्जाना र जरिवाना तिराउन तथा तेह्र वर्षसम्म जेल सजाय गर्न माग गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सुवेदीलाई काज सरुवा गरेकामा श्रम मन्त्रालयसित स्पष्टीकरण माग

सामान्यको प्रश्न– ‘कुन कानुनका आधारमा सरुवा गरियो ?’
काठमाडौं, २६ कात्तिक– सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव भरत सुवेदीलाई कानुन मिचेर अर्थमा काज सरुवा गरेकामा श्रम मन्त्रालयसित मंगलबार तीनदिने स्पष्टीकरण सोधेको छ ।
सामान्यले आफ्नो प्रस्ताव र सहमतिबिना सहसचिव तहको कर्मचारीको सरुवा र काज पठाउने निर्णय हुन नसक्ने उल्लेख गर्दै श्रम मन्त्रालयलाई कानुनविपरीत सुवेदीलाई किन र कसरी काज सरुवा गरेको भनेर तीन दिनभित्र स्पष्टीकरण  मागिएको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए ।
अर्थमन्त्री रामशरण महतको दबाबमा श्रम मन्त्रालयले आफ्नो मातहतको सीप विकास केन्द्र प्रमुख रहेका सुवेदीलाई दुई साताअघि अर्थमन्त्रालयमा काज सरुवा गरेको हो । महतले मन्त्रीस्तरीय निर्णय गरी पटकपटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइसकेका छन् । 

नेपाल र भारतबीच जलस्रोत अधिकारीबीचको बैठक सुरु

नेपाललाई सम्झौताबमोजिम सिंचाइका लागि पानी दिने र डुबान तथा कटान नियन्त्रण गर्ने एजेन्डामा छलफल
काठमाडौं, २५ कात्तिक– नेपाल र भारतबीच ज्वाइन्ट कमिटी अन कोसी एन्ड गण्डक प्रोजेक्ट (कोसी र गण्डक परियोजनासम्बन्धी संयुक्त समिति) को बैठक मंगलबार राजधानीमा सुरु भएको छ ।
कोसी र गण्डक सम्झौताबमोजिम सिंचाइका लागि पानीको बा“डफा“ड र डुबान तथा कटान समस्या समाधानका लागि झन्डै चार वर्षपछि नेपाल र भारतका जलस्रोत अधिकारीहरूबीच बैठक भएको हो । ६÷६ महिनामा हुनुपर्ने बैठक यसअघि भारतले चासो नदिएका कारण हुन सकेको थिएन ।
बैठकमा नेपाली पक्षको सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासे र भारतीय पक्षको बिहार सरकारको जलस्रोत विभागका सेक्रेटरी दीपककुमार सिंहले नेतृत्व गरेका छन् ।

Tuesday, November 11, 2014

विवादास्पद सुवेदी राजस्व अनुसन्धानको उपमहानिर्देशक

काठमाडौं, २५ कात्तिक– अर्थमन्त्री रामशरण महतले ‘चोर बाटो’ बाट अर्थमन्त्रालयमा काजमा ल्याइएका विवादास्पद सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् ।
महतले मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभागमा उपमहानिर्देशक बनाएका हुन् । विवादास्पद सुवेदीलाई विभागमा नलैजान कांग्रेस निकट कर्मचारीहरूले दिंदै आएको दबाबलाई बेवास्ता गरी महतले उनलाई पठाएका हुन् ।

Monday, November 10, 2014

पञ्जाधिकारी विभाग स्थापना

काठमाडौं, २४ कात्तिक– सरकारले स्थानीय विकास मन्त्रालयमातहतमा पञ्जिकाधिकारी विभाग स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको प्रस्तावमा विभाग स्थापनाको निर्णय गरेको हो ।
विभागलाई ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवनमा राखिनेछ । विभागमा महानिर्देशकसहित ३१ जना कर्मचारी रहनेछन् । महानिर्देशक तोकिएपछि विभागले औपचारिक रूपमा काम सुरु गर्नेछ । महानिर्देशक र कर्मचारी खटाउने कार्य स्थानीय विकास मन्त्रालयले गर्नेछ । 

सडक विभागको महानिर्देशक फेरिए

काठमाडौं, २४ कात्तिक– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ । भौतिक पूर्वाधारमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको योजना महाशाखा प्रमुख माधव कार्कीलाई सडक विभागको महानिर्देशक बनाइएको छ । कार्की सडक विभागका सबभन्दा वरिष्ठ सहसचिव हुन् ।
विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई मन्त्रालयको योजना महाशाखामा सारिएको छ । 
भौतक पूर्वाधार मन्त्रालयले सामान्य प्रशासनको सहमति लिएर दुई जनाको सरुवाको निर्णय गरेको हो ।

Sunday, November 9, 2014

भारतले थप ७० मेगावाट बिजुली दिने

लोडसेडिङ हिउ“दमा समेत १० घन्टाभन्दा बढी नहुने
काठमाडौं, २३ कात्तिक– विद्युत् प्राधिकरणले मुलुकमा हिउ“दयाममा लोडसेडिङ बढ्न नदिन भारतबाट थप ७० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतबाट थप बिजुली आयात गर्न हालै भएको समझदारी र यस वर्ष पनि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएका कारण आगामी हिउ“दमा दैनिक लोडसेडिङको समय १० घन्टामा सीमित हुने भएको छ ।
भारतबाट थप बिजुली आयात गर्ने सहमति नभएको भए आगामी हिउ“दयाममा १२ घन्टाभन्दा बढी लोडसेडिङ हुन्थ्यो । ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले लोडसेडिङ अघिल्लो वर्षजस्तै १० घन्टाभन्दा बढी हुन नदिन भारतबाट मंसिरको दोस्रो सातादेखि थप ७० मेगावाट बिजुली आयात गरिने जानकारी दिए । उनका अनुसार भारतीय ऊर्जा मन्त्रालयका अधिकारीहरूसित हालै भएको वार्ताका क्रममा भारत सरकार थप ७० मेगावाट थप विद्युत दिन तयार भएको हो ।

मुगुका असिना पीडितलाई राहत दिन निर्देशन

काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिनाबाट अन्न तथा तरकारी बाली नष्ट भई पीडित हुन पुगेका किसानलाई उचित राहत दिन अर्थमन्त्री रामशरण महतलाई निर्देशन दिएका छन् ।
मुगु कांग्रेसका नेता खड्गबहादुर शाहीको नेतृृत्वमा आएको मुगको सर्वदलीय प्रमण्डलको माग सुनेपछि कोइरालाले अर्थमन्त्री महतलाई तत्कालै फोन गरी पीडित किसानलाई राहत दिन निर्देशन दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
प्रमण्डलले गत कात्तिक ८ मा परेको असिनापानीले मुगुका श्रीकोट, सेरी, गम्था, कोटडा“डा, कार्कीडा“डा, श्रीनगर खमाले गाविसमा पाकिसकेको धान, कोदो, मकै तथा भटमास र सिमीलगायतका तरकारी बाली गरी झन्डै १३ करोड ५० लाख ६५ हजार बराबर रुपैया“को क्षति भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

Friday, November 7, 2014

भागबण्डा मिलाउन सुकुम्बासी आयोगमा पदाधिकारी थपिने

काठमाडौं, २१ कात्तिक– मन्त्रिपरिषदले सुकुम्बासी समस्या समाधान सुझाव आयोगको नियुक्तिका बारेमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवाद सल्टाउन पदाधिकारी थप्ने निर्णय गरेको छ । सुकुम्बासी आयोगको केन्द्र र मातहतका ७२ जिल्ला समितिमा भूमिसुधारमन्त्री दलबहादुर रानाले एमालेका कार्यकर्तालाई मात्र एकलौटी नियुक्ति गरेपछि दुई दलबीच विवाद बढेको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुकुम्बासी आयोगको केन्द्रमा उपाध्यक्ष र एक जना सदस्य तथा जिल्लामा उपाध्यक्ष थप्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदले पदाधिकारी थप्न सुकुम्बासी आयोगसम्बन्धी गठन आदेश संशोधनसमेत गरेको छ ।

विवादास्पद सहसचिवलाई चोर बाटोबाट अर्थमा काज सरुवा

काठमाडौं, २१ कात्तिक– अर्थमन्त्री रामशरण महतले अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर विवादास्पद सहसचिव भरत सुवेदीलाई ‘चोर बाटो’ बाट काज सरुवा गरी अर्थमन्त्रालयमा ल्याएका छन् । महतले सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभाग राजस्व अनुसन्धानमा उपमहानिर्देशकको जिम्मेवारी दिन अर्थमा ल्याएको जानकारी स्रोतले दिएका छन् ।
पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न सरकारले पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत अर्थमन्त्रीले पीआरवाला सहसचिवलाई आकर्षक ठाउ“मा लगेर पुरस्कृत गरेका हुन् ।

Thursday, November 6, 2014

जहाजका क्याप्टेन नै नक्कली प्रमाणत्रधारी

काठमाडौं, २० कात्तिक– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका जहाज उडाउने क्याप्टेनकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका नक्कली शैक्षिक प्रमाणपत्रधारी क्याप्टेन दिपेन्द्र प्रधानविरुद्ध बुधबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ । 
प्रधानले सेवा प्रवेश प्रयोजनका लागि पेस गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानले भारतको बिहारस्थित इन्टरमिडियट एजुकेसन काउन्सिलबाट आईएस्सी उत्तीणर््ँ गरेको भनि पेश गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र छानबिनका क्रममा नक्कली भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

Tuesday, November 4, 2014

अख्तियारद्वारा कामु जिशिअसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साहसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
साहसहित छ जनाले सिराहाको झिझौल–५ मा शारदा प्राविका नाममा ‘झोले विद्यालय’ खडा गरी २०६६÷६७ देखि २०७०÷७१ सम्म पटक–पटक सरकारी रकम निकासा लिने/दिने कार्य गरी मिलोमतोमा भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

फजुल खर्चमा रमाउन थाल्यो कोइराला सरकार

अर्थमन्त्रीले किने डेढ करोडबढीको विलाशी गाडी
प्रधानमन्त्रीको एक दिन चियानास्ता खर्च साढे नौ लाख
काठमाडौं, १८ कात्तिक– स्वच्छ छविका किफायती मानिने प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पनि राज्यको ढुकुटीबाट फजुल खर्च गर्न थालेको छ । राज्यको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महतले हालै सबभन्दा आधनिक मोडेलको मह“गो र विलाशी गाडी टोयोटा प्राडो जिप खरिद गरेर चढ्न थालेका छन् । 
अर्थमन्त्री महतले यसअघि पनि मह“गो र विलाशी टोयोटा प्राडो जिप चढ्दै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ । मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् । सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी प्रयोग गरेका हुन् .

Sunday, November 2, 2014

अख्तियारद्वारा निर्देशकसहित १२ जना पक्राउ, दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका निर्देशकसहित १२ जनालाई हिरासतमा लिनुका साथै मालपोत कार्यालय, कलंकीका नायव सुब्बा र कृषि अनुसन्धान परिषदका लेखा अधिकृतविरुद्ध आइतबार  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका निर्देशक डा. श्यामराज उप्रेतीसहित १२ जनाले नक्कली कागजात पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको खुल्न आएकाले उनीहरूलाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ । उक्त अनियमिततामा संलग्न तत्कालीन निर्देशक डा. तारानाथ पोखरेल र लेखा अधिकृत तेजप्रकाश प्रसाईं भने फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले उल्लेख गरेको छ ।
युनिसेफ, विश्व स्वास्थ्य संगठन र सरकारबाट प्राप्त सहयोग रकमबाट स्वास्थ्य सेवा विभागमातहतको बाल स्वास्थ्य महाशाखाले बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रम देशव्यापी सञ्चालन गर्ने क्रममा उप्रेतीसहितका कर्मचारीहरूले भ्रष्टाचार गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

Saturday, November 1, 2014

जापानी सांसद राजधानीमा

काठमाडौं, १५ कात्तिक– दातृ मुलुक जापानको संसद् डायटका सदस्य योसुके सुरुहो शनिबार तीनदिने नेपाल भ्रमणमा शनिबार राजधानी आइपुगेका छन् । नेपालको संविधान लेखन र लोकतान्त्रिकरण्ँको प्रक्रिया सघाउन जापानी सरकारका तर्फबाट सहयोग र समर्थन प्रकट गर्न उनी नेपाल भ्रमणमा आएका हुन् ।
सुरुहोको औपचारिक भ्रमण्ँको सन्दर्भमा यहा“स्थित जापानी दूतावासले जारी गरेको वक्तव्यमा जापान सरकार र त्यहा“का जनता नेपालको संविधान र प्रजातान्त्रिक प्रक्रियामा सघाउन तत्पर रहेका जनाएको छ ।

Thursday, October 30, 2014

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

कोइरालाद्वारा कप्तान पारससँग फोनमा कुराकानी 
काठमाडौं, १३ कात्तिक–  प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा विजयी भई च्याम्पियन भएकामा नेपाली टोलीलाई बधाइ दिएका छन् ।
उनले नेपाली क्रिकेट टीम बिहीबारको युगान्डाविरुद्धको खेलमा विजयी भई डिभिजन थ्री च्याम्पियन भएको खबर थाहा पाउनासाथ कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । 

अख्तियारको निर्णयले लगानी जुटिसकेको काबेली ए को भविष्य अनिश्चित

विश्व बैंक र आईएफसीले ऋण दिने निश्चित भइसकेको जगजाहेर भइसकेपछि अख्तियारले वित्तीय स्रोत नजुटाएको भन्दै काबेली ए जलविद्युत् आयोजनाको लाइसेन्स रद्द गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन
काठमाडौं, १३ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् उत्पादन अनुमतिपत्र रद्द गर्न निर्देशन दिएपछि लगानी जुटाइसकेको ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजनाको भविष्य अनिश्चित हुन पुगेको छ । अख्तियारको निर्देशनले उक्त आयोजनाका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले दिने निश्चित भइसकेको करिब ८ अर्ब रुपैया“ ऋणसमेत प्रभावित हुने भएको छ ।
२०५१ सालमा अरुण तेस्रो आयोजना रद्द भएपछि काबेली ए मार्फत् पहिलोपटक विश्व बैंक र विश्व बैंक समूहकै आईएफसीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेका हुन् । काबेली ए लाइसेन्स रद्द हुन पुग्यो भने विश्व बैंक र आईएफसीको नेपालको जलविद्युत् क्षेत्रमा सुरु हुन लागेको सहयोग निरुत्साहित हुने चिन्ता ऊर्जा मन्त्रालयका अधिकारीहरू प्रकट गर्छन् ।

Tuesday, October 28, 2014

पोखरा विश्वविद्यालयका १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ११ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माण्ँमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करोड २४ लाख १६ हजार रुपैया“ अनियमितता भएको जिकिर गरिएको छ ।

‘निलोफर’ को जोखिमबारे समयमै सजग गराउन निर्देशन

काठमाडौं, ११ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘निलोफर’ नामक सामुद्रिक आ“धी भारतीय उपमहाद्वीपको पश्चिमी तटतर्फ अगाडि बढिरहेको सन्दर्भमा त्यसले नेपालमा पर्न सक्ने सम्भावित असरका बारेमा सम्बन्धित सबैलाई सजग गराउन जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूलाई निर्देशन दिएको छ ।
केही समयअघि आएको ‘हुदहुद’ नामक सामुद्रिक आ“धीबाट मनाङ, मुस्ताङलगायतका जिल्लामा ठूलो संख्यामा पर्यटक, पथपर्दशक तथा सर्वसाधारणको ज्यान गएको र हराइरहेको तीतो यथार्थको घाउ पुरिन नपाउ“दै पुनः त्यस्तै विनाशकारी सामुद्रिक तुफान आउन लागेकाले प्रधानमन्त्री कार्यालयले मौसम विज्ञान विभागका अधिकारीहरूलाई मंगलबार त्यसतर्फ सबैलाई सजग गराउन निर्देशन दिएको हो ।

महिला आयोगमा घिमिरे

काठमाडौं, ११ कात्तिक– सरकारले महिला आयोगको सदस्यमा भगवती घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आयोगकी सदस्य मोहना अन्सारी मानव अधिकार आयोगको सदस्यमा नियुक्त भएपछि रिक्त पदमा घिमिरेलाई मनोनयन गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।

नन्दप्रसादको अन्त्येष्टि सरकारले नै गरिदिने

काठमाडौं, ११ कात्तिक– सरकारले छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्È लामो आमरण्ँ अनसनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि गर्ने भएको छ ।  
नन्दप्रसादका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि मन्त्रिपरिÈदको सोमबार बसेको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।

Monday, October 27, 2014

विवादास्पद झासहित दुई महानिर्देशकको सरुवा

काठमाडौं, १० कात्तिक– सरकारले भूमिसुधार मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका महानिर्देशक हेरफेर गरेको छ । नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । 
नापी विभागका उपमहानिर्देशक मधुसुदन अधिकारीलाई महानिर्देशकमा बढुवा गरिएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक तेजराज पाण्डेलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । 

तपस्वी बम्जनद्वारा प्रधानमन्त्रीसित भेट

काठमाडौं, १० कात्तिक– बारा जिल्लाको हलखोरियास्थित जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जनले प्रधानमन्त्री सुशील कोइरालासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा लक्ष्मीपूजाका दिन बम्जनले कोइरालासित भेटवार्ता गरेको जानकारी मन्त्रिपरिषद सचिवालय स्रोतले दिएको छ ।
भेटका क्रममा बम्जनले आफूले छ वर्षसम्म तपस्या गरेको बाराको हलखोरियास्थित जंगललाई सरकारका तर्फबाट धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

गाडी दुर्घटनामा दोषी सबैलाई कारबाही गर्ने निर्णय

काठमाडौं, १० कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापर्बाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला तथा यातायात र सुरक्षास“ग सम्बन्धित अधिकारीको आइतबार बसेको बैठकले गम्भीर लापर्बाहीका कारण भएको दुर्घटनाका दोषी सबैलाई कारबाही गर्ने निर्णय गरेको हो ।
चालकहरूको गम्भीर लापर्बाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय, व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिबाट दुर्घटना भएको निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित दोषी सबैलाई कारबाही निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकले नुवाकोट, गोरखा र ओखलढंगामा भएको गाडी दुर्घटनाका चालकको लाइसेन्स एक वर्षभित्रको भएमा खारेज गर्ने र दिने यातायात कार्यालयका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ । अस्थायी रुट परमिटका कारण दुर्घटना भएको पाइएमा त्यस्तो अनुमति दिने अधिकारीलाई समेत जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यातायात व्यवसायी समितिहरूले संस्थागत रूपमा सञ्चालन गरेका सवारी साधन दुर्घटना भएको पाइएमा तिनका गाडी तत्काल सञ्चालनमा रोक लगाई सडक सुरक्षाको प्रत्याभूति भएपछिमात्र चलाउन दिने निर्णयसमेत भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
बैठकले सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई दिइने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर, योग्यता, सवारी सञ्चालनको रुट परमिट, सडकमा ड्युटीमा बस्ने सुरक्षाकर्मीको दायित्व तथा जिम्मेवारी स्पष्ट किटान गरी कार्यान्वयनमा ल्याउन र भविष्यमा यस प्रकारका दुर्घटना नदोहोरिने सुनिश्चितता गर्न गृह र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको  प्रेस विज्ञप्ति

विगत केही दिन देखि देशका विभिन्न भागमा निरन्तर सवारी साधनहरुको दुर्घटनाबाट भएको अत्यधिक जनधनको क्षति प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता प्रकृतिका दुर्घटनाहरु चालकहरुको गम्भिर लापरवाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय एवं यातायात व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको कारणबाट हुन गएको देखिन्छ । यसै क्रममा डोटी, नुवाकोट, गोरखा र ‌ओखलढुङ्गामा भएका सवारी दुर्घटनाको सम्बन्धमा मुख्य सचिव लीलामणि पौड्यालको कार्यकक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुलसी प्रसाद सिटौला लगायत यातायात तथा सुरक्षासँग सम्बद्ध उच्च अधिकारीहरु सहितको बैठकबाट तत्काल कारवाहीको लागि निम्नानुसार निर्णय भएको व्यहोरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनु भयो।
ज्ञ। नुवाकोट,‌ओखलढुङ्गा र गोरखामा भएको सवारी साधन दुर्घटना गम्भिर लापरवाहीको कारणले भएको देखिएकोले उक्त क्षेत्रको बाटोमा पर्ने सुरक्षा निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्द। उक्त दुर्घटनामा संलग्न भएका सवारी चालकले लाइसेन्स लिएको अवधि एक बर्ष भित्रको भएमा निजको लाइसेन्स खारेज गर्ने र लाइसेन्स दिने जिम्मेवार निकायका पदाधिकारीलाई समेत कारवाही गर्ने ।‍
घ। अस्थायी रुट परमिटको कारणबाट दुर्घटना भएको भएमा त्यस्तो रुट परमिटको स्वीकृत दिने जिम्मेवार अधिकारीलाई कार्य जिम्मेवारीबाट हटाई कारवाही गर्ने ।
द्ध। यातायात व्यवसायी समितिले संस्थागत रुपमा सञ्चालन गरेको सार्वजनिक सवारी साधनहरुबाट दुर्घटना भएको भएमा त्यस्ता व्यवसायीहरुसँग आवद्ध सवारी साधन सञ्चालन गर्न तत्काल रोक लगाई सडक सुरक्षाको पूर्ण प्रत्याभूती भएपछि मात्र त्यस्ता संस्थाका सवारी साधन चल्न पाउने व्यवस्था गर्ने । यस्तो कार्यबाट सर्वसाधरण यात्रुलाई पर्न जाने मर्कालाई ध्यानमा राखी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले वैकल्पिक व्यवस्था मिलाउने ।
छ। डोटी जिल्लामा भएको दुर्घटनाको यथाशिघ्र छानविन प्रतिवेदन प्राप्त गरी प्रतिवेदनमा देखिएका दोषीहरुलाई हदै सम्मको कानूनी कारवाही गर्ने ।
यसका साथै सचिव सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई उपलब्ध गराउने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर तथा योग्यता, सवारी साधन सञ्चालन इजाजत पत्र९रुट परमिट०, सवारी साधन सञ्चालन हुने मार्गमा रहने सुरक्षा कर्मीहरुको दायित्व तथा जिम्मेवारी समेत स्पष्ट किटान गरी गृह एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले कार्यान्वयनमा ल्याउने र भविष्यमा यस प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्ने निर्देशन समेत प्रधानमन्त्री कार्यालयले दिएको छ।
मिति स् २०७१।७।९
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

Wednesday, October 22, 2014

प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरू अब दुई सिफ्ट सञ्चालन हुने

विचौलियाको चलखेल रोक्न नागरिक सहायता कक्ष खोलिने
काठमाडौं, ५ कात्तिक– सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने वैदेशिक रोजगार, मालपोत, यातायात, जिल्ला प्रशासनजस्ता कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न दैनिक १२ घन्टा काम सुचारु राख्ने र नागरिक सहायता कक्ष खोल्ने भएको छ । यस्ता कार्यालयहरू बिदाका दिनमा समेत खोलेर सेवा प्रवाह गरिनेछ ।
पूर्वसचिव कृष्णहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूमा दिनको दुई सिफ्ट बिहान ७ः३० देखि १ः३० सम्म तथा दिउ“सो १ः३० देखि सा“झ ७ः३० सम्म जनतालाई छिटोछरितो र भ्रष्टाचाररहित सेवा दिने तयारी गरेको हो ।

अख्तियारद्वारा ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, ५ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाही जिल्लाको जय शिव सामुदायिक प्रा.वि. मलंगवा–८ का नाममा सञ्चालनमा नै नरहेको झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र तिवारी, प्रधानाध्यापक रुवी कुमारी र स्रोत व्यक्ति भोगेन्द्र कुमारविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
तिवारीसहित तीन जनाले ०६५ मंसिर १६ देखि २०७० पुस १९ सम्म झोले विद्यालयका नाममा विभिन्न शीर्षकमा सरकारी रकम लिने दिने कार्य गरी ३ लाख ४ हजार रुपैया“ हिनामिना गरेकाले उनीहरूमाथि भ्रष्टाचार ऐनबमोजिम हदैसम्मको कारबाही गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

Sunday, October 19, 2014

विदेशमा बस्ने नेपालीद्वारा बाढीपीडितलाई ८ लाख सहयोग

काठमाडौं, २ कात्तिक–  बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीहरूले मुलुकमा केही समयअघि गएको बाढी पहिरोबाट पीडितलाई करिब ८ लाख सहयोग गरेका छन् । ती देशमा बस्ने नेपालीका संघसंस्थाका प्रतिनिधिले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार जनसम्पर्क समिति बेल्जियमका सदस्य भीम जोशी र गैरआवासीय नेपाली संघको आईसीसी सदस्य जानकी गुरुङले ४ लाख १२ हजार, फ्रान्समा बस्ने नेपालीहरूका तर्फबाट भरत रानाले २ लाख ३५ हजार तथा अन्तराष्ट्रिय नेपाली समाज जापान र नेपाली ग्रुपले १ लाख ३० हजार रुपैया“ सहयोग गरेका छन् । 

Thursday, October 16, 2014

मन्त्रिपरिषदमा सुकुम्बासी आयोगका बारेमा कांग्रेस र एमालेबीच गम्भीर विवाद

प्रधानमन्त्रीद्वारा आयोग विघटन या सन्तुलित रूपमा पुनर्गठन गर्ने प्रस्ताव
काठमाडौं, ३० असोज– मन्त्रिपरिषदमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीच सुकुम्बासी समस्या समाधान आयोग र मातहतका जिल्ला समितिमा गरिएको नियुक्तिका बारेमा बिहीबार गम्भीर विवाद भएको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सुकुम्बासी आयोग र मातहतका समितिमा एमालेले एकलौटी नियुक्ति गरेको उल्लेख गर्दै त्यसलाई आफ्नो दल कांग्रेसले स्वीकार्न नसक्ने भन्दै त्यसलाई विघटन वा पुनर्गठन गर्न प्रस्ताव राखेपछि दुई दलबीच गम्भीर विवाद भएको हो ।
प्रधानमन्त्रीले केन्द्रदेखि जिल्लासम्म एकलौटीरूपमा नियुक्ति गरिएको आयोग विघटन गर्नुपर्ने या कांग्रेस र एमालेबाट बराबरी पदाधिकारी रहने गरी पुनर्गठन गर्नुपर्ने प्रस्ताव राखेको जानकारी स्रोतले दिएका छन् । 

बबरमहल दुर्घटना छानबिन समिति गठन

काठमाडौं, ३० असोज– सरकारले राजधानीको बबरमहलमा भएको गम्भीर बस दुर्घटना तथा चितवनको फिस्लिङमा भएको ट्रक र कार दुर्घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । 
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा यातायात व्यवस्था विभागका निर्देशक इन्दुकुमारी थपलिया, सडक विभागका सिडिई विजय महतो, यातायात व्यवस्था विभागका मुख्य इन्जिनियर गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, यातायात व्यवसायी महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत सोमराज बराल (सदस्य सचिव) रहेका छन् । 

संविधानसभामा थप चार सदस्य मनोनीत

प्राधिकरण्ँ प्रबन्ध निर्देशकमा काफ्ले
काठमाडौं, ३० असोज– मन्त्रिपरिषदले एमाओवादीको कोटामा संविधानसभामा चार सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले एमाओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठ र बझाङका एमाओवादी नेता जनकबहादुर बुढालाई सभासद मनोनीत गरेको हो ।
यसअघि नै कांग्रेस, एमाले र राप्रपा नेपालको कोटामा मन्त्रिपरिषदबाट मनोनयन हुने २६ सभासदमध्ये १८ जना मनोनीत भइसकेका छन् । अब बा“की चार सिटमा मधेसी दलबाट २ र साना दलबाट २ जना मनोनीत गर्न बा“की छ । साना दल र मधेसीले नाम सिफारिस नगरिसकेकाले मनोनयन गर्न बा“की रहेको हो ।

गंगामायालाई अनसन तोड्न सरकारको अनुरोध

काठमाडौं, २९ असोज– सरकारले गंगामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्र“दै गएको यथार्थलाई आत्मसात गरी आमरण अनसन तोड्न बुधबार पुनः अनुरोध गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा सरकारले गंगामायालाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न र खाना खाइदिन अनुरोध गरेको उल्लेख छ । 

Tuesday, October 14, 2014

बाढीपीडितलाई सवा चार लाख सहयोग
काठमाडौं, २८ असोज– विभिन्न संघसंस्थाले बाढीपहिरोपीडितलाई करिब सवा चार लाख रुपैया“ सहयोग गरेका छन् । ती संघसंस्थाले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जानकारी मन्त्रिपरिषद सचिवालयले दिएको छ ।

 चितवन एड ट्रष्ट यू केका तर्फबाट पूर्वउपाध्यक्ष एवं सल्लाहकार टीका पौडेलले सोमबार बिहान २ लाख रुपैया“को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

अब संवैधानिक नियुक्ति समावेशी सिद्धान्तका आधारमा : परिषद

काठमाडौं, २८ असोज– संवैधानिक पषिदले संवैधानिक निकायमा अब समावेशी सिद्धान्तका आधारमा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाइ समितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस समावेशी हुन नसकेको भनी उठाएको प्रश्नमाथि छलफल गर्दै पषिदको सोमबार बसेको बैठकले संवैधानिक निकायमा पदाधिकारीको नियुक्तिको सिफारिसमा समावेशीकरणलाई प्राथमिकता दिने निणर््ँय गरेको हो ।
सभामुख एवं परिषदका सदस्य सुवास नेम्वाङले मानव अधिकार आयोगमा पदाधिकारीको सिफारिस समावेशी नभएको भन्दै सुनवाइ समितिले ध्यानाकर्Èण गराएका कारण परिÈद बैठकले संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशितालाई प्राथमिता दिने निर्णय गरेको जानकारी दिए ।

Sunday, October 12, 2014

भोलि संवैधानिक परिषद बैठक

काठमाडौं, २६ असोज– दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न सोमबार संवैधानिक परिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले अख्तियार र लोकसेवामा रिक्त पदाधिकारी नियुक्तिको एजेन्डामा छलफल गर्न सोमबार बिहानका लागि परिषदको बैठक बोलाएको जानकारी स्रोतले दिएका छन् ।
अख्तियारमा छ वर्षभन्दा लामो समयदेखि तीन आयुक्त पद रिक्त छ । लोकसेवा आयोगमा समेत दुई सदस्य पद रिक्त छन् । दुवै संवैधानिक अंगमा पदाधिकारी अपुग भएकाले तिनको कामकारबाही लामो समयदेखि प्रभावित छ ।

Tuesday, October 7, 2014

सचिव लाकौलको अवकास आज

सचिव रिक्त निकाय १६ पुग्ने
काठमाडौं, २१ असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव श्रीरञ्जन लाकौलले बुधबार अनिवार्य अवकास पाउ“दैछन् ।  उनले ५८ वर्ष उमेर पूरा गरी अवकास पाउन लागेका हुन् । उनको अवकासस“गै विभिन्न मन्त्रालय र निकायमा रिक्त सचिवको संख्या १६ पुग्नेछ ।
सरकारले सचिव पद रिक्त रहेका विभिन्न मन्त्रालयसहित १४ निकायमा सहसचिवलाई कायममुकायम सचिवको जिम्मेवारी दिएर राखेको छ भने एउटा क्षेत्रीय प्रशासन कार्यालय निमित्त सचिवको भरमा चलाइएको छ ।
हाल रक्षा, परराष्ट्र, सूचना तथा सञ्चार र शान्ति तथा पुननिर्माण मन्त्रालय, कानुन आयोग, सूचना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, जल तथा ऊर्जा आयोग, अख्तियार, चारवटा क्षेत्रीय प्रशासन कार्यालयमा कामु सचिव छन् ।

बस दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ असोज– सरकारले डोटीमा सोमबार भएको भीषण बस दुर्घटनाको छानबिन गर्न मंगलबार अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरेको छ । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका छन् ।
समितिलाई बसमा क्षमताभन्दा यात्रु चढाउने गाडी सञ्चालक, बाटामा चेकजा“ज गर्नुपर्ने प्रहरी या उक्त सडकको मर्मतसम्भारको जिम्मेवारी लिएका अधिकारीलगायत ज–जसका कारणले दुर्घटना भएको हो, तिनलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन दिने अधिकार दिइएको जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए ।

Monday, October 6, 2014

बकर इद धुमधामसाथ मनाइयो

काठमाडौं, २० असोज– इस्लाम धर्मालम्बी (मुसलमान) हरूले सोमबार देशभर बकर इद (इदउल अजहा) पर्व धुमधामका साथ मनाए । बकर इद इस्लाम धर्मालम्बीका लागि इदउल फित्रपछिको महत्वपूणर््ँ ठूलो पर्व हो । मुसलमानहरूले सोमबार नजिकको मस्जिदमा गएर सामूहिक रूपमा नमाज पढ्नुका साथै आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै एक आपसमा शुभकामना आदानप्रदान गरे । 

अनुसन्धानको दुई एआईजीमा रेग्मी र भट्टको बढुवा

बढुवामा वरिष्ठता मिचियो
काठमाडौं, २० असोज– सरकारले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका दुई नायव महानिरीक्षक (डीआईजी) दिलीपराज रेग्मी र देवराज भट्टलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनुसन्धानका वरिष्ठ डीआईजीद्वय रेग्मी र भट्टलाई एआईजीमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
मन्त्रिपरिषदले अनुसन्धानको बढुवामा वरिष्ठता मिचेको छ । सबभन्दा वरिष्ठ डीआईजी भट्टलाई रेग्मीपछि दोस्रो वरियतामा राखी बढुवा गरेर वरिष्ठता मिचिएको हो । भट्ट रेग्मीभन्दा वरिष्ठ हुन् । गृह मन्त्री वामदेव गौतमको प्रस्तावमा भट्टलाई दोस्रो वरियतामा राखी बढुवा गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले दिएको छ । एक नम्बरमा बढुवा भएकाले रेग्मी अनुसन्धानको भावी प्रमुखका स्वभाविक उम्मेदवार भएका छन् ।

Monday, September 29, 2014

स्वदेशी निजी क्षेत्रको लगानीमा दोस्रो ठूलो विद्युत् आयोजना बन्ने


  • २३.५ मेगावाटको अप्पर सोलुका लागि नौ बैंकले ३ अर्ब र प्रवद्र्धकले १ अर्बभन्दा बढी लगानी गर्ने
  • आयोजनाबाट २०१८ जुलाईदेखि विद्युत् उत्पादन सुरु हुने 

काठमाडौं, १३ असोज– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २३.५ मेगावाटको सोलु जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी (वित्तीय स्रोत) जुटाएको छ । सोलुखुम्बु जिल्लाको सोलु नदीमा निर्माण हुने ४ अर्ब १० करोड रुपैया“ लागत लाग्ने उक्त आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा ९ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीकरणमा ३ अर्ब ५ करोड रुपैया“भन्दा बढी कर्जा (ऋण) लगानी गर्ने भएपछि वित्तीय स्रोत –लगानी) जुटेको हो ।
प्रवद्र्धक कम्पनी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले २५ प्रतिशत अर्थात् एक अर्ब रुपैया“भन्दा बढी इक्विटी स्वपू“जी लगानी जुटाएको छ भने नौ बैंक तथा वित्तीय संस्थाले आयोजनामा कुल लागतको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिमा आईसीटीसी ग्रुपको ८० र ब्लू इनर्जी लिमिटेडको २० प्रतिशत लगानी रहेको छ ।

Saturday, September 27, 2014

बाढीपीडितलाई चाडपर्व मनाउन प्रतिपरिवार ३ हजार दिइने

काठमाडौं, ११ असोज– सरकारले बाढीपहिरोमा परी घरवारविहीन भएका पीडित परिवारलाई दसैं, तिहार, छठलगायतका चाडपर्व मनाउन खर्च दिने भएको छ । सरकारले गृह मन्त्रालय मातहतको केन्द्रीय दैवी प्रकोप उद्धार समितिमार्फत् बाढीपहिरो पीडितलाई पर्व खर्चका लागि प्रतिपरिवार ३ हजार रुपैया“ दिने निर्णय गरेकोे जानकारी सिंचाइमन्त्री एनपी साउदले दिए ।
गत साता बाढीपहिरो प्रभावित Ôेत्रको स्थलगत भ्रमण गरेर फर्किएपछि राष्ट्रपति डा. रामवरण यादवले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमसितको भेटमा तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेका थिए । 

बेलायतमा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

काठमाडौं, ११ असोज– बेलायतको लेस्टर सहरमा बसोबास गर्दै आएका नेपालीहरूको संस्था सिर्जनशील लेस्टर नेपाल यूके बेलायतले बाढीपहिरो पीडितलाई २ लाख ५ हजार ४ सय ४० रुपैया“ सहयोग गरेका छन् ।
मन्त्रिपरिषद कार्यालयका अनुसार संस्थाका तर्फबाट पद्मनाथ शर्मा सापकोटालगायतको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । संस्थाले बेलायतको लेस्टर सहरमा कार्यक्रम गरी नेपालीहरूबाट उक्त सहयोग रकम उठाएका हुन् ।

Wednesday, September 24, 2014

खाना र औषधि लिन नमानेका कारण अधिकारीको निधन : सरकार

काठमाडौं, ८ असोज– सरकारले आमरण अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरिएको भए पनि खाना खान र विशेषज्ञ चिकित्सकहरूले सिफारिस गरेका औषधि उपचार सेवा लिनसमेत नमानेका कारण उनको दुःखद निधन भएको टिप्पणी गरेको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजुमानसिंह मल्लले मंगलबार विज्ञप्ति जारी गरी अधिकारीको निधनबारेमा सरकारको प्रतिक्रिया सार्वजनिक गर्दै उनको निधनप्रति गम्भीर शोक प्रकट गरेको छ । छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेको ३ सय २९ दिनमा नन्दप्रसादको सोमबार निधन भएको हो ।
विज्ञप्तिमा सरकारले नन्दप्रसादका छोरा कृष्णप्रसादको हत्याको मुद्दा गत चैत ३० मा नै चितवन जिल्ला अदालतमा दर्ता भई अनुसन्धानबाट अभियुक्त ठहरिएका रुद्र आचार्य मुलुकबाहिर रहेकाले पक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी भइसकेकाले उनको आमरण अनसन पहिल्यै असान्दर्भिक भइसकेकोसमेत उल्लेख गरेको छ ।

Monday, September 22, 2014

पञ्चेश्वर आयोजना अघि बढाउन नेपाल–भारत बैठक सुरु

काठमाडौं, ६ असोज– बहुप्रतीÔित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना जतिसक्दो छिटो अघि बढाउनका लागि नेपाल र भारतबीच सोमबारदेखि बैठक सुरु भएको छ । भारतीय जलस्रोत सचिव सन्तोÈकुमार गंगवारको नेतृत्वमा आइतबार ११ सदस्यीय प्रमण्डल र नेपाली अधिकारीबीच बैठक सुरु भएको हो ।
पञ्चेश्वर आयोजना अघि बढाउन दुई देशका अधिकारीहरूबीच १० वर्षपछि आएर वार्ता हुन लागेको हो । सन् २००४ पछि पञ्चेश्वर आयोजना अघि बढाउने एजेन्डामा मात्र दुई देशका जलस्रोत अधिकारीहरूबीच छलफल हुन सकेको थिएन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ महिनाअघि नेपाल भ्रमण गर्ने क्रममा दुई देशबीच पञ्चेश्वर प्राधिकरणको संयुक्त कार्यालय खोल्नेसम्बन्धी कार्यादेश (टीओआर) सम्बन्धमा सम्झौता भएपछि आयोजना अघि बढाउन दुई देशबीच १० पुनः बैठक हुन लागेको हो । मोदीले भ्रमणका क्रममा पञ्चेश्वर आयोजना छिट्टै कार्यान्वयनमा लाने घोषणासमेत गरेका थिए ।
भारतीय टोलीमा केन्द्रीय जल आयोगका सचिव, विद्युत् मन्त्रालयका अतिरिक्त सचिवसमेत रहनेछन् भने ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेतृत्व गर्ने नेपाली टोलीमा ऊर्जा, सिंचाइ, अर्थ, परराष्ट्रका सहसचिव, सिंचाइ र विद्युत् विकास विभागका महानिर्देशक र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक सहभागी हुनेछन् ।

राउटेलाई दसैं मनाउन चार लाख

काठमाडौं, ६ असोज– सरकारले राउटेहरूलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुपैया“ सहयोग गर्ने भएको छ । सरकारले दैलेख जिल्ला प्रशासन कार्यालयमार्फत् ४० परिवार राउटेलाई चाडपर्व मनाउन प्रतिपरिवार १० हजारका दरले सहयोग गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले दिए ।
उनका अनुसार अर्थमन्त्रालयले गृह मन्त्रालयलाई दैलेख जिल्ला प्रशासनमार्फत् राउटेलाई सहयोग बा“ड्न तत्काल निकासा गर्ने भएको छ । राउटेहरूले दसैंअगावै रकम पाउने गरी वितरण गर्ने व्यवस्था मिलाइएको छ । केही समयअघि राजधानी आएका राउटेहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी चाडपर्व मानउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रतिपरिवार १० हजारका दरले राउटेलाई सहयोग गर्ने निर्णय गरेको छ ।

Friday, September 19, 2014

सशस्त्रमा तीन डीआईजीलाई एआईजीमा बढुवा

काठमाडौं, ३ असोज– सरकारले सशस्त्र प्रहरीका तीन नायव प्रहरी महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । डीआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझालाई एआईजीमा बढुवा गरिएको जानकारी मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषदको बिहीबार सा“झ बसेको बैठकमा भएको निर्णयअनुसार प्रधानमन्त्री सुशील कोइराला र गृह मन्त्री वामदेव गौतमको सहमतिमा उनीहरूको बढुवा गरिएको हो । प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिपछि मन्त्रिपरिषदले तीन एआईजी बढुवाको निर्णय शुक्रबारमात्र माइन्युट गरेको छ ।

मानव अधिकार आयोगमा अध्यक्ष र चार सदस्य सिफारिस

अध्यक्षमा पूर्वप्रधानन्यायाधीश शर्मा र सदस्यमा वस्ती, पाठक, अन्सारी र पौडेल
काठमाडौं, ३ असोज– संवैधानिक परिषदले महत्वपूर्ण संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष र चार सदस्य नियुक्त गर्न पा“च जनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले आयोगका अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सदस्यमा प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए । वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी निवर्तमान सदस्य र पौडेल वरिष्ठ अधिवक्ता हुन् ।
मानव अधिकार आयोगमा पदाधिकारी पूरै रिक्त भएको १३ महिनापछि परिषदले नया“ नियुक्तिका लागि सिफारिस गरेको हो । पदाधिकारी नहु“दा मुलुकमा हुने मानव अधिकार उल्लंघनका घटनामा अध्ययन÷अनुसन्धान गरी कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने संवैधानिक निकायको काम १३ महिनादेखि ठप्प हु“दै आएको छ । आयोगमा पदाधिकारी नियुक्ति भएपछि उक्त काम सुचारु हुनेछ ।

Wednesday, September 17, 2014

बेपत्ता तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया तय

तिहारअगावै पदाधिकारी सिफारिस गरिने
काठमाडौं, १ असोज– सशस्त्र द्वन्द्वकालमा बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न गठिन समितिले तिहारअगावै पदाधिकारी सिफारिस गर्ने भएको छ । समितिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी पदाधिकारी छनौट प्रक्रिया सार्वजनिक गरी तिहारअगावै सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न कानुनबमोजिम तयार पारिएको छनौट प्रक्रिया सार्वजनिक गरेका थिए । उनका अनुसार छनौट प्रक्रियामा समितिले योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई आयोगका अध्यक्ष र सदस्यहरू हुन आवश्यक कागजातसहित आवेदन दिन सार्वजनिक सूचना आह्वान गर्ने व्यवस्था गरिएको छ ।
समितिले आयोगको अध्यक्ष तथा सदस्यहरूको सूची तयार गर्ने कामलाई पहिलो चरणमा राखेको छ । अध्यक्ष श्रेष्ठका अनुसार आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिको लागि सिफारिस गर्न ऐनको दफा ४ बमोजिम योग्यता पुगेका तथा दफा ५ बमोजिम अयोग्य नभएका व्यक्तिहरूमध्येबाट सम्भावित उम्मेदवारको सूची तयार गरिनेछ । 

संवैधानिक पदाधिकारीको सिफारिस भोलि

काठमाडौं, १ असोज– तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले बिहीबार बिहान बस्ने गरी परिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए ।
प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन भएका कारण स्थगित भएको थियो । परिषदका सदस्य एवं प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बोगटीको निधन भएका कारण आउन नसक्ने भएपछि सोमबारको बैठक स्थगित गरिएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिए ।

अध्यागमनको महानिर्देशकमा ढकाल

काठमाडौं, १ असोज– गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुदर्शन ढकाललाई सरुवा गरी अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अध्यागमनका यसअघिका महानिर्देशक शरदचन्द्र पौडेल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो ।
गृह मन्त्रालयस्तरीय निर्णयबाट महोत्तरीका प्रजिअ रविलाल पन्तलाई सुनसरीको प्रजिअमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय, धनकुटाका सहसचिव दीपक काफ्लेलाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा भने कसैलाई पनि पठाइएको छैन ।

बाढीपीडितलाई २ करोडभन्दा बढी सहयोग

काठमाडौं, ३१ भदौ– नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंकसहित विभिन्न संघसंस्थाले बाढी–पीडितहरूको राहत र पुनःस्थापनाका लागि २ करोड रुपैया“भन्दा बढी सहयोग गरेको छ । ती संघसंस्थाले आइतबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरेका हुन् ।
नागरिक उड्डयन प्राधिकरणले कोषमा १ करोड रुपैया“ प्रदान गरेको छ । प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले आइतबार उक्त रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । राष्ट्रिय वाणिज्य बंैकले बाढीपीडितको सहयोगार्थ कोषमा २५ लाख रुपैया“ प्रदान गरेको छ । बैकका अध्यक्ष डा. रेवतबहादुर थापाले चेक प्रधानमन्त्रीलाई प्रदान गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिका अनुसार कोरिया बस्ने नेपालीहरूले बाढीपीडितका लागि १३ लाख २५ हजार तथा बेलायत बस्ने नेपालीहरूले १ लाख ५० हजार १ सय ८ रुपैया“ राहत कोषमा सहयोग पठाएका छन् । 

कांग्रेसमा मनोनयनप्रति देउवा पक्षको असन्तुष्टि

आमन्त्रित सदस्य मनोनयन विधानविपरीत : देउवा पक्ष
काठमाडौं, ३१ भदौ– आफूहरुसित कुनै सल्लाह नगरी सभापति सुशील कोइरालाले एकपक्षीय रूपमा केन्द्रीय समिति विस्तार गरेको जनाउ“दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेका छन् । उनी असन्तुष्टि प्रकट गर्न सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा समेत उपस्थित भएनन् ।
कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो चार वर्षको कार्यकाल सकिन पा“च दिन बा“की छ“दा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छन् । कोइरालाले ६ केन्द्रीय सदस्य र ६ आमन्त्रित सदस्य मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् । उनले केन्द्रीय कार्यसंपादन समिति र विभागहरू भने अझै गठन गरेका छैनन् । 

देउवा पक्षले सभापति कोइरालामाथि आफूहरूसित सल्लाह नगरी एकलौटी रूपमा छ सदस्य मनोनयन गरेको र विधानविपरीत केन्द्रीय समितिमा ६ जना आमन्त्रित सदस्य मनोनयन गरेको टिप्पणी गर्दै रोष प्रकट गरेको छ ।

Sunday, September 14, 2014

नवनियुक्त मन्त्रीद्वयद्वारा सपथग्रहण

काठमाडौं, २९ भदौ– नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य र उद्योगमन्त्री महेश बस्नेतले आइतबार सपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवको उपस्थितिमा अमात्य र बस्नेतलाई सपथग्रहण गराए ।
यसअघिका पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्ण थापालाई एमालेको सिफारिसमा बर्खास्त गरी प्रधानमन्त्रीले शुक्रबार सा“झ अमात्य र बस्नेतलाई मन्त्रिपरिषदमा नियुक्त गरेका हुन् । अमात्य र बस्नेतले आइतबार नै आ–आफ्नो मन्त्रालयमा गएर पद बहालीसमेत गरे ।

Saturday, September 13, 2014

एमालेका मन्त्रीद्वय आचार्य र थापा बर्खास्त

अमात्य र बस्नेत मन्त्री नियुक्त
काठमाडौं, २८ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख सत्ता साझेदार दल एमालेका दुई मन्त्रीलाई शुक्रबार सा“झ बर्खास्त गरी दुई जना नया“ नियुक्त गरेका छन् । प्रधानमन्त्रीले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई बर्खास्त गरेका हुन् ।
कोइरालाले एमालेको सिफारिसमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दीपकचन्द्र अमात्य र उद्योगमन्त्रीमा महेश बस्नेतलाई नियुक्त गरेका छन् । अरू मन्त्रीको कार्यविभाजन भने यथाव्त रहेको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बस्नेत एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली तथा अमात्य वरिष्ठ नेता झलनाथ खनाल निकट हुन् । एमालेले संविधानसभाको प्रत्यक्ष चुनाव जितेका सभासदद्वय आचार्य र थापालाई हटाएर दुवै जना गैर सभासदलाई मन्त्री बनाएको हो । अमात्य खनाल प्रधानमन्त्री हु“दा प्रमुख स्वकीयसचिव थिए । उनी २०४७ मा कृषिमन्त्री हु“दा पनि अमात्य स्वकीयसचिव थिए ।
एमालेको भातृ संगठन युवा संघ अध्यक्ष बस्नेत ओलीका निकट सहयोगी हुन् । उनी हालै सम्पन्न एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी भक्तपुर–२ बाट संविधानसभामा समेत पराजित एमाले उम्मेदवार हुन् । आचार्य एमाले महाधिवेशनबाट सचिवमा र थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रधानन्यायाधीशमा शाह सिफारिस

काठमाडौं, २८ भदौ– संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद शाहलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा शुक्रबार बिहान बसेको परिषदको बैठकले शाहलाई प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको हो ।
न्याय परिषदले दुई साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका चार न्यायाधीश शाह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको नाम परिषदसमक्ष पठाएको थियो । 
प्रधानमन्त्री कोइराला अध्यक्ष तथा प्रधानन्यायाधीश दामोदर शर्मा, सभामुख सुवास नेम्वाङ, प्रतिपक्षी नेता पुष्पकमल दाहाल, तीन मन्त्री वामदेव गौतम, रामशरण महत र मिनेन्द्र रिजाल सदस्य रहेको परिषदले सर्वसम्मतिबाट शाहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने परिषद बैठकमा कानुन तथा न्यायमन्त्री नरहरि आचार्यसमेत सहभागी थिए ।
मुलुकमा प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्थापित परम्पराअनुसार नै शाहको नाम सिफारिस गरिएको जानकारी परिषदका एक सदस्यले दिए । ती सदस्यका अनुसार बहालवाला प्रधानन्यायाधीश, मुख्य तीन दलका प्रमुख नेताहरू रहेको परिषदले सर्वसम्मतिबाट स्थापित परम्पराअनुसार नै सिफारिस गरेकाले शाह मुलुकको न्यायालय हा“क्ने विवादरहित प्रधानन्यायाधीश हुनेछन् ।

प्रधानमन्त्रीको नेतृत्वमा २२ जना राष्ट्रसंघमा जाने

काठमाडौं, २७ चैत– ६९ औं संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा २२ सदस्यीय नेपाली टोली न्युयोर्क जाने भएको छ । मन्त्रिपरिषदको बिहीबार सा“झ बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको नेतृत्वमा महासभामा जाने भ्रमण टोली तय गरेको हो ।
प्रधानमन्त्रीले महासभामा असोज १० मा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकाको भ्रमणकै क्रममा कोइरालाले आफ्नो क्यान्सर रोगको उपचारको फ्लोअपसमेत गराउने जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्रका कामु सचिव शंकर बैरागी, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, यूएन महाशाखा प्रमुख दीपक धिताल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका निजी चिकित्सक करवीरनाथ योगी, प्रेस संयोजक प्रकाश अधिकारी, दुई सुरक्षाकर्मीलगायत छन् । 

Thursday, September 11, 2014

भावी प्रधानन्यायाधीशमा शाहको नाम सिफारिस हुने

संवैधानिक परिषद बैठक भोलि
काठमाडौं, २६ भदौ– भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषदको बैठक शुक्रबार दिउ“सो बस्दैछ । २०७१ वैसाख १ मा प्रधानन्यायाधीश भएका दामोदर शर्माले असोज २३ मा ६५ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउ“दैछन् ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न शुक्रबार परिषदको बैठक बोलाएको जानकारी स्रोतले दिए । परिषदका एक सदस्यका अनुसार बैठकमा ‘प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका अलावा प्रधानमन्त्रीले विविध एजेन्डा’ राख्ने भएका छन् ।
परिषदको सिफारिसमाथि संसदीय समितिबाट सुनुवाइ गरी नियुक्ति गर्न कम्तीमा तीन साताको समय लाग्ने भएकाले भावी प्रधानन्यायाधीशको सिफारिस शुक्रबार नै गर्न लागिएको हो । 
परिषद बैठकमा विविध शीर्षकको एजेन्डा राखिए पनि संवैधानिक निकायहरू मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने सम्भावना भने छैन । ती निकायमा पदाधिकारी नियुक्तिका लागि प्रमुख दलहरू कांग्रेस, एमाले र एमाओवादीबीच भागबण्डा गर्ने विषयमा छलफलसमेत नभइसकेकाले परिषद बैठकमा त्यसबारेमा छलफल हुने छैन । मानव अधिकार आयोगमा पूरै पदाधिकारी, लोकसेवामा दुई सदस्य र अख्तियारमा तीन सदस्य पद खाली छन् ।

Wednesday, September 10, 2014

बाढीपीडितका लागि राहत कोषमा नौ लाख सहयोग

काठमाडौं, २५ भदौ– दुई बैंकसहित चार संस्थाले बाढी–पीडितहरूलाई राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा करिब नौ लाख रुपैया“ सहयोग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा एनआईसी एसिया बैंक लिमिटेडले बाढीपीडितको सहयोगार्थ राहत कोषमा ५ लाख ५१ हजार रुपैया“ राहत कोषमा जम्मा गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र संघाईले प्रधानमन्त्री  सुशील कोइरालालाई चेक हस्तान्तरण गरेका थिए ।

‘दसैंमा यात्रुले सास्ती भोग्नुनपरोस्’

काठमाडौं, २५ भदौ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दसैंको अवधिमा उपत्यकाबाट ठूलो संख्यामा मानिसहरू बाहिरिने र पर्व सकिएपछि फर्किने हु“दा यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन, सुरक्षित रूपमा यातायात सञ्चालन गर्न र त्यसको प्रभावकारी अनुगमन गर्न सम्बन्धित संस्था र निकायहरूलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयमा सचिव शान्तराज सुवेदीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी महासंघ, वायुसेवा सञ्चालक संघ र उपभोक्ता मञ्चका पदाधिकारीहरूको मंगलबार बसेको बैठकले दसैंको समयमा टिकटमा कालोबजारी हुन नदिन र यात्रुलाई सहज यात्रा गराउन त्यस्तो निर्देशन दिएको हो ।
सरकारले दर्सैको पूर्वसन्ध्यामा गाडी भाडा बढाउ“दा उपभोक्ता मर्कामा पर्ने भएकाले दसैंअघि भाडा नबढाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ । बढ्दो इन्धन मूल्य र मर्मत खर्चअनुरूप भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको भए पनि सरकारले दसैं अगाडि भाडा नबढाउन निर्देश गरेको हो । 

इन्जिनियर लागेजुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २५ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत विकास विभागका पूर्व इन्जिनियर रामगोपाल लागेजुविरुद्ध मंगलबार विशेÈ अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
लागेजुले आफू र जलविद्युत् प्रवद्र्धक कम्पनीलाई फाइदा पुग्ने गरी मिलेमतो गरी पुनः नया“ दरखास्त दिन लगाएको र त्यसबाट सरकारलाई तीन लाखभन्दा नोक्सानी भएकाले अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

Thursday, September 4, 2014

टेलिकमसहित विभिन्न निकायमा प्रमुख नियुक्ति

काठमाडौं, १९ भदौ– सरकारले विभिन्न निकायमा रिक्त प्रमुख पदमा नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
आचार्य टेलिकममा बाह्रौं तहका चार्टर्ड एकाउन्टेन्ट एवं निमित्त प्रबन्ध निर्देशक थिए । सरकारले टेलिकममा पहिलोपटक प्रबन्ध निर्देशकमा गैर इन्जिनियरलाई नियुक्त गरेको हो । यसअघि प्रबन्ध निर्देशकमा इन्जिनियर सेवाका व्यक्तिमात्र नियुक्त हुन्थे ।
सरकारले अधिकार सम्पन्न एकीकृत बाग्मती विकास समितिको अध्यÔमा किशोर थापालाई नियुक्त गरेको छ । उनी सहरी विकास मन्त्रालयबाट हालै सेवा निवृत्त सचिव हुन् ।
राष्ट्रिय बिमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुरलाई नियुक्त गरेको छ । ठाकुर राष्ट्रबैंकबाट सेवा निवृत्त कार्यकारी निर्देशक हुन् । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. रेवतबहादुर कार्कीलाई निुक्त गरिएको छ । कार्की पनि राष्ट्रबैंककै सेवा निवृत्त अधिकारी हुन् ।
पूर्व न्यायाधीश ठाकुरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्ला फा“टा जग्गा अधिग्रहण तथा मुआब्जा जा“चबुझ आयोग गठन गरिएको छ ।

अख्तियारको कारबाहीबाट बचाइदिनुप¥यो : विश्वविद्यालयका पदाधिकारी

कसैलाई बचाउन सक्तिन, मैले गल्ती गरें भने म पनि सजायको भागिदार हुनुपर्छ : प्रधानमन्त्री 
काठमाडौं, १९ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले विश्वविद्यालयजस्ता मर्यादित शैक्षिक तथा प्राज्ञिक संस्थामा भ्रष्टाचार भइरहेको सुन्नुपर्दा आफूलाई पीडाको महसुस भइरहेको उल्लेख गर्दै आर्थिक अनियमिततामा संलग्न कसैलाई पनि आफूले बचाउन नसक्ने बताएका छन् ।
अख्तियारले विश्वविद्यालयका पदाधिकारीहरूलाई भ्रष्टाचारको अभियोगमा एकपछि अर्को कारबाही गर्न थालेपछि त्यसबाट बचाइदिन बुधबार सामूहिक रूपमा आफूसमक्ष हारगुहार गर्न आएका विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यसचिवसहित विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूलाई प्रधानमन्त्रीले गल्ती गर्ने कसैलाई पनि आफूले बचाउन नसक्ने जवाफ दिएका हुन् ।
कुलपतिसमेत रहेका कोइरालाले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सदस्यसचिवसहित विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूलाई विश्वविद्यालयहरूको आर्थिक अनियमितता र भ्रष्टाचारको मामलामा कसैले कसैलाई बचाउन नसक्ने यथार्थबोध गर्न निर्देशन दिए । उनले गल्ती गर्ने जोसुकै व्यक्ति पनि सजायको भागिदार बन्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Wednesday, September 3, 2014

नेपाल–भारतबीच बुधबारदेखि पीटीए वार्ता सुरु

भारत तत्पर भएकाले समझदारी हुने समझदारी हुने सम्भावना
काठमाडौैं, १८ भदौ– नेपाल–भारतबीच बहुप्रतीक्षित विद्युत् व्यापार सम्झौता (पीटीए) का बारेमा बुधबारदेखि नया“ दिल्लीमा वार्ता सुरु भएको छ । ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली बुधबार नै नया“ दिल्ली गएको हो । 
मन्त्रिपरिषदको मंगलबार बसेको आकस्मिक बैठकले ऊर्जा सचिव क्षेत्रीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीको तय गर्नुका साथै पीटीएका बारेमा वार्ता गर्ने अख्तियारी प्रदान गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएका छन् ।
भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता गर्न नेपालसमक्ष पठाएको प्रस्तावमा मुलुकमा व्यापक विरोध भएको थियो । नेपालले भारतीय प्रस्तावलाई अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएपछि भारतले त्यसमा वार्ता गर्न बोलाएकाले सरकारले नया“ दिल्लीमा प्रमण्डल भारत पठाउने निर्णय गरेको हो ।
 नेपालले सन् २००४ मा नै पीटीए गर्न भारतसमक्ष प्रस्ताव पठाएको थियो । तर, लामो समय नेपालको प्रस्तावमा बेवास्ता गरेको भारतले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतीय सरकार त्यसमा वार्ता गर्न तयार भएको हो ।

Tuesday, September 2, 2014

पञ्चकन्या समूहद्वारा बाढीपीडित २ लाख ५१ हजार सहयोग

काठमाडौं, १७ भदौ– पञ्चकन्या समूहले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैया“ प्रदान गरेको छ । समूहका तर्फबाट प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले सोमबार सहयोग रकमको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीलाई हस्तान्तरण गरे ।
सुवेदीले बाढीबाट बिपतमा परेका जनताका लागि आर्थिक सहयोग गरेकामा पञ्चकन्या समूहप्रति आभार प्रकट गरेका थिए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म ३१ करोड ७७ लाख सहयोग रकम जम्मा भएको र त्यसबाट १५ करोड रुपैया“ बाढीपीडितका लागि निकासा भइसकेको छ ।

विभिन्न संघसंस्थाद्वारा बाढीपीडितलाई १२ लाख सहयोग

काठमाडौं, १७ भदौ– विभिन्न संघसंस्थाले बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई १२ लाख रुपैया“ सहयोग गरेका छन् । ती संघसंस्थाका प्रतिनिधिले सोमबार प्रधानमन्त्रीलाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
वल्र्ड लिङ कम्युनिकेसनले बाढीपीडितका लागि ५ लाख रुपैया“ सहयोग गरेको छ । कम्युनिकेसनका प्रवीण श्रेष्ठले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । मनाङ सामाजिक सेवा विकास समिति, मनाङ–मस्र्याङ्दी क्लब, न्यासाङ मनाङ वुमेन सोसाइटी र  मनाङ वुमेन इम्पावरमेन्ट संस्थाले एकमुष्ट ४ लाख २१ हजार रुपैया“ सहयोग गरेका छन् । मनाङ सामाजिक विकास सेवा समितिका अध्यक्ष मानबहादुर गुरुङले सहयोग रकम कोइरालालाई हस्तान्तरण गरेका थिए ।
टुरिज्म डेभलपमेन्ट बैकले बाढीपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैया“ प्रदान गरेको छ । बैकका कार्यकारी अधिकृत मनोज खड्काले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका थिए ।

मलाई क्यान्सरले केही गर्न सक्तैन : प्रधानमन्त्री

काठमाडौं, १७ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सर रोगले पनि केही गर्न नसक्ने बताएका छन् ।  बालुवाटारमा सोमबार बिहान बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उनले क्यान्सर रोगले आफ्नो कामकारबाहीमा कुनै असर नपार्ने बताएका हुन् ।
‘मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकें’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले देशको विकासका लागि काम गर्ने समय आएको पनि बताए । उनले ६० वर्षदेखि मुलुक अध्यारोमा रहेको बताउ“दै विकासका प्रयासमा साथ दिन सबैलाई आग्रह गरे । 
प्रधानमन्त्रीले हालै नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको सद्भावलाई सही सदुपयोग गर्नुपर्ने बताए । ‘भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्छ र समानताका आधारमा सम्बन्ध विकसित गर्नुपर्छ’ कोइरालाले भने– ‘नेपाललाई तल पारेर गर्नुहु“दैन ।”

संविधान निर्माण कार्य प्रभावित हुन्न : सिटौला

संविधानसभाले नया“ संविधान निर्माणका लागि भदौ २१ भित्र विवादित सबै मुद्दामा सहमति गर्ने कार्यतालिका बनाएको छ । भदौ २१ नजिकिंदै जा“दा शान्ति प्रक्रियाका बा“की काम पूरा गर्न र संविधान निर्माणमा सहयोग पु¥याउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने या नगर्ने विषयमा प्रमुख तीन दलबीच चर्केको विवादले विवादित मुद्दामा सहमति खोज्ने कार्य अवरुद्ध हुन पुगेको छ । प्रमुख तीन दल कांग्रेस र एमाले तथा एमाओवादीबीचको विवादले संविधान निर्माणको कार्यतालिका प्रभावित हुने प्रायः निश्चित भइसकेको छ । उच्चस्तरीय राजनीतिक समिति गठनको विवाद बढ्दै गयो भने संविधानसभाबाट एक वर्षभित्र संविधान नबन्ने हो कि भन्ने खतरा बढिरहेको छ । यसै सन्दर्भमा राजनीतिक सहमति कायम गर्न दलका नेताहरूसित निरन्तर छलफल र सम्पर्क गरिरहेका कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासित बलराम बानिया“ र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी ।
उच्चस्तरीय राजनीतिक समिति बनाउने विषयमा गएर संविधान निर्माणका काम रोकिएका छन् । यसको गा“ठो कहिलेसम्म फुक्ला ? 
यो अड्किएको होइन । अहिले उठेको उच्चस्तरीय राजनीतिक समिति बनाउने विषय चारबु“दे सहमतिअन्तर्गतको एउटा बु“दा हो । त्यो कुन पृष्ठभूमि र कतिबेला भएको थियो भन्ने कुरा बुझ्न आवश्यक छ । सहमतिमा उच्चस्तरीय पनि भनिएको छैन । शान्ति प्रक्रियाका बा“की काम सम्पन्न गर्न र संविधान निर्माणमा सहयोग पु¥याउन प्रमुख राजनीतिक दलका शीर्ष नेतृा रहने गरी राजनीतिक समिति बनाइने भनिएको छ । यो सहमति कुन–कुन प्रमुख दल हुन् र कुन होइनन् भन्ने निर्धारण हुनुप¥यो । यो बु“दाअन्तर्गतको पनि संविधान निर्माणको विषयलाई सम्बोधन गरिसकिएको छ । संविधानसभाको नियमावलीमा बनाउ“दा नै बखत मस्यौदा निर्माणमा बसेका दस्यहरूले चारबु“दे सहमतिलाई मध्यनजर राखेर संविधानका सम्पूर्ण विवादित विषय सुल्झाउन र सहमति निर्माणका लागि संवैधानिक तथा राजनीतिक सम्वाद समिति गठन भएको हो । सहमतिका भएका विषय सहमतिका साथ र सहमति नभएका विषयलाई विवादकै रूपमा संविधानमा पु¥याउने गरी समिति गठन भएको छ ।  संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलहरूसित समेत छलफल र अन्तक्र्रिया गर्न सक्ने व्यापक क्षेत्राधिकार समितिलाई दिइएको छ । त्यसको सभापति एमाओवादीलाई प्रस्ताव गरियो । एमाओवादीले आफ्ना पार्टीका नेता बाबुराम भट्टराईलाई समितिको नेतृत्वका लागि पठायो । संविधान निर्माणको अगुवाइ गर्न एमाओवादी नेता भट्टराईले पाइसकेका छन् । अब शान्ति प्रक्रियाको विषयमात्रै बा“की छ ।