Friday, June 29, 2012

किर्ते गरी जग्गा दर्ता गर्नेलाई कारबाही गर्न छानबिन समिित

काठमाडौं, १५ असार- भूमिसुधार तथा व्यवस्था मन्त्रालयले किर्ते कागजात खडा गरी भूमाफियासित मिलेर सामाजिक संस्थाको करौडौं पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गराएका मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका दोषी कर्मचारीलाई कारबाही गर्न छानबिन समिति गठन गरेको छ ।
भूमिसुधार मन्त्रालयका सचिवस्तरीय निर्णयबाट वैद्यसहितका कर्मचारीमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्न मन्त्रालयका जग्गा प्रशासन महाशाखा प्रमुख तेजराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी स्रोतले दिएका छन् । समितिमा जग्गा प्रशासन महाशाखाका उपसचिव हुपेन्द्रमणि केसी र नापी विभागका प्रमुख नापी अधिकृत ध्रुव अर्याल सदस्य छन् । छानबिन समितिलाई कारबाहीको सिफारिस गर्न असार मसान्तसम्मको म्याद दिइएको जानकारी भूमिसुधार मन्त्रालयका एक अधिकारीले दिए ।
सामाजिक संस्थाको जग्गा प्रमुख मालपोत अधिकृत र भूमाफियाको मिलोमतोमा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले छानबिन गरी वैद्यसहितका दोषी कर्मचारीमाथि विभागीय कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो ।
प्रधानमन्त्री कार्यालयले राजधानीको चक्रपथस्थित कुष्ठरोग निवारण संघले भोगचलन गर्दै आएको मारबाडी सेवा समितिको ३ रोपनी १४ आना जग्गा 'जग्गा दर्तासम्बन्धी कार्यविधि' उल्लंघन गरी व्यक्तिको नाममा दर्ता गरेको पाइएकाले प्रमुख मालपोत अधिकृतसहित त्यसमा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
छानबिन समितिलाई 'जग्गा दर्तासम्बन्धी कार्यविधि' उल्लंघन गरी सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कुन कुन कर्मचारीलाई जग्गा प्रशासन कार्यविधि २०६२ र जग्गा प्रशासन निर्देशिका २०५८ अनुसार के कस्तो विभागीय कारबाही गर्नुपर्ने हो भन्ने सिफारिस गर्ने दायित्व दिइएको छ । छानबिन समितिले सिफारिस गरेपछि मन्त्रालयले दोषी कर्मचारीमाथि विभागीय कारबाही गर्नेछ ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया पूरा नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् । मालपोत कार्यालयले सामाजिक प्रधानमन्त्री कार्यालयका अधिकारीले छानबिन गर्दा उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै पनि प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएको थियो ।

Thursday, June 28, 2012

मन्त्रिपरिषदद्वारा १६ पेसेवर अपराधीको मुद्दा फिर्ता लिने तयारी

पूर्वसांसद श्रेष्ठ र इन्जिनियर बिष्टको हत्यामा संलग्नको मुद्दासमेत फिर्ता लिन प्रस्ताव
माओवादी कार्यकर्ता नेपाललगायतको दण्डसजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी

काठमाडौं, १४ असार- सरकारले अपहरण, हत्या र डकैतीको अभियोग लागेका १६ जना पेसेवर अपराधीको मुद्दा फिर्ता लिने अन्तिम तयारी गरिरहेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले कानुन मन्त्रीको हैसियतले राजनीतिक आवरणमा पेसेवर र गम्भीर अपराधमा संलग्नको ती १६ जनाको मुद्दा फिर्ता लिन मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी एक मन्त्रीले दिए ।
भट्टराई नेतृत्वको मन्त्रिपरिषदले राजनीतिक आवरणमा शान्ति प्रकि्रया सुरु भएपछि हत्या अपहरण र विशुद्ध डकैतीको अभियोग लागेका ३ सय ६७ जना अपराधीको मुद्दा फिर्ता लिएको पाँच महिनापछि त्यस्तै गम्भीर प्रकृतिका अभियोग लागेका थप १६ जनाको मुद्दा फिर्ता लिने तयारी गरेको हो ।
प्रधानमन्त्रीले गत जेठमा राखेको प्रस्तावमा माओवादीबाहेकका पार्टीका मन्त्रीहरुको तीव्र विरोध भएपछि त्यसमा सहमति जुटाई निर्णयमा पुग्ने तयारी भइरहेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार मन्त्रिपरिषदले ती १६ जनाको मुद्दा फिर्ताको विषयमा सत्तामा रहेका सबै दललाई सहमत गराई निर्णयार्थ प्रस्ताव ल्याउन शान्तिमन्त्री टोपबहादुर रायमाझीलाई जिम्मा दिएको छ । रायमाझीले सत्तामा रहेका दलहरुसित छलफल गरी एक÷दुई दिनमा नै सहमतिको प्रस्ताव ल्याउने र त्यसपछि मुद्दा फिर्ताको निर्णय हुने जानकारी एक मन्त्रीले दिए ।
ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले राप्रपाका नेता एवं पूर्वमन्त्री कृष्णचरण श्रेष्ठको हत्या सिराहामा इन्जिनियर नवराज बिष्टलाई अपहरण गरी गोली हानी मारेको र हातहतियार खरखजानासम्बन्धी तीनवटा गम्भीर अपराध गरेका अभिताव भनिने उदयनारायण अड्गडिया यादवसहितको मुद्दा फिर्ता लिन प्रस्ताव गरेका हुन् । सिरहा क्षेत्र-३ का पूर्वसांसद श्रेष्ठको २०६३ असोज ७ गते शनिवार बिहान हत्या भएको थियो । सिरहाको बेल्हास्थित घरमा शनिबार बिहान मर्निङ वाकबाट फर्कंदै गर्दा श्रेष्ठकॊ मोटरसाइकल चढेर आएका तीन जनाको समूहले गाउँबीचमा गोली हानी हत्या गरेको थियो ।
श्रेष्ठको हत्यामा अड्गडियासहितको समूहमाथि किटानी जाहेरीसहित २०६३ कात्तिक १५ मा सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । २०६८ जेठ २४ मा सिरहा नगरपालिका-७ बाट पक्राउ परेका सिरहा भेडिया-६ का अड्गडिया भने श्रेष्ठको हत्या र हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा छन् ।
ओटासिल तथा स्यान्डसिल प्रविधिको प्रयोग गरी निर्माण भइरहेको लहान-ठाडी सडक खण्ड अनुगमन गर्ने क्रममा जिल्ला प्राविधिक कार्यालय उदयपुरका इन्जिनियर बिष्टलाई अड्गडियासहितको समूहले अपहरण गरी २०६४ वैसाख २८ गते हत्या गरेका थिए । बिष्टको हत्याको अभियोगमा अड्गडियासहितमाथि ०६८ साउन ८ मा जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दासमेत ०६७ पुस २ देखि जिल्ला अदालतमा चलिरहेको छ ।
प्रधानमन्त्रीले मुद्दा फिर्ता लिन प्रस्ताव गरेका अर्का अपराधीमा सिराहाकै बालकृष्ण कुँवर मुखिया छन् । उनीमाथि हातहतियार खरखजाना सिरहा कारगार फोरेर कैदी भगाएको र आफू पनि भागेको संगीन अभियोग छ । सिरहा नगरपालिका-७ महिसोथाका मुखिया २०६४ चैत्र ८ गते आफ्नै घर अगाडिबाट पक्राउ परी सिरहा कारागारमा थिए । २०६५ साउन २९ मा सिरहा कारागार फोरेर भागेका र अरु कैदीलाई समेत भगाएका मुखिया पुनः २०६७ मंसिर ११ गते पक्राउ परेका हुन् । उनीमाथि हातहतियार तथा खरखजाना कैदबाट भागेको र कैदी भगाएको अभियोगमा जेलमा छन् । उनीमाथि अड्गडियाको समूहमा लागेर इन्जिनियर बिष्टको हत्यामा समेत संलग्न भएको अभियोगसमेत छ ।
प्रधानमन्त्रीले मुद्दा फिर्ता लिन प्रस्ताव गरेका उमेशराय यादवसहितका अरु व्यक्तिसमेत पेसेवर रुपमा हत्या ज्यान मार्ने उद्योग र डकैतीजस्ता गम्भीर अपराधमा संलग्न छन् । मन्त्रिपरिषद सचिवालय स्रोतका अनुसार उनीहरुमाथि बाँके सर्लाही सिराहा कास्की र बैतडीमा हत्या ज्यान मार्ने उद्योग र डकैती गरेकामा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
तत्कालीन कानुनमन्त्री बृजेशकुमार गुप्ताकै पालामा ३ सय ६७ जनाको मुद्दा फिर्ता लिने क्रममा यी १६ जनाको मुद्दा पनि फिर्ता लिन माओवादीबाट प्रस्ताव आएको थियो । तर गुप्ताले कानुनमन्त्रीको हैसियतमा गम्भीर पेसेवर यी १६ अपराधीको मुद्दा फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषदमा लान अस्वीकार गरेपछि उनीहरुको मुद्दा फिर्ताको प्रकि्रया अघि बढेको थिएन । गुप्ताकै प्रस्तावमा मन्त्रिपरिषदले गत फागुनमा ३ सय ६७ जनाको मुद्दा फिर्ता लिएको हो ।
मन्त्रिपरिषदको जेठ ११ को बैठकमा प्रधानमन्त्रीले यी १६ जनाको मुद्दा फिर्ता लिन प्रस्ताव गर्दा माओवादीबाहेकका पार्टीका मन्त्रीहरुका तीव्र विरोध भएपछि उक्त दिन निर्णय हुन सकेन । त्यसपछि प्रधानमन्त्रीले ती १६ जनाको मुद्दा फिर्तामा विरोध गर्नेहरुलाई समेत सहमत गराई निर्णयका लागि प्रस्ताव ल्याउन मन्त्री चन्द्रदेव जोशीलाई आग्रह गरेका थिए । तर उनले नमानेपछि प्रधानमन्त्रीले शान्तिमन्त्री रायमाझीलाई विरोध गर्ने पार्टीका मन्त्रीसहितको तीन जनाको टोली बनाएर त्यसमा सहमतिसहितको प्रस्ताव ल्याउने जिम्मा दिएका छन् रायमाझीलाई मुद्दा फिर्तामा सहमतिको प्रस्ताव ल्याउन जिम्मा दिने प्रधानमन्त्रीको प्रस्तावलाई मन्त्रिपरिषदले समेत अनुमोदन गरेको छ । रायमाझीले सत्तामा रहेका अरु दललाई सहमत गराएर एक÷दुई दिनमै मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने र त्यसमा तत्काल निर्णय गर्ने तयारी गरिरहेको जानकारी स्रोतले दिए ।
यसैबीच माओवादी नेतृत्वको सरकारले माओवादीका केशवराज नेपाललगायतका कार्यकर्ताले अदालतबाट पाएको दण्डसजाय माफी गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने विवादास्पद तयारीसमेत गरेको छ । सर्वोच्चले अन्तिम अदालतबाट सजाय पाएको तर त्यसलाई स्वीकार नगरी थुनामा नै नबसेको व्यक्तिलाई दण्ड सजाय माफी दिन नमिल्ने फैसला गरिसकेका बेला सरकारले नेपाललगायतका कार्यकर्तामाथि दण्ड सजायको माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गर्नु नै विवादास्पद रहेको स्रोतले उल्लेख गरेको छ । सशस्त्र द्वन्द्वका बेला द्वन्द्वसँग असम्बन्धित हत्याको अभियोगमा अदालतले नेपालसमेतमाथि जन्मकैदको फैसला सुनाएको छ ।
सरकारले यसअघि सर्वोच्च अदालतले हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका तत्कालीन सभासद बालकृष्ण ढुंगेललाई माफी दिन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसबारेमा रिट परेपछि सर्वोच्चले न्यायालयको फैसला स्वीकारै नगरेको र थुनामा नै नबसेको व्यक्तिलाई माफी दिन मिल्दैन भन्दै ढुंगेललाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको छ । यो आदेशअनुसार सरकारले नेपालसहितका माओवादी कार्यकर्तालाई सुनाइएको दण्डसजाय फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्न मिल्दैन ।





कांग्रेसमा संविधानसभा पुनःस्थापनालाई एजेन्डा बनाउन ज्ञापन

काठमाडौं, १४ असार- कांग्रेसका ७८ पूर्वसभासदले संविधानसभा पुनःस्थापनालाई पार्टीको एजेन्डा बनाउन सभापति सुशील कोइरालालाई ज्ञापनपत्र दिएका छन् । उनीहरुले बिहीबार कोइरालालाई सामूहिक रुपमा भेटी मुलुकको राजनीतिक संकट अन्त्य गरी संविधान निर्माण र संक्रमणकालको अन्त्य गर्न संविधानसभा पुनःस्थापनाको विकल्प नरहेको भन्दै ज्ञापनपत्र दिएका हुन् ।
ज्ञापनपत्रमा उनीहरुले नयाँ चुनाव गराउने स्थिति नै नरहेका बेला संविधानसभा पुनःस्थापनालाई पार्टीको एजेन्डा बनाएर अरु पार्टीसित त्यसमा सहमतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको जानकारी कांग्रेसका पूर्वसभासद मोहन पाण्डेले जानकारी दिए । छन् । 'हामीले पार्टीले संविधानसभा पुनःस्थापनालाई पार्टीको आधिकारिक एजेन्डा बनाएर अघि बढ्न आग्रह गरेका छौं मुलुकमा संकट समाधान गरी संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न संविधानसभाको पुनःस्थापनाबाहेक अर्को विकल्प छैन भनेर ज्ञापनपत्र दिएका हौं' पाण्डेले भने ।

सैनिक अधिकारीहरुको बढुवा र सरुवा

काठमाडौं, १४ असार- सरकारले नेपाली सेनाका उच्च सैनिक अधिकारीहरुको बढुवा पदस्थापना र सरुवा गरेको छ । मन्त्रिपिरÈद्को बिहीबार बसेको बैठकले सेनाको कानुन विभागमा रिक्त उपरथीमा सहायक रथी निरेन्द्रप्रसाद अर्याललाई बढुवा गरेको छ । कानुन विभाग प्रमुख उपरथी बीएकुमार शर्माको अनिवार्य अवकासपछि रिक्त पदमा अर्याललाई बढुवा गरिएको हो । अर्याललाई कानुन विभाग प्रमुखमा पदस्थापन गरिएको छ ।
मन्त्रिपरिषदले महासेनानीद्वय रामकृष्ण्ँ अधिकारी र हिमालयविक्रम खत्रीलाई सहायकरथीमा बढुवा गरी पदस्थापना गरिएको जानकारी सूचना तथा साचार मन्त्री राजकिशोर यादवले दिए । मन्त्रिपिरÈद् बैठकले तीन प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापना गरेको छ ।
मन्त्री यादवका अनुसार मन्त्रिपरिषदले तीन सहायक रथी र १० महासेनानीको सरुवा गरेको छ । बैठकले सहायकरथी उमेशकुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको छ । नेसनल डिफेन्स कोस्र नगरेका कारण्ँ उनको बढुवा नभई कनिष्ठको पदोन्नति भएपछि भट्टराईले राजीनामा दिएका थिए ।

एसियाली विकास बैंकले विद्यालय शिक्षा सुधार कार्यक्रम परियोजनालाई कार्यान्वयन गर्न ३४ करोड ४२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मन्त्रिपिरÈद बैठकले एडीबीबाट प्राप्त हुन लागेको सहयोग स्वीकार गर्ने निर्णय गरी सहायतासम्बन्धी सम्´ाैता गर्न अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ । नेपाल र दिÔण्ँ कोरियाबीचको अनुदान सहायतासम्बन्धी सम्´ाैता स्वीकार गर्ने निर्णयसमेत सरकारले गरेको छ । बैठकले विभिन्न ठाउँमा महिला तथा बालबालिका सेवा केन्द्रको स्थापना गर्ने निण्र्ँय गरेको मन्त्री यादवले जानकारी दिए ।

Wednesday, June 27, 2012

मन्त्रिपरिषद मातहतमा पाँच समिति गठन

काठमाडौं, १३ असार- मन्त्रिपरिषदले आफूले सम्पादन गर्नुपर्ने कामकारबाहीलाई सहज बनाउन प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु रहेको पाँचवटा समिति गठन गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सरकारको कार्यसम्पादन नियमावलीबमोजिम आफू मातहतमा पाँचवटा समिति गठन गरेको हो ।
मन्त्रिपरिषदद्वारा गठित समितिमा राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति छन् । मन्त्रिपरिषदमा आउने विभिन्न प्रस्तावमा सम्बन्धित समितिहरुमा विज्ञहरुको समेत राय लिई छलफल गरेर निर्णयमा पुग्न विभिन्न समितिहरु गठन गरिएको हो ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा गठित राजनीतिक समितिमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार (गृह),  नारायणकाजी श्रेष्ठ (परराष्ट्र र स्थानीय विकास), मन्त्रीहरु हृदयेश त्रिपाठी (भौतिक योजना), राजेन्द्र महतो (स्वास्थ्य), महेन्द्र यादव (संचाइ), अनिल झा (उद्योग), राजकिशोर यादव (सूचना तथा साचार), चन्द्रदेव जोशी (भूमिसुधार) र केशवमान शाक्य (वातावरण) सदस्य छन् ।
प्रधानमन्त्रीकै अध्यक्षतामा गठित प्रशासन समितिमा उपप्रधानमन्त्रीद्वय गच्छदार (गृह) र श्रेष्ठ (परराष्ट्र र स्थानीय विकास), मन्त्रीहरु हृदयेश त्रिपाठी (भौतिक योजना), पोष्टबहादुर बोगटी (पर्यटन), राजेन्द्र महतो (स्वास्थ्य), वर्षमान पुन (अर्थ), महेन्द्र यादव (संचाइ), राजकिशोर यादव (सूचना तथा साचार) र चन्द्रदेव जोशी (भूमिसुधार) सदस्य छन् ।
उपप्रधान एवं गृहमन्त्री गच्छदारको संयोजकत्वमा गठित सामाजिक समितिमा टोपबहादुर रायमाझी (शान्ति तथा पुनर्निर्माण), राजेन्द्र महतो (स्वास्थ्य), दिनानाथ शर्मा (शिक्षा), एकनाथ ढकाल (सहकारी तथा गरिबी निवारण), यदुवंश झा (वन) र बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण सदस्य छन् ।
अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित आर्थिक तथा पूर्वाधार समितिमा हृदयेश त्रिपाठी (भौतिक योजना), पोष्टबहादुर बोगटी (पर्यटन), टोपबहादुर रायमाझी (शान्ति तथा पुनर्निर्माण), महेन्द्र यादव ( िसंचाइ), राजकिशोर यादव (सूचना तथा साचार), केशवमान शाक्य (वातावरण) सदस्य छन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित विधेयक समितिमा मन्त्रीहरु टोपबहादुर रायमाझी (शान्ति तथा पुनःनिर्माण), दिनानाथ शर्मा (शिक्षा), अनिल झा (उद्योग), चन्द्रदेव जोशी (भूमिसुधार), कुमार बेल्वासे  (श्रम तथा रोजगार) र यदुवंश झा (वन) सदस्य छन् ।

Tuesday, June 26, 2012

भूमाफिया र मालपोतका कर्मचारीद्वारा अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएको जग्गा अर्कैलाई बिक्री

काठमाडौं, १२ असार- भूमाफिया र मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका कर्मचारीको मिलोमतोमा नक्कली कागजात खडा गरी व्यक्तिको नाममा दर्ता गरिएको करौडौं पर्ने राजधानीको महाराजगन्ज चक्रपथस्थित जग्गा गुपचूप ढंगले पुनः अर्को व्यक्तिलाई बिक्री गरिएको खुलासा भएको छ ।
अनधिकृत रुपमा गत चैत ३० मा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरिएको कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको ३ रोपनी १४ आना १ हजार ९ सय ७१.३६ वर्ग मिटर जग्गामध्ये ८ सय २६.५४ वर्ग मिटर १ रोपनी १० आना जग्गा ४ करोड २५ लाख ३४ हजार ३ सय ४१ रुपैयाँ मूल्यमा वैसाख २५ मा ललितपुर निवासी प्रविरसमसेर जबरालाई बिक्री गरिएको छ । उक्त जग्गामा रहेको घरको मूल्य भने ९ लाख ३४ हजार ३ सय ४१ रुपैयाँमा कायम कायम गरिएको छ ।
जबरालाई बेचिएको जग्गामा कुष्ठ रोग निवारण संघले टहरा निर्माण गरी लामो समयदेखि कुष्ठरोगीका १ सय ६० जना छोराछोरीलाई पढाउँदै आएको छ । टहरासँगै आठवटा पसल कबल छन् त्यसबाट मासिक ८५ हजार रुपैया भाडा आउने गरेको र त्यसले रोगीका छोराछोरीलाई पढाउन केही राहत पुग्ने गरेको संघका कार्यकारी प्रमुख विदुर बस्नेतले जानकारी दिए । त्यही टहरा र पसल कबललाई पाण्डेले जबरालाई बेच्दा ९ लाख ३४ हजार मूल्य कायम राखिएको छ ।
काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले टहरा बनाएको भनेर भत्काउन खोजेको तर सर्वोच्च अदालतले ती टहरा संघको भएकाले नभत्काउन आदेश दिएपछि भत्किनबाट बचेकोसमेत बस्नेतले जानकारी दिए । बस्नेतले मारबाडी सेवा समितिले संघलाई दिएको जग्गा भूमाफिया र भ्रष्ट कर्मचारीको मिलोमतोमा नक्कली कागजातका आधारमा व्यक्तिको नाममा गरिएको र फेरि अर्को व्यक्तिलाई बिक्री गरिएको बताए ।
कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको तर मारबाडी सेवा समितिको नाममा रहेको उक्त जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा प्रधानमन्त्री कार्यालयले छानबिन गरिरहेका बेला मालपोत कार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारी र पाण्डेको मिलोमतोमा उक्त जग्गा बिक्री गरिएको स्रोतले उल्लेख गरेको छ । मालपोत कार्यालय डिल्लीबजारले पाण्डेले राजिनामा गरी जबरालाई बेचेको कागजातको प्रतिलिपिसमेत कान्तिपुरलाई प्राप्त भएको छ ।
प्रधानमन्त्रीस्तरीय निर्णयबाट सामाजिक संस्थाको जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएकामा कारबाहीका लागि मालपोत कार्यालय प्रमुख वैद्यसहितलाई कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन र अख्तियारलाई आग्रह गर्नुभन्दा पहिल्यै उक्त जग्गा अर्को व्यक्तिलाई बिक्री गरेको खुलासा भएपछि उक्त प्रकरण झन् रहस्यमय हुन पुगेको छ ।
मारबाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदनको बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गामध्ये ३ रोपनी १४ आना गत चैत ३० मा व्यक्तिको नाममा दर्ता गरिदिएको हो । उक्त जग्गा पुनः वैसाख २५ मा अर्कै व्यक्तिलाई बिक्री गरिएको हो ।
मालपोत कार्यालयका प्रमुख वैद्यले तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा पाण्डेको नाममा दर्ता गरिदिएका थिए । लालमोहरमा 'पाण्डेको बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । तर २०२१ सालको नापीका क्रममा कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको उक्त जग्गाको फिल्डबुकमा जग्गा धनीको नाम मारबाही सेवा समिति छ फिल्डबुकमा पाण्डेको नाम उल्लेख छैन ।
मारबाडी सेवा समितिले दिएको जग्गा संघको नाममा नामसारी गर्नमात्र बाूकी थियो । सामाजिक संस्थाको जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका प्रमुख वैद्यसहितका कर्मचारीलाई विभागीय कारबाही गर्न प्रधानमन्त्रीले एक साताअघि भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएका छन् । मारबाडी सेवा समितिको नाममा रहेको जग्ग्ाा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले उक्त प्रकरणमा छानबिन गरी दोषी देखिएका वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न सम्पूर्ण कर्मचारीलाई विभागीय सजाय गर्न भूमिसुधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले नक्कली काजगाज तयार गरी सामाजिक संस्थाको जग्गा पाण्डेका नाममा दर्ता गरी अख्तियार दुरुपयोग गरेका वैद्यसहितका कर्मचारीमाथि छानबिन गरी भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाउनसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ लिखित आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले किर्ते गरी सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रमाणसमेत अख्तियारलाई पठाएको छ ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया पूरा नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् । मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएपछि संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयले अनुसन्धान थालेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै पनि प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएको थियो ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको कुष्ठरोग निवारण संघका कार्यकारी प्रमुख बस्नेतले बताए । पार्टी प्यालेस साचालकले प्रधानमन्त्री कार्यालयका छानबिनकर्ता अधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरालगायतका खानेकुरा खाई सर्जमिनको नाटक गरेको र त्यसमा स्थानीयवासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका थिए । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने ।
जग्गावाला मारबाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन । छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयको एक अधिकारीले बताए ।

Monday, June 25, 2012

कांग्रेसद्वारा शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेकामा विरोधमा

काठमाडौं, ११ असार- कांग्रेसले असंवैधानिक सरकारका प्रधानमन्त्री भट्टराई देशलाई संकटग्रस्त तुल्याएर जम्बो टोलीसहित ब्राजिल गएर सोमबार अपरान्ह स्वदेश फर्कदा शान्तिपूर्ण विरोधमा उत्रिएका आफना दुई दर्जनबढी कार्यकर्तालाई गिरफतार गरेका र थुप्रैलाई लाठीचार्ज गरी घाइते बनाएकामा विरोध जनाएको छ ।
कांग्रेसले सोमबार नै विज्ञप्ति जारी गरी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको र कानुनी राज्यको घोर उल्लंघन गरेको आरोपसमेत लगाएको छ ।
प्रेस विज्ञप्ति
आफ्ना त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका
देशलाई संकटग्रस्त तुल्याएर जम्बो टोली सहित असार ४ गते ब्राजिल प्रस्थान गरेका असंवैधानिक सरकारका प्रधानमन्त्री आज अपरान्ह स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेर विरोध गरेका छन् । यसै क्रममा सुरक्षाकर्मीले लाठी प्रहार गर्दा सयौँ नेपाली कांग्रेसका कार्यकर्ताहरु घाइते भएका छन् । नेपाल किसान संघका केन्द्रीय सभापति भानुभक्त सिग्देल, केन्द्रीय सदस्यहरु- वसन्ती घिमिरे, जयबहादुर श्रेष्ठ, आदर्शविक्रम कार्की र अच्युतप्रसाद मिश्र, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रिाजत कर्ण, केन्द्रीय सदस्यहरु- अर्जुन महतारा, अनिल खनाल, ओम गुरुङ र विरेन्द्रकुमार शर्मा, त्रिचन्द्रका स्ववियु सदस्य प्रेम जोशी, नेविसंघका कार्यकर्ता सूर्य ढकाल, किरण लामिछाने, प्रकाश खतिवडा, राजेश के।सी।सिटिभीटी, भोला नेपाल काभ्रे, भरतबहादुर भण्डारी, टनबहादुर लामा काठमाडौं, तेजबहादुर रोक्का जिरे, सरस्वती क्याम्पस इकाई सचिव डिल्ली बस्ताकोटी गोरखा, अनिषराम भट्टराई, नेपाली कांग्रेसका सानु श्रेष्ठ काठमाडौं, रामप्रसाद न्यौपाने
काठमाडौँ, प्रतिमा पौडेल काठमाडौँ, नेपाल तरुण दलका केन्द्रीय सदस्य सरस्वती साह, गोमा पराजुली सुनसरी लाई सुरक्षाकर्मीले गिरफ्तार गरेको छ । हाल उहाँहरुलाई गौशला प्रहरी कार्यालयमा राखिएको छ ।
शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि यो असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको छ र कानूनी राज्यको घोर उल्लंघन गरेको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ । साथै गिरफ्तार गरिएका नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका नेता एवं कार्यकर्ताहरुको तुरुन्त रिहाइका लागि नेपाली कांग्रेस मांग गर्दछ र यस्ता कि्रयाकलाप पुनः नदोहोर्याउन वर्तमान असंवैधानिक सरकारलाई नेपाली कांग्रेस कडा भन्दा कडा चेतावनी दिन चाहन्छ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
असार ११, २०६९

आठ मन्त्रीले सम्पत्ति विवरण बुझाउन अटेरी गरे

काठमाडौं, ११ असार- मन्त्रिपरिषदका झन्डै आधा मन्त्रीले स्थापित परम्पराविपरीत सम्पत्ति विवरण नबुझाएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार मन्त्री नियुक्त भएको १५ दिनमा आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने स्थापित परम्परा भए पनि मन्त्रिपरिषदका १८ सदस्यमध्ये ८ जना जनाले अझै बुझाएका छैनन् ।
मन्त्रिपरिषदको बेवसाइटमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित ११ जनाले मात्र सम्पत्ति विवरण बुझाएको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा २०४८ सालमा मन्त्रिपरिषदले नीतिगत निर्णय गरी प्रधानमन्त्री र मन्त्रीहरुले पदमा बहाली भएको १५ दिनमा अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउने परम्परा बसालेका थिए ।
मन्त्रीहरुले पदमा बहाली भएको १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमा सम्पत्ति विवरण बुझाउने र त्यसलाई सरकारी सरकारी साचार माध्यम र प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखी सार्वजनिक गर्ने स्थापित परम्परा छ । यो परम्पराको सधैं पालना हुँदै आएको छ ।
तर प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका आठ नयाँ मन्त्रीले भने नियुक्त भएको एक महिना बढी भइसक्ता पनि सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीहरुले सम्पत्ति विवरण बुझाउन मन्त्रीहरुलाई बारम्बार ताकेता गरिरहे पनि उनीहरुले बेवास्ता गरिरहेको जानकारी स्रोतले दिए ।
सम्पत्ति विवरण नबुझाउने मन्त्रीमा अनिलकुमार झा उद्योग, राजकिशोर यादव सूचना तथा साचार, चन्द्रदेव जोशी भूमिसुधार, केशवमान शाक्य वातावरण, विज्ञान तथा प्रविधि, एकनाथ ढकाल सहकारी तथा गरिबी निवारण, कुमार बेलवासे श्रम तथा रोजगार, यदुवंश झा वन र बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण छन् । उनीहरुभन्दा पहिला मन्त्री भएका पुरानाले भने सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री भट्टराई, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र नारायणकाजी श्रेष्ठ, हृदयेश त्रिपाठी, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, राजेन्द्र महतो, वर्षमान पुन, दिनानाथ शर्मा, महेन्द्र यादवले भने समयमै सम्पत्ति विवरण बुझाउनुका साथै सरकारी साचार माध्यम र प्रधानमन्त्री कार्यालयको बेवसाइटमा राखी सार्वजनिक गरिसकेका छन् ।

Sunday, June 24, 2012

करोडौंको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत प्रमुखसहितलाई कारबाही गर्न निर्देशन

प्रधानमन्त्री कार्यालयद्वारा मालपोत अधिकृतसहितलाई भ्रष्टाचारको मुद्दा चलाउन आग्रह
काठमाडौं, १० असार- प्रधानमन्त्री कार्यालयले नक्कली कागजात तयार गरी कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको अर्बौं रुपैयाँ पर्ने राजधानीको महाराजगन्ज चक्रपथस्थित जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न मालपोत कार्यालय डिल्लीबजारका प्रमुख सुशील वैद्यसहितका सम्पूर्ण कर्मचारीलाई विभागीय कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको छ ।
कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको मारबाडी सेवा समितिको नाममा रहेको जग्ग्ाा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले उक्त प्रकरणमा छानबिन गरी दोषी देखिएका वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न सम्पूर्ण कर्मचारीलाई विभागीय सजाय गर्न भूमिसुधार मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
मारबाडी सेवा समितिले उक्त जग्गा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघको नाममा नामसारी गर्नमात्र बाँकी थियो प्रधानमन्त्रीस्तरीय निर्णयबाट वैद्यसहितलाई कारबाही गर्न भूमिसुधार मन्त्रालयलाई पत्र पठाई निर्देशन दिइएको जानकारी प्रधानमन्त्रीका एक अधिकारीले दिए । अनधिकृत रुपमा व्यक्तिको नाममा गरिएको जग्गाको दर्ता बदर गरी संघलाई नै दिनसमेत प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
विभागीय कारबाहीमा वैद्यसहित दर्ता प्रकि्रयामा संलग्न दोषी कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी अवकास दिनेसम्मको कारबाही हुन सक्नेछ । निजामती ऐनको परिच्छेद ६ मा विभागीय सजायमा दोषी कर्मचारीलाई बढीमा भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने या भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने तथा दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का, २ देखि ५ वर्षसम्म तलब वृद्धि रोक्का, दुई वर्षसम्म बढुवा रोक्का, दुई तलब वृद्धि रोक्का र नसहित दिने कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । वैद्यसहितका कर्मचारीले हदैसम्म अनियमितता गरेकाले भूमिसुधार मन्त्रालयले उनीहरुमाथि हदैसम्मको कारबाही गर्ने जानकारी स्रोतले दिए ।
प्रधानमन्त्री कार्यालयले नक्कली काजगाज तयार गरी सामाजिक संस्थाको जग्गा मोहलक्ष्मी पाण्डेका नाममा दर्ता गरी अख्तियार दुरुपयोग गरेका वैद्यसहितका कर्मचारीमाथि छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको अभियोगमा कारबाही अघि बढाउनसमेत लिखित आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले किर्ते गरी सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रमाणसमेत अख्यितयारलाई पठाएको छ । 'वैद्यसहितका दोषी कर्मचारीमाथि अनुसन्धान गरी भ्रष्टाचारको अभियोगमा मुद्दा चलाउन अख्तियारलाई आग्रह गरिएको छ' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने । यो प्रकरणमा अख्तियारले वैद्यसहितका कर्मचारीलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाउन सक्ने प्रशस्त आधार रहेको स्रोतले दिए ।
मालपोत कार्यालयका प्रमुख वैद्यले तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा पाण्डेको नाममा दर्ता गरिदिएका थिए । लालमोहरमा 'पाण्डेको बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । तर २०२१ सालको नापीका क्रममा कुष्ठरोग निवारण संघले उपयोग गर्दै आएको उक्त जग्गाको फिल्डबुकमा जग्गा धनीको नाम मारबाही सेवा समिति छ फिल्डबुकमा पाण्डेको नाम उल्लेख छैन ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् । मारवाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदनको बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गामध्ये ३ रोपनी १४ आना गत वैसाख ३० मा व्यक्तिको नाममा दर्ता गरिदिएका हुन् ।
मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन सुरु गरेको थियो । संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेपछि प्रधानमन्त्री कार्यालयले अनुसन्धान थालेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै पनि प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएका थिए ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको कुष्ठरोग निवारण संघका कार्यकारी प्रमुख विदुर बस्नेतले बताए । पार्टी प्यालेस साचालकले प्रधानमन्त्री कार्यालयका छानबिनकर्ताअधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरालगायतका खानेकुरा खाई सर्जमिन गराएको र त्यसमा स्थानीयबासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका थिए । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने । जग्गावाला मारवाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन ।
छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयको एक अधिकारीले बताए । भूमाफिया र वैद्यको गैरकानुनी काममा भूमिसुधार विभागको समेत मिलेमतो रहेको आशंका प्रधानमन्त्री कार्यालयको छ ।
प्रधानमन्त्री कार्यालयले उक्त जग्गा कसरी व्यक्तिको नाममा नामसारी हुन पुग्यो भनेर भूमिसुधार मन्त्रालयमार्फत विभागसित जानकारी माग्दा सम्पूर्ण कागजपत्र अदालतमा पठाइएकाले आफूलाई केही थाहा नभएको लिखित जवाफ पठाएको छ । कागजात लुकाउन मालपोत कार्यालय र कथित जग्गाधनीले आफैं नक्कली मुद्दा दर्ता गराएको स्रोतले बतायो । कथित जग्गाधनी पाण्डेकै आफन्तले उक्त जग्गामा आफ्नोसमेत हक लाग्ने उल्लेख गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
मालपोत कार्यालय र कथित जग्गाधनीले आफ्नो कर्तुत सार्वजनिक नहोस् सम्पूर्ण सक्कली कागजात अदालतमा पठाएका छन् । ुसार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्दा मालपोत अधिकृत वैद्यलगायतको कर्मचारीको बदनियत मात्र देखिन्न कि पूर्णरुपमा दोषीसमेत देखिएका छन्ु प्रधानमन्त्री कार्यालयका अधिकारीले भने ।
छानबिनमा सहभागी अधिकारीले नक्कली कागजात खडा गरी सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत वैद्यलाई कारबाहीको सिफारिस गरेका छन् । छानबिनपछि सरकारका तर्फबाट वैद्यलाई तत्काल निलम्बन गर्न र थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको जनाए ।
मालपोत प्रमुख वैद्यले भने उक्त जग्गा पाण्डेकै भएकाले उनको नाममा दर्ता गरिएको दाबी गरे । ुउक्त जग्गा मारवाडी समितिको होइन समिति मोही मात्रै हो त्यसैलाई मोही कायम गरी पाण्डेको नाममा दर्ता गरिएको होु वैद्यको दाबी थियॊ । उक्त जग्गामा अहिले संघको केन्द्रीय कार्यालयका अतिरिक्त अतिथि पार्टी प्यालेस साचालन भएको छ । संघले टहरा बनाएर कुष्ठरोगीका बालबच्चाको उपचार र पठनपाठन गराउने गरेको बस्नेतले बताए ।

Saturday, June 23, 2012

महिला चालक संघमा नयाँ नेतृत्व

काठमाडौं, ९ असार- नेपाल महिला यातायात चालक श्रमिक संघको शनिबार राजधानीमा भएको अधिवेशनले देवी कार्कीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा मिनाचन्द ठकुरी, महासचिवमा ज्ञानु लामा, सचिवमा सुष्मा थापा, कोषाध्यक्षमा तारा मैनाली निर्वाचित भएका छन् ।
अधिवेशनले कार्यसमितिको सदस्यमा बिमला राई ठूलीमाया तामाङ, डिलुमाया श्रेष्ठ, भगवती निरौला, बिमला रिमाल, हेमा विक, आशा लामा र विष्णु लामा निर्विरोध निर्वाचित गरेको छ । संघ देशभर विभिन्न सवारी साधन चलाउने महिला चालकहरुको साझा संगठन हो । कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा काठमाडौं महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र विभिन्न यातायात व्यवसायी संघ र यातायात मजदुर संघका प्रतिनिधि उपस्थित थिए ।

Friday, June 22, 2012

रेल्वेको विकास गर्न अधिकारसम्पन्न बोर्ड गठन हुने

काठमाडौं, ८ असार- सरकारले मुलुकभर रेल्वेको विकास र विस्तार गर्न स्वायत्त र अधिकारसम्पन्न रेल्वे बोर्ड गठन गर्ने भएको छ । सरकारले रेल्वे बोर्ड गठन गर्न रेल्वेसम्बन्धी अध्यादेश जारी गर्ने तयारी अन्तिम चरणमा पुर् याएको छ ।
सरकारले कानुन मन्त्रालयमा रायका लागि पठाइएको अध्यादेशको मस्यौदामा शक्तिशाली बोर्डबाट रेल्वेको विकास तथा विस्तार गर्न रेल्वे विभाग र जनकपुर रेल्वे कम्पनी खारेज गर्ने प्रस्ताव गरेको छ । बोर्डको केन्द्रीय कार्यालय राजधानीमा रहनेछ । बोर्डले आवश्यकताअनुसार मुलुकभित्र शाखा या सम्पर्क कार्यालय राख्न सक्नेछ ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयबाट प्रस्तावित अध्यादेश मन्त्रिपरिषदबाट पारित भई बोर्ड गठन भएपछि रेल्वे विभाग र रेल्वे कम्पनी स्वतः खारेज हुने व्यवस्था राखिएको छ । बोर्डलाई मुलुकभर रेल्वे तथा मेट्रो रेलको निर्माण र साचालन गर्ने भाडा तय गर्ने सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित अध्यादेशका अनुसार रेल्वेको निर्माण मर्मत तथा रेल्वे यातायात सुरक्षित नियमित भरपर्दो र प्रभावकारी रुपमा साचालनको सम्पूर्ण जिम्मा बोर्डलाई दिइनेछ ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्री अध्यक्ष रहने बोर्डमा भौतिक योजना, वाणिज्य, अर्थ र गृह सचिव तथा सडक तथा रेलसम्बन्धी क्षेत्रमा कम्तीमा बीस वर्ष अनुभव हासिल गरी ख्याति कमाएका दुई जना सदस्य मनोनीत हुने व्यवस्था गरिएको छ ।
सडक तथा रेलसम्बन्धी क्षेत्रमा कम्तीमा बीस वर्ष अनुभव हासिल गरेका व्यक्तिमध्येबाट प्रतिस्पर्धा गराई छनौट हुने रेल्वे प्रशासक बोर्डको सदस्यसचिव र कार्यकारी प्रमुख दुवै हुनेछन् । रेल्वे बोर्डले आफैं छनौट गरी आवश्यकताअनुसार कर्मचारी राख्न सक्नेछ ।
प्रस्तावित अध्यादेशअनुसार बोर्डले रेल दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा राहत दिने सामान हराएमा क्षतिपूर्ति दिने कसैले रेल्वे कानुन नियम उल्लंघन गरेमा कारबाही गर्ने देशभर साचालन हुने रेल्वेको नियमन गर्ने÷गराउनेलगायतका कार्य गर्नेछ । बोर्डलाई आवश्यकताअनुसार स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई करार या बुट निर्माण साचालन हस्तान्तरण प्रणालीमा कुनै पनि ठाउँमा मेट्रो रेल या रेल्वे निर्माण मर्मत साचालन गर्न÷गराउन सक्ने व्यवस्थासमेत गरिएको छ ।
रेल्वे बोर्डले अर्थमन्त्रालयको स्वीकृति लिएर विदेशी सरकार दातृ निकायबाट ऋण, अनुदान र सहयोग लिने सक्नेछ । सरकारबाट प्राप्त रकम वैदेशिक सहयोग रेल्वेको भाडा वा ढुवानीबाट आउने शुल्क र रेल्वको जग्गा लिजमा िदंदा हुने आम्दानी बोर्डको कोषमा रहनेछ ।

Thursday, June 21, 2012

कांग्रेसद्वारा जनजातिसम्बन्धी नीति तय गर्न समिति गठन

काठमाडौं, ७ असार- कांग्रेसले संघीयतामा जाँदा आदिबासी जनजातिका बारेमा पार्टीमा लिने नीतिबारे सुझाव दिन नेता भीमबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले नेपाल आदिवासी जनजाति संघलगायत विभिन्न संस्थाका प्रतिनिधिले पार्टीमा दिएको ज्ञापनपत्रमाथि पार्टीको नीति तथा संविधानसभाको निर्वाचनमा प्रस्तुत पार्टीको घोषणापत्रलाई समेत आधार मानी समस्या समाधानका लागि एक महिनाभित्र सुझाव दिन तामाङको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा महेश आचार्य नरहरि आचार्य मिनेन्द्र रिजाल मानबहादुर विश्वकर्मा उमाकान्त चौधरी भीष्मराज आङ्दम्बे अजयकुमार चौरसिया गगन थापा सीता गुरुङ र लक्ष्मी राई छन् ।
बैठकले संविधानको व्यवस्थाअनुरुप गठित विशेष समितिले दलहरुको सातबुँदे सहमतिअनुरुप लडाकुहरुको समायोजन सम्बन्धमा गरेका निर्णय कार्यान्वयन गर्ने कार्य वैधानिकता गुमाएको सरकारका कारण पूर्णतः अवरुद्ध भएकामा गम्भीर आपत्ति प्रकट गरेको छ । साथै कांग्रेसले समायोजन कार्यलाई तत्काल अघि बढाउन मागसमेत गरेको छ । शिविरमा रहेका माओवादीका पूर्व लडाकुलाई नेपाली सेनाको जिम्मा लगाइए पनि सरकारले समायोजनको प्रकि्रया टुंग्याएको छैन ।
कब्जा गरिएका घर जग्गा फिर्तालगायत शान्ति प्रकृयाका बाँकी काम अझै पनि एकीकृत नेकपा माओवादी एवं उसको नेतृत्वको सरकारले कार्यान्वयन नगरेकामा गम्भीर आपत्ति प्रकट गदैै्र विगतका सहमतिबमोजिम तत्काल कब्जा सम्पत्ति फिर्ता र विस्थापितलाई ससम्मान घर फर्काउनेलगायतका कार्य गर्न बैठकले माग गरेको छ ।
कांग्रेसले संविधानसभा भंग गराई माओवादी सत्ता कब्जामा लागेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध २४ दलले घोषणा गरेको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । साथै कांग्रेसले प्रमुख दलहरुबीच सहमति कायम गर्न आन्दोलनसँगै वार्ता अघि बढाउने निर्णयसमेत गरेको छ ।
कांग्रेसमा व्यापक कार्यकर्ता भेलाको माग
कांग्रेसमा गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुनिश्चित गर्नका लागि पार्टीको भूमिका सशक्त बनाउनका लागि व्यापक कार्यकर्ता भेला गर्नुपर्ने आवाज उठेको छ ।
कांग्रेसका पूर्व महामन्त्री बिमलेन्द्र निधिले मुलुक परिवर्तनको आधार गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुदृढ गर्नका लागि पार्टीको भूमिकालाई यसअघिको भन्दा सशक्त बनाउन पार्टीका जिल्ला सभापति क्षेत्रीय सभापति र गाउँ समितिका सभापतिहरुको छुट्टाछुट्टै र संयुक्त भेला गर्न माग गरेका छन् । ुसंयुक्त भेलामा केन्द्रदेखि गाउँसम्मका पार्टीका ४ हजारको हाराहारीमा नेता तथा कार्यकर्ता सहभागी हुन्छन् त्यसले संघीय लोकतन्त्रसहित परिवर्तनको एजेन्डाका पक्षमा लिने निर्णयले पार्टीको पक्षमा नयाँ ऊर्जा उत्पन्न गर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सबैको ध्यान कांग्रेसतर्फ तान्छु उनले भने । उनले त्यस्तो व्यापक भेलाले कांग्रेससहितका दलहरुले गर्ने आन्दोलन र सहमतिका लागि पार्टीले अघि सार्ने एजेन्डालाई समेत बल पुर् याउने तथा केन्द्र र गाउँका नेताका बीचको ग्यापसमेत कम हुने बताए ।
कांग्रेसले पार्टी सदस्यता वितरण अभियान सुरु गर्ने
कांग्रेसले पार्टीलाई सशक्त बनाउन देशभर असार साउन भदौ र असोजमा कि्रयाशील सदस्यता र साधारण सदस्यताको नवीकरण र नयाँ वितरण कार्य अभियानका रुपमा अघि बढाउने भएको छ । त्यसका लागि पार्टीको साधारण सदस्यताका लागि २ लाख ४० हजार सदस्यताको प्रति जिल्ला समितिहरुलाई पठाएको छ । कांग्रेसले मतदाता नामावली अद्यावधि गर्न पार्टीका जिल्ला क्षेत्र नगर गाउँ र वडा समितिलाई सकि्रय हुनसमेत आह्वान गरेको छ । कांग्रेसले सबै सबै नेता केन्द्रीय पदाधिकारी एवं सदस्य पूर्व सांसद विगत निर्वाचनका सांसद उम्मेदवार महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा पार्टीले असार ८ देखि असार २५ सम्म साचालन गर्ने कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत निर्देशन दिएको छ ।
चितवन तदर्थ समितिको सभापतिमा गुरुङ
कांग्रेसले पूर्व जिल्ला सभापति टेकराज गुरुङको संयोजकत्वमा पार्टीको चितवन जिल्ला तदर्थ समिति गठन गरेको छ । कांग्रेस बैठकले गुरुङ सभापति रहेको १५ सदस्यीय पार्टीको चितवन जिल्ला कार्यसमिति गुरुङको अध्यक्षतामा गठन गरेको हो ।
तदर्थ समितिमा उमा रेग्मी तीर्थराज भुसाल शेषनाथ अधिकारी पृथ्वीमान गुरुङ सावित्री बोगटी पाठक राजेन्द्रप्रसाद चौधरी रामबहादुर लामा भीमप्रसाद थपलिया अन्जनी श्रेष्ठ शिवनारायण महतो गुरौ भृकुटी पौडेल कमल आचार्य चिनबहादुर प्रजा र शान्ति परियार राखिएका छन् ।
कांग्रेस बैठकले तरुण दल चितवनका अध्यक्ष शिव पौडेल जेलमा असुरक्षित रहेको जानकारी पाएपछि पनि उनलाई बचाउन कुनै प्रयास नगरेको आरोपमा चितवन कांग्रेसका सभापति विकास कोइरालाको अध्यक्षतामा रहेको कार्यसमिति भंग गरेको थियो । कांग्रेसले महामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार चितवन जिल्ला कार्यसमितिलाई भंग गरेको हो ।
गुरुङको अध्यक्षतामा गठित चितवन जिल्ला तदर्थ समितिलाई जिल्ला अधिवेशनभित्र गरिसक्ने जिम्मा
दिएको छ । निर्वाचन सम्पन्न गर्न अधिवक्ता यदुनाथ खनाललाई केन्द्रीय निर्वाचन अधिकृत तोकिएको छ ।

टिभीमा हस्तक्षेपत्रको विरोध

कांग्रेसले प्रतिपक्षीहरुको कार्यक्रम प्रत्यक्ष प्रसारण गरेकामा नेपाल टिभीका कामु महाप्रबन्धक दीपकमणि धिताललाई कारबाही गरेकामा गम्भीर आपत्ति जनाएको छ । सरकारी साचार माध्यमलाई निरंकुशताको मतियार बनाउन कारबाही गरेको भन्दै धिताललाई ससम्मान कामु महाप्रबन्धको जिम्मेवारी दिन माग गरेको छ ।





काठमाडौं, ७ असार- कांग्रेसले संघीयतामा जाँदा आदिबासी जनजातिका बारेमा पार्टीमा लिने नीतिबारे सुझाव दिन नेता भीमबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले नेपाल आदिवासी जनजाति संघलगायत विभिन्न संस्थाका प्रतिनिधिले पार्टीमा दिएको ज्ञापनपत्रमाथि पार्टीको नीति तथा संविधानसभाको निर्वाचनमा प्रस्तुत पार्टीको घोषणापत्रलाई समेत आधार मानी समस्या समाधानका लागि एक महिनाभित्र सुझाव दिन तामाङको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा महेश आचार्य नरहरि आचार्य मिनेन्द्र रिजाल मानबहादुर विश्वकर्मा उमाकान्त चौधरी भीष्मराज आङ्दम्बे अजयकुमार चौरसिया गगन थापा सीता गुरुङ र लक्ष्मी राई छन् ।
बैठकले संविधानको व्यवस्थाअनुरुप गठित विशेष समितिले दलहरुको सातबुँदे सहमतिअनुरुप लडाकुहरुको समायोजन सम्बन्धमा गरेका निर्णय कार्यान्वयन गर्ने कार्य वैधानिकता गुमाएको सरकारका कारण पूर्णतः अवरुद्ध भएकामा गम्भीर आपत्ति प्रकट गरेको छ । साथै कांग्रेसले समायोजन कार्यलाई तत्काल अघि बढाउन मागसमेत गरेको छ । शिविरमा रहेका माओवादीका पूर्व लडाकुलाई नेपाली सेनाको जिम्मा लगाइए पनि सरकारले समायोजनको प्रकि्रया टुंग्याएको छैन ।
कब्जा गरिएका घर जग्गा फिर्तालगायत शान्ति प्रकृयाका बाँकी काम अझै पनि एकीकृत नेकपा माओवादी एवं उसको नेतृत्वको सरकारले कार्यान्वयन नगरेकामा गम्भीर आपत्ति प्रकट गदैै्र विगतका सहमतिबमोजिम तत्काल कब्जा सम्पत्ति फिर्ता र विस्थापितलाई ससम्मान घर फर्काउनेलगायतका कार्य गर्न बैठकले माग गरेको छ ।
कांग्रेसले संविधानसभा भंग गराई माओवादी सत्ता कब्जामा लागेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध २४ दलले घोषणा गरेको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । साथै कांग्रेसले प्रमुख दलहरुबीच सहमति कायम गर्न आन्दोलनसँगै वार्ता अघि बढाउने निर्णयसमेत गरेको छ ।
कांग्रेसमा व्यापक कार्यकर्ता भेलाको माग
कांग्रेसमा गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुनिश्चित गर्नका लागि पार्टीको भूमिका सशक्त बनाउनका लागि व्यापक कार्यकर्ता भेला गर्नुपर्ने आवाज उठेको छ ।
कांग्रेसका पूर्व महामन्त्री बिमलेन्द्र निधिले मुलुक परिवर्तनको आधार गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुदृढ गर्नका लागि पार्टीको भूमिकालाई यसअघिको भन्दा सशक्त बनाउन पार्टीका जिल्ला सभापति क्षेत्रीय सभापति र गाउँ समितिका सभापतिहरुको छुट्टाछुट्टै र संयुक्त भेला गर्न माग गरेका छन् । ुसंयुक्त भेलामा केन्द्रदेखि गाउँसम्मका पार्टीका ४ हजारको हाराहारीमा नेता तथा कार्यकर्ता सहभागी हुन्छन् त्यसले संघीय लोकतन्त्रसहित परिवर्तनको एजेन्डाका पक्षमा लिने निर्णयले पार्टीको पक्षमा नयाँ ऊर्जा उत्पन्न गर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सबैको ध्यान कांग्रेसतर्फ तान्छु उनले भने । उनले त्यस्तो व्यापक भेलाले कांग्रेससहितका दलहरुले गर्ने आन्दोलन र सहमतिका लागि पार्टीले अघि सार्ने एजेन्डालाई समेत बल पुर् याउने तथा केन्द्र र गाउँका नेताका बीचको ग्यापसमेत कम हुने बताए ।
कांग्रेसले पार्टी सदस्यता वितरण अभियान सुरु गर्ने
कांग्रेसले पार्टीलाई सशक्त बनाउन देशभर असार साउन भदौ र असोजमा कि्रयाशील सदस्यता र साधारण सदस्यताको नवीकरण र नयाँ वितरण कार्य अभियानका रुपमा अघि बढाउने भएको छ । त्यसका लागि पार्टीको साधारण सदस्यताका लागि २ लाख ४० हजार सदस्यताको प्रति जिल्ला समितिहरुलाई पठाएको छ । कांग्रेसले मतदाता नामावली अद्यावधि गर्न पार्टीका जिल्ला क्षेत्र नगर गाउँ र वडा समितिलाई सकि्रय हुनसमेत आह्वान गरेको छ । कांग्रेसले सबै सबै नेता केन्द्रीय पदाधिकारी एवं सदस्य पूर्व सांसद विगत निर्वाचनका सांसद उम्मेदवार महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा पार्टीले असार ८ देखि असार २५ सम्म साचालन गर्ने कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत निर्देशन दिएको छ ।
चितवन तदर्थ समितिको सभापतिमा गुरुङ
कांग्रेसले पूर्व जिल्ला सभापति टेकराज गुरुङको संयोजकत्वमा पार्टीको चितवन जिल्ला तदर्थ समिति गठन गरेको छ । कांग्रेस बैठकले गुरुङ सभापति रहेको १५ सदस्यीय पार्टीको चितवन जिल्ला कार्यसमिति गुरुङको अध्यक्षतामा गठन गरेको हो ।
तदर्थ समितिमा उमा रेग्मी तीर्थराज भुसाल शेषनाथ अधिकारी पृथ्वीमान गुरुङ सावित्री बोगटी पाठक राजेन्द्रप्रसाद चौधरी रामबहादुर लामा भीमप्रसाद थपलिया अन्जनी श्रेष्ठ शिवनारायण महतो गुरौ भृकुटी पौडेल कमल आचार्य चिनबहादुर प्रजा र शान्ति परियार राखिएका छन् ।
कांग्रेस बैठकले तरुण दल चितवनका अध्यक्ष शिव पौडेल जेलमा असुरक्षित रहेको जानकारी पाएपछि पनि उनलाई बचाउन कुनै प्रयास नगरेको आरोपमा चितवन कांग्रेसका सभापति विकास कोइरालाको अध्यक्षतामा रहेको कार्यसमिति भंग गरेको थियो । कांग्रेसले महामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार चितवन जिल्ला कार्यसमितिलाई भंग गरेको हो ।
गुरुङको अध्यक्षतामा गठित चितवन जिल्ला तदर्थ समितिलाई जिल्ला अधिवेशनभित्र गरिसक्ने जिम्मा
दिएको छ । निर्वाचन सम्पन्न गर्न अधिवक्ता यदुनाथ खनाललाई केन्द्रीय निर्वाचन अधिकृत तोकिएको छ ।

टिभीमा हस्तक्षेपत्रको विरोध
कांग्रेसले प्रतिपक्षीहरुको कार्यक्रम प्रत्यक्ष प्रसारण गरेकामा नेपाल टिभीका कामु महाप्रबन्धक दीपकमणि धिताललाई कारबाही गरेकामा गम्भीर आपत्ति जनाएको छ । सरकारी साचार माध्यमलाई निरंकुशताको मतियार बनाउन कारबाही गरेको भन्दै धिताललाई ससम्मान कामु महाप्रबन्धको जिम्मेवारी दिन माग गरेको छ ।





तेस्रो िलंगीले अब छुट्टै पहिचानसहितको नागरिकता पाउने

काठमाडौं, ७ असार- सरकारले तेस्रो िलंगी समुदायलाई पहिचानसहितको नागरिकता दिने कानुनी व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित परिवर्तित अनुसूचीअनुसार जिल्ला प्रशासन कार्यालयहरुले अब तेस्रो िलंगीलाई 'अन्य' भनेर नागरिकता दिनेछन् ।
सर्वोच्च अदालतले २०६४ पुस ६ गते समिलंगीलाई पहिचानसहितको नागरिकता दिन दिएको आदेशबमोजिम सरकारले असार दोस्रो साता नागरिकता नियमावलीको अनुसूचीमा परिवर्तन गरेको छ । समिलंगीहरुले आफूहरुलाई छुट्टै पहिचानसहितको नागरिकता दिन धेरै समयअघिदेखि माग गर्दै आएका थिए ।
तेस्रो िलंगीको पक्षमा कार्यरत नील हिरा समाजलगायतका संघसंस्थासित सहमति गरी सरकारले नागरिकता नियमावलीको अनुसूची परिवर्तन गरेको हो । नागरिकता नियमावलीको अनुसूची ७ र १२ मा तेस्रो िलंगीलाई छुट्टै पहिचान दिन छोरा र छोरीको सट्टा छोरा छोरी र अन्य राखिएको छ ।
तेस्रो िलंगी पाँचथरी हुने भएकाले सरकारले उनीहरुलाई पुरुष-महिला वा छोराछोरीको सट्टा 'अन्य' भनेर नागरिकता दिने व्यवस्था गरेको हो । पाँचथरी समूह उल्लेख गर्न सम्भव नभएकाले सरकारले आफूहरुको सितको सहमतिमा तेस्रो िलंगीलाई अन्य भनेर छुट्टै पहिचानसहितको नागरिकता दिने व्यवस्था गरेको जानकारी नील हीरा समाजका अध्यक्ष सुनिलबाबु पन्तले दिए ।
पुरुष समिलंगी, महिला समिलंगी, छोरी स्वभावको छोरा तथा छोरा स्वभावको छोरी र यौन अंग नै अस्पष्ट भएको (अन्तर िलंगी) गरी पाँचथरी तेस्रो िलंगी हुन्छन् । अस्ट्रेलिया न्युजिल्यान्ड अमेरिका अर्जेन्टिनालगायतका मुलुकमा समेत तेस्रो िलंगी समुदायलाई अन्य भनेर छुट्टै पहिचानसहितको नागरिकता दिने व्यवस्था छ ।

सभापति कोइरालासमक्ष नेविसंघको महाधिवेशनको तिथि तोक्न माग

काठमाडौं, ७ असार - नेपाल विद्यार्थी संघका नेताहरुले कांग्रेस सभापति सुशील कोइरालालाई बिहीबार भेटी संघको महाधिवेशनको मिति तोक्न माग गरेको छ । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा निकट विद्यार्थी नेताहरुले भातृ संगठनका िवÈयमा पार्टीभित्र देखिएको विवाद मिलिसकेको अवस्थामा नेविसंघको महाधिवेशनको मिति अविलम्ब तोक्नुपर्ने माग गरेका थिए ।
प्रत्युत्तरमा कोइरालाले संघको महाधिवेशन तोकिएकै समयमा हुने बताए । 'सबै मिलेर वातावरण्ँ तयार गर्ने हो भने महाधिवेशन तोकिएको समयमै हुन्छ' कोइरालाको भनाइ उद्धृत गर्दै नेविसंघका नेता नैनिसंह महरले भने ।
कोइरालाले नेविसंघका सभापति रिाजत कर्णलाई बोलाई महाधिवेशनको मिति तोक्नेबारेमा सल्लाह गर्ने आश्वासन दिएको जानकारी महरले दिए । उनका अनुसार नेविसंघको केन्द्रीय समिति विघटन गर्दा सभापति कोइरालाले ६ महिनाभित्र महाधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए तर एक वर्ष भइसक्ता पनि महाधिवेशनको मितिसमेत तोकिन सकेको छैन ।
महाधिवेशन तयारीका लागि हालसम्म कुनै कदम नचालिएकोमा कोइरालासमÔ विद्यार्थी नेताहरुले असन्तुष्टि प्रकट गरेका थिए । कोइरालाले कांग्रेस महामन्त्रीको संयोजकत्वमा निर्देशन समिति गठन गरी तोकिएकै समयमा महाधिवेशन गराउने आश्वासन विद्यार्थी नेताहरुलाई दिएका थिए ।
लोकतन्त्रप्रति विश्वास गर्ने विद्यार्थी संगठन भएर पनि चार वÈ्र अघिदेखि विद्यार्थीहरुले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न भने पाएका छैनन् ।

Wednesday, June 20, 2012

कांग्रेस अगुवाइमा सकरात्मक संवाद

नयाँ संविधान निर्माण नगरी संविधानसभाको विघटन भएपछि संघीय लोकतन्त्रमात्र होइन अन्तरिम संविधानसमेत 'लिक' बाहिर गएको छ । यस्तो अवस्थामा प्रमुख दलहरुबीच संवादहीनता बढ्दै जाँदा लोकतन्त्रसमेत खतरामा पर्ने जोखिम थियो । संविधानसभा स्वतः विघटन हुने अवस्थामा पुगेपछि प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले मंसिर ७ मा संविधानसभाको चुनाव गराउने घोषणा गरेको छ तर अन्तरिम संविधान संशोधन नगरी चुनाव हुनसक्ने संवैधानिक स्थिति छैन । सहमतिबिना संविधान संशोधन नहुने र संशोधन नभए चुनावै हुन नसक्ने स्थिति छ ।
संविधानसभा विघटनपछि भट्टराई नेतृत्वको सरकार स्वतः कामचलाउ हुन पुगेको छ । कांग्रेस एमालेसहितका २७ दलले भट्टराई सरकारलाई बर्खास्त गरी नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति रामवरण यादवलाई दबाब दिइरहेका छन् । दलहरुबीच सहमति नभई राष्ट्रपतिले कुनै राजनीतिक कदम चाल्ने हो भने संवैधानिक राष्ट्राध्यक्ष विवादमा पर्छन् । संवैधानिक राष्ट्रपति विवादमा परेमा एकातिर मुलुकमा राजनीतिक संकटमा पर्छ भने प्रमुख दलहरुबीचको दुरी झन् बढेर जान्छ । त्यही बुझेर राष्ट्रपतिले संवैधानिक दायित्वबमोजिम संयमतापूर्वक कुनै कदम नचाली प्रमुख दलहरुलाई सहमति गर्न दबाब दिइरहेका छन् । राष्ट्रपतिको आग्रह र प्रयास आफैंमा सराहनीय छ । संवैधानिक राष्ट्राध्यक्षले संवैधानिक लक्ष्मण रेखा पार गर्न मिल्दैन राष्ट्रपति यादवको गतिविधि हेर्दा उनले त्यो यथार्थ राम्रोसँग बुझेको अनुभूति भइरहेको छ ।
मुलुकमा गहििरंदै गएको राजनीतिक संकट समाधान गरी संघीय लोकतन्त्रलाई बचाउन आवश्यक कदम चाल्ने दायित्व राष्ट्रपतिको नभई प्रमुख दलहरुको हो । राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गरी सहयोग गर्नेमात्र हो । दलहरुका सामु संघीय लोकतन्त्रलाई बचाउन नयाँ संविधान निर्माण गर्नुबाहेक अर्को विकल्प छैन । संविधानसभाको निर्वाचनबाट होस् या यसको पुनःस्थापनाबाट संविधानका बाँकी विवादित मुद्दामा सहमति गरी नयाँ संविधान जारी गर्नुको विकल्प छैन । यसका लागि प्रमुख दलहरुले नै प्रयास थाल्नुपर्छ । यसैबीच मुलुकमा शान्ति प्रकि्रयाको अगुवाइ गरेको जेठ र अनुभवी पार्टी कांग्रेसले केन्द्रीय समितिबाट विधिवत् निर्णय गरी प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बुधबार बैठक गरी जुन सहमतिको प्रयास गरेको छ त्यो स्वागतयोग्य कदम हो ।
कांग्रेस सभापति सुशील कोइरालाले प्रतिकि्रयामा आएर अर्को दललाई आक्षेप लगाउने आफ्नो प्रवृत्ति छाडेर सहमतिका लागि जुन प्रयास गरेका छन् त्यो प्रशंसनीय छ । सबै दलले यसलाई सकरात्मक रुपमा िलंदै सहमतिका लागि आ-आफ्नो ठाउँबाट आ-आफ्नो हैसियतअनुसार सहयोग गर्नु र भूमिका निर्वाह गर्नु नै मुलुक संघीय लोकतन्त्र र आमजनताको हितमा हुन्छ । जेठ १४ मा संविधानसभा विघटनपछि प्रमुख दलहरुबीच संवादहीनता बढेको थियो । यसलाई तोडेर प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको बैठकले मुलुकमा राजनीतिक संकट अन्त्य हुने आशा र विश्वास बढाएको छ ।
नयाँ संविधान निर्माण नगरी संविधानसभाको अकालमै मुत्यु भएपछि प्रमुख दलहरुले एक-अर्कालाई त्यसको दोषी भन्दै राजनीतिक तीक्तता बढाउँदै आएका थिए । कांग्रेस एमालेसहितका २७ दलले माओवादीले संविधानसभा नभएको मौका पारी सत्ता कब्जा गर्न लागेको भन्दै आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेका छन् । आन्दोलन र त्यसको प्रतिकारले मुलुकमा द्वन्द्व बढाई सहमतिको आधार समाप्त पार्छ । संविधानसभा विघटनमा सबै प्रमुख दल दोषी छन् तर त्यसको मात्रा कमबेसी होला । अब दोष कसको बढी छ भनेर हिलो छ्यापाछ्याप गर्नुभन्दा कसरी सहमति गर्न सकिन्छ भन्नेतिर सबै लाग्नु नै मुलुकको मात्र होइन स्वयं दलहरुकै हितमा छ ।
अहिले कांग्रेसको अगुवाइमा प्रमुख चार राजनीतिक शक्तिबीच जुन सहमतिको प्रयास भएको छ त्यसलाई जारी राखी मुलुकलाई राजनीतिक संकटबाट निकास दिनुपर्छ । यो निकास आन्दोलन या जबर्जस्ती चुनावबाट आउन सक्दैन भन्ने यथार्थ आत्मसात गरी प्रमुख दलहरुले संवाद र सहमतिको प्रयास जारी राख्नुपर्छ । प्रमुख दलहरुबीच सहमति भयो संवैधानिक संकट पनि हल गर्न सकिन्छ र त्यससँगै नयाँ संविधानसभाको चुनाव गराएर या संविधानसभाको पुनःस्थापनाबाट संघीय लोकतन्त्रलाई संस्थागत गराउने संविधान निर्माण गर्न सकिन्छ यसबाहेक प्रमुख दलहरुका सामु अर्को कुनै विकल्प छैन ।

कार्यकारी निर्देशक नियुक्त गर्न आयोगसहित सहमति माग

काठमाडौं, ६ असार- श्रम मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न निर्वाचन आयोगसित सहमति माग गरेको छ । बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा दुई साताअघि गाडी दुर्घटनामा मृत्यु भई रिक्त पदमा नयाँ नियुक्ति गर्न श्रम मन्त्रालयले पत्र पठाई आयोगसित सहमति माग गरेको जानकारी स्रोतले दिए ।
श्रम मन्त्री कुमार बेलबासेको अध्यक्षतामा बसेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरी उपसचिव गिरिजा शर्मालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धा नियुक्त गर्न श्रमसचिव सोमलाल सुवेदीको अध्यक्षतामा लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयका सहसचिव रहेको पदपूर्ति समिति छ ।
निर्वाचन आयोगले सहमति दिएमा पदपूर्ति समितिले सार्वजनिक सूचना आह्वान गरी खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्नेछ । त्यसरी छनौट भएको व्यक्तिलाई बोर्डले कार्यकारी निर्देशक नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Tuesday, June 19, 2012

स्थानीय विकासद्वारा िसंहदरबारभित्रको नयाँ भवन 'कब्जा'

स्थानीयले सहमति उल्लंघन गरेकामा सहरी विकास मन्त्रालयको आपत्ति
काठमाडौं, ५ असार- स्थानीय विकास मन्त्रालयले सहरी विकासलाई छुट्ट्याइएको तल्लासमेत कब्जा गरी िसंहदरबारभित्र नवनिर्मित मन्त्रालय भवनमा सरेपछि दुई मन्त्रालयबीच लिएर गम्भीर विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेको उपस्थितिमा भएको समझदारीविपरीत स्थानीय विकास सहरी विकासलाई छुट्ट्याइएको तल्लासमेत कब्जा गरी एकतर्फी रुपमा नवनिर्मिति भवनमा सरेपछि दुई मन्त्रालयबीच विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री भट्टराई र मुख्यसचिव घिमिरेको उपस्थितिमा दुई मन्त्रालयका अधिकारीबीच उक्त भवनको भुईँ तल्ला र पहिलो तल्लामा सहरी विकास र दोस्रो तथा तेस्रो तल्लामा स्थानीय विकास मन्त्रालय राख्ने समझदारी भएको थियो ।
तर समझदारीविपरीत स्थानीय विकास मन्त्रालय सहरी विकासलाई राख्ने भनेको पहिलो तल्लासहित दोस्रो र तेस्रोसहित तीन तल्लामा सरेपछि विवाद उत्पन्न भएको हो । स्थानीय विकासका अधिकारीले समझदारीविपरीत भवन पूरा निर्माण नभइसक्तै आफ्नो मन्त्रालय ललितपुरको पुल्चोकबाट िसंहदरबारभित्रको नवनिर्मित भवनमा सारेपछि सहरी विकास मन्त्रालयका अधिकारीले आपत्ति जनाएका छन् ।
'प्रधानमन्त्री र मुख्यसचिवको तहमा भएको समझदारीविपरीत स्थानीय विकास मन्त्रालयलाई सहरी विकासलाई राख्ने भनिएको तल्लासहितमा सारिनु जिम्मेवार सरकारी अधिकारीको गम्भीर गैरजिम्मेवारी र सरकारको निर्णयको अवज्ञा हो । त्यसमाथि स्थानीय विकासका इन्जिनियर पृष्ठभूमिका सचिव शीतलबाबु रेग्मीको नेतृत्वमा ठेकेदारले निर्माणको काम सम्पन्न नगर्दै मन्त्रालय सारिनु झन् आश्चर्यको कुरा हो' िसंहदरबार पुनःनिर्माण सचिवालयका एक अधिकारीले भने ।
हस्तान्तरण नगर्दै मन्त्रालय सारेपछि ठेकेदारले बाँकी सम्पन्न गर्नुपर्ने कामसमेत नगर्ने र त्यसले सरकारलाई घाटा हुन्छ भन्ने कुरा इन्जिनियर सचिवले नबुझ्नु या नबुझेजस्तो गर्नु गैरजिम्मेवारी भएको दाबीसमेत सचिवालयका अधिकारीले गरे ।
उक्त भवनको निर्माण कार्य सम्पन्न हुन अझै तीन महिना बाँकी छ । भवनको भित्री भागमा फिनिसिङ र पेन्टिङ तथा कम्पाउन्ड निर्माण गर्न बाँकी छ मन्त्रालयको अगाडिको जमिनसमेत सम्याउन बाँकी छ । गाडी पार्किङ गर्ने ठाउँसमेत निर्माण गर्न बाँकी छ । ठेकेदारले तीन महिनापछिमात्र भवन हस्तान्तरण गर्ने जनाएको छ । तर भवन पूरा निर्माण नभइसकेको र ठेकेदारले हस्तान्तरणसमेत नगरिसकेको अवस्थामा स्थानीय विकास 'कब्जा' को शैलीमा सरेकामा सहरी विकास मन्त्रालयले आपत्ति जनाएको छ ।
िसंहदरबार पुनर्निर्माण सचिवालयले ठेकेदारले भवन निर्माणको काम सम्पन्न नगरी हस्तान्तर नगर्दै स्थानीय विकास मन्त्रालय सरेकामा गम्भीर आपत्ति जनाएको छ । िसंहदरबारभित्र मन्त्रालय र भवन निर्माणको जिम्मेवारी र रेखदेख गर्ने काम सचिवालयले गर्दै आएको छ । सचिवालयले मुख्यसचिव घिमिरेलाई पत्र लेखी काम सम्पन्न नहुँदै स्थानीय विकास मन्त्रालय सर्दा भवनको बाँकी निर्माण कार्यमा असर परेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।
भवनको फिनिसिङ र रङरोगन तथा कम्पाउन्ड निर्माणको काम बाँकी रहेको अवस्थामा सर्दा सचिवालयले चाहेअनुसारको निर्माणको काम नहुने उल्लेख गर्दै समग्रमा त्यसले निर्माणको काममा सरकारलाई घाटा पर्नेसमेत उल्ले गरेको छ ।
स्थानीय विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश थपलियाले भने नवनिर्मित भवनमा स्थानीय र सहरी विकासलाई मिलेर बस्नु भन्ने प्रधानमन्त्री र मुख्यसचिवको आदेश भएकाले स्थानीय विकास पहिलो दोस्रो र तेस्रो तल्लामा सरेको दाबी गरे । उनले सहरी विकासलाई भूमिगत र भुइँ तल्ला छाडेर बाँकीमा स्थानीय विकास सरेको दाबी गरे । तर प्रधानमन्त्री र मुख्यसचिवको उपस्थितिमा भएको समझदारीमा भने भुँइ र पहिलो तल्लामा स्थानीय विकास र दोस्रो तथा तेस्रो तल्लामा स्थानीय विकासलाई राख्ने सहमति भएको थियो । भण्डारण र डकुमेन्टेसनका लागिमात्र उपयुक्त हुने भूमिगत तल्लाका बारेमा सहमतिमा कुनै उल्लेख थिएन ।
'स्थानीय र सहरी विकासलाई मिलेर बस्नु भन्ने आदेश छ । आदेशअनुसार भूमिगत र भुँइ तल्ला सहरी विकासलाई छाडेर हाम्रो मन्त्रालयलाई पहिलो दोस्रो र तेस्रो तल्लामा एड्जस्मेन्ट गर्दैछौं' स्थानीय विकासका प्रवक्ता थपलियाले भने । सहरी विकासका अधिकारीले भने आफ्नो मन्त्रालयलाई दिइएको पहिलो तल्ला स्थानीय विकासले सहमतिविपरीत कब्जा गरेको दाबी गरे ।
नवनिर्मित यो भवन स्थानीय विकास मन्त्रालयका लागि निर्माण गरिएको हो । तर सहरी विकास मन्त्रालय नयाँ गठन भएपछि यसका लागि भवनको अभाव भएकाले प्रधानमन्त्री भट्टराई र मुख्यसचिव घिमिरेले दुवै मन्त्रालयका अधिकारीलाई राखेर नवनिर्मित भवनमा दुवै मन्त्रालयलाई राख्ने सहमति गराएका हुन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।


Monday, June 18, 2012

प्रतिपक्षीको कार्यक्रम प्रसारण गरेकामा एनटीभी प्रमुखलाई कारबाही

  • मन्त्रिपरिषदको निर्णय सार्वजनिक साचार माध्यममाथि हस्तक्षेप गर्दै जाने संकेत
  • पत्रकार महासंघद्वारा विरोध
काठमाडौं, ४ असार- सरकारले नेपाल टेलिभिजनले प्रतिपक्षी दलहरुले खुलामाचमा गरेको आमसभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा त्यसका कायममुकायम महाप्रबन्धक दीपकमणि धिताललाई कारबाही गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारी विरोधी प्रतिपक्षी कांग्रेस एमालेसहित २७ दलले जेठ २६ गते खुलामाचमा गरेको आमसभाको प्रत्यÔ प्रसारण्ँ गरेकामा धिताललाई कामु महाप्रबन्धकबाट पदमुक्त गरी कारबाही गरेको हो ।
मन्त्रिपरिषदले सूचना तथा साचारमन्त्री राजकिशोर यादवको पक्षपातपूर्ण सिफारिसमा कामु महाप्रबन्धक धिताललाई कारबाही गरी नायब महाप्रबन्धकमा घटुवा गरिएको जानकारी एक मन्त्रीले दिए । मन्त्रिपरिषदको यो निर्णयले सरकार सार्वजनिक साचार माध्यममाथि हस्तक्षेप गर्ने पक्षमा रहेको देखाएको टिप्पणी नेपाल टेलिभिजनका साचारकर्मीले दिए ।
आफूलाई संघीय लोकतन्त्रवादी भन्ने माओवादी-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सरकारले सरकारी साचार माध्यममाथि प्रतिपक्षीको समाचार प्रकाशन तथा प्रसारणमा अंकुश लगाउन धितालमाथि कारबाही गरेको हो ।
नेपाल टेलिभिजनबाट २७ दलको आमसभाको प्रत्यक्ष प्रसारण भएपछि साचार मन्त्री यादवसहित कतिपय मन्त्रीले कामु महाप्रबन्धक धिताल र समाचार प्रमुख राजेन्द्रदेव आचार्यलाई पटकपटक टेलिफोन गरी कांग्रेस-एमालेको पक्षपोषण गरेको भन्दै धम्क्याएको जानकारीसमेत स्रोतले दिएको छ ।
नेपाल टेलिभिजनले सत्तारुढ र प्रतिपक्षी दलहरुलाई समान व्यवहार गरी समाचार प्रसारण गर्दै आएको छ । नेपाल टेलिभिजनले माओवादीद्वारा राजधानीमा असार १ मा आयोजित आमसभाको समेत प्रत्यÔ प्रसारण्ँ गरेको थियो ।
यसैबीच पत्रकार महासंघले सोमबार नै विज्ञप्ति जारी गरी प्रतिपक्षी दलहरुद्वारा आयोजित कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको पृष्ठभूमिमा मन्त्रिपरिषदले धिताललाई कामु महाप्रबन्धकबाट पदमुक्त गरेकामा विरोध जनाएको छ ।
महासंघका महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक सरकारले आफैं साचार माध्यम साचालन गर्नुहुन्न भन्ने महासंघको मान्यता रहेको उल्लेख गर्दै टेलिभिजनजस्तो सूचना तथा विचार प्रवाह गर्ने माध्यमलाई साझा निष्पक्ष र हस्तक्षेपरहित वातावरणमा साचालन गर्न सरकारसित माग गरिएको छ ।

प्रतिपक्षी दलको विरोधका बीच राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं, ४ असार- राष्ट्रपति रामवरण यादवले प्रतिपक्षी दलहरुको विरोधका बीच प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको काम चलाउ सरकारको सिफारिसमा सोमबार दुई अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले भोलिपल्टै पारस्परिक कानुनी सहायता र सुपुर्दगीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । कांग्रेस र एमालेसहितका प्रतिपक्षी दलहरुले कामचलाउ सरकारको सिफारिसमा अध्यादेश जारी नगर्न लिखित ज्ञापन दिएका थिए ।
यी दुवै अध्यादेश मुख्य गरी सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित छन् । पारस्परिक कानुनी सहायतासम्बन्धी अध्यादेशमा नेपालले पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि गरेका मुलुकसित कानुनी सहयोग आदानप्रदान गर्ने व्यवस्था गरिएको छ ।
पारस्परिक कानुनी सहायतासम्बन्धी अध्यादेशमा कुनै पनि न्यायिक कार्यका सिलसिलामा नेपाल र सन्धि भएका मुलुकबीच कसुरदारको साक्षी प्रमाण बुझ्ने, खानतलासी गर्ने, सम्पत्ति लुकाएको छ कि छैन भनेर बुझ्ने, अवैध सम्पत्ति राखेको पाइएमा रोक्का राख्न लगाउने, जफत गरी स्वदेश फिर्ता गर्न लगाउनेलगायतका व्यवस्था छन् ।
२०४५ सालमा बनेको सुपुर्दगीसम्बन्धी कानुन अपर्याप्त र अस्पष्ट भएकाले त्यसलाई खारेज गरी अध्यादेश जारी गरिएको जानकारी सरकारी अधिकारीले दिए । सुपुर्दगीसम्बन्धी अध्यादेशमा नेपालले सुपुर्दगी सन्धि गरेका मुलुकहरुसितमात्र अपराधी या अभियुक्तलाई एक-आपसमा सुपुर्दगी गर्न सकिने प्रावधान राखिएको छ ।
नेपालमा कसुरदार ठहरिएको या कुनै अपराध गरी भागेर विदेशमा बसेको व्यक्तिलाई सरकारले उक्त मुलुकबाट सुपुर्दगी गर्न लगाई स्वदेशमा ल्याई सजाय गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । अध्यादेशअनुसार अरु देशको कसुरदार या अपराध गरेको विदेशीलाई नेपालले पनि सुपुर्दगी सन्धिअनुसार सुपुर्दगी गर्नुपर्ने जानकारी सरकारी अधिकारीले दिए ।
अध्यादेशमा कर राजस्व मौदि्रक र बैंकसम्बबन्धीबाहेक अरु अभियोगमा कम्तीमा तीन वर्ष सजाय हुने कसुर गरेका व्यक्तिलाई मात्र सुपुर्दगी गर्ने व्यवस्था गरिएको छ । । कर राजस्व मासेको हिनामिना गरेको मौदि्रक र बैंकसम्बन्धी कसुर गरेको हकमा भने तीन वर्षभन्दा कम सजाय हुने व्यक्तिलाई समेत सुपुर्दगी गर्नुपर्ने व्यवस्था गरिएको छ । राजनीतिक प्रकृतिको मुद्दा लागेको व्यक्तिलाई भने सुपुर्दगी नहुने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था सम्पत्ति शुद्धीकरण निवारण गर्नेसम्बन्धमा फाइना_िन्सयल एक्सन टास्क फोस्रले सम्पत्ति शुद्धीकरणसम्बन्धी आवश्यक कानुन नबनाएकामा नेपाललाई कालो सूचीमा राख्ने चेतावनी िदंदै आएको थियो । यी दुई अध्यादेश जारी भएपछि नेपाल कालो सूचीमा पर्नबाट जोगिएको जानकारी अर्थमन्त्रालयका एक अधिकारीले दिए ।
टास्क फोस्रले विश्वभरका सबै मुलुकलाई हातहतियार मानव बेचविखन आतंककारी गतिविधि र लागू पदार्थबाट आर्जित कालो धनलाई सेतो धन हुनबाट रोक्न कानुन बनाएर लागू गर्न दबाब दिने र त्यसो नगर्ने मुलुकलाई कालो सूचीमा राख्ने गर्छ । टास्क फोस्रले कालो सूचीमा परेका मुलुकलाई दातृ मुलुक र संस्थाहरुले सहयोग कटौती गर्छन् ।




Friday, June 15, 2012

हत्या गरिएका न्यायाधीश बम सहिद घोषणा

हत्याको छानबिन गर्न आयोग गठन
काठमाडौं, १ असार- सरकारले राजधानीमा अज्ञात व्यक्तिद्वारा हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रण्ँबहादुर बमलाई सहिद घोÈणु गरेको छ । मन्त्रिपिरÈद्को शुक्रबार बिहान बसेको बैठकले बमलाई सहिद घोÈणु गर्दै उनको पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निण्र्ँय गरेको जानकारी शिक्षामन्त्री दिनानाथ शर्माले दिए ।
मन्त्रिपरिषदले बम हत्या काण्डको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको संयोजकत्वमा नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक नरेश गुरुङ सदस्य रहेको उच्चस्तरीय जाँचबु´ आयोग गठन गरेको छ । जाँचबुझ आयोगलाई तीन महिनाको म्याद दिइएको छ ।
ललितपुरको बंगलामुखी मन्दिर दर्शन गरेर कार्यालय जान लागेका न्यायाधीश बमको शंखमूलनजिक जेठ १८ गते हत्या भएको थियो । सरकारले बमको नर्भिक अस्पतालमा उपचार गर्दा लागेको खर्चसमेत बेहोर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपिरÈद् बैठकले झापाका पत्रकार यादव पौडेलको हत्याको घटनाको छानबिन गर्न गठिन उच्चस्तरीय जाँचबुझ आयोगको म्याद १५ दिन थप गरेको छ । पत्रकार पौडेलको गत चैत २१ गते बिर्तामोडस्थित पूर्वााचल सेकुवा कर्नर एन्ड गेस्ट हाउस नजिकै हत्या भएको थियो ।
सरकारले पौडेल हत्याको छानबिन गर्न पूर्वन्यायाधीश केशवप्रसाद बस्यालको संयोजकत्वमा नायव महान्याधिवक्ता न्यायाधिवक्ता युवराज सुवेदी र प्रहरी नायव महानिरीÔक टपेन्द्रध्वज हमाल सदस्य रहेको उच्चस्तरीय न्यायिक आयोग गठन गरेको थियो । उक्त आयोगले छानबिनको काम सम्पन्न नगरिसकेकाले १५ दिन म्याद थप गरिएको हो ।
जापानले सहयोग गर्ने
जापानले सिन्धुली-बदिर्वास सडकको तेस्रो खण्ड निर्माणका लागि ४ अर्ब ९ करोड ६० लाख र दोस्रो खण्डको पहिरोबाट भत्किएको खण्ड पुनर्निर्माणका लागि ९० करोड १० लाख येन सहयोग गर्ने भएको छ । मन्त्रिपिरÈद् बैठकले जापानी सहयोग स्वीकार गर्ने निर्णय गरी सम्´ाैतामा हस्ताÔर गर्न अर्थमन्त्रालयलाई अधिकार दिइएको जानकारी मन्त्री शर्माले दिए ।
भारतीय सेनाध्यक्ष नेपाल आउने
भारतीय स्थल सेनाध्यक्ष बिक्रम िसंह नेपाल भ्रमण आउने भएका छन् । मन्त्रिपिरÈद बैठकले नेपाली सेनाका प्रधान सेनापति छत्रमानिसंह गुरुङलाई भारतीय सेनाका स्थल सेनाध्यÔ िसंहलाई नेपाल भ्रमण्ँको निमन्त्रणु गर्न स्वीकृति प्रदान गरेको छ । साथै सरकारले िसंहको भ्रमण्ँका अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान प्रदान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निण्र्ँयसमेत गरेको छ ।

वन पैदावर प्राधिकरण गठन हुने
मन्त्री शर्माका अनुसार सरकारले वन पैदावार प्राधिकरण्ँ स्थापनाका लागि कानुन तर्जुमा गर्न वन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निण्र्ँय गरेको छ ।

Wednesday, June 13, 2012

कारबाहीको प्रकि्रयामा रहेको कम्पनीमार्फत् मल खरिद गर्न भारतीय शर्त

भारतीय शर्तले मुख्य बालीका लागि मुलुकभर मलको हाहाकार हुने
काठमाडौं, ३१ जेठ- मुख्य खेतीको सिजनमा मलको हाहाकार भइरहेका बेला भारतीय दुतावासले कारबाहीको प्रकि्रयामा रहेको भारतीय कम्पनी आईपीएलमार्फत् मल खरिद गर्नुपर्ने सर्त राखेपछि कृषि विकास मन्त्रालय र कृषि सामग्री संस्थान अप्ठ्यारामा परेका छन् । भारतीय शर्तले गर्दा धानलगायतका मुख्य बालीका लागि मुलुकभर मलको हाहाकार हुने चिन्ता कृषि मन्त्रालयका अधिकारीले व्यक्त गरेका छन् ।
संसदको सार्वजनिक लेखा समिति र कृषि मन्त्रालयको आन्तरिक छानबिनले टेन्डर प्रकि्रयाबाट गत चैत महिनामा ठूलो परिमाणमा मल ल्याउँदा प्रतिबोरा सरदर साढे दुई केजीका दरले कम आपूर्ति गरेकामा आईपीएललाई कारबाही गरी कालो सूचीमा राख्न सिफारिस गरेका छन् । आईपीएलबाट कम मल बुझेकामा कृषि सामग्री संस्थानका तत्कालीन महाप्रबन्धक पशुपति गौतमलगायतका केही कर्मचारी कारबाहीमा परेका छन् ।
धानलगायतका मुख्य बालीका लागि टेन्डर प्रकि्रयाबाट मल खरिद गर्न नभ्याइने भएकाले छोटो प्रकि्रयाबाट भारतबाट आयात गर्न कृषि मन्त्रालयले प्रस्ताव गरेपछि भारतीय दुतावासले आईपीएलमार्फत् नै मल ल्याउनुपर्ने शर्त राखेको हो । दुतावासले आईपीएललाई कारबाहीबाट बचाउन उसैमार्फत मल ल्याउनुपर्ने शर्त राखेको हुन सक्ने आशंका कृषि मन्त्रालयका एक अधिकारीले प्रकट गरे ।
टेन्डर प्रकि्रयाबाट मल ल्याउन ५ महिना समय लाग्ने भएकाले कृषि सामग्री संस्थानले भारतीय कम्पनी एमएमटीसीमार्फत् रासायनिक मल खरिद गर्ने प्रकि्रया सुरु गरेको थियो । नेपाल र भारतबीच मल अभाव भएका बेला भारतीय कम्पनीबाट अन्तर्राष्ट्रिय बजार मूल्यमा एक लाख मेटि्रक मल सोझै खरिद गर्न सक्ने समझदारी छ । नेपालले त्यही समझदारीअनुसार मल आयात गर्दा एमएमटीसीबाट ल्याउने गरेको थियो । यो प्रकि्रयाबाट दुई सातामै मल आयात गर्न सकिन्छ ।
यसपटक भने भारतीय दुतावासले एमएमटीसीमार्फत् नभई आईपीएल कम्पनीमार्फत् मल ल्याउन परराष्ट्र मन्त्रालयमार्फत् कृषि मन्त्रालयलाई दुईपटक पत्र पठाइसकेको छ । भारतीय दुतावासले पहिलोपटक २ मे २०१२ मा ३० हजार मेटि्रक टन डीएपी मल आईपीएलमार्फत् खरिद गर्न पत्र पठाएको थियो । त्यसको प्रत्युत्तरमा कृषि मन्त्रालयले २ जुन २०१२ मा परराष्ट्र मन्त्रालयमार्फत् आईपीएल कारबाहीको प्रकि्रयामा रहेकाले एमएमटीसीमार्फत् मल खरिद गर्न दिन आग्रह गरेको थियो । तर भारतीय दुतावासले दोस्रोपटक तीन दिनअघिमात्र आईपीएलमार्फत् नै मल खरिद गर्न लिखित आग्रह गरिसकेपछि कृषि मन्त्रालय र संस्थान अप्ठ्यारामा परेका हुन् ।
कृषि सामग्री संस्थानले धेरै पहिले आवश्यक रकमसमेत पठाई एमएमटीसीमार्फत् साढे १२ हजार मेटि्रक टन युरिया मल खरिद गर्न प्रकि्रया अघि बढाए पनि मल आएको छैन । साढे १२ हजार मेटि्रक टन युरिया मल नपठाएको भारतले उल्टै दुतावासमार्फत् आईपीएलबाट खरिद गर्न शर्त राखेपछि धान बालीलगायत मुख्य खेतीको मौसममा मल हाहाकार हुने स्थिति उत्पन्न भएको छ ।
कृषि सामग्री संस्थानका अधिकारीका अनुसार वर्षे धान खेतीका लागिमात्र १ लाख मेटि्रक टन मल आवश्यक पर्छ तर संस्थानसित हाल साढे ५ हजार मेटि्रक टन मलमात्र मौज्दात छ । तर आपूर्तिकर्ता कम्पनी नै विवादमा परेको र कृषि मन्त्रालय त्यसमार्फत मल ल्याउने÷नल्याउने निर्णय गर्न नसकिरहेको अवस्थामा भारतबाट आयात प्रकि्रयामा रहेको मल कहिले आइपुग्ने भन्ने नै अनिश्चित भएकाले वर्षे धान खेतीका लागि मलको हाहाकार हुने निश्चित भएको जानकारी कृषि मन्त्रालयका अधिकारीले दिए ।
कृषकले धान खेतीमा मल हाल्न नपाए धानको उत्पादन ३० प्रतिशतसम्म घट्ने जानकारी कृिÈ मन्त्रालयका प्रवक्ता हरि दाहालले दिए । कुल गार्हस्थ उत्पादनमा कृिÈको योगदान ३३ प्रतिशत छ कृषिमा धानको मात्र योगदान २१ प्रतिशत छ । कृषि मन्त्रालयका अधिकारीका अनुसार रासायनिक मलको अभाव भएमा धान र तरकारी खेतीमा ३०, उखुमा ७०, मकैमा ४० र गहुँमा ५० प्रतिशतसम्म उत्पादनमा घट्छ यसका कारण्ँ मुलुकको कुल गार्हस्थ उत्पादन नै घट्ने र मुलुकमा आगामी वर्ष खाद्यान्न अभाव चरम हुने चिन्ता ती अधिकारीको छ ।
भारतबाट सोझै मल ल्याउन सकिएन भने टेन्डर प्रकि्रयाबाट खरिद गर्नुपरेमा पाँच महिना अर्थात् मंसिरमा मात्र मल आइपुग्छ मंसिरसम्म धान कोदो गहुँलगायतका सबै बालीका लागि मल हाहाकार हुनेछ । ती अधिकारीका अनुसार मल खरिद गर्न ४५ दिन ठेक्का आह्वान प्रकि्रया ठेकेदार छनोट गर्न २ साता ठेकेदार कम्पनीले विदेशबाट मल आयात गर्न ९० दिन लाग्छ ।
कृषि सामग्री संस्थानसित अनुदानमा मल खरिद गर्न जम्मा ७१ करोड रुपैयाँमात्र छ । त्यति रकमले भारतबाट प्रस्ताव गरिएको ३० हजार मेटि्रक टन डीएपी मल खरिद गर्न समेत रकम पुग्दैन । त्यति रकमले २० हजार मेटि्रक टनमात्र डीएपी मल खरिद गर्न पुग्छ ।
असारदेखि भदौ-असोजसम्म मुख्य खेतीको सिजनका लागि ७० हजार मेटि्रक टन युरिया, २५ हजार मेटि्रक टन युरिया र ५ हजार मेटि्रक टन मुरेटा पोटास मल आवश्यक पर्छ । भारतसित सहमति भई ३० हजार मेटि्रक टन डीएपी आयो भने पनि युरिया र मुरेटा पोटास मल भने अभाव नै हुनेछ ।
कृषि मन्त्रालयले मल खरिद अनुदानका लागि रकम अभाव भएको भन्दै अर्थमन्त्रालयसित तत्काल १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको धेरै समय भइसकेको छ । तर अर्थमन्त्रालयले थप रकम दिन अस्वीकार गरिरहेको छ ।
तर अर्थमन्त्रालयले दोस्रो चौमासिकमा काटिएको २१ करोड १३ लाख र समायोजनबापतको कट्टा गरिएको २७ करोड ३ लाख गरी ४८ करोड ५१ लाख रुपैयाँ कृषि मन्त्रालयलाई मल खरिद अनुदानमा खर्च गर्न सहमति दिएको छ । तर कृषि सचिव नाथुप्रसाद चौधरीले मन्त्रालयस्तरीय निर्णय गरी त्यसमध्येको २१ करोड १३ लाख रुपैयाँ राजस्वमा जम्मा गरिदिएपछि मल खरिद गर्न रकम अभाव झन् बढेको छ ।








Monday, June 11, 2012

संविधानसभा भवन थप छ महिनालाई भाडामा लिने तयारी

संविधानसभा विघटनले कर्मचारीलाई पिरलो
काठमाडौं, २९ जेठ- संसद सचिवालयले संविधानसभा÷संसद नभए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र थप छ महिनाका लागि भाडामा लिने भएको छ । सरकारले आगामी मंसिर ७ मा नयाँ संविधानसभाको चुनाव गराउने घोषणा गरेकाले सचिवालयले उक्त भवन थप छ महिनाका लागि भाडामा लिने गृहकार्य सुरु गरेको हो । संविधानसभाको म्याद सकिएको जेठ १४ पछिको छ महिनाका लागि सचिवालयले भवन भाडामा लिन लागेको हो ।
सचिवालयले संविधानसभा रहेसम्मका लागि उक्त भवन भाडामा लिएको थियो । संविधानसभा विघटन भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसितको भाडासम्बन्धी करार स्वतः समाप्त भएको थियो ।
'सरकारले संविधानसभाको चुनाव घोषणा गरेको छ । नयाँ संविधानसभा आएपछि बैठक बस्ने भवन चाहिने भएकाले सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन थप छ महिनाका लागि भाडामा लिने गृहकार्य सुरु गरेको हो' सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने- 'केही दिनभित्रै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसित सचिवालयले भवन भाडामा लिनेसम्बन्धी करार गर्दैछ ।' सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन वर्षको ६ करोड ८१ लाख ६१ हजार ९ सय ५२ रुपैयाँमा भाडामा िलंदै आएको थियो । यसपटक पनि त्यही दरमा सचिवालयले छ महिनाका लागि भाडामा लिन लागेको हो ।
सचिवालयका कर्मचारीको तलबभत्ता घट्यो
संविधानसभा विघटनले सबभन्दा बढी पिरलो संसद सचिवालयका कर्मचारीहरुलाई भएको छ । संविधानसभा विघटनसँगै सचिवालयका कर्मचारीहरुले खाइपाई आएको ३५ प्रतिशत भत्ता, खाजा र खाना खर्च काटिएका कारण उनीहरुलाई पिरलो भएको हो ।
तत्कालीन सभामुखको अध्यक्षतामा रहेको संसद साचालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार सचिवालयका कर्मचारीले संविधानसभा अवधिभर मासिक तलबका अतिरिक्त ३५ प्रतिशत भत्ता, हाजिर भएको दिन ५० रुपैयाँ खाजा खर्च र बिहान या बेलुका काम गर्नुपर्दा ७० रुपैयाँ खाना खर्च पाउँदै आएका थिए । त्यसअतिरिक्त उनीहरुले कार्यालय समयभन्दा बढी काम गरेका बेला ओभरटाइमसमेत पाउँदै आएका थिए । तर विघटनसँगै कामै नभएकाले सचिवालयका कर्मचारीहरुको ओभरटाइमको अवसरसमेत गुमेको छ ।
'संविधानसभा विघटन भएपछि सविचालयका कर्मचारीहरुको ३५ प्रतिशत भत्ता, खाजा र खाना खर्च र ओभरटाइम सबै काटिएको छ' सचिवालयका एक अधिकारीले भने । सचिवालयमा २ सय ५० जना कर्मचारी छन् । त्यस अतिरिक्त संविधानसभा'संसद बैठकका लागि जनशक्ति अपुग भएकाले सचिवालयले विभिन्न कार्यालयबाट ६० जना कर्मचारी काजमा लिएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा कार्यरत कर्मचारीले समेत संविधानसभाकै काम गर्नुपरेकाले सचिवालयले उनीहरुलाई समेत ३५ प्रतिशत भत्तालगायतका सुविधा िदंदै आएको थियो ।
सचिवालयका कर्मचारीका लागि मासिक तलबका लागि ५४ लाख ४१ हजार ६ सय ७६ रुपैयाँ खर्च हुन्थ्यो भने ३५ प्रतिशत भत्ता खाजा खाना खर्च ओभरटाइमका लागिमात्र मासिक २४ लाख ६९ हजार खर्च हुन्थ्यो । संविधानसभा नभएकाले सचिवालयका लागि मासिक २४ लाख ६९ हजार रुपैयाँ खर्च घटेको छ । संविधानसभा विघटनपछि संसद सचिवालय सुनसानमात्र भएको छैन कर्मचारीहरु कामविहीन भएका छन् ।

निजामती कर्मचारी संघद्वारा दर्ताका लागि श्रम विभागमा आवेदन

काठमाडौं, २९ जेठ- कांग्रेस निकट निजामती कर्मचारी युनियनबाट विभाजित भई गठन भएको नेपाल निजामती कर्मचारी संघले आफूलाई राष्ट्रिय कर्मचारी संगठनका रुपमा मान्यता दिन माग गर्दै श्रम विभागमा सोमबार आवेदन दिएको छ । संघ समर्थित निजामती कर्मचारीहरुले संघको राजधानीको अनामनगरस्थित कार्यालयबाट र् यालीसहित विभागमा गएर आफ्नो संघलाई दर्ता गर्न आवेदन दिएका हुन् ।
संघले ७ साँढे सात हजार कर्मचारीको हस्ताक्षर र ३४ जिल्लामा कार्यसमितिसहित राष्ट्रिय कर्मचारी संगठनका रुपमा दर्ता हुन आवेदन दिएको हो । राष्ट्रिय कर्मचारी संगठनका रुपमा दर्ता हुन ५ हजार कर्मचारीको हस्ताक्षर र २० जिल्लामा कार्यसमिति हुनु अनिवार्य हुन्छ ।
संघका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मी सबैजसो लोकतन्त्रवादी कर्मचारीहरु आफ्नो संगठनमा आवद्ध भएको दाबी गरे । ुसंघ सम्पूर्ण लोकतन्त्रवादी कर्मचारीको छाता संगठन बन्नेछु रेग्मीले भने । विभागले आवेदनका बारेमा छानबिन गरी केही दिनभित्र मान्यता दिनेछ ।
संघ दर्ता भएपछि राष्ट्रियस्तरका निजामती कर्मचारी संघ÷संगठनको संख्या सात पुग्नेछ । यसअघि नै माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले सम्बद्ध निजामती कर्मचारी संगठन, संयुक्त लोकतान्त्रिक मधेसी र्मार्चा निकट नेपाल मधेसी कर्मचारी माच, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्र सेवक कर्मचारी संगठन राष्ट्रिय कर्मचारी संगठनका रुपमा मान्यता पाई कार्यरत छन् ।

Sunday, June 10, 2012

पूर्वविशिष्ट पदाधिकारीलाई राज्यले धान्नै नसक्ने गरी महँगो सुविधा प्रदान

  • पजेरो र राजधानीमा महल हुनेलाई समेत आजीवन गाडी र घरभाडा
  • विशिष्ट व्यक्तिका नाममा आसेपासेलाई गाडी र घर भाडा दिने व्यवस्था
  • सुविधा पाउनेमा ६ पूर्वप्रधानमन्त्री, १६ पूर्वप्रधानन्यायाधीश, चार पूर्वसभामुख, १६ पूर्वगृहमन्त्री
काठमाडौं, २८ जेठ- मितव्ययिताको नारा दिएर सत्तामा आएका प्रधानमन्त्री बाबुराम भट्टराईले संसदलाई बाइपास गरी अध्यादेश ल्याएर पूर्वविशिष्ट पदाधिकारीहरुलाई राज्यलाई धान्नै नसक्ने गरी आजीवन गाडी आवास सचिवालयलगायतका विभिन्न सुविधा दिएका छन् । पूर्वविशिष्ट पदाधिकारीहरुका लागि दिन थालिएको सुविधाका लागि वर्षेनि राज्यको ढुकुटीबाट ५० करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान सरकारी अधिकारीहरुको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी अध्यादेश जारी गराई पूर्वराष्ट्रपति पूर्वप्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख र पूर्वगृहमन्त्रीहरुलाई आजीवन गाडी चालक इन्धन र मर्मत खर्चसहितको सुविधा दिन थालिएको छ । सरकारलाई अंकुश लगाउने संसद विघटन भएको मौका पारी मन्त्रिपरिषदले अध्यादेशअनुसार पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी मापदण्ड बनाएर सुविधा दिन थालेको हो ।
२०४६ सालपछिका ६ पूर्वप्रधानमन्त्री १६ पूर्वप्रधानन्यायाधीश चार पूर्वसभामुख १६ पूर्वगृहमन्त्रीलाई आजीवन उपलब्ध गराइने चालकसहित गाडी इन्धन मर्मत आवास सचिवालय खर्च गाडीको डिपि्रसिएसनलगायतका हिसाब गर्दा वर्षको ५० करोड रुपैयाँँभन्दा बढी खर्च हुने सरकारी अधिकारी बताउँछन् । समयक्रमसँगै पूर्वविशिष्ट पदाधिकारीको संख्या बढ्दै जाने भएकाले यस्तो खर्चसमेत वर्षेनि वृद्धि हुँदै जानेछ ।
उदाहरणका लागि पूर्वप्रधानमन्त्रीहरुलाई ल्यान्डक्रुजर प्राडो गाडी चढ्न िदंदा इन्धन २५ हजार चालकका लागि मासिक २० हजार, सचिवालयका लागि ६० हजार, घरभाडा ५० हजार, मर्मत तथा अतिथि सत्कार खर्च १० हजार, गाडी डिपि्रसिएन ५० हजारसहित एक जनाका लागिमात्र मासिक २ लाख ४० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका सबै पूर्वविशिष्ट पदाधिकारीहरुको सम्पूर्ण उपचार खर्चसमेत सरकारले बेहोर्ने व्यवस्थासमेत अध्यादेशमा गरिएको छ ।
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी मापदण्डअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति. पूर्वप्रधानमन्त्रीलाई आजीवन सरकारी भवन या मासिक ५० हजार रुपैयाँ आवास सुविधा प्रदान गरिनेछ । दुर्गम जिल्लामा जीवनजल र सिटामोलसमेत पुर् याउन नसक्ने सरकारले राजधानीमा करोडौंै रुपैयाँ पर्ने भव्य महल भएका पूर्वविशिष्ट पदाधिकारीलाई भने मािसक ५० हजार रुपैयाँका दरले आवास सुविधा घर भाडा प्रदान गर्न लागेको हो । उनीहरुमध्ये धेरैजसो चालकसहित गाडी सुविधा दिइसकिएको छ भने घरभाडा भने जेठ महिनादेखि दिन थालिनेछ ।
यस्तो सुविधा पाउने पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादर देउवा, माधवकुमार नेपाल, झलनाथ खनालको राजधानीमा आ-आफ्नै भव्य महल छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नाममा मात्र राजधानीमा भवन छैन । पूर्वप्रधानमन्त्रीहरु दाहाल खनाल, नेपाल, देउवा र चन्दलाई मापदण्डविपरीत डेढ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ल्यान्डक्रुजर गाडी सुविधा दिइसकिएको छ । पूर्वप्रधानमन्त्री थापालाई मात्र गाडी सुविधा उपलब्ध गराउन बाँकी छ । मापदण्डमा पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई ५० हजार रुपैयाँसम्म मूल्य पर्ने मध्यमस्तरको गाडी दिने व्यवस्था गरिएको छ । तर सरकारले पूर्वप्रधानमन्त्रीहरुलाई मापदण्डविपरीत डेढ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने महँगो र विलाशी ल्यान्डक्रुजर प्राडो गाडी दिएको छ । देउवा, चन्द र थापासँग २०५२ सालमा भन्सार छुटमा लिएको पजेरोसमेत छ ।
मापदण्डअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई शाखा अधिकृत नायव सुब्बा दुई जना कार्यालय सहयोगीसहितको सचिवालय अतिथि सत्कार र मसलन्द खर्चबापत वार्षिक ५० हजार गाडी मर्मत खर्चबापत वार्षिक ५० हजार हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसअतिरिक्त उनीहरुलाई चालकसहित चालकसहित गाडी इन्धन सुविधा दिइनेछ । पूर्वविशिष्ट पदाधिकारीले आफूले आजीवन पाउने सचिवालयका लागि कर्मचारी आफैंले नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ । पूर्वविशिष्ट पदाधिकारीले सचिवालयका कर्मचारी आफ्नै परिवारका मान्छेलाई राखेर सरकारबाट मासिक करिब ६० हजार रुपैयाँ लिनेछन् ।
सरकारले पूर्वप्रधानन्यायाधीश र सभामुखलाई भने आवास सुविधाबाहेक आजीवन चालकसहित गाडी इन्धन मर्मत खर्च अतिथि सत्कार तथा मसलन्द खर्च र सचिवालय सुविधा प्रदान गर्ने भएको छ । सरकारले पूर्वप्रधानन्यायाधीश र सभामुखलाई अतिथि सत्कार र मसलन्दबापत वार्षिक ४० हजार र गाडी मर्मत खर्चबापत वार्षिक ४० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । पूर्वप्रधानन्यायाधीश र सभामुखहरुले निजी सचिवालयका लागि एक जना नायव सुब्बा राख्न पाउनेछन् । पूर्वप्रधानन्यायाधीश र सभामुखहरुले समेत सचिवालयमा आफ्नै परिवारका मान्छे राखेर सरकारबाट मासिक १५ हजार रुपैयाँभन्दा बढी रकम पाउनेछन् । मापदण्डमा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखहरुलाई ५० लाख रुपैयाँसम्म पर्ने गाडी सुविधा दिने व्यवस्था गरिएको छ ।
सर्वोच्च अदालतले पूर्वविशिष्ट पदाधिकारीसम्बन्धी अध्यादेश र सरकारको निर्णयअनुसार ०४६ सालपछिका १६ पूर्वप्रधानन्यायाधीशमध्ये विश्वनाथ उपाध्याय, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप शर्मा, रामप्रसाद श्रेष्ठसहित १५ जनालाई चालकसहित गाडीलगायतको सुविधा प्रदान गरिसकेको छ । पूर्वप्रधानन्यायाधीशमध्ये केदारनाथ उपाध्यायले मानव अधिकार आयोगको अध्यक्षका नाताले गाडीलगायतका सुविधा पाइरहेकाले उनलाई मात्र सर्वोच्चले सुविधा नदिएको हो । पूर्वप्रधानन्यायाधीशहरुलाई मापदण्डभन्दा धेरै कम मूल्यका १६/१७ लाख रुपैयाँ पर्ने कार उपलब्ध गराइएको जानकारी सर्वोच्च स्रोतले दिएको छ ।
गाडी सुविधा पाउनेमा पूर्वसभामुखहरुमा दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र सुवास नेम्वाङ छन् । पूर्वसभामुखमध्ये रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई संसद सचिवालयले ४० लाख रुपैयाँभन्दा बढी पर्ने स्कर्पियो गाडी उपलब्ध गराइसकेको छ । ढुंगाना र रानाभाटलाई मात्र गाडीलगायतको सुविधा दिन बाँकी छ । संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले समेत पूर्वसभामुखको हैसियतमा गाडी सुविधा माग गरेका छन् । संविधानसभाको कार्यविधिमा संविधानसभा बैठकको अध्यक्षता गरेको व्यक्तिसमेत सभामुखको परिभाषामा पर्ने उल्लेख भएकाले गुरुङले गाडी सुविधा माग गरेको जानकारी स्रोतले दिएको छ । गुरुङकै अध्यक्षतामा बसेको संविधानसभा बैठकले मुलुकमा राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना गरेको हो ।
अध्यादेश जारी भएको एक महिना बढी भए पनि पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी मापदण्ड अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले पारित गरेकाले पूर्वगृहमन्त्रीहरुलाई मात्र चालकसहित गाडी सुविधा दिन बाँकी छ । मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई ३५ लाख रुपैयाँसम्म पर्ने गाडी दिने र गाडी मर्मत खर्च वार्षिक ३० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । पूर्वगृहमन्त्रीहरुले भने सचिवालयलगायतका सुविधा भने पाउने छैनन् ।
गाडी सुविधा पाउने पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, वामदेव गौतम, केपी ओली, कमल थापा, धर्मबहादुर थापा, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णबहादुर महरासहित १६ जना छन् । पूर्वगृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म गाडी सुविधा दिने व्यवस्था गरिएको छ । तर मापदण्डमा अरु पूर्वगृहमन्त्रीलाई समेत घुमाउरो भाषामा ुसुरक्षा थ्रेटु हेरी आजीवन गाडी सुविधा दिने व्यवस्था गरिएको छ । यो व्यवस्थाका कारण सबै पूर्वगृहमन्त्रीले आजीवन चालक इन्धन र मर्मत खर्चसहित गाडी सुविधा पाउनेछन् ।
सरकारमा हालीमुहाली गर्ने दल र तिनका नेताले आफ्ना पार्टीका नेता आफू अनुकूलका व्यक्तिलाई जथाभावी गाडी आवास दिन अध्यादेशमा विशिष्ट व्यक्तिलाई आजीवन सुविधा दिन सकिने व्यवस्था गरेको छ । सत्तारुढ माओवादीले कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य र कांग्रेस सत्तामा हुँदा मुलुकमा खासै योगदान नगरेका पूर्वसांसद अमरेशकुमार िसंहलाई गाडी सुविधा दिएको थियो । अब अध्यादेशको अपव्याख्या गरी सरकारमा रहेका दल र तिनका नेताले आफ्नो स्वार्थअनुकूलका व्यक्तिलाई विशिष्टको पगरी दिएर िसंहजस्ता व्यक्तिलाई आजीवन आवाससहित चालकसहित गाडी इन्धन मर्मत खर्च दिएर राज्यको ढुकुटी दुरुपयोग गर्न सक्ने खतरा बढेको चिन्ता सरकारी अधिकारीले नै व्यक्त गरेका छन् ।
सरकारले मुलुकमा विशिष्ट योगदान पुर् याएको र ७० वर्ष उमेर पुगेको व्यक्तिलाई मासिक २० हजार रुपैयाँ घर भाडा चालकसहित गाडी र आवास सुविधा प्रदान गर्ने व्यवस्था मापदण्डमा गरेको छ । विशिष्ट व्यक्तिलाई ३५ लाख रुपैयाँसम्म पर्ने गाडी चालक इन्धन र वार्षिक ३० हजार गाडी मर्मत खर्च दिने व्यवस्था मापदण्डमा गरिएको छ ।
पूर्वराष्ट्रपतिलाई २००, पूर्वउपराष्ट्रपतिलाई १७५, पूर्वप्रधानमन्त्रीलाई १५०, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वगृहमन्त्रीलाई १०० लिटर पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने व्यवस्था अध्यादेशमा गरिएको छ ।

Friday, June 8, 2012

मुलुकलाई संकटमा धकेलेर प्रधानमन्त्री विदेश शयरमा जाँदै

काठमाडौं, २६ जेठ- 'काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर' भन्ने भनाइ मुलुकमा राजनीतिक संकट बढेका बेला 'जम्बो' टोलीका साथ दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनमा भाग लिन जाने तयारीमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराईमा हुबहु लागू हुन लागेको छ । नयाँ संविधान निर्माण नगरी संविधानसभा विघटन भएपछि मुलुकको राजनीति ध्रुवीकृत भई अनिश्चितता बढिरहेका बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री आफैं एक साता लामो भ्रमणमा जान लागेपछि उनी प्रमुख दलहरुबीच सहमति कायम गर्न कत्ति पनि गम्भीर रहेनछन भन्नेसमेत प्रमाणित भएको सरकारी अधिकारीहरु नै बताउँछन ।
प्रधानमन्त्रीले प्रमुख दलका नेताहरुलाई भेटेर राजनीतिक सहमति कायम गर्न गरिरहेको प्रयासलाई बीचैमा थाँती राखेर भ्रमणमा जाने कार्यक्रम तय गर्नुले आमजनतालाई भ्रममा पार्नमात्र उनले संकट समाधानप्रति गम्भीरता देखाएका रहेछन भन्ने अनुभूति भएको छ । प्रधानमन्त्रीले विपक्षी कांग्रेस र एमालेसहित २२ दलको असहमतिका बीच नयाँ संविधानसभाका लागि मंसिर ७ चुनाव गराउने तिथि घोषणा गरेका छन । राजनीतिक सहमति नभई संविधानसभाको चुनाव हुन सक्तैन तर प्रधानमन्त्री भने दलहरुबीच सहमति नगरी साताव्यापी भ्रमणमा जाने तयारी गर्नुले उनी आफैंले घोषणा गरेको चुनावप्रति गम्भीर नरहेको प्रश्नसमेत उठेको छ ।
स्वदेशमा संकट उत्पन्न भएमा विदेशमा रहेका अरु मुलुकका प्रधानमन्त्री मन्त्रीसमेत भ्रमण छोट्टयाएर फर्कन्छन तर प्रधानमन्त्री भट्टराईले संकटका बीच ब्राजिलको रियो दि जेनेरियोमा असार ६ देखि ८ सम्म हुने शिखर सम्मेलनमा जाने तयारी गरेर त्यसको ठीक उल्टो व्यवहार प्रदर्शन गरेका छन । संविधानसभाको चुनाव गर्न संवैधानिक तथा कानुनी जटिलता छन अन्तरिम संविधान संशोधन नगरी संविधानसभाको चुनाव हुन नसक्ने यथार्थ निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । संविधानसभाको चुनाव गराउन पहिला जति सक्दो छिटो दलहरुबीच सहमति हुनु जरुरी छ त्यसपछि दलहरुको सहमतिमा संवैधानिक र कानुनी जटिलता सल्टयाएपछिमात्र चुनाव सम्भव हुन सक्छ त्यसपछिमात्र चुनावको तयारी सुरु गर्न सकिन्छ । त्यसतर्फ कुनै पहल नगरी आफैं भ्रमणमा जान लाग्नु प्रधानमन्त्रीको राजनीतिक गैरजिम्मेवारी भएको सरकारी अधिकारी नै बताउँछन । 'प्रधानमन्त्रीको अनुपस्थितिमा त्यति जटिल विषयमा दलहरुबीच सहमति हुन सक्तैन' एक सरकारी अधिकारीले भने ।
संविधान निर्माण नगरी संविधानसभा विघटन भएको दुई दिनपछि जेठ १६ मा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको नेतृत्वमा शिखर सम्मेलनमा जाने निर्णय गरेको हो । यसले पनि मन्त्रिपरिषद र प्रधानमन्त्री स्वयंले राजनीतिक संकट समाधान गर्न र चुनाव गराउनभन्दा सत्ता लम्याउन खोजेको अनुभूति भएको विपक्षी दलका नेता बताउँछन ।
पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रविदहरुले मुलुक गम्भीर राजनीतिक संकटमा परेका बेला प्रधानमन्त्री शिखर सम्मेलनमा कुनै अर्थमा जान नहुने उल्लेख गर्दै एक जना मन्त्री र सम्बन्धित अधिकारी पठाएर मुलुकको प्रतिनिधित्व गराउनुपर्ने बताउँछन ।
'पहिलो कुरा संवैधानिक रुपमा पदमुक्त भई कामचलाउ भइसकेका प्रधानमन्त्री कूटनीतिक मर्यादाका हिसाबले पनि मुलुकको प्रतिनिधित्व गरेर शिखर सम्मेलनमा सहभागी हुन जान मिल्दैन । दोस्रो कुरा मुलुकमा यत्रो संकट छ र राजनीतिक अप्ठयारामा फँसेको छ । निकास नखोजी मुलुकलाई संकटमा पारेर प्रधानमन्त्री विदेशमा जान हुँदैन । प्रधानमन्त्री रियो दि जेनेरियोमा जानु अनावश्यकमात्र होइन फजुल खर्चमात्र हुन्छ । शिखर सम्मेलनमा प्रधानमन्त्री नगई एक जना मन्त्रीलाई पठाएर मुलुकको प्रतिनिधित्व गराउनु उपयुक्त हुन्छ' कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले भने ।
एउटा देशको प्रधानमन्त्री या राष्ट्राध्यक्ष नगए शिखर सम्मेलन नै रद्द हुने अवस्थामा मात्र राजिनामा दिइसकेको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दलहरुबीच सहमति गरेर श्रीलंकामा भएको सार्क शिखर सम्मेलनमा गएको उदाहरण रहेको स्मरण गर्दै महतले भने- 'सार्क शिखर सम्मेलनजस्तो एउटा देशको सरकार या राष्ट्रप्रमुख नजाँदैमा राष्ट्रसंघीय शिखर सम्मेलन रद्द हुँदैन । राजनीतिक सहमति नभई पदमुक्त भइसकेको या राजिनामा दिएको प्रधानमन्त्री कूटनीतिक मर्यादाको हिसाबले समेत भ्रमणमा जान मिल्दैन ।' परराष्ट्रविद एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार राजन भट्टराईले आफनै निर्णयले मुलुकलाई गम्भीर अनिश्चितता र राजनीतिक संकटमा धकेलेका प्रधानमन्त्री शिखर सम्मेलनमा कुनै पनि हालतमा जान नहुने बताउँछन ।
'प्रधानमन्त्री दुई कारणले शिखर सम्मेलनमा जान हुँदैन । पहिलो कारण मुलुकभित्र जुन तहको संकट उत्पन्न भएको छ राजनीतिक ध्रुवीकरण भइराखेको छ । आफनै निर्णयले मुलुकलाई अनिश्चितता र द्वन्द्वमा धकेलेर प्रधानमन्त्री शिखर सम्मेलनमा जानु गैर जिम्मेवार र दायित्वविमुख हुनु हो । दोस्रो कारण मुलुकमा संवैधानिक संकट उत्पन्न भएको छ प्रधानमन्त्री आफैं कामचलाउ हुनुहुन्छ उहाँले यस्तो बेलामा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख र राष्ट्रसंघका अधिकारीसितको भेटघाटमा कसरी नेपालको राजनीतिक स्थितिप्रति आश्वस्त तुल्याउन सक्नुहुन्छ भन्ने प्रश्न स्वभाविक रुपमा उठछ । त्यस कारण पनि उहाँ जानुहुन्न' भट्टराईले भने । उनले मुलुकमा सामान्य राजनीतिक अवस्था भएको बेलामात्र प्रधानमन्त्री विदेश भ्रमणमा जान हुने बताए । 'तर मुलक सामान्य राजनीतिक अवस्थामा नभएका बेला शिखर बैठकमा जानु मुलुकको गम्भीर राजनीतिक स्थितिप्रति प्रधानमन्त्रीको गैरजिम्मेवारी ठहरिन्छ' परराष्ट्रविद भट्टराईले भने ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने मुलुकमा संकट भए पनि विश्वभरका राष्ट्र या सरकार प्रमुखको जमघट हुने महत्वपूर्ण शिखर सम्मेलनमा नेपालबाट सरकार प्रमुख जानु अनिवार्य हुने भएकाले भट्टराई जान लागेको बताउँछन । 'सम्मेलनमा थुप्रै देशका राष्ट्र र सरकार प्रमुख आउँछन त्यस्तो सम्मेलनमा नेपालबाट सरकार प्रमुख जानु कूटनीतिक हिसाबले समेत महत्वपूर्ण हुन्छ । सम्मेलनमा सम्बोधनका अतिरिक्त प्रधानमन्त्रीको धेरै देशका राष्ट्र र सरकार प्रमुखसित द्विपक्षीय तथा बहुपक्षीय छलफल हुने भएकाले सरकार प्रमुख जानु अनिवार्य हुन्छ' उनले भने ।
प्रधानमन्त्रीको भ्रमण टोलीसमेत जम्बो छ भ्रमण टोलीका सदस्यहरु थपिने क्रम जारी छ । अहिलेसम्म भ्रमणमा जाने टोलीको संख्या ३५ नाघिसकेको छ । जम्बो टोलीको आतेजाते हवाई भाडा होटल खर्च र दैनिक भ्रमण भत्तामा दस करोड रुपैयाँभन्दा बढीं खर्च हुने अनुमान सरकारी अधिकारीको छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी हिसिला यमी, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वातावरण मन्त्री केशवमान शाक्य, योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, चार सचिव प्रधानमन्त्री कार्यालयका लीलामणि पौडेल, वातावरण मन्त्रालयका कृष्ण ज्ञवाली, योजना आयोगका युवराज भुषाल. परराष्ट्र मन्त्रालयका दुर्गा भट्टराई. शिष्टाचार महापाल परराष्ट्रका राष्ट्रसंघ हेर्ने सहसचिव दीपक धिताल, वन मन्त्रालयका सहसचिव रामप्रसाद लम्साल, योजना आयोगका सहसचिव पुरुषोत्तम घिमिरे, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिलगायत छन् । त्यसअतिरिक्त प्रधानमन्त्रीका स्वकीयसचिवालयका अधिकारी र अंगरक्षकसहित एक दर्जनभन्दा बढी छन् ।
सम्मेलनमा धेरै सरकारी अधिकारी जानु आफैंमा अनावश्यक र फजुल खर्चमात्र हुने सरकारी अधिकारी बताउँछन् । सम्मेलन कक्षमा प्रधानमन्त्री परराष्ट्रमन्त्री वातावरणमन्त्री वातावरण र परराष्ट्र सचिव शिष्टाचार महापालबाहेक अरुलाई बस्ने सिटसमेत हुँदैन । भ्रमण टोलीका अरु सदस्य सम्मेलन कक्षबाहिरै रमितेमात्रै हुनेछन् । बिनाकाम ब्राजिल घुमेरमात्र फर्कने रमितेका लागि राज्यको ढुकुटीबाट करोडौंं खर्च गर्नु सरासर फजुल खर्चमात्र हो । प्रधानमन्त्रीको नेतृत्वको टोली असार ४ मा रियो दी जेनेरियो जाने कार्यक्रम छ । उनले असार ६ देखि ८ सम्म हुने सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीले असार ७ मा पर्वतीय राष्ट्रहरुको छुट्टै बैठकलाई सम्बोधन गर्नेछन् । उक्त बैठक नेपालले आयोजना गरेको हो । प्रधानमन्त्री असार १० मा स्वदेश फर्कनेछन् ।

Thursday, June 7, 2012

मन्त्रिपरिषदद्वारा थनेतलाई सहिद घोषणा

सेनामा एक, सशस्त्रमा सात र अनुसन्धानमा छ जनाको बढुवा
काठमाडौं, २५ जेठ- सरकारले आदिबासी जनजाति-थारु आन्दोलनका क्रममा प्रहरीको गोली लागी मारिएका धनबहादुर थारु थनेतलाई सहिद घोÈणु गरेको छ । मन्त्रिपिरÈद्को बिहीबार बसेको बैठकले थनेतलाई सहिद घोÈणु गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निण्र्ँय गरेको जानकारी सूचना तथा साचारमन्त्री राजकिशोर यादवले दिए ।
नवलपरासीको डण्डामा चैत २७ गते भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते थनेतको उपचारका क्रममा बुधबार राजधानींस्थित िशÔण्ँ अस्पताल महाराजगाजमा निधन भएको थियो ।
सात जनाको डीआईजीमा बढुवा
मन्त्रिपिरÈद् बैठकले सशस्त्र प्रहरीका सात जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ । डीआईजीमा बढुवा भएकामा जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, नारायणबाबु थापा, पुष्पराम केसी, दिवाकर केसी र रामशरण पौडेल छन् ।
अनुसन्धानमा छको बढुवा तीनको सरुवा
सरकारले राष्ट्रिय अनुसन्धान विभागमा सहअनुसन्धान निर्देशकबाट छ जनालाई अनुसन्धान निर्देशक डीआईजी मा बढुवा र तीन जनालाई सरुवा गरेको छ । अनुसन्धान निर्देशकमा बढुवा भएकामा दिलीपराज रेग्मी रमेशकुमार भण्डारी अर्जुनकुमार केसी गणेशप्रसाद अधिकारी केशवबहादुर िसंह र विनोदकान्त ठाकुर छन् । मन्त्रिपरिषदले तीन जना अनुसन्धान निर्देशक नवराज थापालाई विभागमा ज्ञानेन्द्रदेव भट्टलाई राष्ट्रिय सुरक्षा परिषदमा देवराज भट्टलाई क्षेत्रीय अनुसन्धान कार्यालय मध्यमााचलमा सरुवा गरेको छ ।
उपरथीमा बढुवा
मन्त्रिपिरÈद बैठकले नेपाली सेनाका सहायक रथी सुरेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गरेको छ । साचारमन्त्री यादवका अनुसार बैठकले गोरखापत्र संस्थानका अध्यÔ रामकिशोर िसंहलाई पदमुक्त गरेको छ ।
मन्त्रिपिरÈद बैठकले सर्वोच्च अदालतका न्यायाधीश रण्ँबहादुर बमसँगै रहेका बेला गोली लागेर घाइते भएका अंगरक्षक महेश चौधरी र साथी राम गिरीको उपचार खर्च सरकारले बेहोर्ने निण्र्ँय गरेको छ । एक साताअघि भएको आक्रमण्ँमा बमको मृत्यु भएको थियो भने गिरी र बमका अंगरÔक चौधरी घाइते भएका थिए । यसैगरी बिरामी पूर्वसभासद चन्द्रिका यादवको उपचार खर्च पनि सरकारले व्यहोर्ने निण्र्ँय गरेको यादवले बताए ।
तीन प्रजिअसहित चारको सरुवा
गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित चार सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौंको प्रजिअमा चूडामणि शर्मालाई सरुवा गरिएको छ । उनलाई ललितपुरको प्रजिअबाट काठमाडौंमा सरुवा गरिएको हो । काठमाडौंमा प्रजिअ रत्नराज पाण्डे ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
ललितपुरको प्रजिअमा शशिशेखर श्रेष्ठलाई सरुवा गरिएको छ । उनलाई नवलपरासीको प्रजिअबाट ललितपुरमा सारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख वीरबहादुर राईलाई नवलपरासीको प्रजिअमा सारिएको छ । हालै बढुवा भएर गृह मन्त्रालयमा पदस्थापन भएका सहसचिवमा वेदप्रसाद लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।







देउवा पौडेल र नेम्वाङलाई आजीवन गाडी र सचिवालय सुविधा प्रदान

देउवालाई ल्यान्डक्रुजर प्राडो, पौडेल र नेम्वाङलाई स्कर्पियो
काठमाडौं, २५ जेठ- सरकारले थप एक पूर्वप्रधानमन्त्रीसहित दुई पूर्वसभामुखलाई आजीवन गाडी र सचिवालय सुविधा प्रदान गरेको छ । पूर्वविशिष्ठ पदाधिकारीको सुविधासम्बन्धी अध्यादेश २०६९ अनुसार सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई महँगो र विलाशी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा उपलब्ध गराएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दलाई ल्यान्डक्रुजर प्राडो गाडी र आजीवन सचिवालय सुविधा दिएको दुई सातापछि अर्का पूर्वप्रधानमन्त्री देउवालाई समेत त्यस्तै विलाशी गाडी र सचिवालय सुविधा प्रदान गरिएको हो । उनीहरुलाई चालक इन्धन मोबिल र मर्मत खर्चसहित गाडी सुविधा प्रदान गरिएको हो । सरकारले पूर्वप्रधानमन्त्रीहरुलाई मासिक १ सय ५० लिटर पेट्रोल सुविधा दिने गरेको छ ।
पूर्वप्रधानमन्त्रीहरु दाहाल नेपाल खनाल र देउवालाई चमेलिया जलविद्युत् आयोजनाको गाडी प्रदान गरिएको हो । सरकारले ती गाडी आयोजनाबाट खरिद गरिसकेको छ । चन्दलाई दिइएको गाडी चमेलियाको नभए पनि त्यही स्तरको महँगो र विलाशी छ ।
२०४६ सालपछिका पूर्वप्रधानमन्त्रीहरुलाई आजीवन शाखा अधिकृत र दुई कार्यालय सहयोगीसहितको सचिवालय सुविधासमेत प्रदान गरिएको छ । सचिवालयमा रहने कर्मचारीलाई सरकारले तलबसुविधा प्रदान गर्नेछ । अध्यादेशमा बहुदलपछिका सरकार प्रमुख सबैलाई गाडी सुविधा दिने व्यवस्था गरिए पनि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई मात्र गाडी सुविधा दिन बाँकी छ । गृह मन्त्रालयले थापालाई पनि एक÷दुई दिनभित्रै गाडी सुविधा उपलब्ध गराउने जानकारी स्रोतले दिए ।
गृह मन्त्रालयले तयार गरेको मापदण्डमा पूर्वप्रधानमन्त्रीहरुलाई ४० लाख रुपैयाँसम्मको गाडी सुविधा दिने प्रस्ताव गरिए पनि पूर्वप्रधानमन्त्रीहरुलाई डेढ करोड पर्ने गाडी प्रदान गरिएको छ । गृह मन्त्रालयद्वारा प्रस्तावित मापदण्डमा पूर्वराष्ट्रपतिलाई ५०, पूर्वउपराष्ट्रपतिलाई ४५, पूर्वप्रधानमन्त्रीहरुलाई ४०, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ३५, पूर्वगृहमन्त्रीलाई ३० लाख रुपैयाँसम्मका मध्यमस्तरका जिप या कार उपलब्ध गराउने प्रस्ताव गरिए पनि चार पूर्वप्रधानमन्त्रीलाई डेढ करोड रुपैयाँभन्दा बढी मूल्यका विलाशी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा दिइएको छ ।
यसैगरी सरकारको निर्णयअनुसार संसद सचिवालयले चार पूर्वसभामुखमध्ये दुई जना रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई समेत आजीवन गाडी र सचिवालय सुविधा प्रदान गरेको छ । दुवै जनालाई स्कर्पियो गाडी सुविधा दिइएको जानकारी सचिवालय स्रोतले दिएको छ । पौडेललाई उनी विपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको सचिवालयको स्कर्पियो गाडी नै दिइएको छ भने नेम्वाङलाई संवैधानिक समितिका निलाम्बर आचार्यले फिर्ता गरेको स्कर्पियो गाडी दिइएको छ ।
स्रोतका अनुसार अर्का पूर्वसभामुख तारानाथ रानाभाटलाई समेत एक/दुई दिनमै गाडी र सचिवालय सुविधा प्रदान गरिनेछ । पूर्वसभामुखद्वय ढुंगाना र रानाभाटले समेत सचिवालयसमक्ष अध्यादेशअनुसार आफूलाई गाडी सुविधा दिन माग गरेको जानकारी स्रोतले दिएको छ । पूर्वसभामुखलाई १५० पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने जानकारी स्रोतले दिएको छ ।
पूर्वसभामुखद्वय पौडेल र नेम्वाङलाई आजीवन नायव सुब्बा र दुई कार्यालय सहयोगी रहेको सचिवालयसमेत उपलब्ध गराएको छ । बाँकी दुई पूर्व सभामुखलाई समेत सचिवालय सुविधा प्रदान गरिनेछ । गाडीसम्बन्धी मापदण्डमा पूर्वसभामुखलाई ३५ लाख रुपैयाँसम्मको गाडी दिने प्रस्ताव गरिए पनि ४० लाख रुपैयाँभन्दा बढी पर्ने स्कर्पियो गाडी सुविधा दिइएको छ ।


सामाजिक संस्थाको महँगो जग्गा व्यक्तिको नाममा दर्ता

बलराम बानियाँ/अब्दुल्लाह मियाँ
काठमाडौं, २५ जेठ- मालपोत कार्यालय डिल्लीबजारले नक्कली कागजात तयार गरी कुष्ठरोग निवारण संघको अर्बौं रुपैयाँ पर्ने महाराजगन्ज चक्रपथस्थित जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको छ ।
मालपोत कार्यालयका प्रमुख सुशील वैद्यले गत वैसाख ३० गते तत्कालीन राजा सुरेन्द्र शाहको पालाको अस्पष्ट र जग्गा इंगित नभएको लालमोहरको दाबी प्रस्तुत गरेका आधारमा संघको ३ रोपनी १४ आना जग्गा मोहलक्ष्मी पाण्डेका नाममा दर्ता गरिदिएको स्रोतले बतायो । लालमोहरमा 'बाँसबारीदेखि बालुवाटारसम्मको जग्गा' भनिएको छ तर त्यो जग्गा कहाँ पर्छ भन्ने उल्लेख छैन । २०२१ सालको नापीका क्रममा उक्त जग्गाको फिल्डबुकमा पाण्डेको नभई मारबाडी सेवा समितिको नाम उल्लेख छ । फिल्डबुकको प्रमाणलाई तत्कालीन राजाको लालमोहरले काट्न नमिल्ने र लालमोहरसमेत नक्कली हुन सक्ने आशंका छानबिनमा संलग्न अधिकारीको छ ।
मालपोत कार्यालय प्रमुख वैद्यले भूमाफियासित मिलेर जग्गा दर्ता गर्नुअघि पुर् याउनुपर्ने कुनै प्रकि्रया नगरी संघको उक्त जग्गा कथित जग्गाधनी खडा गरेर व्यक्तिको नाममा दर्ता गरिदिएको खुलासा भएको छ । उक्त प्रकरणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन गरी वैद्यलाई कारबाहीका लागि सिफारिस गर्ने तयारी थालेको छ ।
मारवाडी सेवा समितिले महाराजगन्जस्थित १८ रोपनी जग्गा २०३५ भदौ ४ मा कुष्ठरोग निवारण संघलाई दिएको हो । संघले उक्त जग्गा मारबाडी सेवा समितिबाट आफ्नो नाममा नामसारी गर्ने प्रकि्रया सुरु गरेको थियो । तर मालपोत कार्यालय डिल्लीबजारका अधिकारीहरुले संघको निवेदन बेवास्ता गरी भूमाफियासित मिलेर उक्त जग्गा व्यक्तिको नाममा गरिदिएका हुन् ।
मालपोत कार्यालयले सामाजिक संस्थाको नाममा रहेको उक्त जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा गरिदिएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन सुरु गरेको हो । संघले त्यसबारे छानबिन गरी कारबाही माग राख्दै हेल्लो सरकारमा उजुरी गरेको थियो ।
छानबिनबाट उक्त जग्गा दाबी गर्नेको नाममा दर्ता गर्नुअघि त्यसमा अरु कसैको हकदाबी छ कि भनी सार्वजनिक सूचना प्रकाशन गर्ने र स्थानीयवासी तथा भोगचलन गर्दै आएका व्यक्ति या संस्थाका प्रतिनिधिलाई समेत राखी सार्वजनिक रुपमा सर्जमिन गर्नुपर्नेजस्ता कुनै प्रकि्रया पूरा नगरी मालपोत कार्यालयले व्यक्तिको नाममा दर्ता गरिदिएको संघका कार्यकारी प्रमुख विदुर बस्नेतले बताए ।
मालपोत कार्यालयले कुष्ठरोग निवारण संघसँगै रहेको अतिथि पार्टी प्यालेसमा बसेर गोप्य रुपमा नक्कली व्यक्ति बोलाई सर्जमिन गराएको बस्नेतले बताए । पार्टी प्यालेस साचालकले छानबिनकर्ता प्रधानमन्त्री कार्यालयका अधिकारीलाई केही मान्छे आफूकहाँ १८ हजार रुपैयाँको मदिरा लगायतका खानेकुरा खाई सर्जमिन गराएको र त्यसमा स्थानीयवासी र संघका प्रतिनिधि कोही पनि नरहेको जानकारी गराएका छन् । ुजग्गाको सर्जमिन गोप्य ढंगले गरियो हामीले भोगचलन गर्दै आएको जग्गाको सर्जमिन गर्दा हामीलाई थाहै दिइएनु संघका कार्यकारी प्रमुख बस्नेतले भने । जग्गावाला मारवाडी सेवा समितिलाई समेत कुनै जानकारी दिइएन ।
छानबिनका क्रममा नगरपालिका क्षेत्रको जग्गाको हकदाबीसम्बन्धी सर्जमिन गर्दा मालपोत अधिकृत आफैं जानुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरेको देखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । भूमाफिया र वैद्यको गैरकानुनी काममा भूमिसुधार विभागको समेत मिलेमतो रहेको आशंका प्रधानमन्त्री कार्यालयको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले उक्त जग्गा कसरी व्यक्तिको नाममा नामसारी हुन पुग्यो भनेर भूमिसुधार मन्त्रालयमार्फत विभागसित जानकारी माग्दा सम्पूर्ण कागजपत्र अदालतमा पठाइएकाले आफूलाई केही थाहा नभएको लिखित जवाफ पठाएको छ ।
कागजात लुकाउन मालपोत कार्यालय र कथित जग्गाधनीले आफैं नक्कली मुद्दा दर्ता गराएको स्रोतले बतायो । कथित जग्गाधनी मोहलक्ष्मी पाण्डेकै आफन्तले उक्त जग्गामा आफ्नोसमेत हक लाग्ने उल्लेख गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
मालपोत कार्यालय र कथित जग्गाधनीले आफ्नो कर्तुत सार्वजनिक नहोस् सम्पूर्ण सक्कली कागजात अदालतमा पठाएका छन् । 'सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्दा मालपोत अधिकृत सुशील वैद्यको बदनियत मात्र देखिन्न कि पूर्णरुपमा दोषीसमेत देखिएका छन्' प्रधानमन्त्री कार्यालयका अधिकारीले भने ।
छानबिनमा सहभागी अधिकारीले नक्कली कागजात खडा गरी सार्वजनिक संस्थाको जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृत वैद्यलाई कारबाहीको सिफारिस गरेका छन् । छानबिनपछि सरकारका तर्फबाट वैद्यलाई तत्काल निलम्बन गर्न र थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको जनाए ।
स्रोतअनुसार प्रधानमन्त्री कार्यालयले उक्त सिफारिसका आधारमा वैद्यलाई तत्काल निलम्बन गरी कानुनबमोजिम थप कारबाहीका लागि अख्तियारमा पठाउने तयारी गरेको छ । मालपोत प्रमुख वैद्यले भने उक्त जग्गा पाण्डेकै भएकाले उनको नाममा दर्ता गरिएको दाबी गरे । 'उक्त जग्गा मारवाडी समितिको होइन समिति मोही मात्रै हो त्यसैलाई मोही कायम गरी पाण्डेको नाममा दर्ता गरिएको हो' उनले भने । उक्त जग्गामा अहिले संघको केन्द्रीय कार्यालयका अतिरिक्त अतिथि पार्टी प्यालेस साचालन भएको छ । संघले टहरा बनाएर कुष्ठरोगीका बालबच्चाको उपचार र पठनपाठन गराउने गरेको बस्नेतले बताए ।

Tuesday, June 5, 2012

तीन नदीमा जल यातायात साचालन गर्न पूर्वाधार विकास गरिने

काठमाडौं, २३ जेठ- सरकारले एसियाली विकास बैंकको सहयोगमा मुलुकका प्रमुख तीन नदी कोसी गण्डकी र भेरी कर्णालीमा आवश्यक विस्तृत अध्ययन र पूर्वाधारको विकास गरी जल यातायात साचालन गर्ने भएको छ ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले केही समयअघि कोसी गण्डकी र भेरी कर्णालीमा ४ सय ५० किलोमिटर लामो दुरीमा जल यातायात साचालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।
मन्त्रालयले एडीबीको सहयोगमा ती नदीमा जल यातायात साचालनका लागि आवश्यक विस्तृत अध्ययन र पूर्वाधारको विकास गर्ने जानकारी स्रोतले दिए । एडीबीले ुजल साधन आयोजना तयारी सुविधाु कार्यक्रमका लागि एक करोड १० लाख अमेरिकी डलर १ अर्ब रुपैयाँभन्दा बढी अनुदान सहायता प्रदान गर्ने भएको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बैंकसँग सरकारका तर्फबाट बैंकसँग वार्ता गरी सहयोगसम्बन्धी सम्झौता गर्न भौतिक योजना र अर्थमन्त्रालयका अधिकारीहरु रहेको टोली गठन गरेको जानकारी सूचना तथा साचार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
दुई जनाको सहायक रथीमा बढुवा
सरकारले नेपाली सेनाका महासेनानीद्वय दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेघासीलाई सहायक रथी पदमा बढुवा गरी पदस्थापना गरेको छ । मन्त्रिपरिषदले सेनाका आठ जना सहायक रथीको सरुवासमेत गरेको छ ।
सेनामा तीन जनाको पदावधि थप
साचारमन्त्री यादवका अनुसार मन्त्रिपरिषदले रक्षा मन्त्रालयको प्रस्तावमा सेनाका सहायकरथीद्वय पदमविलाश कार्की र विजय मोक्तान तथा प्राविधिक महासेनानी डा राजेश पन्तको पदावधि दुई वर्ष थप गरेको छ ।
बलात्कृत छात्रालाई १ लाख सहयोग
मन्त्रिपरिषदले गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण्ँ उच्च मावि पाटन केन्द्रमा परीÔा दिने क्रममा सामूहिक बलात्कारको पीडा भोगेकी छात्रा वसन्ती बोहराको उपचारका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । पीडितलाई उनका बाबुमार्फत् सहयोग उपलब्ध गराइने जानकारी यादवले दिए ।
वनारस विश्वविद्यालयमा नेपाल चेयर
भारतको वनारस विश्वविद्यालयले नेपाल सरकारको आग्रहमा 'नेपाल चेयर' राख्ने भएको छ । मन्त्रिपरिषदले िशÔा मन्त्रालय र वनारस हिन्दू विश्वविद्यालयमा नेपाल चियर राख्ने िवÈयमा तयार गरिएको सम´दारीपत्रमा हस्ताÔर गर्न स्वीकृति प्रदान गर्ने निण्र्ँय गरेको छ । नेपालबाट वनारस विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक मार्गनिर्देशन तथा सहयोग गर्न चेयर स्थापना गर्न लागिएको जानकारी शिक्षा मन्त्रालयका अधिकारीले दिए ।


अख्तियारद्वारा विघटित संविधानसभाका पदाधिकारीको गाडी फिर्ता गर्न निर्देशन

काठमाडौं, २३ जेठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानसभा विघटन भइसकेकाले संसदका पदाधिकारी वा सभापतिको हैसियतमा राज्यका तर्फ उपलब्ध गराइएको गाडी सुविधा तत्काल फिर्ता गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ ।
संविधानसभा विघटन भएपछि राज्यका तर्फबाट पाएको गाडी सुविधा २२ जना तत्कालीन पदाधिकारीले फिर्ता गरेको र १० जनाले फिर्ता गर्न बाँकी रहेको समाचार सार्वजनिक भएपछि अख्तियारले मंगलबार संसद सचिवालयलाई तत्काल फिर्ता गर्न लिखित निर्देशन दिएको हो ।
अख्तियारले विघटित संविधानसभाका पदाधिकारीले अनधिकृत रुपमा गाडी प्रयोग गरिरहेको पाइएमा तत्काल नियन्त्रणमा लिई संसद सचिवालयलाई बुझाइदिन र त्यसको जानकारी आफूलाई गराउन प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको छ ।
गाडी फिर्ता गर्न बाँकीमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, एमाले संसदीय दलका तत्कालीन सचेतक भीम आचार्य, तत्कालीन संविधानसभा/संसदका विभिन्न समितिका तत्कालीन सभापतिहरु कुलबहादुर गुरुङ, यशोदा गुरुङ सुवेदी, रमेश रिजाल, सुशील कन्दङ्वा, पद्मलाल विश्वकर्मा, सन्ध्या देवी, विश्वेन्द्र पासवान छन् । पौडेल र यादवले विपक्षी दलको नेताको हैसियतमा गाडी सुविधा पाएका हुन् ।