Friday, May 29, 2020

तीन महिनामै स्वास्थ्य सचिव कोइरुालाको सरुवा

काठमाडौं, १५ जेठ– स्वास्थ्य सामग्री खरिदमा विवादमा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइराला तीन महिनामै सरुवा भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । मन्त्रिपरिषद कार्यालयले दुवै जनालाई बिहीबार सरुवाको पत्र दिएको जानकारी स्रोतले दिएको छ । सरकारले गत फागुन १८ मा कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रिया विवादमा पर्दै आएको छ । अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास मामिला हेर्ने जिम्मेवारीमा थिए । कोइरालालाई कुन जिम्मेवारी दिने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी स्रोतले दिएको छ ।

No comments:

Post a Comment