Wednesday, February 28, 2018

अब औपचारिक रूपमै १८ मन्त्रालय

गाभिएको एउटै मन्त्रालयमा चार सचिव
काठमाडौं, १७ फागुन– सरकारले कार्यविभाजन नियमावली संशोधन गरी ३१ वटा मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै कार्यालयलाई पत्र पठाई सरकारको संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय कायम भएको जानकारी गराउ“दै त्यसैअनुरूप कामकारबाही अघि बढाउन निर्देश गरेको छ ।
छुट्टाछुट्टै अस्तित्वमा रहेका चार मन्त्रालय कृषि, पशुपक्षी, भूमिसुधार र सहकारी तथा गरिबी निवारणलाई गाभेर ‘कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय’ बनाइएको छ । यो मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि चार सचिव रहनेछन् । मन्त्रिपरिषदले गाभिएका मन्त्रालयमा अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो कार्यभार सम्हाल्नेगरी सबै सचिवलाई यथावत् राखेको जानकारी प्रधानमन्त्री कार्यालयका सचिव प्रेम राईले दिए ।
कम्युनिस्ट गठबन्धन सरकारले चारवटा मन्त्रालय गाभ्दा ‘सहकारी तथा गरिबी निवारण मन्त्रालय’ को गरिबी निवारण हेर्ने संयन्त्रलाई भने खारेज गरेको छ ।

Monday, February 26, 2018

होटल, अस्पताल र उद्योग कारबाहीमा

वातावरणीय कानुन उल्लंघन गरेकामा ५० हजारदेखि १ लाखसम्म जरिवाना
काठमाडौं, १४ फागुन– जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय कानुनको उल्लंघन गरिरहेका ५ तारे होटल द्वारिकाज, अस्पताल र उद्योगसहित ११ व्यापारिक संस्थालाई कारबाही गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी संरचना निर्माण गरेका र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को आवश्यक मापदण्ड पूरा नगरेका कारण ती व्यापारिक संस्थालाई  कारबाही गरिएको जानकारी वातावरण मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतले दिइन् ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रालयस्तरीय निर्णय गराई वातावरणीय कानुनको पालना गराउन ईआईए र आईई नगरी निर्माण गरी सेवा सुरु गरेका चार होटल, चार अस्पतालसहितलाई जरिवानासहितको कारबाही गरेका हुन् ।

Sunday, February 25, 2018

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ फागुन–  ‘सोलिडयारिटी फर गोविन्द केसी एलाइन्स’ ले शनिबार राजधानीको माइतीघरमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै प्रदर्शन गरेको छ । प्रदर्शनकारीले दिउ“सो एक घण्टा धर्ना दिई पराजुलीविरुद्ध नाराबाजी लगाएका थिए । 
प्रदर्शनकारीले ‘माफियालाई कर छुट, गोपाल श्रीमानको ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ, न्याय भयो चिटिङ’ जस्ता नारा अंकित प्ले कार्डसमेत बोकेका थिए । प्रदर्शनको अन्त्यमा डा. गोविन्द केसीले प्रदर्शनकारीलाई सम्बोधन गर्दै जनताको आस्थाको केन्द्र अदालत नै भ्रष्टाचारको चंगुलमा परेकाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलनमा उत्रनुपरेको बताए । उनले पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्नुपर्ने बताए ।

Saturday, February 24, 2018

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं, १३ फागुन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमाले अध्यक्ष केपी ओलीलाई नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई दिएका छन् । ट्रम्पले शुक्रबार ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा सराहना व्यक्त गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासन पद्धतिप्रतिको निष्ठा मुखरित भएको उल्लेख गरेका छन् । 
अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीस“ग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको उल्लेख गरेका छन् ।

राष्ट्रियसभामा मनोनयनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १३ फागुन– राष्ट्रियसभा सदस्यका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट सिफारिसमा परेका, तर मनोनयनमा नपरेका तीन जनाले राष्ट्रपति विद्या भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेका छन् । तत्कालीन देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि चा“दनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले उनीहरूको सिफारिस प्रधानमन्त्रीमा केपी ओली नियुक्त नभएसम्मका लागि थन्क्याएर राखेकी थिइन् ।
ओलीले प्रधानमन्त्री हुनासाथ उनीहरू तीनै जनाको नाम फिर्ता लिई नया“ नाम सिफारिस गरेका थिए । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रयसभा सदस्य मनोनयन गरेकी छन् ।

Friday, February 16, 2018

तरुण दलले बोलायो अगुवा कार्यकर्ता भेला


काठमाडौं, ५ फागुन– कांग्रेसको भातृ संगठन तरुण दलले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ मा उपत्यकास्तरीय अगुवा कार्यकर्ताको भेला बोलाएको छ । तरुण भेलामा प्रदेश तथा प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेको माउ पार्टी कांग्रेसलाई कसरी पुनः सशक्त पार्टी बनाउने भन्नेबारेमा छलफल हुने जानकारी तरुण दलले दिएको छ । भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला बस्ने जानकारी तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दिए । शाहीका अनुसार उपत्यका बाहेकका जिल्लाहरूमा तरुण दलका जिल्ला समितिहरूलाई विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउन निर्देशन दिइएको छ । 

देउवाले बालुवाटार छाडे

काठमाडौं, ५ फागुन– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट शुक्रबार अपराह्न बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरेका छन् । प्रधानमन्त्रीबाट राजिनामा दिई स्वीकृत भएको भोलिपल्ट शुक्रबार अपराह्न १ बजे देउवा सरकारी निवासबाट निजी निवासमा सरेका हुन् । 
गत जेठ २३ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्रेसका सभापति देउवा सरकारी निवासमा बस्दै आएका थिए । देउवाले छाडेपछि माओवादी केन्द्रको समर्थनमा नया“ प्रधानमन्त्री नियुक्त एमाले अध्यक्ष केपी ओलीलाई सरकारी निवासमा सर्ने बाटो खुलेको छ ।

Thursday, February 15, 2018

जाँदाजाँदै दुई मन्त्रीले गरे सरुवा

काठमाडौं, ३ फागुन– बहिर्गमनको तयारीमा रहेको सरकारका दुई मन्त्रीले आफ्नो मन्त्रालय मातहतका महत्वपूर्ण पदमा सरुवा गरेका छन् । दुवै जनाले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सरुवा गरेका हुन् । सिंचाइ मन्त्री सञ्जय गौतमले उमेर हदले अनिवार्य अवकास पाउन १८ दिनमात्र बा“की रहेका सिंचाइ विभागका महानिर्देशक अशोक सिंहलाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेका छन् ।
 सिंहले ५८ वर्ष उमेर पूरा गरी आगामी फागुन २० मा अवकास पाउ“दैछन् । गौतमले सहसचिव सरोज पण्डितलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । गौतमले बबई सिंचाइ आयोजना प्रमुख रमेशबन्धु अर्याललाई समेत मन्त्रालयमा सरुवा गरेका छन् ।  उक्त आयोजनामा योञ्जन श्रेष्ठलाई लगिएको छ ।

राष्ट्रकवि घिमिरेलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, ३ फागुन– राष्ट्रपति विद्या भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिले घिमिरेलाई सेनाका तर्फबाट दज्र्यानी चिह्न प्रदान गरेकी हुन् ।
माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले साहित्यका माध्यमबाट राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन गरी योगदान गरेबापत उनलाई सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । 

Sunday, February 11, 2018

बुढी गण्डकी ‘तामाकोसी मोडल’ मा बनाउने निर्णय

काठमाडौं, २८ माघ– सरकारले बहुचर्चित बुढी गण्डकी जलाशययुक्त विद्युत आयोजनाको निर्माण कार्य माथिल्लो तामाकोसीजस्तै कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले तयार गरेको बुढी गण्डकीको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गर्दै विद्युत प्राधिकरण मातहतमा सहायक कम्पनी खोलेर स्वदेशी लगानीमा निर्माण अघि बढाउने निर्णय गरेको हो ।
१२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको राष्ट्रिय गौरवको आयोजनालाई कम्पनी मोडलमा बनाउ“दा आर्थिक रूपमा सम्भाव्य अर्थात् फाइदाजनक बनाउन सरकारले कुल लागतको ३५ प्रतिशत अर्थात ९४ अर्ब रुपैया“ अनुदान दिने भएको छ । समितिले आयोजना बनाउने विद्युत प्राधिकरण मातहत स्थापना गरिने कम्पनीलाई ९४ अर्ब रुपैया“ अनुदान दिंदा २ खर्ब ७० अर्ब लागतको बुढी गण्डकी आयोजना फाइदाजनक हुने निष्कर्ष समितिको छ ।

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा

काठमाडौं, २८ माघ– सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएको छ । सेनाको मुख्यालय जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत गरेको सिफारिसमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय लिएको हो । 
उनले राष्ट्रलाई पु¥याएको योगदानलाई ध्यानमा राखेर मानार्थ सहायक रथीको दर्जा दिन सिफारिस गरिएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घिमिरेले अब सेनाबाट मानार्थ सहायक रथीको सम्मानका अतिरिक्त सेवासुविधा पाउनेछन् । उनले सहायक रथीको पोसाकसमेत लाउन पाउनेछन् । यसअघि संगीतकार अम्बर गुरुङ र कवि गोपाल पा“डे ‘असिम’ लाई सेनाको मानार्थ लेफटिनेन्ट कर्णेलको दर्जा दिइएको थियो ।   

Friday, February 9, 2018

प्रदेश ३ मा कांग्रेस संसदीय दलको नेतामा बानियाँ

काठमाडौं, २६ माघ– कांग्रेसको प्रदेश नं. ३ को संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । राजधानीमा बसेको प्रदेश नं. ३ का कांग्रेसका प्रदेश सभा सदस्यहरूको बैठकले बानिया“लाई सर्वसम्मत रूपममा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीसमेत दावेदार थिए । पार्टी नेतृत्वबाट संसदीय दलको चयनका लागि अख्तियारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको पहलमा बैठकले सर्वसम्मत रूपमा दलको नेता छानेको हो ।

Thursday, February 8, 2018

प्रदेशलाई गाडी धमाधम

काठमाडौं, २५ माघ– सरकारले सातै प्रदेशसभा र प्रादेशिक सरकारका लागि गाडी व्यवस्थापन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयसित समन्वय गरी गाडी पठाइरहेको छ ।  
सरकारले हालै प्रदेशैपिच्छे १४ वटाका दरले ९८ वटा गाडी पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेम राईले जानकारी दिए । उनका अनुसार सातै प्रदेशका ७–७ मन्त्री र ७–७ जना सचिवका लागि ती गाडी पठाइएको हो । तिनमा पजेरो, बोलेरो, स्कर्पियो र किया कारलगायत छन् । 

Sunday, February 4, 2018

कांग्रेसले पठायो सातै प्रदेशमा प्रतिनिधि

काठमाडौं, २३ माघ– कांग्रेसले माघ २४ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार प्रदेश १ मा डिला संग्रौला, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश ४ मा गोपालमान श्रेष्ठ, प्रदेश ५ मा बालकृष्ण खा“ण, प्रदेश ६ मा जीवनबहादुर शाही र प्रदेश ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।

राष्ट्रिय सभा निर्वाचन : राति १२ बजेदेखि मौन अवधि

नागरिकताका आधारमा समेत मतदान गर्न पाइने
काठमाडौं, २३ माघ– आगामी बुधबार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएदेखि चुनाव सम्पन्न नहुन्जेल राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र मतदाताले चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।
प्रत्येक प्रदेशबाट ३ महिला, ३ खुला, १ दलित र १ अल्पसंख्यक या अपांगता भएका गरी ८ जना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित हुनेछन् । एक महिलासहित तीन जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

कांग्रेसद्वारा निर्देशन जारी

काठमाडौं, २३ माघ– कांग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको चुनावमा सहभागी हुन माघ २२ भित्र आ–आफ्नो मतदानस्थल पुगिसक्न आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ मा सातै प्रदेशमा हु“दै छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देश गरिएको छ ।

Friday, February 2, 2018

प्रधानन्यायाधीशको नागरिकताबारे जानकारी माग्दै केसीको निवेदन

काठमाडौं, १९माघ– सामाजिक अभियन्ता डा. गोविन्द केसीसहितले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकताका बारेमा जानकारी माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । 
उनीहरूले पराजुलीको सक्कली नागरिकता र प्रतिलिपिमा जन्ममिति फरक फरक पाइएकाले के कति कारणले उमेर फरक पारी तीन÷तीनवटा नागरिता जारी भएको होे भन्ने विषयको यथार्थ विवरण र आधिकारिक सूचना पाउने हक नेपालीलाई रहेको उल्लेख गरी जानकारी माग गर्दै लिखित निवेदन दिएका हुन् ।   
निवेदनमा डा. केसीका अतिरिक्त वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, शशिविक्रम कार्की, विनोद अर्याल र राजीव यादवले हस्ताक्षर गरेका छन् । 

बिष्ट कांग्रेसको आमन्त्रित सदस्य

काठमाडौं, १९ माघ– अमेरिकास्थित जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएका छन । कांगे्रस सभापति शेरबहादुर देउवाले बिष्टलाई उक्त पदमा नियुक्त गरेका हुन । कान्तिपुरस“गको कुराकानीमा बिष्टले आमन्त्रित केन्द्रिय सदस्यमा आफ्नो नियुक्तीलाई विदेशमा रहेका कांग्रेसप्रति आस्थाबान सम्पुर्ण साथीहरुको सम्मानका रूपमा आफुले लिएको बताए । ‘पार्टी सभापतिबाट प्रवासलाई प्राप्त सम्मानले हामीलाई थप जिम्मेवार बनाएको छ’ उनले भने ।

सदरमुकाम नसार्न आदेश

काठमाडौं, १९ माघ– सर्वोच्च अदालतले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश दीपक कार्कीको एकल इजलासले बिहीबार सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए । सरकारले सदरमुकाम सार्ने निर्णय गरेको विरोधमा विगत ८ दिनदेखि रुकुममा आन्दोलन भइरहेको छ ।

सीमा मिच्ने गरी सीमा स्तम्भ गाडिनुका कारण पेस गर्न आदेश

काठमाडौं, १९ माघ– सर्वोच्च अदालतले भारतस“गको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाडिएकोबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बिहीबार भारतस“ग जोडिएका पहाडी र तराईका दशगजा क्षेत्रमा नेपालको भूमि मिचिने गरी सीमा स्तम्भ गाडिने गरेकोबारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय तथा नापी विभागलगायतलाई विपक्षी बनाई नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाडिएको हु“दा त्यस्ता कार्य तत्काल रोक्न आदेशको माग गर्दै माघ ९ मा सर्वोच्चमा रट निवेदन दायर गरेका थिए ।