Sunday, November 30, 2014

पाँच मन्त्रालयसहित १५ निकाय सचिवविहीन

बढुवाको प्रक्रिया सुरु गर्न सरकाको ढिलाइ 
काठमाडौं, १४ मंसिर– महत्वपूर्ण मन्त्रालयसहित प्रशासनिक नेतृत्वविहीन भएका निकायको संख्या १५ वटा पुगिसके पनि सरकारले सचिव बढुवाको प्रक्रिया सुरु गर्न ढिलाइ गरिरहेको छ । प्रशासनिक नेतृत्व नभएकाले ती निकायको कामकारबाही प्रभावित भइरहे पनि सरकारले सचिव बढुवामा बेवास्ता गरेको हो ।
सहसचिवहरूको कार्य सम्पादन मूल्यांकन कार्य गत असोजमा नै पूरा भइसकेकाले सचिव बढुवाको प्रक्रिया सुरु गर्न कुनै अड्चन नरहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनअनुसार सरकारले रिक्त सचिव पदमा वर्षमा बढुवा समितिको सिफारिसमा दुईपटक पदोन्नति गर्ने व्यवस्था छ । 
सरकारले रिक्त सचिव पदपूर्ति गर्न लोकसेवा आयोगकी अध्यक्ष कयोंदेवी यमीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक अहिलेसम्म बोलाएको छैन । १५ वटा निकाय कामु र निमित्त सचिवका भरमा चलाइएको छ, १५ मध्ये ११ वटामा कामु सचिव छन् भने चारवटामा निमित्त सचिव । 

Saturday, November 29, 2014

साइरनवाला गाडीमा उपमहानिर्देशक सुवेदी सरर्र

काठमाडौं, १३ मंसिर– राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदी अनधिकृत रूपमा आफ्नो गाडीमा साइरनवाला रातो बत्ती बालेर हिड्न थालेका छन् । अनधिकृत रूपमा सशस्त्र प्रहरीका दुई जना हतियारधारी सुरक्षागार्डसमेत लिइसकेका सुवेदीले कानुनविपरीत रातो बत्तीसहितको साइरनवाला सरकारी गाडी चढ्न थालेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कु“वरले चढ्दै आएको बा २ झ ८२१ नं. को सरकारी गाडीमा साइरनवाला रातो बत्ती राखेर आफूले प्रयोग गरेका हुन् । दमकल, एम्बुलेन्स, इमर्जेन्सीको, भीभीआईपी र भीआईपीको इस्कर्टिङ गाडी तथा सुरक्षाको काममा जाने सुरक्षाकर्मीको सवारी साधनमा मात्र साइरनवाला रातो बत्ती राख्ने कानुनी व्यवस्था छ ।

मालपोत अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर

काठमाडौं, १३ मंसिर– विशेष अदालतले दर्ता नभएको सरकारी जग्गालाई गाविस सचिवको मिलेमतोमा श्रेस्ता कायम गर्ने तत्कालीन मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख पुष्पराज तिमल्सिनासहित ६ जनालाई भ्रष्टाचारको अभियोगमा दोÈी ठहर गरेको छ । 
कैलाली जिल्लाको टिकापुर नगरपालिकाको करिब १ करोड मूल्य बराबरको जग्गा सशस्त्र द्वन्द्वका क्रममा पुरानो श्रेस्ता जलेको विवरण्ँ पेस गर्दै स्थानीय नारायण्ँ कठरिया र जगत कठरियाले आङ्खनो नाममा पारेका थिए ।
नक्कली कागजात बनाई श्रेस्ता कायम गर्ने कार्यमा सहयोग गरी पदको दुरुपयोग गरेको अभियोगमा विशेÈ अदालतले शुक्रबार तत्कालीन निमित्त मालपोत अधिकृत तिमल्सिना, खरदारद्वय लोकबहादुर राउत, अग्निबहादुर शाही र गाविस सचिव अनिलकुमार मिश्रलाई भ्रष्टाचारी ठहर गरेको छ । 

Tuesday, November 25, 2014

लगानी बोर्ड र सतलजबीच अरुण तेस्रोको पीडीएमा हस्ताक्षर

काठमाडौं, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी सुशील कोइरालाको उपस्थितिमा लगानी बोर्ड र सतलज जलविद्युत् निगम लिमिटेडबीच अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता भएको छ । 
सरकारले अघिल्लो दिन भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम लिमिटेडसित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको थियो ।
 मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लगानी बोर्ड र सतलजले सहमति गरी प्रस्ताव गरेको पीडीएको मस्यौदा अनुमोदन गरी सम्झौता गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिएका थिए ।

सुवेदीलाई काजमा पठाउने गैरकानुनी निर्णय सच्याउन निर्देशन

काठमाडौं, ९ मंसिर– सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयलाई सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागमा काजमा पठाउने उसको निर्णय कानुनसम्मत नभएकाले त्यसलाई सच्याउन निर्देशन दिएको छ । निजामती कर्मचारीको सरुवा र बढुवाको नियमन गर्ने सामान्य प्रशासनले मन्त्रीस्तरीय निर्णयबाट श्रम मन्त्रालयलाई पत्र नै पठाई सुवेदीलाई काजमा पठाउने  निर्णय फिर्ता लिन निर्देशन दिएको जानकारी स्रोतले दिएको छ । 
सामान्य प्रशासनले सोधेको स्पष्टीकरणको जवाफमा श्रमले राजस्व चुहावट ऐनअनुसार सुवेदीलाई अर्थमन्त्रालयको मागबमोजिम विभागमा काजमा पठाइएको दाबी गरेको थियो । तर, सामान्य प्रशासनले राजस्व चुहावट ऐनअनुसार सहसचिव तहको कर्मचारीलाई आफ्नो मन्त्रालयको सहमतिबिना काजमा पठाउनु नियमसंगत नभएको भन्दै श्रम मन्त्रालयलाई सुवेदीका बारेमा निर्णय सच्याई कानुनसम्मत काम गर्न निर्देशन दिएको हो ।

Saturday, November 22, 2014

पञ्चेश्वरको डीपीआर छ महिनाभित्रै बनाउने सहमति


  • नेपाल–भारतबीच ऊर्जा बैठक
  • डीपीआर तयार पार्ने जिम्मा भारतीय कम्पनीलाई
  • विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि दुइटा कार्यदल गठन

काठमाडौं, ७ मंसिर– नेपाल र भारतबीच बहुचर्चित पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माण्ँका लागि छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने समझदारी भएको छ । नेपालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका जलस्रोत सचिव अनुजकुमार बिस्नोईको नेतृत्वमा नया“ दिल्लीमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छ महिनाभित्रै डीपीआर तयार पार्ने समझदारी भएको हो ।
‘नया“ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर प्राधिकरण र त्यसको गभर्निङ बडीको बैठकमा छ महिनाभित्र डीपीआर तयार पार्ने समझदारी भएको छ’ ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव केशवध्वज अधिकारीले कान्तिपुरलाई दिए । बैठकले छ महिनाभित्र डीपीआर तयार पार्ने जिम्मेवारी भारतको सरकारी परामर्शदाता कम्पनी डब्लूएपीसीओएसलाई दिएको छ ।

Thursday, November 20, 2014

बढी भीडभाड हुने कार्यालयहरूले पुस १ देखि १२ घन्टा सेवा प्रवाह गर्ने

काठमाडौं, ४ मंसिर– सरकारले बढी भीडभाड हुने वैदेशिक रोजगार, मालपोत, यातायातजस्ता निकायहरूमा हुने ढिलासुस्ती नियन्त्रण गरी आगामी पुस १ देखि आमजनतालाई बिहान ६ देखि सा“झ ६ बजेसम्म सेवा प्रवाह गर्ने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आमजनतामा प्रत्यÔ सेवा प्रवाह गर्ने कार्यालयहरूबाट पुस १ देखि दैनिक १२ घन्टा काम सुचारु गरी आमजनतालाई छिटोछरितो सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालयहरू निर्देशन दिने निर्णय गरेको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
पूर्वसचिव कृष्ण्ँहरि बा“स्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा मन्त्रिपरिषदले बढी भीडभाड हुने सबै कार्यालयहरूलाई दैनिक दुई सिफ्टमा सञ्चालन गरी आमजनतालाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

Wednesday, November 19, 2014

सार्कका लागि राजधानीमा शनिबार विशेष सफाइ अभियान

सम्पूर्ण सरकारी कर्मचारीलाई अनिवार्य सहभागी हुन निर्देशन
काठमाडौं, ३ मंसिर– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीलाई सफा र सुन्दर बनाउन शनिबार विशेष सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकका क्रममा सरकारका तर्फबाट मुख्य सचिव लीलामण्ँि पौडेलले राजधानीमा कार्यरत सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई काठमाडौं, ललितपुर र भक्तपुरमा हुने विशेÈ सरसफाइ अभियानमा सरिक हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको बैठकमा मुख्यसचिव पौडेलले सम्पूर्ण मन्त्रालय र केन्द्रीय कार्यालयका सचिवहरूलाई उनीहरू मातहतका कर्मचारीलाई अनिवार्य रूपमा सरसफाइ अभियानमा सरिक गराउन आग्रह गरेका छन् ।

Monday, November 17, 2014

पर्यटन प्रवद्र्धनका नाममा कार्यकर्ता पोस्न सवा दुई करोड वितरण

काठमाडौं, १ मंसिर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पार्टी एमालेका कार्यकर्ता र कार्यकारी निर्देशक नियुक्त तीनवटा पर्यटन प्रवद्र्धन विकास समितिलाई धमाधम रकम बा“ड्न थालेका छन् । पर्यटन प्रवद्र्धनका नाममा खोलिएका तीनवटा विकास समितिलाई कात्तिकको दोस्रो र तेस्रोमा गरी १० दिनभित्र सवा दुई करोड रुपैया“ बा“डिएको छ । 
पर्यटनमन्त्रीस्तरीय निर्णयबाट पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई १ करोड २० लाख, कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई ६८ लाख र तारागाउ“ विकास समितिलाई २५ लाख रुपैया“ बा“डिएको छ ।

उपमहानिर्देशक सुवेदीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी

सुवेदीको व्यक्तिगत सुरक्षामा हतियारधारी प्रहरी
काठमाडौं, १ मंसिर– राजस्व अनुसन्धान विभागका निर्देशक तीर्थराज खनालले आफ्नै विभागका उपमहानिर्देशक भरत सुवेदीले आफूलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
खनालले लिखित उजुरीमा सुवेदीले अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीप्रसाद शिवाकोटीको कार्यकक्षमा गई ‘तीर्थे (तीर्थराज खनाल) लाई सम्झाइदिनू मेरो विरोध गर्दै नहिडोस्, नत्र सिध्याइदिन्छु’ भनेर धम्की दिएको उल्लेख गरेका छन् ।
उपमहानिर्देशकका रूपमा कामकाज गर्न खटाइएको पत्र लिएर आएका सुवेदीलाई कुन कानुनका आधारमा विभागमा सरुवा भएर आएका हुन् भन्ने खुलेपछिमात्र हाजिर गराउन उचित हुन्छ भनेर आफूले टिप्पणी उठाएका कारण उनले ज्यान मार्ने धम्की दिएको दाबी खनालको छ ।

Friday, November 14, 2014

सार्कका दुई दिन उपत्यकामा बिदा

स्कुल चार दिन बिदा, गाडी जोरबिजोर गरेर चलाउन दिने 

काठमाडौं, २८ कात्तिक– सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर ११ र १२ गते उपत्यकामा दुई दिन सार्वजनिक बिदा दिएको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्क सम्मेलनका दिन मंसिर १० र ११ मा ट्राफिक अस्तव्यस्त भई सर्वसाधारणले सास्ती भोग्नुनपरोस् भनेर दुई दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दिएका छन् ।

राजस्वमा विवादास्पद सुवेदीलाई सुरुमा हाजिर गर्न दिइएन

काठमाडौं, २८ कात्तिक– राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले विवादास्पद सहसचिव भरत सुवेदीलाई उनको काज सरुवाको कानुनी आधार खोज्दै बिहीबार दिनभर हाजिर गर्नबाट रोक्ने प्रयास गरेको छ । विभागका प्रशासन प्रमुख तीर्थ खनालले सुवेदीको काज सरुवाको पत्र आएपछि निर्णयको आधार खोज्दै टिप्पणी उठाएर उनलाई हाजिर हुनबाट रोक्ने प्रयास गरेका हुन् । उनी पद बहाली गर्न बिहीबार विभागमा पुगेका हुन् ।
खनालले काज सरुवा कुन कानुनका आधारमा भएको, निर्णयको प्रति नदिइएको, तोकिएको कार्यालयबाट तलबभत्ता खाने भनेको कार्यालय कुन हो भन्ने तीनवटा प्रश्नमा स्पष्ट भएपछिमात्र सुवेदीलाई बहाल गराउनुपर्छ भनेर टिप्पणी उठाई आफूले हाजिर गराउनबाट रोकेको जानकारी दिए ।

सार्क सम्मेलनमा सम्झौता गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी

काठमाडौं, २८ कात्तिक– सरकारले दक्षिण्ँ एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा हुने सम्झौताहरू गर्ने अख्तियारी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दिएको छ । सम्मेलनका सार्क मुलकहरूबीच रेल्वे, सवारी साधन र उर्जा व्यपारगसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ ।
मन्त्रिपरिÈद्को बिहीबार बसेको बैठकले आगामी मसिंर १० र ११ मा काठमाडौंमा आयोजना हुन लागेको सम्मेलनमा सार्क मुलुकहरूबीच हुने सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्रीलाई दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बैठकपछि जानकारी दिए ।

Thursday, November 13, 2014

सामान्य प्रशासनमन्त्रीबाटै कानुन मिचेर नौ सहसचिवको सरुवा

काठमाडौं, २७ कात्तिक– अरू मन्त्रीले जथाभावी कर्मचारी सरुवा गरेकामा तीखो टिप्पणी गर्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आफैंले कानुन मिचेर ९ जना सहसचिवलाई काज सरुवा गरेका छन् । पण्डितले सहसचिव लिने÷दिने मन्त्रालयका मन्त्री या सचिवलाई थाहै नदिई उनीहरूको सरुवा गरेको जानकारी स्रोतले दिएका छन् ।
निजामती ऐनमा सामान्य प्रशासनको प्रस्तावमा लिने÷दिने मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदले मात्र सहसचिवहरू सरुवा गर्ने र काजमा पठाउने व्यवस्था छ । तर, सामान्य प्रशासनमन्त्रीले भने लिने÷दिने मन्त्रालयका कुनै पनि मन्त्री या सचिवसित सोध्दै नसोधी निजामती ऐनको उक्त व्यवस्थाविपरीत सहसचिवहरूलाई सरुवा गरेका हुन् । उनले सहसचिवहरूलाई मन्त्रिपरिषदमा लगेर सरुवा गर्ने या काजमा पठाउने व्यवस्थाको समेत उल्लंघन गरेका छन् ।

नेपाल र भारतबीचको जलस्रोत बैठक उपलब्धिमूलक

समझदारीका मुख्य–मुख्य बु“दा
–नवलपरासी, बारा, पर्सा र रौतहटमा पनि थप ३३ हजार हेक्टरमा सिंचाइ सुविधा
–दुवै नदीबाट हु“दै आएको डुबान र कटान समस्या समाधान गर्न तत्काल काम थालिने
–काम भए÷नभएको अनुगमन गर्न स्थानीय र केन्द्रीय तहमा स्थायी संयन्त्र गठन
–सम्पर्क कार्यालयका नेपाली कर्मचारीलाई नियमित तलब सुविधा
 काठमाडौं, २७ कात्तिक– नेपाल र भारतबीच ज्वाइन्ट कमिटी अन कोसी एन्ड गण्डक प्रोजेक्ट (कोसी र गण्डक परियोजनासम्बन्धी संयुक्त समिति) को बैठकमा  दुवै नदीबाट सम्झौता र डिजाइनबमोजिम नेपाललाई सिंचाइका लागि पानी उपलब्ध गराउनेलगायतका समझदारीमा पुगेर बुधबार सम्पन्न भएको छ ।
दुईदिने बैठकपछि भएको समझदारीसम्बन्धी माइन्युटमा सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासे र भारतको बिहार सरकारको जलस्रोत विभागका सेक्रेटरी दीपककुमार सिंहले बुधबार हस्ताक्षर गरेका छन् । ६÷६ महिनामा हुनुपर्ने बैठक करिब चार वर्षपछि भएको हो । अब संयुक्त समितिको बैठक नियमित गर्नसमेत दुवै देश सहमत भएको माइन्युटमा उल्लेख छ । 

Wednesday, November 12, 2014

पोखरा विश्वविद्यालयका सबै पदाधिकारी साधारण तारेखमा रिहा

काठमाडौं, २६ कात्तिक– विशेष अदालतले अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर गरिएका पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईसहित २३ जनालाई मंगलबार बिना धरौटी साधारण तारेखमा रिहा गरेको छ ।
अख्तियारले भट्टराईसहितका पदाधिकारीले सवा २ करोड रुपैया“ हिनामिना गरेको दाबी गर्दै उनीहरूलाई बिगोबमोजिम हर्जाना र जरिवाना तिराउन तथा तेह्र वर्षसम्म जेल सजाय गर्न माग गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

सुवेदीलाई काज सरुवा गरेकामा श्रम मन्त्रालयसित स्पष्टीकरण माग

सामान्यको प्रश्न– ‘कुन कानुनका आधारमा सरुवा गरियो ?’
काठमाडौं, २६ कात्तिक– सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव भरत सुवेदीलाई कानुन मिचेर अर्थमा काज सरुवा गरेकामा श्रम मन्त्रालयसित मंगलबार तीनदिने स्पष्टीकरण सोधेको छ ।
सामान्यले आफ्नो प्रस्ताव र सहमतिबिना सहसचिव तहको कर्मचारीको सरुवा र काज पठाउने निर्णय हुन नसक्ने उल्लेख गर्दै श्रम मन्त्रालयलाई कानुनविपरीत सुवेदीलाई किन र कसरी काज सरुवा गरेको भनेर तीन दिनभित्र स्पष्टीकरण  मागिएको जानकारी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए ।
अर्थमन्त्री रामशरण महतको दबाबमा श्रम मन्त्रालयले आफ्नो मातहतको सीप विकास केन्द्र प्रमुख रहेका सुवेदीलाई दुई साताअघि अर्थमन्त्रालयमा काज सरुवा गरेको हो । महतले मन्त्रीस्तरीय निर्णय गरी पटकपटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइसकेका छन् । 

नेपाल र भारतबीच जलस्रोत अधिकारीबीचको बैठक सुरु

नेपाललाई सम्झौताबमोजिम सिंचाइका लागि पानी दिने र डुबान तथा कटान नियन्त्रण गर्ने एजेन्डामा छलफल
काठमाडौं, २५ कात्तिक– नेपाल र भारतबीच ज्वाइन्ट कमिटी अन कोसी एन्ड गण्डक प्रोजेक्ट (कोसी र गण्डक परियोजनासम्बन्धी संयुक्त समिति) को बैठक मंगलबार राजधानीमा सुरु भएको छ ।
कोसी र गण्डक सम्झौताबमोजिम सिंचाइका लागि पानीको बा“डफा“ड र डुबान तथा कटान समस्या समाधानका लागि झन्डै चार वर्षपछि नेपाल र भारतका जलस्रोत अधिकारीहरूबीच बैठक भएको हो । ६÷६ महिनामा हुनुपर्ने बैठक यसअघि भारतले चासो नदिएका कारण हुन सकेको थिएन ।
बैठकमा नेपाली पक्षको सिंचाइ विभागका महानिर्देशक माधव बेल्वासे र भारतीय पक्षको बिहार सरकारको जलस्रोत विभागका सेक्रेटरी दीपककुमार सिंहले नेतृत्व गरेका छन् ।

Tuesday, November 11, 2014

विवादास्पद सुवेदी राजस्व अनुसन्धानको उपमहानिर्देशक

काठमाडौं, २५ कात्तिक– अर्थमन्त्री रामशरण महतले ‘चोर बाटो’ बाट अर्थमन्त्रालयमा काजमा ल्याइएका विवादास्पद सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् ।
महतले मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभागमा उपमहानिर्देशक बनाएका हुन् । विवादास्पद सुवेदीलाई विभागमा नलैजान कांग्रेस निकट कर्मचारीहरूले दिंदै आएको दबाबलाई बेवास्ता गरी महतले उनलाई पठाएका हुन् ।

Monday, November 10, 2014

पञ्जाधिकारी विभाग स्थापना

काठमाडौं, २४ कात्तिक– सरकारले स्थानीय विकास मन्त्रालयमातहतमा पञ्जिकाधिकारी विभाग स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको प्रस्तावमा विभाग स्थापनाको निर्णय गरेको हो ।
विभागलाई ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवनमा राखिनेछ । विभागमा महानिर्देशकसहित ३१ जना कर्मचारी रहनेछन् । महानिर्देशक तोकिएपछि विभागले औपचारिक रूपमा काम सुरु गर्नेछ । महानिर्देशक र कर्मचारी खटाउने कार्य स्थानीय विकास मन्त्रालयले गर्नेछ । 

सडक विभागको महानिर्देशक फेरिए

काठमाडौं, २४ कात्तिक– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ । भौतिक पूर्वाधारमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको योजना महाशाखा प्रमुख माधव कार्कीलाई सडक विभागको महानिर्देशक बनाइएको छ । कार्की सडक विभागका सबभन्दा वरिष्ठ सहसचिव हुन् ।
विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई मन्त्रालयको योजना महाशाखामा सारिएको छ । 
भौतक पूर्वाधार मन्त्रालयले सामान्य प्रशासनको सहमति लिएर दुई जनाको सरुवाको निर्णय गरेको हो ।

Sunday, November 9, 2014

भारतले थप ७० मेगावाट बिजुली दिने

लोडसेडिङ हिउ“दमा समेत १० घन्टाभन्दा बढी नहुने
काठमाडौं, २३ कात्तिक– विद्युत् प्राधिकरणले मुलुकमा हिउ“दयाममा लोडसेडिङ बढ्न नदिन भारतबाट थप ७० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतबाट थप बिजुली आयात गर्न हालै भएको समझदारी र यस वर्ष पनि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएका कारण आगामी हिउ“दमा दैनिक लोडसेडिङको समय १० घन्टामा सीमित हुने भएको छ ।
भारतबाट थप बिजुली आयात गर्ने सहमति नभएको भए आगामी हिउ“दयाममा १२ घन्टाभन्दा बढी लोडसेडिङ हुन्थ्यो । ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले लोडसेडिङ अघिल्लो वर्षजस्तै १० घन्टाभन्दा बढी हुन नदिन भारतबाट मंसिरको दोस्रो सातादेखि थप ७० मेगावाट बिजुली आयात गरिने जानकारी दिए । उनका अनुसार भारतीय ऊर्जा मन्त्रालयका अधिकारीहरूसित हालै भएको वार्ताका क्रममा भारत सरकार थप ७० मेगावाट थप विद्युत दिन तयार भएको हो ।

मुगुका असिना पीडितलाई राहत दिन निर्देशन

काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मुगुका असिनाबाट अन्न तथा तरकारी बाली नष्ट भई पीडित हुन पुगेका किसानलाई उचित राहत दिन अर्थमन्त्री रामशरण महतलाई निर्देशन दिएका छन् ।
मुगु कांग्रेसका नेता खड्गबहादुर शाहीको नेतृृत्वमा आएको मुगको सर्वदलीय प्रमण्डलको माग सुनेपछि कोइरालाले अर्थमन्त्री महतलाई तत्कालै फोन गरी पीडित किसानलाई राहत दिन निर्देशन दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
प्रमण्डलले गत कात्तिक ८ मा परेको असिनापानीले मुगुका श्रीकोट, सेरी, गम्था, कोटडा“डा, कार्कीडा“डा, श्रीनगर खमाले गाविसमा पाकिसकेको धान, कोदो, मकै तथा भटमास र सिमीलगायतका तरकारी बाली गरी झन्डै १३ करोड ५० लाख ६५ हजार बराबर रुपैया“को क्षति भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

Friday, November 7, 2014

भागबण्डा मिलाउन सुकुम्बासी आयोगमा पदाधिकारी थपिने

काठमाडौं, २१ कात्तिक– मन्त्रिपरिषदले सुकुम्बासी समस्या समाधान सुझाव आयोगको नियुक्तिका बारेमा प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेबीचको विवाद सल्टाउन पदाधिकारी थप्ने निर्णय गरेको छ । सुकुम्बासी आयोगको केन्द्र र मातहतका ७२ जिल्ला समितिमा भूमिसुधारमन्त्री दलबहादुर रानाले एमालेका कार्यकर्तालाई मात्र एकलौटी नियुक्ति गरेपछि दुई दलबीच विवाद बढेको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुकुम्बासी आयोगको केन्द्रमा उपाध्यक्ष र एक जना सदस्य तथा जिल्लामा उपाध्यक्ष थप्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रिपरिषदले पदाधिकारी थप्न सुकुम्बासी आयोगसम्बन्धी गठन आदेश संशोधनसमेत गरेको छ ।

विवादास्पद सहसचिवलाई चोर बाटोबाट अर्थमा काज सरुवा

काठमाडौं, २१ कात्तिक– अर्थमन्त्री रामशरण महतले अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर विवादास्पद सहसचिव भरत सुवेदीलाई ‘चोर बाटो’ बाट काज सरुवा गरी अर्थमन्त्रालयमा ल्याएका छन् । महतले सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभाग राजस्व अनुसन्धानमा उपमहानिर्देशकको जिम्मेवारी दिन अर्थमा ल्याएको जानकारी स्रोतले दिएका छन् ।
पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न सरकारले पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत अर्थमन्त्रीले पीआरवाला सहसचिवलाई आकर्षक ठाउ“मा लगेर पुरस्कृत गरेका हुन् ।

Thursday, November 6, 2014

जहाजका क्याप्टेन नै नक्कली प्रमाणत्रधारी

काठमाडौं, २० कात्तिक– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका जहाज उडाउने क्याप्टेनकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका नक्कली शैक्षिक प्रमाणपत्रधारी क्याप्टेन दिपेन्द्र प्रधानविरुद्ध बुधबार विशेÈ अदालतमा मुद्दा दायर गरेको छ । 
प्रधानले सेवा प्रवेश प्रयोजनका लागि पेस गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र नक्कली भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानले भारतको बिहारस्थित इन्टरमिडियट एजुकेसन काउन्सिलबाट आईएस्सी उत्तीणर््ँ गरेको भनि पेश गरेको शैÔिक योग्यताको प्रमाण्ँपत्र छानबिनका क्रममा नक्कली भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

Tuesday, November 4, 2014

अख्तियारद्वारा कामु जिशिअसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साहसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
साहसहित छ जनाले सिराहाको झिझौल–५ मा शारदा प्राविका नाममा ‘झोले विद्यालय’ खडा गरी २०६६÷६७ देखि २०७०÷७१ सम्म पटक–पटक सरकारी रकम निकासा लिने/दिने कार्य गरी मिलोमतोमा भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

फजुल खर्चमा रमाउन थाल्यो कोइराला सरकार

अर्थमन्त्रीले किने डेढ करोडबढीको विलाशी गाडी
प्रधानमन्त्रीको एक दिन चियानास्ता खर्च साढे नौ लाख
काठमाडौं, १८ कात्तिक– स्वच्छ छविका किफायती मानिने प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पनि राज्यको ढुकुटीबाट फजुल खर्च गर्न थालेको छ । राज्यको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महतले हालै सबभन्दा आधनिक मोडेलको मह“गो र विलाशी गाडी टोयोटा प्राडो जिप खरिद गरेर चढ्न थालेका छन् । 
अर्थमन्त्री महतले यसअघि पनि मह“गो र विलाशी टोयोटा प्राडो जिप चढ्दै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ । मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् । सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी प्रयोग गरेका हुन् .

Sunday, November 2, 2014

अख्तियारद्वारा निर्देशकसहित १२ जना पक्राउ, दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका निर्देशकसहित १२ जनालाई हिरासतमा लिनुका साथै मालपोत कार्यालय, कलंकीका नायव सुब्बा र कृषि अनुसन्धान परिषदका लेखा अधिकृतविरुद्ध आइतबार  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका निर्देशक डा. श्यामराज उप्रेतीसहित १२ जनाले नक्कली कागजात पेस गरी करोडौं रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको खुल्न आएकाले उनीहरूलाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ । उक्त अनियमिततामा संलग्न तत्कालीन निर्देशक डा. तारानाथ पोखरेल र लेखा अधिकृत तेजप्रकाश प्रसाईं भने फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले उल्लेख गरेको छ ।
युनिसेफ, विश्व स्वास्थ्य संगठन र सरकारबाट प्राप्त सहयोग रकमबाट स्वास्थ्य सेवा विभागमातहतको बाल स्वास्थ्य महाशाखाले बालबालिकालाई विभिन्न खोप लगाउने कार्यक्रम देशव्यापी सञ्चालन गर्ने क्रममा उप्रेतीसहितका कर्मचारीहरूले भ्रष्टाचार गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

Saturday, November 1, 2014

जापानी सांसद राजधानीमा

काठमाडौं, १५ कात्तिक– दातृ मुलुक जापानको संसद् डायटका सदस्य योसुके सुरुहो शनिबार तीनदिने नेपाल भ्रमणमा शनिबार राजधानी आइपुगेका छन् । नेपालको संविधान लेखन र लोकतान्त्रिकरण्ँको प्रक्रिया सघाउन जापानी सरकारका तर्फबाट सहयोग र समर्थन प्रकट गर्न उनी नेपाल भ्रमणमा आएका हुन् ।
सुरुहोको औपचारिक भ्रमण्ँको सन्दर्भमा यहा“स्थित जापानी दूतावासले जारी गरेको वक्तव्यमा जापान सरकार र त्यहा“का जनता नेपालको संविधान र प्रजातान्त्रिक प्रक्रियामा सघाउन तत्पर रहेका जनाएको छ ।