Saturday, March 21, 2020

निजामती र संगठित संस्थाका सेवा प्रवेश परिक्षा स्थगित

काठमाडौं, ७ चैत– लोकसेवा आयोगले निजामती सेवा, सुरक्षा निकायसहित सरकारी स्वामित्व सबै संगठित संस्थाको पूर्वनिर्धारित लिखित तथा मौखिक परिक्षाका सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ । लोकसेवाको बिहीबार बसेको बैठकले कोभिड–१९ रोकथामका लागि सरकारबाट चालिएका कदमलाई सहयोग पु¥याउन पूर्वनिर्धारित परिक्षाका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको हो ।
शाखा अधिकृत तहका विभिन्न पदका लागि निजामतीको इन्जिनियरिङ सेवाका २० वटा, कृषि, वन तथा विविध सेवाका २० वटा, प्रशासन, न्याय, परराष्ट्र तथा संघीय संसद सेवाका १४ वटा, स्वास्थ्य सेवाका १५ वटा विज्ञापनका पूर्वनिर्धारित सबै परिक्षा स्थगन गरिएको लोकसेवाको सूचनामा उल्लेख छ ।
लोकसेवाले सुरक्षा निकाय तथा संगठित संस्थाहरू नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, नेपाल नोटरी पब्लिक र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न पदका लागि पूर्व निर्धारित लिखित परिक्षा स्थगन गरिएकोसमेत जनाएको छ ।

जग्गा छानबिन आयोग पुनगर्ठित

काठमाडौं, ७ चैत– सरकारले पूर्व न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित ‘सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण छानबिन गर्न गठित उच्चस्तरीय आयोग पुनर्गठन गरेको छ । सरकारले पूर्व सहसचिव महेन्द्र थापालाई आयोगको सदस्य मनोनयन गरेको छ । सरकारले आयोगका सदस्य जगतबहादुर देउजाले दिएको राजीनामा स्वीकृत गरी उनको ठाउँमा थापालाई नियुक्त गरेको हो ।
थापा बहुचर्चित ललिता निवासको जग्गा प्रकरणको छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित उच्चस्तरीय समितिका सदस्यसमेत थिए । भट्टराई आयोगको थपिएको म्याद करिब ५ महिना बाँकी छ । छ महिनाका लागि गठित आयोगले सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमणको छानबिन गर्ने काम नसिध्याएकाले थप छ महिनाका लागि म्याद थपिएको हो । आयोगमा दुर्गा दाहाल र जानकीबल्लभ अधिकारी सदस्य छन् ।

नेपाल–भारत मैत्री बस सेवा स्थगित

गाडीलाई दैनिक सफा गरी जिवाणुरहित बनाउन र स्यानिटाइजर राख्न आह्वान
काठमाडौं, ७ चैत– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने र अनुमतिपत्रमा वर्ग थप गर्ने कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी सरकारको निर्देशनमा आगामी १३ गतेदेखि लागू हुने गरी नया“ लाइसेन्स जारी गर्ने र अनुमतिपत्रमा वर्ग थप गर्ने कार्य अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको छ ।
विभागका अनुसार नया“ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्यसमेत स्थगन गरिएको छ । विभागले सूचनामा लाइसेन्स नवीकरण र प्रतिलिपि दिने कार्य भने सुचारु रहने जनाएको छ ।
विभागले शुक्रबारदेखि यात्रुवाहक सबै सार्वजनिक सवारी साधनका लागि रुट पर्मिट लिनु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यान दिई सरकारले चैत मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्द गरेको र निर्धारित परिक्षासमेत स्थगित भएकाले विद्यार्थीहरू मुख्य सहरबाट एकैपटक आ–आफ्ना घर जाने भएकाले यात्रु वाहक सवारी साधनका लागि वैसाख ३ सम्मका लागि रुट पर्मिट लिनु नपर्ने व्यवस्था गरिएको जनाएको छ ।

Thursday, March 19, 2020

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कमलप्रसाद पौडेलसहित २ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलको योजनाअनुसार नगरपालिकाका खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसीले झोलुंगे पुल निर्माण गर्ने ठेकेदारसित २ लाख रुपैया“ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Wednesday, March 18, 2020

सुकुम्बासीलाई जग्गा बाँड्न आयोग गठनको तयारी

आयोग गठन आदेश र कसरी कति जग्गा दिने भन्ने व्यवस्थासहितको नियमावलीको मस्यौदा मन्त्रिपरिषद्मा पेस
घरघडेरीका लागि सहरी क्षेत्रमा ६ आना, तराईमा १ कट्ठा, पहाडमा १० आना र हिमाली क्षेत्रमा एक रोपनीमा नबढ्ने गरी जग्गा दिने प्रस्ताव

ऐलानी जग्गामा खेतीपाती गर्दै आएका अव्यवस्थित बसोबासीले जग्गाको मूल्य तिरेर बढीमा डेढ बिघासम्म पाउने प्रस्ताव

काठमाडौं, ४ चैत– सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले देशभर रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एकपटकका लागि घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन आयोग बनाउन लागेको हो ।
भूमिसम्बन्धी ऐन (आठौं संशोधन) २०७६ बमोजिम सरकारले केन्द्रमा आयोग र त्यसको मातहतमा ७७ जिल्ला समिति तीन वर्षका लागि गठन गर्नेछ । मुलुकमा १४ लाखदेखि १६ लाख परिवार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको छ । मन्त्रालयले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेको छ ।

२६ जिल्लामा प्रजिअ हेरफेर

केसी अध्यागमनको महानिर्देशक
काठमाडौँ, ३ चैत— गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरेको छ । गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सहसचिव र उपसचिवस्तरका प्रजिअ र कामु प्रजिअको हेरफेर गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाले आफ्नो अनुकूलका प्रशासकलाई महत्त्वपूर्ण जिल्ला र निकायको जिम्मेवारी दिएको तथा अनुकूल काम गर्न नमान्नेहरूलाई मन्त्रालय र मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थन्क्याएको स्रोतले जनाएको छ।
प्रजिअहरूमध्ये धनुषाका प्रदीपराज कँडेललाई कारागार विभागको महानिर्देशक र कास्कीका रमेशकुमार केसीलाई अध्यागमनको महानिर्देशक बनाइएको छ। मकवानपुरका नारायणप्रसाद भट्ट र बाराका फणीन्द्रमणि पोखरेललाई गृह मन्त्रालयमा सारिएको छ।

Sunday, March 15, 2020

इन्जिनियर र शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, १ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र शाखा अधिकृत (रेन्जर) सहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सब–इन्जिनियर प्रमोदकुमार उप्रेती र महोत्तरीको जलेश्वरनाथ सब–डिभिजन वन कार्यालयका रेन्जर (शाखा अधिकृत) राम आशिष यादव छन् ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर खनाल र सब–इन्जिनियर उप्रेतीले धवलागिरी गाउँपालिका–३ स्थित श्री सूर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणका क्रममा ठेकेदारसित ७० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दाहालले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १ चैत– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ओलीलाई भेटेका हुन् । भेटमा दाहालले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकामा बधाई दिनुका साथै स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका थिए ।
दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । दाहालले प्रधानमन्त्री ओलीलाई मुलुक र पार्टीको पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारेमा जानकारीसमेत गराएका थिए ।

कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रपतिको आह्वान

काठमाडौंं, १ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्न आह्वान गरेकी छन् । उनले शनिबार सामाजिक सञ्जालमा ट्विट गरी कोरोनाको संक्रमणबाट जोगिन यसविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन सबैलाई अपिल गरेकी हुन् ।
‘विश्वव्यापी महामारीका रूपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौं, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं’ उनले ट्विटमा भनेकी छन् ।

७८ हजार मास्कसहित ८ जना पक्राउ

काठमाडौं, १ चैत– नेपाल प्रहरीले चर्को मूल्यमा बिक्री गर्न लागिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । राजधानीको डल्लुबाट उनीहरूलाई शनिबार अपराह्न पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
परिसरका अनुसार पक्राउ परेकामा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन–२ का अनिश कार्की, उज्ज्वल अधिकारी, काभ्रे रोशी–का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नृप कार्की छन् ।
मञ्जुश्री सप्लायर्सले ३÷४ रुपैयाँ पर्ने एउटा मास्क बिक्रेताहरूलाई ३१ रुपैयाँमा बिक्री गर्न लागेका थिए । बिक्रेताहरूले उपभोक्तालाई बजारमा ५० रुपैयाँमा बेच्ने तयारी उनीहरूको थियो ।

Wednesday, March 11, 2020

वन प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, २७ फागुन– डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख कृष्णबहादुर देवकोटासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । देवकोटाले कार्यालय सहयोगी प्रमोदकुमार तेलीमार्फत नियमबमोजिम लिलाम बिक्री भएको काठको छोडपुर्जी दिने क्रममा २ लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले दुई जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अख्तियारले डडेल्धुराको बडमस्थित श्रीभूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक कलापतिदेवी अवस्थीविरुद्ध समेत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएसँगै तीनै जना निलम्बित भएका छन् ।

अधिकारी राष्ट्रिय सभामा कांग्रेसका नेता

काठमाडौं, २७ फागुन– सांसद राधेश्याम अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता चयन भएका छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी विधानअनुसार मंगलबार राष्ट्रिय सभा संसदीय दलको नेता पद्मा अधिकारीलाई मनोनयन गरेका हुन् । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेको दुईवर्षे कार्यकाल गत फागुन २० मा सकिएपछि पद रिक्त थियो ।

Sunday, March 8, 2020

दुई इन्जिनियर र इन्स्पेक्टरविरुद्ध मुद्दा

काठमाडौं, २४ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव तहका इन्जिनियर, सब–इन्जिनियर र सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध घूस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा विद्युत प्राधिकरणको सिन्धुली वितरण केन्द्रका प्रमुख (इन्जिनियर आठौं तह) शेरबहादुर सुनार र भोजपुरको आमचोक गाउँपालिकाका सब–इन्जिनियर विष्णुकुमार राई र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट, टांघनडुब्बा, झापाका प्रहरी निरीक्षक खगेन्द्र चापागाईं छन् ।
सुनारले कार्यालय भवन निर्माणको बिल भुक्तानीका क्रममा ७५ हजार, राईले खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि ५ हजार र चापागाईंले सिमा नाकाबाट व्यापार गर्न सहज गरिदिने नाममा सेवाग्राहीसित ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सरकार सफल नभए मुलुकमा प्रतिगमनको खतरा : नेकपा प्रवक्ता

काठमाडौं, २४ फागुन– सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार सफल नभए मुलुकमा निराशा, वैदेशिक हस्तक्षेप र प्रतिगमनको खतरा बढ्ने चिन्ता व्यक्त गरेका छन् । नेकपा सम्बद्ध प्रेस संगठनको उपत्यका प्रदेश कमिटीको सपथग्रहण कार्यक्रममा शनिबार बोल्दै उनले मुलुकको राजनीतिमा कुनै पनि खतरा आउन नदिन पार्टी र सम्बद्ध संगठनहरू सरकारलाई हरहालतमा सफल बनाउन लाग्नु पर्ने बताएका छन् ।
‘सरकार सफल नभए जनतामा निराशा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रूपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुन सक्छ’ उनले भने । उनले सरकारलाई असफल बनाएर पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरालाई छुट दिन नहुने बताए । श्रेष्ठले सरकारले सुशासन र विकासमार्फत् समाजवादको आधार तयार गर्न लागिरहेको बताए ।

नयाँ वर्षदेखि पूर्वराजा वीरेन्द्रको घर अवलोकन गर्न पाइने

काठमाडौंं, २४ फागुन– अब सर्वसाधारणले नारायणी संग्रहालयसँगै पूर्वराजा वीरेन्द्र शाहको निजी निवाससमेत अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले हत्या हुनुअघि तत्कालीन राजा वीरेन्द्र बस्दै आएको निजी निवाससमेत सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।
यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवास प्रवेश गर्न दिइन्थेन । समितिले आगामी वैशाख १ देखि वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने प्रबन्ध मिलाइएको जानकारी विकास समितिले दिएको छ ।
संग्रहालयमा ९ वर्षमुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था छ । अरूलाई भने शुल्क लाग्नेछ । विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ समूहमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । प्रतिव्यक्ति ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

चिनियाँ राष्ट्रपतिद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं, २४ फागुन– चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण गरेको जानकारी पाएको उल्लेख गर्दै आफ्नो सरकार, चिनियाँ जनता र आफ्नातर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

भीडभाड हुने प्रकृतिका कार्यक्रम हाललाई स्थगित गर : गृह मन्त्रालय

‘फागु (होली) मा भीडभाड र भेला हुने, लोलापानी फयाँक्ने, शरीरमा रंग, अबिर दल्ने कार्य नगर’
काठमाडौं, २४ फागुन– सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिई भीडभाड हुने प्रकृतिका कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम हाललाई स्थगित गर्न सार्वजनिक अपिल गरेको छ ।
सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले शनिबार विज्ञप्ति जारी गरी सन्निकट होली (फागु) मा समेतमा विगतमा जस्तो भीडभाड र भेला हुने, लोलापानी फयाँक्ने, शरीरमा रंग, अबीर दल्ने काम पनि जोखिमपूर्ण हुने भएकाले त्यस्ता कार्यसमेत नगर्न÷नगराउन आम जनसमुदायलाई अपिल गरेका छन् ।
‘बढी भीडभाड हुने प्रकृतिका कुनै पनि सभा, सम्मेलन, भेला र कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न’ गृहको विज्ञप्तिमा छ– ‘सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रंग, अबीर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्यसमेत नगर्नु÷नगराउनुहुन आम दाजुभाइ, दिदीबहिनीमा हार्दिक अनुरोध छ ।’

Saturday, March 7, 2020

दुई जनस्वास्थ्य प्रमुखविरुद्ध मुद्दा

काठमाडौं, २३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन दुई प्रमुखसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन स्वास्थ्य प्रमुखद्वय डा. जीवनकुमार मल्ल र डा. नरेशप्रताप केसी तथा कार्यालय सहयोगी हरिबहादुर हमाल छन् ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुका वरिष्ठ जनस्वास्थ्य प्रशासक मल्लले जनस्वास्थ्य कार्यालय धादिङको प्रमुख हुँदा भ्रष्टाचार कसुर प्रमाणित भएका कार्यालय सहयोगी हमाललाई उपचार खर्च, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम र निवृत्तिभरण गरी १४ लाख ७० हजार रुपैयाँ निकासा गरी सरकारी कोष हिनामिना गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Wednesday, March 4, 2020

६ सचिवको सरुवा, नयाँ दुई सचिवको पदस्थापना

काठमाडौं, २० फागुन– सरकारले विभिन्न मन्त्रालय र निकायका ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णयअनुसार सरुवा भएका ६ सचिवलाई मंगलबार पत्र दिइएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सारिएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको प्रशासन र जनसंख्या हेर्ने जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।

Tuesday, March 3, 2020

प्रबन्ध निर्देशकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारीसहितले मिलेमतोमा सरकारको अनुदानमा बिक्री वितरण गर्नुपर्ने १ सय १८ मेट्रिक टन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजपत्र बनाई बिक्री र बुझेकोसमेत देखाएर ४६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा अधिकारीका अतिरिक्त युनिक सिड कम्पनी प्रा.लि कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल, बिजबृद्धि कम्पनी प्रा.लि.,चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारी, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका तत्कालीन महाशाखा प्रमुखद्वय महेशकुमार पौडेल र रेवतीरमण ओझा, कम्पनीका शाखा अधिकृत बिन्दु थापा, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झा छन् ।

Monday, March 2, 2020

कोरोनाका कारण विदेशमा भ्रमण वर्ष प्रचार कार्यक्रम स्थगित : पर्यटनमन्त्री

काठमाडौं, १७ फागुन– सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लक्षित विदेशमा गरिने प्रचार कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण चीनलगायत धेरै मुलुकमा देखिएपछि सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमणले भ्रमण वर्षलाई नकारात्मक असर परेको र विदेशी पर्यटक आगमन घटेको बताए । ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रै आन्तरिक पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रित हुन्छौं’ उनले भने । सरकारले भ्रमण वर्ष सफल बनाउनका लागि नेपालमा बढी पर्यटक आउने भारत, चीन, अमेरिका, बेलायतसहित युरोपियन मुलुकमा प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेको थियो ।

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा

काठमाडौं, १७ फागुन— साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
साझा पार्टीद्वारा शनिबार जारी विज्ञप्तिमा भेलाले १४ बु“दे लुम्बिनी घोषणापत्र जारी गरेको जनाएको छ । भेलाले पार्टीको एक वर्षको रणनीति र कार्यनीतिसमेत पारित गरेको छ । भेलाले धर्म निरपेक्षता र संघीयताका बारेमा जनमतसंग्रह गराउनु पर्ने पक्षमा पार्टी उभिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
घोषणापत्रमा आगामी वर्ष संगठन विस्तार तथा सुदृढीकरण, वैचारिक तथा राजनीतिक दिशानिर्देश र प्रशिक्षणका लागि नीति तथा स्कुलिङ, भ्रष्टाचार विरोधी अभियान, समान विचार राख्ने व्यक्ति, समूह र राजनीतिक शक्तिहरूस“ग सहकार्य, एकता र ध्रुवीकरण गर्नेसमेत उल्लेख छ ।

नेपालमा संक्रमणकालीन न्याय गम्भीर मोडमा : राष्ट्रसंघ

काठमाडौं, १७ फागुन– संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको उल्लेख गर्दै न्याय निरुपणमा ढिलाइ भइरहेका चिन्ता व्यक्त गरेकी छन् ।
जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको उच्चस्तरीय बैठकलाई नेपाली समयअनुसार शुक्रबार अबेर सम्बोधन गर्दै ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा पुगेको बताएकी हुन् । शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष पूरा हु“दा पनि नेपालमा संक्रमणकालीन न्याय निरुपण टुंगोमा पुग्न नसकेकामा राष्ट्रसंघको पछिल्लो चिन्ता प्रकट भएको हो ।
उनले नेपाल सरकारलाई संक्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन आग्रह गरेकी छन् । उनले संक्रमणकालीन न्याय निरुपणलाई टुंगोमा पु¥याउन नेपाल सरकारले असल नियत राखेर द्वन्द्व पीडित र नागरिक समाज सम्मिलित बृहत छलफल अघि बढाउन सुझाव दिएकी छन् । नेपालबारे उनी संक्रमणकालीन न्यायको विषयमा मात्रै केन्द्रित भएर बोलेकी थिइन् ।

कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउने निर्णय

बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरूको बैठक
काठमाडौं, १७ फागुन– चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कोरिया, युरोप र मध्यपूर्वका देशहरूसम्म देखिएपछि सरकारले मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपाउने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको तथा मुलुकमा बढी आउजाउ हुने चीनबाहेकका अरू देशमा समेत कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सा“झ बालुटारमा मन्त्रीहरूको बैठक बोलाएर उच्च सतर्कता अपनाउने निर्णय गराएका हुन् ।
बैठकले कोरोनाको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री छन् ।
समितिले नेपालस“ग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जानकारी बैठकमा सहभागी एक मन्त्रीले दिएका छन् । ती मन्त्रीका अनुसार बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको थियो । अब समितिले नै यसबारे अध्ययन गरेर आवश्यक परे हवाई उडाउन स्थगित गर्नेसम्मको निर्णय गर्नेछ ।