Friday, January 26, 2018

६५ वर्षमै वृद्ध भत्ता

भूकम्पपीडितलाई थप एक लाख 
काठमाडौं, १२ माघ– सरकारले वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा सारेको छ । बुधबारको मन्त्रिपरिषद् निर्णयले यसस“गै भूकम्पपीडितलाई थप एक लाख रुपैया“ अनुदान दिने निर्णयसमेत गरेको छ । यसस“गै अब ६५ वर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउनेछन् । यसअघि ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता दिने व्यवस्था थियो । 
हाल सरकारले ७० वर्ष पुगेका वृद्धलाई मासिक भत्ता १ हजार र औषधि उपचार खर्चबापत मासिक १ हजार दि“दै आएको छ । सामाजिक भत्ता वितरण प्रणालीमा गरिएको यो फेरबदलले राज्यलाई थप १८ अर्ब व्ययभार पर्ने अर्थस्रोतको भनाइ छ । सामाजिक सुरक्षा भत्तामा हाल करिब ३५ अर्ब रुपैया“ खर्च हुने गरेको छ । 

संसदका दुवै सचिवको राजीनामा

काठमाडौं, १२ माघ– संघीय संसद् सचिवालयका दुवै सचिवसहित १६ जनाले स्वैच्छिक अवकाशका लागि राजीनामा दिएका छन् । सरकारले २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर नाघेका कर्मचारीलाई सात वर्षको एकमुष्ट पेन्सन सुविधासहित स्वैच्छिक अवकाश दिन सार्वजनिक सूचना आहवान गरेपछि दुवै जनाले राजीनामा दिएका हुन् ।
संसद् सचिवालय स्रोतले सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले स्वैच्छिक अवकाश रोजेर राजीनामा दिएको जनायो । स्रोतका अनुसार सचिवालयका एक सहसचिव, एक उपसचिव, चार अधिकृतसहित थप १४ जनाले समेत स्वेच्छिक अवकाशका लागि राजीनामा दिइसकेका छन् ।

सातै प्रदेशमा व्यापार प्रदर्शनी केन्द्र खोलिने

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन भत्ता
मन्त्रिपरिषद् बैठक
काठमाडौं, १२ माघ– सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार यस्तो केन्द्र प्रदेश १ को धरान, २ को वीरगन्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा हुनेछन् । 
मन्त्रिपषिद्ले अन्तर्राष्ट्रिय खेलहरूमा नेपालका लागि पदक जितेका खेलाडीलाई आजीवन भत्ता दिने पनि निर्णय गरेको छ । खेलाडीहरूलाई जीविकोपार्जन भत्ताका रूपमा मासिक ५ हजार रुपैया“ दिइनेछ । 

Sunday, January 14, 2018

छिन्ताङमा मारिएका १६ कम्युनिस्ट कार्यकर्ता सहिद घोषित

द्वन्द्वकालमा मारिएका अन्य ५ समेत सहिद घोषणा
काठमाडौं, २९ पुस– सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०÷१० लाख रुपैया“ राहत दिने निर्णय गरेको छ । पञ्चायतीकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्तालाई हत्या गरिएको घटना मुलुकको लोकतान्त्रिक आन्दोलन छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 
उद्योग मन्त्री सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २०३६ सालमा भएको छिन्ताङ घटनामा मारिएका कम्युनिस्ट कार्यकर्ताहरूलाई सहिद घोषणा गरी राहत दिने निर्णय गरेको हो । 

Monday, January 1, 2018

बिजुलीमा परनिर्भरता बढ्दै

  • भारतबाट ४ सय ७० मेगावाट आयात
  • प्राधिकरण र निजीको गरी ५ सय ८० मेगावाट उत्पादन
  • यस वर्ष १४० मेगावाट थपिने
  • ३३० मेगावाट नपुग

काठमाडौं, १६ पुस– बिजुलीमा भारतसितको परनिर्भरता वर्सेनी बढै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले वर्सेनी परनिर्भता बढेको हो ।

‘सुक्खायामको सुरुआतस“गै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत् आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ(फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट बिजुली आयात हुनेछ ।’ 

सैनिक प्रवक्तामा भण्डारी

काठमाडौं, १६ पुस– नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ ।  धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनपछि नै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने जानकारी सैनिक स्रोतले दिएको छ । 
प्रवक्ता सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि जंगी अडडाले भण्डारीलाई नया“ प्रवक्ता तोकेको हो ।