Saturday, March 30, 2013

सरकारद्वारा असन्तुष्ट दलसित वार्ता गर्न समिति गठन

काठमाडौं– सरकारले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने घोषणा गरेका नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादी, संघीय लिम्बुआन परिषदलगायतका दलहरूसित संवाद अघि बढाउन गृहमन्त्री माधव घिमिरेको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
अन्तरिम चुनावी मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले जटिल संक्रमणकालीन अवस्थालाई विचार गरी मुलुकमा संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न गर्न विभिन्न गुनासो र चासो व्यक्त गरिरहेका शक्तिस“ग (असन्तुष्ट दल) संवाद गर्ने राजनीतिक निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।
वार्ता समितिमा स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र सूचना तथा सञ्चार पौडेल सदस्य छन् । मुलुकमा चा“डोभन्दा चा“डो चुनाव गरी नया“ संविधान निर्माण गर्ने वातावरण बनाउनका लागि सघाउ पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई आह्वानसमेत गरेको छ ।
‘संविधानसभा चुनाव गराउने राष्ट्रिय अभियानलाई सफल बनाउन विभिन्न शक्तिले व्यक्त गरिरहेको चासो र गुनासोलाई संवादबाट समाधान गर्न सरकार तयार छ । त्यही कारण सरकारले सबैस“ग सम्पर्क, समन्वय र संवाद गरी चुनावको वातावरण बनाउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो’ मन्त्री पौडेलले भने ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिमा प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएपछि नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम, संघीय समाजवादी, संघीय लिम्बुआन परिषद त्यसको विरोधमा उत्रिएका छन् । ती पार्टीले चार दलबीच भएको ११ बु“दे सहमति र अन्तरिम चुनावी मन्त्रिपरिषद भंग गरी आमसहमतिमा दलको नेतृत्वको सरकार गठन भएमात्र चुनावमा भाग लिने शर्त राख्दै आएका छन् । नेकपा–माओवादीलगायतले देशका विभिन्न स्थानमा मतदाता नामावली संकलनलाई अवरोध पु¥याउने अभियान नै चलाउ“दै आएका छन् ।
सरकारले विरोधमा उत्रिएका ती दललाई चुनावमा सहभागी गराउने वातावरण बनाउन वार्ता समिति गठन गरेको हो । समितिले एक÷दुई दिनमै पत्र पठाई ती दललाई वार्तामा आउन औपचारिक आह्वान गर्ने जानकारी एक मन्त्रीले दिए ।
हाल देशका विभिन्न स्थानमा मतदाता नामावली संकलन गर्ने कार्यमा अवरोध सिर्जना भएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘मन्त्रिपरिषदको आह्वान’ मा निर्वाचनको प्रमुख आधार भनेकै प्रत्येक नागरिकले चुनाव भाग लिन पाउने अधिकारको सुनिश्चितताका लागि मतदाता नामावली अद्यावधिक गर्ने विषय प्रमुख भएकाले त्यसमा सहयोग गर्न सबै दल, नागरिक समाज र सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलद्वारा जारी मन्त्रिपरिषदको आह्वानमा ‘मुलुकको विशिष्ट संक्रमणकालीन अवस्थालाई विचार गरी चा“डोभन्दा चा“डो संविधानसभाको चुनाव सम्पन्न गर्ने मूल ध्येयले गठित सरकार आफ्नो लक्ष्यमा अघि बढिरहेको र चुनावका लागि निर्वाचन आयोगलाई सबै प्रकारको सहयोग पु¥याउन तत्पर रहेको सबै दल, नागरिक समाज र आमजनतालाई जानकारी गराउन चाहन्छ’ भन्ने उल्लेख छ ।
मन्त्रिपरिषदले विभिन्न माग राखी आन्दोलनमा उत्रेका निजामती कर्मचारी संघसंगठनलाई विरोधका कार्यक्रम फिर्ता गरी सरकारको चुनाव गराउने अभियोगमा सहयोग गर्न आह्वान गरेको छ । कर्मचारीका जायज मागप्रति सरकार सकारात्मक रहेको र माग सम्बोधनका लागि प्रक्रियागत ढंगले अघि बढेको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको दायित्व सम्झिई विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरिएको जानकारी दिए ।
मन्त्रिपरिषदले संविधानसभाको चुनाव यथाशीघ्र सम्पन्न गर्न सरकार जुटिरहेको यो जटिल घडीमा सबै दल, संघसंगठन र विभिन्न् पेशाकर्मी र निजी क्षेत्र सम्बद्ध सबैलाई बन्द हडताल र विरोधका कार्यक्रम नगर्नसमेत आह्वान गरेको जानकारी पौडेलले दिए ।

सेना र सशस्त्रमा ३२ अधिकारीको बढुवा

गौतम प्रेस सल्लाहकार नियुक्त
काठमाडौं– सरकारले नेपाली सेनाका दुई सहायक रथी (ब्रिगेडियर जनरल) लाई उपरथी (मेजर जनरल) मा र ९ महासेनानीलाई सहायक रथी र १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई महासेनानी (कर्णेल) मा पदोन्नति गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । सेनाको नया“ नियमावलीको फास्ट ट्रयाक बढुवाको व्यवस्थाअनुसार मन्त्रिपरिषदले रक्षा मन्त्रालयमार्फत् जंगी अड्डाको सिफारिसमा उनीहरूलाई बढुवा गरिएको जानकारीसमेत पौडेलले दिए ।
मन्त्रिपरिषदको बैठकले सहायक रथीद्वय विनोद बस्नेत र सुन्दर पुडासैनीलाई उपरथीमा बढुवा गरेको छ । महासेनानीहरू गंगाबहादुर गुरुङ, अश्मिनकुमार थापा, रमेशराज महत, प्रकाशकुमार केसी, कर्मेन्द्रकुमार  लिम्बु, शिवराम खरेल, निरञ्जन कार्की, ईश्वर हमाल र राजेन्द्र कार्कीलाई सहायक रथीमा बढुवा गरिएको छ ।
प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएकामा सहदेव खड्का, हिरालाल जोशी, पंकज कार्की, प्रयोग जबरा, योगराज शर्मा, राम राणा, लवकुमार रायमाझी, अर्जुन श्रेष्ठ, सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दीपककुमार बानिया“, शंकरबहादुर पण्डित, होमनाथ दवाडी, रामकृष्ण थापा, भीम शाह र हेमजंग थापा छन् ।
पा“च डीआईजीमा बढुवा
सरकारले सशस्त्र प्रहरीका पा“च वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लाई नायव महानिरीक्षकमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार माधव पौडेलले जानकारी दिए । डीआईजीमा बढुवा भएकामा जानकीराज भट्टराई, निराकारम शाह, सुवोध अधिकारी, षडानन्द चौधरी, नरेन्द्रकुमार सिंह छन् ।
गौतम प्रेस सल्लाहकार नियुक्त
सरकारले युवा पत्रकार बिमल गौतमलाई अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकार नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले गौतमलाई राज्यमन्त्रीको सरहको तलबसुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिए ।
गौतम बीबीसी नेपाली सेवामा संवाददाताका रूपमा कार्यरत थिए । त्यसअघि उनले राजधानी, कान्तिपुर टिभी, कान्तिपुर र रिपब्लिका दैनिकमा समेत कार्य गरेका थिए ।

Friday, March 29, 2013

कांग्रेसमा मन्त्रिपरिषदका अध्यक्षलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने प्रस्ताव

कांग्रेस सम्पूर्ण पार्टीपंक्तिलाई एक ढिक्का बनाई चुनावमा उत्रने निर्णय
चुनावी रणनीति तय गर्न चैत २६–२९ मा महासमिति बैठक आह्वान
घोषणापत्रसहितको राजनीतिक प्रस्ताव तयार गर्न पौडेलको संयोजकत्वमा समिति गठन

काठमाडौं, १५ चैत– कांग्रेस केन्द्रीय कार्यसमितिमा पूर्वउपसभापति, पूर्वमहामन्त्रीसहित २२ जना केन्द्रीय सदस्यले पार्टी सिद्धान्तमा सम्झौता गरी सहमति गरेकामा पार्टी नेतृत्वको तीव्र आलोचना गर्दै चुनावी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजिनामा गराउनुपर्ने प्रस्ताव राखेका छन् ।
आगामी संविधानसभा चुनावका लागि पार्टीको रणनीति तय गर्न बिहीबार बसेको बैठकमा पार्टीका झन्डै एक तिहाइ केन्द्रीय सदस्यले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्न, न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्न र संविधानको संरक्षण गर्न जनभावनाअनुरूप मन्त्रिपरिषदको अध्यक्षलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने चारबु“दे लिखित प्रस्ताव राखेका हुन् ।
कार्यसमितिको बैठकमा बोल्दै पूर्व महामन्त्री केबी गुरुङ, अर्जुननरसिंह केसी, सुजाता कोइरालालगायतका प्रस्तावक सदस्यहरूले शक्ति पृथकीकरण र चुनावको निष्पक्षताका लागि मन्त्रिपरिषदका अध्यक्षले प्रधानन्यायाधीशबाट राजिनामा नदिएसम्म संविधानसभा चुनावमा पार्टी सहभागी हुने नहुने अडानसमेत राखेको जानकारी एक सहभागीले दिए ।
उनीहरूले कांग्रेससहित प्रमुख चार दलले विश्वव्यापी लोकतान्त्रिक मूल्यमान्यतालाई लत्याउ“दै प्रधानन्यायाधीशलाई नै सहमतिको सरकारको नेतृत्व स्वीकार गरेर न्यूनतम लोकतान्त्रिक मूल्यमान्यताका आधारभूत सिद्धान्त, संवैधानिक सर्वोच्चता र शक्ति पृथकीकरणको सिद्धान्तमा गम्भीर ठेस पु¥याएको उल्लेख गरेका छन् ।
उनीहरूको पार्टीकै उच्च पदस्थहरूबाट कार्यसमितिको निर्णयको उपेक्षा गरी चार दलका नाममा अन्तरिम संविधानलाई नै चुनौती दिने गरी गरिएको ११ बु“दे सहमति र  बाधा अड्काउ फुकाउने नाममा संविधानका २५ वटा धारा संविधानकै बर्खिलाप हुने गरी भएको संशोधन प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको टिप्पणीसमेत गरेका छन् ।
प्रधानन्यायाधीशलाई नै मन्त्रिपरिषदको अध्यक्ष बनाउ“दा कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, संविधानवादाको मूल्यमान्यता र लोकतन्त्रका आधारस्तम्भलाई कमजोर बनाएको उल्लेख गर्दै कांग्रेसकै अगुवाइमा रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने प्रस्ताव राखेका हुन् ।
लिखित प्रस्ताव राख्नेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री केबी गुरुङ, पूर्वप्रवक्ता अर्जुननरसिंह केसी, प्रदीप गिरी, शेखर कोइराला, सुजाता कोइराला, बालकृष्ण खा“ड, बलबहादुर केसी, पूर्णबहादुर खड्का, गगन थापा, एनपी सावद, रामकुमार चौधरी, चन्द्र भण्डारी, शंकर भण्डारी, भीष्मराज आङ्दम्बे, पार्वती डीसी, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, जीवनबहादुर शाही, पुष्पा भुषाल, किशोरसिंह राठौर र सुजाता परियार छन् ।
उनीहरूले आगामी असारभित्रै संविधानसभा चुनाव गराउनुपर्ने, निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्त भइसकेको अवस्थामा अरू संवैधानिक निकायमा निर्वाचन भएपछिमात्र पदाधिकारी नियुक्त गर्नुपर्ने, चुनावलाई सफल पार्न कांग्रेसले सबै दलस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्नुपर्ने प्रस्तावसमेत राखेका छन् ।
प्रवक्ता बडुले पार्टीमा २२ केन्द्रीय सदस्यले राखेको प्रस्तावमा छलफल हुने जानकारी दिए । ‘केही साथीले पार्टीमा लिखित प्रस्ताव राख्नुभएको छ, बैठकमा त्यसबारेमा छलफल हुनेछ’ उनले भने । कांग्रेसको अर्को बैठक यही २० गते बस्दैछ ।
एक ढिक्का भई चुनावमा सहभागी हुने निर्णय
कांग्रेसले सम्पूर्ण पार्टीपंक्तिलाई एक ढिक्का बनाई आगामी संविधानसभा चुनावमा सहभागी हुने निर्णय गर्दै जिल्ला, निर्वाचन क्षेत्र, नगर, गाउ“देखि वडासम्मका पार्टीका सम्पूर्ण इकाइलाई क्रियाशील हुन निर्देशन दिएको छ ।
बैठकले पार्टीका जिल्लादेखि गाउ“ र वडासम्मका सम्पूर्ण इकाइलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको जानकारी पार्टी प्रवक्ता दिलेन्द्र बडुले दिए । उनका अनुसार सम्पूर्ण मतदातालाई सुरक्षितसाथ मतदान केन्द्रमा गई मतदान गर्न पाउने सुनिश्चितता गर्नसमेत पार्टीका सम्पूर्ण नगर, गाउ“ र वडालाई समितिलाई सक्रिय हुन निर्देशन दिएको छ । बैठकले मतदाता नामावलीलाई अद्यावधिक गराउन र छुटेका मतदातालाई परिचयपत्र दिलाउनका लागिसमेत पार्टीका सम्पूर्ण नगर, गाउ“ र वडा समितिलाई निर्देशन दिएको छ ।
कांग्रेसले व्यापक छलफल गरी आगामी संविधानसभा चुनावका लागि घोषणापत्र र रणनीति तय गर्न आगामी चैत २६ देखि २९ गतेसम्म नवलपरासीमा पार्टीको महासमिति बैठक बोलाउने निर्णय गरेको छ । महासमिति बैठकले संविधानसभा चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने रणनीति तय गर्ने दाबीसमेत बडुले गरे ।
बैठकले महासमितिमा पेस गर्ने घोषणापत्रसहितको राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको जानकारी पार्टी प्रवक्ता दिलेन्द्र बडुले दिए । उनका अनुसार समितिले शासकीय स्वरूप, संघीयतालगायतका सम्पूर्ण राजनीतिक मुद्दामा पार्टीको नीति र अडानसहितको राजनीतिक प्रस्ताव तयार गरी पा“च दिनपछि चैत २० मा बस्ने कार्यसमितिको बैठकमा पेस गर्नेछ । कार्यसमितिले अनुमोदन गरी महासमिति बैठकमा पेस गर्ने र सहभागीले दिने सुझावलाई समेटी पार्टीले घोषणापत्रसहितको राजनीतिक प्रस्तावलाई अन्तिम रूप दिनेछ ।
कांग्रेसले महासमिति बैठकमा प्रस्ताव गर्ने विधान संशोधन प्रस्ताव तयार गर्न महामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा समिति गठन गरेको छ । पार्टीको जिल्ला समितिमा पदाधिकारी नियुक्त गर्ने सम्बन्धमा रहेका अप्ठ्यारा फुकाउन कांग्रेसले महासमितिबाट विधान संशोधन गर्न लागेको हो ।
उनले सबै नेपाली नागरिकले चुनावमा मतदान दिन पाउने सुनिश्चितता गर्न वंशज या जन्मसिद्ध नागरिकका बालिग छोराछोरीलाई देशव्यापी अभियानका रूपमा नागरिकता  र परिचयपत्रसहितको मतदाता परिचयपत्र वितरण कार्य तदारुकताका साथ अघि बढाउन सरकारलाई आग्रह गरेको छ । नागरिकता प्रमाणपत्रबिना मतदाता परिचपपत्र नपाइने कानुनी व्यवस्था नभएकाले कांग्रेस बैठकले वंशज या जन्मसिद्ध नेपाली नागरिकका बालिग छोराछोरीलाई देशव्यापी अभियानका रूपमा तत्काल वंशजको नाताले नागरिकता प्रमाणपत्र दिन र मतदाता परिचयपत्र वितरण गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको जानकारी बडुले दिए । जन्मसिद्धका नागरिकता पाएका बाबुआमाका छोराछोरीलाई नागरिकता दिने संवैधानिक तथा कानुनी व्यवस्था छैन । कांग्रेसले संविधानको बाधा अड्काउ फुकाउ आदेश र अध्यादेश जारी गरी जन्मसिद्ध नागरिकता पाएका बाबुआमाका छोराछोरीलाई नागरिकता वितरण गर्न सरकारलाई आग्रह गरेको हो ।
कांग्रेसले यथास्थितिमा निर्वाचनमा भाग नलिने रणनीतिका साथ मतदाता परिचयपत्र वितरणमा अवरोध पु¥याइरहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरमसहितका दलहरूलाई आमसहमतिमा संविधानसभासभा चुनावमा सहभागी हुने वातावरण बनाउन लागि वार्तामा आउन आग्रह गरेको छ । सबै राजनीतिक समस्याको समाधान वार्ताबाट हुने उल्लेख गर्दै कांग्रेसले ती दललाई चुनावमा सहभागी हुन आह्वान गर्दै वार्तामा आउन आग्रह गरेको हो ।
‘संक्रमणकाल अस्वभाविक किसिमले लम्बिंदै जा“दा मुलुकको विकास लामो समयसम्म अवरुद्ध रहेकोमात्र होइन, राष्ट्र नै अत्यन्त कमजोर हु“दै गएको’ उल्लेख गर्दै कांग्रेसले चा“डोभन्दा चा“डो संविधानसभा चुनाव निर्विघ्न गराएर नया“ संविधान निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेसले मुलुकमा विद्यमान चुनौतीको सामना गर्न संविधानसभा चुनावमा बाधा व्यवधान पर्न नदिन सबै दललाई वाता र छलफलमा सरिक भई राष्ट्रलाई निकास दिन अपिल गरेको छ ।


संविधानसभा चुनावलाई सहयोग पु¥याउन सचिवहरूलाई निर्देशन

काठमाडौं, १५ चैत– मुख्यसचिव लीलामणि पौडेलले सबै मन्त्रालयका सचिवहरूलाई आगामी संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो मन्त्रालय र मातहतका सबै निकायबाट आवश्यक सक्दो सहयोग गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सचिवहरूको बैठकमा पौडेलले संविधानसभा चुनावका लागि निर्वाचन आयोगले माग्ने सहयोग आ–आफ्नो मन्त्रालय र मातहतका निकायबाट उपलब्ध गराउन निर्देशन दिएको जानकारी एक सहभागीले दिए ।
ती सहभागीका अनुसार पौडेलले गृह सचिव नवीन घिमिरेलाई आयोगको फोटोसहितको मतदाता परिचयपत्र वितरण अभियान सफल पार्नका लागि मातहतका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरू परिचालन गर्न÷गराउन निर्देशन दिएका थिए । उनले मतदाता परिचयपत्र वितरणमा भइरहेको अवरोधलाई सुरक्षा निकाय परिचालन गरी रोक्नसमेत आग्रह गरेका थिए ।  पौडेलले मतदाता परिचयपत्र वितरण अभियानलाई निर्वाध सञ्चालनको वातावरण बनाउनसमेत गृहसचिवलाई निर्देशन दिएका थिए ।
मुख्यसचिव पौडेलले निर्वाचन गराउनका लागि मन्त्रालयहरूले उपलब्ध गराउन सक्ने कर्मचारीहरूको विवरण तयार गर्न र आयोगका लागि आवश्यक सवारी साधन दुरुस्त राखी चुनावका लागि उपलब्ध गराउनसमेत सचिवहरूलाई निर्देशन दिएका थिए । सचिव बैठकले संविधानसभा चुनाव सफल पार्न विभिन्न मन्त्रालयहरूले गर्न सक्ने सहयोगका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको जानकारी स्रोतले दिए ।


मन्त्री झाद्वारा दर्जनबढी सहसचिवको सरुवा

काठमाडौं, १५ चैत– ऊर्जामन्त्री उमाकान्त झाले ऊर्जा र सिंचाइ मन्त्रालय तथा जल तथा ऊर्जा आयोगका दर्जनबढी सहसचिवको सरुवा र पदस्थापन गरेका छन् । झाले ऊर्जा, तथा सिंचाइ मन्त्रालय र आयोगका सचिवहरू क्रमशः हरिराम कोइराला, प्रतापकुमार पाठक र विश्वप्रकाश पण्डितस“ग परामर्श गरी सहसचिवहरूको सरुवा र पदस्थापनको निर्णय गरेको जानकारी स्रोतले दिएका छन् ।
ऊर्जाका सहसचिवहरू सुनिलबहादुर मल्ललाई मन्त्रालयको नीति महाशाखा प्रमुखबाट जल तथा शक्ति आयोगमा, वातावरण महाशाखा प्रमुख मोतीबहादुर कु“वरलाई विद्युत् विकास विभागमा सरुवा गरिएको छ । कु“वरलाई पञ्चेश्वर बहुउद्धेश्यीय जलविद्युत् आयोजनाको कार्यकारी निर्देशकको समेत जिम्मेवारी दिइएको छ ।
पञ्चेश्वर आयोजना प्रमुख केशवध्वज अधिकारीलाई ऊर्जा मन्त्रालयको नीति महाशाखा प्रमुखमा सरुवा गरिएको छ । नया“ सहसचिवद्वय प्रवीण अर्याल र समिर शाक्यलाई विद्युत् विकास विभागमा पदस्थापना गरिएको छ । अर्याललाई सप्तकोसी बहुउद्धेश्यीय आयोजनाको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिइएको छ ।
जल तथा शक्ति आयोगका सहसचिव सञ्जय शर्मालाई विद्युत् विकास विभागको नायव महानिर्देशकमा सरुवा गरिएको छ । उनलाई विभागको निजीकरण महाशाखा प्रमुखको जिम्मेवारी दिएएको छ । विभागका नायव महानिर्देशक श्यामसुन्दर श्रेष्ठलाई निजीकरण महाशाखाबाट निरीक्षण महाशाखामा सरुवा गरिएको छ । सिंचाइ मन्त्रालयमा छ नया“ सहसचिवलाई विभिन्न रिक्त पदमा पदस्थापन गरिएको छ ।

Tuesday, March 26, 2013

निर्वाचन आयोगमा ५ पदाधिकारी नियुक्ति गर्न सिफारिस

विवादास्पद कार्कीका कारण अरू संवैधानिक निकायमा नियुक्तिबारे निर्णय भएन
काठमाडौं, १३ चैत– संवैधानिक परिषद्ले निर्वाचन आयोगमा रिक्त प्रमुख आयुक्त र ४ आयुक्त नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले परिषद्लाई पूर्णता दिएको भोलिपल्ट बिहीबार बेलुका बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेती, आयुक्तमा दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, रामभक्त पीबी ठाकुर र इला शर्मालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
प्रमुख चार दल माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहमतिमा प्रस्तुत पा“चै जनाको नाम परिषद्ले सिफारिस गरेको हो । सिफारिसस“गै असार पहिलो साताभित्रै संविधानसभा चुनावको बाटो खुलेको छ । राष्ट्रपति रामवरण यादवले उनीहरूलाई नियुक्त गरेपछि मुलुकमा चुनावी माहोल बन्ने परिषद्का एक सदस्यले बताए ।
राष्ट्रपतिले शुक्रबार प्रमुख आयुक्त र आयुक्त नियुक्त गर्ने स्रँेतले जनायो । पदाधिकारी नियुक्त हुनासाथ परामर्श गरी असार पहिलो साताभित्रै निर्वाचन गर्ने गरी तिथि घोषणा गर्ने परिषद्का सदस्य एवं सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जनाए ।
प्रमुख आयुक्त सिफारिस भएका उप्रेती, आयुक्त गुरुङ तथा यादवसित अघिल्लो संविधानसभा चुनाव सफलतापूर्वक गराएको अनुभव छ । परराष्ट्रका पूर्वसहसचिव ठाकुर र पत्रकार शर्मा भने आयुक्तमा सिफारिस गरिएका नया“ अनुहार हुन् । पुराना अनुहारहरूलाई पनि पुनः नियुक्ति गरेको नभई नया“ नियुक्तिका रूपमा सिफारिस गरिएको हो ।
अन्तरिम संविधानमा आयुक्तमा ६ वर्षे पदावधि पूरा गरेका व्यक्तिलाई पुनः नियुक्ति गर्न नमिल्ने व्यवस्था छ । तर पदावधि पूरा भएर बाहिरिइसकेका पूर्वआयुक्तहरूको पुनः नियुक्ति नभई नया“ नियुक्तिका लागि सिफारिस गरिएकाले संविधानविपरीत नहुने परिषद्का एक सदस्यले बताए । ‘संविधानले आयुक्तबाट ६ वर्षे अवधि पूरा गरी अवकाश पाएकालाई तत्काल पुनः नियुक्ति गर्न मात्र बन्देज लगाएको हो । आयुक्तबाट बाहिरिइसकेकालाई नया“ नियुक्ति गर्न संविधानले बन्देज लगाएको छैन, संविधानअनुसार नै अनुभवी पूर्वआयुक्तहरूलाई पुनः नियुक्ति हुन नया“ नियुक्ति गर्न सिफारिस गरिएको हो,’ ती सदस्यले भने । अनुभवी आयुक्तका कारण मुलुकमा संविधानसभा चुनाव गराउन सजिलो हुने विश्वाससमेत ती सदस्यको छ ।
प्रमुख चार दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भविष्यमा सरकारी सेवामा अयोग्य घोषित गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरेका कारण परिषद् बैठकले अरू संवैधानिक नियुक्तिबारे भने निर्णय नगरेको पनि स्रँेतले जनायो ।
चार दलले अख्तियार प्रमुखमा कार्की, लोकसेवा आयोगको अध्यक्षमा कयोदेवी यमी र महालेखा परीक्षकमा पूर्वसचिव भानु आचार्यलाई नियुक्त गर्न चुनावी अन्तरिम मन्त्रिपरिषद्लाई सिफारिस गरेका थिए ।
विवादास्पद कार्कीलाई नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद् र अन्तरिम चुनावी मन्त्रिपरिषद्समेत विवादमा तानिने भएकाले निर्वाचन आयोगबाहेक अरू संवैधानिक निकायमा पदाधिकारी नियुक्तिबारे निर्णय नगरिएको हो । परिषद्का एक सदस्यका अनुसार निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएपछि मुलुकमा संविधानसभा चुनावको बाटो खुलेको छ । अरू संवैधानिक निकायमा निर्वाचनपछि आउने सरकारले नै पदाधिकारी नियुक्ति गरोस् भनेर छाडिएको हो ।
अरू संवैधानिक निकायमा किन नियुक्तिको सिफारिस नगरिएको भन्नेबारे परिषद्का सदस्यहरू औपचारिक रूपमा बोल्न चाह“दैनन् । ‘आज निर्वाचन आयोगमा ५ पदाधिकारी नियुक्ति गर्न राष्ट्रपतिलाई सिफारिस ग¥यौं । अरू संवैधानिक निकायमा नियुक्तिबारे छलफलै भएन’ परिषद्का सदस्य पौडेलले कान्तिपुरसित भने, ‘परिषद्को शीघ्र बैठक बसेर अरू संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरिनेछ ।’
प्रमुख चार दलले शान्तिपूर्ण जनआन्दोलन दबाउन सक्रिय राजावादी कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरेका थिए ।
पूर्वन्यायाधीश कृष्णजंग रायमाझी आयोगले कार्की मुख्यसचिव हु“दा राज्यको ढुकुटी, पद, शक्ति र सत्ताको दुरुपयोग गरी शान्तिपूर्ण जनआन्दोलनमा निहत्था सर्वसाधारणलाई दमन गर्न प्रमुख भूमिका निर्वाह गरेकामा उनलाई पदबाट हटाई भविष्यमा सरकारी सेवामा नियुक्तिका लागि अयोग्य घोषित गरी अभिलेखमा राख्न सरकारलाई सिफारिस गरेको थियो । जनआन्दोलन दबाउन २०६२÷६३ मा २० करोड रुपैया“भन्दा बढी राज्यको ढुकुटी दुरुपयोग गर्ने गैरकानुनी कार्य गर्न÷गराउन कार्कीले तत्कालीन मुख्यसचिवको हैसियतमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
अख्तियारले रायमाझी आयोगको सिफारिस हुबहु अनुमोदन गरी २०६३ भदौमा कार्कीलाई पदबाट हटाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित गरी अभिलेख राख्न सरकारलाई निर्देशन दिएको थियो । संवैधानिक निकाय अख्तियारको निर्देशन सरकारले कार्यान्वयन गर्नु बाध्यकारी हुन्छ । तर संविधान र कानुनको यो व्यवस्था बेवास्ता गरी एमाओवादी र मधेसी मोर्चाको प्रस्तावमा ४ दलले अख्तियार प्रमुखमा कार्कीलाई नियुक्त गर्न सिफारिस गरेका हुन् ।
मुख्यसचिव पदको गरिमा र सीमा बाहिर गएर कार्की जनआन्दोलन दबाउन सक्रिय भएकाले मुलुकमा जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई पदबाट हटाएको थियो ।
कार्की पदमा हु“दा पटक–पटक आर्थिक विवादमा मुछिएका व्यक्ति हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बेवारिसे अवस्थामा बरामद गरेको ७२ लाख रुपैया“ बराबरको सुनलाई कार्कीले वैधता दिएर छाडेका थिए । भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले भवीन्द्र बुढाथोकी भन्ने व्यक्तिलाई नक्कली सुन धनी खडा गरी भन्सार रकम लिएर बरामद भएको सुन छाडी तस्करीलाई वैधता दिएका हुन् । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आइसकेको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो ।
अख्तियारले बरामद भएको सुन नक्कली धनी खडा गरी भ्रष्टाचार गरेको अभियोगमा २०५१ मा जिल्ला अदालतमा कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले कार्कीले भ्रष्टाचार गरी तस्करीको सुन छाडेर भ्रष्टाचार गरेको ठहर गरी सजाय सुनाएको थियो । कार्कीले न्यायाधीशलाई प्रभावमा पारी पुनरावेदन अदालतबाट सरकारवादी मुद्दा सरकारी वकिलले दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गराई सफाइ पाउन सफल भएका थिए । अख्तियार पुनरावेदनको निर्णयविरुद्ध सर्वोच्चमा गएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको कार्कीलाई सफाइ दिने फैसलासमेत रहस्यमय छ । शर्माले कार्कीकै निम्तामा उनका बुवा भूपालमानसिंह प्रतिष्ठानको विराटनगरको कार्यक्रममा सहभागी भएर फर्केलगत्तै आफ्नो इजलासबाट सफाइ दिने फैसला गरेका थिए । मुद्दा विचाराधीन रहेका पक्ष्ँले बोलाएको कार्यक्रममा आतिथ्य ग्रहण गर्नु आचारसंहिताविपरीत भएको भन्दै कानुन क्ष्ँेत्रबाटै त्यतिबेला शर्माको आलोचना भएको थियो । अख्तियारले सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको जिकिरसहित पुनरावलोकन गर्न दिएको निवेदनमाथि अहिलेसम्म निर्णय नभएकाले कार्की अझै पनि अख्तियारको अभियुक्त छन् ।
कार्की तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट २०४१ मा राजसभामा उपसचिवमा सेवा प्रवेश गरेका हुन् । मुलुकमा प्रजातन्त्रको बहाली भई राजसभा विघटन भएपछि विराटनगरमा स्थायी घर भएका कार्की तत्कालीन प्रधानमन्त्री कोइरालालाई रिझाएर २०४९ सालमा निजामती प्रशासनमा सुरुमा काजमा आएका थिए । उनलाई अर्थ मन्त्रालयमा राखिएको थियो । उनलाई राजसभाबाट निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा समूह परिवर्तन गर्दा र सहसचिवमा बढुवा गर्दा पनि कानुन मिचिएको थियो ।
तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री कोइरालाको दबाबमा लोकसेवाले सेवा समूह परिवर्तन गर्न सार्वजनिक सूचना आह््वान गरी लिखित परीक्षा र अन्तर्वार्ता लिने परम्परा मिचेर २०५१ मा कार्की एक्लैको अन्तर्वार्ता लिएको नाटक गरी उत्तीर्ण गराएर उनलाई राजस्व समूहमा लगिएको थियो ।
कार्कीलाई सहसचिवमा बढुवा गरिएको घटना पनि अचम्मको थियो । तत्कालीन प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महेश आचार्यको दबाबमा तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्त, वैदेशिक सहायता महाशाखा प्रमुख रामविनोद भट्टराई र राजस्व महाशाखा प्रमुख शम्भु खनाल र प्रशासन महाशाखा प्रमुख विश्वनाथ सापकोटाले कार्कीभन्दा वरिष्ठ सबै उपसचिवको कार्यसम्पादन मूल्यांकन नम्बर घटाएर उनलाई बढुवा गरिएको हो । फाइल बढुवाका लागि मागिएको नौ पदमा विज्ञापन हु“दा कार्की वरीयताक्रमको पुछारमा कार्की ६९औं नम्बरमा थिए ।
 तत्कालीन अर्थसचिव र सहसचिवले कार्यसम्पादन मूल्यांकनको नम्बर भरी सामान्य प्रशासनमा पु¥याइसकेको फाइल फर्काएर ६८ उपसचिवको दुई÷दुईपटक टिपेक्स लगाई नम्बर काटेर कार्कीलाई बढुवा गरिएको हो । सुरुमा ती ६८ उपसचिवको कार्यसम्पादन मूल्यांकनको ६ नम्बरको दरले काट्दा पनि कार्की बढुवा हुने सूचीमा नपर्ने देखेपछि पुनः दोस्रोपटक १३ नम्बरसम्म काटियो । कार्यसम्पादन नम्बर भरेर सामान्य प्रशासन मन्त्रालय पु¥याइएको फाइल निजामती ऐनअनुसार फिर्ता गरेर त्यसमा तलमाथि गर्न मिल्दैन । कानुनविपरीत पुनः फाइल फर्काएर नम्बर तलमाथि गर्न दि“दा सामान्य प्रशासन सचिव जितबहादुर मानन्धर थिए ।
यसरी सहसचिवमा बढुवा भएका कार्की सर्वोच्च अदालतलाई समेत रिझाउन सफल भए । पीडित उपसचिवहरूले दिएको रिटमा सर्वोच्चले टिपेक्स लगाएर नम्बर सच्याउनु कानुनविपरीत भए पनि कार्कीको हकमा निर्णय कार्यान्वयन भइसकेकाले केही गर्नु नपर्ने उल्लेख गर्दै अब आइन्दा टिपेक्स लगाएर नम्बर नसच्याउन अर्थ मन्त्रालयलाई आदेश दिएको थियो ।

कार्कीलाई नियुक्ति हुन नदिने अभियान जारी

कांग्रेस र एमालेका नेताहरूले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति हुन नदिन पार्टीभित्र र बाहिर अभियान जारी राख्ने बताएका छन् । एमाले नेता शंकर पोखरेलले जनअन्दोलनका दोषीलाई भ्रष्टाचार नियन्त्रण गर्नेजस्तो महŒवपूर्ण संवैधानिक निकायमा नियुिक्त गर्न नदिन आफूहरूले निरन्तर दबाब दिने बताए ।
‘जनआन्दोनलको मर्मअनुसार अहिलेको संक्रमणकाल व्यवस्थापन गर्नुपर्ने बेला त्यही अँन्दोलनका दोषीलाई संवैधानिक निकायमा नियुक्त गर्न खोज्नु अनैतिक हुन्छ,’ उनले भने, ‘अख्तियारले नै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गरेको व्यक्ति त्यही निकायको प्रमुखमा कसरी नियुक्ति हुन सक्छ ?’
कांग्रेस नेता गगन थापाले असारमा आम निर्वाचनमा जानका लागि निर्वाचन आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढिसकेकाले अरू संवैधानिक निकायमा निर्वाचित सरकार आएपछि मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने बताए । ‘असारमा निर्वाचनमा जानुपर्छ र निर्वाचित संसद् आएपछि मात्र अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचनको मुखमा अत्यावश्यक रहेको निर्वाचन आयोगमा बाहेक अरू संवैधानिक निकायमा व्यक्तिगत स्वार्थ र दलीय भागबन्डाका आधारमा नियुक्ति गर्नुहुन्न ।’

Thursday, March 21, 2013

निर्वाचन आयोगमा पूर्वआयुक्तहरूलाई पुनः नियुक्त गर्न संवैधानिक अड्चन

काठमाडौं, ८ चैत– छवर्षे पदावधि पूरा गरेका तीन पूर्वआयुक्तहरू नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवलाई संविधानअनुसार निर्वाचन आयोगमा पुनः प्रमुख आयुक्त र आयुक्त नियुक्ति गर्न संवैधानिक अड्चन देखिएको छ । अन्तरिम संविधानको धारा १२८ मा छवर्षे पदावधि पूरा गरेका प्रमुख आयुक्त र आयुक्त कुनै पनि सरकारी पदमा ग्राह्य नहुने प्रस्ट व्यवस्था भएको त्यस्तो अड्चन देखिएको हो ।
प्रमुख चार दलले जतिसक्दो छिटो संविधानसभा चुनाव गराउन निर्वाचन आयोगमा छवर्षे पदावधि पूरा गरेर अवकासप्राप्त अनुभवी पूर्वआयुक्तहरूमध्ये उप्रेतीलाई प्रमुख आयुक्त तथा गुरुङ र यादवलाई आयुक्त नियुक्ति गर्न प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई सिफारिस गरिसकेका छन् ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले निर्वाचन आयोगसहितका संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषदलाई पूर्णता दिएका छन् । रेग्मीले मन्त्रीहरू माधव घिमिरे, माधव पौडेल र ऋद्धिबाबा प्रधानलाई परिषदको सदस्य तोकेका छन् । सदस्य थपिएपछि परिषदले पूर्णता पाएको छ । संविधानमा प्रधानमन्त्री या मन्त्रिपरिषदका अध्यक्षले तोकेका तीन मन्त्री परिषद्को सदस्य रहने व्यवस्था छ ।
संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न बिहीबार बेलुका परिषदको बैठक बोलाइएको छ । बैठक बोलाइए पनि संवैधानिक व्यवस्थाका कारण परिषदले प्रमुख चार दलले सिफारिस गरेका छवर्षे पदावधि पूरा गरेका पूर्व आयुक्तहरूलाई निर्वाचन आयोगमा पुनः नियुक्तिका लागि सिफारिस गर्न अप्ठ्यारो रहेको कानुनविद्हरूले बताए । ‘मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले संवैधानिक निकायमा नियुक्तिको एजेन्डामा छलफल गर्न बिहीबार परिषदको बैठक बोलाउनुभएको छ’ परिषदका सदस्य पौडेलले भने– ‘सरकार चा“डोभन्दा चा“डो आयोगमा पदाधिकारी नियुक्ति गरेर संविधानसभा चुनावको तिथि घोषणा गर्ने तयारी छ ।’
संविधानको धारा १ सय २८ मा छवर्षे पदावधि पूरा गरेका पूर्व आयुक्तहरूको पुनः नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । परिषदलाई निर्वाचनमा नया“ पदाधिकारी तथा अरू संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न भने यो व्यवस्थाले नरोक्ने कानुनविद् बताउ“छन् ।
निर्वाचन आयोगका पदाधिकारी नियुक्तिसम्बन्धी संविधानको धारा १२८ को उपधारा ७ मा ‘प्रमुख आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुनका लागि ग्राह्य हुने छैन । तर, निर्वाचन आयुक्तलाई प्रमुख आयुक्तमा नियुक्त गर्न यस उपधाराले बाधा पु¥याएको मानिने छैन र सोबमोजिम कुनै आयुक्त प्रमुख आयुक्तको पदमा नियुक्त भएमा निजको पदावधि गणना गर्दा आयुक्त भएको अवधिलाई समेत जोडी गणना गरिनेछ’ उल्लेख छ । संविधानको यो व्यवस्थाले कुनै पनि व्यक्ति निर्वाचन आयोगमा छवर्षभन्दा बढी प्रमुख आयुक्त या आयुक्त हुन नपाइने र छ वर्ष पूरा गरेको आयुक्तसमेत प्रमुख आयुक्त हुन नमिल्ने कानुनविद् बताउ“छन् ।
संविधानमा रहेको निर्वाचन आयोगका पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्थाको ख्याल नगरी प्रमुख चार दलले पूर्व आयुक्तहरूलाई पुनः नियुक्ति गर्ने सहमति गरेका थिए । दलहरूको सहमतिमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी संविधानको बाधा अड्काउ फुकाउको आदेश जारी गर्दा पूर्वआयुक्तहरूको पुनः नियुक्तिसम्बन्धी व्यवस्था नसमेटिएकाले समस्या उत्पन्न भएको हो ।
सरकार र संवैधानिक परिषदका सामु निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्न प्रमुख चार दलसित योग्यता पुगेका नया“ नाम माग्नुपर्ने या राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउको आदेश जारी गराई छवर्षे पदावधि पूरा गरेका आयुक्तहरूलाई पुनः नियुक्ति गर्ने संवैधानिक व्यवस्था गर्ने दुईमात्र विकल्प रहेको कानुनविद्हरू बताउ“छन् ।
परिषद्ले संवैधानिक व्यवस्थाका कारण दलले सहमति गरेर दिएका व्यक्तिलाई पुनः नियुक्ति गर्न पाएन भने संविधानसभाको चुनाव आगामी असारभित्र गर्न नसकिने स्थिति उत्पन्न हुने सरकारी अधिकारी बताउ“छन् । ती अधिकारीका अनुसार दलहरूले अरू व्यक्तिमा सहमति गरेर आयोगमा नियुक्ति गर्न थप समय लाग्ने भएकाले असारमा चुनाव गर्न अप्ठ्यारो पर्छ ।
संवैधानिक निकायका पदाधिकारीको निष्पक्षता र स्वच्छताका लागि कुनै पनि सरकारी ओहदामा पुनः नियुक्त गर्नै नहुने सिद्धान्त स्थापित भएकाले यसमा बाधा अड्काउ फुकाउनसमेत नमिल्ने विज्ञहरूको भनाइ छ । ‘कुनै एउटा संवैधानिक निकायमा पुनः नियुक्त भयो भने अन्य निकायमा पनि त्यसै किन नगर्ने भन्ने प्रश्न उठ्छ’ कानुन मन्त्रालयकै एक सहसचिवले नाम उल्लेख नगर्ने शर्तमा भने– ‘पुनः नियुक्ति हुने लालचामा संवैधानिक निकायका पदाधिकारीको निष्पक्षतामा कमी नहोस् भनेर नै संविधानले कार्यकालको स्पष्ट व्यवस्था गरी अर्को नियुक्तिका लागि बन्देज लगाएको हो । संविधानको मर्मविपरित बाधा अड्काउ फुकाउन पनि मिल्दैन ।’
संविधानविद् भीमाजुर्न आचार्य पूर्व पदाधिकारीलाई पुन नियुक्ती गर्ने÷नगर्ने विषय नियुक्तिको सिफारिस गर्ने र नियुक्त हुने व्यक्तिको विवेकमा भर पर्ने बताउ“छन् । ‘बाधा अड्काउ फुकाउने सम्बन्धि अन्तरिम संविधानको धारा १ सय ५८ मै बाधा अड्काउ फुकाइएको अवस्थामा योेग्यता पुगेका जोसुकैको पनि नियुक्ति हुन सक्ने भयो,’ उनले भने– ‘संविधानमा पुनः नियुिक्तको व्यवस्था छैन । जो नियुक्त भए पनि फ्रेस नियुक्त हुने हो ।’
अर्का संविधानविद् पूर्णमान शाक्य भने संविधानको प्रचलित व्यवस्था अनुसार नै पूर्व पदाधिकारीलाई पुनः नियुक्त गर्न मिल्ने बताउ“छन् ।






अख्तियारका अभियुक्त कार्की अख्तियारकै प्रमुख !

कार्कीद्वारा नक्कली धनी खडा गरी ७० लाख बराबरको बरामदको सुन हजाम
काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुन तस्कारीमा प्रमुख अभियुक्त ठह¥याई अदालतमा मुद्दा दायर गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई प्रमुख चार दलले अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेर संवैधानिक निकायकै अपमान गरेका छन् ।
अख्तियारले कार्कीलाई भन्सार विभागका महानिर्देशक हु“दा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैया“बराबरको तस्करीको सुनलाई वैधता दिएकामा दोषी ठह¥याई २०५१ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्तिलाई त्यसैको प्रमुख बनाउन सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघनमात्र नभई संवैधानिक निकायकै अपमान हो’ एक सरकारी अधिकारीले भने– ‘त्यति ठूलो र संवेदनशील भ्रष्टाचार काण्डमा मुछिएको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन सिफारिस गर्ने निर्णय रहस्यमय छ ।’
प्रमुख चार दलका नेताले आफ्नो पार्टीबाट प्रधानमन्त्री र मन्त्री भएका नेताको भ्रष्टाचारमा अख्तियारले छानबिन नगरोस् भनेर विवादास्पद पूर्वमुख्यसचिव कार्कीलाई प्रमुख आयुक्त नियुक्ति गर्न सरकारले सिफारिस गरेको टिप्पणी सरकारी अधिकारीले गरेका छन् र
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । तस्करले समातिने डरले उक्त सुन बेवारिसे अवस्थामा छाडेको तत्कालीन भन्सार कार्यालयका एक अधिकारीले भने ।
भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । तस्करीको सुन अवैध रूपमा भन्सार लिएर छुटाउने निर्णय महानिर्देशकका नाताले कार्कीले गरेका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो । कार्कीले नक्कली सुन धनी खडा गरी मोटो रकम लिएर तस्करीको सुनलाई वैधता दिई भन्सार तिराएर छोडाएका हुन् ।
जिल्ला अदालतले अख्तियारद्वारा दायर गरिएको ७२ लाख बराबरको तस्करीको सुनलाई भ्रष्टाचार गरी छुटाएर कार्कीले भ्रष्टाचार गरेको ठहर गरी कैद सजाय र बिगोबराबरको जरिवाना गरेको थियो । तर, कार्की पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशलाई प्रभावित गरी भ्रष्टाचार मुद्दाबाट सफाइ पाउन सफल भए ।
पुनरावेदनले सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको थियो । अख्तियारले आफ्नो २०५७÷०५८ को वार्षिक प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको छ । अख्तियारले प्रतिवेदनमा कार्कीलाई उनीविरुद्ध दायर भएको मुद्दाभित्र प्रवेशै नगरी सफाइ दिएर उल्टो इन्साफ दिएको टिप्पणीसमेत गरेको छ ।
अख्तियार कार्कीको सुन तस्करीका बारेमा पुनरावेदनले गरेको फैसलामा चित्र नबुझी त्यसविरुद्ध सर्वोच्चमा गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले सर्वोच्चबाट रहस्यमय ढंगले कार्कीलाई सफाइ दिएका थिए । त्यतिबेला कार्कीले शर्मालाई प्रभावमा पारेकाले सफाइ पाएको स्रोतले उल्लेख गरेको छ । अख्तियारले शर्मा निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो । त्यसमा सर्वोच्चले अझै निर्णय दिएको छैन ।
शर्मा न्यायाधीश आचारसंहिताविपरीत अभियुक्त कार्कीका बुबाको नाममा रहेको भूपालमानसिंह प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । कार्कीको अतिथि बनेर फर्केका शर्माकै इजलासले भ्रष्टाचार मुद्दामा कार्कीलाई सफाइ दिएको थियो । शर्माले कार्कीकै निम्तामा कार्यक्रममा सहभागी हुनु र फर्केपछि उनलाई सफाइ दिनुले त्यसमा मिलोमतो रहेको प्रष्ट हुने कानुनविदले उल्लेख गरेका छन् । मुद्दा विचाराधिन रहेका पक्ष्ँले बोलाएको कार्यक्रममा आतिथ्य ग्रहण गर्नु आचारसंहिता विपरीत भएको भन्दै कानुन क्ष्ँेत्रबाटै त्यतिबेला शर्माको तीव्र आलोचना भएको थियो ।

अख्तियारका अभियुक्त कार्की अख्तियारकै प्रमुख !

कार्कीद्वारा नक्कली धनी खडा गरी ७० लाख बराबरको बरामदको सुन हजाम
काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुन तस्कारीमा प्रमुख अभियुक्त ठह¥याई अदालतमा मुद्दा दायर गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई प्रमुख चार दलले अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेर संवैधानिक निकायकै अपमान गरेका छन् ।
अख्तियारले कार्कीलाई भन्सार विभागका महानिर्देशक हु“दा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैया“बराबरको तस्करीको सुनलाई वैधता दिएकामा दोषी ठह¥याई २०५१ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्तिलाई त्यसैको प्रमुख बनाउन सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघनमात्र नभई संवैधानिक निकायकै अपमान हो’ एक सरकारी अधिकारीले भने– ‘त्यति ठूलो र संवेदनशील भ्रष्टाचार काण्डमा मुछिएको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन सिफारिस गर्ने निर्णय रहस्यमय छ ।’
प्रमुख चार दलका नेताले आफ्नो पार्टीबाट प्रधानमन्त्री र मन्त्री भएका नेताको भ्रष्टाचारमा अख्तियारले छानबिन नगरोस् भनेर विवादास्पद पूर्वमुख्यसचिव कार्कीलाई प्रमुख आयुक्त नियुक्ति गर्न सरकारले सिफारिस गरेको टिप्पणी सरकारी अधिकारीले गरेका छन् र
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । तस्करले समातिने डरले उक्त सुन बेवारिसे अवस्थामा छाडेको तत्कालीन भन्सार कार्यालयका एक अधिकारीले भने ।
भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । तस्करीको सुन अवैध रूपमा भन्सार लिएर छुटाउने निर्णय महानिर्देशकका नाताले कार्कीले गरेका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो । कार्कीले नक्कली सुन धनी खडा गरी मोटो रकम लिएर तस्करीको सुनलाई वैधता दिई भन्सार तिराएर छोडाएका हुन् ।
जिल्ला अदालतले अख्तियारद्वारा दायर गरिएको ७२ लाख बराबरको तस्करीको सुनलाई भ्रष्टाचार गरी छुटाएर कार्कीले भ्रष्टाचार गरेको ठहर गरी कैद सजाय र बिगोबराबरको जरिवाना गरेको थियो । तर, कार्की पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशलाई प्रभावित गरी भ्रष्टाचार मुद्दाबाट सफाइ पाउन सफल भए ।
पुनरावेदनले सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको थियो । अख्तियारले आफ्नो २०५७÷०५८ को वार्षिक प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको छ । अख्तियारले प्रतिवेदनमा कार्कीलाई उनीविरुद्ध दायर भएको मुद्दाभित्र प्रवेशै नगरी सफाइ दिएर उल्टो इन्साफ दिएको टिप्पणीसमेत गरेको छ ।
अख्तियार कार्कीको सुन तस्करीका बारेमा पुनरावेदनले गरेको फैसलामा चित्र नबुझी त्यसविरुद्ध सर्वोच्चमा गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले सर्वोच्चबाट रहस्यमय ढंगले कार्कीलाई सफाइ दिएका थिए । त्यतिबेला कार्कीले शर्मालाई प्रभावमा पारेकाले सफाइ पाएको स्रोतले उल्लेख गरेको छ । अख्तियारले शर्मा निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो । त्यसमा सर्वोच्चले अझै निर्णय दिएको छैन ।
शर्मा न्यायाधीश आचारसंहिताविपरीत अभियुक्त कार्कीका बुबाको नाममा रहेको भूपालमानसिंह प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । कार्कीको अतिथि बनेर फर्केका शर्माकै इजलासले भ्रष्टाचार मुद्दामा कार्कीलाई सफाइ दिएको थियो । शर्माले कार्कीकै निम्तामा कार्यक्रममा सहभागी हुनु र फर्केपछि उनलाई सफाइ दिनुले त्यसमा मिलोमतो रहेको प्रष्ट हुने कानुनविदले उल्लेख गरेका छन् । मुद्दा विचाराधिन रहेका पक्ष्ँले बोलाएको कार्यक्रममा आतिथ्य ग्रहण गर्नु आचारसंहिता विपरीत भएको भन्दै कानुन क्ष्ँेत्रबाटै त्यतिबेला शर्माको तीव्र आलोचना भएको थियो ।

चार निजामती कर्मचारी युनियन भोलिदेखि आन्दोलनमा

काठमाडौं, ८ चैत– निजामती कर्मचारीहरूले राष्ट्रपतिसमक्ष प्रस्तुत भएका निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्ने दुई अध्यादेश तत्काल जारी गर्न सरकारसमक्ष माग गर्दै बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासम्बद्ध कर्मचारी युनियनहरू क्रमशः नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी युनियन र मधेसी कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गरी बिहीबार आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
स्वतः बढुवा भएका १३ हजारभन्दा बढी कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजन गर्ने र स्वास्थ्य सेवालाई समावेशी बनाउन निवर्तमान सरकारले निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गरेको छ । राष्ट्रपतिबाट ती अध्यादेश लामो समयसम्म जारी भएका छैनन् ।
ती चार कर्मचारी युनियनले मुख्यसचिव लीलामणि पौडेलमार्फत् ती अध्यादेश तत्काल जारी गर्न बिहीबार सरकारलाई तीनदिने अल्टिमेटमसहित ज्ञापनपत्र दिई आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
ती चार युनियनले देशभर चैत ९ मा विरोधसभा गर्ने, ११ गतेदेखि कालोपट्टि बा“धी काम गर्ने, १८ गते १ घन्टा कलम बन्द गर्ने र कलम बन्दको समय दिनदिनै बढाएर २४ गते पूरै समय कमल बन्द गरी काम ठप्प पार्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Tuesday, March 19, 2013

मन्त्रिपरिषदद्वारा संवैधानिक परिषदलाई पूर्णता दिने गृहकार्य

काठमाडौं, ६ चैत– निर्वाचन आयोगसहितका संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्ति गर्न सरकारले संवेधानिक परिषदलाई पूर्णता दिने गृहकार्य सुरु गरेको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदको मंगलबार बसेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारले परिषदलाई पूर्णता दिन गृहकार्य सुरु गरेको जानकारी दिएका हुन्
उनले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले तीन मन्त्रीलाई सदस्य तोकिी परिषदलाई पूर्णता दिएपछि निर्वाचन आयोगमा तत्काल प्रमुख आयुक्त र आयुक्त नियुक्त गरिने र आयोगका पदाधिकारीसित परामर्श गरी चुनावको तिथि तोकिने जानकारी दिए ।
सरकारको प्रवक्तामा पौडेल
मन्त्रिपरिषदले सूचना तथा सञ्चारमन्त्री पौडेललाई सरकारको प्रवक्ता तोकेको छ । सूचनामन्त्री सरकारको प्रवक्ता हुने परम्पराअनुसार आफूलाई प्रवक्ता तोकिएको जानकारी पौडेलले दिए ।
सरकारी निर्णय २४ घन्टामै वेबसाइटमा
सरकारले सबै मन्त्रालयलाई आफूले गरेका निर्णय र कामकारबाही २४ घन्टाभित्रै आ–आफ्ना वेबसभाइटमा राखी सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयबाट सम्पादित कामकारबाही र निर्णयबारेमा सर्वसाधारणलाई तत्काल सुसूचित गर्न २४ घन्टाभित्रै वेबसाइटमा राखी सार्वजनिक गर्न निर्देशन दिएको जानकारी पौडेलले दिए ।
उनका अनुसार बैठकले सरकारका कामकारबाही र निर्णयबारे समेत आमजनतालाई तत्काल सुसूचित गर्न ‘मिट द प्रेस’ नियमित रूपमा गर्ने निर्णयसमेत गरेको छ ।
अध्यक्ष रेग्मीद्वारा निर्देशन
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सबै मन्त्री र सचिवहरूलाई संधिानसभा चुनावलाई केन्द्रबिन्दु बनाएर काम गर्न, चालु विकास आयोजनाहरू समयमै सम्पन्न गर्न, अनियमितता रोक्न, सेवाग्राहीका काम छिटोछरितो ढंगले गर्न÷गराउन, आचारसंहिता पालना गर्न कानुनीबाहेकका अरू सुविधा नलिन निर्देशन दिएको जानकारी पौडेलले दिए ।

मुख्यसचिवले प्राधिकरणको अध्यक्ष पद छाड्ने संकेत

काठमाडौं, ६ चैत– मुख्यसचिव लीलामण्ँि पौडेलले नेपाल विद्युत प्राधिकरण्ँ सञ्चालक समितिको अध्यÔबाट राजिनामा दिने संकेत गरेका छन् । प्राधिकरण्ँ सञ्चालक समितिको बैठकमा बोल्ने क्रममा उनले अध्यक्ष त्यस्तो संकेत गरेका हुन् । ‘मेरो यो बैठक अन्तिम हुन सक्छ’ बैठकमा पौडेलले राखेको भनाइ उद्धृत गदै सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।
सचिव हु“दा आफूभन्दा कनिष्ठ व्यक्ति उमाकान्त झा उर्जामन्त्री नियुक्त भएको र अध्यक्षको नाताले प्राधिकरणका कामकारबाहबिारेमा झालाई ब्रिफिङ गर्नुपर्ने भएकाले पौडेलले उक्त पद छाड्ने मनस्थिति बनाएको जानकारी स्रोतले दिए । झा पौडेलस“गै मुख्यसचिवको दाबेदारसमेत थिए ।
पौडेलले उक्त पदबाट राजिनामा दिएमा सरकारले ऊर्जामन्त्री झा वा उनले प्रस्ताव गरेको व्यक्तिलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।

राष्ट्रपतिले कार्कीको सिफारिस भएमा सरकारलाई पुनर्विचार गर्न आग्रह गर्ने

कार्कीको नामलाई लिएर माओवादी, कांग्रेस र एमालेभित्रै तीव्र असन्तुष्टि
काठमाडौं, ६ चैत– राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा विवादास्पद पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई सिफारिस गरिएमा उनको नियुक्तिका बारेमा पुनर्विचार गर्न प्रस्ताव फिर्ता पठाउने जानकारी राष्ट्रपति कार्यालय स्रोतले दिएको छ ।
एमाओवादी, कांग्रेस र एमालेभित्रै कार्कीलाई नियुक्तिका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने चार दलको निर्णयको तीव्र विरोध सुरु भएको छ । ती दलका नेताहरूले वक्तव्य नै जारी गरी उक्त निर्णय फिर्ता लिन आ–आफ्ना पार्टीको नेतृत्वलाई दबाब दिएका छन् । संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमति गर्दा माओवादी र मोर्चाको प्रस्तावमा चार दलका शीर्ष नेताको बैठकले कार्कीलाई नियुक्ति गर्न सरकारलाई सिफारिस गरेका हो ।
राष्ट्रपति यादवले अख्तियारद्वारा ‘भविष्यमा सरकारी सेवामा अयोग्य घोषित’ र जनआन्दोलन–०६२÷६३ मा सर्वसाधारणलाई दमन गर्न प्रमुख भूमिका निर्वाह गरेका कार्कीलाई नियुक्ति नगर्न एकपटकका लागि पुनर्विचार गर्न सरकारलाई प्रस्ताव फिर्ता पठाउने मनस्थििति बनाएको जानकारी राष्ट्रपति कार्यालयका एक अधिकारीले दिए । ।
‘पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय जा“चबुझ आयोगले शान्तिपूर्ण जनआन्दोलनका क्रममा सत्ता, शक्ति र पदको दुरुपयोग गरी दमनमा सक्रिय रहेको भन्दै कार्कीलाई दोषी ठह¥याई उनलाई सेवाबाट हटाउन र निजलाई भविष्यमा सरकारी पदको जिम्मेवारी नदिने गरी नेपाल सरकारलाई अभिलेख राख्न निर्देशन दिएको र अख्तियारले समेत आयोगको प्रतिवेदनलाई हुबहु अनुमोदन गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको व्यक्तिलाई कसरी अख्तियार प्रमुख बनाउन सकिन्छ भन्ने प्रश्न उठाउ“दै राष्ट्रपतिले उनको नियुक्तिबारे पुनर्विचार गर्न प्रस्ताव फिर्ता पठाउनुहुनेछ’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।
ती अधिकारीले अख्तियारले नै सरकारी सेवाका लागि अयोग्य घोषित गरेका विवादास्पद व्यक्तिलाई अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु कानुनविपरीतमात्र होइन संवैधानिक निकायको निर्देशनसमेत उल्लंघन हुने भएकाले राष्ट्राध्यक्षका नाताले यादवले सरकारलाई पुनर्विचार गर्न एकपटक आग्रह गर्ने जानकारी दिए ।
अन्तरिम संविधानअनुसार राष्ट्रपतिले मन्त्रिपरिषद र संवैधानिक परिषदबाट नियुक्तिका लागि सिफारिस भएको निर्णय राष्ट्रपतिले एकपटकका लागि पुनर्विचार गर्न प्रस्ताव फिर्ता पठाउन सक्छन् । तर, मन्त्रिपरिषद या परिषदले दोहो¥याएर सिफारिस गरेमा भने संविधानअनुसार राष्ट्रपतिले नियुक्ति गर्नुपर्ने हुन्छ ।
अन्तरिम चुनावी मन्त्रिपरिषदका एक सदस्यले समेत विवादास्पद कार्कीलाई सरकारले अख्तियार प्रमुखमा नियुक्ति नगर्ने संकेत दिएका छन् । ‘अख्तियारले नै भविष्यमा सरकारी पदका लागि अयोग्य घोषित गरिएका व्यक्तिलाई कसरी नियुक्ति गर्न सकिन्छ र ?’ ती सदस्यले भने– ‘प्रमुख चार दलले कार्कीलाई नियुक्त गर्न गरेको सिफारिस सरकार र संवैधानिक परिषदका लागि सुझावमात्र हो, राम्रा सुझाव आए सरकारले मान्छ, नराम्रा सुझाव नमान्न पनि सक्छ ।’
सरकारले संवैधानिक निकायमा रिक्त पद नियुक्ति गर्न संवैधानिक परिषद गठन गर्न बा“की छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा कायममुकायम प्रधानन्यायाधीश पदेन सदस्य रहनेछन् भने बा“की तीन सदस्य सदस्य मन्त्रिपरिषदका अध्यक्षले मन्त्रीबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । संसद नभएकाले परिषदमा सभामुख र विपक्षी दलका नेता परिषदमा सदस्य छैनन् ।
माओवादी, कांग्रेस र एमालेभित्र अख्तियार प्रमुख कार्कीलाई नियुक्त गर्न चार दलको उच्चस्तरीय राजनीतिक समितिले गरेको सिफारिसलाई लिएर तीव्र असन्तुष्टि बढेको छ । ती दलका नेताहरूले कार्कीलाई नियुक्ति गर्ने निर्णय फिर्ता लिन आ–आफ्नो पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनआन्दोलनविरोधी कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिएकामा गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । ‘वामपन्थी, क्रान्तिकारी र लोकतान्त्रिक राजनीतिले कार्कीलाई चिनेको छैन, अरू मेरो केही भन्नु छैन’ कार्कीको नियुक्तिबारेमा प्रतिक्रिया दिंदै कार्कीले भने ।
कांग्रेसका  असन्तुष्ट सदस्यहरूले पार्टी केन्द्रीय कार्यालयमा सोमबार भेला गरी अख्तियारद्वारा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित ठहरिएका कार्कीलाई अख्तियारकै प्रमुख बनाउने निर्णय गरेर माओवादी, कांग्रेस÷एमालेकै शीर्ष नेतृत्व राजसंस्था पुनःस्थापनाको प्रक्रिया सुरु गराउने दिशामा लागेको गम्भीर आरोप लगाएका छन् ।
उनीहरूले सरकारको नेतृत्व लिएका खिलराज रेग्मीले शक्ति पृथकीकरणका लागि प्रधान्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग समेत उठाएका छन । ‘निर्वाचन आयोग र सर्वोच्चमा न्यायाधीश नियुक्तिबाहेक अरू कुनै पनि निकायमा पदाधिकारी नियुक्तिको कुनै अर्थ छैन’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने । भेलामा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, शेखर कोइराला, बलहादुर केसी, सुजाता कोइराला, गगन थापा, एनपी सावद, धनराज गुरुङ, पुष्पा भुषाल, चन्द्र भण्डारी, शंकर पाण्डेसहित करिब दुई दर्जन सहभागी थिए । उनीहरूले तत्काल पार्टीको बोलाउनसमेत नेतृत्ससंग आग्रह गरेका छन् ।
एमालेका एक दर्जनभन्दा बढी नेताले अख्तियारको प्रमुखमा व्यक्तिलाई सिफारिस गरिएकामा आपत्ति जनाउ“दै त्यसलाई रोक्न पार्टी नेतृत्वलाई दबाब दिएका छ्न् । उनीहरूले विवादित व्यक्तिलाई कुनै हालतमा नियुक्ति नगर्न राष्ट्रपतिलाई समेत सचेत गराउनुपर्ने उल्लेख गरेका छन् । ‘अख्तियार दुरुपयोगको नियन्त्रण होइन कि अख्तियारलाई नै नियन्त्रण गर्ने गरी कार्कीको प्रस्ताव आएको छ’ सचिव युवराज ज्ञवालीले भने, ‘यसले हाम्रो पार्टीपंक्ति र बाहिर पनि नराम्रो सन्देश गएको छ ।’  झण्डै एक दर्जन केन्द्रीय सदस्यले सोमबार अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाउदै कार्कीको नाम फिर्ता लिन माग गरेका छन्् । अख्तियार र रायमाझी आायोगले समेत दोषी ठह¥याएका व्यक्तिलाई  अख्तियार जस्तो संस्थामा लान नहुने उनीहरूको भनाइ छ । 
नेताहरू अष्टलक्ष्मी शाक्य, प्रकाश ज्वाला, अरुण नेपाल, घनश्याम भुषाल, योगेश भट्टराई, राजेन्द्र गौतम, विजय पौडेल,जगन्नाथ खतिवडा, वैजनाथ चौधरी, ठाकुर गैरेलगायतले अध्यक्ष खनानलाई ज्ञापनपत्र दिदै निर्णय फिर्ता लिन दबाब दिएका छन्् । ‘कार्कीलाई सिफारिस गर्नु भनेको लोकतन्त्रमाथिकै लज्जाको विषय हो’ नेता भट्टराईले भने,‘ यसलाई जसरी भए पनि रोक्नुपर्छ ।’  आर्थिक लेनदेनसमेतका आधारमा कार्कीको नाम अघि आएको भन्दै एमाले नेताहरूले यसमा गम्भीर  हुन अध्यक्ष खनाललाई दबाब दिएका छन् ।
ज्ञापनपत्र बुझ््ने क्रममा अध्यक्ष खनालले आफूले यो कुरा उच्चस्तरीय राजनीतिक समिति र राष्ट्रपतिस“ग राख्ने प्रतिबद्घता व्यक्त गरेका छन्् । उनले अरू राजनीतिक सहमति गर्नुपर्ने कारणले गर्दा यो विषयले त्यहा“ प्रवेश पाएको उल्लेख गर्दै यसमा पार्टीले उचित पहल गर्ने आश्वासन दिए ।




Monday, March 18, 2013

अख्तियारले नै अयोग्य घोषित गरेका कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त सिफारिस

काठमाडौं, ५ चैत– प्रमुख चार राजनीतिक दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ‘भविष्यमा सरकारी सेवामा अयोग्य घोषित’ विवादास्पद पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न चुनावी अन्तरिम मन्त्रिपरिषदलाई सिफारिस गरेका छन् ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्षस्थ नेताहरूको शनिबार बसेको बैठकले अख्तियारको सिफारिस र निर्देशनलाई बेवास्ता गरी आर्थिक रूपमा विवादास्पद कार्कीलाई सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन गरी अदालतमा मुद्दा दायर गर्ने महत्वपूर्ण भूमिका भएको आयोगको नेतृत्व सुम्पने सिफारिस गरेको हो । चार दलका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई आइतबार भेटी कार्कीसहितलाई विभिन्न संवैधानिक निकायमा नियुक्त गर्न लिखित रूपमा सिफारिस गरेको जानकारी स्रोतले दिए ।
तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारका पालामा शान्तिपूर्ण जनआन्दोलन(०६२÷६३ मा निहत्था सर्वसाधारण जनतामाथि दमन गर्ने कार्यमा प्रमुख भएका निर्वाह गरेका कार्कीलाई माओवादी र मधेसी मोर्चाको प्रस्तावमा चार दलले प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको जानकारी बैठकमा सहभागी नेताले दिए ।
शान्तिपूर्ण जनआन्दोलनका क्रममा भएका धनजनको क्षति, राष्ट्रिय ढुकुटीको दुरुपयोग, सत्ता, शक्ति र पदको दुरुपयोग एवं मानव अधिकारको उल्लंघनलगायतका कार्यको छानविन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न सर्वोच्चका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय जाूचबुझ आयोगको प्रतिवेदनबमोजिम अख्तियारले कार्कीलाई सेवाबाट हटाउन र निजलाई भविष्यमा सरकारी पदको जिम्मेवारी नदिने गरी नेपाल सरकारलाई अभिलेख राख्न निर्देशन दिएको थियो ।
जाूचबुझ आयोगले जनआन्दोलन दबाउन तत्कालीन मुख्यसचिव कार्कीले निजामती प्रशासनको पदीय मर्यादा र सीमाको प्रतिकूल हुने गरी अवाञ्छित क्रियाकलाप गरेको र राजनीतिक तहमा भएका जनआन्दोलन दमन गर्ने निर्णय कार्यान्वयन गर्ने मुख्य भूमिका निर्वाह गरेकामा विभागीय कारबाही गरी सेवाबाट हटाउन र भविष्यमा सरकारी सेवाको पदमा जिम्मेवारी नदिने गरी सरकारको अभिलेखमा राख्न सिफारिस गरेको थियो । अख्तियारले आयोगको प्रतिवेदनलाई हुबहु अनुमोदन गरी सोहीअनुसारको कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्रको भक्त भएर कार्कीले जनआन्दोलन दबाउनका लागि कर्मचारीहरूलाई राजनीतिक नेताले जस्तो पदीय मर्यादाबाहिर गएर निर्देशन दिएपछि उनी त्यति बेला निकै विवादमा परेका थिए । त्यही कारण जनआन्दोलन सफल भई मुलुकमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि कर्मचारीहरूले कार्कीलाई मुख्यसचिवको कार्यकक्षमा प्रवेशसमेत गर्न दिएका थिएनन् । तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले उनलाई मुख्यसचिवबाट हटाई दायित्वविमुख बनाएर योजना आयोगको विशेष अधिकृत नियुक्त गरेको थियो । कर्मचारीका कारण कार्यालय जान नसकी कार्की राजिनामा दिएर सेवाबाट बाहिरिएका थिए ।
कार्कीलाई दायित्वविमुखको निर्णय गर्ने तत्कालीन कोइराला सरकारमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेता (तत्कालीन कांग्रेस, एमाले र सद्भावनाका नेता) सत्तामा थिए । तिनै दलका नेताले कार्कीलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेर अख्तियार र उच्चस्तरीय जाूचबुझ आयोगको सिफारिसको उल्लंघन गरेका छन् । ‘कार्कीलाई मुख्यसचिवका लागि अयोग्य भनेर हटाउने दल र तिनका नेताहरूले त्योभन्दा महत्वपूर्ण पदका लागि योग्य देख्नु रहस्यमय छ’ एक सरकारी अधिकारीले भने ।
उनी हुकुमी प्रमांगीका आधारमा २०४१ साउनमा राजसभामा सिंधै उपसचिवमा नियुक्ति पाएका थिए । पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्र, २०४८ को निर्वाचनमा बहुमत प्राप्त गरेर सरकार बनाएको कांग्रेसका प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महेश आचार्य र २०६१ माघ १९ को कुपछि तत्कालीन राजा ज्ञानेन्द्रलाई रिझाएर कार्की महत्वपूर्ण पद हत्याउन सफल भए । त्यही खुबीका कारण अहिले माओवादी अध्यक्ष दाहाललाई समेत रिझाएर प्रमुख आयुक्तमा नियुक्त हुन लागेका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा तथाकथित नगर निर्वाचनका नाममा राष्ट्रिय ढुकुटीबाट साढे १४ करोड खर्च गरेको, गृह मन्त्रालयबाट बिना बिलभपाई जनआन्दोलन दबाउन २ करोड २५ लाख वितरण गरिएको र सञ्चार मन्त्रालयले जनआन्दोलनविरोधी सञ्चारकर्मी र सञ्चार माध्यमलाई कानुनविपरीत ३ करोड रुपैयाू खर्च गरेको र त्यस्ता गैरकानुनी कार्य गर्न÷गराउन कार्कीले तत्कालीन मुख्यसचिवको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले जाूचबझु आयोगले उनलाई सेवाबाट अवकास दिई भविष्यमा पनि सरकारी पदमा जिम्मेवारी नदिने गरी सरकारी अभिलेखमा राख्न सिफारिस गरेको हो । अख्तियारले २०६३ साल भदौमा जाूचबुझ आयोगको सिफारिसलाई कार्यान्यवन सरकारलाई सिफारिस गरेको हो ।
अख्तियारको सिफारिस र निर्देशन कार्यान्वयन गर्नु सरकारको संवैधानिक दायित्व हुने भए पनि प्रमुख चार दलले त्यसलाई बेवास्ता गरी चुनावी मन्त्रिपरिषदलाई कार्कीलाई सोही निकायमा नियुक्त गर्न सिफारिस गर्नु संविधानविपरीत भएको सरकारी अधिकारी बताउूछन्् । चुनावी मन्त्रिपरिषदले चार दलको सिफारिस मान्नु बाध्यकारी नभएकाले अख्तियारले अयोग्य घोषित गरेको व्यक्तिलाई अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न गरिएको सिफारिस संवैधानिक परिषदले मान्न नहुने सरकारी अधिकारी बताउूछन्् ।
वरिष्ठ र योग्यलाई पन्छाएर २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले कार्कीलाई राजावादी भएकै कारण मुख्यसचिवमा नियुक्ति गरेका हुन् । उनले निजामती सेवामा प्रवेश गर्नासाथ बेलायतमा दुईवर्षे छात्रवृत्तिमा पढ्ने अवसरसमेत पाए । त्यतिबेला वरिष्ठ सचिवहरू महेन्द्रनाथ अर्याल, भानु आचार्यसहित सात जनालाई पन्छाएर कनिष्ठ सचिव कार्कीलाई तत्कालीन राजा ज्ञानेन्द्र मुख्यसचिवमा बढुवा गराएका हुन् ।  योग्यता, सेवा प्रवेश र अनुभवका हिसाबले सातै जना प्रशासक कार्कीभन्दा माथि थिए । लोकसेवा आयोगबाट पटकपटक परिक्षामा खरो उत्रिएर सचिव भएकाहरूलाई पछि पार्दै लोकसेवाको मुखै नदेखेका कार्कीलाई राजावादी भएकै कारण मुख्यसचिवमा बढुवा गरी पुरस्कृत गरिएको हो । मुख्यसचिव भएलगत्तै कार्कीले ‘राजमुकुटप्रति बफादार नहुनेसूग हातेमालो नगर्ने’ घोषणा गरेका थिए । उनले भने( ‘भाग्य, राजाको निगाहा र भगवान्को कृपाले म मुख्यसचिव बनेको होे । कसैले केही भने या लेखे पनि त्यसले मलाई कुनै फरक पार्दैन ।’
माओवादी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष दाहाल र तत्कालीन प्रधानमन्त्री कोइरालाले पटकपटक कार्कीको बानेश्वरस्थित निवासमा गोप्य बैठक गर्ने गरेका थिए । त्यही क्रममा कार्कीले दाहाललाई आर्थिक प्रलोभनमा पारी रिझाएका कारण माओवादीले उनलाई प्रमुख आयुक्तमा प्रस्ताव गरेको हो । माओवादी, कांग्रेस र एमालेको प्रस्तावमा क्रमशः लोकसेवा आयोगको कयोंदेवी यमी, महालेखा परिक्षकमा पूर्वअर्थसचिव भानु आचार्य, निर्वाचन आयोगमा नीलकण्ठ उप्रेती र माओवादी तथा मधेसी मोर्चाको प्रस्तावमा अख्तियारमा कार्कीलाई नियुक्ति गर्न सिफारिस गरिएको जानकारी बैठकमा सहभागी एक नेताले दिए । निर्वाचन आयोगमा पूर्व आयुक्तद्वय दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवलाई पुनः नियुक्तिका लागि सिफारिस गर्ने सहमतिसमेत भएको छ । निर्वाचनमा पूर्वसचिव वृन्दा हाडा र मधेसी मोर्चाको प्रस्तावमा वरिष्ठ अधिवक्ता रामकृष्ण निरालालाई आयुक्त तथा अख्तियारमा कांग्रेसको प्रस्तावमा पूर्वकार्यवाहक महालेखा परिक्षक बद्रीबहादुर कार्कीलार्य आयुक्त सिफारिस गर्ने सहमतिसमेत चार दलबीच भएको जानकारी स्रोतले दिएका छन् ।
‘माओवादीले कार्कीलाई प्रस्ताव ग¥यो, त्यसलाई मोर्चाले समेत सहमति जनाएपछि उनी विवादास्पद व्यक्ति हुन् भन्ने थाहा हुूदाहुूदै पनि हामीले सबै संवैधानिक निकायमा पदाधिकारी नियुक्तका लागि बाध्यताबश सहमति गर्न बाध्य भयौं’ बैठकमा सहभागी कांग्रेस र एमालेका नेताले भने ।
विराटनगरमा स्थायी घर भएका कार्कीले तत्कालीन प्रधानमन्त्री कोइरालालाई रिझाएर २०४९ सालमा राजप्रसाद सेवाबाट निजामती प्रशासनमा सुरुमा काजमा आएका थिए । उनलाई अर्थमन्त्रालयमा राखिएको थियो । उनलाई राजसभाबाट निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा समूह परिवर्तन गर्दा र सहसचिवमा बढुवा गर्दा कानुन मिचेर नांगो नाच नाचिएको थिए । तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री कोइरालाको दबाबमा लोकसेवाले सेवा समूह परिवर्तन गर्न सार्वजनिक सूचना आह्वान गरी लिखित परिक्षा र अन्तर्वार्ता लिने परम्परालाई मिचेर २०५१ मा कार्की एक्लैको अन्तर्वार्तामात्र लिएको नाटक गरी उत्तीर्ण गराएर उनलाई राजस्व समूहमा लगिएको थियो ।
कार्कीलाई सहसचिवमा बढुवा गर्दासमेत कानुनको खिल्ली उडाइएको छ । तत्कालीन प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महेश आचार्यको दबाबमा तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्त, वैदेशिक सहायता महाशाखा प्रमुख रामविनोद भट्टराई र राजस्व महाशाखा प्रमुख शम्भु खनाल र प्रशासन महाशाखा प्रमुख विश्वनाथ सापकोटाले कार्कीभन्दा वरिष्ठ सबै उपसचिवको कार्यसम्पादन मूल्यांकन नम्बर घटाएर उनलाई बढुवा गरिएको हो । फाइल बढुवाका लागि मागिएको नौ पदमा विज्ञापन हुूदा कार्की वरियताक्रमको पुछारमा कार्की ६९ औं नम्बरमा थिए ।
 तत्कालीन अर्थसचिव र सहसचिवले कार्यसम्पादन मूल्यांकनको नम्बर भरी सामान्य प्रशासनमा पु¥याइसकेको फाइल फर्काएर ६८ जना उपसचिवको दुई÷दुईपटक टिपेक्स लगाई नम्बर काटेर कार्कीलाई बढुवा गरिएको हो । सुरुमा ती ६८ जना उपसचिवको कार्यसम्पादन मूल्यांकनको ६ नम्बरको दरले काट्दा पनि कार्की बढुवा हुने सूचीमा नपर्ने देखेपछि पुनः दोस्रोपटक १३ नम्बरसम्म काटियो । त्यस क्रममा सबभन्दा सिनियर उपसचिव नुतन श्रेष्ठको १३ र दुर्गाबहादुर राईको १२ नम्बर काटिएको थियो । कार्यसम्पादन नम्बर भरेर सामान्य प्रशासन मन्त्रालय पु¥याइएको फाइल निजामती ऐनअनुसार फिर्ता गरेर त्यसमा तलमाथि गर्न मिल्दैन । कानुनविपरीत पुनः फाइल फर्काएर नम्बर तलमाथि गर्न दिंदा सामान्य प्रशासन सचिव जितबहादुर मानन्धर थिए ।
कार्यसम्पादन मूल्यांकन नम्बरमा दुई÷दुईपटक टिपेक्स लगाएर सहसचिवमा बढुवा भएका कार्की सर्वोच्च अदालतलाई समेत रिझाउन सफल भए । पीडित उपसचिवहरूले दिएको रिटमा सर्वोच्चले टिपेक्स लगाएर नम्बर सच्याउनु कानुनविपरीत भए पनि कार्कीको हकमा निर्णय कार्यान्वयन भइसकेकाले केही गर्नु नपर्ने उल्लेख गर्दै अब आइन्दा टिपेक्स लगाएर नम्बर नसच्याउन अर्थमन्त्रालयलाई आदेश दिएको थियो ।


Friday, March 15, 2013

माथिल्लो तामाकोसी निर्धारित मितिभन्दा ६ महिना ढिलो सम्पन्न हुने

काठमाडौं, २ चैत– चिनिया“ ठेकेदारका कारण निर्माणाधीन सबभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत् आयोजना माथिल्लो तामाकोसीबाट निर्धारित मितिभन्दा छ महिना ढिलो अर्थात् २०७२ चैतदेखि मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने भएको छ ।
मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला मुलुककै सबभन्दा ठूलो आयोजनाबाट विद्युत् उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने स्थिति उत्पन्न हुनु दुःखद् भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले चिनिया“ ठेकेदारबाट सुरु भएको लापरबाहीका कारण उक्त आयोजना पछिल्लो समयमा भनिएभन्दा झन् ढिलो सम्पन्न हुने हो कि भन्ने चिन्ता बढेकोसमेत उल्लेख गरे ।
अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले हालै ऊर्जा मन्त्रालयलाई बुझाएको गोप्य मासिक प्रगति प्रतिवेदनमा सिभिल ठेकेदार चिनिया“ कम्पनी सिनो हाइड्रोका कारण आयोजनाबाट व्यापारिक उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने जानकारी गराएको छ ।
सिभिलतर्फ ठेकेदार र परामर्शदाताबीच एक वर्षअघि आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७२ असोजदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भनी भएको सहमतिअनुसार कार्य हुन नसकेको उल्लेख गर्दै तामाकोसी हाइड्रो पावर लिमिटेडले तालुकवाला मन्त्रालयलाई माथिल्लो तामाकोसी आयोजना निर्धारित मितिभन्दा ६ महिना ढिलो सम्पन्न हुने जानकारी गराएको हो । चिनिया“ ठेकेदारका कारण आयोजनाको निर्माण अवधि लम्बिंदा लागतसमेत बढ्ने चिन्ता तामाकोसी हाइड्रो पावर लिमिटेडका अधिकारीले व्यक्त गरेका छन् । तर, तामाकोसी हाइड्रो पावरले प्रगति प्रतिवेदनमा लागत बढ्नेबारेमा भने केही पनि उल्लेख गरेको छैन ।
अपर तामाकोसी हाइड्र पावर लिमिटेडले प्रगति प्रतिवेदनमा चिनिया“ ठेकेदारले निर्माण उपकरण र विस्फोट पदार्थ आयात गर्न लामो समय लागेको र अन्य विविध कारण देखाउ“दै निर्माण अवधि बढ्ने कुरा पेस गरेको तथा सिभिल निर्माणस“ग समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने लट नं. २ र ३ को खरिद सम्झौता हुन ढिलाइ भएकाले निर्धारित मिति २०७२ असोजभित्र आयोजना सम्पन्न गर्न असर परेको जनाएको छ ।
सिभिलतर्फको मुख्य संरचना भूमिगत विद्युत् गृह निर्माण कार्यमा चिनिया“ ठेकेदारको कमजोरीका कारण केही ढिलाइ हुने देखिएकाले उक्त ठेकेदारको मुख्य कार्यालय चीनमा पत्राचार गरी उच्च व्यवस्थापन टोली खटाई समस्या समाधान गर्न र निर्माण तालिका सम्बन्धमा गहन छलफल गरी प्रस्ताव पेस गर्न आग्रह गरिएकोसमेत अपर तामाकासो हाइड्रो पावर लिमिटेडले प्रतिवेदनमा उल्लेख गरेको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
लट नं. १, २ र ३ का ठेकेदारसित वार्ता गरी आयोजनाको निर्माण सम्पन्न हुने नया“ मिति तय भएको उल्लेख गर्दै अपर तामाकासो हाइड्रो पावरले विद्युत् गृहका युनिटहरूबाट दुई÷दुई महिनाको फरकमा व्यापारिक उत्पादन गर्ने समझदारी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पहिलो युनिटबाट २०७२ जेठमा, २०७२ कात्तिकभित्र ४ युनिटबाट तथा २०७२ चैत महिनाभित्र आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सबै युनिटबाट पूर्ण क्षमतामा ४५६ मेगावाट विद्युत् उत्पादन हुने जानकारी तामाकोसी हाइड्रो पावरका एक अधिकारीले दिए । लट नं. १ अर्थात् सिभिलतर्फको चिनिया“ ठेकेदार कम्पनी र परामर्शदातासित एक वर्षअघि भएको सहमतिअनुसार विद्युत् खरिद सम्झौतामा भएको मितिभन्दा पहिले अर्थात् २०७२ असोजभित्र उक्त आयोजनाबाट ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गर्ने समयतालिका निर्धारण गरिएको थियो ।
चिनिया“ ठेकेदारको कमजोरीका कारण सहमतिअनुसार तय गरिएको समयतालिकाभन्दा ट महिना ढिलो विद्युत् उत्पादन हुन सक्ने अवस्था आएको अपर तामाकोसी हाइड्रोपावरका अधिकारीले जानकारी दिए ।
चिनिया“ ठेकेदारका कारण निर्माणमा ढिलाइ भए पनि आयोजना सुरु गर्दा पहिलो युनिटबाट २०७२ जेठ, ४ वटा युनिटबाट २०७२ कात्तिकभित्र ३०९ मेगावाट र सबै छ युनिटबाट २०७२ चैतभित्र उत्पादन गर्ने भनी निर्धारित पहिलो समयतालिकाभन्दा भने ढिलो नहुने दाबी अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले गरेको छ ।
२०६७ भदौ १७ मा निर्माण कार्य सुरु भएको उक्त आयोजनाको कुल अनुमानित लागतमा ३५ अर्ब २९ करोडमा हालसम्म ११ अर्ब २३ करोड रुपैया“ खर्च भइसकेको छ । चिनिया“ ठेकेदार कम्पनीले २०६७ साउन १६ मा लट नं. १ अन्तर्गत बा“ध, इन्टेक, बालुवा थेग्य्राउने पाखरी निर्माण, मुख्य सुरुङ, पेनस्टक, भूमिगत विद्युत् गृह, टेलरेस सुरुङसहित सबै प्रमुख सिभिल कार्यको निर्माणको ठेक्का लिएको छ ।  उक्त कम्पनीले सिभिलतर्फको ठेक्का १३ अर्ब ३७ करोड रुपैया“मा ठेक्का लिएको हो ।
लट नं. २ को हाइड्रो मेकानिकल कार्यको ठेक्का भारतीय कम्पनी, लट नं. ३ को मेकानिकल तथा इलेक्ट्रिकल कार्यको ठेक्का अस्ट्रियाई कम्पनी,  लट नं. ४ को प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ठेक्का केईसी नामक भारतीय कम्पनीले लिएका छन् । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले सिभिलतर्फको ठेक्कामा मात्र समस्या देखिएको र त्यही कारण सहमतिअनुसार निर्धारित मितिमा आयोजना सम्पन्न हुन नसक्ने स्थिति उत्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।


मन्त्रिपरिषदद्वारा निर्वाचन आयोगसित छलफल गरी चुनावको तिथि घोषणा गर्ने निर्णय

काठमाडौं, १ चैत– प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषदको पहिलो बैठकले निर्वाचन आयोगस“ग परामर्श गरी छिट्टै संविधानसभा चुनावको तिथि तय गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिÈद् बैठकले संक्रमण्ँकालमा चुनाव गराउनेजस्तो प्रमुख जिम्मेवारी दिएकोमा राजनीतिक दलहरूप्रति आभार प्रकट गर्दै आयोगस“ग छलफल गरी निर्वाचनको तिथि तय गर्ने निर्णय गरेको जानकारी गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले दिए ।
प्रमुख चार दलले बुधबार सहमति गरी अन्तरिम चुनावी सरकारलाई असार ७ भित्र चुनाव गराउने जिम्मेवारी दिएको छ । एक÷दुई दिनमै आयोगसित छलफल गरी चुनावको मिति तय गरिने जानकारी मन्त्रिपरिषदका एक सदस्यले दिए ।
घिमिरेका अनुसार मन्त्रिपरिषदले समयमै स्वच्छ र निष्पÔ निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै चुनावी वातावरण बनाउनका लागि सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, प्रेस र सर्वसाधारणलाई आग्रह गरेको छ । बैठकले निर्वाचनबाटै राजनीतिक निकास आउने भएकाले सम्पूणर््ँ दललाई चुनावमा सहभागी हुनसमेत आह्वान गरेको छ ।
मन्त्रिपरिषदले शक्ति पृथकीकरण्ँको सिद्धान्तलाई आत्मसात गर्दै मानव अधिकारको रÔा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । मन्त्रिपरिषदले जथाभावी आर्थिक सहयोग तथा चन्दा वितरणलाई रोक लगाउ“दै मापदण्ड बाहिर कुनै रकम नबा“ड्ने निणर््ँय गरेको छ ।
मन्त्रिपरिषदले हाल विद्यमान पेट्रोलियम पदार्थको अभाव हटाउन मुख्यसचिव लीलामणि पौडेल, गृह, अर्थ, वाण्ँिज्य सचिव र उद्योग वाण्ँिज्य संघका पदाधिकारीसमेत रहेको समिति गठन गरी तत्काल सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सरकारले आगामी दिनको कार्ययोजना तयार पार्नसमेत मन्त्रालयहरूलाइ निर्देश गरेको छ ।
मन्त्रिपरिषदका अध्यक्षद्वारा सचिवहरूलाई निर्देशन
रेग्मीले पद बहालीपछि सरकारका सम्पूर्ण सचिवहरूलाई निर्देशन दिंदै आफ्नो नेतृत्वको मन्त्रिपरिषदको पहिलो काम शान्ति सुव्यवस्था कायम गरी स्वच्छ र निष्पक्ष चुनाव गराउनु भएकाले त्यसलाई सफल बनाउनका लागि आ–आफ्नो ठाउ“बाट प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
‘लामो समयदेखि संविधानसभाको चुनाव गराउन सहमतिको सरकार बन्न नसकिरहेका बेला सुझबुझका साथ बुद्धिमतापूर्वक भएको समझदारीअनुसार अन्तरिम चुनावी सरकार गठन भएको हो’ भन्दै रेग्मीले आफ्नो सरकार निष्पक्ष र स्वच्छ चुनाव गर्न प्रतिबद्ध रहेको र त्यसमा सबै दल, निजामती प्रशासन, नागरिक समाज र प्रेस जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
‘मलाई दलहरूले चुनाव सम्पन्न गराउने प्रयोजनका लागि मन्त्रिपरिÈद्को अध्यÔमा सहमति गरेका हुन्, यसमा सबैले सहयोग पु¥याउन आग्रह गर्छु’ उनको भनाइ उद्धृत गर्दै एक सचिवले भने । सरकार शक्ति पृथकीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले त्यसका लागि चुनाव गराएर संविधानसभा÷संसद आएपछि लोकतान्त्रिक मूल्यमान्याअनुसार शक्ति पृथकीकरण र शक्ति सन्तुल तथा नियन्त्रण हुने बताए ।
उनले सरकार सुशासन र कानुनी राज्य कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निजामती प्रशासनलाई भ्रष्टाचारमुक्त बनाउन सचिवहरूलाई निर्देशन दिए । ‘निजामती प्रशासनबाट भ्रष्टाचार भएको सुन्नुनपरोस्’ उनको भनाइ थियो ।
उक्त अवसरमा बोल्दै मुख्यसचिव लीलामणि पौडेलले सबै सचिवसहित सिंगो निजामती प्रशासनले सरकारलाई पूर्ण सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


मन्त्रिपरिषदका अध्यक्ष रेग्मीद्वारा राष्ट्रपतिसमक्ष सपथग्रहण

घिमिरे गृह र परराष्ट्र तथा न्यौपाने श्रम र कानुनमन्त्री नियुक्त
काठमाडौं, १ चैत– राष्ट्रपति रामवरण यादवले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बिहीबार पद तथा गोपनीयता सपथ खुवाएका छन् । राष्ट्रपति निवासमा बिहीबार बिहान आयोजित समारोहमा राष्ट्रपतिले रेग्मीलाई सपथ खुवाएका हुन् ।
प्रमुख चार राजनीतिक शक्तिबीच बुधबार राति भएको सहमतिअनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको सिफारिसमा राष्ट्रपति यादवले अन्तरिम संविधानको बाधा अड्काउ फुकाउने आदेश जारी गरेपछि रेग्मीलाई बुधबार राति नै अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्त गरेका हुन् ।
राष्ट्रपतिबाट संविधानको बाधा अड्काउ फुकाउ आदेश जारी गरी प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष हुने संवैधानिक बाटो खोलिएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री भट्टराई, प्रमुख दलका सबैजसो नेता उपस्थित थिए ।
रेग्मीले बिहीबार दिउ“सो सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघिका नवनियुक्त प्रधानमन्त्रीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्ने चलन भए पनि यसपटक भने दलहरूले चुनावी मन्त्रिपरिषद् गठन गर्ने सहमति गरेका कारण सोही आधारमा अध्यक्षका रूपमा रेग्मीले पदभार ग्रहण गरेका हुन् ।
पद बहालीपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै रेग्मीले देशमा शान्ति सुव्यवस्था कायम गर्दै सम्पूर्ण राजनीतिक दलको सहयोगबाट निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने आफ्नो मूल उद्देश्य रहेको बताए ।
‘राजनीतिक दलहरूले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि चुनावी सरकार गठन गर्ने सहमति गरी मलाई जिम्मेवारी दिएका हुन्, सम्पूर्ण दलले आफूलाई विश्वास गरेकाले म उहाँहरूलाई आभार व्यक्त गर्छु ।’
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले पूर्वमुख्यसचिव माधव घिमिरे र पूर्वकानुन सचिव हरि न्यौपानेलाई मन्त्री नियुक्ति गरी बिहीबार नै राष्ट्रपतिको उपस्थितिमा दुवै जनालाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । निजामती प्रशासनको पूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई नियुक्त गर्ने दलीय सहमतिअनुसार रेग्मीले पूर्वमुख्यसचिव घिमिरे र पूर्वकानुन सचिव न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । न्यौपाने कानुन आयोगको सचिव र सेवाबाट निवृत्त भएपछि आयोगकै उपाध्यक्षसमेत भएका थिए । बा“की मन्त्रीसमेत निजामती प्रशासनका पूर्व विशिष्ट श्रेणीका अधिकारीबाट नियुक्त गरिनेछ ।
रेग्मीले घिमिरेले गृह र परराष्ट्र तथा न्यौपानेलाई श्रम तथा रोजगार र कानुन, न्याय तथा संविधानसभा मन्त्रालयको जिम्मेवारी दिएका छन् । दुवै मन्त्रीले बिहीबार नै आ–आफ्नो मन्त्रालयमा गई पद बहाली गरेका छन् । बा“की सबै मन्त्रालय रेग्मीले आफ्नो मातहतमा राखेका छन् । उनले एक÷दुई दिनमै मन्त्रिपरिषद विस्तारको तयारी गरेको जानकारी एक मन्त्रीले दिए ।

जाइकाद्वारा माथिल्लो सेतीलाई सवा १४ अर्ब सहयोग

काठमाडौं, ३० फागुन– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल सरकारसित माथिल्लो सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि बुधबार १५ अर्ब १३ करोड ७ लाख जापानी येन (करिब १४ अर्ब १६ करोड ८० लाख रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग दिने सम्झौता गरेको छ । सम्झौताअनुसार जापानले ० दशमलव १ प्रतिशत ब्याजमा उक्त सहयोग दिनेछ ।
सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनी र जाइका दक्षिण एसिया विभागका महानिर्देशक मासाताका नाकाहाराले उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।
विद्युत प्राधिकरणले तनहु“ हाइड्रो पावर लिमिटेड स्थापना गरी तनहु“को दमौली नजिक १४० मेगावाटको माथिल्लो सेती जलाशययुक्त आयोजना निर्माण गर्न विस्तृत इन्जिनियरिङ अध्ययन कार्य अन्तिम चरणमा पु¥याएको छ । सन २०२० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको विकासले विद्युत उत्पादनमा वृद्धि भई नेपालको अर्थतन्त्र र आजनतताको जीवनस्तर सुधारमा योगदान पु¥याउने आशा राखिएको गरिएको छ ।
उक्त आयोजनामा एसियाली विकास बैंक, युरोपियन इन्भेस्टमेन्ट र अबुधावी फन्डले समेत सहयोग गर्ने भएका छन् । उक्त आयोजनामा सहयोग गर्नेमा जाइका सबभन्दा ठूलो दाता हो । जापानले ४० वर्षमा ऋण भुक्तान गर्ने गरी उक्त सहयोग दिन लागेको हो ।
बा“की अरू दातासित समेत छिट्टै सहयोग सम्झौता हुने र त्यसपछि आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने जानकारी तनहु“ हाइड्रो पावर लिमिटेडका एक अधिकारीले दिएका छन ।



बुढी गण्डकी र नलसिंगाड विकास समितिमा सदस्य थप

काठमाडौं, ३० फागुन– ऊर्जा मन्त्रालयले दुई ठूला जलाशययुक्त जलविद्युत् आयोजना बुढी गण्डकी र नलसिंगाड विकास समितिमा सदस्यहरू थप गरेको छ । ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले ऊर्जामन्त्रीस्तरीय निर्णय गरी दुवै विकास समितिमा सदस्य थप गरेका हुन् ।
४ सय मेगावाटको नलसिंगाड जलविद्युत् आयोजना विकास समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिवबाट झन्डै एक वर्षअघि सेवा निवृत्त पूर्वसहसचिव कमलराज पाण्डेलाई सदस्य नियुक्त गरिएको छ । उनी सेवा निवृत्त हुनुअघि भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख थिए ।
उक्त विकास समितिको कार्यकारी अध्यक्षमा शेरबहादुर शाही र विज्ञबाट सदस्यमा यसअघि नै ज्ञानेश्वर कार्की र कृष्ण शर्मालाई नियुक्ति गरिसकिएको छ । उक्त समितिमा अर्थ र ऊर्जामन्त्रालयका सहसचिव क्रमशः लोकदर्शन रेग्मी र सुनिलबहादुर मल्ललाई पदेन सदस्य तोकिएको छ । नलसिंगाड विकास समितिको सचिवमा विद्युत प्राधिकरणका उपसचिवस्तरका इन्जिनियर नविन सिंहलाई नियुक्त गरिएको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार ६ सय मेगावाटको बुढी गण्डकी विकास समितिको सदस्यमा अर्थमन्त्रालयबाट सेवा निवृत्त सहसचिव कपिलदेव घिमिरे र गोरखाबासी सुरेश मरहठ्ठालाई सदस्य नियुक्त गरिएको छ । उक्त विकास समितिको कार्यकारी अध्यक्षमा लक्ष्मीप्रसाद देवकोटा र विज्ञबाट डम्बरबहादुर नेपालीलाई यसअघि नै सदस्य नियुक्त गरिसकिएको छ । उक्त विकास समितिमा अर्थ र ऊर्जाका सहसचिव क्रमशः लोकदर्शन रेग्मी र श्रीरञ्जन लाकौललाई पदेन सदस्य तोकिएको छ ।

दुई कार्यकारी अध्यक्षलाई उपराष्ट्रपतिलाई बराबर मासिक तलब

कार्यकारी अध्यक्षलाई गाडी, इन्धन, मर्मत, सञ्चार सुविधा सचिवसरह
‘राजनीतिक नियुक्ति पाएका अनुभवहीनलाई त्यति धेरै सुविधा दिनु राज्यको ढुकुटीको दुरुपयोग’

काठमाडौं, २९ फागुन–  ऊर्जामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले दुई ठूला जलविद्युत् आयोजना विकास समितिमा गठन आदेशविपरीत कार्यकारी अध्यक्ष नियुक्त आफ्ना दुई कार्यकर्तालाई मासिक तलब ७५ हजार रुपैयाूसहित विशिष्ट श्रेणी (सचिव) सरहको सुविधा दिने प्रस्ताव गरेका छन् ।
भट्टराईले बुढी गण्डकी र नलसिंगाड जलाशययुक्त जलविद्युत् आयोजना विकास समितिमा नियुक्त दुई कार्यकारी अध्यक्ष क्रमशः लक्ष्मीप्रसाद देवकोटा र शेरबहादुर शाहीलाई मासिक ७५ हजारका दरले तलबसहित विशिष्ट श्रेणीसरहको सुविधा दिने ऊर्जामन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको जानकारी स्रोतले दिए ।
दुई खर्बभन्दा बढी लागतका ती आयोजनामा खुल्ला प्रतिस्पर्धाबाट सक्षम आयोजना प्रमुख नियुक्ति गर्ने पूर्व घोषित नीतिविपरीत प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले एक मेगावाटको आयोजना बनाएको अनुभवसमेत नभएका देवकोटा र शाहीलाई विकास समितिको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
दुवै कार्यकारी अध्यक्षलाई आयोजना प्रमुखसहित विकास समितिको सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकारसमेत प्रदान गरिएको छ । स्रोतका अनुसार ती दुवै कार्यकारी अध्यक्षले सचिवसरह गाडी, इन्धन, मर्मत खर्च, टेलिफोन र मोबाइल सुविधा दिने प्रस्ताव गरिएको छ । मन्त्रिपरिषदबाट निर्णय हुनासाथ ती दुवै कार्यकारी अध्यक्षले नियुक्ति भएको दिनदेखि लागू हुने गरी तलबभत्तालगायतका सुविधा पाउनेछन् ।
सरकारले कार्यकारी अध्यक्ष नियुक्ति गर्दा आफैंले जारी गरेको विकास समिति गठन आदेश उल्लंघन गरी योग्यता नपुगेका व्यक्तिलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको हो । गठन आदेशमा ‘इन्जिनियरिङ (इलेक्ट्रिकल, हाइड्रोपावर, मेकानिकल, हाइड्रोलोजी, जियोलोजी), व्यवस्थापन, विकास प्रशासन, वातावरण या कानुनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरी जलविद्युत् क्षेत्रमा कम्ती दस वर्ष कार्य अनुभव प्राप्त व्यक्ति कार्यकारी अध्यक्ष पदमा मनोनयनका लागि योग्य हुने’ उल्लेख छ । तर, देवकोटो र शाहीसहित दुवैको यो योग्यता पुगेको छ ।
देवकोटा हाइड्रोलोजीमा स्नातकोत्तर गरेका कारण शैक्षिक योग्यता पुगे पनि जलविद्युत् क्षेत्रमा कार्य गरेको अनुभव छैन भने स्नातकमात्र अध्ययन गरेका शाहीको भने शैक्षिक योग्यता र जलविद्युत् क्षेत्रमा कार्य गरेको अनुभव दुवै पुगेको छैन ।
त्यति ठूला आयोजनामा देवकोटालाई आफ्नो गृह जिल्लाबासी र शाहीलाई आफ्नो पार्टीमा आवद्ध शिक्षक भएका नाताले नियुक्ति गरिएको हो । ‘कार्यकारी अध्यक्षमा नियुक्त अनुभवहीन कार्यकर्तालाई तलबभत्ता मासिक ७५ हजारसहित विशिष्ट श्रेणीको सुविधा दिनु राज्यको ढुकुटीको दुरुपयोग गरी कार्यकर्तालाई पोस्नु हो’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने । राजनीतिक नियुक्ति पाएका दुवै कार्यकारी अध्यक्षको मासिक तलब उपराष्ट्रपतिको बराबर हो ।
ती अधिकारीले योग्यता र अनुभव दुवै नभएका व्यक्तिलाई त्यति ठूला परियोजनामा आयोजना प्रमुखसहित सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार दिइएका कारण बुढी गण्डकी र नलसिंगाड आयोजना निर्माण हुन सक्नेमा गम्भीर प्रश्न उठेको बताए ।
दुवै आयोजनाको विकास समितिमा नियुक्त सदस्यको भने सुविधा तय हुन बाूकी छ । सदस्यको सुविधा विकास समितिले तय गर्न सक्ने अख्तियार दिइने भएको छ । सदस्यलाई बैठकभत्ता एकपटकको पाूच हजार रुपैयाूका दरले दिनेबारेमा छलफल भएको स्रोतले उल्लेख गरेको छ ।



कीर्तिमानी भट्टराईद्वारा कुशासनमा पनि कीर्तिमान

काठमाडौं, २५ फागुन– अर्थमन्त्री हु“दा बढी राजस्व उठाएर सफल नेताको छवि बनाएका बाबुराम भट्टराईले प्रधानमन्त्री भएको डेढ वर्षमै त्यो साखमा मात्र गिराएनन् कि कुशासनमा कीर्तिमान नै कायम गरेका छन् । एसएलसीमा बोर्डफस्ट भएर कीर्तिमान कायम गरेका भट्टराईले ‘जम्बो’ ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएरमात्र होइन मुलुकमा २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सबभन्दा बढी नीतिगत भ्रष्टाचार गर्ने सरकारको कीर्तिमानसमेत कायम गरिसकेका छन् । उनले प्रधानमन्त्री हुनासाथ मितव्ययिताका नाममा मुलुकभित्रै एसेम्बल्ड गरिएको सस्तो स्वदेशी मुस्ताङ गाडी चढे । प्रधानमन्त्रीले पहिलोपटक सस्तो स्वदेशी गाडी चढेको भनेर मुलुकभर प्रशंसा भयो । सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीले चढेको मुस्ताङ गाडीबाटै मुलुकमा कुशासनको सुरुआत भएको कसैले भेउसम्म पाउन सकेका छैनन् । १० लाखभन्दा बढी मूल्य पर्ने सामान खरिद गर्दा सार्वजनिक खरिद ऐनअनुसार खुला प्रतिस्पर्धा गराउनुपर्छ । तर, प्रधानमन्त्रीले १२ लाख पर्ने मुस्ताङ म्याक्स गाडीमात्र बिना प्रतिस्पर्धा किनेनन् कि १८ लाख पर्ने अर्को विलाशी मुस्ताङ गाडीसमेत बिनाप्रतिस्पर्धा खरिद गरे । प्रधानमन्त्रीले पदमा बहाल भएको पहिलो दिनदेखि कानुन उल्लंघन गरेर सुशासनको खिल्ली उडाउन थालेका हुन् । आफूलाई मितव्ययी प्रधानमन्त्री भन्ने भट्टराईले हेलिकप्टर शयरमा मात्र राज्यको ढुकुटीबाट दुई करोड खर्च गरिसकेका छन्, त्यो पनि धेरैजसो पार्टी कार्यक्रममा जा“दा ।
प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्ने घोÈण्ाँ गरेका थिए, तर उनको मन्त्रिपरिÈदबाट भएका निणर््ँय र नियुक्ति नियाल्ने हो भने हरेकजसोमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिको खिल्ली उडाइएको छ । भट्टराई पार्टीमा पकड भएका कारण नभई भारतको आशिर्वाद र मधेसी दलको समर्थनमा प्रधानमन्त्री भएका हुन् । उनले मितव्ययिताका नाममा मन्त्रीसम्मका पदाधिकारीका लागि २५ लाखभन्दा बढी मूल्यका गाडी खरिद गर्न नपाइने नीति अख्तियार गरेका छन् । २५ लाखसम्ममा भारतमा निर्मित गाडीमात्र खरिद गर्न सकिन्छ । भट्टराईले आफू जुन मुलुकको आशिर्वादमा सत्तामा पुगेका हुन्, त्यसको गुन तिर्न उनले आमजनतालाई मितव्ययिताकाको गुलियो नारा दिएर घुमाउरो भाषामा भारतीय स्वार्थ पूरा गरेका छन् ।
उनी प्रधानमन्त्री भएपछि मन्त्रालयका सचिवसहितका कर्मचारीहरूको सरुवा र पदस्थापनाको फेहरिस्त हेर्ने हो भने उनको पालामा मुलुकमा सुशासन होइन कुशासनको अभ्यास भइरहेको अनुभूति हुन्छ । एउटै सचिवको तीन महिनामा तीनपटकसम्म सरुवा भएका उदाहरणसमेत छन् । निजामती प्रशासनलाई सबभन्दा अस्थिर बनाउनेमा समेत भट्टराईले कीर्तिमान कायम गरिसकेका छन् । निजामती प्रशासनमा सरुवा, बढुवा र पदस्थापनमा सुशासनको र विज्ञताको समेत खिल्ली उडाइएको छ । ऊर्जा र जलस्रोत Ôेत्रमा दख्खल राख्ने सचिव शीतलबाबु रेग्मीलाई राष्ट्रपति कार्यालयमा लगेर थन्क्याइएको छ ।
जलविद्युत् विकासमा खेलबाड
मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला ऊर्जास“ग कुनै साइनो नभएका हरिराम कोइरालालाई ऊर्जा सचिव बनाइएको छ । यसबाटै प्रष्ट हुन्छ– प्रधानमन्त्री मुलुकमा ऊर्जा संकट समाधान गर्न होइन ऊर्जा मन्त्रालयमार्फत् आङ्खनो निहित स्वार्थ पूरा गर्न चाहन्छन् । त्यसको ज्वलन्त उदाहरण्ँ माथिल्लो त्रिशुली ३ ए जलविद्युुत् आयोजना बनेको छ । निर्माण्ँ सुरु भएको दुई वर्È पुगिसकेको ६० मेगावाटको उक्त आयोजनालाई भट्टराईकै प्रस्तावमा चिनिया“ ठेकेदार कम्पनी गेजुवाको मागबमोजिम मन्त्रिपरिषदले ९० मेगावाट क्षमतामा निर्माण गर्ने निर्णय गरिसकेको छ । ठेकेदार कम्पनी र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रधानमन्त्रीले मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला निर्माण अवधि दुई वर्षपछि धकेलिने र लागत ४ अर्ब बढ्ने गरी आयोजनाको क्षमता विस्तारको निर्णय गराएका हुन् ।
प्रधानमन्त्रीले विस्तृत इन्जिनियरिङ अध्ययनका क्रममा रहेका दुई ठूला जलविद्युत् आयोजना ६ सय मेगावाटको बुढी गण्डकी र ४ सय मेगावाटको नलसिंगाड विकास समितिको कार्यकारी अध्यक्षमा एक मेगावाट क्षमताको आयोजनासमेत बनाएको अनुभव नभएका आफ्ना कार्यकर्तालाई नियुक्ति गरेका छन् । प्रधानमन्त्रीले बुढी गण्डकी विकास समितिमा गृह जिल्लाबासी लक्ष्मीप्रसाद देवकोटा र नलसिंगाड विकास समितिमा पार्टी समर्थक शिक्षक शेरबहादुर शाहीलाई कार्यकारी अध्यक्ष नियुक्त गरेका छन् । खुल्ला प्रतिस्पर्धाबाट आयोजना प्रमुख नियुक्त गर्ने नीतिलाई उल्ट्याई प्रधानमन्त्रीले कार्यकर्तालाई नियुक्त गरेर जलविद्युत् विकासमा खेलबाड गरेका छन् । अनुभवहीनलाई आयोजना प्रमुखदेखि विकास समितिको सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गरेर प्रधानमन्त्रीले मुलुकलाई लोडसेडिङमुक्त गर्न होइन ठूला विद्युत् आयोजनालाई आफ्नो स्थायी दोहनको माध्यम बनाउन चाहेको प्रष्ट हुन्छ ।
अर्थसचिव कृष्ण्ँहरि बा“स्कोटालगायतका अधिकारीको सरुवासमेत कुशासनको अर्को उदाहरण्ँ हो । भट्टराई सरकारले आन्तरिक उडानका लागि ४ वटा चिनिया“ जहाज खरिद गर्ने र दुई जहाज अनुदानमा लिने निणर््ँय गरेको छ । कानुनतः जहाज खुला प्रतिस्पर्धाबिना खरिद गर्न पाइ“दैन । बिनाप्रतिस्पर्धा चिनिया“ जहाज किन्ने निर्णय कानुनविपरीत छ । फेरि चिनिया“ जहाज विश्वभर कही“ पनि व्यावसायिक उडानका लागि विश्वासिला मानिंदैनन् । तत्कालीन अर्थसचिव बा“स्कोटाले चिनिया“  जहाज खरिद गर्न सहमति नदिएको आक्रोशमा प्रधानमन्त्रीले उनीलगायतका अर्थका अधिकारीहरूको सरुवा गरिदिए । बा“स्कोटापछिका अर्थसचिव शान्तराज सुवेदीले चिनिया“  जहाज खरिद गर्न अर्थमन्त्रालयबाट सहमति दिए र मन्त्रिपरिषदबाट सोहीअनुसारको निर्णय भइसकेको छ ।
भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषदबाट नीतिगत निर्णय
भट्टराईकालमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषद्बाट नीतिगत भ्रष्टाचार गराउने प्रवृत्ति सबभन्दा बढी देखिएको छ । मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय उडानका लागि एअरबससित बिनाप्रतिस्पर्धा सोझै दुइटा न्यारो बडी जहाज खरिद गर्ने अर्को नीतिगत निर्णयसमेत गरिसकेको छ । खरिद गर्न टेन्डर आह्वान गरी खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने कानुनी व्यवस्थालाई छलेर भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषदबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषदको नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नमिल्ने कानुनी व्यवस्था छ । त्यही कारण विवादास्पद ठूला खरिद र ठेक्कामा मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने प्रवृत्ति बढेको हो ।
मन्त्रिपरिषदले चार वर्षअघिको टेन्डर प्रक्रियामा तय भएकोभन्दा बढी अर्थात् ‘म्यानुफ्याक्चरिङ प्राइस इस्कालेसन’ (चार वर्षमा बढेको निर्माण लागत) मा एअरबससित दुइटा न्यारो बडीका जहाज खरिद गर्ने निर्णय गरेको छ ।  बिनाप्रतिस्पर्धा सोझै वार्ताबाट खरिद गर्दा मोटो रकम कमिसन आउने भएकाले मिलेमतोमा खुला प्रतिस्पर्धा नगराई सोझै जहाज खरिद गर्न लागिएको हो । एउटा कम्पनीसित मात्र वार्ता गरी खरिद प्रक्रिया अघि बढाउनुको सट्टा टेन्डर आह्वान गर्ने हो भने विश्वव्यापी हवाई उड्डयन बजारमा चर्को प्रतिस्पर्धा गरिरहेका एअरबस र बोइङको प्रतिस्पर्धाले जहाज धेरै सस्तो पर्ने वायु सेवा निगमका अधिकारी बताउ“छन् । त्यसतर्फ नजानुले जहाज खरिद प्रक्रियामा ठूलो लेनदेन गर्न लागिएको प्रस्ट हुन्छ । फेरि कानुनतः जहाज खरिदको निर्णय निगमका कार्यकारी निर्देशक र सञ्चालक समितिले गर्ने हो, भ्रष्टाचारबाट उन्मुक्ति पाउन जहाज खरिदको नीतिगत निर्णय मन्त्रिपरिषदबाट गराइएको हो । जबकि खरिदको निर्णय मन्त्रिपरिषदले गर्ने कुनै कानुनी व्यवस्था छैन ।
सार्वजनिक खरिद ऐनविपरीत मन्त्रिपरिषद्बाट ८० मेगावाटको थर्मल प्लान्ट खरिद गर्ने निर्णय गरी पहिलो चरणमा ४० मेगावाटको प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ । प्रतियुनिट बिजुलीको लागत ३३ रुपैया“ पर्ने थर्मल प्लान्ट गरीब मुलुकको अर्थतन्त्रले धान्न सक्तैन । प्राधिकरणले छ महिनामा थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन गर्ने नाउ“मा अरू विकसित मुलुकमा लाइफ टाइम (अधिकतम उत्पादन दिने समयावधि पूरा भएका) सकिएका पुराना उपकरण ल्याउन प्रक्रिया अघि बढाइएको छ, पुराना उपकरण ल्याउ“दा कमिसन बढी आउने भएकाले ऊर्जा मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वले त्यही बाटो रोजेको हो । यो प्रकरणमा समेत भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषदबाट निर्णय गराइएको हो ।

भट्टराई सरकारका नियुक्तिका निणर््ँयसमेत आफैंमा सुशासनका खिलाफमा छन् । दूरसञ्चार प्राधिकरण्ँको अध्यÔमा दिगम्बर झाको नियुक्ति प्रकरण्ँ त्यसको ज्वलन्त उदाहरण्ँ हो । दूरसञ्चार प्राधिकरण्ँ ऐनमा प्राधिकरण्ँको अध्यÔमा नियुक्तिका लागि दूरसञ्चार Ôेत्रमा १० वर्Èभन्दा बढी अनुभव प्राप्त र सम्बन्धित विÈयमा स्नातकोत्तर उपाधि प्राप्त हुनुपर्ने अनिवार्य व्यवस्था छ, तर सरकारले दूरसञ्चार Ôेत्रमा कुनै अनुभव नभएको र योग्यतासमेत नपुगेका झालाई अध्यÔ नियुक्ति गरेर कानुनको उल्लंघन गरेको छ ।
प्रधानमन्त्री र उनको पार्टीका मन्त्रीले सम्हालेकै मन्त्रालयमा बढी भ्रष्टाचार भइरहेका छन् । माओवादीका मन्त्री भएका मन्त्रालयमा कसरी बढी भ्रष्टाचार भइरहेका छन् भन्ने हेर्न दुइटा निणर््ँय हेरे पुग्छ । प्रधानमन्त्रीले सम्हालेको सहरी विकास मन्त्रालयमातहतको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को नियुक्ति कुशासनको उदाहरण्ँ बनेको छ । केयूकेएलको अध्यÔमा नांगो नाच नाचेर प्रधानमन्त्रीकी जेठी सासु तिमिला यमीलाई नियुक्ति गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर नगर तथा सहरी विकास मन्त्रालयका प्रतिनिधि जबर्जस्ती फेर्न लगाएर बहुमत पु¥याई चार वर्Èका लागि अध्यÔ निर्वाचित केयूकेएलका अध्यÔ प्रयागराज जोशीलाई हटाएर तिमिलालाई नियुक्ति गरिएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्तमा आफैंले नियुक्ति गरेका केशव स्थापितलाई प्रधानमन्त्री  हटाए । स्थापितले प्रधानमन्त्री पत्नी यमीलाई भने जति गड्यौला (घूस) नदिएका कारण आफू हट्नुपरेको खुलासा गरेका थिए, त्यसको खण्डन गर्ने हिम्मत न त प्रधानमन्त्रीले गरे, न त यमीले नै । यसबाट प्रस्ट हुन्छ, स्थापितको दाबीमा सत्यता छ ।
राज्यको ढुकुटीमा आफ्नै हात जगन्नाथ
राज्यको ढुकुटी रित्याएर आफ्ना कार्यकर्तालाई रकम बा“ड्नेमा पनि प्रधानमन्त्रीले कीर्तिमान कायम गरेका छन् । सरकारले युवा स्वरोजगार कोÈबाट आफ्ना कार्यकर्तालाई ६० करोड रुपैया“भन्दा बढी बा“डिसकेको छ । सरकारले स्थानीय विकास मन्त्रालयमार्फत् बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर आङ्खना कार्यकर्तालाई ६० करोड रुपैया“भन्दा बढीको योजना बा“डिसकेको छ, ती योजना काम गर्नभन्दा पनि आफ्ना कार्यकर्ता पोस्न बा“डिएको हो ।  चुनाव आङ्खनो पÔमा पार्न माओवादीका नेताको निर्वाचन Ôेत्र लक्ष्यित गरी रकम बा“डिएको छ ।
सरकारले राज्य कोÈबाट चार हजार अयोग्य लडाकुलाई खुसी पार्न २÷२ लाख रुपैया“ राज्य कोÈबाट बा“डिसकेको छ । अनमिनले शान्ति प्रक्रिया सुरु भएपछि माओवादी लडाकुमा भर्ना गरिएका र १८ वर्षभन्दा कम उमेर भएकालाई अयोग्य लडाकु घोषित गरेको हो, त्यस्ता लडाकुलाई रकम बा“ड्नु भनेको राज्यको ढुकुटीको ठाडो दुरुपयोग हो । सरकारले जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई दुईपटक राहत बा“डेर आर्थिक दुरुपयोग गरेको छ । गिरिजाप्रसाद कोइराला सरकारकै पालामा जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्ति परिवारलाई राहत रकम बा“डिसकिएको थियो । भट्टराई सरकारले पुनः उनीहरूलाई दोस्रोपटक २÷२ लाख रुपैया“ बा“डेको हो । दोस्रोपटक राहत बा“ड्दा जनयुद्धका क्रममा मारिएका सेना, प्रहरी, सर्वसाधारण र अरू पार्टी कार्यकर्ताका परिवारलाई नदिई भेदभाव ग¥यो ।
पुनःस्थापना रोजेका १० हजारभन्दा बढी लडाकुलाई ८÷८ लाख रुपैया“का दरले रकम बा“डियो । जनयुद्धमा मारिएका व्यक्तिलाई रकम बा“ड्दासमेत आर्थिक दुरुपयोग गरिएको छ । दसवर्षे जनयुद्धमा माओवादी, सेना, प्रहरी, कर्मचारी, शिक्षक, पार्टी कार्यकर्ता र सर्वसाधारणसहित १३ हजार मारिएका थिए । तर, जनयुद्धका क्रममा १८ हजारभन्दा बढी व्यक्ति मारिएको भन्दै राहत रकम बा“डिसकिएको छ । सशस्त्र युद्धमा मारिएको संख्याभन्दा ५ हजारभन्दा बढी व्यक्तिको नाममा १५ करोडभन्दा बढी हिनामिना भइसकेको छ ।
सुरुमा आर्थिक सहायता वितरणमा कडाइ गरेका प्रधानमन्त्रीले पछिल्लो समयमा औषधोपचार र आर्थिक सहायताका नाममा रकम वितरणमा आफ्ना पूर्ववर्ती सबैलाई उछिनिसकेका छन् । भट्टराईको डेढवर्षे कार्यकालमा पा“च करोडभन्दा बढी रकम माओवादी नेता–कार्यकर्तालाई औषधोपचार र आर्थिक सहायता वितरण भइसकेको छ । आर्थिक सहायता पाउनेमा अधिकांश प्रधानमन्त्रीको गृह जिल्लाबासी कार्यकर्ता छन् । सरकारले कार्यालयसमेत नभएको माक्र्सवादी गुरुकुललाई ५० लाख दिएको छ । गुरुकुलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल उपाध्यक्ष छन् । संविधानसभा विघटनस“गै काम चलाउ हुन पुगेको भट्टराई सरकारले पूर्णकालीन सरकारले जस्तै सरुवा, बढुवा र नियुक्तिमात्र होइन मुलुकलाई दीर्घकालीन असर पार्ने निर्णयसमेत गरिरहेको छ । जबकि लोकतान्त्रिक मुलुकमा काम चलाउ सरकारले दैनिक प्रशासन चलाउनेबाहेक अरू कार्य गर्न पाउ“दैनन् । कुशासनमा डुबेको माओवादी नेतृत्वको सरकारले आफ्नो पार्टीका कुनै पनि नेता या मन्त्री भ्रष्टाचार गरेकामा कारबाहीमा नपरुन् भनेर माओवादीको आशिर्वादमा विशिष्ट श्रेण्ँीमा बढुवा भएका गण्ँेशराज जोशीलाई अख्तियारको सचिव बनाएका छन् ।
सरकारले द्वन्द्वपीडितका नाममा माओवादीका कार्यकर्ता र शुभेच्छुकको ऋण तथा ब्याज मिनाहा दिने निर्णय गरेको छ । सरकारले आफ्ना पार्टी कार्यकर्ता र शुभेच्छुकलाई पोस्न द्वन्द्वपीडितको ३० हजार रुपैया“सम्मको ऋणको सा“वा र ब्याज दुवै तथा एक लाखसम्मको ऋणको ब्याज मिनाहा दिने प्रक्रिया अघि बढाएको छ । भट्टराई अर्थमन्त्री हु“दा सरकारले ३० हजारसम्मको ऋणको सा“वा र ब्याज दुवै मिनाहा दिंदा ग्रामीण विकास बैंकहरू धरासायी भए । सा“वाको सरकारले बैंकहरूलाई सट्टा भर्ना दिने, तर ब्याज भने बैंकले मिनाहा गर्नुपर्ने मन्त्रिपरिषदको निर्णयले सरकारी बैंकहरू आर्थिक रूपमा कमजोर हुन पुग्नेछन् । यस्तो मिनाहा दिने प्रचलनले ऋण नतिर्ने प्रवृत्ति बढ्ने हुनाले सरकारीमात्र होइन निजी बैंकसमेत वित्तीयरूपमा धरासायी हुने चिन्ता अर्थविद्हरूको छ ।
अतिक्रमित घरटहरा हटाउ“दा काखा र पाखा
राजधानीमा अतिक्रमित घरटहरा भत्काएर सडक फराकिलो बनाउने अभियान सुरु गरेकामा भट्टराईको धेरैले प्रशंसा गर्छन् । त्यति ठूलो संख्यामा अतिक्रमित घरटहरा भत्काउनु आफैंमा प्रशंसनीय कार्य भए पनि सरकारले सडकको मापदण्डविपरीत आर्थिक चलखेल गरेर स्थानीयबासीसित मिलेमतोमा सडकमा ८५ मिटरको सट्टा ८५ गज, ११ मिटरको सट्टा ९, ७ मिटरको सट्टा ५ मिटरभित्रका मात्र संरचना हटाएर सडकलाई मापदण्डभन्दा सा“घुरो बनाइएको छ । विस्तार गर्दा पूरै सडक एउटै उचाइमा हुनुपर्नेमा स्थानीयबासीसित सम्झौता गरी राजधानीको मुटुमा रहेको माइतीघर–तीनकुनेको रणनीतिक महत्वको ८ लेनको सडकका थपिने लेन कतिपय ठाउ“मा बढी उचाइमा र कतिपय ठाउ“मा होचो हुने गरी विस्तार गर्न लागिएको छ । यही कारण माइतीघर–तीनकुने सडक कुरूप हुन पुग्नेछ । सडक विस्तार कार्य तीव्र गतिमा भए पनि माइतीघर–तीनकुनेबीचका दुइटा पुलमा दायाबाया थप्ने कुनै योजना अघि नसारेकाले विस्तारपछि पनि ट्राफिक समस्या यथावत् रहनेछ ।
राजधानीमा अतिक्रमित घरटहरा भत्काउने प्रधानमन्त्रीले आफ्नो गृह जिल्लाको सदरमुकाम गोरखाबजारमा सडक दायाबायाका अतिक्रमित घरलाई बस्ती क्षेत्र घोषणा गरेर बचाएका छन् । आफ्ना मतदातालाई खुसी पार्न गोरखाबजारका अतिक्रमित संरचना नभत्काउने, तर राजधानीलगायतका अरू ठाउ“का संरचना भत्काएर भेदभाव गरेका छन् । सडक विस्तारका नाममा प्रधानमन्त्री पत्नी यमीले बालाजु उद्यान मास्नेजस्तो अपराधकर्म गर्न पुगेकी छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बालाजु बाइपासका अतिक्रमित घर नभत्काई उद्यान मासेर पछाडिबाट सडक बनाइएको छ । पत्नी यमीका मतदातालाई खुसी पार्ने नाउ“मा उद्यान नै मास्नु भट्टराईको राजनीतिक छविमा कालो धब्बा हो ।
सबभन्दा ठूलो भ्रष्टाचार प्रकरण
माओवादीका नेताले हु“दै नभएका तीन हजार लडाकुका नाममा पा“च वर्षसम्मको तलब र रासनभत्ताबापत राज्यको ढुकुटीबाट झन्डै तीन अर्ब रुपैया“ बुझे । यो मुलुककै सबभन्दा ठूलो भ्रष्टाचार प्रकरण हो । साढे १९ हजारको संख्यामा रहेको भनिएका माओवादी लडाकुलाई उनीहरूको इच्छाअनुसार सेनामा समायोजन र पुनःस्थापनामा पठाउ“दामात्र शिविरमा तीन हजार लडाकु नभएको र उनीहरूको नाममा माओवादी नेताले पा“च वर्षको तीन अर्ब हाराहारीमा तलब र रासनभत्ताबापतको रकम बुझेको खुलासा भएको हो । यति ठूलो भ्रष्टाचार काण्ड सार्वजनिक हु“दा पनि न त सरकारले नै छानबिन ग¥यो । विपक्षी दल र भ्रष्टाचार छानबिन गर्ने संवैधानिक निकायले समेत यसमा प्रश्न नउठाउनु आश्चर्य र रहस्यकै विषय बनेको छ ।
प्रधानमन्त्री चुनावी सेटिङ मिलाउ“दै
सरकारले आगामी संविधानसभा चुनावको संघारमा राज्यका सम्पूणर््ँ निकायमा आङ्खनो पकड जमाउ“दै लगेको छ । चुनावलाई लक्ष्यित गरी भट्टराईले राज्यका सम्पूणर््ँ निकायमा आङ्खनो स्वार्थमा कार्य गर्ने व्यक्तिलाई सरुवा, पदस्थापन र नियुक्ति गरेर पकड जमाउ“दै लगेका हुन् । भट्टराईले सत्ता साझेदार मधेसी मार्चाको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई रिझाएर सबै प्रमुख मन्त्रालय, सबै जिल्लाका प्रजिअ र प्रहरी प्रमुखसहित राज्यका सम्पूणर््ँ निकायमा आङ्खनो स्वार्थअनुरूप कार्य गर्ने व्यक्तिलाई राखेर राज्यका सम्पूणर््ँ निकायमा पकड जमाएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यÔतामा बन्ने ‘निष्पÔ’ सरकारले भट्टराईको अप्रत्यÔ निर्देशनमा चल्ने सुरÔा निकाय, निजामती प्रशासनलगायतका राज्यका संयन्त्रका भरमा निष्पÔ चुनाव गराउन सक्नेमा गम्भीर प्रश्न उठेको छ । रेग्मी स्वयं आफूलाई महाधिवेशनबाट प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने माओवादीप्रति लचिलो हुन सक्ने सरकारी अधिकारी बताउ“छन् । यदि रेग्मी दलहरूले विश्वास गरेजस्तै निष्पÔ भए पनि उनले माओवादीको पकडमा रहेको राज्य संयन्त्रका भरमा निष्पÔ चुनाव गराउन सक्नेमा आशंका छ ।
माओवादीको प्रस्तावमा प्रधानमन्त्री र प्रधानन्यायाधीश एउटै व्यक्ति भएपछि स्वतन्त्र र निष्पÔ रहनुपर्ने न्यायालयसमेत प्रत्यÔ÷अप्रत्यÔ रूपमा प्रभावित हुने र त्यसको लाभसमेत माओवादीले पाउने सम्भावना छ । हरेक जिल्लामा जिल्ला न्यायाधीश नै प्रमुख निर्वाचन अधिकृत हुने कानुनी व्यवस्था छ । प्रधानमन्त्रीले चारवटै सुरÔा निकाय नेपाली सेना, दुवै प्रहरी संगठन र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदाधिकारीलाई रिझाएका छन् । प्रधानसेनापति गौरवसमसेर राण्ाँको प्रस्तावमा विभिन्न विवादास्पद निणर््ँय गरेर सेनालाई रिझाएका हुन् । प्रधानमन्त्रीले राण्ाँको प्रस्तावमा हेलिकप्ट खरिद गर्न ३ अर्ब रुपैया“  दिएर, भैरवनाथ गण्ँमा हु“दा माओवादीकै ४६ जना कार्यकर्तालाई बेपत्ता पारेर मानव अधिकार उल्लंघनको गम्भीर आरोप लागेका कणर््ँल राजु बस्नेतलाई सहायक रथीमा बढुवा र अवकास पाएका प्राविधिक उपरथी नरेश बस्नेतलाई सेनाको परम्पराविपरीत दुई वर्È म्याद थपेर सेनालाई खुसी पारेका छन् । जंगी अड्डाले हेलिकप्टर खरिदका लागि साढे २ अर्ब रुपमागे पनि सरकारले सेनालाई खुसी पार्न ३ अर्ब दिएको छ ।
गृह मन्त्रालयमातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख भट्टराईकै पालामा नियुक्त भएका हुन्, उनीहµको सेवा अवधि दुई वर्È थप्ने गृहकार्य गरेर तीनै जना प्रमुख र मातहतका उच्च अधिकारीलाई रिझाउने गृहकार्य गरेका छन् । हालकै सुरÔा प्रमुखलाई जेठमा भनिए पनि मंसिरमा हुने आगामी संविधानसभा चुनावसम्म राखिरहने चुनावी स्वार्थमा प्रधानमन्त्रीले सेवा अवधि थप्ने गृहकार्य सुरु गरेका हुन् ।
भट्टराईकै हातबाट संविधानसभा स्वाहा
माओवादीकै जनयुद्धको उपलब्धिस्वरूप मुलुकमा संविधानसभाको चुनाव भएको हो । पहिलोपटक आमजनताले आफ्नो प्रतिनिधिमार्फत् आफ्नो संविधान आफैं लेख्ने ऐतिहासिक अवसर पाएका थिए ।  दुई वर्षमा संविधान लेख्ने म्यान्डेट पाएको संविधानसभाले चार वर्षमा पनि संविधान बनाउन सकेन । ठूलो दल माओवादी नेतृत्वको सरकार भएकै बेला गत जेठ १४ गते संविधानसभा संविधान निर्माण गरी विघटन हुन पुग्यो ।
भट्टराईले २०६८ भदौ ११ मा प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र शान्ति प्रक्रिया र संविधान लेखन पूरा नभए सरकार छाड्ने उद्घोष गरेका थिए । तर, उनी सरकार प्रमुख भएकै बेलामा संविधान निर्माण नगरी संविधानसभा विघटन भयो । आफ्नै उद्घोषविपरीत अहिलेसम्म उनी सरकारमै छन् । संविधान नबनाई संविधानसभा विघटन हुनुको अपजस ठूला दल सबैलाई जान्छ, त्यसमा पनि सरकारको नेतृत्व गरेको ठूलो दल माओवादी र प्रधानमन्त्री सबभन्दा बढी जिम्मेवार छन् ।
भट्टराई संविधानसभा निर्माणमा मात्र असफल भएनन् कि आफैंले मंसिर ७ मा घोषणा गरेको संविधानसभा चुनाव गराउनसमेत असफल रहे । चुनाव गराउन नसके पनि भट्टराइले प्रमुख चार दल शक्तिबीच सहमति बन्न नदिई आफ्नो सत्ता लम्ब्याउन अनेक तिकडम गरिरहेका छन् ।

 

Friday, March 8, 2013

प्रधानमन्त्रीद्वारा आफ्नाविरुद्धमा गोयबल्स शैलीमा झूटो प्रचार भइरहेको दाबी

आफ्ना गल्ती, कमीकमजोरी र यथार्थ घटाउन लुकाउन प्रधानमन्त्रीले लिए प्रेस नोटको सहारा
काठमाडौं, २५ फागुन– प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले गरेका गल्ती, कमीकजोरी र यथार्थ घटनालाई लुकाउन आफूलाई बद्नाम गराउन गोयबल्स शैलीमा कु–प्रचार भइरहेको दाबी गरेका छन् । उनले आफ्ना सहयोगी विश्वदीप पाण्डेमार्फत् शुक्रबार प्रेस नोट जारी गरी आफ्नाविरुद्धमा १२ वटा कुप्रचार भइरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले दुवै छिमेकी देशको तीव्र आर्थिक विकासको गतिस“ग नेपालको पनि विकास गतिको कदम मिलाउन नसक्ने हो भने छिमेकको विकासको बाढीले हाम्रो मुलुकको अर्थतन्त्र ‘सबमर्ज’ हुन सक्ने भन्ने आफ्नो भनाइलाई बंग्याएर ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु–प्रचार गरिएको दाबी गरेका छन् ।
तेह्र महिनाअघि पत्रकारहरूसितको भेटमा प्रधानमन्त्रीले स्थितिमा सुधार नआए मुलुक भारत या चीनसित मर्ज हुन सक्ने बताएका थिए । आफूले बोलेको यथार्थपरक समाचार प्रकाशित भएको तेह्र महिनापछि आएर प्रधानमन्त्रीले देश होइन दुवै छिमेकी मुलुकको गतिमा आर्थिक विकास हुन नसके छिमेकको विकासको बाढीले हाम्रो देशको अर्थतन्त्र सबमर्ज हुन सक्छ भनेको दाबी गरेका हुन् ।
पाण्डेले देशको ‘सा“चो अन्तै रहेछ’ भन्ने कपोकल्पित भनाइ आविस्कार गरी भट्टराईको देशभक्तिमाथि प्रश्न उठाउन खोजिएको दाबी गर्दै प्रेस नोटमा भनेका छन्– ‘जबकि प्रधानमन्त्रीले त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण्ँ कसैले पेश गर्न सकेको छैन ।’ प्रधानमन्त्रीले चाबी अन्तै रहेछ भनेका विषयमा उनको पार्टीभित्र र बाहिर त्यतिबिधि प्रचार हु“दा पनि त्यसको सत्यतथ्य प्रमाण कसैले पेस गर्न नसकेको दाबी प्रेस नोटमा गरिएको छ ।
गत साउन २० मा भट्टराईले केही पत्रकारहरूसितको भेटमा प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया, संविधान निर्माण्ँ, संघीयता, बाह्य सम्बन्ध र प्रशासनिक नियुक्तिसम्ममा बाह्य हस्तÔेप बढेको स्वीकार गर्दै मुलुकको चाबी अन्तै रहेको बताएका थिए ।
‘चाबी अन्यत्रै रहेछ’ छिमेकी र अन्तर्राष्ट्रिय शक्तिको हस्तÔेप बढेको सन्दर्भलाई थप प्रस्ट पार्दै भट्टराईले बालुवाटारमा केही पत्रकारस“ग भनेका थिए– ‘तर त्यसो भनेर हिम्मत हार्नुभएन, काम गर्न छाड्नुभएन ।’ भट्टराईको भनाइ समाचारका रूपमा छापिएकै दिन माओवादी नेता एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कान्तिपुरसितको अन्तर्वार्तामा राष्ट्रियताको विÈयमा प्रधानमन्त्रीदेखि मुख्य ठाउ“मा बस्ने मान्छेहरू चुकेको उल्लेख गरेका थिए । 
प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलको स्तरोन्नति र सुदृढीकरण्ँ गर्ने योजनालाई विमानस्थल भारतलाई बुझाउन खोजेको भन्दै कपोकल्पित प्रचार गरिएको दाबी गर्दै  स्तर वृद्धिका लागि कुनै विदेशी कम्पनीको लगानी भित्रयाउनु र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन् भन्ने जान्दाजान्दै गोयबल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री भट्टराईले भारत भ्रमणका क्रममा भारतीय कम्पनी आईएल एन्ड एफएस नामक कम्पनीलाई त्रिभुवन विमानस्थलको स्तरोन्नति र व्यवस्थापनको जिम्मेवारी दिने समझदारी गरेका थिए । विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनु भनेको एअरपोर्ट नै जिम्मा लगाउनु हो । प्रधानमन्त्रीले उक्त समझदारीको अपब्याख्या गर्दै आफू देशभक्त भएको प्रमाणित गर्न खोजेका छन् ।
उनले यमी फाउण्डेसनलाई तीन करोड सरकारले दिएको भन्दै मित्थ्या प्रचार गरिएको उल्लेख गर्दै यमी फाउण्डेसन भन्ने संस्था नै नरहेको र मन्त्रिपरिÈद्ले त्यस्तो नाम गरेको फाउण्डेसनलाई एक पैसा पनि नदिएको बताएका छन् । कान्तिपुरमा यमी फाउन्डेसनलाई तीन करोड दिएको भनेर कुनै समाचार छापिएको छैन ।
प्रधानमन्त्री पत्नी हिसिला यमीको अगुवाइमा बालाजुको २२ धारा उद्यान मासियो भनेर प्रचार गरिएको उल्लेख गर्दै प्रेस नोटमा त्यहा“ विधिसम्मत ढंगले र स्थानीय बासिन्दा सबैको सहमतिमा यो सरकार बन्नुभन्दा अघि नै वैकल्पिक बाटो खोलिएको दाबी गरिएको छ ।
यमीको निर्वाचन क्षेत्रमा पर्ने बालाजु बाइपासमा रहेको अतिक्रमण गरी बनाइएका घरलाई बचाउन उद्यानबाट प्रधानमन्त्री पत्नीकै दबाबमा काठमाडौं महानगरका कार्यकारी अधिकार केदारबाबु अधिकारी आफैं गएर डोजरले खनेर बस्ती पछाडिबाट सडक खोलेका छन् । यमीको निर्वाचन क्षेत्रका मतदाताको घर बचाउन उद्यान मासेर बाटो खोलिएको भए पनि प्रधानमन्त्रीले आफ्नो सरकार बन्नुअघि नै वैकल्पिक बाटो खुलिसकेको झूटो दाबी गरेका छन् ।
प्रधानमन्त्रीले आफूले नातेदारहरूलाई विभिन्न पदमा नियुक्ति गरेको भनेर झूटो प्रचार गरिएको उल्लेख गर्दै केयूकेएलमा आफ्नी जेठी सासु तिमीला यमीलाई नियुक्ति दिएको भन्ने झूटो प्रचार भएको दाबी गरेका छन् । प्रेस नोटमा यमी ५ वर्È पहिला नै केयूकेएलमा भएको र वरिष्ठताका आधारमा साधारण्ँसभा गर्ने प्रयोजनका लागि केयूकेएलले नै उनंलाई कार्यवाहक प्रमुख बनाएको दाबी गरिएको छ ।
केयुकेएलमा विधिवत् निर्वाचित अध्यक्षमा प्रयागराज जोशी थिए । प्रधानमन्त्री पत्नीले स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठलाई केयुकेएलमा रहेका काठमाडौं, ललितपुर, भक्तपुरलगायतका नगरपालिका र सहरी विकास मन्त्रालयका प्रतिनिधि जबर्जस्ती फेर्न लगाएर जोशीलाई हटाई यमीलाई नियुक्ति गरिएको हो । तर, प्रधानमन्त्रीले यो यथार्थप्रति आ“खा चिम्लिएर वरिष्ठताका आधारमा यमी अध्यक्ष नियुक्त भएको झूटो दाबी गरेका हुन् ।
प्रेस नोटमा सहमतिको प्रधानमन्त्रीका लागि कांग्रेस सभापति सुशील कोइरालालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माने पनि भट्टराईले स्वीकार नगरी सरकार लम्ब्याउन खोजेको भन्ने झूटो प्रचार गरिएको दाबी गरिएको छ । ‘जब कि त्यस्तो कुनै सहमति नै भएको थिएन र त्यो दुष्प्रचारको हावा आफैं फुस्कियो’ प्रेस नोटमा छ ।
चार प्रमुख दलको बैठकमा दाहालले भट्टराईकै सामुन्नमा गरेको आग्रहका आधारमा कांग्रेसले कोइरालालाई सहमतिको प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको र त्यसमा ती शक्तिबीच सहमति भएको थियो । दाहालले नै कोइरालालाई प्रधानमन्त्री बनाउनेबारेमा सहमति भएको र भट्टराईले नमानेकाले सहमति बिग्रिएको सार्वजनिक रूपमा बताएका थिए ।
प्रधानमन्त्रीले गत जेठमा संविधानसभा बचाउन म्याद थप्न खोज्दा अदालतको अपहेलनाको मुद्दा खेप्नुपरेको उल्लेख गर्दै संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको भन्दै धुंवा“धार प्रचार गरिएको दाबी गरेका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासहितले संकटकाल घोषणा गरेर भए पनि संविधानसभाको म्याद बढाउन आग्रह गर्दा नमानी संविधानसभा विघटन हुन नदिएर नया“ संविधानसभाका लागि मंसिर ७ मा आफूले नै चुनाव घोषणा गरेको यथार्थलाई प्रधानमन्त्रीले प्रेस नोटमा लुकाउने प्रयास गरेका छन् ।
प्रधानमन्त्रीले माथिल्लो त्रिशुली–३ ए जलविद्युत आयोजनाको Ôमता बढाएर कमिसान खान खोजेको भनेर आफूमाथि दुष्प्रचार गरिएको दाबी गर्दै Ôमता बढाउ“दा सस्तो र सुगम बिजुलीमार्फत् मुलुकलाई धेरै फाइदा हुने तथ्यलाई लुकाउन खोजिएको दाबी गरेका छन् ।
ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीकै प्रस्तावमा चिनिया“ ठेकेदार कम्पनी गेजुवाको मागबमोजिम मन्त्रिपरिषदले निर्माण सुरु भएको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए लाई वर्षामा मात्र ३० मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने गरी निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ । मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला निर्माण अवधि दुई वर्षपछि धकेलिने र लागत ४ अर्ब रुपैया“ बढ्ने गरी आयोजनाको क्षमता बढाउन दिने निर्णयले मुलुकलाई धेरै फाइदा पुग्ने प्रधानमन्त्रीको दाबी आफैं हास्यापद छ ।
प्रधानमन्त्रीले रक्षा मन्त्रालयलाई वाइपास गरेर सेनालाई खुसी पार्न हेलिकप्टर ल्याउन लागेको भन्ने प्रचार गरिएको उल्लख गर्दै हेलिकोप्टर किन्ने समितिमा रÔा, अर्थ, नागरिक उड्डयन आदि मन्त्रालयका प्रतिनिधि रहेको तथ्य लुकाउन खोजिएको दाबी गरेका छन् । मन्त्रिपरिषदले सुरुमा समिति गठन गर्दा रक्षाको प्रतिनिधि राखेको थिएन । त्यससम्बन्धी समाचार छापिएपछिमात्र रक्षाको प्रतिनिधि थपिएको हो । यो यथार्थलाई बिर्सेर प्रधानमन्त्री आफैले कु–प्रचार गरेको रक्षा स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले बा“दरमुढे घटनाका पीडितलाई सरकारले.६० लाख रुपैया“ शान्ति मन्त्रालयमार्फत् द्वन्द्वपीडितलाई विशेÈ राहत प्याकेजको कार्यक्रमबाट दिइसक्दा पनि नदिएको भन्दै आफूसित पार्टी र अध्यÔस“ग अन्तरविरोध पार्ने किसिमबाट प्रचार गरिएको दाबी गरेका छन् । दाहालले नै सरकारले पैसा दिएन भनेर पार्टी कोषबाट ६० लाख रुपैया“ पीडितलाई निकासा गरेका थिए ।
काठमाडौं उपत्यका प्राधिकरणका विकास आयुक्त केशव स्थापितलाई गड्यौला दिन नसकेर सरकारले हटायो भन्ने झूटो प्रचार गरिएको दाबीसमेत प्रधानमन्त्रीको छ । स्थापितले सम्बन्धित निकायहरूस“ग समन्वय गरेर काम गर्न नसकेका कारण्ँ विधिवत स्पष्टीकरण्ँ सोधेर, छानबिन गरी चित्तबुझ्दो जवाफ नआएपछि प्रक्रियासम्मत ढंगले उनलाई बिदा गरिएको जिकिरसमेत प्रधानमन्त्रीको छ ।
स्थापितले यमीले भने जति गड्यौला दिन नसकेका कारण आफूलाई हटाइएको दाबी गरेका थिए । त्यसको खण्डन प्रधानमन्त्री र उनकी पत्नी दुवैले दाबी गरेका छैनन् । फेरि विधिसम्मत ढंगले स्थापितलाई हटाइएको भए उनलाई सर्वोच्च अदालतले कसरी पुनर्बहाली ग¥यो भन्ने प्रश्न उठे पनि त्यसमा प्रधानमन्त्रीले चित्तबुझ्दो स्पष्टीकरण दिन सकेका छैनन् ।

करोडौं मूल्यको सरकारी जग्गा व्यक्तिलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा

टीसीएनको जग्गा बिनाप्रतिस्पर्धा १० वर्षअघिको मूल्यमा बेच्ने तयारी
काठमाडौं, २५ फागुन– बहिगर्मनका क्रममा रहेको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौं, भक्तपुरसहित विभिन्न जिल्ला सदरमुकामका करौडौं रुपैया“ पर्ने वन क्षेत्र र पर्ति (सरकारी) जग्गा धमाधम व्यक्तिका नाममा दर्ता गर्ने तयारी गरेको छ ।
भूमिसुधारमन्त्री टोपबहादुर रायमाझी, वनमन्त्री यदुवंश झासहित सत्तारूढ एमाओवादीका नेताले करोडौंको रुपैया“को लेनदेनमा मह“गो मूल्य पर्ने विभिन्न ठाउ“का पर्ति जग्गा एकपछि अर्को गरी व्यक्तिका नाममा दर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । कुनै पर्ति जग्गा मोटो रकम लिएर र कुनै पर्ति जग्गा सत्तारूढ माओवादीका कार्यकर्ताको नाममा दर्ता गर्न लागिएको जानकारी एक सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार भट्टराई सरकार बहिर्गमन अगावै मन्त्रिपरिषद्बाट निर्णय गराएर करोडौं रुपैया“ मूल्य पर्ने ती वन क्षेत्र र पर्ति जग्गा व्यक्तिका नाममा दर्ता गरिदिने अन्तिम गृहकार्य भइरहेको छ । रायमाझीले कतिपय जग्गाका हकमा आफ्नै मन्त्रालयका सचिव र सहसचिवको जायज र कानुनी रायलाई समेत बेवास्ता गरी पर्ति जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा एकपछि अर्को प्रस्ताव लगिरहेका छन् ।
रायमाझीले राजधानीको रामकोट गाविसको डा“डापौवामा जग्गा प्लटिङ गरिरहेको बुटवलका तारा ढकालसहित तीन जनाको समूहलाई करिब नौ रोपनी पर्ति जग्गा दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । यसमा मोटो रकमको खेल रहेकोसमेत स्रोतले उल्लेख गरेको छ । रायमाझीले उक्त समूहलाई प्लटिङ भइरहेको जग्गासित जोडिएको डा“डापौवामा रहेको कित्ता नं. १२७ को ३० रोपनी पर्ति जग्गामध्येबाट नौ रोपनी दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् ।
उक्त समूहको लालपुर्जामा १९ रोपनी जग्गा भए पनि फिल्डमा आधामात्र छ । उक्त समूहले फिल्डमा आफ्नो जग्गा अपुग रहेको उल्लेख गर्दै पुनः नक्सांकन गरी १९ रोपनी नै जग्गा उपलब्ध गराउन भूमिसुधार मन्त्रालयमा निवेदन दिएको थियो । त्यही निवेदनका आधारमा रायमाझीले मन्त्रीस्तरीय निर्णय गरी पुनः नक्सांकन गरी उक्त समूहलाई पर्ति जग्गा दिई १९ रोपनी जग्गा पु¥याइदिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । लालपुर्जामा भए पनि फिल्डमा अपुग जग्गा सरकारले पर्ति जग्गाबाट दिन कानुनतः मिल्दैन ।
सरकारले आफ्नो पक्षमा निर्णय गरिदिने विश्वासमा उक्त समूहले आफ्नो जग्गास“गै रहेको पर्ति जग्गासमेत आफ्नो हो भन्दै सम्याएर कम्पाउन्डवाल लगाइरहेको छ । रामकोट गाविसको सर्वदलीय बैठकको निर्णयसहित गाविस सचिव बालकृष्ण आचार्यले उक्त पर्ति जग्गा व्यक्तिका नाममा नगर्न माग गर्दै भूमिसुधार मन्त्रालयलाई लिखित आग्रह गरेका छन् । तर, गाविसको आग्रहलाई बेवास्ता गरी सरकारले पुनः नक्सांकनका नाममा पर्ति जग्गा समूहका नाममा दर्ता गरिदिने अन्तिम तयारी गरिरहेको छ ।
रायमाझीले धादिङ जिल्लाको सदरमुकाम धादिङबेंसी बजारस“गै रहेको ८ रोपनी वन क्षेत्रमा पर्ने जग्गासमेत मन्त्रीस्तरीय निर्णय गरी व्यक्तिका नाममा गरिदिने अर्को प्रस्तावसमेत मन्त्रिपरिषदमा लगिसकेका छन् । उनले भूमिसुधार सचिव ज्ञानदर्शन उदासको रायलाई बेवास्ता गरी उक्त वन क्षेत्रको जग्गा स्थानीयबासी गंगामाया रिजालको नाममा गरिदिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् ।
रिजालले माओवादीका स्थानीय नेतामार्फत् मन्त्री रायमाझीलाई मिलाएर उक्त वन क्षेत्र आफ्नो छुट जग्गा भएको दाबी गर्दै आफ्नो नाममा गरिदिन प्रक्रिया अघि बढाएपछि स्थानीयबासीले त्यसलाई रोक्न भूमिसुधार मन्त्रालयमा उजुरी दिएका छन् । मन्त्रालयले उक्त जग्गाको स्थलगत अध्ययनसमेत गरेको थियो । स्थलगत अध्ययनमा गएको मन्त्रालयको टोलीले उक्त जग्गा नापीको फिल्डबुकमा बुट्यान (वन क्षेत्र) भन्ने उल्लेख भएको र रिजालले त्यो आफ्नो दर्ता गर्न छुट जग्गा हो भन्ने दाबी गरेको प्रतिवेदन दिएको छ । धादिङबेंसीमा जग्गा नापी भएको ४७ वर्षपछि आएर रिजालले उक्त जग्गा आफ्नो छुट दर्ता भएको भनेर दाबी गर्नु नै शंकास्पद रहेको स्रोतले उल्लेख गरेको छ ।
मन्त्रीले उक्त जग्गा रिजालका नाममा गरिदिन मन्त्रिपरिषदमा प्रस्ताव लान दबाब दिएपछि सचिव उदासले स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयबासीले वन क्षेत्र व्यक्तिको नाममा नगर्न दिएको उजुरीसमेत राखेर मन्त्रिपरिषदमा प्रस्ताव लानुपर्ने रायसहित फाइल उठाएका थिए । सचिवको रायविपरीत स्थलगत प्रतिवेदन र उजुरीलाई नराखी रायमाझीले रिजालका नाममा दर्ता गरिदिने मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतले उल्लेख ग¥यो ।
‘सचिव उदाससहितका मन्त्रालयका अधिकारीले स्थानीयबासीको उजुरी र स्थलगत प्रतिवेदनसहित मन्त्रिपरिषदमा प्रस्ताव पठाऔं । मन्त्रिपरिषदले रिजालको दाबी, स्थानीयबासीको उजुरी र स्थलगत प्रतिवेदनको अध्ययन गरेर निर्णय गरोस् भनेर त्यहीअनुसार फाइल उठाएका थिए’ स्रोतले भन्यो– ‘मन्त्री रायमाझीले उजुरी र स्थलगत प्रतिवेदनका कारण मन्त्रिपरिषदले रिजालका नाममा जग्गा दर्ता गरिदिने निर्णय नगर्ला भनेर सचिव उदासको रायविपरीत प्रस्ताव लगेका हुन् ।’
मन्त्री रायमाझीले नवलपरासीको सदरमुकाम र पूर्व–पश्चिम लोकमार्गसित जोडिएको विभिन्न ठाउ“को करोडौं रुपैया“ पर्ने दर्जनौं रोपनी पर्ति जग्गा व्यक्तिका नाममा दर्ता गरिदिने प्रक्रियासमेत अघि बढाएका छन् । नवलपरासीका आफ्नो पार्टीका कार्यकर्ताले पर्ति जग्गा आफ्नो छुट जग्गा हो भन्दै दर्ता गर्न दिएको निवेदनमा मन्त्री रायमाझीले तत्काल फाइल उठाउन मन्त्रालयको जग्गा प्रशासन महाशाखालाई निर्देशन दिएका छन् । उनले तत्काल ती जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने प्रस्ताव मन्त्रिपरिषदमा लग्ने तयारी गरेको जानकारीसमेत स्रोतले दियो ।
यस्तै, वनमन्त्री यदुवंश झाले भक्तपुर नगरस्थित टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नाममा रहेको करोडौं मूल्य पर्ने ५ रोपनी जग्गा कौडीको भाउमा बेच्ने प्रक्रिया अघि बढाएका छन् । वन मन्त्रालयले ०५८÷५९ मा कर्पोरेसनको भक्तपुरकै ८ रोपनी जग्गा बिना प्रतिस्पर्धा सरकारी मूल्यमा बहादुर ताम्राकारलाई बेचेको थियो । मन्त्री झाले ताम्राकारलाई दिएकै पुरानो मूल्यमा बा“की ५ रोपनी जग्गासमेत बेच्न लागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमै बिनाप्रतिस्पर्धा ताम्राकारलाई वन मन्त्रालयले जग्गा बेच्नु गैरकानुनी भएको उल्लेख गर्दै बा“की जग्गा नबेच्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि रोकिएको उक्त जग्गा पुनः राजधानीको नया“ बानेश्वरका तारा सापकोटालाई बेच्न मन्त्री झाले प्रक्रिया अघि बढाएका हुन् । सापकोटा अधिकांश समय मन्त्री झास“गै हुन्छन् र स“गै गाडीमा समेत घुमफिर गर्छन् । कर्पोरेसनको जग्गा बिक्री गर्न लागेकोबारमो मन्त्री झास“ग बुझ्न खोज्दा उनले कान्तिपुरसित भने ‘सापकोटालाई छ महिनादेखि चिन्छु, उनी राम्रा मान्छे हुन् ।’ जग्गा बिक्रीबारे उनले बोल्न चाहेनन् । झाले उक्त जग्गा मिलाइदिन्छु भनेर सापकोटासित मोटो रकम असुलिसकेको उनकै पार्टी माले समाजवादीका एक नेताले बताए ।
वन सचिव कृष्णचन्द्र पौडेलले पुरानै मूल्यमा उक्त जग्गा बिना प्रतिस्पर्धा बेच्न नहुने भन्दै फाइल रोकेका छन् । मन्त्री झाले पौडेललाई उक्त फाइल अघि बढाउन दबाब दिने गरेको जानकारीसमेत स्रोतले दिए ।
मन्त्री झाले कोसीको बाढीपीडितका लागि जग्गा किनबेच गर्न पाइने र त्यसबाट दुवैलाई आर्थिक लाभ हुने आश्वासन दिएर गत असोजमा कोसीटप्पु वन्यजन्तु आरक्षको बाढीपीडित व्यवस्थापन समितिमा अध्यक्ष टेकबहादुर याङ्देललाई नियुक्त गरेका थिए । याङ्देल मन्त्रीलाई दस लाख रुपैया“ दिएर अध्यक्ष नियुक्त भएको उनकै पार्टीका एक नेताको भनाइ छ । जग्गा बिक्री गर्न नपाएपछि याङ्देल आफूले बुझाएको रकम फिर्ता गर्न माग गर्दै मन्त्री भेट्न मन्त्रालय धाइरहेका छन् ।