Monday, December 31, 2018

सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, १५ पुस– प्रधानमन्त्री केपी ओलीले मुलुकमा सामाजिक सदभाव  बिथोल्ने प्रयास भइरहेको बताएका छन् । तमु ल्होसार पर्वको अवसरमा आइतबार राजधानीको टु“डिखेलामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामाजिक सदभाव बिथोलिन नदिन राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
ओलीले सामाजिक सदभाव बिथोल्ने प्रयास गर्नेहरूलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आग्रह गरेका छन् । तर, उनले कसले सामाजिक सदभाव बिथोल्ने प्रयास गरेको भन्ने चाहि“ उल्लेख गरेनन् । प्रधानमन्त्रीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति बनाई कार्यान्वयन गर्न थालेको उल्लेख गर्दै पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरिएकोसमेत दाबी गरे ।
उनले संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने बताए । उनले सबै जाति र समुदायको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौं, १५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउ“पालिकाको प्राविधिक शाखामा कार्यरत इञ्जिनीयर कपिल आचार्य र सबइञ्जिनीयर लक्ष्मण ढुंगानालाई घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरी अभिलेखीकरण गरिदिने आश्वासन दिई लिएको ८० हजार रुपैया“ घुससहित उनीहरू पक्राउ परेको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।
अख्तियारको टोलीले उनीहरूलाई गाउ“पालिका–४ बाट शुक्रबार नियन्त्रणमा लिइएको भए पनि छानबिनपछि आइतबारमात्रै सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकता विधेयक छिटो पारित गर्न प्रदेश २ को आग्रह

‘प्रदेश २ मा जन्मसिद्ध नागरिकका १ लाख सन्तान नागरिकताविहीन’
काठमाडौं, १५ पुस– प्रदेश २ को सरकारले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो छिटो खोल्नका लागि नागरिकता विधेयक छिटो पारित गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेको छ । प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राज्य व्यवस्था समितिलाई आइतबार पत्र लेखी आग्रह गरेका हुन् ।
पत्रमा जन्मसिद्ध नागरिकका छोराछोरीहरूले नागरिकता नभएका कारण शैक्षिक संस्थाहरूमा भर्ना हुन र अरू विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै प्रदेश २ सरकारले यथाशीघ्र विधेयक पारित गर्न आग्रह गरेको हो ।
‘नागरिकता विधेयकलाई धेरै लम्ब्याउनुहु“दैन, नागरिकता नभएका कारण धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरूमा भर्नास“गै थुप्रै विषयमा समस्या भइरहेको छ’ पत्रमा छ ।
पत्रमा प्रदेश २ मा मात्र झण्डै एक लाखको हाराहारीमा युवायुवती जन्मसिद्ध नागरिकका सन्तान रहेको उल्लेख छ । नागरिकता नभएका कारण हजारौंहरूले उच्च शिक्षामा भर्ना हुन नपाएको जिकिरसमेत पत्रमा गरिएको छ ।
प्रदेश २ सरकारले सर्वोच्च र उच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन धेरै आदेश जारी गरेको उल्लेख गर्दै पत्रमा प्रमुख जिल्ला अधिकारीहरूले त्यसलाई कार्यान्वयन गर्न नमानेको दाबी गरेको छ । पत्रमा २ नं. प्रदेशसभाले समेत नागरिकतासम्बन्धी विधेयक छिटो पारित गर्न केन्द्र सरकार र संघीय संसदलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको उल्लेख छ ।

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं, १५ पुस– प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गरिने संकेत गरेका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले विभिन्न समुदायको पर्वमा सार्वजनिक बिदा दिने संकेत गरेका हुन् ।
’मैले तपाईंहरूको भावना र माग बुझें, जायज माग पूरा गर्नका लागि पहल गर्नेछु’ तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले गरेको ल्होछार कार्यक्रममा उनले भने, ’मैले यहा“ घोषणा गर्न मिलेन । प्रक्रियाअनुसार तपाईंहरुको जायज माग पूरा हुन्छ ।’
गुरुङ, मगर, राई, लिम्बु, थारु, तामाङलगायतका आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइ“दै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध हु“दै आएको छ । उनीहरुले पुनः सार्वजनिक बिदा दिन सरकारसित माग गर्दैआएका छन् ।
प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिंका अध्यक्ष रेशम गुरुङले विगतमा ल्होछारका अवसरमा दिइ“दै आएको सार्वजनिक बिदा काटिंदा गुरुङहरु आन्दोलित भएको उल्लेख गर्दै बिदा कटौतीको निर्णय पुनरावलोकन नगरे बाध्य भएर आन्दोलनमा जानु पर्ने चेतावनी दिएका थिए ।

Sunday, December 30, 2018

चिनियाँ विद्युतीय बस भारतीय परेपछि ...

बस फिर्ता गरेर चीनमा बनेका ल्याउन आपूर्तिकर्ता कम्पनीलाई निर्देशन
काठमाडौं, १४ पुस– सरकारले टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका ५ वटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने उल्लेख थियो । तर आपूर्तिकर्ता कम्पनीले नेपाल भित्र्याएका ती बस भारतमा निर्माण भएको पाइएको छ ।
 पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले स्पेसिफिकेसनअनुसार भए÷नभएको अध्ययन गर्दा ती बसका पार्टपुर्जाहरू भारतमा निर्मित पाएको हो । थप अध्ययनका क्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको जानकारी मन्त्रालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार प्राविधिक समितिले ती बसमा १७ वटा कैफियत (बदमासी) औंल्याएको छ । समितिले ती बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन दिएको छ  । समितिको अध्ययन प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले ती बस तत्काल फिर्ता गरी टेन्डर सम्झौताअनुसार चीनमा निर्मित गुणस्तरीय बस ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले ती बसको भुक्तानीसमेत रोकेको छ ।

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

काठमाडौं, १४ पुस– कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको निवास अगाडि प्रदर्शन गरिएको छ । विवेकशिल साझा पार्टीको अगुवाइमा ‘न्यायको खोजीमा निर्मलाहरू’ ब्यानरमा बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन गृह मन्त्री र प्रहरी प्रशासन असफल भएको दाबी गरेका थिए । उनीहरूले आपराधिक कार्यको छानबिन गर्न असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धानसम्बन्धी विशेष तालिन दिन पनि माग गरे ।

Friday, December 28, 2018

जबराको सुनुवाइ आइतबार

काठमाडौं, १३ पुस– संघीय संसदको संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराविरुद्ध उजुरी हाल्ने उजुरीकर्तास“ग छलफल गरेको छ । समितिले नौ उजुरीकर्तालाई आफ्नो बैठकमा बोलाएर आ–आफ्नो उजुरी पुष्टि गर्न मौका दिएको हो । उजुरीकर्ताहरूले कार्य सम्पादनका क्रममा न्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको दाबी गर्दै त्यस्तो व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन नहुने जिकिर गरेका थिए ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराका बारेमा आइतबार सुनुवाइ गर्ने निर्णय गरेको छ । सुनुवाइका क्रममा जबराको कार्ययोजनासहितको प्रस्तुति, उजुरीमाथिको जवाफ र सदस्यहरूको जिज्ञासाको प्रत्युत्तर सुनेपछि समितिले उनलाई अनुमोदन गर्ने÷नगर्ने निर्णय गर्नेछ । संवैधानिक परिषदले सर्वोच्चमा तीन वर्ष सेवा अवधि पुगेका वरिष्ठतम न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरी सुनुवाइका लागि समितिमा पठाएको हो।सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्ने छिन् ।

नेपालमा अब कोही पनि गरिब हुँदैनन् : प्रधानमन्त्री

काठमाडौं, १३ पुस– प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सबै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने उल्लेख गर्दै अब नेपालमा कोही पनि गरिब नरहने दाबी गरेका छन् ।
संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार उदघाटन गर्दै सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने दाबी गरे ।ु
उनले मुलुकमा श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृत्ति विकास र आर्थिक स्थिति सुधार गर्न सधैं सकारात्मक रहने बताए ।
‘हामीले मजदुरको मात्र होइन उद्योगीहरूको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं’ प्रधानमन्त्रीले भन्नुभयो– ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’ ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्न नभई गरिबलाई धनी बनाउने नीति अख्तियार गरी लागू गरेको बताए । ‘सामाजिक समानताका आधारमा गरिबलाई पनि खान लाउन र दैनिक जीवन सहज ढंगले धान्न पुग्ने गरी कार्यक्रम ल्याउ“छौं’ प्रधानमन्त्रीले भने– ‘सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । हामी छिट्टै त्यो अवस्थामा पुग्छौं ।’

जापानी विदेशमन्त्री पुस २५ मा आउँदै

काठमाडौं, १३ पुस– जापानका विदेशमन्त्री तारो कोनो दुईदिने औपचारिक भ्रमणमा पुस २५ मा नेपाल आउने भएका छन् । उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनले भ्रमणका क्रममा नेपाली समकक्षी ज्ञवाली, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलगायतका नेतासित भेटवार्ता गर्नेछन् । उनले जापानी सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगति विवरणका बारेमा समेत जानकारी लिने कार्यक्रम छ ।

वडा सदस्यसहित ४ जना घुससहित पक्राउ,

२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, १३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्राधिकरण नोलाइट शाखा काठमाडौं, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतलाई जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग लिएको घूस रकमसहित पक्राउ गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।
यसैबीच अख्तियारले नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खा“विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार मुद्दा दायर गरेको छ ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को  सरकारी सार्वजनिक जग्गा हाल साबिक गर्दा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तिवारीका हत्याका अभियुक्त मेयरलाई सफाइ

काठमाडौं, १३ पुस– हिन्दु युवासंघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्वरबहादुर शाहीको इजलासले उच्च अदालत जनकपुरको जन्मकैदको सजाय उल्ट्याई तिवारीलाई सफाइ दिएको हो । जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउ“दै जनकपुर उच्च अदालतले ०७४ फागुन २५ मा कुशवाहालाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो । कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार भई कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी तत्कालीन मन्त्री प्रभु साहका स्वकीय सचिवसमेत थिए ।

५ राजदूत नियुक्तिको सिफारिस

काठमाडौं, १२ पुस– सरकारले ५ वटा मित्र राष्ट्रका लागि राजदूत र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका लागि स्थायी प्रतिनिधि नियुक्त गर्न सिफारिस गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ती मुलुक र नियोगका राजदूतलाई फिर्ता बोलाई नया“ नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि नेपालको स्थायी प्रतिनिधि र स्वीटजरल्यान्डका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, भृगु ढुंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स र दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूत सिफारिस गरिएको छ । यी मुलुकमा कूटनीतिक सेवाका करिअरवालालाई राजदूत बनाउन लागिएको हो । फिर्ता बोलाइएका ती मुलुकका राजदूतसमेत कूटनीतिक सेवाकै हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूको नाम संसदीय सुनुवाइका लागि संघीय संसदको सचिवालयमा पठाइसकेको छ । सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गरेर सम्बन्धित मुलुकमा एग्रिमाका लागि नाम पठाइनेछ । एग्रिमा आएपछि उनीहरू राजदूत भएर जाने छन् ।
फिर्ता हुने राजदूतहरूमा दीपक धिताल (जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीटजरल्यान्ड), खगराज अधिकारी (थाइल्यान्ड), कालीप्रसाद पोखरेल (क्यानाडा), अम्बिका लुइ“टेल (फ्रान्स) र यज्ञबहादुर हमाल (कुवेत) छन् ।

पदपूर्तिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारी भर्ना गर्दा अनियमितता गरेको अभियोगमा पदपूर्ति समितिका अध्यक्ष चन्द्रकुमार चौधरीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनमी पदको अन्तर्वार्तामा पदपूर्ति समितिका अध्यक्ष चौधरीले सफल व्यक्तिलाई वैकल्पिक र वैकल्पिक व्यक्तिलाई सफल बनाई अन्तर्वार्ताको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

विज्ञप्ति गलत लेख्नेलाई परराष्ट्रले कारबाही गर्ने

काठमाडौं, १२ पुस– परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्या भण्डारीले इन्डोनेसियाका समकक्षीलाई पठाएको शोक सन्देशसम्बन्धी विज्ञप्तिमा गलत शब्द लेखेर जारी गर्ने कर्मचारीलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले गलत शब्द राखेर विज्ञप्ति तयार पारी जारी गर्ने कार्यमा संलग्न कर्मचारीलाई लिखित स्पष्टीकरण सोधेको छ । परराष्ट्र मन्त्रालयको ‘दक्षिण, पूर्व एसिया तथा प्रशान्त महाशाखा’ का कर्मचारीले विज्ञप्ति तयार गरेर जारी गरेका हुन् ।
‘विज्ञप्तिमा गलत शब्द लेख्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ– ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिनेछ ।’
 इन्डोनेसियामा सुनामीका कारण धनजनको ठूलो क्षति भएकामा राष्ट्रपति भण्डारीले समवेदना व्यक्त गर्दै बुधबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोलाई पठाएको शोक सन्देशसम्बन्धी परराष्ट्रको विज्ञप्तिमा गलत शब्द थियो । परराष्ट्रले विज्ञप्तिमा समवेदना हुनुपर्ने ठाउ“मा बधाई शब्द राखिएको थियो । परराष्ट्रले गल्ती भएकामा बुधबार नै माफी माग्दै विज्ञप्ति सच्याएको थियो ।

नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

नेपाली विद्यार्थीलाई अतिरिक्त शुल्क हटाउन परराष्ट्रले पहल गर्ने
काठमाडौं, १२ पुस– सरकारले नेपाली र अमेरिकी नागरिकका लागि पर्यटक भिसा शुल्क बराबर बनाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्परिकतासम्बन्धी प्रस्ताव स्वीकृत गरी दुवै देशका नागरिकले एक–अर्को देशमा जा“दा समान भिसा शुल्क लाग्ने व्यवस्था गरेको हो ।
 अब अमेरिकी र नेपाली पर्यटक दुवैले एक–अर्को देशमा भ्रमणको लागि पा“च वर्षे बहुप्रवेशी भिसा लिंदा १ सय ६० डलर बुझाउनु पर्नेछ । यसअघि नेपालले अमेरिकी नागरिकलाई ९० दिनको भिसाका लागि सय डलर शुल्क लिने गथ्र्यो भने अमेरिकी सरकारले पा“च वर्षेबहुप्रवेशी भिसाका लागि एक सय ६० डलर नै लिन्थ्यो ।
गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसार अब अमेरिकी नागरिकले पनि पा“च वर्षे बहुप्रवेसी भिसा लिएपछि एक सय ८० दिनसम्म नेपालमा बस्न पाउनेछन् । यो नियम सन् जनवरी १ देखि लागू हुनेछ ।
सरकारले नेपाली विद्यार्थीहरूले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिदै आएको अतिरिक्त शुल्क हटाउन अमेरिकासित कूटनीतिक पहल गर्ने भएको छ । अमेरिकामा अध्ययन गर्न जान नेपाली विद्यार्थीले भिसा आवेदन दिंदा अमेरिकी दुतावासले अतिरिक्त शुल्क २ सय डलर लिंदै आएको छ ।

एनआरएनलाई नेपाली सरह नागरिकता दिन माग

काठमाडौं, १२ पुस– गैरआवासीय नेपालीले संघीय संसदमा आफूहरूलाई नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् । संसदको राज्य व्यवस्था समितिको बिहीबारको बसेको बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिले गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थालाई सहज बनाउन आग्रह गरेका हुन् ।
संविधानमा संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान छ । संविधानअनुसार गैर आवासीय नागरिकता प्राप्त नेपालीले राजनीतिक अधिकार भने पाउने छैनन् ।
गृह मन्त्रालयले संवैधानिक व्यवस्थाअनुसार संसदमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगेको छ । विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ ।
संघले विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशज वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक भएको र पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले अन्य नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने आफ्नो मान्यता रहेको धारणा समितिमा राखेको थियो ।

६ पत्रकार पुरस्कृत

काठमाडौं, १२ पुस– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पत्रकारितामार्फत नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याएकामा ६ संचारकर्मीलाई पुरस्कृत गरेका छ ।
संस्थाको ४० औं वार्षिक साधारण सभामा टानका अध्यक्ष नवराज दाहाल तथा पूर्वमन्त्री एनपी सावदले छापातर्फबाट कान्तिपुर दैनिकका संवाददाता सुरज कु“वर, नागरिक न्युजका अर्जुन तामाङ, फोटोतर्फ राजधानी दैनिकका सुशील श्रेष्ठलाई जनही ८ हजार रुपैया“ राशीको पुरस्कार प्रदान गरेका थिए । टेलिभिजन विधातर्फ न्यूज२४ बाट प्रशारित हुने डेभलपमेन्ट फोरमलाई र अनलाइनतर्फ टुरिजम अनलाइनकी संवाददाता जुली गुरुङलाई पुरस्कृत गरिएको छ ।
टानका मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार, कार्यक्रममा सर्वाधिक टिम्सकार्ड बिक्री गर्ने १० वटा नेपाली टे«किङ एजेन्सीहरु रैका टुर, रोयल माउन्टेन, समीट नेपाल, हिमालय इन्काउन्टर, हाइल्याण्ड, स्विस माउन्टेन, थामसेर्कु, रोयल हाइ, जे भील नेपाल र इन्टरनेश्नल टे«क्सरलाई पनि पुरस्कृत गरिएको थियो ।

कांग्रेसले आगलागी पीडितलाई ५ लाख राहत दिने

काठमाडौं, ११ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले कालीकोट जिल्लाको खारामा भएको आगलागी पीडित ८७ परिवारलाई तत्कालको राहतका लागि ५ लाख रुपैया पार्टी कोषबाट दिने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा रहेको कोषबाट उक्त रकम दिन लागिएको जानकारी कालीकोटका नेता एवं तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दिए ।
आगलागिबाट खाराका ८७ घर विस्थापित भएका छन । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले पीडित परिवारलाई तत्काल राहत, घाइतेको उपचार र पुनःस्थापनका लागि तत्काल राहत प्याकेज पठाउन सरकारसमक्ष माग गरेको छ ।

तीन राजदूतलाई फिर्ता बोलाइयो, शेर्पाका बारेमा निर्णय भएन

काठमाडौं, ११ पुस– सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले जानकारी दिएका छन् ।
ती सल्लाहकारका अनुसार उनीहरूलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यान्मार) र प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त सर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन ।
कांग्रेसको कोटामा नियुक्त बा“की चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपा निकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् ।
सरकारले राप्रपाको कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई यसअघि नै फिर्ता गरी त्यहा“ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमाका लागि नाम पठाइसकेको छ । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई भने यथावत राख्ने तयारी सरकारको छ ।

घिमिरे सचिवमा बढुवा, ऊर्जामा पदस्थापन

काठमाडौं, १० पुस– सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली अध्यक्ष रहेको बढुवा समितिको सिफारिसमा वरिष्ठ सहसचिव घिमिरेलाई विशिष्ट श्रेणीमा पदोन्नति गरेको हो ।
मन्त्रिपरिषदले घिमिरेलाई ऊर्जा सचिवमा पदस्थापन गरेको छ ।  ऊर्जा सचिव अनुपकुमार उपाध्यायले ५ वर्षे पदावधि बा“की छ“दै राजिनामा दिएपछि रिक्त पदमा इन्जिनियरिङ क्लस्टरका वरिष्ठ सहसचिवहरूमध्येबाट घिमिरेको बढुवा भएको हो । यसअघि घिमिरे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका नीति महाशाखा प्रमुख एवं प्रवक्ता थिए ।

प्रमुख कृषि अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका १२ कर्मचारीसहित १३ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सिड किट्स वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत, नरहरि घिमिरे, चार शाखा अधिकृतसहितका १२ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
कृषि विकास कार्यालय दैलेखका कर्मचारी र ठेकेदारको मिलेमतोमा सिड किट्स खरिद नै नगरी खरिद र ढुवानी गरेको नक्कली बिल भर्पाई बनाई रकम भुक्तानी गरेको देखाएर भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा बागवानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, बागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा छन् ।
त्यसैगरी कृषि विकास कार्यालय दैलेखका लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र जिल्ला समन्वय समितिका सव इन्जिनियर रामप्रसाद शर्मा तथा ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रमेखबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी ऐन बनाउन सर्वोच्चको आदेश

काठमाडौं, १० पुस–  सर्वोच्च अदालतले जलवायु परिवर्तन सम्बन्धी छुट्टै ऐन निर्माण गरेर कार्यान्वयन गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलाशले मंगलबार नेपालको संविधानअनुसार जलवायु परिवर्तनसम्बन्धी ऐन बनाउन अन्तरिम आदेश जारी गरेको हो ।
 सर्वोच्चले आदेशमा जनजीविकामा जलवायु परिवर्तनबाट पर्ने प्रत्यक्ष र अप्रत्यक्ष असरबाट सुरक्षा गर्ने उपयुक्त योजना तयार गरी तत्काल लागू गर्नसमेत सरकारलाई निर्देश गरेको छ । सर्वोच्चले जलवायु परिवर्तन नीति, २०६७ मा भएका व्यवस्थालाई ऐनमा समेटी तत्काल प्रभावकारी र ठोस रूपमा कार्यान्वयन गर्न सरकारमा नाममा आदेश जारी गरेको छ ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनको विषय अति गम्भीर भए पनि मुलुकमा वातावरण संरक्षणसम्बन्धी बनेको वातावरण संरक्षण ऐनमा जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने कुनै कानुनी व्यवस्था नरहेकाले छुट्टै ऐन बनाउन आदेश जारी गर्न माग गर्दै २०७४ कात्तिक १४ मा सर्वोच्च रिट दायर गरेका थिए ।

Tuesday, December 25, 2018

हतारमा नतिजा खोज्दा अनुसन्धानमा कमजोरी भयो : आईजीपी खनाल

निर्मला हत्या प्रकरण
काठमाडौं, ९ पुस– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानका क्रममा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरेका छन् ।
अनुसन्धानका क्रममा निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न यातना र दबाव दिएको घटना एकपछि अर्को सार्वजनिक भइरहेका बेला खनालले प्रहरीको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् ।
‘हतारमा नतिजा खोज्दा अनुसन्धानका क्रममा गलत अभ्यास भएको भेट्यौं’ सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने । उनले अब प्रहरीले अनुसन्धानका क्रममा गलत अभ्यास दोहोरिन नदिने बताए ।
‘निर्मलाको हत्यारा पत्ता लगाउने काममा प्रहरीले कति प्रतिशत सफलता हासिल गरेको छ ?’ भन्ने प्रश्नमा खनालले अनुसन्धानमा यति प्रतिशत सफलता हात प¥यो भनेर निर्धारण गर्न नसकिने बताए । ‘घटनाको अनुसन्धानमा कि शून्य प्रगति हुन्छ, कि शतप्रतिशत प्रगति हुन्छ’ उनको भनाइ थियो ।
उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिछाडने प्रतिबद्धता व्यक्त गरे । उनले निर्मला पन्तको हत्याकोे अनुसन्धानका क्रममा भएका कमजोरीको छानबिन गर्न गठित समितिको प्रतिवेदन अध्ययन भइरहेको बताए । उनले  प्रतिवेदनको सिफारिसअनुसार अनुसन्धानका क्रममा लापरबाही र कमजोरी गर्ने उच्च अधिकारीसहित सबैमाथि प्रशासनिक कारबाहीमात्र नभई आवश्यक भए फौजदारी संहिताअनुसार अदालतमा मुद्दासमेत दायर गरिने बताए ।

निर्मलाको हत्यारा पत्ता लगाउन विद्यार्थीले गुहारे राष्ट्रसंघ

काठमाडौं, ९ पुस– विद्यार्थीहरूले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै सोमबार संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । ‘निर्मलाको न्यायका निम्ति अभियान’ मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले १ सय ५० दिन पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै हस्ताक्षर संकलन गरी सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाएका छन् ।
निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गरी पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय हस्ताक्षर बुझाइएको जानकारी अभियानका विद्यार्थीले दिएका छन् । उनीहरुले माइतीघरमा भेला भएर निर्मला पन्तको न्यायका निम्ति एक साता लामो हस्तक्षार संकलन अभियान गरेका थिए । उनीहरू बलात्कारलगायतका महिलाहिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन् ।

सहमतिपछि पूर्वलडाकुको अनसन तोडियो

काठमाडौं, ९ पुस– पूर्व लडाकुहरूले सरकारसँग चार बुँदे लिखित सहमतिपछि सोमबारदेखि अनसनको कार्यक्रम फिर्ता लिएको छन् । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा सशस्त्र द्वन्द्वका घाइते र अपांग पूर्वलडाकुहरूको उपचार सरकारले निःशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरूmले आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे र पूर्वलडाकुका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक, पार्वती पुनले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरूको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले मुलुकबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगलाई सरकारका तर्फबाट आवश्यक खर्चका लागि पहल गर्ने, घाइते, अपांगहरुको उपचारका क्रममा भएको खर्चको सरकारले तिर्ने उल्लेख छ । सहमतिपछि थुनामा रहेका पूर्व लडाकु युवराज विकलाई सोमबार नै रिहा गरिएको छ ।

Sunday, December 23, 2018

अमेरिकासित इन्डो प्यासिफिक क्षेत्रका विषयमा मात्र छलफल : परराष्ट्रमन्त्री

काठमाडौं, ८ पुस– परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँगको भेटवार्तामा अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा नेपाल सहभागी हुने विषयमा कुराकानी नै नभएको बताएका छन् । अमेरिका भ्रमणबाट फर्केपछि परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले अमेरिका भ्रमणका क्रममा इन्डो–प्यासिफिक क्षेत्रका विषयमा मात्र छलफल भएको बताए ।
उनले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल भएको उल्लेख गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले उत्तर कोरियामात्र होइन समग्र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुुनुपर्ने नेपालको अडान र राष्ट्रसंघीय प्रस्तावअनुरूप आणविक निःशस्त्रीकरणको पक्षमा नेपाल रहेको उल्लेख गरे । ‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशमन्त्री पोम्पेओसँग छलफल भएको हो’ उनले भने ।
उनले आफ्नो अमेरिका भ्रमणका क्रममा नेपालमा चिनियाँ प्रभाव घटाउने र अमेरिकी प्रभुत्वलाईं बढावा दिने छलफल भयो भन्ने आशयका गलत समाचार केही सञ्चार माध्यममा आएको उल्लेख अमेरिकाको एसिया–प्रशान्त सुरक्षा रणनीतिमा नेपाल नलागेको बताए ।

सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौं, ८ पुस– सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेट जा“दा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

सरकारलाई ज्येष्ठ नागरिक समितिको निर्देशन

काठमाडौं, ८ पुस– संघीय संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको अधिकारको सूचीमा रहेको हुदा त्यससम्बन्धी निकाय र बजेट हस्तान्तरण गर्ने प्रक्रियामा भइरहेको प्रगतिबारे जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले नेपाल बाल संगठनको वार्षिक आय तथा खर्चको यथार्थ विवरणसमेत उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले नेपाल बाल संगठनले आफ्नो चल÷अचल सम्पत्तिलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिएको नदेखिएको निष्कर्षसमेत निकालेको छ । समितिले बाल संगठनलाई उसको आफ्नो सम्पत्ति दीर्घकालीन स्थायी आम्दानीका लागि उपयोग गर्ने रणनीति बनाई परिचालन गर्न निर्देशन दिएको छ । समितिले पशुपति वृद्धाश्रम स्वास्थ्य, वातावरण र संरचनागत दृष्टिले बसोबासका निमित्त कतिको उपयुक्त छ, भन्नेबारेमा अध्ययन गरी प्रतिवेदन दिनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

सन्त नेता भट्टराईको शालिक अनावरण

काठमाडौं, ७ पुस– काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार सन्त नेता भट्टराईको शालिक अनावरण गरे । भट्टराईको ९५ औं जन्मजयन्तीको अवसर पारेर ढलौटको शालिक निर्माण गरिएको हो ।
सभापति देउवाले पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र भट्टराईसँगै सुन्दरीजल जेल परेका अरू नेताहरूको समेत संग्रहालय परिसरमा नै शालिक बनाउने घोषणा गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
उनले वीपी संग्रहालय नेपालको मात्रै नभएर अरू लोकतान्त्रिक मुलुकहरूका लागिसमेत उदाहरणीय र दर्शनीयस्थल रहेको उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । बीपी संग्रहालयमा बीपी कोइराला, गणेशमान सिंहको यसअघि नै शालिक निर्माण गरिसकिएको छ ।

राष्ट्रसंघीय शान्ति आयोगमा नेपाल सदस्य निर्वाचित

काठमाडौं, ७ पुस– नेपाल संयुक्त राष्ट्रसंघीय पिस बिल्डिङ कमिसन (पीबीसी) को संगठन समितिको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षे कार्यकालका लागि सदस्यमा शुक्रबार राति निर्वाचित भएको हो । नेपालसहित इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिकोसमेत समितिको सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नियोगका अनुसार नेपाल एसिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रूपमा समितिको सदस्यमा निर्वाचित भएको हो । नेपालले सदस्यको कार्यभार आगामी पुस १७ देखि सम्हाल्ने छ । विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी पठाएर योगदान गर्ने विश्वको पाँचौं राष्ट्र नेपाल हो ।

प्रभागभित्रै गोली चल्यो, प्रहरी जवान घाइते

असई रमेशलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु
काठमाडौं, ७ पुस– ललितपुरको लाकुरीभञ्जाङ प्रहरी प्रभागमा शुक्रबार राति अचानक गोली चल्दा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । गोली अरू कसैले नभएर प्रभागका इञ्चार्ज असई रमेश तामाङले नै चलाएका हुन् । गोली गालामा लागेर उनकै साथी प्रहरी जवान श्रेष्ठ घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले प्रारम्भिक अनुसन्धानमा असई तामाङले नियतवश नभई प्राविधिक गल्ती गर्दा गोली चलेको जानकारी दिए । राति गोली चलेको खबर सुन्नासाथ खनाललगायतको टोली प्रभागमा पुगेको थियो । टोलीले स्थलगत अध्ययनबाट नियतवश नभई प्राविधिक गडबडीको कारण गोली चलेको निष्कर्ष निकालेको छ । प्रहरीले असई रमेशलाई नियनत्रणमा लिई घटनका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
रमेश र रोशन दुवै साथीमात्र नभई दोलखामा घरसमेत स“गै छ । रोशन महानगरीय प्रहरी विपद व्यवस्थापन महाशाखा सामाखुसीमा कार्यरत छन् । उनी शुक्रबार असई रमेशलाई भेट्न प्रभागमा गएका थिए । दुवै जना शुक्रबार राति प्रभागभित्रै रहेको असई रमेशको क्वार्टरमा सुत्न तयारीमा थिए ।

कांग्रेसमा हिन्दू राज्यको पक्षमा बहस हुनु आपत्तिजनक : दाहाल

काठमाडौं, ७ पुस– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दू राज्यको पक्षमा बहस सुरु भएकामा आपत्ति जनाएका छन् । जारी महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा लबिइङ र हस्ताक्षर अभियान चलिरहेका बेला दाहालले कांग्रेस धर्मनिरपेक्षताको नीतिबाट पछि हटन लागेको त होइन भन्ने प्रश्न गर्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।
राजधानीमा शनिबार ‘देश किन बनेन’ नामक पुस्तकको बिमोचन गर्दै दाहालले नेपाली जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट कांग्रेस पछि हटेमा पार्टी नै समाप्त भएर जाने चेतावनी दिए । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशीता संविधानका मुख्य चार खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सि“गै घर भत्काउने दुस्साहस नगर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।
पार्टीले नै संविधानको ‘पिता’ भनेर सम्मान गरेका तत्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई ‘स्वर्ग’ बाट ‘नर्क’ मा झार्न कांग्रेसमा हिन्दू राज्यको पक्षमा बहस सुरु भएको जिकिरसमेत दाहालको थियो । उनले बीपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दू राज्यको पक्षमा वकालत गर्न नसुहाउने बताए ।

Saturday, December 22, 2018

सर्वोच्चको आदेशमा दीपक मनाङे रिहा

मुद्दाको अन्तिम किनारा नलागेसम्म मनाङे थुनामा बस्नु नपर्ने
काठमाडौं, ६ पुस– सर्वोच्च अदालतको आदेशमा गुण्डा नाइके’ दीपक मनाङे भनिने राजीव गुरुङ बिहीबार थुनामुक्त भएका छन् । सर्वोच्चको आदेशलगत्तै डिल्लीबजार कारागारले मनाङेलाई थुनामुक्त गरेको छ । प्रदेशसभा सदस्यमा मनाङबाट निर्वाचित मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई ७ वैशाखमा पक्राउ गरेको थियो । मनाङेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पा“च वर्ष थुनामा  राख्न आदेश दिएको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी स्वयम्भुबाट पक्राउ परेका थिए ।
मनाङेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाडन डिल्लीबजार कारागारलाई आदेश दिएको हो ।
अदालती बन्दोबस्तको उक्त महल अनुसार सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएपछि उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म गुरुङ थुनामा बस्नु नपर्ने भएको हो । गुरुङले सर्वोच्चमा २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर मुद्दा पुनरावलोकनको निवेदन दिएका छन् ।

स्रोत नखुलेको पैसासहित भारतीय र चिनियाँ पक्राउ

काठमाडौं, ६ पुस– काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ तथा ४ हजार ३ सय चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी छन् ।
महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बिहीबार राति जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार छिरिङ दोर्जेले चलाएको बा ६४प ११०९ नं. को स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेंलो धातुको बुद्धको मूर्ति एक थान तथा स्कुटरमा सवार चिनियाँ नागरिक पञ्चाउडीले बोकेको झोलामा युआन र नेपाली रुपैयाँ फेला परेको हो । 

देउवाविरुद्धको अवहेलना मुद्दा खारेज

काठमाडौं, ६ पुस– प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले शुक्रबार कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो ।
अधिवक्ता हरि मैनालीले आईजीपी नियुक्तिमा तत्कालीन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना गर्ने गरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाई २०७३ चैत २० मा सर्वाेचमा रिट दायर गरेका थिए । सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको थियो । चन्दको नियुक्ति तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकाल्दै उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको गरेको थियो ।

सीएमसीको धरौटी रोक्का नराख्न अल्पकालीन आदेश

काठमाडौं, ६ पुस– मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै धरौटी रकम जफत गर्न सरकारले अघि बढाएको प्रक्रियालाई उच्च अदालत पाटनले रोक लगाएको छ । सीएमसीका तर्फबाट दायर भएको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले आइतबारसम्म धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।
अदालतका न्यायाधीश प्रकाश ढुंगानाले सिएमसीको निवेदनमा दुवै पक्षको छलफल आवश्यक भएको भन्दै जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाएको उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले दिए । खानेपानी मन्त्रालयले ठक्का तोडने पत्र दिएको सीएमसीेको २ अर्ब ५० करोड रुपैया“ धरौटी जफत गर्न बैंकलाई पत्र लेख्नुका साथै मेलम्चीको बा“की काम अघि बढाउन अन्य विकल्प अघि बढाउनेबारेमा छलफल सुरु गरेको छ । आइतबार नै दुवै पक्षको जिकिर सुनेपछि अदालतले अल्पकालीन आदेश जारी राख्ने÷नराख्नेबारेमा फैसला गर्नेछ ।

पूर्वअधिराजकुमारी प्रेरणाद्वारा दाइजो फिर्ता माग्दै रिट

काठमाडौं, ६ पुस– पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रष्टको नाममा दर्ता गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्चमै रिट निवेदन दिएकी छन् ।
प्रेरणाले शुक्रबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराई आफूले दाइजोमा पाएको सम्पत्तिसम्बन्धी निर्णयमा पुनरावलोकन गरी आफ्नै नाममा कायम गराउनुपर्ने जिकिर गरेकी छन् ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्लको इजलासले प्रेरणालाई दाइजोस्वरुप दिएको काठमाडौको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपालको ट्रष्टको भएको फैसला दुई वर्ष अघि गरेको थियो। 
तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणाको विवाहमा छाउनीको आवाससहितको उक्त जग्गा दाइजो दिएका थिए । यो जग्गा पूर्व राजा वीरेन्द्रको नाममा थियो । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि सरकारले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको रहेको सम्पूर्ण घरजग्गा र सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो ।

वातावरणीय प्रदूषण घटाउन माग गर्दै विद्यार्थीको धर्ना

काठमाडौं, ५ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेविसंघले जलवायु परिवर्तन तथा वातावरणीय समस्या न्यूनीकरण गर्न माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन भएको छ । प्रदर्शनीमार्गमा धर्नामा बसेका विद्यार्थीहरूले ‘बाँच्न दे सरकार’ भन्ने प्लेकार्ड र ब्यानर बोकेका थिए ।
प्रदर्शनकारीले राजधानीमा वातावरण प्रदुषणका कारण सास फेर्नसमेत मुस्किल भएको भन्दै मास्क लगाएर धर्नामा बसेका थिए । उनीहरूले अनुहार कालो प्लाष्टिकले छोपेर सडकमै सुतेर धर्ना दिएका थिए ।
राजधानीसहितका सबै सहरको वातावरण मानवका लागि योग्य बनाउनका लागि सरकारलाई झकझक्याउने उद्धेश्यले प्रतीकात्मक प्रदर्शन गरिएको जानकारी नेविसंघका आरआर क्याम्पस इकाइ अध्यक्ष सञ्जीव ढकालले दिए ।

सहायक वन अधिकृत घुससहित पक्राउ

काठमाडौं, ५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई ३३ हजार रुपैया“ घुससहित बिहीबार पक्राउ गरेको छ ।  
वन कार्यालयमा परेको अवैध काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीस“ग घुस लिएका ठाकुरलाई अख्तियारको पोखराबाट गएको टोलीले पक्राउ गरेको हो । उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Friday, December 21, 2018

क्रिसमसमा बिदा दिन माग

काठमाडौं, ५ पुस– राष्ट्रिय ख्रिस्टियन महासंघले आगामी पुस १० गते क्रिसमसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । 
महासंघका अध्यक्ष सीबी गहतराजले बिहीबार पत्रकार सम्मेलन गरी ख्रिस्चियन समुदायको ठूलो पर्व क्रिसमसका दिन जनआन्दोलन–०६२'६३ पछि नौ वर्षसम्म सार्वजनिक बिदा दिंदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको भन्दै रोष प्रकट गरे । सरकारले क्रिसमसका दिन ख्रिस्चियन समुदायलाई मात्र बिदा दिने गरेको छ ।

स्वतन्त्र प्रेस सूचकांकमा नेपालको स्थिति खस्कियो

काठमाडौं, ५ पुस— पत्रकारहरूको विश्वव्यापी संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले जारी गरेको स्वतन्त्र प्रेस सूचकांकमा नेपालको स्थिति अघिल्लो वर्षको तुलनामा खस्किएको छ ।
बोर्डर्सले प्रेस स्वतन्त्रताको अवस्था अध्ययन गरेका १ सय ८० मुलुकमा नेपाल १०६ स्थानमा परेको छ । सन् २०१७ मा सयौं स्थानमा रहेको नेपाल ६ स्थानमुनि पुगेको हो ।
सन् २०१७ मा विश्वव्यापी स्कोर ३३.०२ ल्याएको नेपालको कुल स्कोर यसपटक ०.९७ अंकले घटेको छ । बोर्डर्सले आफ्नो प्रतिवेदनमा नेपालमा पत्रकारहरूलाई बिना पुर्जी पक्राउ गरिएको र केहीलाई थुनामा रहँदा यातनासमेत दिइएको उल्लेख गरेको छ ।
‘प्रदर्शनहरूको समाचार संकलन गर्ने क्रममा नेपाली पत्रकारहरूले खतरनाक स्थितिको सामना गरी नै रहनुपरेको छ । तराईमा भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हु“दा पत्रकार र मिडियामाथि भौतिक आक्रमण भए । चुनावका बेलामा धेरै पत्रकारलाई सूचना प्रवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरियो ।

Thursday, December 20, 2018

रिक्त पदमा उपचुनाव गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, ४ पुस– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय र प्रदेश तहमा रिक्त रहेका पदहरूमा वैशाखभित्र उपनिर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।
समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा र निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरी रिक्त पदमा उपनिर्वाचन गराउन निर्देशन दिएको हो ।
आयोगले समितिलाई दिएको जानकारीअनुसार प्रदेशसभाका दुई सदस्य, धरान उपमहानगरको मेयर, विभिन्न स्थानीय तहमा वडाध्यक्ष र दलित महिलासहित ३० पद रिक्त छन् । आयोगका अनुसार एक सय ७५ वटा वडामा उम्मेदवारी नै नपरेका कारण दलित महिला सदस्यको पद खाली छ । गाउ“पालिका र नगरपालिकाबाट ७७ जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित वडा सदस्यहरूको पदसमेत रिक्त छ । आयोगका अनुसार सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको ११ नं. वडामा चुनावै हुन बा“की छ ।
वडा सदस्यबाट जिल्ला समन्वय समितिमा निर्वाचित भएका, कतिपय ठाउ“मा कुनै पदमा निर्वाचन नै नभएको, मृत्यु भएको, राजिनामा दिएकोलगायतका कारणले स्थानीय तह र प्रदेशमा पदहरू रिक्त भएका हुन् ।

जानकीलगायतका मेडिकल कलेजको सम्बन्धन खारेज गर्न केसीको माग

काठमाडौं, ४ पुस– चिकित्सा शिक्षा तथा सेवा क्षेत्रका अभियन्ता डा गोविन्द केसीले बारम्बार अवैध रूपमा भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चापबिनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकीलगायतका मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी जानकीलगायतका मेडिकल कलेजले कानुनविपरीत एमबिबिएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरूलाई भर्ना गरेको भन्दै आईओएम (चिकित्सा शास्त्र अध्ययन संस्थान) लगायतका नियामक निकायहरूसित त्यस्ता कलेजहरूको सम्बन्धन खारेज गर्न माग गरेका हुन् ।
उनले गैरकानुनी भर्ना प्रक्रियामा अदालतले समेत चलखेल गरेकामा चिन्ता व्यक्त गरेका छन् । ‘जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरु भर्ना गरेकामा तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी अवैध भर्नालाई वैध बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ डा केसीको विज्ञप्तिमा छ ।

दम्पती मृत भेटिए

काठमाडौं, ४ पुस– काठमाडौंको दक्षिणकालीमा बुधबार बिहान एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोलका ५२ वर्षीय कृष्णबहादुर तामाङ र श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले दिएको छ । 
ब्रोइलर कुखुराका चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसासिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अचेत अवस्थामा फेला परेको र मनमोहन अस्पतालमा लगी उपचार सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डा. गिरीको शवदाह गृहमा अन्तिम संस्कार

काठमाडौं, ४ पुस– पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुधबार अन्त्येष्टि गरियो । डा. गिरीको अन्तिम इच्छाबमोजिम सर्वसाधारण सरह अन्त्येष्टि गरिएको थियो ।
सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा राजकीय सम्मानका साथ गिरीको अन्त्येष्टि गर्ने प्रस्ताव गरेको थियो । साधारण नागरिकका रूपमा बिदाइ हुने गिरीको अन्तिम इच्छा भएकाले राजकीय सम्मान नलिइएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
पारिवारिक स्रोतका अनुसार पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै काजक्रिया गरिने छैन ।
पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, कांग्र्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्वमन्त्रीद्वय सुनीलबहादुर थापा, टंक ढकाललगायतका नेता र शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेर स्व. गिरीको पार्थिव शरीरमा फूलमाला चढाएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Wednesday, December 19, 2018

नेपाल र अमेरिका सहकार्यलाई अझ फराकिलो बनाउन सहमत

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पम्पेओबीच भेटवार्ता
काठमाडौं, ४ पुस– नेपाल र अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल रिचार्ड पम्पेओबीच भएको भेटवार्तामा दुवै पक्ष सम्बन्धलाई अझ मजबुत बनाउन सहमत भएका हुन् ।
दुई विदेशमन्त्रीबीच मंगलबार राति वासिङटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो । वासिङटन डिसीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयाममा छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालका प्राथमिकताहरूमाथि प्रकाश पारेका थिए ।
’उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनीतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायताजस्ता आर्थिक सहयोगको क्षेत्र अभिवृद्धि गर्ने विषयमा विचारको आदान प्रदान भयो’ विज्ञप्तिमा छ, ’उहाँहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको शीघ्र कार्यान्वयन तथा यसका फाइदाबारे चर्चा गर्नुभयो ।’

मेलम्चीमा सहमति जुटेन, पानी कहिले आउने अनिश्चित

कुनै हालतमा काम नगर्ने ठेकेदारको अडानपछि मन्त्रालय र आयोजना विकल्पको खोजीमा
काठमाडौं, ३ पुस– खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनभित्र काठमाडौंमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ ।
आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो । मन्त्रालय र समितिले दुई दिनसम्म सीएमसी अधिकारीलाई सम्झौताबमोजिम बाँकी काम पूरा गर्न आग्रह गरेका थिए ।
नेपाली पक्षले भूकम्प र नाकाबन्दीका कारण घाटा लागेको ३५ करोड रुपैयाँसमेत तत्काल उपलब्ध गराउने आश्वासन दिएका थिए । तर, सीएमसी अधिकारीले ठेक्का तोडेको पत्र बुझाउँदै काम गर्न अस्वीकार गरेको मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार सीएमसी अधिकारीले कम्पनी आर्थिक रूपमा टाट पल्टेकाले बाँकी काम अघि बढाउन नसकिने अडान राखेका थिए । 
सीएमसीले ९५ प्रतिशत रकम बुझिसकेको छ । ग्रेचोलगायतले सिफारिस गरिएको ३५ करोड र आयोजनाबाट पाउन बा“की रकमसमेत काम सक्न पर्याप्त नहुने र आफ्नो कम्पनीले थप रकम दिन नसक्ने भन्दै ठेक्का तोड्न बाध्य भएको उल्लेख गरेका थिए । सीएमसीले प्राविधिक र कामदारको तलबभत्ता र सञ्चयकोषबापतको एक अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।

पूर्वप्रधानमन्त्री डा. गिरी रहेनन्

काठमाडौं, ३ पुस– पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा उनको निधन भएको हो । गिरी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मेडिसिटी अस्पतालमा राखी उपचार गरिएको थियो ।
उनले एक दशकसम्म प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालास“गै राजनीति गरेका थिए । प्रथम जननिर्वाचित मन्त्रिपरिषदमा उनी परराष्ट्रमन्त्री भएका थिए । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद भंग गरी पञ्चायती व्यवस्था लागू गरेपछि भने उनले वीपीले छाडेर राजालाई साथ दिएका थिए । पञ्चायती शासनको सुरुवातमै उनी मन्त्री बनेका थिए ।
०१७ पुस १ मा पञ्चायती शासन सुरू भई १३ गते गठन भएको मन्त्रिपरिषदम‍ा गिरी परराष्ट्र तथा राजदरबारसम्बन्धी मन्त्री भएका थिए । उनी २०३२ मंसिरमा प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी ०१९ चैत र ०२० फागुनमा मन्त्रिपरिषद् अध्यक्ष भएका गिरी पटक(पटक मन्त्रिपरिषदा उपाध्यक्षसमेत भएका थिए ।

ठेकेदार कम्पनीका अधिकारी भाग्न खोजेपछि मेलम्ची अन्यौलमा

आर्थिक अभाव देखाउँदै ठेकेदार कम्पनीले ठेक्का सम्झौता तोडने प्रयास
काठमाडौं, २ पुस– इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको फाइनल फिनिसिङलगायतका काम ठप्प भएको छ । अबको ४६ दिनभित्र निर्माण सम्पन्न गरी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्तिम समयमा आएर ठेकेदार कम्पनीले गरेको लापर्बाहीले अन्यौलमा परेको छ।काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने भन्ने अनिश्चित भएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिको आग्रहमा प्रहरीले साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई आइतबार राति नियन्त्रणमा लिएको छ।भाग्न नपाऊन भनेर उनीहरूको पासपोर्टसमेत आयोजनाले खोसेर नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सीएमसीका प्रोजेक्टर म्यानेजर ग्रेचोसहितलाई ठमेलस्थित रोयल पेन्गुइन होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाको जिम्मा लगाएको छ । उनीहरू आयोजना र मन्त्रालयलाई थाहै नदिई  काम अलपत्र छाडेर कतार एअरबाट सोमबार दिउ“सो नै भाग्ने तयारीमा थिए । उनीहरूले प्रहरीसित आफूहरू भाग्न नभई क्रिसमस मनाउन इटाली जान लागेको दाबी गरेका थिए । उनीहरू भाग्नकै लागि ठमेलकै काठमाडौं होटल बुक गरी अर्कै पेन्गुइन होटलमा बसेका थिए ।
सीएमसीले मन्त्रालय र आयोजनालाई आइतबार नै औपचारिक रूपमै ठेक्का तोडेको पत्र दिन खाजेको थियो । मन्त्रालयले भने अन्तिम समयमा आएर ठेक्का नतोडन आग्रह गर्दै सीएमसीको पत्र बुझ्न अस्वीकार गरेको जानकारी आयोजना स्रोतले दिएको छ ।

Sunday, December 16, 2018

राजस्वका घिमिरे प्रधानमन्त्री कार्यालयमा, घिमिरे राजस्वमा

काठमाडौं, १ पुस– सरकारले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको छ । मन्त्रिपरिदको बिहीबार बसेको बैठकले दुई जना सचिवको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेलाई अर्थमन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको छ । घिमिरे अर्थप्रशासनका अनुभवी सचिव हुन् ।

परराष्ट्रमन्त्री आज अमेरिका जाँदै

काठमाडौं, १ पुस– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिकाको भ्रमणमा जाने भएका छन् । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको निमन्त्रणामा नेपाली टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।
ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच मंगलबार वासिङटन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपालमा अमेरिकी सहयोग र लगानी बढाउनेबारेमा छलफल हुने जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार अमेरिकी सहयोगका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका बारेमा समेत छलफल हुनेछ ।  ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च पदस्थ अधिकारीस“ग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिव शंकरदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक मन्त्री एलाइस जी वेल्सस“ग परामर्श बैठक गर्ने छन् । परामर्श बैठकमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीहरूसमेत सहभागी हुनेछन् । ज्ञवालीसहितको नेपाली टोली शुक्रबार स्वदेश फर्कने छ ।

सुनुवाइ समितिद्वारा जबराका विषयमा उजुरी दिन आह्वान

काठमाडौं, १ पुस– संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमसेर जबराको विषयमा उजुरी दिन सार्वजनिक आह्वान गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनभित्र जबराका विषयमा उजुरी दिन सूचना प्रकाशित गरी आह्वान गरेको हो ।
संवैधानिक परिषदको बिहीबार बसेको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरी सुनुवाइका लागि संसदमा नाम पठाएको थियो । समितिले आइतबारदेखि जबरामाथि सुनुवाइको प्रक्रिया सुरु गरी उजुरी आह्वान गरेको जानकारी सभापति लक्ष्मणलाल कर्णले दिए ।
कर्णका अनुसार उजुरी दिने म्याद सकिएपछि समितिले उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्नेछ । त्यसपछि समितिले जबराको नाममा सुनुवाइ गर्ने मिति तय गर्नेछ ।
समितिले सुनुवाइका क्रममा जबराको कार्ययोजना र सदस्यहरूले राख्ने जिज्ञासाको जवाफ सुनुपछि उनको नाम अनुमोदन गर्ने÷नगर्ने निर्णय गर्नेछ । समितिले अनुमोदन गरेमा उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।

भीभीआईपी उडान गर्न ‘विलाशी’ हेलिकप्टर खरिद

बिना प्रतिस्पर्धा सोझै खरिद
काठमाडौं, १ पुस– सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागिमात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा ‘विलाशी’ हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले भीभीआईपीका लागिमात्र प्रयोग गर्ने गरी इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्ल्यू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
उक्त हेलिकप्टर नेपाली सेनाको हवाई उडडयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि २४ सै घन्टा तयारी अवस्थामा (स्टान्डबाई) राखिनेछ । दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसारको आए÷नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उडडयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरस“गै राख्नेछ ।
सेनाले सार्वजनिक खरिद ऐनविपरीत खुल्ला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसित वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागिमात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो । उक्त हेलिकप्टरसमेत सेनाले नै सञ्चालन गथ्र्यो । यो नया“ हेलिकप्टर पनि सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ । सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ । 
सरकारले नेपाली सेनामार्फत् राष्ट्रपति विद्या भण्डारीको कारगेडका लागि १४ करोड रुपैया“मा विलाशी गाडी खरिद प्रक्रिया अघि बढाएको छ । राष्ट्रपतिका लागि एउटा गाडीमात्र होइन सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैया“ लाग्ने जानकारी स्रोतले दिएको छ । संवैधानिक राष्ट्रपतिका लागि त्यति मह“गो गाडी खरिद प्रक्रिया अघि बढाइएकामा चर्को आलोचना भइरहेका बेला सरकारले भीभीआईपीको उडानका लागिमात्र हेलिकप्टर खरिद गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भीभीआईपी उडान गर्न हेलिकप्टर खरिद गरिएको जानकारी दिए । ‘मन्त्रिपरिषदको निर्णयअनुसार भीभीआइपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद गरिएको छ’ प्रवक्ता भण्डारीले भने– ‘राष्ट्रपतिका लागिमात्र उडान गर्न होइन, भीभीआईपीहरू राष्ट्रपतिसहित उपराष्ट्रपति र प्रधानमन्त्रीको उडान गर्न हेलिकप्टर ल्याइएको हो ।’ ‘हेलिकप्टर आइसकेको छ । खरिद सम्झौताअनुसारको हेलिकप्टर आए÷नआएको अध्ययन भइरहेको छ’ उनले भने । अध्ययनबाट खरिद सम्झौताअनुसारको पाइएमा सेनाले उक्त हेलिकप्टर बुझेर लिएर भीभीआईपी उडानका लागि सञ्चालनमा ल्याउने छ ।

निर्मलाका बाबु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १ पुस– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु यज्ञराज पन्त त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट आइतबार डिस्चार्ज भएका छन् । तीन साता लामो उपचारपछि अस्पतालले पन्तलाई डिस्चार्ज गरेको हो ।
पन्त पूर्ण रूपमा स्वस्थ भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । छोरीको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग राखी अनसनमा बसेका पन्तको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनलाई मंसिर ९ मा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार पन्तमा मानसिक तनाव बढी देखिएको र थाइराइडको समस्या थियो । उपचारपछि पन्तको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

कान्तिपुरकर्मी बिष्टसहित १० जना पुरस्कृत


काठमाडौं, २९ मंसिर– काठमाडौं महानगरपालिकाले कान्तिपुरकर्मी दिपेन्द्र बिष्टसहित १० जनालाई ‘महानगर सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । महानगरले आफ्नो २४ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा महानगर बिटमा कलम चलाउ“दै आएका पत्रकारहरूलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत भएकामा कान्तिपुरका दिपेन्द्र विष्ट, नागरिकका खिलक बुढाथोकी, अन्नपूर्ण पोष्टका छेटू शेर्पा, अनलाइनखबरका रवीन्द्र घिमिरे, बाह्रखरी अनलाइनका सुरञ्जन घिमिरे, सन्यक साप्ताहिकका सुगतरन्त सिन्धुकार, नया“ पत्रिकाका पुष्पा ढुंगना, उज्यालो एफएमका सिल्भिया राजोपाध्याय, एभिन्युजका राम शुमक महतो र नेवा एफएम छन् । पुरस्कृत सबैलाई महानगर सुशासन पुरस्कार विद्यामा नगद जनही ५० हजार रुपैया“ सहित सम्मानपत्र प्रदान गरिएको छ ।

यातायात समितिहरू कम्पनीमा जाने म्याद फेरि थप

काठमाडौं, २९ मंसिर– सरकारले यातायात समितिहरू कम्पनीमा दर्ता हुने म्याद फेरि थप गरेको छ । वैसाखमा सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्यको घोषणा गरेको सरकारले मंसिर मसान्तसम्मको म्यादभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिका गाडीहरूलाई पुस १ देखि चलाउन नदिने घोषणा गरेको थियो ।
सरकारले व्यवसायीहरूको दबाबमा यातायात समितिहरूलाई कम्पनीमा दर्ता गर्ने म्याद फागुन मसान्तसम्म थप गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार सरकारलाई ज्ञापनपत्र दिई कम्पनीमा दर्ता हुने म्याद थप गर्न दबाब दिएको थियो । महासंघले कम्पनीका रूपमा दर्ता हुन कम्पनी ऐन संशोधन गर्नुपर्ने र यातायात समितिको सम्पत्ति स्वतः कम्पनीमा हस्तान्तरण हुनुपर्ने शर्तसमेत राखेको थियो ।
 गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मन्त्रालय र विभागका अधिकारी तथा महासंघका प्रतिनिधिसहितको बैठकले यातायात समितिहरूलाई कम्पनीमा लैजा“दा समितिका सदस्यहरू सबैलाई सेयर दिन पाउनुपर्ने व्यवसायीको मागलाई सम्बोधन गर्ने निर्णयसमेत गरेको छ ।

Saturday, December 15, 2018

जिल्ला न्यायाधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठगी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीस“ग लिएको ८० हजार रुपैया“ घुससहित रंगेहात पक्राउ परेका निरौलालाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय र जरिवाना गर्न मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई ७ हजार घुससहित शुक्रबार पक्राउ गरेको छ । शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस लिएका थिए ।

Thursday, December 13, 2018

राष्ट्रपति कार्यालय अगाडि फोटो खिच्दा पक्राउ

काठमाडौं, २७ मंसिर– प्रहरीले राष्ट्रपति कार्यालय अगाडि समाचार संकलन गरिरहेकी देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरेको छ ।
सरकारले राष्ट्रपतिका लागि मह“गो गाडी खरिद गर्न प्रक्रिया अघि बढाएको विरोधमा युवाहरूको समूहले राष्ट्रपति कार्यालय अगाडि गरेको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्ने क्रममा उनी पक्राउ परेकी हुन् ।
उनको साथमा प्रेस पाससमेत थियो ।
युवा समूहको राष्ट्रपति विद्या भण्डारीका लागि गाडी खरिद गर्न सर्वसाधारणसँग एक÷एक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो । निषेधित क्षेत्रमा कार्यक्रम गरेका कारण शाहसहितलाई नियन्त्रणमा लिइएको दाबी प्रहरीले गरेको छ । प्रहरीले उनलाई सा“झमा रिहा गरेको छ ।

प्रधानन्यायाधीशमा जबरा सिफारिस

काठमाडौं, २७ मंसिर– संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश चोलेन्द्रशम्शेर जवराको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको परिषद बैठक दोस्रो बरियताक्रमका न्यायाधीश राणालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ‘व्यस्तता’ का कारण पा“चपटक स्थगित भएर बिहीबार बसेको बैठकले प्रधानन्यायाधीश सिफारिसको निर्णय गरेको हो ।
परिषदले सुनुवाइ समितिबाट यसअघि अस्विकृत वरिष्ठतम न्यायाधिश दिपकराज जोशीलाई सिफारिस नगरी दोस्रो वरियताका राणालाई सिफारिस गरेको हो । न्यायपरिषदले नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका जोशी र जवराको विवरण संवैधानिक परिषदमा पठाउँदा नै ‘जोशी यसअघि सुनुवाई समितीबाट प्रधानन्यायाधीशमा अस्विकृत भएको’ भनी कैफियत लेखेको थियो ।
संवैधानिक परिषद सचिवालयले बिहीबार नै जबराको नाममा सुनुवाइको प्रक्रिया सुरु गर्न सिफारिससहितको फाइल संघीय संसदको सचिवालयमा पठाएको छ । समितिले बिहीबार नै प्रस्तावित प्रधानन्यायाधीश जबराको नाममा सुनुवाइ गर्न पुस १ गतेका लागि बैठक बोलाएको छ ।

चुरेमा पूर्व–पश्चिम लोकमार्ग नबनाऊ : पूर्वराष्ट्रपति

काठमाडौं, २६ मंसिर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र हुँदै बनाउन सुरु गरिएको पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गले विकासभन्दा विनाश निम्त्याउन सक्ने चिन्ता व्यक्त गर्दै उक्त मार्ग निर्माणको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
महालक्ष्मी नगरपालिका(८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै उनले पूर्वाधार विकासका नाममा चुरे क्षेत्रमा वन विनाश भएको र त्यसले तराई–मधेसमा मरुभूमिकरण बढदै गएकामा चिन्ता व्यक्त गरे ।
‘आदरणीय नेता स्वं मदन भण्डारीको नाममा बनाउन लागिएको लोकमार्गले चुरेको जंगल विनाश हुन सक्छ, यसबाट तराईमा पानीको हाहाकार मच्चिन सक्छ, मरुभूमीकरण बढछ, यसमा पुनर्विचार हुनुपर्छ’ उनको भनाइ थियो ।
यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गर्नुपर्ने बताए । ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपु¥याए मुलुकमा नया“ द्वन्द्व निम्तिन सक्ने खतरा छ ।’

२४ हजार ५ सय विशुद्ध पारिश्रमिक हो : सञ्चारमन्त्री

काठमाडौं, २६ मंसिर– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले सरकारद्वारा तोकिएको पत्रकारहरूको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गर्न मन्त्रालय र सूचना विभागका अधिकारीहरूलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा उनले विभिन्न सञ्चार माध्यममा भत्ता जोडेर पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५०० रुपैया“ पु¥याइएको पाइएको र त्यो गलत भएको बताए ।
‘पत्रकारको विशुद्ध पारिश्रमिक नै २४ हजार ५ सय रुपैया“ हुनुपर्छ, त्यसमा भत्ता जोडन मिल्दैन’ भन्दै उनले सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई न्यूनतम पारिश्रमिक जसरी भए पनि कार्यान्वयन गराउन निर्देशन दिए । विभाग मुलुकभरका पत्रकारहरूलाई ‘प्रेस प्रतिनिधि प्रमाणपत्र’ दिने र प्रेस रजिष्टारको काम गर्ने निकाय हो । उनले सरकारको विकास योजनानुरूप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् । उनले आफ्नो मन्त्रालयको कामको गति सुस्त भएको उल्लेख गर्दै कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरे ।

चिनियाँ नयाँ राजदूतमा होउ यान्छी

काठमाडौं, २५ मंसिर– चीनले आफ्नो विदेश मन्त्रालयकी  डेपुटी डाइरेक्टर जनरल होउ यान्छीलाई नेपालका लागि राजदूत प्रस्ताव गरेको छ । नेपालका लागि चिनियाँ राजदूत यू होङ आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदैछन् । उनको ठाउँमा चिनियाँ सरकारले यान्छीलाई नियुक्त गर्ने निर्णय गरी एग्रिमाका लागि परराष्ट्र मन्त्रालयमा नाम पठाएको छ ।
चीनबाट विदेश मन्त्रालयको एसिया प्रसान्त क्षेत्र हेर्ने विभागकी डेपुटी डाइरेक्टर जनरल यान्छीको नाम राजदूतमा प्रस्ताव गरी एग्रिमोका लागि पत्र जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ । नेपालले एग्रिमा पठाएपछि उनी राजदूत भएर नेपाल आउने छिन् । 

प्रधानन्यायाधीश सिफारिस सरेको सरै

ढिलाइले प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले नै कामु प्रधानन्यायाधीश हुने
काठमाडौं, २५ मंसिर– भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न मंगलबार बोलाइएको संवैधानिक परिषदको बैठक बस्दै नबसी सरेको छ । प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको परिषद बैठक मंगलबारसहित तेस्रोपटक सरेको हो ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ६५ वर्ष उमेर पुगी पुस १७ मा अनिवार्य अवकास पाउँदैछन् । प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीले अवकास पाउनुभन्दा एक महिनाअगाडि नै नया“ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले प्रधानन्यायाधीश सिफारिस गर्ने परिषद बैठक सार्दै जा“दा संविधानको उल्लंघन भइरहेको छ ।
गत पुस १७ मा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले देखाएको कार्य व्यस्तताका कारण निर्णय नगरी स्थगित भएको थियो । प्रधानमन्त्रीले पुस २२ का लागि बोलाएको दोस्रो बैठकसमेत बस्दै नबसी स्थगित भयो ।
प्रधानन्यायाधीश सिफारिस गर्न मंगलबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ । बिहानका लागि बोलाइएको बैठक दिउ“सो, अपराह्न र सा“झ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भयो । परिषदको अर्को बैठक पुस ५ का लागि बोलाइएको छ ।

Tuesday, December 11, 2018

चिनियाँ टोलीले बुझायो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन

काठमाडौं, २४ मंसिर– चीनको नेसनल रेल्वे अथोरिटीले सोमबार केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको छ । चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाईप्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले कुन ढा“चामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न सहज भएको जानकारी रेल विभागका अधिकारीले दिएका छन् ।
काठमाडौंबाट नुवाकोटको त्रिशूली हु“दै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेटिएको छ । सुरुङलाई प्राथमिकता दिंदा रेलमार्ग छोटो हुने प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच नेपाल–चीन रेल्वे को–अपरेसन समितिको बैठकसमेत सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
समितिको बैठकका नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु, विभागका महानिर्देशक बलराम मिश्रलगायत सहभागी छन् ।
बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको प्रारूप तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको छ ।

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छ : महानिरीक्षक


काठमाडौं, २४ मंसिर– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको दाबी गरेका छन् । निर्मलाको बलात्कारपछि हत्याको घटनामा ५ महिनाभन्दा बढी भइसक्ता पनि दोषी पत्ता लाग्न नसकेको विषयमा छलफल गर्न  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले सोमबार बोलाएको बैठकमा उनले अनुसन्धानलाई सा“घुरो बनाउ“दै लगिएको उल्लेख गर्दै निष्कर्ष कहिले आउ“छ भनेर समय तोक्न नसकिने बताए ।
‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो, तर यो घटनामा कसैको दबाब छैन । कसैको दबाबले अनुसन्धान प्रभावित हु“दैन, प्रमुखका रूपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ’ उनले भने ।
महानिरीक्षक खनालले घटनाको अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेका केही प्रहरी अधिकृतलाई बर्खास्त गरिसकिएको उल्लेख गरे । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा सार्वजनिक गरिएका कारण अनुसन्धानमा कमजोरी भएको हो कि आशंका हुन पुगेको दाबी गरे । उनले उक्त घटनाको अनुसन्धानमा कुनै कमजोरी हुन नदिई अनुसन्धान जारी राखिने बताए ।

निर्मलाको हत्यारा पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा : प्रधानमन्त्री

काठमाडौं, २४ मंसिर– प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
‘निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद हो । दोषीको पहिचान ढिलोचा“डो हुन्छ, सरकारले कुनै पनि हालतमा दोषीलाई उम्कन दिने छैन’ उनले भने । उनले सरकार सधैं मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको बताए ।
विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी सुरु गरिसकेको बताए ।

२० मानव अधिकारवादी पक्राउ

काठमाडौं, २४ मंसिर– प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार अगाड सोमबार धर्नामा बसेका २० जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै धर्नामा बसेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितलाई पक्राउ गरेको हो ।
धर्नाका क्रममा मानव अधिकारकर्मीहरूले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित धर्नाका क्रममा मानव अधिकारवादीले निषेधित क्षेत्र अवज्ञा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखी सा“झ छाडिएको प्रहरीले जानकारी दिएको छ ।

Monday, December 10, 2018

स्वास्थ्यमा काम घटयो, सचिव बढे

तीन सचिवको सरुवा
काठमाडौं, २३ मंसिर– सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनिक सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको मंसिर १७ मा बसेको बैठकले एउटा मन्त्रालयमा एक जनामात्र सचिव राख्ने आफ्नै घोषित नीतिविपरीत स्वास्थ्यमा विशिष्ट श्रेणी थप गरेको हो ।
अब स्वास्थ्य मन्त्रालयमा विशिष्ट श्रेणीका चिकित्सक र प्रशासनतर्फका गरी दुई जना सचिव रहनेछन् ।
स्वास्थ्यको धेरैजसो दायित्व प्रदेशहरूमा हस्तान्तरण भइसकेपछि जिम्मेवारी र काम घटेको मन्त्रालयमा उल्टै सचिवको दरबन्दी थप गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यको दायित्व सम्हाल्न थालिसकेका छन्, स्वास्थ्यका कर्मचारीहरू प्रदेश मातहतका निकायमा समायोजन हुने क्रम सुरु भइसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव दिनेश थपलियाले स्वास्थ्यमा प्रशासनतर्फको विशिष्ट श्रेणीको अस्थायी दरबन्दी कायम गरिएको जानकारी दिए ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव (प्रशासन) केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ ।
स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जगेडामा राखिएको छ । स्वास्थ्यमा चिकित्सकतर्फका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकु¥याल निमित्त सचिव छन् भने अब प्रशासनिकतर्फको सचिवको जिम्मेवारी अधिकारीले सम्हाल्नेछन् ।

प्रस्तावित चारै जना राजदूत सुनुवाइबाट अनुमोदित

नेपाल–भारतबीच बोर्डर खुला भए पनि मन खुला छैन, आशंका चिर्नुपर्छ : आचार्य
काठमाडौं, २३ मंसिर– संघीय संसदको सुनुवाइ समितिले सरकारद्वारा चार मित्र राष्ट्रका लागि राजदूतमा प्रस्तावित चारै जनाको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले चारै जनाको प्रस्तुति र जिज्ञासाको जवाफ सुनेपछि सर्वसम्मतिबाट उनीहरूको नाम अनुमोदन गरेको हो । 
सुनुवाइबाट अनुमोदन भएकामा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् । अब राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गर्ने छिन् ।
त्यसपछि उनीहरूको नाम सम्बन्धित मुलुकमा पठाइनेछ । ती मुलुकको सरकारबाट एग्रिमा आएपछि उनीहरू राजदूत भएर जिम्मेवारी सम्हाल्न जाने छन् ।
भारतका लागि प्रस्तावित राजदूत आचार्यले नेपाल र भारतबीच खुला बोर्डर भए पनि मन भने खुला नरहेको बताएका छन् । सुनुवाइ समितिमा आइतबार सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिंदै उनले नेपाल र भारतबीच रहेको आशंकालाई चिरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।
‘नेपाल–भारत बीचमा खुला बोर्डर छ तर मन भने खुला छैन’ आचार्यले भने, ‘दुई देशबीच कुनै वैमनस्यता छैन, प्रतिद्वन्द्विता पनि छैन, घनिष्ठ छौंं तर कति खुलस्त छौं ? त्यो हेर्नुपर्छ । नेपालको समृद्धि र आर्थिक विकासका लागि भारतसितको सम्बन्ध राम्रो हुनुपर्छ । आपसमा रहेका आशंका चिर्नुपर्छ ।’

सार्वजनिक पदधारी सबैको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं, २३ मंसिर– भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । समाजले मुलुकमा बढदो भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्न ’उच्चस्तरीय छानविन आयोग’ गठन गर्नसमेत माग गरेको छ ।
समाजका तर्फबाट अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, पूर्वमुख्य सचिव दामोदर गौतम, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीसहितले प्रधानमन्त्री कार्यालयमा गएर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले मुलुकका तीनै तहलाई अनुकुल हुने गरी भ्रष्टाचारविरुद्ध कानुनी संरचनालाई समयानुकूल बनाई कार्यान्वयनमा ल्याउनसमेत सरकारलाई ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउनसमेत आग्रह गरिएको छ ।
समाजले सांसदहरूको निर्वाचन क्षेत्र विकास कार्यक्रममा सबभन्दा बढी अनियमितता रहेको उल्लेख गर्दै त्यस्तो कार्यक्रम खारेज गर्न आग्रह गरेको छ । संघीय संसदमा सार्वजनिक लेखा समिति र राज्यव्यवस्था तथा सुशासन समितिको हस्तक्षेपकारी भूमिका बढाउनु पर्नेमा समेत समाजले जोड दिएको छ ।

कम्पनीमा दर्ता नभएका गाडी पुस १ देखि गुड्न नपाउने

काठमाडौं, २३ मंसिर– कम्पनीमा दर्ता नभएका सार्वजनिक यातायातका गाडी पुस १ देखि गुडन नपाउने भएका छन् । सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका गाडी सडकमा गुडे पुस १ देखि नियन्त्रणमा लिन थाल्ने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम सरकारद्वारा जारी निर्देशिकामा मंसिर मसान्तसम्म कम्पनीका रूपमा दर्ता भई विभागमा पञ्जीकरण गरिसक्नुपर्ने समयसिमा तोकिएको छ । त्यही निर्देशिकाबमोजिम मंसिर मसान्तसम्म विभागमा पञ्जीकरण नभएका सार्वजनिक गाडी पुस १ देखि गुडन नपाउने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिएका छन् ।
चैत १८ मा जारी निर्देशिकामा उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेरमात्र सार्वजनिक यातायात चलाउन पाइने व्यवस्था गरिएको छ ।कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीनाको अवधिमा १५ सय कम्पनीका ६ हजार गाडीमात्र दर्ता भएको जानकारी विभागले दिएको छ ।

निर्मलाका हत्यारा नियन्त्रणमा आइसकेका छन्, छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २२ मंसिर– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तहरू पक्राउ परिसकेको दाबी गरेका छन् । १० औं मानव अधिकार राष्ट्रिय महाभेलामा शनिबार बोल्दै उनले राजनीतिक दलको आवरणमा अभियुक्तलाई जोगाउन खेल हुन सक्छ कि भन्ने डर रहेको दाबीसमेत गरे ।
‘म यति भन्न चाहन्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन् । सरकारले चा“डै विधिसम्मत ढंगले अभियुक्तहरू सार्वजनिक गर्छ’ उनले भने ।
उनले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरूले छाता ओढाउन आउने हुन् कि भन्ने खतरा रहेको बताए । ‘मलाई डर लागेको छ, सरकारले हत्यारालाई सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने डर लागेको छ । पुष्पाजी (कार्यक्रममा उपस्थित कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल गौतम) ख्याल गर्नुहोला ।’
उनले निर्मलालाई न्याय दिलाउन माग गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता र अधिकारकर्मीहरूलाई सरकारले हत्यारा सार्वजनिक गर्दा तिनको संरक्षणमा नउत्रनसमेत आग्रह गरे ।

Saturday, December 8, 2018

डीएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ मंसिर– अख्तियार दुरुपयोग अनुसनधान आयोगले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद भण्डारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
सशस्त्र प्रहरी बलको नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका तत्कालीन प्रमुख भण्डारीले गुल्म परिसरभित्र भौतिक संरचना र फर्निचर निर्माणका लागि वन उपभोक्ता समितिबाट लिएको ९२.९८ क्युबिक फिट काठ धरानमा बिक्री गरी भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । १ लाख ४ हजार रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

किन बनाइँदै छ १० वटा राजकीय अतिथि गृह ?

काठमाडौं, २१ मंसिर– सरकारले मित्र राष्ट्रहरूबाट नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राष्ट्रप्रमुख र सरकार प्रमुखका लागि सरकारी उच्च सम्मानका साथ आतिथ्यता प्रदान गर्न पुल्चोकको मन्त्री निवास रहेको स्थानमा १० वटा ‘राजकीय अतिथि गृह’ निर्माण गर्ने निर्णय गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् । ‘मित्र राष्ट्रहरूबाट आउने अतिविशिष्ट पाहुनाहरूलाई होटलको सट्टा सरकारी आवासमा नै आतिथ्यता ग्रहण गराउन सुविधासम्पन्न राजकीय अतिथि गृह बनाउने निर्णय गरिएको हो’ ती अधिकारीले भने– ‘होटलमा भन्दा सरकारी आवासमा राख्दा विशिष्ट पाहुनाको बढी सम्मान हुन्छ ।’
ती अधिकारीका अनुसार प्रधानमन्त्री केपी ओलीले नै राजकीय अतिथि गृह निर्माणको अवधारणा ल्याएका हुन् । ओलीकै निर्देशनमा सहरी विकास मन्त्रालयले प्रस्ताव ल्याएर मन्त्रिपरिषदले निर्माण गर्ने निर्णय गरेको हो । मुलुकमा बिमस्टेक तथा सार्कको शिखर सम्मेलनजस्ता ठूला कार्यक्रम गर्दा आउने विदेशी विशिष्ट पाहुनालाई एकै ठाउ“मा राख्न १० वटा राजकीय अतिथि गृह बनाउन लागिएको हो ।
ठूला शिखर सम्मेलन हु“दा विदेशी पाहुनाहरूलाई छुट्टाछुट्टै होटलमा राख्दा कार्यक्रम अवधिभर राजधानीको सार्वजनिक यातायात ठप्प भई सर्वसाधारण मारमा पर्ने गरेकाले पनि राजकीय अतिथि गृह निर्माण गर्नुपर्ने आवश्यकता परेको हो । ‘सबै अतिथिलाई एकै ठाउ“मा राख्दा राजधानीमा ट्राफिक व्यवस्थापनको समस्या पनि हुन्न । विदेश अतिथिहरूबीच एक आपसमा भेटघाट गर्नसमेत सहज हुनेछ’ ती अधिकारीले भने ।

Friday, December 7, 2018

मुख्यमन्त्रीहरूसित भिडियो संवाद गर्न प्रधानमन्त्री कार्यालयमा एक्सन रुम

काठमाडौं, २० मंसिर–प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अनलाइन अनुगमन र सातै प्रदेशका मुख्यमन्त्रीसित भिडियो संवाद गर्न मन्त्रिपरिषद कार्यालयमा विशेष कक्ष (एक्सन रुम) निर्माण कार्य सुरु भएको छ ।
मन्त्रिपरिषद कार्यालयको टेन्डर सूचनाअनुसार ‘एक्सन रुम’ निर्माण गर्न दुइटा कम्पनीले प्रस्ताव हालेका छन् । नेपालमा एक्सन रुम बनाउने दुईवटामात्र कम्पनी भएकाले दुइटामात्र प्रस्ताव परेको दाबी प्रधानमन्त्री कार्यालय स्रोतले गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले समिति गठन गरी दुई कम्पनीको प्रस्तावको प्राविधिक अध्ययन गरिरहेको छ । समितिले एक सातामा दुईमध्ये उपयुक्त एउटा कम्पनी छनोट गर्नेछ ।
कम्पनी छनोट भएको एक महिनामै एक्सन रुम निर्माण गरिसक्ने योजना प्रधानमन्त्री कार्यालयको छ ।
एक्सन रुम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दोस्रो तलामा निर्माण हुनेछ । मन्त्रिपरिषद कार्यालयको एक्सन रुमस“गस“गै राष्ट्रिय गौरवका सबै आयोजनास्थलमा र सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा भिडियो संवादका लागि आवश्यक उपकरण जडान गरिने जानकारी प्रधानमन्त्री कायाृलय स्रोतले दियो ।

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको अभियोगमा डोटीको अरुणोदय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जोशीले भारतीय नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएर सरकारी तलबभत्ता लिई भ्रष्टाचार गरेको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नक्कली प्रमाणपत्रका आधारमा बढुवा भएपछि लिएको तलबभत्ता जोशीबाट भराउन र त्यत्ति नै रकम जरिवाना गर्नसमेत अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।

सचिव उपाध्यायद्वारा राजिनामा

काठमाडौं, २० मंसिर– उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएका छन् । सचिवको पा“चवर्षे पदावधि सकिनु तीन महिना ११ दिन अगाडि उनले पदबाट राजिनामा दिएका छन् । उनी २०७० चैत २ मा सचिवमा बढुवा भएका थिए ।
मन्त्रिपरिषदले बिहीबारदेखि लागू हुने गरी उपाध्यायको राजिनामा स्वीकृत गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
सिंचाइ सचिव सञ्जय शर्माले अब उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पूरैको जिम्मेवारी सम्हाल्ने छन् । स्रोतका अनुसार उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष नियुक्त राजिनामा दिएका हुन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उपाध्यायलाई अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेको जानकारीसमेत स्रोतले दिएको छ ।

कांग्रेसद्वारा राजदूत शेर्पामाथि छानबिनको माग

काठमाडौं, १९ मंसिर– प्रमुख प्रतिपक्षी कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी शेर्पामाथि ’मानव तस्करीमा संलग्न’ भनी लागेको आरोपलाई गम्भीर रूपमा लिई छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले छानबिनका क्रममा मानव तस्करीमा दोषी भेटिए शेर्पालाई बर्खास्त गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
 ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन् ।
केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङछु शेर्पाले राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । अष्ट्रेलियास्थित दूतावासले ओङछुको आरोप गलत रहेको जनाएको छ ।

चार राजदूतको सुनुवाइ मंसिर २३ मा

काठमाडौं, १९ मंसिर– संघीय संसदको संसदीय सुनुवाइ समितिले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ मंसिर २३ मा (आइतबार) गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले चार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीको अध्ययन गरी सुनुवाइको मिति तय गरेको हो ।
सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (यूएई) र अञ्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिस गरेको छ । समितिले सुनुवाइअगाडि शुक्रबार उजुरीकर्तास“ग छलफल गर्नेछ । एक जना उजुरीकर्ताले ७६ देखि ३६ वर्षका व्यक्तिलाई राजदूत सिफारिस गर्नुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उल्लेख गरेका छन् । उनले उजुरीमा राजदूत सिफारिस गर्दा समावेशितालाई किन ख्याल नगरिएको भन्ने प्रश्नसमेत गरेको जानकारी संसद सचिवालय स्रोतले दिए ।

Wednesday, December 5, 2018

प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

काठमाडौं, १८ मंसिर– सरकारले प्रधानमन्त्री केपी ओलीको एक लाख अमेरिकी डलर पुरस्कारमा त्यत्ति नै रकम थप गरी कोष खडा गर्ने भएको छ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको ओलीको प्रस्तावमा युवा तथा बालबालिकाको हितका लागि काम गर्ने कोष खडा गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिए।
‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ । सरकारले एक लाख डलर बराबर रकम थप गर्नेछ, कोषको सञ्चालन सरकारले नै गर्नेछ’ निर्णयबारे जानकारी दिंदै स्रोतले भने।
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो । कार्यक्रममै प्रधानमन्त्री ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाका लागि काम गर्ने कोष खडा गरी जम्मा गर्ने बताएका थिए।

प्रधानन्यायाधीशको नाम सिफारिस भएन, भदौ २२ मा निर्णय हुने

काठमाडौं, १७ मंसिर– भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषदको बैठक एजेन्डामा प्रवेश गरे पनि निर्णय नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण परिषद बैठक कुनै निर्णय गरी स्थगन भएको जानकारी स्रोतले दिए ।
देउवा आफ्नो पार्टीको केन्द्रीय समिति बैठक रहेको भन्दै परिषदबाट बाहिरिएका थिए । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मंसिर २२ मा अर्को बैठक बोलाएको जानकारी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दिएका छन् ।
ओलीले परिषद बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वाेच्च अदालतका दुई वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमसेर राणाको नाम आएको जानकारी गराएका थिए । सर्वोच्चमा तीन वर्ष काम गरेको न्यायाधीशमात्र प्रधानन्यायाधीशका लागि योग्य संवैधानिक व्यवस्था छ ।

अवार्डबाट प्रधानमन्त्री पदकै मर्यादाको उपहास : प्रशासनविद

काठमाडौं, १७ मंसिर– प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडरेसनको अवार्ड लिंदा संवैधानिक तथा कानुनी व्यवस्थाको मात्र नभई सरकार प्रमुखको मर्यादाको समेत उपाहास भएको टिप्पणी प्रशासनविदहरूले गरेका छन् ।
संविधान, सुशासन ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले विदेशी पुरस्कार, उपाधि, विभूषण लिंदा मन्त्रिपरिषदको पूर्वस्वीकृति लिनुपर्ने प्रस्ट व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले युनिभर्सल पिस फेडरेसनको १ लाख अमेरिकी डलर राशिको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ लिंदा आफू नेतृत्वको मन्त्रिपरिषदलाई पूर्व जानकारीसमेत नदिएको स्रोतले उल्लेख गरेको छ ।
जबकि पछिल्लो मन्त्रिपरिषद बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई अम्बेडकर पुरस्कार लिन भारत जानका लागि पूर्वसहमति दिएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले पाउने त्यति ठूलो राशिको पुरस्कारका बारेमा कुनै जानकारी नगराइएको मन्त्रिपरिषद स्रोतले दिएको छ ।
युनिभर्सल पिस फेडरेसनद्वारा राजधानीमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को समापन समारोहका क्रममा युनिफिकेसन चर्चकी प्रमुख हक जा हन मुनको हातबाट ओलीले पुरस्कार ग्रहण गरेका थिए ।

Sunday, December 2, 2018

आङ सान सुकी स्वदेश फिर्ता

काठमाडौं, १६ मंसिर– एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी आइतबार स्वदेश फर्केकी छन् । नेतृ सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए । सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि सु की बिहबिार काठमाडौं आएकी थिइन् ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघमा नयाँ नेतृत्व

काठमाडौं, १६ मंसिर– कान्तिपुर टेलिभिजन कर्मचारी संघको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा निर्मला बस्नेत, उपाध्यक्षमा श्याम श्रेष्ठ, महासचिवमा कुमार पौडेल, सचिवमा सुशील गुप्ता, कोषाध्यक्षमा जनक पौडेल निर्वाचित भएका छन् । 
संघको सदस्यमा राजन तामाङ, रवीन्द्रध्वज शाह, प्रकाश थापा, राजेश कटुवाल, पुष्पा घिमिरे र सञ्जीव ढुंगेल चयन भएका छन् ।

प्रधानमन्त्रीको ‘किताब’ विदेशी अतिथिलाई उपहार

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिहरूलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत ओलीले आफ्नो पुस्तक म्यान्मारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्रीसहित सात जना विदेशी विशिष्ट पाहुनालाई उपहार दिएको उल्लेख गरेका छन् ।
ओलीले पुस्तकमा हस्ताक्षर गरी विदेशी अतिथिलाई बा“डेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै उक्त पुस्तक प्रकाशित गरेको हो । उक्त पुस्तक प्रकाशनमा कति रकम खर्च भएको छ भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उल्लेख गर्न चाहेन ।
पहिलो प्रधानमन्त्रीकालमा समेत ओलीका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी ओली’ पुस्तक प्रकाशित भएको थियो ।

समिटलाई लिएर नेकपामा तीव्र असन्तुष्टि

काठमाडौं, १६ मंसिर– सत्तारूढ नेकपाभित्र विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टी प्रत्यक्ष सहभागी र सहयोगी बनेकामा नेताहरूमा असन्तुष्टि बढेको छ । कतिपय नेताले सार्वजनिक रूपमा तीव्र असन्तुष्टि प्रकट गरेका छन् । नेकपाका नेता भीम रावलले ट्वीट गर्दै कुनै व्यक्ति र निजी संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नहुने बताएका छन् । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आयोजक र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सहआयोजक र सहयोगी बनेकोप्रति रोष प्रकट गर्दै रावलले असन्तुष्टि व्यक्त गरेका हुन् । नेता नेपाल आमन्त्रण समितिको संयोजक रहेको समिटमा नेकपाकै अध्ध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे ।
समिटमा सहभागी हुनुअघि राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नुपर्ने उल्लेख गर्दै उनले शान्तिको नाममा समिट गर्नेहरूले त्यत्रो पैसा कहा“बाट आयो जनतालाई भन्नुपर्ने र नभने सरकारले खोजेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहा“बाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ’ रावलले ट्वीटमा भनेका छन् ।
नेकपाकै नेता घनश्याम भुषालले नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन भएको र त्यसको मूल्य मुलुकका सन्तान दरसन्तानले लामो समयसम्म तिनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकास पाउ“छन् । मिश्रले अवकास पाउनुअघि नै प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषदो बैठक बोलाइएको हो । बैठकले नया“ प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने छ ।
न्यायपरिषदले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमसेर राणाको नाम संवैधानिक परिषदलाई बुझाएको छ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको सर्वोच्चमा तीन वर्ष बहाल भएको योग्यता पुगेको छैन ।
परिषदले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

पूर्वमन्त्री बिष्टसहित राप्रपाका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं, १५ मंसिर– क्रिस्चियन धर्म प्रचारस“ग जोडिएको युनिभर्सल पिस फेडरेसनद्वारा राजधानीमा आयोजित ‘एसिया प्यासिफिक समिट’ को विरोधमा शनिबार प्रदर्शनमा उत्रिएका पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राजधानीको चाबहिलमा प्रदर्शनमा सहभागी बिष्टसहित राप्रपा (प्रजातान्त्रिक) का सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्ता पक्राउ गरेको हो ।
राप्रपा (प्रजातान्त्रिक) ले शनिबार विज्ञप्ति जारी गरी ‘सानानत धर्मावलम्बीहरुको आस्थामा चोट पुग्ने काम गरेर नेकपा नेतृत्वको सरकारले हिन्दुत्व निषेध अभियानमा सक्रिय रहेको सन्देश दिएको’ आरोप लगाएको छ ।

नेता तामाङको शालिक अनावरण

काठमाडौं, १५ मंसिर– कांग्रेसका नेता एवं आदर्शपुरुष स्व. भीमबहादुर तामाङको शालिक शनिबार अनावरण गरिएको छ । तामाङको छैटौं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राजधानीको स्वयम्भुमा निर्मित शालिकको अनावरण गरे ।
तिमल्सिनाले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्व. तामाङको महत्वपूर्ण योगदान रहेको बताए । भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा शालिक निर्माण गरिएको हो । उक्त अवसरमा तामाङको सम्झनामा स्थापना गरिएको छोर्तेन (स्तुपा) समेत उदघाटन गरिएको थियो ।

कांग्रेस संघीयताविरोधी अभियानमा : दाहाल

काठमाडौं, १५ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति ः सम्भावना र चुनौती’ पुस्तकको शनिबार राजधानीमा विमोचना गर्दै उनले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको दाबी गरे ।
उनले राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्यारा आउनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिडेको दाबी गरे । कांग्रेसले संघीयताको विरोधमा के गरिरहेको छ भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
राजसंस्था फर्काउन लागेकाहरूको दुस्साहस आफूहरूका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सजग हुनुपर्ने बताए । उनले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दाबीसमेत गरे ।

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, १५ मंसिर– एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फर्केका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हुने सेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए ।
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आएका थिए । बिहीबारदेखि सुरु भएको सम्मेलन सोमबारसम्म चल्नेछ ।

पुनलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं, १५ मंसिर– राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई शनिबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएकी छन् ।्
पोल्यान्डमा हुने जलवायु सम्बन्धी सम्मेलन (कोप २४) मा सहभागी हुन प्रस्थान गर्नुअघि भण्डारीले आफ्नो अनुपस्थितिमा पुनलाई संविधानबमोजिम राष्ट्राध्यक्षको कार्य सम्हाल्ने जिम्मेवारी दिएकी हुन् ।
राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

Saturday, December 1, 2018

क्यानडा पठाइदिन्छु भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौं, १४ मंसिर– क्यानडा पठाइदिने प्रलोभनमा पारी ६ जना युवाबाट एक करोड ३७ लाख रुपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ की संगिता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङस“ग २९ लाख र धिरेन्द्रकुमार पुलामीस“ग २२ लाख, दोलखाका सुदीन खडकास“ग २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालस“ग १९ लाख ९० हजार र डेकराज कार्कीस“ग रु १९ लाख तथा जयराम सुकुभुटुसँग २० लाख रुपैया“ उठाएकी थिइन् । अधिकारीलाई वैदेशिक रोजगार कसुर मुद्दामा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवैको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं, १४ मंसिर– न्युरोड गेट नजिक अनियन्त्रित कारको ठक्करबाट बिहीबार गम्भीर घाइते भएका एक विदेशीसहित दुई जनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।
बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले बिहीबार नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिंदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए, दुई जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अस्पताल र गंगामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

म्यान्मारसित व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौं, १४ असार– नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सु कीबीचको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् ।
सम्झौताले दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि बाटो खोलेको छ ।  दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।

सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

नयाँ भर्ना भएका १ सय १ जनाको पनि जागिर गयो
काठमाडौं, १३ मंसिर– नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । अन्य १६ अधिकृतसहित १६२ जना पनि दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकामा सैनिक अदालतले उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठरिहने गरी कारबाही गरेको हो । ४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।
मापदण्डविपरीत भर्ना गरिएका १ सय १ जनासमेत बर्खास्तमा परेका छन् । अदालतले उनीहरू भविष्यमा सरकारी सेवामा अयोग्य नहुने जनाएको छ । घूस लेनदेन गरी शारीरिक तथा अन्य मापदण्ड नपुगेका उनीहरूलाई सेनाका विभिन्न पदमा भर्ना गरिएको आदालतको ठहर छ । भर्नाका क्रममा ३ करोड २२ लाख ७५  हजार रुपैया“ घूस लेनदेन भएको ठहर गरी १ सय ७३ जनाबाट उक्त रकम असुलउपर गरी राजस्व दाखिला गराउन अदालतको आदेश छ ।

Wednesday, November 28, 2018

सम्पादक चन्दलाई रिहा गर्न महासंघको माग

काठमाडौं, १२ मंसिर– नेपाल पत्रकार महासंघले पक्राउ परेका सम्पादक गोपाल चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ । पत्रकार महासंघले बुधबार विज्ञप्ति जारी गरी झूटो समाचार लेखेको आरोपमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई मंगलबार पक्राउ गरी  विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाको विरोध गर्दै तत्काल रिहाई गर्न माग गरेको हो ।
‘प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र छ’ विज्ञप्तिमा छ ।

मुलुकभर चिसो बढयो

काठमाडौं, १० मंसिर– राजधानी उपत्यकासहित मुलुकभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तापक्रम घटेकाले उपत्यकामा बढी चिसो (जाडो) महसुस गरिएको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको छ ।
सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.१ डिग्री र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगर (सुर्खेत) को न्यूनतम तापक्रम १३.५ डिग्री र अधिकतम तापक्रम २९.६ डिग्री मापन गरिएको छ ।
सिमराको न्यूनतम तापक्रम ११.८ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १०.१ डिग्री र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस मापन गएिको छ ।

Sunday, November 25, 2018

निर्मलाका हत्यारालाई सरकारले लुकायो, हामी पक्रन्छौं : विप्लब नेकपा

काठमाडौं, ८ मंसिर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या गर्ने दोषीहरूलाई सरकारले लुकाएर संरक्षण दिइरहेको आरोप लगाएको छ ।
पार्टी पुनगर्ठनको पा“चौ वार्षिकोत्सवमा राजधानीमा शनिबार बृहत् ¥यालीपछि आयोजित सभामा बोल्दै नेकपाका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्माले निर्मला हत्याका दोषीहरूलाई आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताए ।
‘अपराधीलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्दैनौं । हाम्रो पार्टीले निर्मलाका हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्छ’ उनले भने ।
उनले महिला हिंसा, बलात्कार र हत्याका घटनाले आमजनता आजित भइसक्दा पनि सरकार आ“खा चिम्लिएर बसेको बताए । विश्वकर्माले ‘हिजो भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीको सरकार वाइड बडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुकदर्शक भएर बसेको आरोपसमेत लगाए ।

नेकपामा केन्द्रीय सदस्यहरूको कार्य विभाजन भोलि

काठमाडौं, ८ मंसिर– सत्तारूढः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजन सोमबार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकले सोमबार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो । 
बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार टुंगो लगाउने निर्णय भएको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
उनका अनुसार केन्द्रीय सदस्यको कार्य विभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गर्नेबारेमा छलफल भएको जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता सहभागी थिए ।

Friday, November 23, 2018

सरकार पूर्ण रूपमा असफल : कांग्रेस

काठमाडौं, ६ मंसिर- प्रमुख प्रतिपक्षी कांग्रेसले नौ महिने कार्यकालको समिक्षा गर्दै सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली सरकार गठन भएको ९ महिना पुग्दा पनि मुलुकमा सरकार भएको महसुस गर्न नसकिएको दाबी गरे । ‘नेपाल देशमा सरकार छ ? छ भने कहा“ छ’ शर्माको प्रश्न थियो ।
उनले शान्ति सुरक्षा र सुशासन कायम गर्न, बजार मूल्य नियन्त्रण गर्न सरकार असफल भएको दाबी गरे । संविधान र संघीयता कार्यान्वयन तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारिता शून्य रहेको दाबीसमेत उनको थियो ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा भएका दुई हत्याका अभियुक्त र कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा संलग्न दोषीको पहिचान गर्न नसक्नु सरकारको सबभन्दा ठूलो असफलता भएको बताए । मुलुकमा दिनप्रतिदिन महिला हिंसा, बलात्कार, लुटपाटका घटना बढदै जानुले सरकार ९ महिनामै असफल भएको प्रमाणित गरेको दाबीसमेत शर्माको थियो। ‘प्रधानममन्त्रीज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो ?’ प्रवक्ता शर्माले भने।