Thursday, November 28, 2013

एमालेद्वारा कोइरालालाई सरकारको नेतृत्व गर्न प्रस्ताव

कोइराला–खनाल भेटवार्ता
काठमाडौं, १३ मंसिर– नेकपा एमालेले संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति सुशील कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले बिहीबार कोइरालालाई उनकै महाराजगन्जस्थित निवासमा भेटी ठूलो दलको नेताको नाताले सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका हुन् ।
‘कांग्रेस संविधानसभामा सबभन्दा ठूलो दल हो, उसले नै आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्नुपर्छ । कांग्रेस र एमालेले ठूला दलका नाताले संविधानसभाबाट सरकार र संविधान निर्माणमा जिम्मेदारीपूर्व अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भयो’ भेटवार्तापछि खनालले संवाददाताहरूसित भने ।
कोइराला आफैंले समेत कांग्रेसको नेतृत्वमा सहमतिको सरकारको निर्माणको वातावरण बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसित भेटवार्ता गरिसकेका छन् । उनकै पहलमा कांग्रेसले बुधबार केन्द्रीय कार्य समितिको अनौपचारिक बैठक गरी सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णयसमेत गरिसकेको छ ।
कोइराला र खनालबीच कांग्रेस र एमाले आपसमा मिलेर संविधानसभाबाट नया“ सरकार गठन र संविधान निर्माण गर्नेबारेमा छलफल भएको छ । संविधानसभा चुनावपछि पहिलो र दोस्रो ठूलो पार्टी बनेका कांग्रेस र एमालेका नेतृत्वबीच पहिलोपटक भेटवार्ता भएको हो । कोइराला र खनालबीच ठूला दलका नाताले कांग्रेस र एमाले मिलेर संविधानसभाबाट जति सक्दो छिटो सरकार गठन र संविधान निर्माणको थालनी गर्नेबारेमा विचारविमर्श भएको जानकारी एमाले नेता रघुजी पन्तले दिए ।
‘कांग्रेस र एमालेका शीर्ष नेताबीच समय खेर नफाली सरकार र संविधान निर्माण्ँ मिलेर गर्नेबारेमा छलफल भयो’ भेटमा सहभागी एमाले नेता पन्तले भने । उनले संविधानसभा चुनावमा जनताले कांग्रेस र एमालेलाई मिलेर सरकार र संविधान निर्माण गर्न जनादेश दिएको र जनादेशअनुसार नै अघि बढ्नेबारेमा कोइराला र खनालबीच विचारविमर्श भएको जानकारी दिए ।
दुई नेताबीच संविधानसभाबाट संविधान निर्माणका क्रममा असन्तुष्ट दलहरूलाई कसरी मिलाएर जान सकिन्छ भन्नेबारेमा समेत छलफल भएको थियो । पन्तले कोइराला र खनालबीचको भेटवार्तामा सरकार गठनबारे विस्तृतमा छलफल नभएको बताए । भेटवार्ताका क्रममा संविधानसभाको दोस्रो चुनावपछि पहिलो र दोस्रो ठूलो पार्टी बनेका कांग्रेस र एमालेका शीर्È नेताबीच बधाई साटासाट भएका थियो । अघिल्लो चुनावको तुलनामा यसपटक कांग्रेस र एमालेले बढी सिट जितेकामा कोइराला र खनालले एक(अर्कालाई बधाई दिएका थिए ।

Wednesday, November 27, 2013

सहसचिव थापाको पुस्तक सार्वजनिक

काठमाडौं, १२ मंसिर– व्यवस्थापिका संसदका सहसचिव एवं सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापाद्वारा लिखित ‘नेपालमा सार्वजनिक प्रशासन र जवाफदेहिता’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरेले उक्त पुस्तक विमोचन गरेका थिए । निजामती प्रशासनमा तीन दसक लामो अनुभव स“गालेका थापाले पुस्तकमा सार्वजनिक प्रशासनभित्र रहेका विसंगति र कमीकमजोरी औंल्याउनुका साथै सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाएका छन् ।
घिमिरेले मुलुकको कार्यकारी र निजामती प्रशासनको कार्यान्वयन पक्षमा देखिएका कमीकमजोरी औंल्याई त्यसलाई सच्याउन आवश्यक पर्ने सैद्धान्तिकका अतिरिक्त व्यावहारिक पक्ष उजागर गरेकाले पुस्तक राजनीतिक तथा प्रशासनिक वृत्तमा रहेका सबैका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
सार्वजनिक लेखा समितिकी पूर्व सदस्य कमला पन्तले सरकार र राज्य संयन्त्रका विकृति र विसंगतिलाई उजागर गरेको पुस्तक मुलुकको भाग्य रेखा कोर्न संविधानसभामा हालै विजयी भएर आएका सभासदहरूका लागि महत्वपूर्ण दस्तावेज हुने बताइन् ।
कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले मुलुकमा सेवा निवृत्त भएपछिमात्र प्रशासकहरूले निजामती प्रशासनको कमीकमजोरी औंल्याएर लेख्ने प्रवृत्ति रहिरहेका बेला लेखक थापाले पदमै रह“दा आफूले देखे÷भोगेका सार्वजनिक प्रशासनका विकृति र विसंगति पुस्तकमार्फत् सार्वजनिक गरेर साहसिक र प्रशंसनीय कार्य गरेको बताए ।
सार्वजनिक प्रशासनमा रहेका आर्थिक विसंगतिका छिद्रछिद्र केलाएको हुनाले पुस्तक मुलुकलाई सुशासनको बाटामा लान चाहने प्रशासक, राजनीतिक नेता तथा नवनिर्वाचित सभासदका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास उनले व्यक्त गरे ।
महालेखा परिक्षक भानुप्रसाद आचार्यले अब बन्ने सरकार र नया“ संविधानसभा÷व्यवस्थापिका संसदका लागि मुलुकको सार्वजनिक प्रशासनको जवाफदेहिताको पाटोमा महत्वपूर्ण सुधार गर्न पुस्तक सहायकसिद्ध हुने बताए । लेखक थापाले निजामती प्रशासनमा तीन दसकभन्दा लामो समयसम्म रह“दा आफूले देखेका र भोगेका अनुभवलाई पुस्तकको रूप दिएको बताए ।



Sunday, November 24, 2013

लगातार पाँचवटा चुनाव जित्ने चार हस्ती

पाँचपटक संसद सदस्य हुने अर्का हस्ती
काठमाडौं, ९ मंसिर– चार राजनीतिक हस्तीले २०४८ सालदेखि लगातार मुलुकमा भएका सबै पाँचवटा लोकतान्त्रिक चुनाव जित्ने रेकर्ड कायम गरेका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल, फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि लगातार पा“चपटक चुनाव जित्ने रेकर्ड कायम गरेका हुन् ।
उनीहरूले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा चुनाव जितेका हुन् । देउवाले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन गृह जिल्ला डडेलधुराबाट जितेका थिए । उनले पहिलो संविधानसभा चुनाव डडेलधुरा र कञ्चनपुर–४ तथा दोस्रो संविधानसभा चुनाव भने डडेलधुरा र कैलाली–६ बाट जितेका हुन् ।
पौडेलले २०४८ को संसदीय निर्वाचन तनहु“–१ र २०५१, २०५६, २०६४ र २०७० को चुनाव भने तनहु“–२ बाट जितेका हुन् । फोरम (गणतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार पनि २०४८ सालदेखि हालसम्म निरन्तर चुनाव जितेको इतिहास कायम गरेका छन् ।
उनी कांग्रेसमा हु“दा २०४८, २०५१ र २०५६ मा सुनसरीबाट संसदीय चुनाव जितेका थिए । कांग्रेस छाडेर फोरममा लागेपछि उनले २०६४ को संविधानसभा चुनाव सुनसरी–३ र मोरङ ७ बाट जितेका थिए । यसपटक भने उनी सुनसरी–३ बाट जितेका छन् भने मोरङ–७ मा भने कांग्रेस नेता शेखर कोइरालासित पराजित भएका छन् । बिजुक्छले पनि भक्तपुर–१ बाट लगातार पा“चपटक चुनाव जिते ।
 चुकेका छन् । उनी २०४८, २०५१, २०५६ र २०६४ मा नवलपरासीबाट लगातार चुनाव जितेका थिए । यसपटक भने उनी नवलपरासी–५ मा कांग्रेसका उम्मेदवारसित पराजित भएका छन् ।
२०४८ देखि लगातार तीनवटा चुनाव जितेका कांग्रेसका बलबहादुर केसी, एमालेका नेता केपी ओली र राजेन्द्र पाण्डे भने २०६४ मा पराजित भएकाले पा“चपटकको रकर्ड राख्न पाएनन् । उनीहरू दुवै जनाले यसपटकको चुनाव भने जितेका छन् ।
कांग्रेसमा हु“दा २०४८, २०५१ र २०५६ मा चुनाव जितेका र हाल फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले २०७० मा समानुपातिक सिटबाट सभासदले भएकाले जनताबाट पा“चपटक प्रत्यक्ष निर्वाचित हुने रेकड राख्नबाट भने चुकेका छन् । यसपटक चौधरीले कैलाली–३ बाट चुनाव जितेका छन् । उनले लगातार २०४८, २०५१, २०५६ मा संसद तथा २०६४ र २०७० को संविधानसभा सदस्य हुने रेकर्ड भने राखेका छन् ।







Monday, November 18, 2013

अध्यक्ष रेग्मीद्वारा चुनावमा पूर्ण क्षमताका साथ काम गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं, ३ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनावको मंगलबार हुने मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पूर्ण क्षमता र आत्मबलका साथ काम गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उनले देशभरिका मतदान केन्द्रहरूमा मतदाताहरूलाई निश्चिन्त र ढुक्क भई निर्भिकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति गर्न निर्वाचनको अन्तिम घडीमा रातदिन नभनी काम गर्न पनि सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा नेकपा–माओवादी नेतृत्वको बहिष्कारवादी समूहले गर्न सक्ने अवरोधलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्ण रूपमा निस्तेज पार्ने र निर्वाचनविरोधी गतिविधि हुन नदिन अवलम्बन गरिंदै आएको कानुनबमोजिमको कारबाहीलाई निरन्तरता दिने विषयमा गम्भीर छलफल भएको मन्त्रिपरिषद अध्यक्षको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था रहेकाले यस अवधिमा आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि सम्बद्ध सुरक्षा निकायका प्रमुखहरूको ध्यानाकर्षण गराए ।
रेग्मीले सुरक्षा प्रमुखहरूसितको बैठकपछि सम्पूर्ण नागरिकहरूको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न देशभरिका सम्पूर्ण मतदान केन्द्रहरूको सुरक्षा स्थिति मजबुत रहेको उल्लेख गर्दै निर्धक्क भई मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरूलाई पुनः आग्रहसमेत गरेका छन् ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवसमसेर राणा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङलगायत सुरक्षास“ग सम्बद्ध अधिकारीहरू उपस्थित थिए ।


नेपाल सरकार
मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालय



प्रेस विज्ञप्ति

मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीज्यूले भोलि २०७० मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पूर्ण क्षमता र आत्मबलकासाथ काम गर्न चारवटै सुरक्षा निकायलाई आज निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास बालुवाटारमा आज बिहान भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उहाँले देशभरिका मतदान केन्द्रहरुमा मतदाताहरुलाई निश्चिन्त र ढुक्क भई निर्भिकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति गर्न निर्वाचनको यो अन्तिम घडीमा रातदिन नभनी काम गर्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देश गर्नुभयो ।  
बहिष्कारवादी समूहले गर्नसक्ने अवरोधको स्थितिलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने र निर्वाचनविरोधी गतिविधि हुन नदिन अवलम्बन गरिँदै आएको कानूनबमोजिमको कारबाहीलाई निरन्तरता दिने विषयमा बैठकमा गम्भीर छलफल भएको छ । 
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था रहेकाले यस अवधिमा आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि सम्बद्ध सुरक्षा निकायका प्रमुखहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकपश्चात् सम्पूर्ण नागरिकहरुको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न देशभरिका सम्पूर्ण मतदान केन्द्रहरुको सुरक्षा स्थिति मजबुत रहेको विश्वास दिलाउँदै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्धक्क भई मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई पुनः आग्रह गर्नुभएको छ ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ्ग लगायत सुरक्षासँग सम्बद्ध अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

२०७० मंसिर ३ गते, सोमबार ।
विमल गौतम
मन्त्रिपरिषद् अध्यक्षका प्रेस सल्लाहकार

राष्ट्रपतिद्वारा निर्भिकतापूर्वक मतदाता गर्न आह्वान

काठमाडौं, ३ मंसिर– राष्ट्रपति रामवरण्ँ यादवले मंगलबार हुने संविधानसभाको निर्वाचनमा निभिर्कता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।
यादवले पहिलो संविधानसभाले देशलाई लोकतान्त्रिक गण्ँतन्त्रमा रूपान्तरण्ँ गरेको स्मरण गर्दै अघिल्लो संविधानसभाको उपलब्धिको रÔा गर्दै संविधान निर्माण्ँ गर्ने अभियान सफल बनाउने जिम्मा दोस्रो संविधानसभामा रहेको उल्लेख गरेका छन् ।
‘आङ्खनो संबिधान आफैं बनाउने जनताको सपनालाई साकार तुल्याउन संविधानसभाभन्दा राम्रो विकल्प अरु हुन सक्दैन’ निर्वाचनको अघिल्लो दिन सोमबार राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूणर््ँ नेपालीले मताधिकारको सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले निर्वाचनबिना राजनीतिक अभ्यासले मात्रै नागरिकको आकांÔाको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्  । पहिलो संबिधानसभाको विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको निर्वाचन सफल बनाएर विश्व समुदायलाई नेपाली सÔम छौं भन्ने उदाहरण्ँ प्रस्तुत गर्नुपर्ने भन्दै राष्ट्रपतिले दलहरूबीच सुदृढ सम्बन्धका लागिसमेत आह्वान गरेका छन् ।
‘पहिलो संविधानसभाबाट निकास निस्कन नसकेकामा हामी दुःखी छौं’ सन्देशमा भनिएको छ, ‘सो सभाले हासिल गरेका केही महत्त्वपूणर््ँ उपलब्धिलाई बिर्सन मिल्दैन ।’ उनले पहिलो संविधानसभाले लडाकु व्यवस्थापन गर्दै शान्ति प्रक्रिया टुंग्याउने भूमिका खेलेको स्मरण्ँ गरे ।

Sunday, November 17, 2013

मन्त्रिपरिषदका अध्यक्षद्वारा ढुक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान

  • रेग्मीद्वारा राष्ट्रका नाममा सम्बोधन
  • बहिष्कारका नाममा हिंसात्मक कार्य गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी
काठमाडौं, २ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सरकारले संविधानसभा चुनावमा स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा मतदान गर्न सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्दै पूर्णरूपमा निश्चिन्त र ढुक्क भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।
मतदानको दुई दिनअघि आइतबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै रेग्मीले संविधानसभा चुनावले नया“ संविधान निर्माण गरी राजनीतिक संक्रमणकालको अन्त्य गरी संघीय लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले सम्पूर्ण मतदातालाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आह्वान गरेका हुन् ।
‘हामी नेपाली जस्तोसुकै परिस्थितिमा पनि आफ्नो देशको रूपान्तरण र अग्रगामी निकासका लागि एकजुट भएर कार्य गर्न सक्छौं भन्ने कुराको जीवन्त उदाहरण प्रस्तुत गर्ने ऐतिहासिक अवसरका रूपमा पनि यो निर्वाचन रहेको छ । यस अवसरको सदुपयोग गर्दै चुनावमा आफ्नो मतदाता नामावली रहेको केन्द्रमा पुगी स्वतन्त्र विचार र विवेकका आधारमा आफूले रोजेको दल र उम्मेदवारलाई निर्भिकतापूर्वक मतदान गरी राष्ट्रलाई सुखद भविष्यतर्फ उन्मुख गराउने कार्यमा सहभागी हुन सम्पूर्ण मतदातालाई विशेष आग्रह गर्छु’ अध्यक्ष रेग्मीको सम्बोधनमा भनेका छन् ।
उनले निर्वाचनबाट गठन हुने संविधानसभाले नेपालीको चाहनाअनुरूपको संविधान निर्माण गरी संवैधानिक र राजनीतिक निकासको मूल ढोका खोल्दै शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले यो निर्वाचनले आवधिक निर्वाचनजस्तो वैधानिक सरकार निर्माण गर्नेमात्र नभई नेपाल र नेपालीको सुखद भविष्यका लागि मार्गप्रशस्त पनि गर्ने उल्लेख गरेका छन् ।
‘निर्वाचनमा गरेको मतदानबाट नेपाली जनताको आकांक्षा पूरा भई नया“ पुस्ताको भविष्य निर्धारण हुने हु“दा चुनावमा भाग लिने प्रत्येक नेपालीको मतको ठूलो महत्व छ’ उनले सम्बोधनमा भनेका छन्– ‘तसर्थ, यस निर्वाचनमा हामी सबै नेपालीको सहभागिता ऐतिहासिक आवश्यकता हो भन्ने मैले ठानेको छु । नेपालको भविष्य निर्धारण गर्ने यति ठूलो सार्वजनिक महत्वको कार्यमा सिंगो देश एकताबद्ध भई एउटा लोकतान्त्रिक विधिमार्फत देशलाई निकास दिने निर्वाचनको कार्यमा जुट्नु हामी सबैको अधिकार, दायित्व र अवसर पनि हो ।’
अध्यक्ष रेग्मीले निर्वाचनस“ग असहमत रहेको नेकपा–माओवादीसहितको मोर्चालाई इंगित गर्दै शान्तिपूर्ण बहिष्कार गर्छु भन्दै आएको समूहले सर्वसाधारणलाई आतंकित पार्ने, बम पड्काउने, यात्रु बसमा पेट्रोल बम प्रहार गर्नेलगायतका अमानवीय कार्य गरेकामा निन्दा गर्दै त्यस्ता क्रियाकलाप गर्ने जोकसैलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । उनले संविधानसभा चुनावमा नेकपा–माओवादीलाई सहभागी गराउन सरकारले पटकपटक वार्ता गरी हदैसम्मको प्रयास गरेकोसमेत उल्लेख गरेका छन् ।
‘उहा“हरूले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहा“ स्मरण गर्न चाहन्छु । । संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कृुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रूपमा व्यक्त गरेको धारणाविपरित आमजनतालाई लक्षित गरी विध्वंसात्मक र हिंसात्मक कार्यको सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी सर्वसाधारणलाई आतंकित पार्ने र ज्यान मार्नेसम्मको कार्य गर्नु मानवताविरोधी कार्य हुन्, जुन् कदापि क्षम्य हुन सक्दैन । त्यस्ता अमानवीय कार्यको म घोर भत्र्सना गर्छु । त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु’ सम्बोधनमा रेग्मीले भनेका छन् ।
उनले नेकपा–माओवादीसहितको मोर्चालाई अझै पनि बन्द, हड्ताललगायत विरोधका सम्पूर्ण कार्य तत्काल रोकी राजनीतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्नसमेत आग्रह गरेका छन् । उनले केही दिनदेखि निर्वाचन बहिष्कार गर्ने प्रयोजनका लागि नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द र हडताललाई तिरष्कार गर्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चार माध्यम, व्यवसायी, उद्यमीलगायत सबैले स्वःस्फूर्त रूपमा अवज्ञा गरी जनजीवन सामान्य भइरहेको अवस्थाबाट सरकार थप उत्साहित भएको उल्लेख गरेका छन् । उनले यसमा आमनागरिकले प्रदर्शन गरेको साहस र जिम्मेवारीबोधका लागि सरकारका तर्फबाट आभारसमेत प्रकट गरेका छन् ।
अघिल्लो चुनावबाट निर्वाचित संविधानसभाबाट संविधान बन्न नसकेको दुःखद् यथार्थलाई आत्मसात गरी जनआन्दोलन–०६२÷६३ को उपलब्धिलाई संस्थागत गर्ने संविधान बनाउन सबै राजनीतिक दल र आमजनताले दोस्रो संविधानसभालाई सफल बनाउनसमेत आह्वान गरेका छन् ।
उनले हाम्रा अग्रजहरूले लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार र विधिको शासनजस्ता मूल्य र मान्यतालाई स्थापित गर्न गरेका संघर्ष र नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि गरेका प्रयत्न आजपर्यन्त सबैका लागि प्रेरणाका स्रोतका रूपमा रहेको उल्लेख गर्दे यी उपलब्धिलाई संस्थागत गर्ने विशेष जिम्मेवारी रहेकाले सबै एकताबद्ध भई अघि बढ्नु अत्यावश्यक रहेको उल्लेख गरेका छन् ।


मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष श्री खिलराज रेग्मीज्यूले २०७० मंसिर ४ गतेको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन
(२०७० मंसिर २ गते आइतबार, सिंहदरबार, काठमाण्डौ)



आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१. नेपाली राजनीतिक इतिहासको विशेष परिस्थितिमा २०७० मंसिर ४ गते हुनलागेको संविधानसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा यहाँहरुलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा नेपालको राजनीतिक संघर्षका विभिन्न आन्दोलनहरुमा देश र जनताको पक्षमा लाग्ने क्रममा आफ्नो प्राण उत्सर्ग गरी सहादत प्राप्त गर्नुभएका समस्त सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । उहाँहरुका परिवारजनप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै घाइते र अङ्गभङ्ग हुनुभएका सबैप्रति स्वास्थ्यलाभको कामना गर्दछु । साथै, हालै भएका बन्द, हड्ताल, आगजनीको क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दछु र मृत्युवरण गर्नुभएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते एवं अङ्गभङ्ग हुनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।
२. स्वाभिमानी, इमान्दार र पराक्रमीको रुपमा विश्वमा परिचित हामी नेपालीहरुको अखण्डता, सामाजिक सद्भाव र एकता सँधै उदाहरणीय रहँदै आएको छ । विश्व मानचित्रमा नेपाल र नेपाली सँधै सार्वभौम राष्ट्र र गौरवशाली नागरिकका रुपमा स्थापित छौँ । ऐतिहासिक कालखण्डदेखि वर्तमान समयसम्म विभिन्न राजनीतिक व्यवस्था र सामाजिक रुपान्तरणको प्रक्रियामा अभिमुख हुँदै हामी नेपाली देशलाई सुखी, शान्त र समृद्ध बनाउन सदा अग्रसर भइआएका छौं । हाम्रा अग्रजहरुले लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार र विधिको शासनजस्ता मूल्य र मान्यतालाई स्थापित गर्न गरेका संघर्ष र नेपालको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि गरेका प्रयत्नहरु आजपर्यन्त सबैका लागि प्रेरणाका श्रोतका रुपमा रहेका छन् । तसर्थ, यी उपलब्धिहरुलाई सँस्थागत गर्ने विशेष जिम्मेवारी रहेकाले हामी सबै एकताबद्ध भई अघि बढ्नु अत्यावश्यक छ ।
३. वर्तमान समयसम्म आइपुग्दा हामीले गरेका संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रयत्नमा हामी धेरै हदसम्म सफल भएका पनि छौ । तथापि, नेपालमा राजनीतिक रुपान्तरणसँगै आमजनसमुदायले अभिव्यक्त गरेका सामाजिक तथा आर्थिक विकासका पक्षमा आशातीत् सफलता हासिल गर्न नसकेको अवस्था हामी सबैलाई अवगत नै छ । विश्वव्यापीकरणसँगै हाम्रा मित्रराष्ट्रहरुको नागरिकका जीवनमा आमूल परिवर्तन भइसक्दा पनि हामी राजनीतिक प्रणालीको स्थायित्वका लागि नै संघर्षरत् हुनुपरेका कारण आमनागरिकमा निराशा उत्पन्न हुनु स्वाभाविक मान्नुपर्ने हुन्छ, तापनि, यस्ता विषयहरुमा निराश भएर मात्र राष्ट्रको रुपान्तरणको प्रक्रिया सफल हुन सक्दैन । आज विश्वमा विकसित र समृद्ध मानिएका कतिपय देशहरुको ऐतिहासिक अवस्थाको अध्ययन गर्दापनि ती देशहरु थुप्रै जटिलताहरु पार गरेर आजको अवस्थामा आएको पाइन्छ – जहाँ प्रतिकूल अवस्था रहँदारहँदै पनि एकताबद्ध भई आत्मविश्वासका साथ गरिएका प्रयत्नहरुका कारण आज ती देशहरुले आफूलाई समृद्ध देशका रुपमा स्थापित गर्न सक्षम भएका छन् । त्यसैले, हामी सबैले प्रत्येक प्रतिकूल अवस्थालाई अनुकूलतामा रुपान्तरण गरी भविष्यप्रति आशावादी हुँदै आफ्नो क्रियाशीलता कायम राख्नुपर्दछ भन्ने मेरो दृढ विश्वास छ ।
४. देशको शासन व्यवस्थालाई समयानुकूल परिवर्तन गरी मुलुकको सर्वाङ्गीण विकास गर्दै युग सुहाँउदो सामाजिक परिवेश निर्माण गर्ने लक्ष्यसहित नेपालमा २०६२÷०६३ सालमा ऐतिहासिक जनआन्दोलन सम्पन्न भएको थियो । जनआन्दोलनपश्चात् नेपाली जनताले आफ्नो लागि आफै संविधान निर्माण गर्ने उद्देश्यले २०६४ साल चैत्र २८ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमार्फत गठित तत्कालिन संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै सो सभाले नेपाली जनताको चाहना अनुरुपको संविधान निर्माण गर्ने प्रक्रिया प्रारम्भ गरेको थियो । तथापि, संविधान लेखन कार्यले पूर्णता नपाउँदै तत्कालिन संविधानसभा विघटन हुनपुगेका कारण हाम्रो संविधान लेखनको चाहना साकार हुन त सकेन नै, संविधानसभा विघटन सँगसँगै  देशमा एकैपटक संवैधानिक तथा राजनीतिक जटिलताको स्थिति उत्पन्न हुनपुग्यो । तर, मुलुकको अग्रगमनको प्रक्रिया निरन्तर चलिरहने हुँदा त्यस्तो विशिष्ट अवस्थाको संवैधानिक तथा राजनैतिक जटिलता हटाउने तात्कालिक प्रबन्ध गरी संविधानसभाको अर्को निर्वाचन गर्ने प्रयोजनका लागि वर्तमान सरकार निर्माण भई पुनः संविधानसभा निर्वाचन सम्पन्न हुन गइरहेको अहिलेको विशिष्ट परिस्थितिबारे यहाँहरुलाई जानकारी नै छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
५. नेपाली जनताले चाहना गरेको अग्रगामी परिर्वतनका लागि यतिबेला इतिहासले दिएको विशेष अवसरका रुपमा यही मंसिर ४ गते सम्पन्न हुन गैरहेको संविधानसभा निर्वाचन रहेको छ । यस निर्वाचनले नेपाली जनताको चाहनाअनुरुपको संविधान निर्माण गर्ने संविधानसभा र जननिर्वाचित सरकारको निर्माण गरी नेपाललाई रुपान्तरणको प्रक्रियामा अग्रसर गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ । देशको विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनका क्रममा हाम्रोजस्तो बहुल समाजमा पृथक–पृथक धारणाहरु पनि नसुनिएका होइनन् । तर, विद्यमान संक्रमणकाललाई अन्त्य गरी मुलुकलाई राजनैतिक निकास दिने एकमात्र उपाय संविधानसभा निर्वाचन भएकाले यो निर्वाचन गराउने पवित्र उद्देश्य लिई गठन भएको यस सरकारले भयरहित वातावरणमा अधिकाधिक जनसहभागितासहित स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न विगत आठ महिनादेखि गरेका सबै कार्यले सफलता प्राप्त गर्दै आज हामी मतदान गर्ने कार्यक्रमको सँघारमा आइपुगेका छौँ । संविधानसभा निर्वाचन सम्पन्न गराउने काममा आमजनसमुदाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, पेसागत संघ संगठन, अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको अभूतपूर्व सहयोग, सहकार्य र प्रोत्साहनबाट अपेक्षित सफलता हासिल गर्न सम्भव हँुदै आएको छ । निर्वाचनमा शान्तिसुरक्षाको महत्वलाई आत्मसात गर्दै निर्विघ्नतापूर्वक निर्वाचन सम्पन्न गर्न सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको छ । राज्यको प्रथम दायित्व शान्तिसुरक्षा भएकाले सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकार दृढ रहेको कुरा पटक–पटक सार्वजनिक भैसकेको छ । यता केही दिनदेखि निर्वाचन बहिष्कार गर्ने प्रयोजनका लागि आव्हान गरेको भनिएको बन्द र हड्ताललाई तिरष्कार गर्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चारमाध्यम, व्यवसायी, उद्यमी लगायत सबैले स्वःस्फूर्त रुपमा अवज्ञा गरी जनजीवन सामान्य भइरहेको अवस्थाबाट हामी थप उत्साहित भएका छौँ । लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रत्याभूतिका लागि आमजनसमुदायको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसपटकको आमहड्तालमा जनस्तरबाट भएको अवज्ञाबाट पुष्टि भएको छ । सार्वजनिक महत्वको यस कार्यमा आमनागरिकले प्रदर्शन गरेको साहस र जिम्मेवारीबोधका लागि नेपाल सरकारका तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु ।
६. वर्तमान निर्वाचन प्रक्रियाप्रति पृथक धारणा राख्ने दल तथा सोसँग सम्बद्ध मोर्चाका सम्बन्धमा म के भन्न चाहन्छु भने – उहाँहरु नेपाल, नेपाली भूगोल, नेपाली जनताको समस्या र हाम्रो राजनीतिक रुपान्तरणको प्रक्रियाप्रति पूर्ण जानकार हुनुहुन्छ । नेपाली जनताका नाममा राजनीतिक विचारधाराका आधारमा राजनीति गर्छु भन्ने उहाँहरुजस्ता व्यक्ति वा समूहले देशको स्थायित्व, शान्ति र समृद्धिको मार्गप्रशस्त गर्ने यस महत्वपूर्ण निर्वाचनमा आमजनसमुदायको भावनाविपरित कुनैपनि कार्य गर्नुहुनेछैन भन्ने मेरो विश्वास थियो । उहाँहरुले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु । लोकतान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियाप्रति विमति राख्दै निर्वाचनमा सहभागी नहुनु उहाँहरुको स्वतन्त्रता र राजनैतिक दलको स्वेच्छाको विषय हो । तर, यो निर्वाचन देशको संविधान निर्माण गर्ने संविधानसभाको गठन गर्नका लागि हुने भएकाले यथासम्भव सबै समूह, दल, जाति, वर्ग, क्षेत्र, धर्म, वर्ण, लिङ्ग समेतको प्रतिनिधित्व सुनिश्चित् गराउन समान अवसर प्रदान गर्दै निर्वाचन प्रक्रियामा समावेश गराउने जिम्मेवारी सरकारको पनि भएको कुरालाई बोध गरी पृथक धारणा राख्ने समूहसँग विगतमा पटक–पटक वार्ता गरी उहाँहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले हदैसम्मको प्रयास गरेको कुरा सर्वविदितै छ । संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कृुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिँसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो । जुनसुकै उद्देश्यले गरिएको भएतापनि हिँसाको परिणाम दुःखदायी हुने र त्यसबाट सर्वसाधारण नागरिक नै पीडित हुने भएकाले यस्तो कार्य निन्दनीय छ । एकातर्फ निर्वाचनमा आफ्नो सैद्धान्तिक असहमति रहेको भन्दै निर्वाचनमा सहभागी नभई शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने, अर्कोतर्फ सार्वजनिक स्थानहरुको शान्ति र सुव्यवस्थाको प्रतिकूल हुने कार्य गरी आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिँसात्मक कार्यको सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी सर्वसाधारणलाई आतङ्कित पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य हुन्, जुन् कदापि क्षम्य हुन सक्दैन । त्यस्ता अमानवीय, क्रुर एवं हिँसात्मक र कायरतापूर्ण कार्यको म घोर भत्र्सना गर्दछु । साथै, त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु । सार्वजनिक परिवहनका यात्रुको ज्यानै लिने उद्देश्यले बम प्रहार गरी नाबालक, महिला, ज्येष्ठ नागरिक लगायतका जनताहरुलाई घाइते, अङ्गभङ्ग बनाउने एवं ज्यान मर्नेसम्मको अवस्थामा पु¥याउने र कसैको मताधिकारको प्रयोगबाट वञ्चित गराउन बलको प्रयोग गर्ने कार्य हाम्रो जस्तो लोकतान्त्रिक विचारमा आधारित समाजमा कुनैपनि दृष्टिकोणबाट राजनीतिक कार्य हुनै सक्दैन । संविधानले निर्दिष्ट गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताले सँधै शान्तिपूर्ण व्यवहार र स्वस्थ राजनीतिक चरित्रको अपेक्षा गर्दछ । राजनीतिक चरित्रभन्दा बाहिर गई सामाजिक सुसम्बन्धमा खलल पर्ने, हिँसात्मक कार्य गर्न दुरुत्साहित गर्ने र अदालतको आदेश पालना नगर्ने जस्ता अभिव्यक्ति संविधान र कानून विपरितको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । अझैपनि म उहाँहरुलाई बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्न आग्रह गर्दछु । यसबाट नै आगामी दिनका लागि उहाँहरुको राजनैतिक मर्यादा र भविष्य पनि सुरक्षित अवतरण हुनसक्दछ । संविधान र कानूनविपरित हुने कार्यले निरन्तरता पाएको अवस्थामा सरकार आफ्नो जिम्मेवारीबाट विमुख हुन सक्दैन र आम मतदाता लगायत सबै नागरिकको जीउ, धन र मानवअधिकारको रक्षाको लागि सरकारले प्रभावकारी रुपमा कारबाही गरी दोषीलाई कानूनी दायरामा ल्याउँछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
७. अहिले हामी अत्यन्त संवेदनशील घडीमा आइपुगेका छौँ । विशिष्ट परिस्थितिमा इतिहासले नेपाली नागरिकलाई दुईपटक संविधानसभाको निर्वाचनमा भाग लिने अवसर प्रदान गरेको छ । यस निर्वाचनबाट गठन हुने संविधानसभाले नेपालीको चाहनाअनुरुपको संविधान निर्माण गरी संवैधानिक र राजनैतिक निकासको मूल ढोका खोल्दै शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पु¥याउने विश्वास मैले लिएको छु । यो निर्वाचनले आवधिक निर्वाचनजस्तो वैधानिक सरकार निर्माण गर्ने मात्र नभई नेपाल र नेपालीको सुखद भविष्यका लागि मार्गप्रशस्त पनि गर्नेछ । अहिले गर्न लागिएको संविधानसभा निर्वाचन विगतमा हासिल गरिएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियाको निरन्तरता हो । संविधानसभाको निर्वाचन आफैमा लोकतन्त्रको एक महत्वूर्ण अभ्यास भएकाले हाम्रो सहभागिताबाट लोकतन्त्र थप सुदृढ भई यसको सँस्थागत विकासमा नयाँ आयाम थपिने पनि स्पष्ट छ । यो निर्वाचनमा हामीले गरेको मतदानबाट नेपाली जनताको आकांक्षा पूरा भई नयाँ पुस्ताको भविष्य निर्धारण हुनेहुँदा यो निर्वाचनमा भाग लिने प्रत्येक नेपालीको मतको ठूलो महत्व छ । तसर्थ, यस निर्वाचनमा हामी सबै नेपालीको सहभागिता ऐतिहासिक आवश्यकता हो भन्ने मैले ठानेको छु । नेपालको भविष्य निर्धारण गर्ने यति ठूलो सार्वजनिक महत्वको कार्यमा सिङ्गो देश एकताबद्ध भई एउटा लोकतान्त्रिक विधिमार्फत देशलाई निकास दिने निर्वाचनको कार्यमा जुट्नु हामी सबैको अधिकार, दायित्व र अवसर पनि हो ।
८. आगामी दिनहरु हाम्रो देशको लागि अत्यन्त महत्वपूर्ण हुनेछन् । यस अवधिमा हामी सबैले मैत्रीपूर्ण व्यवहार, आपसी सद्भाव र राष्ट्रियताको भावनाबाट अभिप्रेरित भई हाम्रो एकता र विश्वासलाई अझ बढी मजबुत बनाउँदै निर्वाचनलाई सफल बनाउन क्रियाशील हुनुपरेको छ । सिङ्गो देश नै निर्वाचनमय भैसकेको अहिलेको यस्तो उत्साहप्रद समयमा सबैले शान्तिपूर्ण वातावरण र लोकतान्त्रिक व्यवहारमार्फत आफ्नो विवेकका आधारमा मतदान गर्ने कार्यमा अभिमुख हुन अत्यावश्यक छ । हामी नेपालीहरु जस्तोसुकै परिस्थितिमा पनि आफ्नो देशको रुपान्तरण र अग्रगामी निकासका लागि एकजुट भएर कार्य गर्नसक्छौँ भन्ने कुराको जीवन्त उदाहरण प्रस्तुत गर्ने राष्ट्रिय महापर्व एवं ऐतिहासिक अवसरका रुपमा पनि यो निर्वाचन रहेको छ । यस अवसरको सदुपयोग गर्दै २०७० मंसिर ४ गतेको मतदान कार्यक्रममा आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा पुगी स्वतन्त्र विचार र विवेकका आधारमा आफूले रोजेको राजनीतिक दल र उम्मेदवारलाई निर्भिकतापूर्वक मतदान गरी राष्ट्रलाई सुखद भविष्यतर्फ उन्मुख गराउने कार्यमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई विशेष आग्रहका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, मतदाताहरुको संविधानप्रदत्त मताधिकारको सुनिश्चित हुनेगरी स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न सरकारले प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था अधिकतम् कडा पारिएकोले पूर्ण रुपमा निश्चिन्त र ढुक्क भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई पुनः आव्हान गर्दछु । धन्यवाद ।
२०७० मंसिर २ गते, आइतबार ।

कार्टरद्वारा राष्ट्रपति यादवसित भेटवार्ता

काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले राष्ट्रपति डा रामवरण यादवस“ग आइतबार भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र त्यसपछि लेखिने संविधानका मूलभूत विषयबारे छलफल भएको जानकारी राष्ट्रपति कार्यालयका एक अधिकारीले दिएका छन् ।
राष्ट्रपति यादवले संविधानसभा निर्वाचनका साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि भारत, चीन, युरोपेली संघ, अमेरिकालगायत मुलुक र अन्तर्राष्ट्रिय समुदायले सक्दो सहयोग गरिरहेको बताए ।
उनले कार्टरलाई पारदर्शी, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र त्यसनिम्ति पर्याप्त सुरक्षाकर्मी परिचालनका साथै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए ।
‘निर्वाचनको तयारीलगायत चुनावी प्रक्रियाको अवलोकन एवं निरीक्षण गर्न पनि राष्ट्रपतिले कार्टरलाई आग्रह गर्नुभयो’ राष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।  ती अधिकारीका अनुसार करिब २५ मिनेट भएको भेटमा अमेरिकी पूर्वराष्ट्रपतिले शासकीय स्वरूप र संघीयताका विषयमा सबै पक्षबीच समझदारी कायम गर्ने मिलनविन्दु ‘फ्रेन्च मोडेल’ उपयुक्त हुने धारणा व्यक्त गरेका थिए ।
कार्टरले यादवलाई संसारका विभिन्न मुलुकमा भएका निर्वाचनको कार्टर सेन्टरले पर्यवेक्षण गर्दै आएको तथा सोही क्रममा आफू नेपाल आएको जानकारी गराएका थिए । युरोपेली संघको पर्यवेक्षण ‘मिसन’ स“ग मिलेर आफू नेतृत्वको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र र मतगणनास्थलको पर्यवेक्षण गर्ने जानकारी पनि उनले राष्ट्रपतिलाई गराएका थिए ।




चुनाव गराउन सरकारले निर्वाह गरेको भूमिका प्रशंसनीय : कार्टर

कार्टरद्वारा मन्त्रिपरिषद्का अध्यक्षसित भेटवार्ता
काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले संविधानसभा निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको सरकारले निर्वाह गरेको भूमिकाको सिंगो अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन र प्रशंसा गरेको बताएका छन् ।
उनले आइतबार बिहान अध्यक्ष रेग्मीसित भेटवार्ता गरी संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताएका छन् । मन्त्रिपरिषदको अध्यक्षको सचिवालयबाट जारी विज्ञप्तिका अनुसार कार्टरले नेपालको विशेष परिस्थितिमा हुन लागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान हुने विश्वाससमेत व्यक्त गरेका हुन् ।
भेटका अवसरमा कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता चुनावमा मतदान गर्न आतुर रहेको आफूले पाएको बताउ“दै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गरे ।
रेग्मीले कार्टर सेन्टरलगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गरेका थिए । उनले निर्वाचन पर्यवेक्षणका लागि कार्टर स्वयं आएकामा धन्यवादसहित आभार व्यक्त गरे ।
रेग्मीले निर्वाचनविरोधी कुनै पनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउ“दै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए । रेग्मीले मतदाताहरूको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिंसात्मक कार्य गर्ने वा कानून प्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानुनबमोजिम कारबाही गरी मतदाताको मताधिकार सुनिश्चित गर्ने पनि कार्टरलाई जानकारी गराए ।


नेपाल सरकार
मन्त्रिपरिषद् अध्यक्षको निजी सचिवालय
पे्रस विज्ञप्ति


मन्त्रिपरिषद् अध्यक्ष रेग्मी–अमेरिकी पूर्वराष्ट्रपति कार्टर भेट

कार्टर सेन्टरका अध्यक्ष एवं अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले २०७० मंसिर ४ गतेको संविधानसभा निर्वाचन सम्पन गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी र उहाँ नेतृत्वको सरकारले सरकार गठन भएपछि निर्वाह गरेको भूमिकाको सिङ्गो अन्तराष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताउनुभएको छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग आज बिहान बालुवाटारमा भेटवार्ता गर्दै पूर्वराष्ट्रपति कार्टरले संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताउनुभयो । नेपालको विशेष परिस्थितिमा हुनलागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।
भेटका अवसरमा पूर्वराष्ट्रपति कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता २०७० मंसिर ४ गते मतदान गर्न आतुर रहेको आफूले पाएको बताउँदै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले कार्टर सेन्टर लगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गर्नुभयो । साथै, निर्वाचन पर्यवेक्षणको लागि कार्टर स्वयं उपस्थित हुनु भएकोमा मन्त्रिपरिषद् अध्यक्षले धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
भेटकै क्रममा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनविरोधी कुनैपनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउँदै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । साथै, मतदाताहरुको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिँसात्मक कार्य गर्ने वा कानूनप्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानूनबमोजिम कारबाही गरी मतदाताहरुको मताधिकार सुनिश्चित गर्ने पनि मत्रिपरिषद्का अध्यक्ष रेग्मीले पूर्वराष्ट्रपति कार्टरलाई बताउनुभयो ।


Friday, November 15, 2013

चुनावी सरकारद्वारा आचारसंहिता उल्लंघन गरी राजनीतिक नियुक्ति

प्रकृति संरक्षणको कोषको सदस्यसचिवमा गजुरेल नियुक्त
काठमाडौं, २९ कात्तिक– संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकारले निर्वाचन ऐन र आचारसंहितालाई उल्लंघन गरी राजनीतिक नियुक्ति गरेको छ । एमालेको कोटामा वनमन्त्री बनेका टेकबहादुर घर्तीको सिफारिसमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गोविन्द गजुरेललाई राष्ट्रिय प्रकृति संरÔण्ँ कोÈको सदस्यसचिव पदमा नियुक्ति गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको हो । गजुरेल एमाले भातृ संगठन नेपाल बुद्धिजीवी परिÈद्का केन्द्रीय सल्लाहकार हुन् ।
चुनाव हुनु पा“च दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले चिनिया“ जहाज खरिद गर्ने अर्को विवादास्पद निर्णय गरी त्यसका लागि चीन सरकारसित ऋण र अनुदान सम्झौता गर्ने अख्तियारीसमेत दिएको छ । सोही दिन नै सरकारले राजनीतिक नियुक्तिसमेत गरेको हो ।
चुनावी सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिक निर्णयबाहेक मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय र राजनीतिक नियुक्ति गर्न संवैधानिक र कानुनी रूपमै नमिल्ने सरकारी अधिकारीहरू नै बताउ“छन् ।
मन्त्रिपरिषदले गजुरेलको नियुक्तिलाई सार्वजनिक नगरी गोप्य राखेको छ । तर, गजुरेल शुक्रबार कोषको कार्यालयमा पदबहाली गरेपछि उनको नियुक्तिको खुलासा भएको हो । निर्वाचत आचारसंहिता लागू भएपछि सरकारले निर्वाचन आयोगको पूर्वसहमतिबिना नियुक्ति, सरुवा र बढुवाको निर्णय गर्न सक्तैन । तर, सरकारले आयोगको पूर्वसहमति नलिईकन गजुरेललाई नियुक्त गरेको हो ।
वनमन्त्रालयले बिहीबारमात्र गजुरेललाई नियुक्तिका लागि आयोगसित सहमति माग्दै पत्र पठाएको छ । सरकारले आयोगको सहमति नआउ“दै गजुरेलको नियुक्तिको निर्णय गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको जानकारी वन मन्त्रालयका एक अधिकारीले दिए ।
तर, आयोगका पदाधिकारी भने यसबारेमा बोल्न चाह“दैनन् । ‘आयोगमा त्यसबारेमा सहमति मागेर पत्र आएको छ । तर, आयोगको बैठक बसेर लिखित सहमति गए÷नगएको मलाई थाहा छैन, भोलि–पर्सिसम्ममा मात्र त्यसबारेमा बुझेर भन्न सक्छु’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने ।
गजुरेल मनमोहन प्रतिष्ठान सानेपामा कार्यकारी निर्देशक थिए । एमाले सरकारमा सहभागी रहेका बेला उनी सिटिईभिटीमा सदस्यसचिव समेत भएका थिए । कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले कार्यकाल पूरा गरी कात्तिक ४ मा अवकास पाएपछि रिक्त पदमा गजुरेललाई नियुक्ति गरिएको हो ।