Thursday, May 31, 2018

अब योगदानमा आधारित पेन्सन

लागू हुनेमा आशंका यथावत्
पेन्सनका लागि सरकारले खर्चिनुपरिरहेको रकमले हरेक वर्ष २ सय ५० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ 

काठमाडौं, १६ जेठ– मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने गरी बर्सेनि बढदै गएको निवृत्तिभरण (पेन्सन) को बोझबाट मुक्ति पाउन सरकारले बजेट भाषणमार्फत सम्पूर्ण राष्ट्रसेवकको योगदानमा आधारित प्रणाली ‘पेन्सन फन्ड’ लागू गर्ने घोषणा गरेको छ । यसअघि पटक–पटक घोषणा गरिए पनि सरकारले ‘पेन्सन फन्ड’ लागू गर्न सकेको थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले संसद्मा बहुमत प्राप्त दलको दुई तिहाइ समर्थन पाएको सरकार भएकाले यस पटक घोषित मिति साउन १ देखि नै पेन्सन फन्ड लागू हुने दाबी गरेका छन् ।
सेवा निवृत्त कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतलाई दिनुपर्ने पेन्सनको दायित्व बर्सेनि बढदै गई हरेक चार वर्षमा दोब्बर हुन थालेपछि सरकारले बजेटमार्फत योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न लागेको हो । पेन्सनमा राज्यको २०६९/७० मा १६ अर्ब, ०७०/७१ मा २३ अर्ब, ०७१/७२ मा २९ अर्ब, ०७२/७३ मा ३२ अर्ब, ०७३/७४ मा ४२ अर्ब २६ करोड खर्च भएको थियो । चालु आर्थिक वर्षमा ४६ अर्ब रुपैया“ खर्च हु“दै छ । लोडसेडिङ हटाउन भारतीय बिजुलीमा परनिर्भर भइरहेको मुलुकमा यति रकमले हरेक वर्ष २ सय ५० मेगावाटभन्दा ठूला जलविद्युत आयोजना निर्माण गर्न सकिन्छ । मुलुकमा हाल सेवा निवृत्त निजामती, प्रहरी, शिक्षक, नेपाली सेनासहित साढे २ लाखले पेन्सन बुझ्छन् । यो संख्या हरेक वर्ष बढ्छ । उठ्ने कुल राजस्वको झन्डै ६.५ प्रतिशत पेन्सनमा मात्र खर्च हु“दै आएको छ । 

Sunday, May 27, 2018

ट्रेड युनियन कांग्रेस ३ नं. प्रदेशको अध्यक्षमा कार्की

काठमाडौं, १२ जेठ– नेपाल ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको शुक्रबार राति सम्पन्न अधिवेशनमा कार्कीले २ सय ६६ तथा निकटतम प्रतिद्वन्द्वी गणेश भट्टराईले २ सय ५४ मत ल्याएका थिए ।
उपाध्यक्ष (खुल्ला) मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन) मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक) मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाईं, सहसचिव (खुल्ला) मा प्रकाश दाहाल, सहसचिव (महिला) मा उर्मिला कार्की, सहसचिव (सेवा) मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी,  कोषाध्यक्ष विश्वहरि घिमिरे र सहकोषाध्यक्षमा तारा भण्डारी निर्वाचित भएका छन् ।

Thursday, May 24, 2018

सत्तारूढद्वारा नीति–कार्यक्रमको प्रशंसा, कांग्रेस र मधेसी दलद्वारा विरोध

नीति तथा कार्यक्रममाथि छलफल सुरु
राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गरिएको छ, यो स्वीकार्य हुन्न : देउवा
मुलुकलाई समृद्धिको बाटामा अग्रसर गराउने उत्साहजनक कार्यक्रम : नेकपा
संविधान संशोधनको प्रतिबद्धता नआउनु दुर्भाग्यपूर्ण : मधेसी दल
काठमाडौं, ९ जेठ–  प्रतिनिधिसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम मृलुकलाई समृद्धिको बाटामा अग्रसर गराउन उत्साहजनक रहेको भन्दै प्रशंसा गरेका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेस र मधेसी दलले भने कुनै नया“पनबिनाको निराशाजनक रहेको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता नदेखिएको बताएका छन् । देउवाले भने,‘यसमा कुनै नया“ पन छैन । सरकारस“ग दुरदृष्टि नभएर हो या नचाहेर हो ? यस्तो अभुतपुर्व अनुकुलताको ऐतिहासिक अवसर त्यसै खेर फालिने त होइन ? हामीलाई चिन्ता छ ।’
देशले स्थिरता र सम्मुन्नतिको बाटो समातेको र राजनीतिक संक्रमण सकिएको अवस्थामा पनि सरकारले नीति तथा कार्यक्रममा नया“पन ल्याउन नसकेको भन्दै देउवाले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले गरेका उपलव्धिको तथ्यगत विश्लेषण समेत गरे । सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई प्राथमिकतामा नराखेको दाबीसमेत देउवाको थियो ।

कान्तिपुरका सम्पादक थापालाई सुशासन अवार्ड

काठमाडौं, ९ जेठ– असल शासनको क्षेत्रमा कार्यरत संस्था गोगो कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापार्ला यस वर्षको सुशासन अवार्ड प्रदान गर्ने भएको छ । फाउन्डेसनले असल शासन अभिवृद्धिका लागि विशिष्ठ योगदान गरेकामा थापालाई सुशासन अवार्डसहित सम्मान गर्ने निर्णय गरेको हो ।
फाउन्डेसनले विज्ञप्ति जारी गरी ‘पत्रकारिताका माध्यमबाट भ्रष्टाचारविरुद्धको अभियानमा विशिष्ठ योगदान गरेको’ ठहरसहित थापालाई सन् २०१७ को गोगो फाउण्डेसन अवार्ड प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । सुशासन अवार्ड प्रदान गरिने व्यक्तित्वको चयनका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेशनका अध्यक्ष अनिता बिन्दू र कार्यकारी निर्देशक केदार खडका सदस्य–सचिव रहेको समिति गठन गरिएको थियो ।

कारागार र हिरासतको अवस्था सुधार गर्न आयोगको सिफारिस

काठमाडौं, ९ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकभरका कारागार तथा हिरासतमा कैदी तथा बन्दीहरूको आवासको अवस्था दारुण रहेको उल्लेख गर्दै सुधार गर्न सरकारलाई सिफारिस गरेको छ । मुलुकभरका कारागार र हिरासतको अनुगमनका क्रममा कैदी÷बन्दीको बसोबासको अवस्था राम्रो नपाइएपछि आयोगले सरकारलाई सुधार गर्न सिफारिस गरेको हो ।
आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुदीप पाठकले अनुगमनका क्रममा अधिकांश कारागार जीर्ण र बसोबासका लागि उपयुक्त नभएको पाइएको बताए । उनले आयोगको सिफारिसअनुसार कारागार र हिरासतको अवस्था मानव बसोबासका लागि उपयुक्त बनाउन सरकारलाई सिफारिस गरिएको बताए ।  ‘भवन निर्माण गरेर कैदी र बन्दीको उचित व्यवस्था गर्न हामीले सरकारलाई निर्देशन दिएका छौं’ उनले भने ।

Tuesday, May 22, 2018

चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम लोकमार्ग निर्माण हुने


‘मदन भण्डारी लोकमार्ग’ १२ सय किमी लामो हुने

काठमाडौं, ७ जेठ– सरकारले चुरे तथा भित्री मधेस हुँदै नया“ पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण कार्य अघि बढाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो महत्वाकांक्षी पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपाल (महाकाली नदी) सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको हो । लोकमार्गको लम्बाइ १२ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ।
चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैंडाकोट–रामपुर–तम्घास–सिमलटारी–प्युठान–घोराही–तुलसीपुर–बोटेचौर–सुर्खेत–बट्टचौर–सीमचौर, वीपीनगर, सहजपुर, जोगबुढा हु“दै रूपालसम्म निर्माण हुनेछ।
पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमी लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा २५ वर्षदेखि यातायात सञ्चालनमा छ ।

Saturday, May 19, 2018

आयुर्वेद चिकित्सक यादवविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार डा. यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि ३७ हजार रुपैया“ घुस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 
अभियोगपत्रमा अख्तियारले बिगो असुल गरी चार महिना कैद सजाय गर्नसमेत माग गरेको छ ।

गणतन्त्र दिवस मनाउन समारोह समिति गठन

काठमाडौं, ४ जेठ– जेठ १५ मा गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।  सिंहदरबारस्थित गृहमन्त्रालय परिसरमा शुक्रबार बसेको मूल समारोह समितिको बैठकले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ सम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र बाहिर नेपाली नियोगहरूमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । 
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।  

Monday, May 14, 2018

बिजुली खपत बढाऔं

काठमाडौं, ३१ वैशाख– एक वर्षमा मुलुकको केन्द्रीय विद्युत प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिंदैछ । बिजुली उत्पादनको इतिहास सुरु भएको एक सय ७ वर्षमा जम्मा ९९५.५ मेगावाट (तापीय प्लान्टबाहेक) मात्र विद्युत उत्पादन गर्न सकेको मुलुकले अबको एक वर्षमै थप एक हजार मेगावाट उत्पादन गर्न सक्नु आफैंमा सकारात्मक र उत्साहजनक छ । त्यसमा पनि निजी क्षेत्रले त्यसको झन्डै आधा हिस्सा बिजुली उत्पादन गर्नु र निजी क्षेत्रकै थप कुल २५ सय मेगावाट क्षमता भएका विद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा हुनु मुलुककै लागि सुखद पक्ष हो । अपेक्षित रूपमा विद्युत उत्पादन बढेका कारण विद्युत प्राधिकरण सोमबारदेखि सबै औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गर्न सफल भएको छ । यसले औद्योगिक क्षेत्र विस्तार हुने र फस्टाउने सकारात्मक वातावरण बनाएको छ ।
ऊर्जा क्षेत्रमा नीतिगत र स्थानीय अवरोधका बाबजुद निजी क्षेत्रको योगदान उल्लेखनीय छ । जुन गतिमा विद्युत आयोजनाहरू बनिरहेका छन्, प्रसारण लाइनको विस्तार त्यो गतिमा हुन सकेको छैन । प्रसारण लाइन निर्माणमा ढिलाइ हु“दा माथिल्लो तामाकोसीको बिजुली र काबेली करिडोरमा बिजुली केही समय पूरामात्रामा केन्द्रीय विद्युत प्रणालीमा जोड्न नसकिने भएकाले खेर जाने चिन्ताजनक अवस्था छ । बिजुली खेर जान नदिन प्राधिकरणले प्रसारण लाइन निर्माणलाई तीव्रता दिनु र स्थानीय अवरोधलाई हटाउन सरकारले समयमै कदम चाल्नुबाहेक अर्को विकल्प छैन ।

भारतसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री

‘छिट्टै चीन जान्छु’ 
काठमाडौं, ३० वैशाख– प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । मोदीको नेपाल भ्रमण र उपलब्धिबारे आइतबार प्रतिनिधिसभा बैठकलाई जानकारी दि“दै नेपाल–भारत सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने सकारात्मक वातावरण बनेको बताएका हुन् ।
ओलीले मोदीको भ्रमणक्रममा मुलुक र जनताको शिर निहुरिने र कमजोर पार्ने काम नभएको बताए । ‘राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कही“ कतै छोडिएको छैन,’ उनले भने, ‘अहिलेभन्दा तीन वर्षअघि नेपाल–भारत सम्बन्ध तनावको अवस्थामा थियो । त्यसबाट नाकाबन्दीको स्थितिमा गयो । आज हामी छिमेकीस“ग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै ।हामी सबैस“ग मित्रताको सम्बन्ध चाहन्छौं ।’

सबै औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

काठमाडौं, ३० वैशाख–देशभरका उद्योगीहरूलाई खुसीको खबर । विद्युत् प्राधिकरणले मुलुकका सबै औद्योगिक कोरिडोरलाई सोमबारदेखि लोडसेडिङमुक्त गर्दै छ । तीन घण्टाको हाराहारीमा लोडसेडिङको मार खेपिरहेका उद्योगले अब चौबीसै घण्टा बिजुली पाउने जानकारी प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले दिए । 
प्राधिकरणले २०७३ कात्तिकदेखि राजधानी उपत्यका र त्यसको केही समयपछि देशभरका घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरेको थियो । 
अधिकारीका अनुसार प्राधिकरणले वीरगन्ज औद्योगिक क्षेत्रलाई परीक्षणका रूपमा १० दिनदेखि लोडसेडिङमुक्त गर्दै आएको थियो । मुलुककै ठूलो औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणले नेपाल–भारतबीचको रक्सौल–परवानीपुरको नया“ प्रसारण लाइनबाट ८० देखि ८५ मेगावाट र अर्को ३३ केभीए प्रसारण लाइनबाट १० मेगावाट बिजुली आयात गरिरहेको छ । 

हजार मेगावाट यही वर्ष थपिँदै

काठमाडौं, ३० वैशाख– यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हु“दै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ ।
मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो । यति लामो अवधिमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा बढी अबको एक वर्षमै उत्पादन हुने जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले दिए । 
‘निजी क्षेत्रका आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ५ सय मेगावाट पुगिसकेको छ । अहिले निजी क्षेत्रले कुल २५ सय मेगावाट उत्पादन क्षमता भएका विद्युत् आयोजनाहरू निर्माण गरिरहेका छन्,’ उनले भने, ‘अब एक वर्षमा निजी क्षेत्र र सरकारी आयोजनाबाट १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादन थपिनेछ ।’ उनका अनुसार एक वर्षमा निजी क्षेत्रको उत्पादन मात्रै १ हजार मेगावाटभन्दा बढी पुग्नेछ । ‘१ सय ७ वर्षमा मुलुकले जति बिजुली उत्पादन गर्न सक्यो, त्यति नै बिजुली अबको एक वर्षमै थपिनेछ,’ गुरागाईंले भने ।

Tuesday, May 8, 2018

अरू क्षेत्रको सिन्डिकेटसमेत अन्त्य गर : राष्ट्रियसभा

सीमाको समस्या समाधान गर्न माग 
काठमाडौं, २४ वैशाख– राष्ट्रियसभा सांसदहरूले सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन गरेको प्रयासलाई सकारात्मक रूपमा लिंदै सामान ढुवानी, बैंकिङ, शिक्षासहितका अरू क्षेत्रमा रहेको एकाधिकारसमेत अन्त्य गर्न आग्रह गरेका छन् । 
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा उनीहरूले यातायात क्षेत्रमा लामो समयदेखि रहेको एकाधिकार अन्त्य गरेर आमजनतालाई सहज रूपमा सेवा दिन सरकारले गरेको प्रयास सराहनीय रहेको भन्दै यातायात क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्नसमेत आग्रह गरे ।

Monday, May 7, 2018

सिन्डिकेट अन्त्य गर्ने कागज गरेर यातायात व्यवसायी रिहा

काठमाडौं, २३ वैशाख– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यसहितका ६ जना पदाधिकारी सिन्डिकेट अन्त्य गर्ने सरकारको कदमलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएर छुटेका छन् । सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोधमा हडताल गरेको अभियोगमा शनिबार पक्राउ उनीहरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा लिखित प्रतिबद्धतामा हस्ताक्षर गरी रिहा भएका हुन् । उनीहरूले लिखित प्रतिबद्धतामा सिण्डिकेट नगर्ने, कम्पनी दर्ता गरेर यातायात सञ्चालन गर्ने उल्लेख गरेका छन् । लिखित प्रतिबद्धतामा ‘सिन्डिकेट मान्दिन, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउ“छु र सरकारलाई सहयोग गर्छु’ व्यहोरा उल्लेख छ । 

उपसचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २३ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकाकी कार्यकारी अधिकृत (उपसचिव) लीला अधिकारीसहित दुई जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठसमेत छन् ।
अधिकारी र श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका–२ को बा“डेपाखामा रिजर्भ वायर (पानी ट्यांकी) निर्माण कार्य सकिएपछि अन्तिम बिल भुक्तानी र कार्य अनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीस“ग ५ लाख रुपैया“ घुस लिएका थिए । अख्तियार टोलीले उनीहरूलाई घुस रकमसहित अघिल्लो महिना पक्राउ गरेको थियो । अनुसन्धान पूरा भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

७९ एसपीको सरुवा, २४ जिल्लाको प्रहरी नेतृत्व फेरियो

काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले आइतबार ७९ एसपी (प्रहरी उपरिक्षक) को सरुवा गरेको छ । ठूलो संख्यामा सरुवाका क्रममा २४ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नवलपरासीमा राजेन्द्रप्रसाद भट्ट, सिन्धुलीमा रामेश्वर यादव, पर्सामा रेवती ढकाल, मकवानपुरमा लोकेन्द्र श्रेष्ठ, तनहु“मा सिद्धिविक्रम शाह, धनकुटामा सुरेन्द्रबहादुर गुरुङ, चितवनमा सुशीलसिंह राठौर, सर्लाहीमा हृदय थापा, भक्तपुरमा हिमालयकुमार श्रेष्ठ, कास्कीमा ओमबहादुर राना र डोटीमा किसनसिंह थापालाई सरुवा गरिएको छ ।

बिष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, २३ वैशाख– सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द्र बिष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गोकुल बा“स्कोटाले बिष्ट र अहिराजलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोेङ र निमबहादुर बूढाथोकीलाई प्रदान गर्ने निर्णय भएको छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा गठित समितिले पुरस्कृत एवं सम्मानित हुने पत्रकारहरूको नाम छनौट गरेको हो ।  सचिव गुरुङले समितिले पुरस्कार र सम्मान प्रदान गरिने पत्रकारहरूको छनौट पारदर्शी रूपमा गरिएको बताए ।