Friday, September 28, 2018

अख्तियारद्वारा उपसचिवद्वय पक्राउ

काठमाडौं, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका उपसचिवद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बिहीबार पक्राउ गरेको छ । अख्तियारको टोलीले किर्ते गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दुवै जनालाई बबरमहलको वन परिसर अगाडिबाट पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जानकारी अख्तियार स्रोतले दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरू दुवै जनालाई किर्ते कागजपत्र बनाएर ७० करोड रुपैया“को धन सम्पत्ति बेचबिखन प्रकरणमा संलग्न रहेको आरोपमा खोजी गरिरहेको थियो । ब्युरोले उक्त प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरे पनि पौडेल र रोकाय भने फरार थिए ।  ब्युरोले उनीहरूमाथि छानबिन अघि बढाई खोजी गर्दै आएको थियो । अब उनीहरूमाथि ब्युरो र अख्तियार दुवैले आ–आफ्नो किसिमले छानबिन गरी अनियमितताको अभियोगमा मुद्दा दायर गर्ने जानकारी स्रोतले दिए ।

घुस लिएको आरोपमा असई पक्राउ

काठमाडौं, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको का“डाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्की दिई रकम उठाएको आरोपमा प्रहरी नायव निरीक्षक (असई) गोविन्द खरेललाई पक्राउ गरेको छ । 
अख्तियारले गत भदौ ३० मा का“डाघारीबाट बालुवा व्यवसायीसित घुस लिएको आरोपमा १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरीको बयानका आधारमा अख्तियारको टोलीले बिहीबार महानगरीय प्रहरी प्रभाग का“डाघारीका असई खरेललाई पक्राउ गरेको हो ।  खरेललाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

थपलियाको परिवारलाई करिब १२ लाख सहयोग

काठमाडौं,  ११ असोज– कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन र पत्रकार–कर्मचारीले कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक स्व. यादव थपलियाको परिवारलाई करिब १२ लाख रुपैया“ सहयोग गरेका छन् । कान्तिपुर परिसरमा बिहीबार आयोजित कार्यक्रममा केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले थपलियाकी पत्नी गंगा खतिवडालाई ११ लाख ९३ हजार ५ रुपैया“को रसिद (मुद्दति खातामा जम्मा गरिएको रकमको कागजात) हस्तान्तरण गरे ।
कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार–कर्मचारीले  ६ लाख ७३ हजार ५ र व्यवस्थापनले ५ लाख र फोटो पत्रकार नरेन्द्र श्रेष्ठले २० हजार रुपैया“ थपलियाका दुई छोरीको शिक्षादिक्षा र पालन पोषणका लागि सहयोग संकलन गरेका थिए । नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले संकलित सहयोग रकम खतिवडाको नाममा एनआईसी एसिया बैंकमा ५ वर्षका लागि मुद्दति खातामा जम्मा गरिदिएको छ ।

Thursday, September 27, 2018

कोरियाद्वारा ५५ करोड सहयोग

काठमाडौं, १० असोज– दक्षिण कोरियाली सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई ५५ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।
सहयोग रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।  राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त बनाउन आफ्नो देशले सहयोग प्रदान गरेको उल्लेख गर्दै यसले ुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने बताए ।

Wednesday, September 26, 2018

तीन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं, ९ असोज– प्रहरीले तीन किलोग्राम सुनसहित दुई जनालाई संघीय राजधानीबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनपिप्ले र टोखा सडकमा निगरानी गर्ने क्रममा सोमबार राति मोटरसाइकलमा आइरहेका दुई व्यक्तिबाट रसुवागढी नाका हु“दै तस्करी गरी ल्याइएको उक्त परिमाणको सुन बरामद गरेको हो । 
बा ७३ प ३४०२ नम्बरको मोटरसाइकलमा आएका तीन दुई जनाको शरीर खानतलासी गर्ने क्रममा अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा रसुवाको गोसाइकुण्ड गाउ“पालिका–१ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ छन्। चिनिया“ नागरिकबाट सुन लिएर उनीहरू राजधानी आएका हुन्।

Tuesday, September 25, 2018

नुरप्रसाद अधिकारी थुनामा

काठमाडौं, ८ असोज– गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई ज्यान मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो । प्रहरीले सोमबार नै अनुसन्धानका लागि उनलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत, ललितपुरबाट अनुमति लिएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकका अनुसार अधिकारीले आइतबार उच्च अदालत पाटनमा तोडफोड गर्दै  इजलाश अधिकृत रोशन बस्नेतलाई कुर्चीले हानेका थिए । उच्च अदालतले अधिकारीमाथि अनुसन्धान गर्न माग गर्दै पत्राचार नै गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरकी विन्दु घतानीको जग्गासम्बन्धी मुद्दामा उच्च अदालतले सोमबार विपक्षमा फैसला गरेपछि उनी तोडफोड र आक्रमणमा उत्रिएका थिए । उनी घतानीको मुद्दामा वारेस बसेका थिए । 

दुई उपरथीलाई दज्र्यानीचिह्न प्रदान

काठमाडौं, ८ असोज– प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीद्वय रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।  
मन्त्रिपरिषदको पछिल्लो निर्णयबाट सहायक रथीबाट उपरथीमा बढुवा भएका दुवै जनालाई प्रधानसेनापति थापाले सोमबार जंगी अड्ठामा आयोजित कार्यक्रममा दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
भण्डारीलाई सम्भार रथीेको कार्यालय र भट्टलाई व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।

घिमिरेद्वारा आश्रमलाई सहयोग

काठमाडौं, ८ असोज– देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको १ लाख ५ हजार रुपैया“ राशिको गोपालदास पत्रकारिता पुरस्कार रकममा ५० प्रतिशत (५२ हजार ५ सय रुपैया“) थप गरी मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेका छन् ।
घिमिरेले राजधानीको सामुखुसीस्थित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई सोमबार १ लाख ५७ हजार ५ सय रुपैया“को चेक हस्तान्तरण गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार घिमिरेलाई उक्त पुरस्कार प्रदान गरेकी थिइन् ।

निर्माण व्यवसायी महासंघमा सिंह विजयी

काठमाडौं, ८ असोज– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले ४६६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत । आइतबार राति सम्पन्न महाधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे, उपाध्यक्षहरूमा प्रदेश नं १ बाट धीरेन्द्रकुमार दाहाल, प्रदेश नं २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं ३ बाटा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशबाट राजेन्द्र पहारी, प्रदेश नं ५ बाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खडा र प्रदेश नं ७ बाट टेकबहादुर सेट्ठी निर्वाचित भएका छन् । 
एसोसियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टंकप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती कार्की तथा सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, भीमबहादुर पाल, सूर्यबहादुर खडा, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ (पद्म), उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजंग शाह, चन्द्रप्रकाश थकाली, सुरतजंग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्ज्वल गौतम र विकास मल्ल चयन भएका छन् ।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन

काठमाडौं, ८ असोज- कांग्रेसको भातृ संगठन नेविसंघले चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्य तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
 राजधानीका विभिन्न क्याम्पसबाट निस्केको नेविसंघको जुलुसले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, ‘सवारी साधानमा बढाइएको भाडा फिर्ता गर’, ‘बलात्कारीलाई कारबाही गर’, ‘बढो मह“गी नियन्त्रण गर’ जस्ता नारा लगाएको थियो । 
नेविसंघका अभ्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म आफ्नो संगठनले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

Sunday, September 23, 2018

महिला हिंसा र महँगीको विरोधमा महिला प्रदर्शन

काठमाडौं, ७ भदौ– कांग्रेसको भातृ संगठन नेपाल महिला संघले मुलुकभर बढो महिला हिंसा र महँगी नियन्त्रण गर्न माग गर्दै आइतबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । संघको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिको अगुवाइमा महिलाहरूले पछिल्लो समय बढदै गएको बलात्कार, हत्या, हिंसा र महँगीको विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा महिलाहरूले ‘बलत्कारीलाई कारबाही गर’, ‘दसैंको मुखमा बढो महँगी नियन्त्रण गर’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ जस्ता नारा लगाका थिए ।  माइतीघर मण्डलाबाट सुरु भएको ¥यालीले बबरमहल पुगेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत महिला हिंंसा र मूल्य वृद्धि नियन्त्रण गर्न तत्काल कदम चाल्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै संघकी अध्यक्ष उमा रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र मह“गी नघटाएसम्म सरकारविरुद्ध महिलाहरूले निरन्तर आन्दोलन गरिरहने चेतावनी दिइन् । 

उपचारमा लापरबाहीको छानबिन चिकित्सकबाटै

काठमाडौं, ७ भदौ– उपचार क्रममा चिकित्सकबाट हुन सक्ने लापरबाही र कसुरको अनुसन्धान चिकित्सककै संयोजकत्वमा रहने उच्चस्तरीय समितिले गर्ने भएको छ । चिकित्सकका माग सम्बोधन गर्दै संसदको माथिल्लो सदनको समितिले आइतबार मुलुकी अपराध संहिता संशोधन विधेयकमा परिमार्जन गरेको हो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संहिता संशोधन गर्न विचाराधीन विधेयकमा यस्तो व्यवस्था गरेको छ । यसअघि संहितामा चिकित्सकको लापरबाहीबाट बिरामीको मृत्यु भए प्रहरीले सोझै पक्राउ गरी मुद्दा चलाउन सक्ने व्यवस्था थियो । संशोधित विधेयकमा चिकित्सकको लापरबाहीको कसुरमा मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सक संयोजक रहने र स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको अधिकृत, नेपाल प्रहरीको प्रथम श्रेणीको अधिकृत (डीआईजी), उपभोक्ता हक हितको क्षेत्रमा क्रियाशील स्वास्थ्य मन्त्रालयले तोकेका एक जना व्यक्ति रहने व्यवस्था छ ।
समितिले अनुसन्धान गर्दा चिकित्सकले लापरबाही या कसुर गरेको प्रमाणित भएमात्र त्यसको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले मुद्दा चलाउन सम्बन्धित जिल्लाको सरकारी वकिलको कार्यालयलाई लेखी पठाउने व्यवस्था विधेयकमा गरिएको छ । 

भारतीय कलाकार जया पर्यटन सदभावना दुत

काठमाडौं, ६ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसदका पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सदभावना दूत नियुक्ति गरेको छ । मुलुकमा भारतीय पर्यटकको संख्या बढाउने उद्धेश्यले मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सदभावना दूत नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजारसमेत भएको सन्दर्भमा जयाको नियुक्तिले भविष्यमा ठूलो सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्रीको मातहत दुइटा थिंक ट्यांक गठन

काठमाडौं, ६ भदौ– सरकारले प्रधानमन्त्री केपी ओलीको मातहतमा रहने गरी दुई वटा थिंक ट्यांक गठन गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ती उद्योग, वाणिज्य तथा समग्र आर्थिक, प्रशासनिक र परराष्ट्र मामिला हेर्ने गरी दुइटा थिंक ट्यांक गठन गरेको हो ।
सरकारले उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् गठन गरेको छ । परिषदको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । परिष्दमा सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रतिनिधिको सहभागिता रहनेछ । 
सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रूपमा अगाडि बढाउने भएको छ । 

खुर्दिसको परिवारलाई १० लाख

काठमाडौं, ६ भदौ– सरकारले आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्दिस आलमलाई शहीद घोषणा गरेको छ ।  मन्त्रिपरिषदको शुक्रबारको बैठकले खुर्दिसको परिवारलाई राहत पु¥याउन १० लाख रुपैया“ दिने निर्णय गरेको छ ।

तीन जना एआईजीमा बढुवा

काठमाडौं, ६ भदौ– सरकारले नायव प्रहरी महानिरीक्षक (डीआईजी) त्रय पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । 
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले पदोन्नति गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ ।

थप दुई राष्ट्रिय गौरवका आयोजना

काठमाडौं, ६ भदौ– सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेसनको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले अमेरिकी सहयोगमा निर्माण गर्न लागिएका काठमाडौंको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन र दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो ।
दुई आयोजनालाई राष्ट्रिय महत्व दिएर निर्माण कार्य अघि बढाउन सरकारले राष्ट्रिय गौरवको मान्यता दिएको हो । यी दुइटा थपिएपछि मुलुकमा राष्ट्रिय गौरवका आयोजना २३ वटा पुग्नेछन् । दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजना निर्माणाधीन १४० मेगावाटको तनहु“ हाइड्रो, डीपीआर निर्माणका क्रममा रहेको १०४ मेगावाटको तल्लो सेतीसहित उक्त क्षेत्रमा निर्माण हुने जलविद्युत परियोजनाहरूको विद्युत केन्द्रीय प्रसारणमा जोडने र बुटवलसम्म पु¥याउने राष्ट्रिय महत्वको आयोजना हो ।

माथिल्लो अरुण आयोजना कम्पनी मोडेलमा बनाइने

काठमाडौं, ६ भदौ– सरकारले ३ सय ३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी मोडेलमा निर्माण अघि बढाउने भएको छ । मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले कम्पनी मोडेलमा निर्माण गरिएका आयोजनाहरू सफल रहेको निष्कर्ष निकाल्दै लगानी र प्रतिफलका हिसाबले आकर्षक मानिएको माथिल्लो अरुणसमेत त्यही मोडेलमा बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले विद्युत प्राधिकरणलाई सरकारी स्वामित्वको अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत माथिल्लो अरुण आयोजना निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले दिए । कम्पनी विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा रहनेछ । मन्त्रिपरिषदको स्वीकृतिस“गै प्राधिकरणले स्वपू“जी (इक्विटी) आफैं राखेर अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी स्थापना गरी आयोजनाको काम अघि बढाउने बाटो खुलेको छ । 

‘कर्मीमौरी’ बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंं, ६ भदौ– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पार्टीका नेता तथा कार्यकतालाई कर्मी मौरी जस्तै मेहेनती बन्न निर्देशन दिएका छन् ।
वाम नेतृ साहाना प्रधानको चौथो स्मृति सभालाई शनिबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै उनले कर्मीमौरीको झैं मेहेनतले मात्र देश विकास हुने बताए । ‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’ उनले भने ।
प्रधानमन्त्रीले आफ्नोभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाएका छन् । ‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देशको समृद्धि छिट्टै सम्भव हुन्छ’ उनको भनाइ थियो ।

Friday, September 21, 2018

फास्ट ट्रयाक समयमै बन्छ : नेपाली सेना

काठमाडौं, ४ भदौ–  नेपाली सेनाले रणनीतिक महत्वको काठमाडँैं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै निर्माण गरिसक्ने दाबी गरेको छ ।
सैनिक मुख्यालय जंगी अडडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खा“णले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण भए पनि तोकिएको समयभित्रै निर्माण गर्न नेपाली सेना सक्षम हुने दाबी गरे ।
उनले सेनाले सडकको रेखांकनअनुरुप डा“डा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा अगाडि बढाइरहेको बताए । ‘समयतालिका बनाई कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाउने काम भइरहेको छ’ उनले भने ।  उनले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको जानकारी दिए ।

Thursday, September 20, 2018

फास्ट ट्रयाकको डीपीआर तयार गर्न कोरियाली कम्पनी छानियो



  • फास्ट ट्रयाकको १२ किमी खण्डको रेखांकन परिवर्तन गर्दै सेना
  • ५.६७ किमी सुरुङ बनाउ“दा फास्ट ट्रयाकको दुरी साढे तीन किमीभन्दा बढी घटने
  • लागत करिब ७ अर्ब बढने
  • फास्ट ट्रयाकको ललितपुर खण्ड र सुख्खा बन्दरगाहका लागि जग्गा मुआब्जा ज्यूँका त्यूँ

काठमाडौं, ३ असोज– मुलुकको केन्द्रीय राजधानीबाट तराई–मधेसको निजगढ जोडने राष्ट्रिय गौरवको आयोजना दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दक्षिण कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ग्लोबल प्रतिस्पर्धा गराई कम्पनी छनौट गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माणको जिम्मा दिन प्रक्रिया सुरु गरेको भारतीय कम्पनी आइएल एण्ड एफएसले समेत फास्ट ट्रयाकको डीपीआर तयार गरेको थियो । सेनाले उक्त कम्पनीसित डीपीआर खरिद गर्न खोजे पनि मूल्यमा सहमति नभएपछि प्रक्रिया अघि बढेन । भारतीय कम्पनीले डीपीआर चर्को मूल्यमा बेच्न खोजेका कारण सहमति हुन नसकेको हो । 
किन्ने प्रयास असफल भएपछि सेनाले दोस्रो विकल्पमा गई ग्लोबल प्रतिस्पर्धाबाट परामर्शदाता कम्पनी छनौट गरेको हो । सेनाले छनोट भएको दक्षिण कोरियाको सुसुङ कम्पनीस“ग अबको डेढ साताभित्रै डीपीआर तयार गर्नेसम्बन्धी सम्झौता गर्ने भएको जानकारी उच्च सैनिक स्रोतले दिएका छन् ।

नेता नेपाल घानामा

काठमाडौं, ३ असोज– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’ मा सहभागी हुन मंगलबार राति घाना प्रस्थान गरेका छन् । उनी घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पू“जीवाद विरोधी’ विषयक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् । 
उनको साथमा नेकपाकी स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बा“स्कोटासमेत गएका छन् । सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल आगामी असोज ९ मा स्वदेश फर्कने कार्यक्रम छ । 

राष्ट्रपतिबाट मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण

काठमाडौं, ३ असोज– राष्ट्रपति विद्या भण्डारीले संविधानले प्रत्याभूत गरेका सबै मौलिक हक कार्यान्वयन गर्ने १६ विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदका दुवै सदनबाट पारित ती विधेयक भण्डारीले मंगलबार राति प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्ति जारी गरी जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) बमोजिम भण्डारीले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष अर्थात असोज ३ (बुधबार) अघि नै मौलिक हकसम्बन्धी ती विधेयक कार्यान्वयनमा आइसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले संघीय संसदको बैठकले नियमावली निलम्बन गरी छोटो प्रक्रियाबाट पारित गरेको हो ।
प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक, जनस्वास्थ्य सेवा विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक छन् ।

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं, ३ असोज– उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छदिने औपचारिक भ्रमणका लागि बुधबार प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले पुनलाई बिदाई गरेका थिए । उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेन्दुमा बिहीबारदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुनेछन् ।
उनले बिहीबार अन्तर्राष्ट्रिय मेलाको उदघाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बिहीबार नै ‘एक क्षेत्र एक मार्ग’ (बीआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । 
चीनका उपप्रधानमन्त्री, चिनिया“ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले उपराष्ट्रपति पुनसित शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Tuesday, September 18, 2018

प्रधानमन्त्री शनिबार न्युयोर्क जाने

असोज ११ मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने
काठमाडौं, ३ असोज– प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्न शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उनको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो । प्रधानमन्त्रीको भ्रमण तालिका भने सरकारले औपचारिक गरिसकेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा कम्तीमा २० सदस्य रहने छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी गरिरहेको छ। 
स्रोतका अनुसार भ्रमण टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीसहित परराष्ट्र र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू रहनेछन् । नेपाली प्रतिनिधिमण्डलमा न्युयोर्कस्थत नेपाली नियोगका अधिकारीहरुसमेत सहभागी हुनेछन् । न्युयोर्क्स्थित राष्ट्रसंघीय नेपाली नियोगमा स्थायी प्रतिनिधि पद भने रिक्त छ । यसैबीच प्रधानमन्त्री ओलीले महासभाका क्रममा छिमेकी तथा मित्र राष्ट्रका सरकार प्रमुख, विदेशमन्त्रीहरू साइडलाइनमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत बनिरहेको जानकारी परराष्ट्रमन्त्रलाय स्रोतले दिएका छन् ।

सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौंमा रहने

काठमाडौं, ३ असोज– सरकारी उच्चस्तरीय अध्ययन टोलीले सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय संघको राजधानी काठमाडौंमा खोल्न सुझाव दिएको छ । समितिले संघ र सातवटै प्रदेशबीच समन्वय गर्नका लागि काठमाडौंमा प्रदेश सरकारहरूको सम्पर्क कार्यालय खोल्न सुझाव दिएको हो । सुझावअनुसार केन्द्र सरकारले सम्पर्क खोल्ने गृहकार्य सुरु गरिसकेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
सरकारले प्रदेश सरकारको समस्या बुझन् र त्यसका समाधानका लागि उपाय सुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवत्रय केदारबहादुर अधिकारी, लक्ष्मण मैनाली र लालशंकर घिमिरे रहेको तीन सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो । 
‘संघ र प्रदेश सरकारहरूबीच समन्वयको खा“चो टडकारो देखिएको छ’ समितिको सुझावमा भनिएको छ– ‘दुवै तहका सरकारबीच समन्वय गर्नका लागि संघमा सबै प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गर्न आवश्यक छ ।’ 

प्रमुख आयुक्त घिमिरेमाथि सुनुवाइ बिहीबार

काठमाडौं, ३ असोज– संघीय संसदको सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेमाथि बिहीबार सुनुवाइ गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई बिहीबार सुनुवाइका लागि बोलाएको छ ।
समितिले सार्वजनिक आह्वान गरेको १० दिनको समयमा घिमिरेविरुद्ध समितिमा एउटा पनि उजुरी नपरेकाले उनलाई सिधै सुनुवाइका लागि बोलाइएको हो ।
सुनुवाइ समितिबाट घिमिरेको नाम अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीले उनलाई प्रमुख आयुक्त नियुक्त गर्ने छिन् ।

निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

काठमाडौं, १ असोज– राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका लागि संसदीय समिति गठन गरिएको छ । संविधानको धारा ५४ एवं संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीबमोजिम समिति गठन गरिएको हो ।  
समिति सदस्यमा प्रतिनिधिसभाबाट नेकपाका भीमबहादुर रावल, प्रभु साह, पम्फा भुसाल,  गणेश ठगुन्ना, निरादेवी जैरु, खेम लोहनी, कांग्रेसबाट मिनेन्द्र रिजाल, लक्ष्मी परियार, देवप्रसाद तिमल्सिना, राजपाका अनिलकुमार झा, जनमोर्चाकी दुर्गा पौडेल छन् । समितिमा राष्ट्रियसभाबाट सदस्य तोक्न बा“की छ । 

नेविसंघद्वारा गृहमन्त्रीको राजिनामा माग

काठमाडौं, १ असोज– प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेकामा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । नेविसंघले राजधानीमा सोमबार विरोध प्रदर्शन गरी पन्तको हत्या प्रकरणमा दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्दै थापाको राजिनामा मागेको हो ।
प्रदर्शनका क्रममा नेविसंघले सरकारले नै निर्मलाको हत्यारालाई संरक्षण गरेको आरोप लगाउ“दै प्रधानमन्त्री केपी ओलीप्रति समेत आक्रोश व्यक्त गरेको थियो । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाइ गरिए देशव्यापी आन्दोलन चर्काउने घोषणा गरे ।

फोरमले ‘कालो दिवस’ नमनाउने

काठमाडौं, १ असोज– सत्तारूढ संघीय समाजवादी फोरम नेपालले संविधान दिवसका दिन मंगलबार ‘कालो दिवस’ नमनाउने भएको छ । फोरमले सोमबार विज्ञप्ति जारी गरी सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टीस“ग संविधान संशोधन गर्ने समझदारी भइसकेकाले तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको जनाएको छ ।
फोरमले अघिल्ला वर्षमा संविधानप्रति असहमति जनाउ“दै संविधान दिवसका दिन कालो दिवस मनाउने गरेको थियो । फोरमले संविधानसभाबाट जारी संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुने तत्काल कुनै निर्णय नगरेको उल्लेख गरेको छ ।

न्याम्सको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं, १ असोज– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । सहकुलपति एव स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकामा डा. डीएन शाह, डा. ढुण्डी पौडेल र डा अजित रायमाझी छन् । मन्त्री यादव संयोजकत्वको सिफारिस समितिमा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बा“स्कोटा सदस्य छन् । प्रधानमन्त्री एवं कुलपति केपी ओलीले तीन जनामध्येबाट उपकुलपति नियुक्ति गर्नेछन् ।

कान्तिपुरकर्मी न्यौपानेलाई मातृशोक

काठमाडौं, १ असोज– कान्तिपुर दैनिकका उपसम्पादक दामोदर न्यौपानेलाई मातृ शोक परेको छ । न्यौपानेकी आमा कृष्णकुमारीको सोमबार निधन भएको हो । 
मधुमेह रोगबाट पीडित ७१ वर्षीया कृष्णकुमारीको भक्तपुरस्थित सानोठिमीस्थित आफ्नै निवासमा निधन भएको हो । उनका पति, दुई छोरा र तीन छोरी छन् ।

Monday, September 17, 2018

सञ्चारिका समूहको अध्यक्षमा पण्डित

काठमाडौं, ३१ भदौ– देशभरका महिला पत्रकारहरूको सञ्जाल ‘सञ्चारिका समूह’ को अध्यक्षमा नितु पण्डित निर्विरोध निर्वाचित भएकी छन् । राजधानीमा आइतबार सम्पन्न सातँैं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 
समूहको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा तथा सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वशी बस्न्यात, रुबी रौनियार, वसन्ती बा“स्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की निर्वाचित भएका छन् । महाधिवेशनले सबै सञ्चारगृह लैंगिकमैत्री हुनुपर्नेसहितको ११ बु“दे काठमाडौं घोषणापत्रसमेत जारी गरेको छ ।
त्यस क्रममा ४ पत्रकारलाई पुरस्कृत गरिएको थियो । सञ्चारिका समानता पुरस्कार २०७४ सन्त गाहामगर र स्व. उमा सिंह पत्रकारिता पुरस्कार अछामकी गीता कु“वरलाई प्रदान गरिएको छ । पुरस्कार राशि क्रमशः १५ हजार र ७ हजार १ सय ११ रुपैया“ छ । सञ्चारिका प्रोत्साहन पुरस्कार वर्षा शाह र शिल्पा कर्णलाई प्रदान गरियो । 

हिमालको पानी निर्यात गर्न जापानको सुझाव

काठमाडौं, ३१ भदौ जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी गर्न नेपाललाई सुझाव दिएको छ ।  नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतस“ग भेटवार्ता गरी नेपालको हिमालय क्षेत्रको पानी निर्यात गर्न सुझाव दिएको हो । 
जापानी प्रमण्डलका सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब सबभन्दा ठूलो संकट पानीको आउने उल्लेख गर्दै हिमालय क्षेत्रमा रहेको पर्याप्त पानीलाई विदेशमा बेचेर नेपालले मनग्य पैसा कमाउन सक्ने धारणा राखेका थिए । 
प्रत्युत्तरमा मन्त्री बस्नेतले हिमालय क्षेत्रको पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन गरिरहेको जानकारी गराएका थिए । उनले मुलुकमा बढो सहरीकरणस“गै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको जानकारी गराए ।

अनुसन्धान गर्न खटिएका प्रहरीमाथि नै छानबिन गर्न समिति गठन

निर्मला हत्या प्रकरण
काठमाडौं, ३१ भदौ– सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार समितिमा एसएसपी निरजबहादुर शाही, एसपी उत्तम सुवेदी र छानबिनमा विज्ञ प्रहरी अधिकृत छन् ।
पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको गतिविधि र भूमिका ‘शंकास्पद’ देखिएका कारण उनीहरूमाथि छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ । ‘निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानबिन गर्नका लागि नभई त्यसको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भूमिका र गतिविधिको छानबिन गर्न समिति गठन भएको हो’ प्रवक्ता क्षेत्रीले कान्तिपुरसित भने । 
उनका अनुसार उक्त समितिलाई म्याद नतोकी यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । पन्तको हत्या र बलात्कारको घटनाको छानबिन कञ्चनपुरमा गएका नया“ प्रहरी अधिकारीहरूको टोलीले गरिरहेको जानकारीसमेत प्रहरी प्रधान कार्यालय स्रोतले दिएको छ ।

Sunday, September 16, 2018

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन

काठमाडौं, ३० भदौ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै शनिबार मुलुकभर प्रदर्शन भएको छ । राजधानीमा स्वस्फुर्त रूपमा उत्रिएका हजारौं सर्वसाधारणले माइतीघर मण्डलादेखि नया“ बानेश्वरसम्म निर्मलाको पक्षमा न्याय माग्दै प्रदर्शन गरे ।
प्रदर्शनकारीले निर्मलालाई बलात्कार र हत्या गर्ने वास्तविक दोषी तत्काल पत्ता लगाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसित माग गरेका थिए ।
प्रदर्शनकारीले ‘निर्मलाका निम्ति न्याय’, ‘दोषीलाई उन्मुक्ति, निर्दोषलाई यातना’, ‘सरकार देखाऊ इच्छा, खै त महिलाको सुरक्षा’, ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लगायतका प्लेकार्ड बोेकेको थिए । राजधानीको प्रदर्शनमा निर्मलाका आमाबुबा समेत सहभागी थिए ।

अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं, ३० भदौ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल शनिबार चीन प्रस्थान गरेका छन् । भारतको भ्रमण सकेर फर्केको दुई साता नपुग्दै दाहालले चिनिया“ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् । चीन उडनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै दाहालले नेकपा र चिनिया“ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको जानकारी दिए । 
चीन भ्रमणका क्रममा उनले विगतमा दुई सरकारबीचमा भएको सहमति, सम्झौता तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूले पहल गर्ने बताए । दाहालले चिनिया“ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूस“ग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ । 

खरेल सञ्चालक नियुक्त

काठमाडौं, ३० भदौ– सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रस्तावमा निगमका पूर्वउच्च अधिकारी खरेललाई सञ्चालक नियुक्त गरेको हो ।

उपराष्ट्रपति चीन जाने

काठमाडौं, ३० भदौ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन असोज ३ मा चीन जाने भएका छन् । चिनिया“ कम्युनिष्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्तका सचिव फङ छिङह्वा र चिनिया“ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ देखि सुरु हुने मेलाको उदघटन समारोहलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले असोज ५ मा छेन्दुमा आयोजना हुने ‘डिजिटल फोरम’ लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । चीनमा रह“दा उनले चीन सरकारका उच्च पदाधिकारी, चिनिया“ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारीलगायतस“ग पनि भेटवार्ता गर्नेछन् । 

दुई मुख्यमन्त्री चीन भ्रमणमा जाँदै

काठमाडौं, ३० भदौ– गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्री क्रमशः पृश्वीसुब्बा गुरुङ र महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाने भएका छन् । संघीय मन्त्रिपरिषदको शुक्रबार सा“झ बसेको बैठकले दुवै मुख्यमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो । मुलुकमा प्रादेशिक सरकार बनेपछि पहिलोपटक दुई मुख्यमन्त्री एक साता लामो विदेश भ्रमणमा जान लागेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सेप्टेम्बर २५ देखि १ अक्टुबरसम्म चीनको हैनान प्रान्तको भ्रमण गर्नेछन् । गण्डकी प्रदेशका प्रमुखसचिव लक्ष्मीराम पौडेलका अनुसार हैनान प्रान्तको सरकारको निमन्त्रणमा गुरुङ भ्रमणमा जान लागेका हुन् । उनको साथमा प्रमुखसचिव पौडेल, प्रादेशिक योजना आयोगका उपाध्यक्ष गिरीधारी पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे भ्रमणमा जानेछन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भने सेप्टेम्बर २४ देखि ३० सम्म चीनको सिचुआन प्रान्तको भ्रमण गर्नेछन् । कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाका अनुसार शाही सिचुआन प्रान्तको सरकारको निमन्त्रणमा भ्रमणमा जान लागेका हुन् । शाहीको साथमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश सभासद भैरव रेग्मी भ्रमण टोलीमा रहनेछन् । दुवै मुख्यमन्त्रीको भ्रमणले चीन र नेपालबीच प्रान्तीय सरकारस्तरमा सम्बन्ध स्थापना र सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास प्रदेश सरकारका अधिकारीहरूको छ ।
यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान लाग्दा संघीय मन्त्रिपरिषदले भ्रमण कार्यक्रम अस्वीकृत गरेको थियो । उनी अमेरिकामा मधेसी समाजको कार्यक्रमलाई सम्बोधन गर्न भ्रमणमा जाने तयारीमा थिए ।



Friday, September 14, 2018

नागढुंगा–धुलिखेल मेट्रो रेल अध्ययन गर्न छ कम्पनी

प्राविधिक प्रस्तावका आधारमा एक महिनामा एउटा कम्पनी छनौट गरिने
काठमाडौं, २९ भदौ– सरकारले राजधानीको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक रूपमा ६ वटा कम्पनी छनोट गरेको छ । लगानी बोर्डले सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेन्डर गरी इच्छुक कम्पनीहरूलाई आशयपत्र भर्न आह्वान गरेको थियो । 
आशयपत्र भरेकामध्ये बोर्डले ती छवटा कम्पनीलाई योग्य छनौट गरेको हो । बोर्डले ती कम्पनीलाई ३० दिनभित्र प्राविधिक प्रस्ताव पेस गर्न आह्वान गरेको छ । बोर्डले प्राविधिक प्रस्तावका आधारमा सम्भाव्यता अध्ययनका लागि छ कम्पनीमध्येबाट उपयुक्त एउटा कम्पनी छनोट गर्नेछ । प्रारम्भिक छनोटमा परेका कम्पनी चीन, भारत, कोरिया, टर्की र जापानका छन् । 

उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषद भवनमा

काठमाडौं, २९ भदौ– सरकारले उपराष्ट्रपतिको कार्यालय र निवास लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित कार्यदलले गरेको अध्ययन प्रतिवेदनका आधारमा कान्तिपथस्थित बहादुर भवनबाट उपराष्ट्रपति कार्यालय परिषदको भवनमा सार्ने निर्णय गरेको हो ।
हजारौं चन्दादाता र सरकारी रकमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता, समन्वय र अनुगमन गर्ने समाज कल्याण परिषदका लागि निर्मित भवनमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय हुनु आपत्तिजनक भएको टिप्पणी सरोकारवालाहरूले गरेका छन् । ‘हजारौंहजार समाजसेवीको चन्दाबाट बनेको भवनमा उपराष्ट्रपति कार्यालय र आवास राखिनुहुन्न’ परिषदका पूर्व सदस्यसचिव शरद शर्माले कान्तिपुरसित भने– ‘उपराष्ट्रपति कार्यालय सार्नै पर्ने भए सरकारले अरू विकल्प खोज्नु राम्रो हुन्छ । समाज कल्याण परिषदको भवन हडप्नु हुन्न ।’ 
२०४२ मा निर्माण सुरु भई २०४६ मा उदघाटन गरिएको समाज कल्याण परिषद भवनमा करिब ३० रोपनीको कम्पाउन्ड छ । परिसरमा तत्कालीन महारानी ऐश्वर्यको शालिकका अतिरिक्त भवन निर्माण गर्न सहयोग पु¥याएका चन्दादाताहरूको नाम उल्लिखित शिलालेखसमेत छ । पञ्चायतकालमा तत्कालीन महारानी ऐश्वर्य समाज कल्याण परिषदको संरक्षक थिइन् ।

निर्मलाका बाबुआमा न्यायका लागि छटपटिरहन पर्नु दुःखद : राष्ट्रपति

काठमाडौं, २९ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बाबु आमा न्यायका लागि लामो समयदेखि छटपटाइरहन पर्नु दुःखद भएको बताएकी छन् ।
राजधानीमा शुक्रबार आयोजित राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्न अपराधीलाई जतिसक्दो छिटो कानुनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरिन् ।
‘निर्मलाका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहन पर्नु दुःखद् हो । उक्त घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ’ उनले भनिन्– ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानुनी दायराभित्र ल्याई यथाशीघ्र दण्डित गर्न सबै पक्ष संवदेनशील हुनु पर्छ ।’

Wednesday, September 12, 2018

प्रहरीले दृष्टिका सम्पादक श्रेष्ठसित बयान लियो

काठमाडौं, २७ भदौ– नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रहरी कार्यालयमा बुधबार बोलाएर बयान लिएको छ । दृष्टि साप्ताहिकको समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा ठेचोस्थित घरबाट हत्कडी लगाएर नियन्त्रणमा लिइएका खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको बयानका आधारमा प्रहरी परिसरले श्रेष्ठलाई पत्राचार गरी आफ्नो कार्यालयमा बोलाएर बयान लिएको हो ।
श्रेष्ठले पटक पटक बोलाउ“दा पनि नगएपछि प्रहरीले आफूलाई उपस्थित हुन पत्र नै पठाएपछि बयान दिन गएको बताए । उनले समाचार छापेको या साभार गरेको आधारमा प्रहरीले पक्राउ गर्नु र बयान दिन बोलाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए । ‘खोजलसामा छापिएको समाचार मेरो पत्रिका र अनलाइनमा छापिएको होइन । हेडलाइन र समाचारको कुनै पनि अंश मिल्दैन भनेर बयान दिए“’ उनले कान्तिपुरसित भने– ‘मेरो पत्रिकामा छापिएको समाचार अरुले सार्ने अनि मैले बयान दिदै हिड्नु पर्ने ?  प्रहरीले यसरी बयान लिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ 

केसी छानबिन समितिको काममा फर्किए

काठमाडौं, २७ भदौ– उपसचिव वीरेन्द्रबहादुर केसी बुधबारदेखि कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको काममा फर्किएका छन् । दुई दिनअघि राजिनामा घोषणा गरेका केसीले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी छानबिन समितिको काममा फर्कने घोषणा गरेका हुन् । ७ नं प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले छानबिन समितिको म्याद थप्ने निर्णयमा असहमति जनाउ“दै सोमबार पत्रकार सम्मेलन गरी राजिनामा दिएका थिए ।
उनले बुधबार गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेमकुमार राईसहितका उच्च अधिकारीसित भेटी छलफल गरेपछि आफूले समितिबाट राजिनामा दिने निर्णय फिर्ता लिएको बताए । उनले केही असमझदारीका कारण आफूले राजीनामा दिएको उल्लेख गर्दै गृहमन्त्रीलगायतका उच्च अधिकारीसितको छलफलपछि असमझदारी हटेका कारण आफू काममा फर्केको बताए ।

तीन जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, २७ भदौ– गृह सचिव प्रेमकुमार राईको संयोजकत्वमा रहेको बढुवा समितिले नेपाल प्रहरीका तीन नायव महानिरीक्षक पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति गर्न सिफारिस गरेको छ । 
समितिको मंगलबार बसेको बैठकले तीन वरिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको सदस्यसचिव एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रिपरिषदको आगामी बैठकले उनीहरूलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने जानकारी गृह मन्त्रालय स्रोतले दिएको छ ।

Tuesday, September 11, 2018

सरकारद्वारा संहिताबारे सुझाव दिन कार्यदल गठन

काठमाडौं, २६ भदौ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा सुझाव दिन १५ सदस्यीय कार्यदल गठन गरेको छ । मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी कानुनका केही बु“दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको उल्लेख गर्दै पत्रकार महासंघसहित सञ्चारसम्बन्धी संघसंस्थाहरूले देशव्यापी विरोध कार्यक्रम सुरु गरेपछि सरकारले त्यससम्बन्धमा सुझाव दिन कार्यदल गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार मन्त्रिस्तरीय निर्णयबाट संहिताका कारण अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए तिनको विकल्पबारे सुझाव दिन वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

बुढानीलकण्ठको जग्गा किर्ते गर्ने चार जना पक्राउ

काठमाडौं, २६ भदौ– प्रहरीले राजधानीको बुढानीलकण्ठस्थित ४० आना जग्गा किर्ते गरी बेचेको आरोपमा मंगलबार चाबहिल मालपोत कार्यालयका शाखा अधिकृतसहित चार जनलाई पक्राउ गरेको छ । प्रहरीले मालपोतका कर्मचारीले ६ करोड रुपैयँ“बराबरको जग्गा किर्ते गरी कागजपत्र बनाएर बिक्री गरेको आरोपमा अधिकृतसहित चार जनालाई पक्राउ गरेको हो 
पक्राउ परेकामा मालपोत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासुत्रय रघुनाथ तिमिल्सिना, रञ्जनकुमार खरेल र जमुनाकुमारी श्रेष्ठ छन् । मालपोतका कर्मचारीको मिलेमतोमा चन्दनकृष्ण कायस्थको बुढानिलकण्ठमा रहेको ४० आना जग्गा बिक्री गरिएको थियो । बुढानीलकण्ठ ७ को ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा किर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो ।

न्यायाधीश नियुक्ति पारदर्शी आधारमा : मिश्र

सर्वोच्चको पेशी अटोमेटिक तोकिने
काठमाडौं, २५ भदौ– नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपति विद्या भण्डारीबाट सोमबार प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सर्वोच्चमा सोमबार सा“झ कार्यभार सम्हालेपछि मिश्रले भने– ‘न्यायाधीश नियुक्ति गर्दा पहिलाजस्तो राजनीतिक आस्थाका आधारमा नभई पारदर्शी नीतिका आधारमा गर्ने परम्परा बसाल्छु ।’
उनले प्रधानन्यायायाधीशले पेशी तोक्ने व्यवस्थासमेत परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्थालाई परिवर्तन गरी अटोमेटिक पेसी तोकिने प्रणाली सुरु गर्छु । त्यसका लागि विद्युतीय माध्यम अपनाइने छ ।’

मिश्र प्रधानन्यायाधीश नियुक्त

  • प्रधानन्यायाधीशमा अस्वीकृत जोशीद्वारा मिश्रलाई माला लगाई सर्वोच्चमा स्वास्गत
  • न्यायालयमा भ्रष्टाचार नियन्त्रण मेरो पहिलो काम : मिश्र 
  • वरिष्ठतम न्यायाधीश जोशीले आजदेखि कामकाज थाल्ने

काठमाडौं, २५ भदौ– राष्ट्रपति विद्या भण्डारीले कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सोमबार सा“झ प्रधानन्यायाधीश नियुक्त गरेकी छन् । संघीय संसदको सुनुवाइ समितिले सोमबार प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिले सा“झमा उनलाई नियुक्त गरी पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । मिश्रले सोमबार सा“झ नै सर्वोच्चमा पुगेर पदबहाली गरे । 
मिश्र सर्वोच्चको २८ औं प्रधानन्यायाधीश भएका छन् । न्यायालयले ६ महिनापछि नेतृत्व पाएको हो । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गत चैत १ मा ६५ वर्ष पूरा भई अनिवार्य अवकास पाएपछि सर्वाेच्च कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । संवैधानिक परिषदले भदौ ७ मा मिश्रलाई प्रधानन्याधीशमा सिफारिस गरेको थियो । मिश्र सर्वोच्चको वरिष्ठतम न्यायाधीश नभए पनि प्रधानन्यायाधीश हुन पाउने पहिलो भाग्यमानी व्यक्ति हुन् ।

Monday, September 10, 2018

प्रधानन्यायाधीशमा सिफारिस मिश्रमाथि आज सुनुवाइ

घिमिरेविरुद्ध उजुरी आह्वान
काठमाडौं, २४ भदौ– संघीय संसदको सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गर्ने भएको छ । समितिको सोमबार बस्ने बैठकले मिश्रविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाबारेमा सुनुवाइ गर्ने छ ।
समितिको आइतबारको बैठकले मिश्रविरुद्ध परेका चार उजुरीका बारेमा सिकायतकर्तास“ग सोधपुछ गरेपछि उनलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको जानकारी समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले दिए । 
चार उजुरीकर्तामध्ये एक जनाले आइतबार नै फिर्ता लिएका छन् । समितिले बा“की तीन उजुरीकर्तास“ग आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गरेको समितिले मिश्रमाथि सुनुवाइ गर्न लागेको हो ।

Wednesday, September 5, 2018

अब छुवाछुतमा २ लाख जरिवाना

काठमाडौं, १८ भदौ– सरकारले मानव सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रूपमा रहेको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न दण्ड, सजाय र क्षतिपूर्तिको कडा प्रावधान राखी संसदमा विधेयक पेस गरेको छ। संविधानको धारा २४ मा रहेको छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकको कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयकमा सामाजिक अपराधमा दण्ड, सजाय, क्षतिपूर्ति र जरिवानालाई दोब्बर गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा प्रत्येक व्यक्तिलाई जातीय एवं अन्य सामाजिक भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार हुने व्यवस्था गरिएको छ । प्रत्येक व्यक्तिले छुवाछूत तथा भेदभावविरुद्ध उपचार र उचित क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई २ लाख रुपैया“सम्म क्षतिपूर्ति भराइदिन सक्ने प्रावधान प्रस्ताव गरिएको छ । संविधानमा ‘कुनै व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेदभाव र छुवाछूत गरिने छैन’ भन्ने उल्लेख छ ।

Saturday, September 1, 2018

गान्धी ल्हासा प्रस्थान

काठमाडौं, १६ भदौ– भारतीय राष्ट्रिय कांग्र्रेसका अध्यक्ष राहुल गान्धी शनिबार तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् । तीर्थ यात्रामा कैलाश मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं ओर्लिएका गान्धी राजधानीको ¥याडिसन होटलमा बसेका थिए ।
उनी एयर चाइनाको उडानबाट शनिबार दिउ“सो ल्हासा प्रस्थान गरेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतले दिएको छ । उनी ल्हासाबाट मानसरोवर जाने कार्यक्रम छ ।

पश्चिम सेतीलाई तामाकोसी मोडेलमा बनाऊँ : देउवा

काठमाडौं, १६ भदौ– प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलाशययुक्त आयोजना माथिल्लो तामाकोसी मोडेलमा बनाउन सरकारलाई आग्रह गरेका छन् । चिनिया“ कम्पनी थ्री गर्जेजले ७५० मेगावाटको आयोजनामा लगानी नगर्ने संकेत सरकारलाई दिएपछि देउवाले ७ नं. प्रदेशका लागिमात्र नभई मुलुककै लागि महत्वपूर्ण आयोजना स्वदेशी लगानीमा निर्माण गर्न आग्रह गरेका हुन् ।
उनले ऊर्जा मन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई फोन सम्पर्क गरी तामाकोसी मोडेल सफल रहेको उदाहरण दिंदै त्यही ढा“चामा पश्चिम सेती आयोजना अघि बढाउन आग्रह गरेका हुन् । ‘सरकार, नेपाली जनता र स्थानीबासीको लगानीमा बनिरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माणको मोडेल सफल र उदाहरणीय छ’ देउवाले पुन र अधिकारीसमक्ष राखेको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसित भने– ‘पश्चिम सेती पनि सरकार, नेपाली जनता र स्थानीयबासीको शेयरमा निर्माण गर्ने प्रक्रिया अघि बढाऔं । त्यसरी बनाउ“दा आयोजना सफल हुन्छ ।’

बिमस्टेक मुलुकको सैन्य अभ्यास भदौ २५ देखि

काठमाडौं, १६ भदौ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको पुनामा हुने भएको छ । 
उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता रहने जानकारी नेपाली सेनाले दिएको छ ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार बिमस्टेक सदस्य राष्ट्रका सैनिकहरूको पहिलो पटक हुने संयुक्त अभ्यास प्रतिआतंकवाद र विपद व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 
यस्ता अभ्यासले एक–अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझ्न, अनुभव आदानप्रदान गर्न, विपदो समयमा मिलेर खोजतलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरू सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास निर्देशनालयले व्यक्त गरेको छ ।

वैद्य मानार्थ सल्लाहकार नियुक्त

काठमाडौं, १६ भदौ– पूर्वाञ्चल विश्वविद्यालयले प्राध्यापक जगदीश वैद्यलाई विश्वविद्यालयको मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ । विश्वविद्यालयले शनिबार विज्ञप्ति जारी गरी कार्यकारी परिषदो निर्णयअनुसार वैद्यलाई मानार्थ सल्लाहकारमा  नियुक्त गरिएको जनाएको छ ।