Wednesday, December 31, 2014

प्रधानमन्त्री कार्यालयद्वारा सार्कका बेला भौतिक संरचनाको संरक्षण गर्न निर्देशन

‘तत्काल ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर’
काठमाडौं, १६ पुस– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्क शिखर सम्मेलनका क्रममा राजधानीमा निर्माण तथा मर्मत गरिएका सडक, पेटी, पार्क तथा दुवैतर्फ लगाइएका बोटबिरुवा तथा दुवोको बगैंचाको उचित संरक्षण गर्न सम्बन्धित निकायलाई बुधबार निर्देशन दिएको छ ।
सार्क सम्मेलनको तयारीका क्रममा निर्माण गरिएका भौतिक संरचना भत्कन थालेको र बोटबिरुवा तथा दुवोको बगैंचा नास हुन थालेको सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालय तथा मातहतका निकायका अधिकारीहरूलाई बोलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सडकको दुवैतर्फ लगाइएका बोटबिरुवा र दुवोमा नियमित रूपमा पानी हाल्न तथा गोडमेल गर्नसमेत सम्बन्धित निकायलाई निर्देश गरिएको छ ।

ओलीद्वारा ऊर्जामन्त्रीलाई माथिल्लो सेतीको काम अघि बढाउन निर्देशन

‘एडीबीले छानेकै परामर्शदातालाई नियुक्त गर’
काठमाडौं, १५ पुस– एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीकी नेतृ एवं ऊर्जामन्त्री राधा ज्ञवालीलाई १४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रोपावर) जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
ओलीले सोमबार बिहान ज्ञवालीलाई आफ्नो निवासमा बोलाई माथिल्लो सेती आयोजनालाई अन्यौलमा पर्न नदिन एसियाली विकास बैंक (एडीबी) ले छनौट गरेकै जर्मन परामर्शदाता कम्पनी ल्यामेयरलाई नियुक्त गरी काम अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार ज्ञवालीलाई बालुवाटारमा बोलाई पुरानै प्रक्रियाबाट छनौट भएको परामर्शदातालाई नियुक्त गरी आयोजना तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस क्रममा ज्ञवालीले आफ्नो पार्टी अध्यक्ष ओलीसित सल्लाह गरेरमात्र निर्णय गर्ने आश्वासन दिएकी थिइन् ।

Monday, December 29, 2014

पश्चिमाञ्चलका सभासदहरूले माथिल्लो सेती बचाउन दबाब दिने

एडीबीका कन्ट्री डाइरेक्टरसित समेत भेटवार्ता
काठमाडौं, १४ पुस– पश्चिमाञ्चलका सभासदहरूले परामर्शदाता छनौटको विवादका कारण  १ सय ४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रोपावर) आयोजनाको भविष्य अन्यौलमा पर्न नदिन प्रधानमन्त्री सुशील कोइराला र एमालेको नेतृत्वलाई दबाब दिने भएका छन् ।
संसद सचिवालय परिसरमा आइतबार बसेको पश्चिमाञ्चलका सभासदहरूको बैठकले एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वलाई भेटी उनको पार्टीकी ऊर्जामन्त्री राधा ज्ञवालीको विवादास्पद निर्णयले आयोजना अन्यौलमा परेकाले त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय गरेको जानकारी सभासद शंकर भण्डारीले दिए । 
बैठकमा पश्चिमाञ्चलका एमालेबाहेक सबैजसो पार्टीका सभासद सहभागी थिए । भण्डारीका अनुसार उनीहरूले एक÷दुई दिनभित्रै प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई भेटी माथिल्लो सेती आयोजना अघि बढाउने वातावरण बनाउन दिनेछन् ।

Saturday, December 27, 2014

माथिल्लो सेतीको काम दुई दिनभित्र अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन

काठमाडौं, ११ पुस– प्रधानमन्त्री सुशील कोइरालाले १ सय ४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती (तनहु“ हाइड्रो पावर) आयोजनामा परामर्शदाताको नियुक्तिको निर्णय दुई दिनभित्र सम्पन्न गरी काम अघि बढाउन ऊर्जामन्त्री राधा ज्ञवालीलाई निर्देशन दिएका छन् ।
कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बोलाई एसियाली विकास बैंक (एडीबी) ले छानेकै परामर्शदाता कम्पनी ल्यामेयरलाई नै नियुक्त गरी माथिल्लो सेती आयोजनाको काम अघि बढाउन निर्देशन दिएका हुन् ।
छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डा. रामशरण महत र ऊर्जामन्त्री ज्ञवाली सहभागी थिए । कोइरालाले ऋण सम्झोताको शर्तबमोजिम एडीबीले छनौट गरेको ल्यामेयरलाई नै परामर्शदाता नियुक्त गरेर आयोजनाको काम अघि बढाउन ऊर्जामन्त्री आग्रह गरेका हुन् ।

Friday, December 26, 2014

भोटेकोसीमा टावर निर्माणको अवरोध खुल्यो

कम्पनीले सिन्धुपाल्चोकबासीलाई ६ प्रतिशत शेयर दिने 
काठमाडौं/सिन्धुपाल्चोक, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका सातवटा टावरको पुनर्निर्माण कार्य बिहीबार सुरु गरेको छ । जिल्लाका पा“च दल तथा स्थानीय संघर्ष समितिका प्रतिनिधि र भोटेकोसी पावर कम्पनीका अधिकारीबीच भएको वार्ताका क्रममा बुधबार राति जिल्लाबासीलाई आयोजनामा ६ प्रतिशत शेयर दिनेलगायतका सहमति भएपछि बिहीबारदेखि टावर निर्माण कार्य सुचारु भएको हो ।
सहमति भएकै भोलिपल्ट बिहीबार बिहान कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले सिन्धुपाल्चोकको टेकानपुरमा आएर टावर निर्माण कार्य सुरु गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार टावर पुननिर्माण कार्य २० देखि २५ दिनभित्रै सम्पन्न हुनेछ । ढिलोमा २५ दिनमै ४५ मेगावाटको भोटेकोसी आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइनमार्फत वितरण हुन थाल्नेछ । भोटेकोसीको बिजुली जोडिएपछि मुलुकको लोडसेडिङ करिब एक घन्टा घटाउन मद्दत पुग्नेछ ।

Thursday, December 25, 2014

भोटेकोसीद्वारा टावर पुनर्निर्माण सुरु

भोटेकोसी र पा“च दलबीच ६ प्रतिशत शेयरमा सहमति 
काठमाडौं, १० पुस– भोटेकोसी जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको भीषण पहिरामा परी ध्वस्त प्रसारण लाइनका ७ वटा टावर पुनर्निर्माण कार्य बिहीबारदेखि सुरु गरेको छ । बुधबारै सिन्धुपाल्चोक पुगेका भोटेकोसी पावर कम्पनीका अध्यक्ष सिद्धार्थसमसेर राणाले बिहीबार टावर पुनर्निर्माण कार्य सुरु गराएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय निर्माणस्थलमा आवश्यक सुरक्षा दिन तयार भएको र शेयर मागेर अवरोध गरिरहेका पा“च दलसमेत लचिलो भएपछि भोटेकोसीले आफ्नो बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने टावर पुनर्निर्माण थालेको हो ।
भोटेकोसीले बुधबारदेखि टावर पुननिर्माण सुरु गर्न लागेको थियो । अवरोध पु¥याइरहेका पा“च दलको अनुरोधमा भोटेकोसीले टावर निर्माण बिहीबारदेखि सुरु गरेको जानकारी आयोजनाका एक अधिकारीले दिएका छन् ।

माथिल्लो सेती आयोजनामा ऊर्जामन्त्रीको निर्णय उल्ट्याइने

प्रधानमन्त्रीद्वारा एडीबीले छानेकै परामर्शदातालाई नियुक्त गरी आयोजना अघि बढाउन निर्देशन
काठमाडौं, ९ पुस– प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्रालयलाई एसियाली विकास बैंकले छानेकै परामर्शदाता कम्पनीलाई नियुक्त गरी १ सय ४० मेगावाटको जलाशययुक्त माथिल्लो सेती जलविद्युत् आयोजना (तनहु“ हाइड्रो पावर) को काम अघि बढाउन मंगलबार निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले ऊर्जामन्त्री राधा ज्ञवालीको परामर्शदाता छनौट प्रक्रिया रद्द गर्ने निर्णयस“गै एसियाली विकास बैंक (एडीबी) सहितका दाता रुष्ट भएपछि लगानी जुटिसकेको माथिल्लो सेती आयोजनाको भविष्य नै अनिश्चित भएकामा चिन्ता व्यक्त गर्दै  अन्यौल हटाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
कोइरालाले एमालेका शीर्ष नेताहरूसित छलफल गरेपछि उक्त पार्टीकी नेतृ एवं ऊर्जामन्त्री ज्ञवालीको निर्णय फिर्ता लिई परामर्शदाता छनौटको पुरानै प्रक्रियालाई सदर गरी अघि बढाउन निर्देश गरेको जानकारी स्रोतले दिए । ऊर्जामन्त्री ज्ञवालीले एडीबीको परामर्शदाता छनौटको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई रद्द गरी नया“ छनौटको प्रक्रिया सुरु गर्ने निर्णय गरेकी थिइन् ।

Tuesday, December 23, 2014

माथिल्लो सेती आयोजनालाई अन्यौलमा नपार

काठमाडौं, ७ पुस– ऊर्जामन्त्री राधा ज्ञवालीले लगानी जुटिसकेको १४० मेगावाटको माथिल्लो सेती (तनहु“ हाइड्रो पावर) को परामर्शदाता छनौट प्रक्रिया नै रद्द गरिदिएपछि आयोजनाको भविष्य नै अन्यौलमा परेको छ । आयोजनाको दोस्रो ठूलो दाता एसियाली विकास बैंंक (एडीबी) ऊर्जामन्त्रीको निर्णयबाट रुष्ट भएको छ । ऊर्जामन्त्रीको निर्णयअनुसार परामर्शदाता छनौटको नया“ प्रक्रिया सुरु गरिए एडीबीले आयोजनाबाट हात झिक्न सक्ने संकेत सरकारलाई दिइसकेको छ । एडीबीले ऊर्जामन्त्रीको निर्णय उल्ट्याएर पुरानै परामर्शदाता छनौटको प्रक्रियालाई सदर गर्नसमेत दबाबसमेत दिएको छ । 
ऋण सम्झौताको शर्तअनुसार नै परामर्शदाताका लागि परेका प्रस्तावमध्येबाट निष्पक्ष मूल्यांकन गरी आफूले लामेयर कम्पनीलाई छनौट गरेको जिकिर एडीबीको छ । ऊर्जा मन्त्रालयले भने एडीबीको परामर्शदाता मूल्यांकन प्रक्रिया नै विभेदपूर्ण रहेको दाबी गर्दै आएको छ । 

Sunday, December 21, 2014

प्रधानमन्त्रीद्वारा पाँच आयोजनाको अवरोध खुलाउन गृह र ऊर्जामन्त्रीलाई निर्देशन

गृह सचिव नै सिन्धुपाल्चोकका काम अवरुद्ध पाँचै आयोजनाको स्थलगत निरीक्षणमा जाने 
काठमाडौं, ६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकका निर्माणाधीन चारसहित पाँचवटा जलविद्युत् आयोजनामा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा गुण्डाले लामो समयदेखि गरिरहेको अवरोध तत्काल खुलाउन गृह र ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले उपप्रधान एवं गृह मन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीलाई तत्काल प्रहरी प्रशासन परिचालन गरी विद्युत् आयोजना निर्माणको काम निर्वाध रूपमा अघि बढ्ने वातावरण बनाउन निर्देशन दिएको जानकारी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
रिजालका अनुसार लामो समयदेखि निर्माणमा भइरहेको अवरोधले जलविद्युत्को क्षेत्रमा विदेशी तथा स्वदेशी लगानीको वातावरणै बिग्रन लागेकामा प्रधानमन्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै गृह र ऊर्जामन्त्रीलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

तनहुँका सभासदले ऊर्जामन्त्रीको राजिनामा मागे

काठमाडौं, ६ पुस– तनहुँ जिल्लाका सभासदहरूले ‘जलमाफियाको प्रलोभन’ मा परेर तनहुँको सेती विद्युत् आयोजनाको परामर्शदाता छनौट प्रक्रिया रद्द गरेको भन्दै उर्जामन्त्री राधा ज्ञवालीको राजीनामा माग गरेका छन् ।
तनहुँका सभासदहरू शंकर भण्डारी, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, झुलबहादुर आले, आशा कोइराला, शिवलाल थापा, जनकराज जोशीले परामर्शदाता छनौट प्रक्रिया रद्द हु“दा आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक नै झस्किएको र तनहुँ हाइड्रोको भविष्य नै अन्यौलमा परेको उल्लेख गरेका छन् ।

Friday, December 19, 2014

मन्त्रिपरिषदमा प्रधानमन्त्रीले भने– ‘सहमति नभए प्रक्रियाबाट संविधान’

काठमाडौं, ४ पुस– प्रधानमन्त्री सुशील कोइरालाले दलहरूबीच सहमति भएन भने संविधानसभाको प्रक्रियामा गएर भए पनि माघ ८ मा नै संविधान जारी गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा उनले सहमतिमा संविधान जारी गर्न अधिकतम पहल गर्ने, सफल नभए प्रक्रियाबाट अघि बढ्ने धारणा राख्दै सोहीअनुसार आ–आफ्नो ठाउ“बाट प्रयास गर्न मन्त्रिपरिषदका सबै सदस्यलाई निर्देशन दिएका छन् ।
‘सकभर सहमतिबाट नै संविधान बनाउ“छौं’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भने– ‘सहमति हुन सकेन भने प्रक्रियामा नगई हु“दैन । त्यसका लागि सबैले एउटै धारणा बनाउनुहोस् ।’
कोइरालाले समझदारीमा संविधान जारी गर्नका लागि आफू संविधानसभामा प्रतिनिधित्व रहेका सबै दललाई सहभागी गराई वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गर्नसमेत तयार रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्नसमेत मन्त्रीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्रीद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई फोन गरी दुःख प्रकट

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले बुधबार राति पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफस“ग फोन वार्ता गरी १ सय ४१ जनाको जीवन लिने गरी पेशावरको सैनिक विद्यालयमा गरिएको आतंककारी हमलाले आफू स्तब्ध भएको उल्लेख गर्दै उक्त कायरतापूर्ण आक्रमणको निन्दा गरेका छन् ।
कोइरालाले बालबालिकामाथिको आक्रमणलाई पाकिस्तानको भविष्य र समग्रमा मानवतामाथिको हमलाको संज्ञा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले जस्तोसुकै रूप र आवरणमा आएको भए पनि सबै खाले आतंकवाद हाम्रो शत्रु भएको उल्लेख गरेका छन् ।
उनले संसारलाई नै स्तब्ध बनाउने यस दुःखद घटनाप्रति नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी नागरिक र पीडित परिवारप्रति गहिरो समवेदनासमेत प्रकट गरेका छन् ।

राष्ट्रपति यादवद्वारा पाकिस्तानी घटनाप्रति दुःख व्यक्त

काठमाडौं, ३ पुस– राष्ट्रपति रामवरण यादवले पाकिस्तानको पेशावरस्थित स्कूलमा गरिएको आतंककारी आक्रमणबाट ठूलो संख्यामा निर्दोष बालबालिकाको मृत्यु र घाइत भएको घटनाले आफू अत्यन्त स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनलाई बुधबार शोक सन्देश पठाई बालबालिकामाथि भएको बर्बर आक्रमणको घटनालाई मानवताविरोधी क्रुर अपराधको संज्ञा दिंदै कडा भत्सर्ना गरेका छन् । यादवले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट आतंककारी हमलाबाट ठूलो संख्यामा निर्दोष बालबालिका मारिएको र घाइते भएको घटनाप्रति दुःख प्रकट गरेका छन् । 

यो संविधान बनाउने अन्तिम अवसर हो : प्रधानमन्त्री कोइराला

काठमाडौं, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासका लागि संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने यो अन्तिम अवसर भएको बताएका छन् ।
संविधान निर्माणका लागि दबाब दिन मेची–महाकाली अभियान सञ्चालन गर्ने, मूल्यवृद्धि तथा गाडी भाडा घटाउने र विश्वविद्यालयमा स्ववियु चुनाव गर्नुपर्नेलगायतका माग राखी आफूलाई ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनका प्रतिनिधिहरूसित बिहीबार कोइरालाले यो अन्तिम अवसरलाई गुम्न दिन नहुने बताए ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उनले नेपालले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल गरेकाले थप आन्दोलनको आवश्यकता नरहेको बताए । ‘अहिले प्राप्त उपलब्धि संस्थागत गरौं । कुनै पनि आन्दोलनको जरुरी नै हुन्न’ उनले भने ।

Wednesday, December 17, 2014

उखुको मूल्य १५ दिनभित्र निर्धारण गर्न निर्देशन

काठमाडौं, २ पुस– सरकारले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ, वाणिज्य र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरी १५ दिनभित्र उखुको समर्थन मूल्य निर्धारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उखुको क्रसिङ सिजन सुरु भइसक्दासमेत उखुको समर्थन मूल्य निर्धारण हुन नसकेको र अघिल्लो वर्ष चिनी उद्योगहरूलाई बिक्री गरेको उखुको रकमसमेत किसानहरूले हालसम्म भुक्तानी नपाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मंगलबार त्यस्तो निर्देशन दिएको हो ।

Sunday, December 14, 2014

चैतभित्रै थप ६५ मेगावाट विद्युत् उत्पादन हुने

आठ आयोजनामा १२ अर्बभन्दा बढी लगानी
काठमाडौं, २८ मंसिर– स्वदेशी प्रवद्र्धकहरूले लगानी गरेका आठवटा आयोजनाको निर्माण सम्पन्न भई मुलुकमा आउ“दो चैत मसान्तभित्र थप ६५ मेगावाट बिजुली उत्पादन हुने भएको छ । यही चैत मसान्तभित्र विद्युत उत्पादन सुरु गर्ने प्रवद्र्धक कम्पनीलाई पोस्टेड रेट (बिजुलीको बढेको मूल्य प्रतियुनिट वर्षायाममा ४ रुपैया“ ८० पैसा र हिउ“दमा ८ रुपैया“ २० पैसा) पाउने भएकाले धमाधम आयोजना सम्पन्न हुन लागेका हुन् ।
हाल ४३ वटा आयोजनाबाट ७ सय १८ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 
यी आयोजना सम्पन्न भएपछि मुलुकमा जलस्रोतबाट ७ सय ८३ मेगावाट विद्युत उत्पादन पुग्नेछ । विद्युत् प्राधिकरण या उसमातहतको कम्पनीमार्फत् ९ वटा परियोजना निर्माणाधीन भए पनि यस वर्ष कुनै पनि आयोजनाबाट विद्युत उत्पादन सुरु हुने छैन । 

Friday, December 12, 2014

भोटेकोसीको अराजकता बन्द गर

काठमाडौं, २६ मंसिर–सत्तारूढ कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीको नाजायज मागका कारण एकातिर भोटेकोसी आयोजनाको बिजुली साढे दुई महिनादेखि खेर गइरहेको छ भने अर्कातिर निर्माणाधीन मध्य भोटेकोसी आयोजनाको काममा अवरोध पुगिरहेको छ । 
मध्य भोटेकोसीको ठेकेदारले चार दलको सन्डिकेटको अनावश्यक दबाब अन्त्य नभए आयोजना निर्माणको कामै छाड्ने चेतावनी दिनुका साथै सहयोग गर्न प्रधानमन्त्री सुशील कोइरालालाई गुहार्नुपर्ने दुःखद स्थिति उत्पन्न भएको छ । चार दलले आफूले सिफारिस गरेको व्यक्तिलाई मात्र निर्माण र आपूर्तिको काम दिन दबाब दिएका कारण ठेकेदार मध्य भोटेकोसी आयोजना निर्माण गर्नै नसक्ने स्थितिमा पुगेको हो ।

दुर्घटना कम गर्न चालक अनुमतिपत्रमा कडाइ

काठमाडौं, २६ मंसिर– सरकारले सार्वजनिक सवारी साधनहरूको बढ्दै गएको दुर्घटना कम गर्न चालकलाई दिने लाइसेन्स (अनुमतिपत्र) वितरणमा कडाइ गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमावली संशोधन गरी सार्वजनिक गाडी चलाउन दिइने सवारी चालक अनुमतिपत्र वितरण्ँमा कडाइ गरेको हो ।
संशोधित नियमावलीअनुसार सार्वजनिक साधन चलाउने चालक अनुमतिपत्र लिन न्यूनतम योग्यता १० कक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि ८ कक्षा उत्तीर्णलाई चालक अनुमतिपत्र दिइन्थ्यो । ठूला सवारी साधनको अनुमतिपत्र पाउन कम्तीमा दुई वर्ष साना गाडी चलाएको अनुभवसमेत अनिवार्य गरिएको छ ।
२३ वर्ष पुगेको व्यक्तिले मात्र चालक अनुमतिपत्र पाउन सक्ने व्यवस्था गरिएको छ । कम उमेरका चालकले बढी दुर्घटना गराउने गरेको पाइएकाले अनुमतिपत्र पाउने न्यूनतम उमेर बढाइएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले दिए । यसअघि न्यूनतम उमेर २१ वर्ष थियो ।

Thursday, December 11, 2014

सत्तारूढ र विपक्षीको अवरोधले दैनिक थप एक घन्टा लोडसेडिङ

सत्तारूढले नै विकासविरोधी गतिविधि गर्नु गैरजिम्मेवारीको पराकाष्ठा : ऊर्जाका अधिकारी
काठमाडौं, २५ मंसिर– सत्तारूढ दल कांग्रेस, एमाले र राप्रपा तथा प्रमुख प्रतिपक्षी एमाओवादीका कारण आमजनताले दिनहु“ थप एक घन्टा लोडसेडिङको मार खेपिरहनुपरेको छ । सत्तारूढ र विपक्षी दलको अनावश्यक माग र जबर्जस्तीले गर्दा दिनहु“ आमजनता बढी समय लोडसेडिङको मारमा पर्दै आएका छन् । 
सिन्धुपाल्चोकस्थित ती दलका जिम्मेवार नेता तथा कार्यकर्ताले अनावश्यक माग राखी ४५ मेगावाटको भोटेकोसी आयोजनालाई जिल्लाको जुरेमा साउन १७ मा गएको भीषण पहिरामा परी ध्वस्त भएका विद्युत् टावर पुननिर्माण गर्न अवरोध पु¥याइरहेका कारण त्यसको बिजुली केन्द्रीय प्रसारणमा लाइनमा जोडिन पाएको छैन ।
अनावश्यक माग राखी आमजनतालाई अन्धकारमा पार्ने विकासविरोधी क्रियाकलाप गरिरहेका आफ्ना कार्यकर्तामाथि अनुशासनको डण्डा चलाउनुपर्ने सरकार र सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी रमितेमात्र बनिरहेपछि मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने वातावरण बन्दै गइरहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । भोटेकोसी विदेशी लगानीमा बनेको आयोजना हो ।

Wednesday, December 10, 2014

सडक पनि गाडी दुर्घटनाको एउटा प्रमुख कारण


  • ५२ हजार किमी ग्रामीण सडकमध्ये ४२ हजार किमी गाडी चलाउन योग्य छैन
  • ग्रामीण सडकमा कानुनविपरीत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दो 

काठमाडौं, २४ मंसिर–  सार्वजनिक सवारीका साधनको दुर्घटना बढै जानुमा सडक, त्यसमा पनि ग्रामीण ट्रयाक (कच्ची सडक) प्रमुख कारणमध्ये एक रहेको जानाकारहरू बताउ“छन् । उनीहरूका अनुसार गाडी चलाउन योग्य भनेर प्रमाणित नगरेका देशभरका ट्रयाकमात्र खुलेका कच्ची सडकमा बिना रोड पर्मिट सवारी साधन चलाउने क्रम बढ्नाले दिनहु“जसो दुर्घटना हुने गरेको हो । 
गाडी दुर्घटना हुनुमा चालकको लापर्बाही र थोत्रा गाडी जति जिम्मेवार छन्, गाडी चलाउन योग्य नभएका सडकमा समेत बिना रोड पर्मिट जथाभावी सवारी साधन चलाउन दिने प्रवृत्तिसमेत त्यत्तिकै दोषी रहेको सडक यातायातका जानाकारहरू बताउ“छन् ।

Monday, December 8, 2014

सभासद दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं, २२ असोज– सरकारले दुर्घटनामा परी मृत्यु भएका बागलुङ क्षेत्र नं १ का सभासद हरिबहादुर खड्काको गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न सोमबार समिति गठन गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिमा प्रहरी नायव महानिरक्षक माधव नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गण्ँेश अधिकारी छन् ।
समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ । सभासद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गरेको महायज्ञको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनलाई बा“सबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

१५ सचिव पदोन्नति गर्न प्रक्रिया सुरु

काठमाडौं, २१ मंसिर– सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त १५ सचिव पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाएको छ । प्रशासनिक नेतृत्वविहीन भएका कारण विभिन्न मन्त्रालय र निकायको कामकारबाही प्रभावित भइरहेकाले यसपटक सरकारले मंसिरमा नै सचिव बढुवा गर्न लागेको हो ।
यसअघि प्रायः पुसमा बढुवा समितिको बैठक बोलाएर रिक्त सचिव पदमा पदोन्नति गर्ने प्रचलन थियो । यसपटक मंसिरमै रिक्त सचिव पदमा पदोन्नतिको प्रक्रिया सुरु गर्न सोमबार बढुवा समितिको बैठक बोलाइएको जानकारी सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारीले दिए ।
लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा बस्ने बढुवा समितिको पहिलो बैठकले सामान्य प्रशासन मन्त्रालयलाई पा“च वर्ष सेवा अवधि पूरा गरी बढुवाका लागि सम्भाव्य भएका सहसचिवहरूको सूची तयार गर्न निर्देशन दिनेछ । त्यसपछि बस्ने बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव बढुवाका लागि सरकारलाई नाम सिफारिस गर्नेछ ।

Sunday, December 7, 2014

बुढीगण्डकी र नलसिंगाडका अध्यक्षको कार्यकारी अधिकार खोसियो

तत्काललाई आयोजना प्रमुख नियुक्त गरिने, केही समयमै दुई कम्पनी बनाएर आयोजना निर्माण गरिने
काठमाडौं, २१ मंसिर– सरकारले बहुचर्चित बुढी गण्डकी र नलसिंगाड जलाशययुक्त जलविद्युत आयोजनाका अध्यक्षलाई कार्यकारी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बुढी गण्डकी र नलसिंगाड विकास समिति गठन आदेश संशोधन गरी दुवै आयोजनाका अध्यक्षलाई कार्यकारी प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।
क्षमता बढाएर १२ सय मेगावाट पु¥याउन लागिएको बुढी गण्डकीमा लक्ष्मीप्रसाद देवकोटा र ४ सय मेगावाटको नलसिंगाडमा शेरबहादुर शाही विकास समितिको कार्यकारी अध्यक्ष थिए । गठन आदेश संशोधन भएपछि उनीहरू विकास समितिको अध्यक्षमा सीमित भएका छन् । गठन आदेश संशोधनस“गै देवकोटा र शाहीलाई दिइएको आयोजना प्रमुखसहितको सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार खोसिएको छ ।

Saturday, December 6, 2014

चार निकायमा राजनीतिक नियुक्ति

काठमाडौं, १९ मंसिर– सरकारले विभिन्न चार निकायमा राजनीतिक नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास प्रशिÔण्ँ प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. विष्ण्ँु सापकोटालाई नियुक्त गरेको छ ।

Thursday, December 4, 2014

हचुवामा नगरपालिका नथप

काठमाडौं, १८ मंसिर– सात महिनाको अन्तरालमै सरकारले दुईपटक गरी १ सय ३३ वटा नगरपालिका घोषणा गरेको छ । नगर हुन आवश्यक पूर्वाधार भए/नभएको अध्ययन र विश्लेषणै नगरी सरकारले सस्तो लोकप्रियताका लागि धमाधम नगरपालिका घोषणा गर्नेजस्तो अपरिपक्व काम गर्न पुगेको छ । स्थानीय विकास मन्त्रालयले छिट्टै थप १५÷१६ वटा नगरपालिका घोषणा गर्ने गृहकार्य गरिरहेको छ । मुलुकमा सहरीकरण र नगरपालिकाको संख्या बढ्नु आफैंमा सकारात्मक पक्ष हो । तर, सरकारले मुलुकमा नगरमा बस्ने जनसंख्या धेरै भएको देखाउनका लागिमात्र सडक, खानेपानी, सञ्चार, खेल मैदानजस्ता अत्यावश्यक पूर्वाधार नभएका गाविसहरूलाई गाभेर हचुवाका भरमा नगरपालिका घोषणा गर्दै जानु दुर्भाग्यपूर्ण हो ।

मन्त्रीद्वय बस्नेत र अमात्यले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, १८ मंसिर– प्रधानमन्त्री सुशील कोइराला सरकारका दुई नया“ मन्त्री महेश बस्नेत र दीपकचन्द्र अमात्यले मन्त्रिपरिषदको निर्णय र परम्पराविपरीत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अटेर गरेका छन् ।
भदौ २७ मा नियुक्त उद्योगमन्त्री बस्ने र पर्यटनमन्त्री अमात्यले पदमा बहाल भएको झन्डै तीन महिना हुन लागिसक्ता पनि आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको छ । उनीहरूले मन्त्रिपरिषद कार्यालयमा बुधबारसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । 

तीन दिनभित्र पीआरवाला कर्मचारीको सूची पेस गर्न निर्देशन

कामठाडौं, १८ मंसिर– व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विदेशी मुलुकमा स्थायी बसोबासको अनुमतिपत्र (ग्रीनकार्ड या पीआर) होल्डर निजामती कर्मचारीहरूको सूची तीन दिनभित्र पेस गर्न सामान्य प्रशासन मन्त्रालयलाई बुधबार निर्देशन दिएको छ । निजामती सेवा ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा समितिले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई त्यस्तो निर्देशन दिएको हो ।
छलफलका क्रममा सभासदहरूले ग्रीनकार्ड या पीआर होल्डर कर्मचारीहरूलाई कारबाही गर्ने भने पनि त्यस्ता व्यक्तिहरूको सूची तयार नपारेकामा मन्त्री पण्डितमाथि आक्रोश व्यक्त गरेका थिए ।

Wednesday, December 3, 2014

थप ६१ नगरपालिका घोषणा, उपमहानगरपालिका ७ वटा थपिए

२३ नगरपालिकाको क्षेत्र विस्तार, उपत्यकामा मात्र १६ नगर थपिए
काठमाडौं, १७ मंसिर– सरकारले नगरोन्मुख गाविसलाई जोडेर थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिको बुधबार बसेको बैठकले सातवटा ठूला नगरपालिकालाई स्तरोन्नति गरी उपमहानगरपालिकासमेत घोषणा गरेको छ । २३ वटा पुराना नगरपालिकामा नगरोन्मुख ९१ गाविस जोडेर नगर क्षेत्र विस्तार गरिएको छ ।
मुलुकमा थपसहित नगरपालिकाको संख्या १ सय ९१ वटा पुगेको छ । नया“ नगरपालिका घोषणा गरिएपछि मुलुकमा नगरमा बस्ने जनसंख्या ४५ प्रतिशतको हाराहारीमा पुगेको जानकारी स्थानीय विकास मन्त्रालयका अधिकारीले दिएका छन । १ सय ९१ नगरपालिकाले मुलुकको झन्डै एक तिहाइ भूभाग ओगटेको छ ।