Tuesday, February 26, 2013

सान्जेनमा चिनिया“ ठेकेदार गेजुवालाई पुनः ठेक्का दिलाउने तयारी

काम सुरु नगर्दै पूरा गर्नै नसकिने र कानुनले नमिल्ने शर्त राखेकाले सान्जेनले ठेक्का रद्द गरी कालो सूचीमा राखेको गेजुवालाई कानुनविपरीत गएर पुनः ठेक्का दिलाउन प्रधानमन्त्रीद्वारा आफ्नो इशारामा काम गर्ने सहसचिव कु“वरको संयोजकत्वमा समिति गठन
काठमाडौं, १५ फागुन– ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले सान्जेन जलविद्युत् कम्पनीले कालो सूचीमा राखेको चिनिया“ ठेकेदार कम्पनी गेजुवालाई पुनः ठेक्का दिलाउन उच्चस्तरीय समिति गठन गरेका छन् ।
४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सिभिलतर्फको रद्द भइसकेको ठेक्का गेजुवाको शर्तबमोजिम उसैलाई दिलाउन ऊर्जामन्त्रीस्तरीय निर्णयबाट ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कु“वरको संयोजकत्वमा समिति गठन गरिएको हो ।
ठेकेदारको प्रलोभनमा परी कम्पनी ऐनअन्तर्गत स्थापना भएको निजी कम्पनी सान्जेनलाई कानुनविपरीत दबाब दिएर पुनः गेजुवालाई नै ठेक्का दिलाउनका लागि दबाब दिन समिति गठन गरिएको जानकारी स्रोतले दिए । ऊर्जा मन्त्रालयलाई निजी कम्पनीलाई दबाब दिने कानुनी अधिकार हु“दैन ।
स्रोतका अनुसार प्रधानमन्त्रीले गेजुवालाई पुनः ठेक्का दिलाउन आफ्नो इशाराबमोजिमको प्रतिवेदन र दबाब दिने ऊर्जा मन्त्रालयका सहसचिव कु“वरलाई छानेर उनकै संयोजकत्वमा समिति गठन गरेका छन् । समितिमा ऊर्जा मन्त्रालयका कानुन, लेखा र इन्जिनियरिङ सेवातर्फका उपसचिवलाई सदस्य राखिएको छ ।
प्रधानमन्त्रीकै इशारामा कु“वरकै संयोजकत्वमा गठित अघिल्लो समितिले ठेकेदार कम्पनी गेजुवाकै मागबमोजिम निर्माण सुरु भएको ३० महिना बढी पुगिसकेको माथिल्लो त्रिशुली ३ एको वर्षायाममा मात्र ३० मेगावाट विद्युत् उत्पादन क्षमता बढाउन दिने मिल्ने प्रतिवेदन दिएको थियो । जबकि विद्युत् प्राधिकरणद्वारा गठित दुइटा प्राविधिक समितिले माथिल्लो त्रिशुली ३ को क्षमता बढाउन नमिल्ने प्रतिवेदन दिएका थिए ।
कु“वर समितिकै प्रतिवेदनका आधारमा प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला आयोजना निर्माणको अवधि दुई वर्ष लम्बिने र लागत करिब चार अर्ब बढ्ने गरी माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन दिने सैद्धान्तिक निर्णय गरिसकेको छ ।
प्रधानमन्त्रीले तिनै कु“वरको संयोजकत्वमा गठित समितिमार्फत् निजी कम्पनीलाई समेत दबाबमा पारेर त्यही गेजुवा कम्पनीलाई रद्द भइसकेको ठेक्का उसैको शर्तबमोजिम पुनः दिलाउने कसरत सुरु गरेको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
गेजुवाले सान्जेन कम्पनीले ठेक्का सम्झौताविपरीत आफूसितको ठेक्का रद्द गरी जमानतसमेत जफत गरेर अन्याय गरेको दाबी गर्दै पुनः आफूलाई नै ठेक्का दिलाउन ऊर्जा मन्त्रालयमा लिखित उजुरी गरी प्रधानमन्त्री भट्टराई र उनकी पत्नी हिसिला यमीमार्फत् दबाब दिएकाले समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरी सान्जेन कम्पनी र गेजुवाबीच पुनः सम्झौता गराएर ठेक्का सुचारु गराउने अनौपचारिक जिम्मेवारी दिइएको स्रोतले उल्लेख गरेको छ ।

सान्जेन जलविद्युत् कम्पनीले गेजुवाले काम सुरु नगर्दै पूरा गर्नै नसकिने र कानुनले नमिल्ने शर्त राखेकाले उसलाई तीन वर्ष आफ्नो कम्पनीको कुनै खरिद प्रक्रियामा संलग्न नगराउने निर्णय गरी कालो सूचीमा राखेको थियो । कम्पनीले गेजुवालाई सरकारी कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयसमेत लिखित आग्रह गरेको छ ।
सान्जेन जलविद्युत् कम्पनीले गेजुवाले टेन्डर हाल्दा बिड सेकुरिटीबापत राखेको ३ करोड २० लाख रुपैया“ धरौटीसमेत जफत गरेको छ । कम्पनीका एक अधिकारीले टेन्डर स्वीकृत भएको १५ दिनभित्र कार्यसम्पादन जमानत बैंक ग्यारेन्टी राखी ठेक्का सम्झौता गर्न बोलाउ“दा नआएको र उल्टै पूरा गर्नै नसकिने शर्त राखेकाले गेजुवासितको ठेक्का रद्द गरी उसलाई कालो सूचीमा राखिएको उल्लेख गरेका छन् । गेजुवाले सान्जेनको सिभिलतर्फको काम १ अर्ब ५० करोड रुपैया“मा ठेक्का पाएको थियो ।
‘समयमै ठेक्का सम्झौता गर्न आउनुको सट्टा ठेक्काको म्याद एक वर्ष थप्नेलगायतका कम्पनीलाई मान्य हुनै नसक्ने शर्त राखेकाले गेजुवाको ठेक्का रद्द गरेका हौं’ कम्पनीका उच्च अधिकारीले जानकारी दिए । ठेक्का तोडिएका कारण आयोजनाको लागत बढी कम्पनीलाई करोडौं रुपैया“ घाटा भएको छ ।
स्रोतका अनुसार कम्पनीले आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिसकेको छ । ठेकेदार छनौट गरी निर्माण सुरु गर्न पा“च महिना लाग्ने जानकारी कम्पनीका अधिकारीले दिए । कम्पनीले प्राधिकरणसित विद्युत् खरिद सम्झौता गर्दा सन् २०१५ को डिसम्बरसम्म बिजुली आपूर्ति गरिसक्ने शर्तसहितको सम्झौता गरेको छ । ठेक्का रद्द भई पुनः टेन्डर प्रक्रिया गरी निर्माण सुरु गर्दा उत्पादन ढिलो हुने भएकाले विद्युत् प्राधिकरणलाई विलम्ब शुल्क तिनुपर्नेलगायतका घाटा हुने जानकारी कम्पनीका अधिकारीले दिए ।



प्रधानमन्त्रीद्वारा चुनाव आफ्नो पक्षमा पार्न राज्यका सम्पूर्ण पकड कायम गर्दै

काठमाडौं, १५ फागुन– एकीकृत माओवादी नेतृत्वको सरकारले आगामी संविधानसभा चुनावको संघारमा राज्यका सम्पूर्ण निकायमा आफ्नो पकड जमाउ“दै लगेको छ । आगामी संविधानलाई लक्ष्यित गरी माओवादी र प्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका सम्पूर्ण निकायमा आफ्नो स्वार्थमा कार्य गर्ने व्यक्तिलाई सरुवा, पदस्थापन र नियुक्ति गरेर पकड जमाउ“दै लगेका हुन् ।
माओवादीले एकातिर प्रधानमन्त्री भट्टराईमार्फत् सत्ता साझेदार मधेसी मार्चाको समेतको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई रिझाएर सबै प्रमुख मन्त्रालय, सबै जिल्लाका प्रजिअ र प्रहरी प्रमुखसहित राज्यका सम्पूर्ण निकायमा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने राखेर राज्यका सम्पूर्ण निकायमा पडक जमाएको हो । माओवादी नेतृत्वको स्थानीय विकास मन्त्रालय, स्वरोजगार कोष र गरिवी निवारण कोषबाट आफ्ना कार्यकर्ता तथा पुनःस्थापनामा गएका र अयोग्य लडाकुलाई अर्बौं रुपैया“ बा“डेर राजनीतिक पकडसमेत जमाएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बन्ने ‘निष्पक्ष’ सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र निवर्तमान हुन लागेका प्रधानमन्त्री बाबुराम भट्टराईको अप्रत्यक्ष निर्देशनमा सुरक्षा निकाय, निजामती प्रशासनलगायतका राज्यका संयन्त्रका भरमा निष्पक्ष र स्वतन्त्र चुनाव गराउन सक्नेमा गम्भीर प्रश्न उठेको छ । रेग्मी स्वयं आफूलाई महाधिवेशनबाट प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने माओवादीप्रति लचिलो हुन सक्ने सरकारी अधिकारी बताउ“छन् ।
चुनावी सरकारलाई सरुवा, बढुवा या नया“ नियुक्ति गर्न नपाउने कानुनी व्यवस्था छ । ‘यदि रेग्मी दलहरूले विश्वास गरेजस्तै निष्पक्ष भए पनि उनले माओवादीको पकडमा रहेको राज्य संयन्त्रका भरमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउन सक्तैनन्’ ती अधिकारीले भने ।
माओवादीको प्रस्तावमा प्रधानमन्त्री र प्रधानन्यायाधीश एउटै व्यक्ति भएपछि स्वतन्त्र र निष्पक्ष रहनुपर्ने न्यायालयसमेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा प्रभावित हुने र त्यसको लाभसमेत माओवादीले लिने पूर्वप्रशासकहरू बताउ“छन् । हरेक जिल्लामा जिल्ला न्यायाधीश नै प्रमुख निर्वाचन अधिकृत हुने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्रीले सबै प्रमुख मन्त्रालयमा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने सचिवहरूलाई जिम्मेवारी दिएका छन् । स्वार्थअनुरूप कार्य गर्न नमान्ने सचिवहरूलाई नेपाल ट्रष्ट, सूचना आयोग, सतर्कता केन्द्र र खासै बजेट नहुने मन्त्रालयमा थन्काइएको छ । उनले राज्यको ढुकुटी दुरुपयोग र भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायमा समेत आफ्नो स्वार्थअनुरूप कार्य गर्ने सचिव गणेशराज जोशीलाई राखेर पकड जमाएका छन् । जोशी माओवादी समर्थक सचिव मानिन्छन् । प्रधानमन्त्रीले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताबाट हुने र भएका भ्रष्टाचारबाट उन्मुक्ति दिन अख्तियारलाई समेत सचिवमार्फत् आफ्नो वशमा पारेका हुन् । मुलुकको विकासनिर्माणको योजना बनाउने र अनुगमन गर्ने महत्वपूर्ण निकाय योजना आयोगमा माओवादीबाट नियुक्त उपाध्यक्षसहितका पदाधिकारी हावी छन् ।
प्रधानमन्त्रीले चारवटै सुरक्षा निकाय नेपाली सेना, दुवै प्रहरी संगठन र राष्ट्रिय अनुसन्धान आयोगलाई रिझाएका छन् । प्रधानसेनापति गौरवसमसेर राणाको प्रस्तावमा विभिन्न विवादास्पद निर्णय गरेर सेनालाई रिझाएका हुन् । प्रधानमन्त्रीले राणाको प्रस्तावमा हेलिकप्ट खरिद गर्न ३ अर्ब रुपैया“ दिएर, भैरवनाथ गणमा हु“दा माओवादीकै ४६ जना कार्यकर्तालाई बेपत्ता पारेको मानव अधिकार उल्लंघनको गम्भीर आरोप लागेका कर्णल राजु बस्नेतलाई सहायक रथीमा बढुवा र अवकास पाएका प्राविधिक उपरथी नरेश बस्नेतलाई सेनाको परम्पराविपरीत दुई वर्ष म्याद थपेर सेनालाई खुसी पारेका छन् । जंगी अड्डाले हेलिकप्टर खरिदका लागि साढे २ अर्ब रुपैया“ मागे पनि सरकारले सेनालाई खुसी पार्न ३ अर्ब रुपैया“ दिएको छ ।
गृह मन्त्रालयमातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख भट्टराईकै पालामा नियुक्त भएका हुन्, उनीहरूको सेवा अवधि दुई वर्ष थप्ने गृहकार्य गरेर तीनै जना प्रमुख र मातहतका उच्च अधिकारीलाई रिझाउने गृहकार्य गरेका थिए । हालकै सुरक्षा प्रमुखलाई जेठमा भनिए पनि मंसिरमा हुने आगामी संविधानसभा चुनावसम्म हालकै प्रमुखलाई राखिरहने चुनावी स्वार्थमा प्रधानमन्त्रीले सेवा अवधि थप्ने गृहकार्य सुरु गरेका हुन् । सेवा अवधि थपको निर्णय हुन बा“की छ ।
प्रधानमन्त्रीले गृहमन्त्री विजयकुमार गच्छदारसित मिलेर सबैजसो जिल्लामा आफ्नो स्वार्थअनुरूप कार्य गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पठाएका छन् । गृह र प्रहरी प्रशासन चुनावमा सबभन्दा बढी दुरुपयोग हुने गरेका छन् । माओवादीले चुनावमा जबर्जस्ती गरेमा प्रहरी प्रशासन रमिते हुन सक्ने आशंका पूर्व प्रशासकहरू गर्छन् । स्थानीय निकायको पदाधिकारी नभएका कारण कर्मचारीका भरमा चलाइएका जिविस र नगरपालिकामा समेत सरकारले आफ्नो स्वार्थअनुरूप कार्य गर्ने व्यक्तिलाई छानीछानी स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । त्यही कारण जिविस र नगरपालिकाहरूले आफ्नो बजेट माओवादीले चाहेको ठाउ“मा खर्च गर्दै आएको छ ।

सरकारले युवा स्वरोजगार कोषबाट ६० करोड र स्थानीय विकास मन्त्रालयमार्फत् बजेटमा स्वीकृत कार्यक्रमभन्दा गएर आफ्ना कार्यकर्तालाई ६० करोड रुपैया“भन्दा बढी बा“डिसकेको छ । आफ्ना कार्यकर्तालाई पोस्न थप बा“ड्ने क्रम जारी रहेको सरकारी अधिकारी बताउ“छन् । चुनाव आफ्नो पक्षमा पार्न माओवादीका ठूला नेताको गृह जिल्ला तथा निर्वाचन क्षेत्र लक्ष्यित गरी रकम बा“डिएको छ ।
सरकारले राज्य कोषबाट चार हजार अयोग्य लडाकुलाई खुसी पार्न २÷२ लाख रुपैया“ राज्य कोषबाट बा“डिसकेको छ । सरकारले जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई दोस्रोपटक २÷२ लाख रुपैया“ राहत बा“ड्यो । तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारकै पालामा उनीहरूलाई राहत रकम बा“डिसकिएको थियो । जनयुद्धमा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई खुसी पारेर फुटेर गएको नेकपा–माओवादीतिर नजाने वातावरण बनाउन दोस्रोपटक राहत रकम बा“डिएको हो । समायोजनमा गएका १० हजारभन्दा बढी लडाकुलाई ८ लाख रुपैया“को हाराहारीमा पुनःस्थापना रकम दिइसकिएको छ । माओवादी नेतृत्वको सरकारले देशभर आफ्नो राजनीतिक वर्चस्व कायम गर्न कार्यकर्तालाई खुसी पार्न राज्यको ढुकुटीबाट अर्बौं रुपैया“ बा“डिएको हो ।
ठूला आयोजना, राष्ट्रबैंक, सम्पूर्ण संस्थान, विकास समितिमा माओवादी र मधेसी मोर्चाका मान्छेलाई भर्ती गरिएको छ । सम्बन्धित निकायका लागि योग्यभन्दा पनि पार्टीको पक्षमा कार्य गर्ने व्यक्तिलाई छानीछानी नियुक्ति गरिएको छ । २ खर्ब लागत लाग्ने दुई ठूला जलाशययुक्त आयोजना बुढी गण्डकी र नलसिंगाड विकास समितिको कार्यकारी अध्यक्षमा एक मेगावाटको आयोजना बनाएको अनुभवसमेत नभएका आफ्ना पार्टी कार्यकर्तालाई नियुक्ति गरिएको छ । बुढी गण्डकीमा प्रधानमन्त्री भट्टराईका गृह जिल्लाबासी लक्ष्मीप्रसाद देवकोटा र नलसिंगाडमा माओवादी कार्यकर्ता शेरबहादुर शाहीलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ । प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (आयोजना प्रमुख) पूर्व निर्णयविपरीत त्यति ठूलो आयोजना विकास समितिका अनुभवहीन कार्यकारी अधिकारीलाई प्रशासनिकदेखि आर्थिक कारोबारको सम्पूर्ण अधिकार दिइएको छ ।
सार्वजनिक संस्थानहरूमा पार्टी र आफ्नो पकड कायम गर्न प्रधानमन्त्रीले आफ्ना जिल्लाबासी, सहकर्मी र पत्नी हिसिला यमीका नातेदारलाई नियुक्त गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा विधिवत निर्वाचित अध्यक्षलाई हटाएर हिसिलाका दिदी तिमिला यमीलाई नियुक्त गरिएको छ । अर्को महत्वपूर्ण निकाय उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा योगेश्वरकृष्ण पराजुलीलाई नियुक्त गरिएको छ । पराजुली भट्टराईका स्कुले साथी हुन् । सम्पूर्ण बैंकहरूलाई नियमन गर्ने र सरकारलाई आर्थिक नीतिका बारेमा सुझाव दिने राष्ट्रबैंकको सञ्चालक समितिमा समेत प्रधानमन्त्रीले पकड जमाएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रबैंकको सात जनाको सञ्चालक समितिमा पूर्वसचिव रामहरि अर्याल, आफू अर्थमन्त्री हु“दाका आर्थिक सल्लाहकार श्रीराम पौडेल र पत्नी यमीका आफन्त बीकेमान सिंहलाई सदस्य नियुक्त गरेका छन् । सञ्चालक समितिको पदेन सदस्य अर्थसचिव शान्तराज सुवेदीसमेत माओवादीको स्वार्थअनुकूल कार्य गर्ने व्यक्ति भएकाले राष्ट्रबैंकको निर्णयमा प्रधानमन्त्री हावी हुनेछन् ।






अर्थमन्त्रालयलाई बीपीसीमा यूएमएनको शेयर हैसियतसम्बन्धमा प्रस्ट पार्न ताकेता

सरकारलाई हस्तान्तरण हुनुपर्ने बीपीसीमा रहेको युनाइटेड मिसन टु नेपालको शेयर प्रधानमन्त्रीसहित विभिन्न मुलुकका कूटनीतिज्ञद्वारा विवादास्पद संस्था यूएमनलाई दिन तीव्र दबाब
काठमाडौं, १५ फागुन–  ऊर्जा मन्त्रालयले बुटवल पावर कम्पनीमा विवादास्पद अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युनाइटेड मिसन टु नेपालको शेयरको हैसियतबारेमा मन्त्रिपरिषदले गरेको पछिल्लो निर्णयको आशय र कानुनी अवस्था स्पष्ट रूपमा खुलाउन अर्थमन्त्रालयलाई पुनः पत्र पठाई ताकेता गरेको छ ।
ऊर्जा मन्त्रालयले अर्थमन्त्रालयको रायको आधारमा मन्त्रिपरिषदले आफ्नो पूर्व निर्णय उल्टाई बुटवल पावर कम्पनीमा रहेको शेयर खरिद नगर्ने भनी गरेको विवादास्पद र अस्पष्ट निर्णयको आशय प्रस्ट पार्न शुक्रबार दोस्रोपटक पठाई लिखित रूपमा ताकेता गरेको जानकारी स्रोतले दिए ।
ऊर्जा मन्त्रालयले मन्त्रिपरिषदको शेयर खरिद नगर्ने निर्णय यूएमएनलाई नै शेयर दिने भनेको हो कि सरकारले बेच्ने भनेको हो भन्ने प्रस्ट नभएको उल्लेख गर्दै ऊर्जा मन्त्रालयलाई त्यसबारेमा स्पष्ट खुलाउन आग्रह गरेको हो ।
नर्वेसहित विभिन्न युरोपेली मुलुकका कूटनीतिज्ञले बीपीसीको शेयर यूएमनलाई नै दिन प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई तीव्र दबाब दिंदै आएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले यूएमनलाई शेयरको अख्तियारी दिन ऊर्जासचिव हरिराम कोइरालालाई दबाब दिइरहेका बेला ऊर्जा मन्त्रालयले अर्थसित सरकारले शेयर खरिद नगर्ने भनी गरेको निर्णयको आशय प्रस्ट पार्न ताकेता गरेको हो । भट्टराईले नै ऊर्जा मन्त्रालयको कार्यभारसमेत सम्हाल्दै आएका छन् ।
युनाइटेड मिसन टु नेपाल नामक गैर सरकारी संस्था खारेज भइसकेको अवस्थामा मन्त्रिपरिषदले बीपीसीमा रहेका उसको शेयर खरिद नगर्ने भनी गरेको निर्णय प्रस्ट नभएको हुनाले त्यसको आशय स्पष्ट रूपमा खुलाउन ताकेता गरिएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
समाज कल्याण परिषदमा दर्ता भई समाज सेवाको नाममा क्रिस्चियन धर्म प्रचारको कार्य गरिरहेको युनाइटेड मिसन टु नेपालको बीपीसीमा २ प्रतिशत शेयर थियो, वर्तमान मूल्यमा बीपीसीमा २ अर्बभन्दा बढीको लगानी छ भने उच्च दरको नाफामा रहेको उसको प्रतिशेयर मूल्य ९ सय रुपैया“को हाराहारीमा छ । मुलुकमा सशस्त्र द्वन्द्व चर्किएपछि युनाइटेड मिसन टु नेपाल कार्यालय बन्द गरी फर्किएको थियो । सामाजिक संस्था दर्ता ऐनमा सामाजिक संस्था खारेज भएपछि उसको नाममा रहेको सम्पत्ति स्वतः सरकारको हुने व्यवस्था छ । नवीकरण नभएपछि संस्था खारेज हुने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषदले २०६७ पुसमा युनाइटेड मिसन टु नेपाल खारेज भइसकेकाले सामाजिक संस्था दर्ता ऐन त्यसको सम्पूर्ण सम्पत्ति स्वतः सरकारीकरण हुने उल्लेख गर्दै बीपीसीमा रहेको सम्पूर्ण शेयर सरकारको नाममा हस्तान्तरण गर्ने निर्णय गरी प्रक्रिया अघि बढाउन ऊर्जा र अर्थमन्त्रालयलाई निर्देश गरेको थियो ।
शान्ति प्रक्रिया सुरु भएपछि युनाइटेड मिसन टु नेपालका तत्कालीन अधिकारीहरूले नेपालमा आफ्नो संस्थाको कानुनी हैसियत समाप्त भइसकेकाले बेलायतमा यूएमएन संस्था दर्ता गरी नेपाल फर्किएर उक्त शेयर माग्न थालेका हुन् । यूएमन संस्था हालै समाज कल्याण परिषदमा दर्ता गरिएको छ । युएमएन नै युनाइटेड मिसन टु नेपाल हो भन्ने दाबी गर्दै बीपीसीको शेयरमा दाबी गरेको हो ।
नर्वेसहित विभिन्न युरोपियन मुलुकले दबाब दिएपछि सरकारले युनाइटेड मिसन टु नेपालको नाममा रहेको शेयर आफ्नो नाममा हस्तान्तरण नगरी निर्णय था“ती राखिरहेको छ । सरकार र प्राधिकरणको समेत लगानी रहेको बीपीसीले २०६८ पुसमा लाभांश वितरणका लागि साधारणसभा गर्न सहमति माग गर्दा ऊर्जा मन्त्रालयले अर्थसित पहिलोपटक राय मागेको थियो । 
अर्थमन्त्रालयले यूएमनको दबाबमा बीपीसीमा युनाइटेड मिसन टु नेपालको शेयर खरिद नगर्ने राय दियो । मन्त्रिपरिषदले २०६८ पुसमा अर्थको रायबमोजिम शेयर आफ्नो नाममा हस्तान्तरण गर्ने निर्णय उल्ट्याई शेयर खरिद नगर्ने निर्णय गरेको हो ।
बीपीसीले तीन महिना अघि सरकारको शेयर खरिद नगर्ने निर्णय यूएमएनलाई नै दिने भनेको हो कि बेच्ने भनेको प्रस्ट नभएको उल्लेख गर्दै ऊर्जा मन्त्रालयलाई त्यसबारेमा प्रस्ट पार्न आग्रह गरेको थियो । अर्थको रायबमोजिम मन्त्रिपरिषदबाट निर्णय नभएकाले सरकारले शेयर खरिद नगर्ने भन्नुको आशय खुलाउन तीन महिनाअघि नै ऊर्जाले अर्थलाई आग्रह गरेको थियो । अर्थले तीन महिनासम्म पनि उत्तर नदिएपछि ऊर्जाले दोस्रोपटक पत्र पठाई ताकेता गरेको हो ।
‘अर्थले निर्णयको आशय के हो स्पष्ट खुलाएपछि बीपीसीलाई त्यसैअनुसार जवाफ पठाउनेछौं’ ऊर्जाका एक अधिकारीले भने । कानुनतः बीपीसीमा रहेको युनाइटेड मिसन टु नेपालको शेयर सरकारीकरण हुनुपर्नेमा अर्थले यूएमनको पक्षमा राय दिएमा आफूहरूले रोक्न नसक्ने चिन्ता ऊर्जाका अधिकारी बताउ“छन् । ‘अर्थले मन्त्रिपरिषदले शेयर खरिद नगर्ने निर्णय गरिसकेकाले बीपीसीको शेयर यथावत् रहने राय दियो भने हामी यूएमएनको शेयरलाई वैधता दिन मन्त्रिपरिषदमा प्रस्ताव पठाउन बाध्य हुन्छौं’ ऊर्जाका एक अधिकारीले भने । यूएमनले २ प्रतिशत शेयर पाएमा दस वर्षभन्दा बढीको लाभांशसमेत पाउनेछ । यूएमएन उक्त शेयर र लाभांश लिएर त्यसबाट हुने आम्दानीबाट नेपालमा समाज सेवाको नाममा क्रिस्चियन धर्म प्रचारको कार्य गर्ने तयारीमा छ ।

बुढी गण्डकी र नलसिंगाडमा कार्यकारी अध्यक्ष नियुक्त

प्रधानमन्त्री भट्टराई स्वयंले २ खर्चभन्दा बढी लागतका दुवै आयोजनामा हालीमुहाली गर्न अनुभवहीनलाई आयोजना प्रमुखसहित सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार प्रदान
काठमाडौं, १५ फागुन– ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले विस्तृत इन्जिनियरिङ अध्ययनका क्रममा रहेका निर्माण्ाँधीन दुई ठूला जलाशययुक्त जलविद्युत् आयोजना बूढीगण्डकी र नलसिंगाडमा आङ्खनो प्रत्यÔ हस्तÔेप रहने गरी विकास समितिमा कार्यकारी अध्यÔलाई बनाई सम्पूणर््ँ आर्थिक तथा प्रशासनिक अधिकार दिएका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदको पछिल्लो बैठकबाट दुवै बुढी गण्डकी र नलसिंगाड विकास समिति गठन आदेश संशोधन गरी यसअघि अध्यक्षमात्र नियुक्त दुवै जनालाई आयोजना प्रमुखसहित सम्पूणर््ँ आर्थिक तथा प्रशासनिक अधिकार दिन कार्यकारी अध्यक्षलाई बनाएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् ।
खुल्ला प्रतिस्पर्धाबाट आयोजना प्रमुख या प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने सरकारको घोषित नीति र निर्णयविपरीत प्रधानमन्त्रीले दुई खर्बभन्दा बढी लागतका यी दुई आयोजनामा आफ्ना गृह जिल्लाबासी र कार्यकर्तालाई कार्यकारी अध्यक्ष बनाएका छन् । यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट निर्णय गराई ६ सय मेगावाटको बुढी गण्डकीको विकास समितिमा आफ्ना गृह जिल्लाबासी लक्ष्मीप्रसाद देवकोटा र ४ सय मेगावाट क्षमताको नलसिंगाड आयोजना विकास समितिको अध्यक्षमा माओवादी पार्टीमा आवद्ध शिक्षक शेरबहादुर शाहीलाई नियुक्त गरेका थिए ।  प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट विकास समिति गठन आदेश संशोधन गरी दुवै जनालाई कार्यकारी अध्यक्ष बनाएका हुन् । यसअघि खुल्ला प्रतिस्पर्धाबाट आयोजना प्रमुख या प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न दुवै आयोजना विकास समितिमा अध्यक्षमात्र नियुक्त गरिएको हो ।
‘विकास समिति गठन आदेश संशोधन गरी दुवै जना कार्यकारी अध्यक्षलाई आयोजना प्रमुखसहित सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार दिइएको छ । यसअघि आयोजना विकास समितिका कार्यकारी अध्यक्ष राखिने परम्परा थिएन’ ऊर्जा एक अधिकारीले भने । मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्दा गठित विकास समितिमा तत्कालीन जलस्रोत सचिव अध्यक्ष थिए । यसअघि खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म मन्त्रालयले तोकेको प्राविधिक सहसचिव कार्यकारी निर्देशक रहने व्यवस्था थियो ।
प्रधानमन्त्रीले अनुभवहीन देवकोटा र शाहीलाई कार्यकारी अध्यक्ष बनाउ“दा विकास समिति गठन आदेशलाई उल्लंघन गरेको ऊर्जा मन्त्रालयका अधिकारीले दिए । गठन आदेशमा विद्युत् आयोजना निर्माणमा दस वर्षको अनुभव भएको व्यक्ति कार्यकारी अध्यक्ष हुने व्यवस्था छ । दुवै कार्यकारी अध्यक्ष जलविद्युत् क्षेत्रमा कार्यरत व्यक्ति होइनन् ।
शाही जलविद्युत्स“ग सरोकारवाला व्यक्ति होइनन्, उनी यसअघि शिक्षक थिए । देवकोटा हाइड्रोलिक इन्जिनियर भए पनि विद्युत् आयोजना बनाएको अनुभव छैन । देवकोटा प्रधानमन्त्रीको गृहजिल्ला गोरखावासी हुन् भने शाही माओवादी समर्थक शिक्षक । देवकोटा यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अध्यÔ र योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
कार्यकारी अध्यÔलाई कार्यालयमा पूणर््ँ समय रही आयोजनामा कर्मचारी नियुक्त गर्ने, चेक काट्नेसहितको सम्पूणर््ँ कार्यकारी अधिकार हुनेछ । ‘प्रधानमन्त्री भट्टराईबाट नियुक्त दुवै जना कार्यकारी अध्यÔ दुवै आयोजनामा अधिकारसम्पन्न आयोजना प्रमुख हुनेछन् भने उनीहरूमार्फत दुवै आयोजनामा प्रधानमन्त्रीको प्रत्यÔ हालीमुहाली चल्नेछ’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ”दुवै आयोजनामा मन्त्रालय र प्राधिकरण्ँका अनुभवी अधिकारीको कुनै अधिकार रहने छैन ।’ विकास समितिमा अनुभवहीन व्यक्तिलाई कार्यकारी अध्यक्ष बनाइएको र मन्त्रालय, विभाग तथा प्राधिकरण्ँका अनुभवी अधिकारीलाई आयोजनामा खासै भूमिका नदिइएकाले बुढी गण्डकी र नलसिंगाड निर्माण्ँ हुनेमा आशंका बढेको सम्बद्ध अधिकारीले बताए ।
संशोधित विकास समिति गठन आदेशमा कार्यकारी अध्यक्षसहित ऊर्जा, अर्थ र कानुन मन्त्रालयका सहसचिव र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई सदस्य र दुई जना विज्ञ राख्ने व्यवस्था गरिएको छ । ऊर्जा मन्त्रालयका दुई सहसचिवमध्ये श्रीरञ्जन लाकौललाई बुढी गण्डकी र सुनिलबहादुर मल्ललाई नलसिंगाड विकास समितिको सदस्य नियुक्त गरिएको छ । विकास समिति सदस्यका लागि अर्थ र कानुन मन्त्रालयका सहसचिव तोकिन बा“की छ । संशोधित गठन आदेशमा वन र वातावरण मन्त्रालयका सहसचिव राख्ने हटाइएको छ । आयोजना निर्माण गर्दा यसअघि वन र वातावरण मन्त्रालयसित समन्वय मिलाउन ती मन्त्रालयका एक÷एक सहसचिव सदस्य राख्ने व्यवस्था हटाइएको छ ।
बुढी गण्डकीमा चिलिमे आयोजनाका पूर्वप्रमुख डम्बरबहादुर नेपालीलाई विज्ञ नियुक्ति गरिएको छ, अर्को एक जना विज्ञ नियुक्त हुन बा“की छ । नलसिंगाडमा भने विज्ञबाट ज्ञानेश्वर कार्की र कृष्ण शर्मालाई सदस्य नियुक्ति गरिएको छ ।

Friday, February 22, 2013

अख्तियारद्वारा जथाभावी योजना नबाँड्न सरकारलाई निर्देशन

काठमाडौं, ११ फागुन– सरकारले बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर आफ्ना कार्यकर्तालाई अन्धाधुन्द रूपमा योजना बा“ड्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई त्यसलाई रोक्न निर्देशन दिएको छ ।
अख्तियारले बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर योजना बा“ड्नु कानुनविपरीत भएको उल्लेख गर्दै सरकारलाई शुक्रबार पत्र पठाई अब आइन्दा त्यसरी रकम नबा“ड्न लिखित निर्देशन दिएको जानकारी सरकारी अधिकारीले दिएका छन् । त्यस्ता कार्यक्रमका लागि विनियोजित रकमसमेत निकासा नदिनसमेत निर्देशन दिइएको जानकारी अख्तियारका अधिकारीले दिए ।
अर्थमन्त्रालयसहित स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायातलगायतका विकासे मन्त्रालयका मन्त्रीहरूले योजना आयोगबाट स्वीकृत नगराई आफूखुसी धमाधम आफ्नो गृह जिल्ला र कार्यकर्तालाई एक अर्ब रुपैया“भन्दा बढी रकमको योजना बा“डिसकेका छन् ।
स्थानीय विकासमन्त्री एवं माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मात्र बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर ‘जनसहभागिता कार्यक्रम’ का नाममा ५० करोड रुपैया“ बराबरको योजना आफ्ना कार्यकर्तालाई बा“डिसकेका छन् ।
 स्थानीय विकासले पहिलो चरणमा जनसहभागिता कार्यक्रमका नाममा २० करोड रुपैया“ बा“डेको थियो । मन्त्री श्रेष्ठको निर्देशनमा स्थानीय विकास सचिव शान्तबहादुर श्रेष्ठले लाचार भएर माओवादी कार्यकर्तालाई योजना बा“डेका हुन् । त्यसको लगत्तै अर्थमन्त्री वर्षमान पुनले उक्त कार्यक्रमलाई थप ३० करोड रुपैया“ दिइसकेका छन् ।
योजना आयोगबाट स्वीकृत कार्यक्रममा मात्र सरकारले बजेट विनियोजन गर्ने कानुनी व्यवस्थाविपरीत अर्थमन्त्रालयबाटै योजना छनौट गरेर स्थानीय विकास मन्त्रालयमार्फत जिविसलाई अख्तियारी दिएर रकम बा“ड्ने गरिएको छ ।
अर्थमन्त्री पुनले स्थानीय विकासमार्फत् आफ्नो गृह जिल्ला रोल्पा र निर्वाचन क्षेत्र दक्षिणी ललितपुरमा मात्रै ५÷५ रुपैया“ करोडको योजना आफ्ना कार्यकर्तालाई बा“डेका छन् । यस्तो रकम विकासनिर्माण गर्नभन्दा आफ्ना कार्यकर्तालाई कमाइ खाने व्यवस्था गर्न वितरण हुने गरेको आशंका अख्तियारको छ ।
भौतिक योजना मन्त्रालयले समेत बजेटमा स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर २० करोडभन्दा बढीको योजना बा“डिसकेको स्रोतले उल्लेख गरेको छ । अरू विकासे मन्त्रालयका मन्त्रीले समेत आ–आफ्ना गृह जिल्लामा आफ्ना कार्यकर्तामार्फत् ठूलो रकम बा“ड्दै आएका छन् ।
अख्तियारले कुनै पनि संस्था र आफ्नो पार्टी विशेषलाई सहयोग पु¥याउने निकायलाई राज्यको ढुकुटीबाट रकम नबा“ड्नसमेत मन्त्रिपरिषदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय गराई माओवादीको वैचारिक तथा नीतिगत प्रचारप्रसार गर्न खोलिएको ‘माक्र्सवादी गुरुकुल’ नामक संस्थालाई ५० लाख रुपैया“ दिएपछि अख्तियारले जथाभावी सहयोग बा“ड्न निर्देशन दिएको हो ।

सरकारद्वारा कार्यकर्ता पोस्न ऋण तथा ब्याज मिनाहाको निर्णय

काठमाडौं, ११ फागुन– चार वर्षअघि तीस हजार रुपैया“सम्मको ऋण तथा ब्याज मिनाहा दिएर सरकारी वित्तीय संस्थालाई धरासायी बनाएका प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषदबाट पुनः द्वन्द्वपीडितका नाममा सत्तारूढ माओवादी र मधेसी मोर्चाका कार्यकर्तालाई पोस्न पुनः ऋण मिनाहा दिने निर्णय गराएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले द्वन्द्वपीडितका नाममा पा“चवटा सरकारी बैंकबाट आफ्ना कार्यकर्ताले लिएको ऋण तथा ब्याज मिनाहा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको ऋणको ब्याज र अन्य दस्तुर सम्बन्धित बैंकले मिनाहा गर्नुपर्ने निर्णयले ती पा“चवटा वित्तीय संस्था धरासायी हुने चिन्ता सरकारी अधिकारीले व्यक्त गरेका छन् ।
अर्थमन्त्रालयको प्रस्तावमा सरकारले साना किसान तथा घरेलु उद्यमीलाई ऋण मिनाहा सम्बन्धी कार्यविधि २०६५ लाई संशोधन गरी द्वन्द्व पीडितलाई ऋण तथा ब्याज मिनाहा गर्ने निर्णय गरेको हो ।
सरकारले माओवादीको ‘जनयुद्ध’, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा मारिएका, बेपत्ता पारिएका व्यक्तिका परिवार र घाइते तथा अंगभंग भएका व्यक्तिले लिएको ऋण तथा ब्याज ३० हजार रुपैया“सम्मको ऋणको सा“वा ब्याज दुवै र एक लाख रुपैया“ ऋणको ब्याज मिनाहा दिने निर्णय गरेको छ । सरकारले ०६९ चैतसम्मका लागि द्वन्द्वपीडितका नाममा आफ्ना कार्यकर्तालाई ऋण र ब्याज मिनाहाको मौका दिएको छ ।
मन्त्रिपरिषदले द्वन्द्वपीडितको ऋण मिनाहा गरेको रकमको बैंकहरूलाई सोधभर्ना दिने निर्णय गरेको छ । सरकारले ब्याज र अन्य दस्तुर भने सम्बन्धित बैंकहरूले बेहोर्नुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयबाट पा“चवटा सरकारी बैंकलाई ठूलो घाटा लाग्ने सम्बन्धित अधिकारी बताउ“छन् ।
सरकारले साना किसान विकास बैंक, लघु वित्त विकास बैंक, कृषि विकास नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट आफ्ना कार्यकर्ताले लिएको ऋण तथा ब्याज मिनाहा दिन लागेको हो । भट्टराईले अर्थमन्त्री हु“दा साना किसान तथा घरेलु उद्यमीलाई ३० हजार रुपैया“सम्मको ऋण र ब्याज दुवै र १ लाख रुपैया“को ब्याज मिनाहा दिएका थिए ।
ती पा“चवटा वित्तीय संस्थाबाट १ लाख या सोभन्दा कम ऋण प्रवाह भएको रकम २ अर्बभन्दा बढी रकम रहेको अनुमान द्वन्द्व पीडितलाई ऋण र ब्याज मिनाहा गर्दा पर्ने लाग्ने खर्चको विश्लेषण गर्ने सरकारी अधिकारीको छ । तर, सरकारले सत्तारूढ पार्टीका कार्यकर्तालाई ऋण तथा ब्याज मिनाहा दिन लागेकाले त्यसका लागि कति रकम लाग्ने भन्ने कुरा निर्णय र प्रस्ताव दुवैमा नखोलेको जानकारी स्रोतले दिए ।
माओवादी द्वन्द्वका क्रममा राज्य र विद्रोहीबाट मारिएका व्यक्तिको संख्या जम्मा १३ हजार हो । तर, सरकारले द्वन्द्वमा मारिएका १८ हजारभन्दा बढी व्यक्तिका परिवारलाई राहत रकम बा“डिसकेको छ । द्वन्द्वका क्रममा मारिएको व्यक्तिको परिवारको नाममा राहत रकम लिन शान्ति तथा पुननिर्माण मन्त्रालयमा निवेदन लिएर आउने क्रम अझै जारी छ । यो नै द्वन्द्व पीडितका नाममा ऋण तथा ब्याज मिनाहा दिंदा राज्यको ढुकुटीको चरम दुरुपयोग हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।
सरकारको विभिन्न बहानामा बारम्बार ऋण र ब्याज मिनाहा दिने नीतिले ऋण नतिर्ने प्रवृत्ति बढ्ने र यसले गर्दा बैंकहरू आर्थिक रूपमा धरासायी हुनेछन् । यस्तो प्रवृत्तिले निजी वाणिज्य तथा विकास बैंकहरूलाई असर पार्नेछ । निजी बैंकले आफ्नो कुल लगानीको दूई प्रतिशत रकम आर्थिकरूपमा पछाडि परेका क्षेत्रमा ऋण प्रवाह गर्नुपर्छ । ऋण मिनाहा दिने नीतिका कारण निजी बैंकहरूको यस्तो ऋणसमेत सम्बन्धित व्यक्तिहरूले नतिर्ने प्रवृत्ति बढ्नेछ ।



Thursday, February 21, 2013

चार देशमा कूटनीतिक नियोग खोल्ने निर्णय

मन्त्रिपरिषद बैठक
काठमाडौं, १० फागुन– धेरै नेपाली कामदार कार्यरत रहेको र बढी व्यापारिक कारोबार भएका चार मुलुकमा कूटनीतिक नियोग खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले दुई खाडी राष्ट्र बहराइन र ओमानमा राजदूतावास र उत्तरी छिमकी मुलुक चीनको ग्वाङ्झाउ र साउदी अरबको जेद्दामा महावाणिज्य दुतावास खोल्ने निणर््ँय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए ।
साउदी अरब, बहराइन र ओमानमा लाखौं नेपाली कार्यरत छन् । नेपाली कामदारले भोगिरहेको समस्या समाधान गर्न, ती देशबाट मुलुकको भौतिक विकासमा सहयोग जुटाउने तथा व्यापार विस्तारको वातावरण बनाउन दुतावास खोल्ने निर्णय गरिएको जानकारी सरकारी अधिकारीले दिए ।
ग्वाङझाउ नेपालसित सबभन्दा बढी व्यापार हुने चीनको सबभन्दा ठूलो व्यापारिक सहर हो । त्यहा“ चीनसितको व्यापार विस्तार र सरलीकरणका लागि महावाणिज्य दूतावास खोल्ने निर्णय गरिएको हो ।
सरकारले उज्वेकिस्तान र सामोआस“ग कूटनीतिक सम्बन्ध कायम गर्ने निणर््ँयसमेत गरेको छ । परराष्ट्र मन्त्रालयले स्पेनमा समेत राजदूतावास खोल्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावबारेमा निर्णय हुन बा“की छ ।
बहराइन र ओमानमा परराष्ट्रमन्त्रालयका उपसचिव सरहका राजदूत रहनेछन् भने एक जना नायव सुब्बाको दरबन्दी रहनेछ । ती दुवै देशका दुतावासमा नेपाली कामदारको पक्षमा कार्य गर्न गर्न एक÷एक जना श्रम सहचारीसमेत राखिनेछ ।
चीनको ग्वाङझाउमा सरकारका सहसचिवको नेतृत्वमा महावाणिज्य दूतवासको कार्यालय खोलिनेछ । साउदी अरबको जेद्दामा भने सरकारका उपसचिवको नेतृत्वमा महावाणिज्य दूतावास खोलिनेछ ।
विभिन्न निकायमा पदाधिकारी नियुक्त
मन्त्रिपरिÈदले कृÈि विकास मन्त्रालयअन्तर्गतको पशु चिकित्सा परिÈद्को अध्यÔमा धनराज रताला, रजिस्टारमा डा नारायण्ँ घिमिरे र सदस्यसचिवमा डा सीताराम अर्याललाई नियुक्त गरेको छ ।
उदयपुरको त्रियुगामा रहेको अव्यवस्थित जग्गा दर्ताका लागि समिति गठन गरेको छ भने पूणर््ँचन्द्र पौडेलको अध्यÔतामा नगर सेवा निर्धारण्ँ समिति गठन गर्ने निणर््ँयसमेत मन्त्रिपरिÈद्ले गरेको जानकारी यादवले दिए ।
मन्त्रिपरिÈद्ले बीपी कोइराला विज्ञान संग्रहालय विकास समितिको अध्यÔ श्रीहर्ष कोइरालालाई हटाई शोभाकान्त लामिछानेलाई नियुक्त गरेको छ । नेपाल पारवहन व्यवस्था कम्पनी लिमिटेडको कार्यकारी निर्देशक उग्रसेन राना र व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक सुरेन्द्रधर सिग्देलको राजीनामा स्वीकृत गरिएको छ ।
सेडामा प्रधान उम्मेदवार
सरकारले अन्तर्राष्ट्रिय रूपमा महिला अधिकारका Ôेत्रमा काम गर्ने संस्था सेडाको केन्द्रीय कार्यकारिणीमा २०१५–२०१८ का लागि महिला अधिकारकर्मी सपना प्रधान मल्ललाई नेपालको तर्फबाट उम्मेदवार बनाउने निणर््ँय गरेको छ ।

गरिब परिचयपत्र कार्यविधि पारित
गरिबी घरपरिवार परिचयपत्र वितरण्ँका लागि तयार पारिएको आर्थिक कार्यविधि २०६९ पारित गरिएको छ । सगरमाथा आरोहण्ँको हिरक महोत्सव मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा समिति गठन गरिएको छ।
कोइराला प्रतिष्ठानलाई पौने ३० लाख
मन्त्रिपरिषदले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउन्डेसन मण्डिखाटारका लागि २९ लाख ६६ हजार रुपैया“ जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा दिने निणर््ँय गरेको छ ।
भौतिक योजना मन्त्रालयको नाम परिवर्तन
सरकारले भौतिक योजना, निर्माण्ँ तथा यातायात व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राखेको जानकारी यादवले दिए ।


Wednesday, February 20, 2013

काली गण्डकीमा ९ करोड युनिट बिजुली खेर फालियो

काठमाडौं, १० फागुन– मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला विद्युत् प्राधिकरणका केही अधिकारीको गैरजिम्मेवारी र लापर्वाहीका कारण १४४ मेगावाटको काली गण्डकी आयोजनाबाट करोडौं मूल्यबराबरको विद्युत् उत्पादन गर्ने पानी खेर फालिएको जानकारी स्रोतले दिएको छ ।
हिउ“दे वर्षाको दोस्रो दिन आइतबार काली गण्डकीको भरिभराउ भएको जलाशयबाट विद्युत् उत्पादन नगरी बेलुका पा“चदेखि राति साढे १० बजेसम्म ड्यामको एउटा गेट खोलेर पानी खेर फालिएको जानकारी आयोजनाका एक कर्मचारीले जानकारी दिए ।
काली गण्डकीबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने १३२ केभी क्षमताका तीनवटै ब्रेकर बिग्रिएपछि विद्युत् उत्पादन बन्द गर्न नपाएपछि उक्त आयोजनाको जलाशयबाट पानी ओफरफ्लो हुन थालेको पानी पा“च घन्टासम्म एउटा गेट खोलेर फालिएको हो हो । काली गण्डकीको बिजुली तीनवटा ब्रेकरमध्ये दुइटाबाट बुटवल र एउटाबाट पोखरा लगिने १३२ केभीको केन्द्रीय प्रसारण लाइनमार्फत् देशभर वितरण गरिन्छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार काली गण्डकीबाट जति परिमाणमा पानी खेर फालियो, त्यसबाट ९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुन्थ्यो । त्यति बिजुलीबाट मुलुकमा आइतबार र शनिबार चार घन्टा लोडसेडिङ घट्थ्यो । उक्त लापर्वाहीका कारण प्राधिकरणलाई साढे पा“च घन्टामै एक करोड रुपैया“ भन्दा बढी घाटा भएको छ ।
हिउ“दे वर्षाबाट नदीमा पानीको सतह बढे पनि शनिबार भार प्रेषण केन्द्रका अधिकारीले बढी बिजुली उत्पादन गर्न नदिएको र साइटमा मर्मत गर्ने इन्जिनियर नभएका कारण ठूलोमात्रामा पानी खेर फाल्नुपरेको जानकारी आयोजनाका एक कर्मचारीले दिए ।
इलेक्ट्रिकल इन्जिनियरद्वय रामदुलाल यादव र गोकुल पुडासैनी साइटमा नभएका कारण ब्रेकर समयमै मर्मत हुन नसकेकाले विद्युत् उत्पादन गर्न नपाएका कारण भारी हिउ“दे वर्षाले जलाशयबाट पानी ओभरफ्लो हुन थालेपछि ड्यामको एउटा गेट साढे पा“च घन्टासम्म खोलेर पानी फालिएको जानकारी दिए ।
ती कर्मचारीका अनुसार हिउ“दे वर्षाको पहिलो दिन शनिबार नदीमा पानीको बहाव बढेको यथार्थलाई बेवास्ता गरी प्राधिकरणको भार प्रेषण केन्द्रले आयोजनालाई विद्युत् उत्पादन बढाउन भन्नुपर्नेमा अघिल्लो दिनको बराबरमात्र उत्पादन गर भनेपछि जलाशय भरिन पुगेको हो । अघिल्लो दिन नै बढी विद्युत् उत्पादन गरिएको भए पानी खेर फाल्नुपर्ने स्थिति आउ“दैनथ्यो ।
अघिल्लो दिन नै भरिइसकेको जलाशयमा दोस्रो दिन आइतबार पनि वर्षा भएपछि पानी ओभरफ्लो भएर बाहिर जान थालेपछि ब्रेकर नबनेसम्मका लागि ड्यामका तीन गेटमध्ये एउटा गेट खोलेर सा“ढे पा“च घन्टा पानी फालिएको हो । साढे पा“च घन्टापछिमात्र इलेक्ट्रिकल इन्जिनियर आएर ब्रेकर मर्मत गरेपछिमात्र विद्युत् उत्पादन सुरु भएको जानकारी ती कर्मचारीले दिए ।
प्राधिकरणलाई यति ठूलो क्षति हुनुमा नदीमा पानी बढे पनि शनिबार बिजुलीको उत्पादन बढाउन नभन्ने भार प्रेषण केन्द्र प्रमुख भुवन क्षेत्री र साइटमा इन्जिनियर भए÷नभएको अनुगमन गर्नुपर्ने ठूला विद्युत् आयोजना सञ्चालन तथा सम्भार विभाग प्रमुख हितेन्द्रदेव शाक्य जिम्मेवार रहेको ती कर्मचारी बताउ“छन् । काली गण्डकीमा ९ लाख युनिट बिजुली उत्पादन गर्ने पानी खेर फालिएकोबारेमा फोनमा प्रतिक्रिया लिन खोज्दा प्राधिकरणका प्रवक्ता शेरसिंह भाटसित सम्पर्क हुन सकेन ।

Monday, February 18, 2013

नेपाल–चीन हवाई वार्ता गर्न पर्यटन सचिवलाई जिम्मा

काठमाडौं, ७ फागुन– सरकारले नेपाल–चीनबीचको हवाई सम्झौता पुनरावलोकनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेसहितका अधिकारीलाई चिनिया“ उड्डयन मन्त्रालयका अधिकारीसित वार्ता गर्ने जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेसहितका अधिकारीलाई उक्त अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
उपाध्याय कामु सचिवमा बढुवा
सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कायममुकाम सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यज्ञ गौतमले ५८ वर्ष उमेर पूरा गरी आइतबारदेखि अवकास पाएपछि रिक्त भएको पदमा उपाध्यायलाई बढुवा गरेको हो । सरकारले दर्जनौं वरिष्ठ सहसचिवलाई पन्छाउ“दै उनलाई कायममुकायम सचिवमा बढुवा गरेको हो ।
सुरक्षा नीति राजनीतिक समितिमा
मन्त्रिपरिषदले गृह मन्त्रालय प्रस्तावित ‘आन्तरिक सुरक्षा नीति २०६९’ थप छलफलका लागि राजनीतिक समितिमा पठाएको छ । सरकारले हनुमानढोका दरबार क्षेत्रभित्र रहेको मन्दिर ढुकुटी खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ ।
कार्यविधि पारित भएपछि पुरातत्व विभाग, हनुमान ढोका दरबार संरक्षण कार्यालयलाई ढुकुटी खोल्ने बाटो खुलेको जानकारी संस्कृति मन्त्रालयका अधिकारीले दिए । सरकारले २९ वटा जिल्ला अस्पताललाई विकास समितिमातहत सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।


Sunday, February 17, 2013

रानालाई तीन वर्षसम्म महानिरीक्षकमा निरन्तरता दिने तयारी

  • चुनावमा प्रहरीलाई आफ्नो स्वार्थअनुकूल चलाउने दाउ
  • प्रहरीको सेवा अवधि ३० बाट बढाएर ३२ वर्ष बनाइने
काठमाडौं, ६ फागुन– बहिगर्मनको क्रममा रहेको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल प्रहरीको सेवा अवधि ३२ वर्ष बनाएर आफू अनुकूलका प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई तीन वर्षसम्म पदमा राखिरहने गृहकार्य अघि बढाएको जानकारी उच्च स्रोतले दिएका छन् । जा“दाजा“दा विभिन्न विवादास्पद कार्य गर्दै भट्टराई सरकारले व्यावसायिक रहनुपर्ने प्रहरी संगठनलाई आफू बाहिरिएपछि पनि आफ्नो स्वार्थ अनुकूल चलाउन त्यस्तो तयारी गरेको हो ।
कमाउ अड्डामा रहने प्रहरीका उच्च अधिकारीहरूको समेत दुई वर्ष सेवा थपिने भएकाले यसमा ठूलो आर्थिक चलखेलसमेत रहेको स्रोतले उल्लेख गरेको छ । प्रधानमन्त्रीले आइतबार मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठकमा यससम्बन्धी प्रस्ताव राख्ने तयारी भइरहेको जानकारी स्रोतले दिए ।
प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीका उच्च अधिकारीको मिलेमतोमा प्रहरी नियमावली संशोधन गरी सेवा अवधि ३२ वर्ष बनाउने तयारी भएको हो । त्यसमा गृह मन्त्रालयका प्रशासनिक अधिकारीलाई संलग्न गराइएको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरी नियमावली संशोधन गरी कात्तिक मसान्तमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकास पाउने रानालाई तीन वर्षसम्म निरन्तरता दिने गरी विवादास्पद गृहकार्य अघि बढाएका हुन् ।
तत्कालीन राजनीतिक सहमति भए पनि आगामी जेठमा संविधानसभा चुनाव सम्भव नभएकाले आगामी कात्तिकमा चुनाव गर्दा आफू अनुकूलका महानिरीक्षक रानालाई राखिरहन भट्टराई सरकारले नियमावली संशोधन गरी प्रहरीको सेवा अवधि ३० वर्षको सट्टा ३२ वर्ष बनाउन लागेको हो । आफ्नो स्वार्थमा कार्य गर्ने महानिरीक्षक भए चुनावमा सत्तारूढ गठबन्धन माओवादी–मधेसी मोर्चालाई फाइदा पुग्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीले नियमावली संशोधन गर्न लागेको हो । प्रधानन्यायाधीशको नेतृत्वका सरकार बने पनि सेवा अवधि थप भएपछि रानासहितका प्रहरीका उच्च अधिकारी गुन तिर्न पनि आफ्नो निर्देशनमा चल्ने विश्वास सत्तारूढ गठबन्धनको छ ।
सरकारले प्रहरी नियमावली संशोधन गरी प्रहरीको सेवा अवधि ३२ वर्ष र प्रहरी महानिरीक्षको पदावधि तीन वर्ष गर्न लागेको हो । नियमावली संशोधन गरिएपछि महानिरीक्षक भएको १३ महिनामै अवकास पाउने राना थप २३ महिना पदमा बहाल रहनेछन् ।
सेवा अवधि बढेपछि बहालवाला सात जना एआईजी भीष्म प्रसाईं, नवराज ढकाल, दिनकरसमसेर राणा, पुष्कर रेग्मी, विनोद सिंह, रमेशविक्रम शाह, र गंगा पाण्डे तथा डीआईजी टपेन्द्रध्वज हमाल प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । लाभान्वित हुने यी प्रहरी अधिकारीहरूले समेत आफ्नो पक्षमा कार्य गर्ने र त्यसले चुनावमा माओवादी–मधेसी मार्चालाई सहयोग पुग्ने र अरू नाजायज काम गराउन सकिने दाउमा सत्तारूढ गठबन्धनको छ ।
एआईजीद्वय ढकाल र प्रसाईं अझै रानालाई कुनै बहानामा हटाएर महानिरीक्षक हुने कसरतमा छन् । सेवा अवधि थपिएपछि उनीहरूलाई त्यो कसरतका लागि पर्याप्त समय मिल्ने जानकारी प्रहरी अधिकारीले दिए । सेवा अवधि बढेपछि महानिरीक्षक हुने लाइनमा रहेका डीआईजीहरू उपेन्द्रकान्त अर्याल, राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाहलगायतलाई भने घाटा पुग्नेछ । महानिरीक्षकको पदावधि तीन वर्ष भएपछि यी डीआईजीमध्ये एकले एक वर्षमात्रै महानिरीक्षक हुन पाउनेछन्, जबकि उनीहरूमध्ये एक जना तीन वर्षसम्म महानिरीक्षक हुन पाउ“थे ।
सरकारले नेपाल प्रहरीमा स“गै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा समेत नियमावली संशोधन गरी सेवा अवधि २ वर्ष थप गरी ३२ वर्ष पु¥याउने र महानिरीक्षकको पदावधि तीन वर्ष बनाउने गृहकार्य गरेको छ । यसबाट सशस्त्र महानिरीक्षक कोषराज वन्त र प्रमुख अनुसन्धान अधिकृत मोतीकाजी गुरुङ तथा एआईजी र डीआईजीहरूको सेवा अवधि थपिनेछ । सेवा अवधि थपिएपछि ती अधिकारीले समेत माओवादी–मधेसी मोर्चाको स्वार्थअनुकूलको कार्य गर्ने विश्वास प्रधानमन्त्री भट्टराई र गृहमन्त्री गच्छदारको छ ।

सरकारले माथिल्लो सेती आयोजनामा प्राधिकरणसित ब्याज नलिने

  • सरकारले आयोजनाबाट कुल लागतको एक प्रतिशतमात्र सेवा शुल्क लिने
  • विदेशी विनिमयको जोखिम प्राधिकरणले लिने
काठमाडौं, ६ फागुन– सरकारले यसअघिको परम्परा तोड्दै माथिल्लो सेती जलाशययुक्त जलविद्युत् आयोजनामा दातृ निकायसित लिएको ऋणमा विद्युत् प्राधिकरणसित ब्याज नलिने भएको छ । जलाशययुक्त आयोजनाको निर्माणको लागत मह“गो हुने भएकाले माथिल्लो सेती (तनहु“ जलविद्युत् आयोजना) लाई सस्तो बनाउन सरकारले मुख्य दातृ निकायको सुझावमा ब्याज नलिने निर्णय गरेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिएका छन् ।
सरकारले यसअघि दातृ निकायसित लिएको सहुलितयपूर्ण ऋणको विदेशी विनिमयको जोखिम आफूले लिएर ८ प्रतिशत ब्याजमा प्राधिकरणलाई आयोजना निर्माण गर्न रकम उपलब्ध गराउने परम्परा थियो ।  विदेशी विनिमयको जोखिम प्राधिकरणले लिने शर्तमा सरकारले माथिल्लो सेती आयोजनाका लागि चार दातृ निकायसित लिइने सहायतामा ब्याज नलिने नीति अख्तियार गर्न लागेको हो । दातृ निकायको ऋण सहयोगमा पहिलोपटक प्राधिकरणले विदेशी विनिमयको जोखिम आफैं लिन लागेको हो । डलरको भाउ बढेमा ऋण र ब्याज भुक्तानीमा बढ्ने जोखिम प्राधिकरणले लिनुपर्नेछ, यसअघि सरकारले त्यस्तो जोखिम आफैं लिन्थ्यो ।
सरकारले प्राधिकरणले ऋण तिर्न नसकेमा आफूले तिर्ने ग्यारेन्टी बसिदिएको र सहयोग लिन आफ्नातर्फबाट पहल गरेबापत उक्त आयोजनाको कुल लागतको एक प्रतिशतमात्र सेवा शुल्क लिने जानकारी प्राधिकरणका अधिकारीले दिए । सरकारले दातृ निकायबाट प्राप्त सहयोगमा प्राधिकरणसित पहिलोपटक ब्याज नलिन लागेको माथिल्लो सेती पहिलो विद्युत् आयोजना हो ।
करिब ४० अर्ब लागतको माथिल्लो सेती आयोजना निर्माणका लागि जापानी सहयोग नियोग (जाइका) ले १८३.७ (करिब १६ अर्ब रुपैया“), एसियाली विकास बैंक (एडीबी) ले १५० (करिब १३ अर्ब), युरोपियन इन्भेस्टमेन्ट बैंकले ७० (५ अर्ब ९५ करोड) र अबुधावी फन्डले ३० मिलियन अमेरिकी डलर (साढे २ अर्ब रुपैया“) सहयोग दिने भएका छन् । आयोजनाका लागि बा“की नपुग रकम सरकारले बेहोर्नेछ ।्
ऊर्जा मन्त्रालय र प्राधिकरणका अधिकारी तथा जाइका र एडीबीको टोलीसित केही दिनअघि भएको छलफलमा तिनले दिने सहुलियतपूर्ण ऋणको ब्याज तय भएको छ । जाइकाले .१ प्रतिशत र एडीबीले आयोजना निर्माण अवधिभरलाई १ प्रतिशत र विद्युत् उत्पादन सुरु भएपछि १.५ प्रतिशत ब्याजमा ऋण दिने सहमति गरेको जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार ऊर्जा मन्त्रालय तथा प्राधिकरणका अधिकारीबीच बुधबारदेखि युरोपियन इन्भेस्टमेन्ट बैंकको टोलीसित सहयोगका बारेमा वार्ता हु“दैछ । बैंकको टोली मंगलबार नेपाल आउ“दैछ । वार्ताका क्रममा उसले लिने ब्याज तय हुने र सहायतासम्बन्धी सम्झौता गर्ने तिथि तय हुनेछ । बैंकलगत्तै अबुधावी फन्डसितसमेत सहयोग सम्बन्धमा वार्ता गर्ने तयारी सरकारले गरेको । बैंक र फन्ड दुवैले माथिल्लो सेती आयोजनालाई सहुलियतपूर्ण ऋण सहयोग दिने भएका छन् ।
प्राधिकरणले माथिल्लो सेती आयोजना बनाउन आफ्नो स्वामित्वको तनहु“ हाइड्रो पावर कम्पनी स्थापना गरेको छ । प्राधिकरणले कम्पनीमा आफ्नो इक्विटी (शेयर पू“जी) राख्न युरोपियन इन्भेस्टमेन्ट बैंक र अवुधावी फन्डसित सहयोग लिन लागेको हो । वार्षिक साढे ८ अर्ब रुपैया“ घाटामा रहेको प्राधिकरणसित इक्विटी राख्न रकम नभएकाले त्यसका लागिसमेत ऋण लिन लागेको हो ।
कुल ४ सय ५० मिलियन डलर लागत लाग्ने माथिल्लो सेतीमा दातृ निकायबाट करिब ४ सय ३३ मिलियन सहयोग प्राप्त हुने भएको छ । बा“की रकम सरकारले बेहोर्ने भएपछि माथिल्लो सेतीका लागि लगानी जुटेको छ ।
सरकारले माथिल्लो सेती आयोजनाको नाम परिवर्तन गरी ‘तनहु“ जलविद्युत् आयोजना’ राखेको छ । एडीबी, जाइका र युरोपियन इन्भेस्मेन्ट बैंकसित केही दिनभित्रै सहयोगसम्बन्धी सम्झौता हुने जानकारीसमेत प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार अबुधावी फन्डसित भने सहयोग सम्झौता गर्न केही समय लाग्नेछ ।
ऋण सम्झौता हुनासाथ कम्पनीले आयोजना निर्माण्ँका लागि परामर्शदाता र ठेकेदार छनौटका लागि जनवरीमा टेन्डर आह्वान गर्ने भएको छ । परामर्शदाता र ठेकेदार छनौट भएपछि उसले सुरुमा आयोजनाको डिजाइनको पुनर्मूल्यांकन गर्नेछ । आयोजनाको निर्माण्ँ कार्य २०१४ भित्रै सुरु गरी सन् २०२० को जनवरीसम्म सम्पन्न भई कमर्सियल रूपमा विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको जानकारी आयोजना प्रमुख महेश आचार्यले जानकारी दिए ।




Saturday, February 16, 2013

मन्त्रिपरिषदद्वारा जाँदाजाँदै विभिन्न विवादास्पद निर्णय

काठमाडौं, ५ माघ– बहिगर्मनका क्रममा रहेको प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले जाँदाजाँदै नेपाली सेनालाई हेलिकप्टर किन्न ३ अर्ब रुपैया“ दिनेलगायतका विभिन्न महत्वपूर्ण एवं दीर्घकालीन प्रभाव पार्ने विवादास्पद निर्णय गरेको छ । बहिर्गमनका क्रममा रहेको सरकारले आकस्मिकबाहेकका कुनै पनि निर्णय गर्न नपाउने व्यवस्थाविपरीत दीर्घकालीन असर पार्ने महत्पूर्ण निर्णय गरेको हो ।
मन्त्रिपरिÈद्को शुक्रबार बसेको बैठकले ३० सिट Ôमताका एमआई–१७ नामक दुइटा हेलिकप्टर किन्न सेनाले माग गरेको भन्दा ५० करोड बढी अर्थात् तीन अर्ब रुपैया“ दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एव. सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए दिए । जा“दाजा“दै सरकारले सेनालाई खुसी पार्न हेलिकप्टर खरिद गर्न उसले माग गरेभन्दा बढी रकम दिएको हो ।
सरकारले सार्वजनिक खरिद ऐनलाई मिचेर पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बिना प्रतिस्पर्धा सोझै चिनिया“ कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले नागरिक उड्डयन प्राधिकरणको न्यूनतम लागत अनुमान रकममा विमानस्थल निर्माण गर्न चिनिया“ कम्पनीलाई अनुमति दिएको हो । सार्वजनिक खरिद ऐनअनुसार मन्त्रिपरिषद या कुनै पनि सरकारी निकायले बिना प्रतिस्पर्धा कुनै पनि कम्पनीलाई विमानस्थल या कुनै पनि निर्माण कार्य गर्न जिम्मा दिने निर्णय गर्न पाउ“दैन । सरकारले चिनिया“ सरकारलाई खुसी पार्न उसको सरकारी कम्पनीलाई बिना प्रतिस्पर्धा १६ अर्ब रुपैया“भन्दा बढीको विमानस्थल निर्माणको जिम्मा दिएको हो ।
माओवादी नेतृत्वको सरकारले स्थापित परम्परा र नियमावलीविपरीत आफ्नो पार्टी निकटको नेतृत्व रहेका विभिन्न संस्थालाई ठूलोमात्रामा आर्थिक सहायता दिएको छ । सरकारले विपन्न नागरिक कल्याण्ँ कोÈलाई ५ करोड तथा उपेÔित तथा उत्पीडित दलित वर्ग उत्थान समितिलाई ४ लाख अनुदान दिने निणर््ँय गरेको छ । त्यसैगरी दलित आयोगका अध्यÔ र सदस्यलाई ४ लाख ५९ हजार आर्थिक साहयाता दिने निर्णय गरेको छ । दलित आयोगका पदाधिकारीले सरकारबाट मासिक रूपमा तलबभत्ता, बैठक भत्ता र गाडी सुविधा पाउ“छन् । दलित आयोगमा सत्तारूढ माओवादी–मधेसवादी मोर्चासम्बद्ध पदाधिकारी छन् ।
प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा रहेको मक्र्ससिस्ट अध्ययन प्रतिष्ठान (माक्र्ससिस्ट अध्ययन प्रतिष्ठान) लाई ६० लाख रुपैया“ अनुदान सहयोग दिएको केही दिनपछि पनि आफ्नो पार्टी निकट अरू संस्था र पदाधिकारीलाई आर्थिक सहायता दिएका हुन् ।
माओवादी नेतृत्वको सरकारले आफ्नै पार्टी निकट व्यक्तिको नेतृत्वको रहेको चलचित्र विकास कोÈलाई ५० लाख रुपैया“ अनुदान सहयोग दिने निर्णय गरेको छ । सरकारले माओवादीका जनयुद्धकालमा मारिएका घनश्याम ढकाल सहिद स्मृति प्रतिष्ठानलाई  ५० लाख रुपैया“ आर्थिक सहायता दिने निर्णय गरेको छ ।
सरकारले माओवादीका स्थानीय कार्यकर्ताद्वारा सञ्चालित पोखरास्थित सहिद मेमोरियल अस्पताललाई उसले भोगचलन गर्दै आएको सार्वजनिक तथा विभिन्न व्यक्तिको जग्गा भाडा बिना नै पुनः उसैलाई भोगचलन गर्न दिने निर्णय गरेको छ । अस्पतालले भोगचलन गर्दै आएको जग्गाको अवधि हालै सकिएको थियो । माओवादी कार्यकर्ताले उक्त जग्गा जबर्जस्ती भाडा नदिई विभिन्न व्यक्तिको र सार्वजनिक जग्गामा अस्पताल सञ्चालन गर्दै आएका छन् ।
सरकारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा नियुक्त हङकङका महावाणिज्य दूत् विनोदकुमार उपाध्यायलाई हटाई  महेशकुमार दाहाललाई नियुक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री नेपालका भाइ उपाध्यायलाई दुई वर्ष पदावधि छ“दै हटाई अर्थमन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख दाहाललाई नियुक्त गरिएको हो । वाणिज्य हेर्ने प्रशासन समूहका सहसचिवलाई मात्र महावाणिज्यदूत नियुक्त गर्ने व्यवस्थालाई परिवर्तन गरी तत्कालीन प्रधानमन्त्री नेपालले तीन वर्षअघि आफ्ना भाइ मेकानिकल इन्जिनियर उपाध्यायलाई महावाणिज्यदूत नियुक्त गरेका थिए ।
बहिर्गमनका क्रममा रहेको भट्टराई सरकारले दुई महत्वपूर्ण उद्योगका महाप्रबन्धकसमेत परिवर्तन गरेको छ । सरकारले हेटौडा सिमेन्टका महाप्रबन्धकमा सुनिलकुमार झा र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा शिबकुमार पटेललाई नियुक्त गरेको छ ।  सरकारले सगरमाथा अञ्चल अस्पतालको नाम गजेन्द्रनारायण्ँ सिंह सगरमाथा अस्पताल राख्ने निर्णय गरेको छ ।
करिब ६ अर्ब सहयोग
युरोपियन इन्भेस्टमेन्ट बैंकले १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनालाई   ५ अर्ब ९५ करोड सहुलियत पूणर््ँ ऋण्ँ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले बैंकको उक्त सहयोग स्वीकार गर्ने निर्णय गरी सम्झौता गर्ने अख्तियारी अर्थमन्त्रालयलाई दिएको छ ।
६६ जनाको कैद मिहाना
सरकारले ६० प्रतिशत सजाय कटाइसकेका ६६ जनालाई प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्ने निणर््ँय गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूलाई प्रजातन्त्र दिवसका दिनदेखि कैद सजाय मिनाहा गरी रिहा गर्नेछन् ।
सरकारले वनकरिया र राउटेलाई उनीहरूले स्थायी बसोबास गर्दै आएको वन क्षेत्र ४० वर्षका लागि दिने निर्णय गरेको छ । सरकारले माओवादी जनयुद्धका क्रममा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिन परिचयपत्र दिने निर्णयसमेत गरेको छ ।
नेपाल–यूएई हवाई सम्झौता हुने
सरकारले नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच सिधा हवाई सेवा सम्झौता गर्न सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले समितिमा को को छन् भन्ने जानकारी भने दिएको छैन । दूर सञ्चार प्राधिकरणलाई वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक गर्ने अख्तियार दिएको छ । प्राधिकरणमा अध्यक्ष नियुक्त दिगम्बर झालाई कानुनविपरीत नियुक्त भएको भन्दै काम नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि कार्यालयको अत्यावश्यक कार्य सञ्चालन गर्न सरकारले त्यस्तो अख्तियार दिएको हो ।


निर्देशिकाविपरीत रकमै तोकेर कोषमा पैसा जम्मा गर्न आह्वान गर्ने निर्णय

काठमाडौं, ५ माघ– सरकारले राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकाको भावनाविपरीत देशविदेशमा रहेका नेपालीलाई रकमै तोकेर ‘नया“ नेपाल निर्माण कोष’ रकम जम्मा गर्न विशेष आह्वान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वयंसेवक अभियान निर्देशिकामा कोषमा इच्छुक व्यक्तिले स्वेच्छिक रूपमा रकम जम्मा गर्ने व्यवस्था छ । तर, सरकारले उक्त व्यवस्थाविपरीत गैर आवासीय नेपालीलाई रकमै तोकेर १०÷१० अमेरिकी डलर (८ हजार ६ सय रुपैया“) जम्मा गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिमा सरकारले जुनसुकै व्यवसाय या पेशामा रहेका प्रत्येक नेपाली नागरिकलाई एक÷एक दिनको आम्दानी कोषमा जम्मा गर्न आह्वान गर्ने निर्णयसमेत गरेको उल्लेख छ ।
उक्त कोषमा प्रधानमन्त्री बाबुराम भट्टराईले १५, उपप्रधानमन्त्री, मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसम्मले १० देखि १५ र सरकारका मुख्यसचिव तथा सम्पूर्ण सचिवले ५÷५ दिनको तलबबापतको रकम जम्मा गर्ने घोषणा गरेका छन् । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक, विकास समिति, स्थानीय निकाय र संस्थानका कर्मचारीलाई समेत स्वेच्छाले रकम जम्मा गर्न आह्वान गरेको छ ।
उक्त कोषमा जम्मा हुने रकमबाट सरकारले मूलतः बस्ती र नदी सफाइ, खुला दिसामुक्त Ôेत्र घोÈण्ाँ ,खानेपानी, स्वास्थ्य चौकी निर्माण्ँ, कृÈि, सडक, नदी नियन्त्रण्ँ, साÔरता अभियान, खेलकुद मैदान,मठमन्दिरको जीर्णोद्धार ,विपद व्यवस्थापन,लैंगिक हिंसाविरुद्धको अभियान सञ्ंचालन, सामाजिक विकृति (जुवातास र अन्य विकृति) नियन्त्रण्ँ लगायतका Ôेत्रमा स्वंयसेवा अभियान चलाउने निर्णय गरेको छ ।

Thursday, February 14, 2013

काम सुरु नगर्दै दुई विकास आयोगद्वारा धमाधम खर्च

  • ७० लाख सकियो, डेढ करोड माग,
  • सनकका भरमा गठित आयोगका भरमा पछाडि परेको क्षेत्रको विकास हु“दैन : योजनाविद
  • दुई आयोगका लागि प्रशासनिक खर्चमात्रै वर्षको ११ करोडभन्दा बढी हुने
काठमाडौं, ३ फागुन– प्रधानमन्त्री बाबुराम भट्टराई सरकारद्वारा मुलुकको सबभन्दा पिछडिएको सुदूर पश्चिम र कर्णाली अञ्चलको विकासका नाममा गठित दुई आयोगले औपचारिक रुपमा काम सुरु नगर्दै राज्यको ढुकुटीबाट ७० लाख रुपैया“भन्दा बढी खर्च गरिसकेका छन् ।
मन्त्रिपरिषद् कार्यालयका एक  उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीले आफू विकट क्षेत्रको विकासको पक्षमा रहेको देखाउन सस्तो लोकप्रियताका लागि गठित दुई आयोगले कार्यालय स्थापना, सञ्चालन र फर्निचरका लागि भन्दै तत्काल थप १ करोड ४० लाख रुपैया“ खर्च गर्दैछन् । ती दुई आयोगले अर्थ मन्त्रालयसित ७०÷७० लाखका दरले तत्काल १ करोड ४० लाख रुपैया“ उपलब्ध गराउन माग गरेका छन् ।
मुलुकको विकास–निर्माणको योजना तर्जुमादेखि कार्यान्वयन, अनुगमन गर्न योजना आयोग र विभिन्न मन्त्रालय तथा मातहतमा जिल्लादेखि गाविससम्म कार्यालय हु“दाहु“दै हचुवाका भरमा पछाडि परेका क्षेत्रका लागि आफ्नो सरकारको पालामा केही गरेको जस लिन मात्रै हचुवाका भरमा ती दुई आयोग गठन गरेको टिप्पणी योजनाविद्ले गरेका छन् ।
सरकारले दुई आयोगका लागि विशिष्ट श्रेणीको कार्यकारी अधिकृत, दुई सहसचिव, ५ उपसचिव, २५ शाखा अधिकृत र बा“की सहायक कर्मचारी गरी ५०÷५० जनाको दरबन्दी सिर्जना गर्ने गृहकार्य अन्तिम चरणमा पु¥याएको छ ।
दरबन्दी सिर्जना नभएसम्मका लागि हाल ती आयोगमा विभिन्न मन्त्रालयका कर्मचारीलाई काजमा खटाइएको छ । दुवै आयोगका पूर्णकालीन अध्यक्षसहित कर्मचारीको तलबभत्तामा मात्र वर्षेनि ६ करोड रुपैया“भन्दा बढी र कार्यालय सञ्चालन, बैठक भत्तालगायतमा थप ५ करोड रुपैया“ खर्च हुने ती अधिकारीले जनाए ।
सुदूर पश्चिम आयोगमा जगदीश पाल र कर्णाली विकास आयोगमा कुलबहादुर रोकाय अध्यक्ष नियुक्त गरिएका छन् । विकास आयोगका अध्यक्षलाई योजना आयोगका उपाध्यक्षलाई सरह मन्त्रीसरहको तलबभत्ता, गाडी, सञ्चार सुविधा र मसलन्दलगायतको सुविधा दिइएको छ । बैठकमा मात्रै सहभागी हुने सदस्यहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।
‘सुदूर पश्चिम र कर्णालीको विकासका नाममा हचुवाका भरमा गठन गरिएका आयोगका नाममा वर्षेनि जति ठूलो रकम प्रशासनिक खर्च गरिंदैछ, त्यति रकम सदुपयोग गर्ने हो भने हरेक वर्ष ती क्षेत्रको विकासनिर्माण र गरिबी निवारणमा ठूलो योगदान पुग्थ्यो । त्यति रकमले हरेक वर्ष ती क्षेत्रमा सुविधासम्पन्न अस्पताल र विश्वविद्यालय नै खोल्न सकिन्छ, जुन रकम प्रशासनिक खर्चका नाम दुरुपयोग हु“दैछ’ ती सरकारी अधिकारीले भने ।
कर्णाली विकास आयोग भदौ २५ र सुदूर पश्चिम आयोग कात्तिक १० मा गठन गरिएको हो । सरकारले सुदूर पश्चिम र कर्णाली विकास आयोग गठन आदेश जारी गरेको छ । कर्णाली विकास आयोग गठन भएको पा“च महिना र कर्णाली आयोग गठन भएको चार महिना भइसक्ता पनि सरकारले दुवैमा आंशिक पदाधिकारीमात्र नियुक्त गरेको छ ।
पूरा पदाधिकारी नियुक्त गर्न गरिएको ढिलाइले मुलुकको सबभन्दा पछाडि परेका विकट क्षेत्रका जनतालाई उनीहरूका समुन्नतिका निम्ति सरकारले विकास आयोग नै गठन गरेको भ्रम पार्न मात्र आयोग गठन गरेको पुष्टि हुने सरकारी अधिकारी बताउ“छन् ।
अध्यक्ष र पा“च÷पा“च सदस्य रहने ती आयोगमध्ये कर्णालीमा अध्यक्ष र दुई सदस्य तथा सुदूर पश्चिममा अध्यक्ष र एक सदस्यमात्र नियुक्त भएका छन् । यति लामो समयसम्म सरकारले दुवैमा बा“की पदाधिकारी नियुक्त गर्र्न चासो दिएको छैन ।
पछाडि परेका दुई क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र गरिबी निवारणको रणनीति बनाई लागू गर्ने अधिकार दिइएका दुवै आयोगमा पदाधिकारी भने विकास निर्माणमा कुनै अनुभव नभएका माओवादीसहित सत्तारूढ गठबन्धन दलका कार्यकर्ता भएका आधारमा नियुक्त गरिएको सरकारी अधिकारीले बताए  । ‘त्यती ठूलो दायित्व दिइएका आयोगका पदाधिकारी विकासनिर्माण र पछाडि परेको क्षेत्रको उत्थानका विषयमा कुनै अनुभव नभएका आलाका“चाजस्ता मात्र छन्, उनीहरू ती क्षेत्रको विकास गर्नभन्दा जागिर खान आएकाजस्तामात्र छन्’ आयोगकै एक कर्मचारीले भने ।
योजना आयोगका पूर्व उपाध्यक्ष योजनाविद् पिताम्बर शर्माले पनि पद्धतिबाहिर गएर ‘सनक’ का भरमा बनाइएका यस्ता आयोग गठनले मात्रै पछाडि परेको क्षेत्रको विकास नहुने टिप्पणी गरे । ‘नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल र सम्बन्धित क्षेत्रका समुदायस“ग छलफल गरेर आयोग बनाएको भए राम्रो हुन्थ्यो’ शर्माले कान्तिपुरसित भने– ‘सनकका भरमा आयोग बनाउने चलन सुरु भयो, जुन राम्रो होइन ।’
उनले लहडका भरमा बनाइएका आयोगले पद्धतिअनुसार बनाइएका आयोगको महत्वसमेत घटाएको टिप्पणी गरे । उनले आफ्ना मान्छेलाई जागिर दिनका लागिमात्रै गठन गरिएका आयोगले ती क्षेत्रको विकास नहुने बताए । ‘पद्धतिको बर्खिलाप गरी आयोग बनाउ“दा केहीले जागिर पाउनेबाहेक अरू केही हु“दैन’ उनले भने ।
यति लामो अवधिसम्म दुवै आयोगले काम सुरु गर्नु त परको कुरा, कार्यालय खोल्ने क्रममा मात्र छन् । कर्णाली आयोगको जुम्ला र सुदूर पश्चिमको दिपायलमा कार्यालय खोलिने क्रममा छन् । यति लामो अवधिमा दुई आयोगको एकपटकमात्र त्यो पनि संयुक्त बैठक बसेको र कसरी काम सुरु गर्ने भनेर कुनै गृहकार्यसमेत सुरु हुन नसकेको जानकारी आयोगकै एक कर्मचारीले जानकारी दिए ।






Wednesday, February 13, 2013

नयाू नेपाल निर्माण कोष स्थापना

  • कोषमा प्रधानमन्त्री–मन्त्रीले १५ तथा सचिवले ५ दिनको तलब
  • सम्पूर्ण कर्मचारी, व्यवसायी, इच्छुक व्यक्ति र गैरआवासीय नेपालीलाई सहयोगका लागि आह्वान गरिने
काठमाडौं, २ फागुन– सरकारले राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गरी मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न ‘नया“ नेपाल निर्माण कोष’ स्थापना गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुलुकभर चरणबद्ध रूपमा राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गर्न ‘राष्ट्रिय स्वयंसेवा अभियान निर्देशका २०६९’ बनाई जारी गरेको छ । निर्देशिकाअनुसार नया“ नेपाल निर्माण कोष स्थापना गरिएको हो ।
कोषमा इच्छुकहरूलाई सेवाभावले स्वेच्छापूर्वक संलग्न हुने वातावरण निर्माण गरी स्वयंसेवालाई मुलुकभर चरणबद्ध रूपमा सञ्चालन गर्ने सरकारले जनाएको छ । ‘उच्च शिक्षा हासिल गरिरहेका युवालाई स्वयंसेवाका माध्यमबाट व्यावहारिक र जीवनोपयोगी ज्ञान प्राप्त गर्ने अवसर जुटाई मुलुकको समृद्धिका लागि युवा आफैं अग्रसर हुने तत्परता जगाई स्वयंसेवालाई जीवनपद्धतिका रूपमा विकास गर्ने’ अभियानको उद्देश्य छ ।
स्वयंसेवा अभियानका लागि आवश्यक रकम नया“ नेपाल कोषबाट खर्च गरिनेछ । कोषमा सरकारका सम्पूर्ण सरकारी सेवाका कर्मचारी, उद्योगपति, इच्छुक सर्वसाधारण, पेसाकर्मी, विभिन्न उद्योग÷व्यवसायमा कार्यरत कर्मचारी, चन्दादाता, वैदेशिक दाता, गैरआवासीय नेपालीलगायतबाट प्राप्त सहयोग रकम जम्मा गरिनेछ । प्रधानमन्त्री बाबुराम भट्टराईले सबै मन्त्रालयका मन्त्री र सचिवलाई योजना आयोगको हलमा मंगलबार दिउ“सो बोलाएर सरकारले राष्ट्रिय स्वयंसेवक अभियान सञ्चालन गर्न कोष स्थापना गरेको जानकारी गराउ“दै त्यसमा स्वैच्छिक रूपमा सहयोग गर्न आह्वान गरेका थिए । भट्टराईले सचिवहरूलाई मातहतका निजामती, सैनिक, प्रहरी र संस्थानका कर्मचारीबाट समेत कोषमा स्वैच्छिक रूपमा सहयोग जुटाउन आग्रह गरेको जानकारी एक सहभागीले दिए ।
छलफलकै क्रममा कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले १५ दिन र मुख्यसचिव तथा सचिवहरूले स्वैच्छिक रूपमा ५ दिनको तलब दिने घोषणा गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले दिए । राज्यबाट तलबभत्ता पाउने सरकारी निकायका तथा सरकारको लगानीका संस्थान, स्थानीय निकायका गरी करिब छ लाख कर्मचारीबाट स्वैच्छिक सहयोगका नाममा अनिवार्य रकम उठाउन प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिए ।
ती अधिकारीका अनुसार प्रधानमन्त्रीको निर्देशनमा सबै मन्त्रालय र निकायका सचिवले एक÷दुई दिनमा नै आफ्ना मातहतका विभाग र कार्यालय तथा संस्थानका कर्मचारीको बैठक गरी स्वैच्छिक रूपमा उक्त कोष सहयोग गर्न आग्रह गर्ने भएका छन् । सरकारले उक्त कोषमा देशभित्र र बाहिर रहेका इच्छुक सम्पूर्ण नेपालीबाट सहयोग रकम जुटाउन छिट्टै सार्वजनिक आह्वान गर्ने भएको छ ।
राष्ट्रिय स्वयंसेवक अभियान सञ्चालन गर्न केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति, स्वयंसेवक नीति कार्यान्वयन गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यकारी समिति, सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा समन्वय समिति गठन गरिने निर्देशिकामा उल्लेख छ ।
अभियानमा क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थी, प्रतिष्ठित उद्योगपति, व्यवसायी, कलाकार, खेलाडी, राजनीतिज्ञ, सामाजिक कार्यकर्तासहित विभिन्न पेसाका लब्ध प्रतिष्ठित व्यक्ति तथा ज्येष्ठ नागरिक र इच्छुक जोसुकै सहभागी हुन सक्ने निर्देशिकामा उल्लेख छ । स्वयंसेवा अभियान निर्देशिका स्वयंसेवकहरूले आफ्नो कामको सिलसिलामा खर्च गर्न पाउने रकमको सीमा तथा उनीहरूको आचारसंहितासमेत तय गरिएको छ ।

बुढी गण्डकी आयोजना पीपीपी मोडेलमा निर्माण गर्ने गृहकार्य

  • आयोजना प्रभावित स्थानीयबासीलाई क्षतिपूर्ति र शेयर दिइने
  • कर्मचारी सञ्चय कोष, बिमा संस्थान र नागरिक लगानी कोष लगानी गर्न सहमत
काठमाडौं, २ फागुन– बुढी गण्डकी जलविद्युत् आयोजना विकास समितिले ६ सय मेगावाटको जलाशययुक्त आयोजना निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्ने गृहकार्य अघि बढाएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बुढी गण्डकीलाई समयमै सम्पन्न गर्न पीपीपी मोडेलमा निर्माण गर्नु नै सबभन्दा उपयुक्त विकल्प भएकाले सोहीअनुसार गृहकार्य गरेको जानकारी समितिका एक सदस्यले दिए ।
ती सदस्यले उक्त आयोजनाका लागि जग्गा अधिग्रहण र प्रभावित क्षेत्रका बासिन्दालाई पुनर्बास गर्दा आउने समस्या सहज रूपमा समाधान गरी बिना अपरोध निर्माण कार्य गर्नका लागि नै पीपीपी मोडेलमा निर्णय गर्ने तयारी भइहेको जानकारी दिए । पीडितको पुनर्बासको समस्या र स्थानीय जनताको अवरोधका कारण जलविद्युत्सहित थुप्रै पूर्वाधार विकासका आयोजनाकाृ निर्माणमा ढिलाइ भएको अनुभवका आधारमा पीपीपी मोडेललाई सबभन्दा उपयुक्त विकल्पका रूपमा रोजिएको ती सदस्यले बताए ।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टकै पालामा भएकै गृहकार्यअनुसार बुढी आयोजना निर्माणमा स्वदेशी वित्तीय कम्पनी र स्थानीयबासीलाई आयोजनामा लगानी गर्न पहिलो प्राथमिकता दिनेबारेमा छलफल अघि बढेको जानकारीसमेत ती सदस्यले दिए ।
विकास समितिका एक सदस्यका अनुसार उक्त जलाशययुक्त आयोजनाले धादिङका १२ र गोरखा जिल्लाका ११ गाविसलाई प्रत्यक्ष प्रभावित गर्ने र १० हजार परिवारलाई विस्थापित गराउनेछ । सरकारले ती गाविसका प्रभावित परिवारलाई क्षतिपूर्तिको प्याकेज दिने योजनासमेत बनाइरहेको छ । कुल दिइने प्याकेजमा ५० प्रतिशत क्षतिपूर्तिका रूपमा दिइने पीडित परिवारलाई दिइने र बा“की ५० प्रतिशत उनीहरूलाई आयोजनामा शेयरका रूपमा दिइनेछ । प्रभावित परिवारले शेयरका कारण आयोजनाबाट ठूलोमात्रा लाभांश प्राप्त गरी लाभान्वित हुने विश्वास विकास समितिको छ ।
‘स्थानीयको प्रत्यक्ष सहभागिताले आयोजनाको विकासमा उनीहरूमा आयोजनाप्रति अपनत्वको भावना बढाउन सहयोग पुग्नेछ । त्यसले क्षतिपूर्ति प्याकेजको कामसमेत गर्नेछ’ ती सदस्यले भने– ‘यो स्किमले विशेष गरी स्थानीयबासीको अवरोधबिनै निर्वाध रूपमा आयोजनालाई गति दिन मद्दत पुग्ने विश्वास छ ।’
विकास समितिले उक्त आयोजनामा लगानी गर्न धेरै नेपाली जनताको लगानी रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बिमा संस्थानसित वार्ता अघि बढाएको छ । तीनवटै वित्तीय संस्थाले लगानी गर्ने प्रारम्भिक सहमति जनाइसकेका छन् ।
स्थानीयबासी र स्वेदशी लगानीको जलविद्युत् आयोजना निर्माणमा अगुवा मानिएका विकास समितिका सदस्य डम्बर नेपालीले बुढी गण्डकी पीपीपी मोडेलमा विकास गर्नेबारेमा वार्ता अघि बढिरहेको बताए ।
‘हामीस“गको स्थानीय लगानीबाट आयोजना सफलतापूर्वक निर्माण गरेको अनुभव र दक्षता छ । त्यही अनुभव र दक्षताबाट बुढी गण्डकीलाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्नेछौं’ उनले भने ।
पूर्वसम्भाव्यता अध्ययन गरी सन् १९८४ मै पहिचान भइसकेको बुढी गण्डकी आयोजनामा कहिल्यै पनि  विदेशी तथा स्वेदशी निजी लगानीकर्ता आकर्षित भएनन् । त्यही कारण विकास समितिले पीपीपी मोडेलमा सरकार, स्वदेशी वित्तीय कम्पनी तथा स्थानीय लगानीबाट आयोजना निर्माण गर्ने गृहकार्य गरिहेको एक सदस्यले जानकारी दिए ।
विद्युत् प्राधिकरणले खुल्ला प्रतिस्पर्धाबाट दुई महिनाअघि उक्त आयोजनाको विस्तृत अध्ययन गरी डीपीआर निर्माण गर्ने जिम्मा फ्रान्सको ट्र्याक्टवेल इन्जियिनरिङ कम्पनीलाई दिएको छ । कन्सल्ट्यान्ट ट्र्याक्टवेल इन्जियिनरिङ कम्पनीसितको बैठकमा विकास समितिले आयोजना पीपीपी मोडेलमा निर्माण गर्ने भएकाले सोहीअनुसारको डीपीआर तयार पार्न आग्रह गर्ने भएको छ । कन्सल्ट्यान्टले यही फेब्रुअरी १ देखि विस्तृत अध्ययन सुरु गरेको छ । उसले तीस महिनामा डीपीआर तयार पार्नेछ । कन्सल्ट्यान्टलाई ४७ करोड रुपैया“मा ३० महिनामा डीपीआर तयार पार्न जिम्मा दिइएको छ । पूर्वसम्भाव्यता अध्ययनका क्रममा गरिएको अनुमानअनुसार उक्त आयोजना निर्माण गर्न १ खर्ब रुपैया“ लाग्नेछ ।
सबभन्दा बढी विद्युत् खपत हुने (लोड सेन्टर) राजधानीबाट नजिक र उच्च प्रतिफल रहेको हुनाले जलाशययुक्त आयोजनामध्येमा बुढी गण्डकीलाई आकर्षक मानिन्छ । बुढी गण्डकीको जलाशय ५० वर्ग किलोमिटरसम्म फराकिलो हुने र त्यसबाट आयोजना वरपरका १० हजार परिवार विस्थापत हुनेछन् ।
       

मन्त्रिपरिषदद्वारा भट्टराईको ‘माक्र्सवादी अध्ययन प्रतिष्ठान’ लाई ६० लाख

काठमाडौं, १ फागुन– सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा सञ्चालित प्रमुख सत्तारूढ घटक माओवादीको वैचारिक तथा नीतिगत प्रशिक्षणको कार्य गर्ने माक्र्ससिस्ट स्टडी सेन्टर (माक्र्सवादी अध्ययन प्रतिष्ठान) लाई ६० लाख रुपैया“ सहायता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार सा“झ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माक्र्सवादी अध्ययन प्रतिष्ठानलाई ६० लाख रुपैया“ दिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।
माओवादी उपाध्यक्ष भट्टराईले प्रधानमन्त्री हुनुअघिसम्म माओवादीको विचारधारालाई अघि बढाउन प्रतिष्ठान सञ्चालन गर्दै आएका थिए । उनी प्रधानमन्त्री भएपछि हाल प्रतिष्ठानको संयोजक माओवादीका केन्द्रीय सदस्य शशि शेरचन (सोनाम साथी) छन् ।
सरकारले राज्यको ढुकुटीबाट कुनै एउटा पार्टी विशेषको मात्र वैचारिक तथा नीतिगत प्रशिक्षणको कार्य गर्ने संस्थालाई आर्थिक सहायता दिन नपाइने कानुनी व्यवस्थाविपरीत माओवादी नेतृत्वको मन्त्रिपरिषदले माक्र्सवादी अध्ययन प्रतिष्ठानलाई आर्थिक सहायता दिने निर्णय गरेको हो ।
सहमतिको सरकारका लागि सत्ता छाड्न तयार रहौं ः प्रधानमन्त्री
प्रधानमन्त्री भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा राष्ट्रिय सरकार गठन हुने सम्भावना प्रवल हु“दै गएको जानकारी गराउ“दै नया“ सरकार गठनका लागि बाटो खोल्न सत्ता त्यागको लागि तयार रहन सबै मन्त्रीलाई आग्रह गरेका थिए ।
‘जेठभित्रै संविधानसभाको चुनाव गराउन बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा नया“ सरकार गठन गर्ने विषयमा प्रमुख दलहरूबीच सहमति हुन लागेको छ । सहमति हुनासाथ नया“ सरकार गठनका लागि हामी सबै सत्ता छाड्ने तयारीमा रहनुपर्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै भने ।
महिला सञ्जाललाई ३० लाख
सरकारले महिला नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गर्न अन्तर पार्टी महिला सञ्जाललाई ३० लाख रुपैया“ सहायता दिने निणर््ँय गरेको छ ।
नीति अध्ययन प्रतिष्ठान गठन
मन्त्रिपरिषदले पूर्वसचिव श्रीराम पौडेलको अध्यÔतामा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । पूर्व एआईजी श्रीपुरुÈ ढकाल र प्राध्यापक महेन्द्र सिंह सदस्य रहेको प्रतिष्ठान गठन गरेको हो ।
अघिल्लो मन्त्रिपरिÈद्को बैठकले सरकारले चाल्नुपर्ने नया“ र सुधार गर्नुपर्ने नीतिका बारेमा आवश्यकताअनुसार सुझाव दिइरहने स्थायी ‘थिंक ट्यांक’ का रूपमा नीति अनुसन्धान प्रतिष्ठान गठन गर्ने निणर््ँय गरेको थियो ।
भारतीय मुख्यसचिवले नेपाल भ्रमण गर्ने
भारतीय मुख्यसचिव पुलक चटर्जीले नेपाल भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद बैठकले मुख्यसचिव लीलामणि पौडेललाई भारतका मुख्यसचिव चटर्जीलाई नेपाल भ्रमण्ँको निम्तो दिन स्वीकृति दिने निर्णय गरेको छ ।
रामराजाको नाममा सडक
मन्त्रिपरिषद बैठकले नारायण्ँघाट–मुग्लिन सडक खण्डलाई रामराजाप्रसाद सिंह लोकमार्ग नामामकरण्ँ गरेको छ ।



Sunday, February 10, 2013

प्रधानमन्त्रीले सम्हालेकै मन्त्रालयमा सबभन्दा बढी विवादास्पद काम

काठमाडौं, २८ माघ– प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले सम्हालेका सातवटा मन्त्रालयमा भइरहेका विवादास्पद काम श्रृंखलाबद्ध रूपमा सार्वजनिक भइरहेका छन । अरू मन्त्रालयको तुलनामा प्रधानमन्त्री आपैmले सम्हालेका ऊर्जा, सहरी विकास, वाणिज्य तथा आपूर्ति, रक्षा, कषि विकास, युवा तथा खेलकुद र कानुन मन्त्रालय र मातहतका निकायमा बढी विवादास्पद निर्णय भएका छन् ।
प्रधानमन्त्रीले सम्हालेकामध्ये ऊर्जा मन्त्रालयमा पछिल्लो पटक सचिव हरिराम कोइरालाले सोलार प्लान्टबाट २५ मेगावाट निकाल्ने प्रस्ताव गरेको चिनिया“ कम्पनीलाई बिना प्रतिस्पर्धा लाइसेन्स दिने प्रस्ताव अघि बढाएका छन् ।
सचिव कोइरालाले विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकमा कम्पनीसित विद्युत् खरिद सम्झौता (पीपीए) गर्न प्रस्ताव गरेका छन् । पीपीए भएपछि ऊर्जा मन्त्रालयले उक्त कम्पनीलाई बिना प्रतिस्पर्धा लाइसेन्स दिने बाटो खुल्नेछ । विद्यमान कानुन तथा सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराएर सबभन्दा कम मूल्यमा विद्युत् दिने कम्पनी छनौट गर्नुपर्नेमा दबावमा लाइसेन्स दिने तयारी गरेका हुन् ।
ऊर्जा मन्त्रालयकै राजनीतिक तथा प्रशासनिक नेतृत्वको इशारामा प्राधिकरणमार्फत् एउटा आकर्षक र अर्को विवादास्पद आयोजना निर्माणको लाइसेन्स बिना प्रतिस्पर्धा चिनिया“ र एईएस–सीजी इनर्जी कम्पनीलाई बेच्ने गृहकार्य अघि बढाइएको छ । वार्षिक साढे ८ अर्ब रुपैया“ घाटामा रहेको प्राधिकरणलाई माथिल्लो अरुण र दूघकोसी आयोजना निर्माणको लाइसेन्स दिने तयारी भइरहेको छ । पहिले प्राधिकरणले लिएर ती कम्पनीलाई लाइसेन्स बेच्ने प्रपञ्च चलिरहेको उर्जाका अधिकारी वताउछन ।
एउटा पनि आयोजना बनाउने आर्थिक हैसियत नभएको प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी माथिल्लो अरुण र दूधकोसी जलविद्युत् आयोजनाको लाइसेन्स दिन ऊर्जा मन्त्रालयलाई लिखित आग्रह गरेको छ । माथिल्लो अरुण आयोजनामा चिनिया“ कम्पनी र दूधकोसी जलाशययुक्त आयोजनामा भारतमा कार्यालय रहेको अमेरिकी कम्पनी एईएस र नेपाली सीजी इनर्जीको संयुक्त लगानीको कम्पनीले आ“खा गाडेका छन् । प्राधिकरणले सार्वजनिक–निजी साझेदारीका नाममा आयोजनाको लाइसेन्स ती कम्पनीलाई बेच्ने तयारी गरेको स्रँेतले वतायो । यस अघि प्राधिकरणले ४२ मेगावाट क्षमताको मोदी आयोजनाको लाइसेन्स लिएर कोरियन कम्पनीलाई बेचिसकेको छ ।
खुला प्रतिस्पर्धा गरी मुलुकलाई निश्चित प्रतिशत निःशुल्क बिजुली र शेयर दिने प्रवद्र्धक कम्पनी छनौट गरी बनाउन दिने सूचीमा राखेको ४ सय मेगावाटको सस्तो र आकर्षक मानिने माथिल्लो अरुण आयोजनाको लाइसेन्स कमिसनको चक्करमा बेच्ने लागिएको हो । सप्तरीदेखि पर्सासम्म सिंचाइ गर्न प्रस्तावित सुनकोसी–कमला डाइभर्सन आयोजनालाई प्रभावित पार्ने गरी अर्को  ४ सय ५० मेगावाटको दूधकोसी आयोजना एईएस–सीजी इनर्जीलाई दिएर दुधकोशीको पानी सुनकोसी डाइभर्सनभन्दा डेढ किलोमिटर तल खसाल्ने योजना छ । यसले सुनकोसी–कमला डाइभर्सनमा पानी अपुग हुनेछ ।
प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले चिनिया“ ठेकेदार कम्पनकिो मागबमोजिम निर्माणाधीन माथिल्लो त्रिशुली ३ ए आयोजनाको क्षमता वर्षायाममा मात्र ३० मेगावाट बढ्ने गरी निर्माण गर्न दिने सैद्धान्तिक निर्णय गरिसकेको छ । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला निर्माण अवधि दुई वर्षपछि धकेलिने र लागत चार अर्ब बढ्ने गरी उक्त आयोजनाको क्षमता बढाउन दिने निर्णय गरिएको छ ।
लोडसेडिङ न्युनीकरण कार्ययोजनाअनुसार प्राधिकरणले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मह“गो, प्रतियुनिट लागत ३३ रुपैया“ पर्ने ४० मेगावाट क्षमताको थर्मल प्लान्ट स्थापना गर्ने प्रक्रिया पनि अघि बढाएको छ । ४० मेगावाटको थर्मल प्लान्ट स्थापना गर्न करिब ५ अर्ब रुपैया“ लाग्ने अनुमान छ । टेन्डर स्वीकृत भएको छ महिनामा स्थापना गरी विद्युत् उत्पादन गरिसक्ने नाममा बढी कमिसन खान विकसित मुलुकमा लाइफ टाइम सकिएका (अधिकतम उत्पादन दिने अवधि गुज्रेका) उपकरण ल्याउने तयारी भइरहेको छ । नया“ उपकरण ल्याउ“दा निर्माण गर्नै एक वर्ष लाग्ने भएकाले प्लान्ट स्थापना गर्न डेढ वर्ष लाग्छ ।
प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयमा उनकै पत्नी हिसिला यमीको गैरकानुनी रूपमा प्रत्यक्ष हस्तक्षेप हुने गरेको छ । यमीले सहरी विकास मन्त्रालयका अधिकारीलाई कार्यकक्षमै गएर मेलम्ची खानेपानी आयोजना विकास समितिमा समेत आप्mनो मान्छे नियुक्ति गर्न दबाब दिएको स्रोतले जानकारी दिए । यसअघि यमीकै दबाबमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) मा निर्वाचित अध्यक्ष प्रयागराज जोशीलाई जबर्जस्ती हटाएर उनकै दिदी तिमिला यमीलाई नियुक्ति गरिएको छ ।
प्रधानमन्त्रीकै प्रस्तावमा नियुक्त काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितलाई यमीकै दबाबमा पदबाट हटाइएको छ । स्थापितले यमी र उनकी निजी सहायक जानुका पन्तलाई भने जति गड्यौला (घूस) नदिएका कारण आफूलाई हटाइएको सार्वजनिक रूपमा बताएका थिए । तर, यस घटनामा प्रधानमन्त्रीमात्र होइन यमीसमेत मौन छिन् । यतिमात्र होइन भ्रष्टाचारको छानविन गर्नुपर्ने मुख्य निकाय अख्तियार समेत चुपचाप छ ।
प्राधिकरणमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफ्नो गृह जिल्ला गोरखाबासी योगेश्वर पराजुलीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीले क्षमताका आधारमा नभइ जिल्लाबासी र कार्यकर्ता भएका भरमा नियुक्ति गरेका पराजुली एक्ला होइनन् । ६ सय मेगावाट क्षमताको बुढी गण्डकी विकास समितिमा आफ्ना जिल्लाबासी लक्ष्मीप्रसाद देवकोटा र ४ सय मेगावाट क्षमताको नलसिंगाडमा कार्यकर्ता शेरबहादुर शाहीलाई अध्यक्ष नियुक्ति गरेका छन् । २ खर्बभन्दा बढी लागत लाग्ने ती दुई आयोजना विकास समितिका दुवै अध्यक्षस“ग एक मेगावाटको आयोजना बनाएको अनुभव समेत छैन ।
ऊर्जा मन्त्रीस्तरीय निर्णय गरी भट्टराईले ती दुवै अध्यक्षलाई प्रमुख कार्यकारी अधिकृत सरह आयोजनाको सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार दिन विकास समिति गठन आदेश संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लाने निर्णय गरिसकेका छन् । विकास समितिका अध्यक्षलाई कहिल्यै पनि प्रशासनिक तथा आर्थिक अधिकार दिने परम्परा छैन ।
प्रधानमन्त्रीले नै सम्हालेको कानुन मन्त्रालयले समेत विवादास्पद निर्णयमा ऐन नियम विपरीत सहमति दिने गरेको छ । विद्यमान कानुनविपरीत हुने गरी विकास समितिका अध्यक्षलाई प्रशासनिक तथा आर्थिक अधिकार दिने प्रस्तावमा कानुन मन्त्रालयले सहमति दिएको छ । कानुन मन्त्रालयले ऐननियम हेरेर होइन प्रधानमन्त्रीको इशारामा कानुनी सहमति दिने गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीकै दबाबमा कानुन मन्त्रालयले संविधानविपरीत गएर संसदीय सुनुवाइ बिना नै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने व्यवस्थाका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषदले पारित गरी पठाएको उक्त प्रस्ताव राष्ट्रपतिले संविधानविपरीत भएकाले था“ती राखेका छन् । संविधानसभाको विघटनपछि संविधानका कारण संवैधानिक नियुक्ति लगायतमा जेजति अप्ठ्यारा परेका छन्, ती सबैको बाधा अड्काउ फुकाउन राजनीतिक सहमतिमा मात्र मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था विपरित कानुनले प्रधानमन्त्रीको आदेशमा प्रस्ताव अघि बढाएको हो ।
प्रधानमन्त्री भट्टराइले नै सम्हालेको वाणिज्य तथा आपूर्ति मन्त्रालयमा त कमिसन बढाउन व्यवसायीले सार्वजनिक रूपमै घुस उठाएका थिए । पेट्रोलियम ढुवानी व्यवसायी संघले भाडा बढाउनका लागि लबिङ गर्न आफ्ना सदस्यस“ग लिखित रूपमै १२ लाख रुपैया“ उठाएको सार्वजनिक भइसकेको छ । डिलरहरूले भने कमिसन बढाउन घुस खुवाउनका लागि करिब ८० लाख रुपैया“ उठाए । यी दुई संगठनले लबिङ गर्न रकम उठाएपछि गत पुस ६ मा आयल निगमले २ प्रतिशत ढुवानी बढाउने निर्णय गर्यो । यसैगरी डिलरहरूलाई प्रति लिटर पेट्रोलमा ५६ पैसा र डिजेलमा ३९ पैसा कमिसन बढाइयो ।

यसरी ‘घुस खुवाउन’ रकम उठाएको र त्यसलगत्तै भाडा र कमिसन बढेको समाचार सार्वजनिक भएपछि निगमले पुस १४ मा उक्त निर्णय स्थगित गरी छानविन गर्न समिति बनाएको विज्ञप्ति सार्वजनिक ग¥यो । तर व्यवहारमा भने उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । डिपोबाट पम्पसम्म (१५ किलोमिटरमा लागू हुने) बाहेकको कमिसन यथावत् छ ।

बाणिज्य आपुर्ति मन्त्रालय अन्तर्गतकै खाद्य संस्थानमा चामल कुहिएको देखाएर बिमा रकम हडप्ने खेल भइरहेको छ । खाद्य संस्थानले अमेरिकी चालमको मूल्य किलोको २ रुपैया“ बढाएर जापानी चामलको बराबर बनाएको छ । यसबाट ‘कम गुणस्तर’ को चामलको मूल्य ‘बढी गुणस्तर’ को चामलको बराबर पर्न गई उपभोक्ता मर्कामा पर्नेछन् । संस्थानले गुणस्तरको आधारमा अमेरिकी चामलको मूल्य किलोको ४८ रुपैया“ र जापानी चामलको मूल्य किलोको ५० रुपैया“ तोकेको थियो । पदपुर्तिमा भएको अनियमितता मात्रै होइन चिनीमा समेत अनियमितता भएको स्रँेतको भनाइ छ ।

रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीले नेपाली सेनाजस्तो संंवेदनशील सुरक्षा निकायमा समेत विवादास्पद मेजर जनरल नरेश बस्नेतलाई एक वर्षका लागि करारमा नियुक्ति गरेका छन् । बस्नेतलाई सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशकमा करारमा नियुक्ति गरिएको हो । नेपाली सेनाको इतिहासमै पहिलोपटक महानिर्देशकको हैसियतमा आर्थिकलगायत सबै कारोबार गर्ने अधिकारसमेत प्रदान गरी उपरथीमा करारमा नियुक्ति गरिएको हो ।
अरूभन्दा प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयहरू प्रशासनिक हिसाबले बढी अस्थिर छन् । भट्टराईको मातहतमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सबभन्दा बढी सचिव सरुवाको चपेटामा परेको छ । भट्टराईको डेढ वर्षे कार्यकालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक दर्जनभन्दा बढी सचिव परिवर्तन भइसकेका छन् । अवकास पाउनु एक वर्षभन्दा कम अवधि बा“की रहेका व्यक्तिलाई उसको सहमतिबिना सरुवा गर्न नपाइने कानुनी व्यवस्थाको समेत प्रधानमन्त्रीले उल्लंघन गरेका छन् । सहरी विकास मन्त्रालमा अनिवार्य अवकास पाउनु एक महिनाभन्दा कम अवधि बा“की रहेका तत्कालीन सचिव ताना गौतमलाई प्रधानमन्त्रीले नै हटाई किशोर थापालाई ल्याएका थिए ।
प्रधानमन्त्रीले सरुवामा अनुभव र विज्ञतालाई समेत उपहास गर्ने गरेका छन् । प्रधानमन्त्रीले आफूले सम्हालेका कृषि मन्त्रालयका कृषि समूहकै सचिव नाथुप्रसाद चौधरीलाई अन्यत्र सरुवा गरी जयमुकुन्द खनाललाई ल्याएका छन् । कृषि विज्ञ दुई सचिव गणेशराज जोशी र चौधरीलाई अन्यत्र पठाएर प्रधानमन्त्रीले कृषि मन्त्रालयमा खनाललाई सचिवको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयमा सहसचिव र विभागीय प्रमुखसमेत ठूलो संख्यामा सरुवा गरी प्रशासनलाई अस्थिर बनाएको सरकारी अधिकारी बताउ“छन् ।














Friday, February 8, 2013

प्रधानमन्त्रीद्वारा मापदण्डविपरीत आफन्त र जिल्लाबासीलाई आर्थिक सहायता

काठमाडौं, २६ माघ– प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना गृह जिल्ला गोरखाबासी र आफू निकट पार्टी कार्यकर्तालाई मापदण्डविपरीत औषधोपचार र आर्थिक सहायताका नाममा डेढ करोड रुपैया“भन्दा बढी रकम बा“डिसकेको जानकारी मन्त्रिपरिषद कार्यालयका एक उच्च अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार भट्टराईले आफ्नो कार्यकालको पछिल्लो समयमा पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले झैं ठूलोमात्रामा आर्थिक सहायता बा“ड्न थालेका हुन् । भट्टराईले आफैले बनाएको मापदण्ड मिचेर धमाधम औषधोपचार खर्च र आर्थिक सहायता बा“डेका हुन् ।
भट्टराईले सुरुमा मापदण्ड नबनाएसम्म आर्थिक सहायता वितरणमा रोक लगाई मन्त्रिपरिषदबाट आफ्नो कार्यकालको एक वर्षसम्म औषधोपचार रकम बा“डेनन् । भट्टराईकै अग्रसरतामा मन्त्रिपरिषदले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई उसको औषधोपचार खर्च गरेको बिलअनुसार स्वास्थ्य मन्त्रालयमार्फत् सोझै अस्पताललाई भुक्तानी दिने मापदण्ड बनाई आर्थिक सहायता वितरणमा कडाइ गरेको थियो ।
मन्त्रिपरिषद्ले २०६९ वैशाख महिनादेखि आफैंले बनाएको मापदण्डविपरीत प्रधानमन्त्रीकै ठाडो प्रस्तावमा अन्धाधुन्द औषधोपचार खर्चका नाममा रकम बा“ड्न थालेको जानकारी ती अधिकारीले दिएए ।
‘मन्त्रिपरिषदबाट औषधोपचारका नाममा बा“डेको रकम एक करोड रुपैया“भन्दा बढी पुगिसकेको छ’ स्रोतले भन्यो । अस्पतालमा भएको खर्चको बिलअनुसार भुक्तानी गर्नुपर्नेमा औषधोपचारका नाममा सोझै मनलाग्दी व्यक्तिलाई रकम भुक्तानी गर्ने गरिएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।
भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट आफ्नो कार्यकालको डेढ वर्षमा ५० लाख रुपैया“भन्दा बढी रकम आफ्ना जिल्लाबासी र पार्टी कार्यकर्तालाई बा“डेका छन् । प्रधानमन्त्री सहायता कोषबाट आर्थिक सहायता पाएका व्यक्तिको रेकर्ड हेर्दा धेरैजसो गोरखाका विभिन्न स्थानका देखिन्छन् । बा“की प्रधानमन्त्री पत्नी हिसिला यमीले सिफारिस गरेका व्यक्तिहरू छन् ।
आर्थिक सहायता लिन प्रधानमन्त्री कार्यालयमा दिनहु“ भीड लाग्ने गरेको छ । प्रधानमन्त्री सहायता कोषबाट प्रतिव्यक्ति १० हजारदेखि २५ हजार रुपैया“का दरले वितरण गर्ने गरिएको छ । प्रधानमन्त्री सहायता कोषबाट कुनै व्यक्ति बिरामी या आर्थिक संकटमा छ भनी उसको नाममा निवेदन दिई अर्कै व्यक्तिले रकम बुझेर लाने प्रवृत्ति बढी रहेको स्रोतले उल्लेख गरेको छ । यसरी वितरण गरिएको रकम सबैजसो पीडित व्यक्तिका नाममा प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीसित निकट अर्कै व्यक्तिले दुरुपयोग गरिरहेको हुन सक्नेसमेत स्रोतले बताए ।
मन्त्रिपरिषदबाट भने प्रतिव्यक्ति एक लाखदेखि साढे १० लाख रुपैया“सम्म वितरण गर्ने गरिएको छ । मन्त्रिपरिषदले आर्थिक सहायता उपचार गर्ने आर्थिक हैसियत नभएका व्यक्तिलाई मात्र आर्थिक सहायता दिने मापदण्डको चरम उल्लंघन भइरहेको स्रोतले उल्लेख गरेको छ । मापदण्डलाई मिचेर मन्त्रिपरिषदबाट आर्थिक हैसियत राम्रो भएका व्यक्तिहरूलाई समेत रकम बा“डिएको छ । उपचार खर्चका लागि कम  रकम कम दिने गरिएको छ ।
औषधोपचार खर्च वितरणको रेकर्ड हेर्दा उल्टै राम्रो आर्थिक हैसियत भएका व्यक्तिलाई बढी र उपचार गर्ने आर्थिक हैसियत नभएका व्यक्तिलाई कम रकम दिने गरिएको छ ।
समान खर्च हुने प्रकृतिको एकैखाले रोगमा पनि व्यक्ति हेरी कसैलार्ई बढी र कसैलाई कम रकम दिने गरिएको छ । दुवै मृगौला काम नलाग्ने जटिल रोग लागेका व्यक्तिमध्ये कसैलाई एक लाख र कतिपयलाई ५ लाख रुपैया“सम्म दिइएको पाइएको छ । मापदण्ड मिचेर मन्त्रिपरिषदले आर्थिक सहायता दिएकामा कुनै रोग नलागेका व्यक्तिसमेत रहेको स्रोतले उल्लेख गरेको छ ।
राम्रो आर्थिक हैसियत भएका व्यक्तिले बढी रकम पाएको उदाहरण पूर्व सभासद सदरुल मिया“ हक र पूर्वशिक्षा सचिव चुमानसिंह बस्नेतलगायतका व्यक्ति छन् । मन्त्रिपरिषदले हक र बस्नेतलाई हालै ५/५ लाख रुपैया“ आर्थिक सहायता दिएको छ । मिया“ले सभासद् हु“दासमेत उपचार खर्चका नाममा मन्त्रिपरिषदबाट पटकपटक आर्थिक सहायता लिएका थिए ।






नेकपा–माओवादीसम्बद्ध कर्मचारी संगठनद्वारा श्रम विभाग कब्जा

काठमाडौं, २५ माघ– नेकपा–माओवादी सम्बद्ध दर्ताका क्रममा रहेको राष्ट्रिय कर्मचारी संगठन (राकस) ले राजधानीको नया“ बानेश्वरस्थित श्रम विभाग १४ दिनदेखि कब्जा गरेको छ ।
एकीकृत माओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनबाट विभाजित भई श्रम विभागमा छुट्टै राष्ट्रिय संगठनका रूपमा दर्ता हुन निवेदन दिएको राकसले हस्ताक्षरकर्ता कर्मचारी र माउ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई दाबीविरोध गर्न नदिन विभाग कब्जामा लिएको हो । राकसस“ग आवद्ध कर्मचारीले दिनहु“ २ सय जना जतिको भीड जम्मा भई विभाग कब्जामा लिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार एकीकृत माओवादीसम्बद्ध संगठन र कुनै पनि कर्मचारीले दाबी विरोध गर्न नपाऊन् भनेर विभागको टेलिफोन, फ्याक्स र बिजुली लाइनसमेत काटिदिएका छन् । राकसले विभागको दर्ता रजिस्टर र सम्बन्धित फाइलसमेत  कब्जामा लिएको जानकारी एक कर्मचारीले दिए ।
टेलिफोन र फ्याक्सबाट दाबी विरोध गर्न नपाऊन् भनेर लाइन काटिदिएका हुन् । १४ दिनदेखि विभागमा कामकाज पूर्ण रूपमा ठप्प भएको छ । अवरोधका कारण १४ दिनदेखि कुनै पनि सेवाग्राही विभाग प्रवेश गर्न पाएका छैनन् ।
विभागको गेटभित्र र बाहिर तथा विभाग प्रवेश गर्ने सडक र निजामती अस्पतालको गेटसम्म राकस सम्बद्ध कर्मचारीहरूले लाठी र खुकुरीसहित बसेर कब्जामा लिएका हुन् । हतियार चाहि“ नदेखिने गरी नजिकै लुकाएर राख्ने गरेका छन् । हतियारसहितको राकसको अराजक र गुण्डागर्दीका कारण विभागका कर्मचारीहरू त्रसित भएको जानकारी स्रोतले दिएको छ ।
राज्यकोषबाट तलबभत्ता खाने र अनुशासनमा रहनुपर्ने निजामती कर्मचारीहरूले हतियारसहित नै गुण्डागर्दी गरी विभागलाई नै १४ दिनसम्म कब्जा गर्दा पनि सरकार र गृह प्रशासनले कुनै चासो नदिएकामा श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
राकसले जबर्जस्ती नक्कली हस्ताक्षर गराएर संगठन दर्ताका लागि कर्मचारीको संख्या पु¥याएका कारण दाबी विरोध गर्न नदिन विभाग कब्जा गरी अवरोध पु¥याएको जानकारी स्रोतले दिए । राकसले ६ हजार २ सयभन्दा बढी कर्मचारीको हस्ताक्षर र २० भन्दा जिल्लामा कार्यसमिति बनाई विभागमा दर्ताका लागि आवेदन दिएका हुन् । संगठन दर्ता हुन कम्तीमा ५ हजार कर्मचारीको हस्ताक्षर र २० जिल्लामा कार्य समिति आवश्यक हुन्छ ।
विभागमा प्रवेश गर्न नपाएपछि माओवादीसम्बद्ध नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नक्कली हस्ताक्षरमा परेक ाकर्मचारीहरूले मुख्यसचिव लीलामणि पौडेल, श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठसमक्ष आफ्नो दाबी विरोध दर्ता गराएका छन् ।
निजामती कर्मचारीले नै दिनहु“ आफ्नो कामकाज छाडेर दाबी विरोध गर्न पाउने अरू कर्मचारीको लोकतान्त्रिक अधिकारलाई कुण्ठत गरिरेहेको जानकारी एक सरकारी अधिकारीले दिए । दाबी विरोध गर्ने म्याद १५ दिनमात्र छ । राकसले बा“की एक दिन शुक्रबारसमेत विभाग कब्जा गर्ने कार्यक्रम राखेको जानकारीसमेत स्रोतले दिएका छन् ।
दाबी विरोध नआएपछि विभागले राकसलाई राष्ट्रिय संगठनका रूपमा मान्यता दिई दर्ता दिनुपर्छ । राकस दर्ता भएपछि एकीकृत माओवादीको नेपाल राष्ट्रिय कर्मचारी संगठनले दाबी विरोध हुन नदिई किन मान्यता दिएको भनेर विभागमा अर्को बबण्डर मच्चाउने खतरा रहेको जानकारी स्रोतले दिए ।





Wednesday, February 6, 2013

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार : नागरिक समाज

तीनवटा नागरिक संगठन दबाबका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रने
काठमाडौं, २४ माघ– नागरिक समाजका तीनवटा अगुवा संगठनले राजनीतिक गतिरोध अन्त्य गरी संविधानसभाको चुनावको सुनिश्चितताका लागि सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष चुनावी सरकार गठन गर्न आह्वान गरेका छन् ।
नेपाल नागरिक मञ्चका अध्यक्ष हिमालयसमसेर राणा, नेपाल नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र मधेसी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले बुधबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेका हुन् ।
ती संगठनले राजनीतिक दलहरूबीच सहमति नभएमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा दलहरूको सहभागितासहितको स्वतन्त्र र निष्पक्ष चुनावी सरकार गठन गरी आगामी जेठभित्र संविधानसभाको चुनाव हुने सुनिश्चितता गर्न दलहरूलाई आग्रह गरेका छन् ।
‘सरकारको नेतृत्व गर्ने स्वतन्त्र व्यक्तिका बारेमा पनि दलहरूबीच मतैक्यता हुन सक्ने सम्भावना अत्यन्त क्षिण देखिएकाले सबैलाई स्वीकार्य हुन सक्ने सर्वोच्चका बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन आह्वान गर्छौं’ ती संगठनले संयुक्त विज्ञप्तिमा भनेका छन् ।
ती संगठनले तुरुन्त प्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष चुनाव सरकार गठन गर्नुपर्ने र आगामी जेठभित्र संविधानसभाको चुनाव सम्पन्न गर्नुपर्ने दुईबु“दे माग राखी नागरिक समाजका प्रतिनिधिहरू चरणबद्ध कार्यक्रमका साथ दबाबमूलक शान्तिपूर्ण आन्दोलनमा उत्रने उल्लेख गर्दै सहयोग र समर्थनका लागि आमजनतालाई अपिलसमेत गरेका छन् ।
‘मुलुक अहिले राजनीतिक अन्यौल, संवैधानिक संकट र अराजकताले अस्तव्यस्ता छ’ भन्दै ती संगठनले संसदको अभावमा सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणीसमेत गरेका छन् ।
ती संगठनले सहमतिको नाममा आठ महिनाको समय व्यर्थमा खेर जानु, सत्तापक्ष र प्रतिपक्ष सरकारको नेतृत्वको मुद्दालाई लिएर सडक संघर्षमा उत्रिनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै विज्ञप्तिमा चुनावी सरकार गठन गर्न राष्ट्रपतिले पटकपटक गरेका प्रयास असफल हुनु र जनप्रतिनिधिविहनी राज्य व्यवस्था सञ्चालन भइरहनु लोकतन्त्रप्रतिको उपहासमात्र नभई जनताप्रतिको ठूलो बेइमानी र अपमानसमेत भएको टिप्पणी गरेका छन् ।


ऊर्जा मन्त्रालयद्वारा प्रवद्र्धकहरूसित आयोजना विकास सम्झौता गर्ने तयारी

काठमाडौं, २४ माघ–  ऊर्जा मन्त्रालयले पा“च सय मेगावाट र त्यसभन्दा कम क्षमताका जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूसित ‘आयोजना विकास सम्झौता’ (पीडीए) गर्ने गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा विस्तृत अध्ययन सम्पन्न गरिसकेका प्रवद्र्धकहरूसित आयोजना विकास सम्झौता गरिने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । सम्झौता भएपछि प्रवद्र्धकहरूले आयोजना निर्माण गर्ने बाटो खुल्ने जानकारी ती अधिकारीले दिए ।
मन्त्रालयले आयोजना विकास सम्झौताका लागि प्रवद्र्धकरूलाई आवश्यक सम्पूर्ण कागजातसहित वार्ता गर्न छिट्टै बोलाउने जानकारी ती अधिकारीले दिए । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीरञ्जन लाकौलले मन्त्रालयले मन्त्रिपरिषदको पछिल्लो बैठकबाट पारित आयोजना विकास सम्झौतासम्बन्धी कार्यविधि, २०६९ अनुसार प्रवद्र्धकहरूसित पीडीए गर्ने तयारी गरिरहेको जानकारी दिए ।
मन्त्रालयले आयोजना विकास सम्झौताको टेम्प्लेटको मस्यौदा छ महिनाअघि नै तयार गरिसकेको छ । यसअघि कार्यविधि नभएकाले मन्त्रालयले प्रवद्र्धकहरूसित आयोजना विकास सम्झौता गर्न पाएको थिएन । कार्यविधि पारित भएपछि मन्त्रालयले आयोजना विकास सम्झौता गर्ने गृहकार्य अघि बढाएको हो ।
मन्त्रालयले आयोजना विकास सम्झौता गर्नका लागि प्रवद्र्धकहरूसित वार्ता गर्न मन्त्रालयका नीति महाशाखा प्रमुख सहसचिव सुनिलबहादुर मल्लको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अर्थ, कानुन मन्त्रालय र विद्युत् प्राधिकरणका प्रतिनिधिसमेत रहेका छन् ।
तल्लो अरुण (४ सय मेगावाट), बलेफी (४५० मेगावाट), लिखु (१२० मेगावाट), माथिल्लो त्रिशुली–१ (२१६) र माथिल्लो मस्र्याङ्दी ए (५० मेगावाट) सहित आधा दर्जनभन्दा बढी आयोजनाका प्रवद्र्धकहरूले आयोजना विकास सम्झौता गर्न मन्त्रालयमा आवेदिन दिइसकेका छन् । कतिपय आयोजनाका प्रवद्र्धकहरू तीन वर्षदेखि आयोजना विकास सम्झौता गर्ने तयारी अवस्थामा थिए ।
विद्युत विकास सम्झौतासम्बन्धी कार्यविधिअनुसार मन्त्रालयले कतिपय इच्छुक प्रवद्र्धकसित आयोजना विकास सम्झौता गर्न सक्ने छैन । कार्यविधिले आयोजना विकास सम्झौता गर्न आयोजनाको प्राविधिक तथा आर्थिक अवस्थाको मूल्यांकन, विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, विद्युत् खरिद सम्झौता र विद्युत् प्राधिकरणस“ग ती आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने समझदारीपत्रमा हस्ताक्षरलगायतका कागजात अनिवार्य हुने व्यवस्था गरेको छ ।
‘कार्यविधिअनुसार कागजात पुगेका प्रवद्र्धकहरूमात्र आयोजना विकास सम्झौता गर्न योग्य मानिनेछन्’ मन्त्रालयका एक अधिकारीले भने– ‘आवेदन दिए पनि आवश्यक कागजात नपुगेका प्रवद्र्धकहरूसित दोस्रो चरणमा आवश्यक मापदण्ड पूरा गरेपछिमात्र आयोजना विकास सम्झौता गरिनेछ ।’
मन्त्रालयले आयोजना विकास सम्झौताका लागि प्रवद्र्धकहरूसित आफैंले तयार पारेको पीडीएको टेम्प्लेट प्रयोग गर्ने जानकारी स्रोतले दिए । यसअघि मन्त्रालयले लगानी बोर्डले तयार पारेको पीडीएको टेम्प्लेटका आधारमा प्रवद्र्धकहरूसित वार्ता गर्ने बताएको थियो ।
ऊर्जा मन्त्रालयले पा“च सय या सोभन्दा कम क्षमताका आयोजनाका लागि र लगानी बोर्डले ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाका प्रवद्र्धकका लागि छुट्टाछुट्टै आयोजना विकास सम्झौताको टेम्प्लेट तयार पारेका छन् । दुवैले आ–आफ्ना कार्यक्षेत्रभित्रका प्रवद्र्धकहरूलाई वार्ताका लागि आ–आफ्ना टेम्प्लेट उपलब्ध गराइसकेका छन् । सरकारले ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजना अघि बढाउने अधिकार एक वर्षअघि स्थापना गरिएको लगानी बोर्डलाई दिएको छ ।
मुख्यसचिव लीलामणि पौडेलले एक रूपताका लागि ऊर्जा मन्त्रालयललाई प्रवद्र्धकहरूसित वार्ता गर्न लगानी बोर्डले तयार पारेको पीडीएको टेम्प्लेट नै प्रयोग गर्न आग्रह गरेका थिए । तर लगानी बोर्डले तयार पारेको पीडीएको टेम्प्लेट वार्ताका लागि पूर्ण नभएकाले मन्त्रालयले आफ्नै पीडीएको मस्यौदा प्रयोग गर्ने जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
पीडीए सरकार र लगानीकर्ताबीचको महत्वपूर्ण सम्झौता हो । सम्झौतामा सरकारले प्रवद्र्धकहरूलाई आयोजनाको निर्माणको अवधिमा आउने सम्भावित सामाजिक, आर्थिक समस्या र नीतिगत अस्थिरता हुन नदिने प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गर्नेछ । पीडीएमा लाइसेन्स अवधि, कर, निःशुल्क ऊर्जा, रोयल्टीलगायतका विषय उल्लेख हुने जानकारी ऊर्जाका एक अधिकारीले दिए ।




Monday, February 4, 2013

भ्रष्टाचारमा उन्मुक्ति पाउन मन्त्रिपरिषदबाट निर्णय

काठमाडौं, २२ माघ– पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका लागि बिनाप्रतिस्पर्धा चारवटा चिनिया“ जहाज खरिद गर्न निर्णयार्थ मन्त्रिपरिषदमा प्रस्ताव पठाउने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद ऐनअनुसार १० लाख रुपैया“भन्दा माथिको जुनसुकै मालसामान खरिद गर्न टेन्डर आह्वान गरी खुल्ला प्रतिस्पर्धा गराउनुपर्ने कानुनी व्यवस्थालाई छल्न मन्त्रिपरिषदबाट चिनिया“ जहाज सोझै खरिद गर्ने निर्णय गराउने प्रक्रिया अघि बढाइएको हो ।
मन्त्रिपरिषदको नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नमिल्ने कानुनी व्यवस्था भएका कारण त्यहाबाट ठूला खरिद र निर्माणका ठेक्कामा विवादास्पद निर्णय गराउने प्रवृत्ति बढ्दै गएका बेला पर्यटन मन्त्रालयले त्यही बाटो लिन लागेको हो ।
मन्त्रिपरिषदले सार्वजनिक खरिद ऐन मिचेर एकपछि अर्को गरी ठूलठूला निर्माणका ठेक्का र खरिदका विषयमा विवादास्पद निर्णय गर्दै आएका कारण पर्यटनबाहेक विभिन्न मन्त्रालयले समेत आफू मातहतका सार्वजनिक निकायका खरिदमा मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराउने क्रम बढ्दै गएको छ ।
पर्यटन मन्त्रालयको नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानका लागि पुरानै प्रक्रियाअनुसार जहाज किन्ने काम अगाडि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा छ । करिब ३ बर्षअघि भएको टेन्डर प्रक्रियाबाट छानिएको एयरबससंग एउटा न्यारो बडी जहाज खरिद गर्न सम्झौता भए अनुसार हाल आएर जाहाज किन्ने प्रक्रिया अगाडि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको हो । उक्त निर्णय पुनर्विचार गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएका कारण हाल आएर जहाज खदिरको निर्णय मन्त्रिपरिषदबाटै गराउन लागिएको हो ।
एअरबसस“गको एउटामात्रै जहाज ल्याउने सम्झौता गरिएको थियो । मन्त्रिपरिषदले पर्यटन मन्त्रालयको प्रस्तावमा केही महिनाअघि टेन्डर प्रक्रिया छल्नकै लागि बिना प्रतिष्पर्धा एअरबसस“गै थप अर्को एक न्यारो बडी जहाज ल्याउने निर्णय गरिसकेको छ ।
कुनै पनि कानुनले बिना प्रतिस्पर्धा निर्माणको ठेक्का दिने र खरिद गर्ने अख्तियारी कसैलाई पनि नदिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका पूर्वसचिव अवनीन्द्रकुमार श्रेष्ठले बताए ।  सार्वजनिक खरिद ऐन र नेपाल वायु सेवा निगम ऐनले बजार विश्लेषण गरी वायु सेवा निगमका कार्यकारी निर्देशक र सञ्चालक समितिलाई नै आवश्यकताअनुसार खुल्ला प्रतिस्पर्धाबाट जहाज खरिद गर्ने अख्तियार दिएको छ ।
कानुनले मन्त्रिपरिषदलाई कुनै पनि खरिदको निर्णय गर्ने अधिकार दिएको छैन । त्यहा“माथि बिनाप्रतिस्पर्धा चिनिया जहाज खरिदको निर्णय भयो भने सार्वजनिक खरिद ऐनको चरम उल्लंघन हुने सरकारी अधिकारी बताउ“छन् । विभिन्न निकायले ठूलठूला खरिद र निर्माणका ठेक्काको विवादास्पद प्रकरणमा अख्तियार दुरुपयोग र भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषदमा लगेर नीतिगत निर्णय गराउने प्रवृत्ति बढ्दै गएको जानकारी एक सरकारी अधिकारीले दिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले सम्हालेको ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट ठेक्का र खरिदका विषयमा सबैभन्दा बढी विवादास्पद निर्णय भएका छन् । मन्त्रिपरिषदले सार्वजनिक खरिद ऐन र जलविद्युत् विकास ऐन मिचेर ऊर्जा मन्त्रालयको प्रस्तावमा २० प्रतिशत काम सकिइसकेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ को वर्षायाममा मात्र क्षमता बढाउने, ८० मेगावाटको थर्मल प्लान्ट खरिद गर्ने, नेपाल वाटर एन्ड इनर्जी डेभ्लपमेन्ट कम्पनीलाई माथिल्लो त्रिशुली १ को  सर्वेक्षण लाइसेन्स पुनः दिने निर्णय गरिसकेको छ ।
पूर्व सचिव श्रेष्ठले सार्वजनिक खरिद ऐनअनुसार माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन दिने, थर्मल प्लान्ट खरिद गर्ने निर्णय गर्ने अधिकार मन्त्रिपरिषदसंग नभएको बताए । ‘सार्वजनिक खरिद ऐनअनुसार संस्थानको हकमा विद्युत् प्राधिकरण र नेपाल वायु सेवा निगमको कार्यकारी निर्देशक र एक तहमाथि जानुपरेमा सञ्चालक समितिले खरिदको निर्णय गर्ने हो, खरिदको निर्णय गर्ने कुने अधिकार मन्त्रिपरिषदलाई छैन’ उनले भने– ‘ऐनको मर्म नै सार्वजनिक खरिदको निर्णयमा राजनीतिक नेतृत्व मन्त्री र मन्त्रिपरिषदलाई संलग्न नगराउने हो ।’
सार्वजनिक खरिद ऐनले सार्वजनिक निकायको प्रमुख र त्यसको सञ्चालक समितिलाई मात्र मालसामान, निर्माण कार्य र परामर्श सेवा खरिद गर्ने अख्तियार दिएको छ । उक्त ऐनमा मन्त्रिपरिषदले मालसामान खरिद, निर्माण कार्य र परामर्श सेवा खरिद गर्ने विषयमा निर्णय गर्न सक्ने कुनै व्यवस्था छैन ।

सार्वजनिक खरिद ऐनको खरिद कार्यको जिम्मेवारी सम्बन्धी दफा ७ को उपदफा (१) मा ‘मालसामान, निर्माण कार्य वा सेवा खरिद कार्य गर्ने वा गराउने जिम्मेवारी सम्बन्धित सार्वजनिक निकायको प्रमुख र उक्त निकायको सर्वोच्च कार्यकारी निकाय (सञ्चालक समिति) बाट निर्णय भएबमोजिम खरिद गर्नुपर्नेछ’ उल्लेख छ ।
सार्वजनिक खरिद ऐनअनुसार नै मुलुकलाई हुने घाटा र फाइदाको विश्लेषण गरी माथिल्लो त्रिशुली ३ को वर्षायाममा मात्र क्षमता बढाउने दिने या नदिने या थर्मल प्लान्ट खरिद गर्ने÷नगर्ने निर्णय गर्ने अख्तियार विद्यु्त् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशकलाई मात्र छ ।

चिनिया“ ठेकेदार कम्पनीको मागबमोजिम मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला निर्माण अवधि दुई पछि धकेलिने र लागत करिब चार अर्ब रुपैया“ बढ्ने गरी मन्त्रिपरिषदको माथिल्लो त्रिशुली ३ एको क्षमता बढाउन सैद्धान्तिक स्वीकृति दिने तथा थर्मल प्लान्ट खरिद गर्ने निर्णयबाट सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन भएको छ ।
उक्त ऐनअनुसार थर्मल प्लान्ट खरिद गर्ने नीतिगत निर्णय प्राधिकरणको सञ्चालक समितिले गर्ने हो । मन्त्रिपरिषदको निर्देशनमा प्राधिकरणको सञ्चालक समितिले पहिलो चरणमा ४० मेगावाटको थर्मल प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्राधिकरणले छ महिनामा थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन गर्ने नाउ“मा अरू विकसित मुलुकमा लाइफ टाइम (अधिकतम उत्पादन दिने समयावधि पूरा भएका) सकिएका पुराना उपकरण ल्याउने प्रक्रिया अघि बढाएको छ । नया“ उपकरण ल्याउने हो भने प्लान्ट स्थापना गरी विद्युत् उत्पादन गर्न डेढ वर्षभन्दा बढी समय लाग्छ । प्राधिकरणका यी दुई विवादास्पद प्रकरणमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन मन्त्रिपरिषदबाट निर्णय गराइएको हो । ‘मन्त्रिपरिषदबाट नीतिगत निर्णयका नाममा ठूलठूला निर्माणका ठेक्का र खरिदको निर्णय गराउने प्रवृत्ति कानुन मिचेर भ्रष्टाचारलाई वैधता दिनु हो’ एक सरकारी अधिकारीले भने ।

मन्त्रिपरिषदले जलविद्युत् विकास ऐन विपरीत २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ को लाइसेन्स पुनः कोरियाली कम्पनीको समेत लगानी रहेको नेपाल वाटर एन्ड इनर्जी डेभ्लपमेन्ट कम्पनीलाई नै दिने निर्णय गरेको छ । ऐनले ५ सय मेगावाटसम्म जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन लाइसेन्स पूर्णाधिकार ऊर्जा सचिवलाई दिएको छ । ऊर्जा सचिव हरिराम कोइरालाले उक्त कम्पनीको सर्वेक्षण लाइसेन्स खारेज गरिदिएका कारण मन्त्रिपरिषदले कानुन मिचेर त्यसैलाई लाइसेन्स दिएको हो, जबकि कानुनअनुसार निर्णयमा पुनर्विचार गरी ऊर्जा सचिवले उक्त कम्पनीलाई पुनः लाइसेन्स दिन सक्थे ।

प्रधानमन्त्री कुलेखानीको जलाशय रित्याउ“दै

प्रधानमन्त्रीको निर्देशनमा तत्काललाई दैनिक २ घन्टा लोडसेडिङ घटाउन कुलेखानी २०–२१ घन्टा चलाइ“दैछ । यही दरमा चलाउ“दा कुलेखानीमा पानी रित्तिएर फागुन, चैतमा लोडसेडिङ २०÷२१ घन्टासम्म पुग्न सक्छ ।
काठमाडौं, २२ माघ– प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो निर्देशनमा विद्युत् प्राधिकरणले मुलुकको जलविद्युत् प्रणालीको एकमात्र ‘ब्याक अप’ का रूपमा रहेको कुलेखानी जलाशययुक्त आयोजना बढी समय चलाएर दैनिक दुई घन्टा लोडसेडिङ घटाएको छ । विद्युत्को सबभन्दा माग हुने पिक आवरमा बेलुका ५ देखि ७ घन्टामात्र चलाइ“दै आएको कुलेखानी आयोजनाबाट दैनिक २० देखि २१ घन्टा विद्युत् उत्पादन गरी प्रधानमन्त्रीको आदेशमा लोडसेडिङ १२ घन्टामा सीमित गरिएको जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।
वर्षायाम नलागेसम्मका लागि कुलेखानी आयोजनालाई सन्तुलित रूपमा चलाउन प्राधिकरणले माघ ६ गतेदेखि दैनिक २ घन्टा लोडसेडिङ बढाएर १४ घन्टा पु¥याएको थियो । प्रधानमन्त्रीले दैनिक १२ घन्टामा सीमित राख्ने आफ्नो घोषणाविपरीत किन लोडसेडिङ बढाएको भनेर आक्रोश व्यक्त गर्दै मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेल, ऊर्जासचिव हरिराम कोइराला, प्राधिकरणका कार्यकारी निर्देशकलाई घटाउन निर्देशन दिएपछि लोडसेडिङ घटाउन कुलेखानी बढी समय चलाइएको हो ।
मुख्यसचिवसहित प्राधिकरणका अधिकारीले प्रधानमन्त्रीसमक्ष कुलेखानीलाई वर्षायाम नलागेसम्मका लागि ब्याक अपका रूपका चलाइराख्न लोडसेडिङ बढाउनुपरेको उल्लेख गर्दै घटाउन नमिल्ने तर्क राखेको स्रोतले उल्लेख गरेको छ । ‘अहिले दैनिक २ घन्टा लोडसेडिङ घटाउने हो भने कुलेखानी बढी समय चलाउनुपर्छ, त्यसो गर्दा जलाशयको पानी छिट्टै रित्तिएर फागुन, चैत, वैसाख र जेठमा लोडसेडिङ जति समय हुने हो, बढेर २१÷२२ घन्टासम्म पुग्न सक्छ’ उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले भने । प्रत्युत्तरमा प्रधानमन्त्रीले भने– ‘पछि के हुन्छ मलाई थाहा छैन, मैल लोडसेडिङ १२ घन्टामा सीमित राख्ने सार्वजनिक घोषणा गरेको छु, १२ घन्टामात्र लोडसेडिङ गर्नोस् ।’ त्यसपछि प्राधिरकरणको सञ्चालक समितिले निर्देशनमा व्यवस्थापनले कुलेखानी बढी समय चलाएर लोडसेडिङ घटाएको हो । प्रधानमन्त्रीले आफ्नो कथित लोकप्रियताका लागि आफू पदमा रहेसम्म लोडसेडिङ बढाउन नदिएको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले निर्देशन दिएकै भोलिपल्ट अर्थात् माघ १० देखि नै कुलेखानी बढी समय चलाएर प्राधिकरणले अघोषित रूपमा दैनिक २ घन्टा लोडसेडिङ घटाएर १२ घन्टा कायम गर्दै आएको थियो । प्राधिकरणले शुक्रबारमात्र लोडसेडिङ दैनिक १२ घन्टामा झारिएको सार्वजनिक घोषणा गरेको हो । प्रधानमन्त्रीको आदेशलाई ‘शाही घोषणा’ का रूपमा लिएर मुलुकको विद्युत् आपूर्तिको सन्तुलन नै बिग्रने गरी कुलेखानीलाई अस्वभाविक रूपमा चलाएर लोडसेडिङ घटाउनुपरेकामा प्राधिकरणका प्राविधिकहरू आक्रोशित भएका छन् ।
उनीहरूले व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसित  ‘प्रधानमन्त्रीले भन्दैमा फागुन, चैत, वैसाख र जेठमा मुलुकलाई अन्धकारमा राख्ने गरी कुलेखानी अप्राकृतिक रूपमा चलाउन मिल्छ, फागुन, चैत, वैसाख र जेठमा लोडसेडिङ दैनिक २१÷२२ घन्टा पुग्दा हामीले आमजनताले के भनेर चित्त बुझाउने ?’ उनीहरूले ब्याक अपका रूपमा रहेको आयोजनालाई यति धेरै समय चलाएर विद्युत् निकाल्दै जाने हो भने कुलेखानी जलाशयको पानी फागुनमै सकिने र चैत, वैसाख र जेठमा मुलुकमा चरम लोडसेडिङ हुने जानकारी प्राधिकरणका अधिकारीले दिए । ती अधिकारीका अनुसार कुलेखानीलाई सन्तुलित रूपमा चलाउ“दा पनि आगामी फागुनको तेस्रो सातादेखि चैतको पहिलो साता (हिउ“ पग्लन सुरु हुने समय) सम्म दैनिक १९ घन्टा लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । कुलेखानीको पानी रित्तिंदै गएमा लोडसेडिङ झन् बढ्छ ।
कुलेखानीको जलाशयको पानी दैनिक ३ देखि ५ सेन्टिमिटरमात्र घट्ने गरी ५ देखि ७ घन्टा चलाइ“दै आएको थियो । तर, हाल लोडसेडिङ १२ घन्टामा सीमित गर्न माघ १० गतेदेखि नै जलाशयको पानी ११ सेन्टिमिटरसम्म घट्ने गरी कुलेखानीबाट बढी समय विद्युत् उत्पादन गर्न थालिएको छ ।
कुलेखानीमा पानीको सतह जति घट्दै जान्छ, पानीको जम्मा हुने क्षेत्रफल सा“घुरिंदै जाने किसिमको जलाशय भएकाले कुलेखानी दैनिक २०÷२१ घन्टा विद्युत् उत्पादन गर्न केही दिनपछि दैनिक २२÷२३ सेन्टिमिटर या क्रमशः सोभन्दा बढी पानी घट्दै जान्छ । कुलेखानीमा हाल विद्युत् निकाल्न मिल्ने पानीको गहिराइ ४० मिटरको हाराहारीमात्र छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले कुलेखानी आयोजनाबाट दैनिक २० देखि २१ घन्टा चलाएर विद्युत् उत्पादन गर्ने गरिएको स्वीकार गरे । तर, उनले कुलेखानी पहिलेभन्दा अहिले बढी नचलाइएको दाबीसमेत गरे । ‘कुलेखानी अहिले २०–२१ घन्टा चलाएको छौं, पहिला पनि यत्ति नै समय चलाइन्थ्यो । बढाइएको होइन’ उनले भने । तर, प्राधिकरणका अधिकारीले प्रधानमन्त्रीको आदेश आउनुअघि कुलेखानीलाई मुलुकको विद्युत् प्रणालीका ब्याक अप आयोजनाका रूपमा वर्षायाम नलागेसम्मका लागि बिजुली निकाल्न पानी पुग्ने गरी दैनिक बढीमा सात घन्टासम्म चलाइ“दै आएको थियो ।
कुलेखानी आयोजनालाई यसरी अप्राकृतिक रूपमा चलाउ“दै जाने हो भने फागुन, चैत, वैसाख र जेठमा दैनिक २१ घन्टाभन्दा बढी लोडसेडिङ हुने चिन्ता प्राधिकरणका अधिकारीको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख क्षेत्रीले नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहे तापनि भारतबाट आयातीत विद्युत् आपूतिर्मा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण्ँ लोडसेडिङ घटाइएको दाबी गरे ।
प्राधिकरण्ँले माघ २१ गते आइतबारदेखि लागू हुने लोडसेडिङ साताको १३ घन्टाले घटाएको छ । यसअघि माघ ६ गतेदेखि सातामा ९७ घन्टा लोडसेडिङ गरि“दै आएकामा आगामी आइतबारदेखि सातामा ८४ घन्टा लोडसेडिङ प्राधिकरण्ँले जनाएको छ ।  प्राधिकरण्ँका अनुसार परिवर्तित तालिकाअनुसार अब साताको सातै दिन १२ घन्टा लोडसेडिङ हुनेछ ।

Friday, February 1, 2013

मन्त्रिपरिषदद्वारा ज्ञानेन्द्रकालीन एकद्वार विज्ञापन नीति लागू गर्ने निर्णय

  • समानुपातिक विज्ञापनका नाममा अनुदार नीति अख्तियार
  • सरकारी निकायलाई सोझै विज्ञापन दिन प्रतिबन्ध
  • सूचना विभागमार्फत् मात्र विज्ञापन वितरण हुने
काठमाडौं, १९ माघ– प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सम्पूर्ण सरकारी विज्ञापनमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरी प्रत्यक्ष निरंकुश शासन चलाउ“दा लागू गरेको एकद्वार विज्ञापन नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले समानुपातिक विज्ञापन निर्देशिका पारित गरी एकद्वार विज्ञापन नीति लागू गर्ने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिएका छन् । मन्त्रिपरिषदले सञ्चार माध्यमहरूमा समानुपातिक रूपमा विज्ञापन दिने उद्देश्यले समानुपातिक विज्ञापन निर्देशिका पारित गरेको दाबी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गरे ।
तत्कालीन राजा ज्ञानेन्द्रका पालामा २०६१ सालमा आफ्नो प्रत्यक्ष शासनको समर्थन गर्नेलाई विज्ञापन दिन र विरोध गर्नेलाई नदिन समानुपातिक विज्ञापनका नाममा सरकारी विज्ञापनमा एकद्वार नीति बनाई लागू गरेको थियो । वर्तमान सरकारले ज्ञानेन्द्रको पालाकै विज्ञापन निर्देशिकालाई परिमार्जन गरी लागू गर्ने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।
निर्देशिकामा समानुपातिक विज्ञापन वितरण व्यवस्था लागू गर्नका पत्रकार महासंघलगायतका प्रतिनिधिमूलक व्यावसायिक संस्थाका प्रतिनिधिभन्दा सरकारले आफू खुसी आफ्नो स्वार्थ अनुकूलका व्यक्ति रहेको समिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ । सरकारको तजबिजमा गठन हुने समितिले एकद्वार प्रणालीबाट वितरण हुने विज्ञापन सत्तारूढ दलको स्वार्थपूर्ति गर्ने सञ्चार माध्यमको पहु“च, वितरण, दर्शक या पाठक बढी रहेको भन्दै तिनैलाई बढी दिन सक्ने अवस्था रहेको सञ्चार मन्त्रालयकै एक अधिकारीले बताए ।
निर्देशिकामा समानुपातिक विज्ञापन वितरण व्यवस्था लागू गर्नका लागि सञ्चार सचिवको अध्यक्षतामा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिनिधि रहेको समिति गठन गरिने व्यवस्था रहेको जानकारी सञ्चार मन्त्रालयका एक अधिकारीले दिए ।
निर्देशिकाले सबै सरकारी निकायलाई सोझै आफ्नो आवश्यकताअनुसार छापा र इलेक्ट्रोनिक सञ्चार माध्यममा विज्ञापन दिन प्रतिबन्ध लगाएको छ । निर्देशिकाअनुसार अब देशभरका सरकारी निकायहरूले आफूले प्रकाशन तथा प्रसारण गर्नुपर्ने विज्ञापन सूचना विभागलाई दिनुपर्नेछ । सूचना विभागले एकद्वार प्रणालीबाट समानुपातिक आधारमा भागबण्डा गरी ती विज्ञापन प्रकाशन÷प्रसारण गर्न दिने व्यवस्था निर्देशिकामा गरिएको जानकारी सञ्चार मन्त्रालयका अधिकारीले दिए ।
विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकमा विज्ञापन दिन एकद्वार नीति लागू नगरिएको उल्लेख गर्दै एक सरकारी अधिकारीले नै समानुपातिक विज्ञापनका नाममा सरकारले एकद्वार विज्ञापन प्रणाली लागू गरी अनुदार नीति अख्तियार गरेको बताए ।
ती अधिकारीका अनुसार विज्ञापनमा एकद्वार नीति उदार अर्थव्यवस्था र प्रतिस्पर्धात्मक बजार नीतिविपरीत छ । निर्देशिकामा सञ्चार माध्यमको पहु“च, वितरण संख्या, दर्शक र पाठक संख्याका आधारमा समानुपातिक रूपमा विज्ञापन दिइने उल्लेछ ।
तर, मुलुकमा कुन–कुन सञ्चार माध्यमको पहु“च कति छ, दर्शक र पाठक कति छन् भन्ने वैज्ञानिक विश्लेषण नभएको र त्यसो गर्ने विश्वासिलो निकाय नै नभएकाले सत्तारूढ दलहरूले आफू अनुकूलका सञ्चार माध्यमहरूलाई बढी विज्ञापन दिएर समानुपातिक विज्ञापन नीतिको चरम दुरुपयोग गर्न सक्ने चिन्ता एक सरकारी अधिकारीले व्यक्त गरे ।
देशभरका सरकारी निकायले प्रकाशन तथा प्रसारण गर्नुपर्ने विज्ञापन पहिला सूचना विभागमा पठाउने र विभागले कुन सञ्चार माध्यमको भागमा कति विज्ञापन पर्छ भनी हिसाबकिताब गरी प्रकाशन तथा प्रसारण गर्न दिने व्यवस्था आफैंमा झन्झटिलो र लामो प्रक्रिया भएको टिप्पणी सरकारी अधिकारीले गरेका छन् ।
ती अधिकारीका अनुसार यो निर्देशिकाको लामो र झन्झटिलो प्रक्रियाका कारण कुनै सरकारी निकायले तत्काल अत्यावश्यक परी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सक्ने छैनन् र त्यसले गर्दा तत्काल अत्यावश्यक कार्य गर्न गाह्रो पर्नेछ ।
‘कुनै पनि सरकारी निकायले तत्काल अत्यावश्यक परी विज्ञापन प्रकाशन÷प्रसारण गर्नुपर्छ, तर समानुपातिक विज्ञापन निर्देशिकाका कारण अब त्यस्ता अत्यावश्यक विज्ञापन प्रकाशन नै गर्न सकिन्न । सूचना विभागलाई दिएर समानुपातिक रूपमा विज्ञापन वितरण गर्दा प्रकाशन÷प्रसारण गर्न धेरै समय लाग्छ’ एक सरकारी अधिकारीले भने ।
एकद्वार नीतिका कारण विकासे कार्यालयहरूले गर्ने टेन्डर आह्वानको विज्ञापनको प्रकाशन तथा प्रसारण गर्नसमेत समय बढी लाग्ने र त्यसले गर्दा विकास निर्माणमा समेत नकारात्मक असर पर्ने जानकारी एक आयोजना प्रमुखले दिए ।
‘संसद हु“दा बजेट पारित हु“दा कात्तिक लाग्छ । टेन्डर आह्वान गरी ठेक्का अवार्ड गर्दा अर्को तीन महिना लाग्छ, त्यही कारण मुलुकमा विकास निर्माणको काम आर्थिक वर्षको अन्तिम चौमासिकमा मात्र हुन्थ्यो, एकद्वार विज्ञापन नीतिका कारण टेन्डर आह्वान गर्न झन् बढी समय लाग्ने भएकाले विकासनिर्माणका लागि आर्थिक वर्षमा २ महिना पनि समय बा“की नरहने भएकाले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पर्छ’ ती आयोजना प्रमुखले भने ।
विज्ञापन एजेन्सी संघले समानुपातिक विज्ञापनका नाममा सरकारले सरकारी विज्ञापनका कुनै पनि लोकतान्त्रिक र सभ्य मुलुकमा नभएको एकद्वार नीति लागू गर्ने निर्णय गरेकामा भत्सर्ना गर्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
संघका अध्यक्ष राजकुमार भट्टराईले कुनै पनि सरकारी निकायले आफ्नो विज्ञापन जुन लक्ष्यित समूह या वर्गका हो, त्यो समूह या वर्गमा पहु“च भएको सञ्चार माध्यमलाई प्रकाशन तथा प्रसारण गर्न दिन पाउने लोकतान्त्रिक मूल्य मान्यताविपरीत एकद्वार विज्ञापन नीति ल्याइएको टिप्पणी गरे ।
उनले नेपाली  विज्ञापन एजेन्सीहरूमा सरकारी निकायको विज्ञापन जुन लक्ष्यित वर्ग या समूहका लागि हो, त्यो समूह या वर्गमा पहु“च भएका सञ्चार माध्यमलाई छानेर दिने लामो अनुभव रहेको उल्लेख गर्दै विज्ञापन एजेन्सीहरूको हक अधिकारविरोधी सरकारी निर्णयका विरुद्ध आफूहरू आन्दोलनमा उत्रने बताए ।
समानुपातिक विज्ञापनका नाममा सरकारी विज्ञापन लक्ष्यित वर्ग या समूहमा पहु“च नै नभएका सञ्चार माध्यमलाई दिइयो भने त्यो जनताले तिरेको राजस्वको ठाडो दुरुपयोग हुने टिप्पणीसमेत उनले गरे । एकद्वार विज्ञापन नीति बेलायतले आफ्नो उपनिवेश भएका मुलुकमा र तत्कालीन शाही सरकारले आफ्नो समर्थन गर्ने सञ्चार माध्यमलाई विज्ञापन दिन लागू गरेको उल्लेख गर्दै उनले हाल कुनै पनि लोकतान्त्रिक मुलुकमा यस्तो विज्ञापन नीति नभएको बताए ।






सरकारी निकायमा स्वदेशी वस्तु उपयोग अनिवार्य गर्ने तयारी

काठमाडौं, १९ माघ– सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सम्पूर्ण सरकारी निकायमा उपलब्ध भएसम्म स्वदेशी वस्तुको अनिवार्य उपयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिकामा छलफल गर्नुपर्ने भएकोले आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री राजकिशोर यादवले दिए ।
एडीबीले सवा अर्ब सहयोग गर्ने
एसियाली विकास बैंक (एडीबी) ले नेपालको व्यापार सहजीकरण कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब २६ करोड ३० लाख रुपैया“ ऋण सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले एडीबीको सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी यादवले दिए ।
हात्ती पीडित परिवारलाई तीन लाख
सरकारले सुनसरी जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । सरकारले वन्य जन्तुजन्य क्षति भएकालाई क्षतिपूर्तिसम्बन्धी निर्देशिका संशोधन गरी राहत रकम वृद्धि गरेको छ । वन्य जन्तुको आक्रमणबाट कुनै व्यक्ति मारिएमा पीडित परिवारलाई तीन लाख, सख्त घाइतेलाई ५० हजार, घाइतेलाई १० हजार, घरगोठ, बाली, भण्डारण गरिएको खाद्यान्न नष्ट भएमा १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था निर्देशिकामा गरिएको छ ।
मन्त्री यादवले वन्यजन्तुबाट मानवीय क्षति कम गर्न तार बार गर्नका लागि कोशीटप्पु वन्य जन्तु आरक्षणलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
महोत्तरीमा सेवा केन्द्र
सरकारले गृह मन्त्रालयअन्तर्गत महोत्तरीको गौशालामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । केन्द्रलाई १२ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।
रूख काट्न सहमति
सरकारले मकवानपुरको कमाने–लक्ष्मीपुर ३३ केभी प्रशारण लाइन निर्माण आयोजनाका लागि र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको मूल र फिडर नहर निर्माण गर्न वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरी रूख हटाउन सहमति दिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको जिम्मा कोषलाई
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दुई वर्षका लागि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा दिएको छ ।