Monday, April 30, 2012

डीजी श्रेष्ठले मसित ५ लाख घूस मागे : शाखा अधिकृत न्यौपाने

एसएमएसमार्फत प्रमुख दलका नेताहरुलाई न्यौपानेले भनेका छन- 'घूस दिन रकम दिनोस या जेल पठाउनोस'
 काठमाडौं १८ वैसाख- यातायात व्यवस्था विभागका महानिर्देशक डीजी चन्द्रमान श्रेष्ठले आफनो विभागमा सरुवा भएर आएका शाखा अधिकृत धर्मराज न्यौपानेसित आइतबार काठमाडौं उपत्यकाभित्र पदस्थापन गर्न ५ लाख रुपैयाँ घूस मागेका छन ।
बर्दिया राजापुरस्थित इलाका प्रशासन कार्यालयबाट यातायात विभागमा हालै सरुवा भएर सरुवा भएका आएका न्यौपानेले डीजी श्रेष्ठले आफूसित काठमाडौंभित्रका यातायात कार्यालयमा पदस्थापन पाउन ५ लाख रुपैयाँ मागेको बताए । न्यौपानेले श्रेष्ठले आफूसित ५ लाख रुपैयाँ घूस मागेको जानकारी श्रम तथा यातायात मन्त्रालयका प्रशासन हेर्ने सहसचिव बुद्धिबहादुर खडकालाई टेलिफोनमार्फत मन्त्रालयलाई र सत्तारुढ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विपक्षी कांग्रेसका महामन्त्री कृष्ण सिटौलालाई समेत एसएमएसमार्फत आइतबार नै जानकारी गराइसकेका छन ।
न्यौपानेले पत्नी गीताको क्यान्सरको उपचार गराउनुपर्ने भएकाले आफू काठमाडौंभित्र बस्ने चाहेको र त्यही बाध्यताको फाइदा उठाई डीजी श्रेष्ठले ५ लाख रुपैयाँ घूस मागेको बताए । भरतपुरस्थित क्यान्सर अस्पतालमा बिहीबार उनकी पत्नीको क्यान्सरको अपरेसन हुँदैछ ।
'मैले पत्नीको उपचारका लागि म काठमाडौंमा नै बस्नुपर्ने बाध्यता छ । मलाई काठमाडौंमा नै पदस्थापन मिलाइदिनोस भन्दा डीजी श्रेष्ठले ५ लाख रुपैयाँ घूस माग्नुभयो म त सामान्य आर्थिक अवस्थाको पत्नीको उपचार गर्नसमेत आफन्तसित ऋण माग्न बाध्य मान्छेले कसरी त्यति ठूलो रुपैयाँ दिन सक्छु र फेरि १५ वर्षभन्दा बढी समय राजधानीबाहिर मध्यपश्चिमका दुर्गम जिल्लामा बसेको इमानदार कर्मचारीले राजधानी बस्न किन घूस दिनुपर्ने ?' न्यौपानेले श्रेष्ठलाई भनेको भनाइ उद्धृत गर्दै  भने ।
श्रेष्ठले राजधानीका यातायात कार्यालयमा जाने शाखा अधिकृत सबैले ५ लाख रुपैयाँ दिने गरेको उल्लेख गर्दै आफूसित त्यति नै रकम मागेको न्यौपानेले बताए । श्रेष्ठले राजधानीमा बस्न चाहने विभिन्न पार्टीबाट सिफारिस भएका व्यक्तिले समेत रकम तिर्न तयार रहेको उल्लेख गर्दै आफूलाई घूस दिन दबाब दिइरहेको बताए । कुनै पार्टीको सिफारिस ल्याउन नसक्ने आफूजस्तो निरिह कर्मचारीले अप्ठयारो पर्दा पनि राजधानीमा बस्न नपाउने अवस्था रहेको दुःखेसो उनले व्यक्त गरे । उपचारका क्रममा भरतपुरमा जानुपर्ने दिनमा बाहेक अरु बेला उनकी पत्नी र परिवार राजधानीमा बस्ने गरेको छ ।
उनले मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव खडकालाई फोनबाट श्रेष्ठले घूस मागेको जानकारी गराएको बताए । न्यौपानेले आफूले घूस दिन नसक्ने उल्लेख गर्दै साचार माध्यममा गएर घूस मागेको घटना खुलासा गर्नेलगायतका विकल्पमा जान्छु भनेर खडकालाई बताएको उल्लेख गरे । खडकाले घटनाका बारेमा मन्त्रालयमा मन्त्री र सचिवलाई जानकारी गराउने उल्लेख गर्दै आफूलाई विकल्प रोज्न सक्ने भनेर स्वीकृति दिएको न्यौपानेले बताए ।
डीजी श्रेष्ठसित घूस मागेकोबारेमा बुझन मोबाइलमा सम्पर्क गर्न खोज्दा स्वीच अप भएकाले सम्पर्क हुन सकेन । श्रम तथा यातायात मन्त्रालयका सचिव सोमलाल सुवेदीले भने त्यसबारेमा थाहा नभएको बताए ।
न्यौपानेले आइतबार नै आफूलाई डीजी श्रेष्ठले काठमाडौंमा पदस्थापनका लागि ५ लाख रुपैयाँ मागेको जानकारी एसएमएसमार्फत सत्तारुढ दल माओवादीका अध्यक्ष दाहाल र मधेसी मोर्चाका नेता गच्छदार तथा कांग्रेसका महामन्त्री सिटौलालाई गराई नेताहरुसँग श्रेष्ठलाई घूस दिनका लागि रकम उपलब्ध गराउन या जेल पठाउन आग्रह गरेका छन ।
न्यौपानेले दाहाल गच्छदार र सिटौलालाई पठाएको एसएमएसमा 'म नेपाल सरकारको कर्मचारी हुँ हाल मैले पत्नी क्यान्सरको बिरामी भएकाले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदैछु । म काठमाडौं सरुवा भए पनि डीजी श्रेष्ठले ५ लाख रुपैयाँ नभई हुँदैन भनेका छन । तपाईं वा सरकारबाट घूस बझुाउन पैसा पाउँ । नभए तपाईंको सरकारबाट हिम्मत गरेर जेल सजाय पाऊँ : शाखा अधिकृत धर्मराज न्यौपाने ।'

संविधानविपरीत नागरिकता बाँड्न नमान्दा गृहमन्त्रीले प्रजिअ भण्डारीको हुर्मत लिए

काठमाडौं, १८ वैसाख- गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई संविधानविपरीत गएर वंशजका आधारमा नागरिकता दिन अस्वीकार गरेका झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीलाई साढे दुई महिनामा ुकारबाहीस्वरुपु तीन ठाउँमा सरुवा गरिएको छ ।
गृहमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयस्तरीय निर्णयबाट जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गरेको परिपत्र कार्यान्वयन गर्न अस्वीकार गरेका कारण भण्डारी सरुवाको कोपभाजनमा परेका हुन् ।
जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनु संविधानविपरीत हुने भन्दै भण्डारी गृह मन्त्रालयको परिपत्र कार्यान्वयन गर्न अस्वीकार गर्ने पहिलो साहसिक प्रजिअ बनेका थिए । भण्डारीपछि तराई-मधेसका सबैजसो प्रजिअले परिपत्रका आधारमा नागरिकता बाँड्न अस्वीकार गरेका कारण गृह मन्त्रीले उनीप्रति बढी आक्रोशित भएका हुन् ।
गृह मन्त्रालयले माघ २५ मा जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो । तर भण्डारीले परिपत्र संविधान र कानुनविपरीत छ भन्ने सार्वजनिक अडान व्यक्त गरी नागरिकता दिन अस्वीकार गरेका थिए ।
भण्डारीले आफूले गरेको परिपत्र कार्यान्वयन गर्न अस्वीकार गरेको र त्यसको विरोधमा सार्वजनिक रुपमा टिप्पणी गरेको एक सातामै गृहमन्त्री गच्छदारले उनलाई झापाबाट फागुनको पहिलो साता दाङको प्रजिअमा सरुवा गरिदिएका थिए । दाङमा भन्दा झापामा वरिष्ठ सहसचिवलाई प्रजिअ बनाइन्छ दाङमा सरुवा गरिनु पनि भण्डारीको अपमान थियो । त्यसको साढे दुई महिना नपुग्दै गच्छदारले भण्डारीप्रति पक्षपात राखी गृहबाट वैसाखको दोस्रो साता कृषि मन्त्रालयमा सरुवा गरिदिएका छन् ।
मधेशी मोर्चाको दबाबमा सरकारले २०६३/६४ मा संविधान संशोधन गरी एकपटकका लागि २०४६ सालसम्म नेपालमा जन्मेका व्यक्तिलाई जन्मका आधारमा नागरिकता दिएको थियो । २०६३/६४ मा नागरिकता वितरणको देशव्यापी अभियानका क्रममा नागरिकता पाएका करिब २४ लाखमध्ये जन्मका आधारमा नागरिकता पाउने १ लाख ७० हजार जना छन् जसमा अधिकांश मधेशी मूलका छन् ।
संविधानले जन्मका आधारमा नागरिकता दिने भनी एकपटकका लागि गरेको व्यवस्थाको समय २०६४ मै सकिइसकेको छ । अहिले संविधान र कानुनमा जन्मका आधारमा नागरिकता दिने र जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका नागरिकता पाउनुअघि जन्मेका सन्तानलाई नागरिकता दिने कुनै व्यवस्था छैन । त्यस्ता व्यक्तिलाई नागरिक दिन संविधान संशोधन गर्नुको विकल्प नरहेको गृहकै अधिकारी बताउँछन् ।
गृहमा २८१ कर्मचारीको सरुवा
यसैबीच गृहले आफ्नो मन्त्रालय मातहतका खरिदारदेखि शाखा अधिकृतसम्मका २ सय ८१ जना कर्मचारीको सरुवा गरेको छ । निजामती ऐन तथा नियमावलीअनुसार केन्द्रीय निकायहरुले वैसाख महिनामा सरुवा गर्न पाउने कानुनी व्यवस्थाअनुसार गृहले ठूलो मात्रामा कर्मचारीहरुको हेरफेर गरेको हो ।
सरुवा गरिएकामा शाखा अधिकृत ९३, स्वतः बढुवावाला शाखा अधिकृत विशेष ४१, नायव सुब्बा ६२, नायव सुब्बा विशेष ६५ र खरिदार १३ जना छन् । आधाजसो सरुवामा दुर्गमबाट सुगम र सुगमबाट दुर्गम मिलाइएको छ । तर बाँकी आधा सरुवामा भने एउटा 'आकर्षक' बाट अर्को आकर्षक कार्यालयमा, दुर्गमबाट दुर्गममै र सुगमबाट सुगममै सरुवा गरिएको छ ।

Sunday, April 29, 2012

मुआब्जा रकम अभावले फास्ट ट्रयाक र रेल्वे निर्माण अवरुद्ध हुने

काठमाडौं, १७ वैसाख- अर्थमन्त्रालयले मुआब्जा वितरणका लागि रकम नदिएपछि राष्ट्रिय प्राथमिकताप्राप्त काठमाडौं-तराई जोड्ने द्रुत मार्ग र तराईका दुई महत्वपूर्ण ठाउँमा भारतीय सहयोगमा बनाउन लागिएको ब्रोडगेज रेल्वे निर्माण कार्य अवरुद्ध हुने भएको छ । भारत सरकारले आगामी असोजदेखि नेपालमा रेल्वे निर्माणका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरी ठेकेदारसमेत छनौट गरिसकेको छ । तर मुआब्जा रकम अभावका कारण नेपालका तर्फबाट गरिनुपर्ने जग्गा अधिग्रहणको काम हुन नसकेपछि भारतीय सहयोगमा रेल्वे निर्माण कार्य प्रभावित हुन लागेको हो ।
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले ती राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका लागि मुआब्जा रकमको व्यवस्था गर्न लागि सरकारलाई निर्देशनसहितको पहल गरिदिन संसदको सार्वजनिक लेखा समितिसित गुहारसमेत मागेका छन् ।
उनले आफ्नो मन्त्रालयका विभिन्न आयोजनाको बचत रकमबाट रकमान्तर गरी मुआब्जा रकम वितरण गर्न प्रस्ताव गर्दा अर्थमन्त्रालयले स्वीकृति नदिएका कारण दुवै आयोजनाको काम अवरुद्ध हुन लागेको बताए ।
उनले सार्वजनिक लेखा समितिद्वारा फास्ट ट्रयाकको निर्माण अध्ययन गर्न गठित उपसमितिको आइतबार बसेको बैठकमा अर्थले रकमान्तर गर्न सहमति नदिएका कारण सरकारको पूर्व घोषणाविपरीत यस वर्ष द्रुत मार्गको ट्रयाक खोल्ने कार्य सम्पन्न हुन नसक्ने जानकारी दिए ।
सरकारले द्रुत मार्गलाई मुलुकको राष्ट्रिय गौरवको परियोजनामा राखी यसै वर्ष ट्रयाक खोलिसक्ने घोषणा गरेको थियो । 'द्रुत मार्गको ट्रयाक खोल्न बजेट छ तर अधिग्रहण गरिएको जग्गालाई मुआब्जा दिनलाई बजेट छैन । भौतिक योजनाले आफ्ना विभिन्न आयोजनाको बचतबाट मुआब्जाका लागि ३५ करोड रुपैयाँ दिन अर्थसित सहमति मागेको धेरै समय भइसकेको छ । तर अर्थले आजको मितिसम्म पनि सहमति दिएको छैन । मुआब्जा नपाएपछि ट्रयाक खोल्ने कार्य अघि बढ्न सक्तैन' त्रिपाठीले उपसमितिलाई भने ।
उनका अनुसार मुआब्जाका लागि चालू वर्षको बजेटमा विनियोजित ३४ करोड रुपैयाँ सकिइसकेको छ । मन्त्रालयको बचतबाट मुआब्जाका लागि थप १५ करोड रुपैयाँ दिइसकेको छ । फास्ट ट्रयाकको मकवानपुरमा मुआब्जा वितरण गर्न थप ३५ करोड रुपैयाँ आवश्यक छ । फास्ट ट्रयाकको धेरैजसो भाग मकवानपुरमा छ । त्रिपाठीका अनुसार मुआब्जाका लागि रकम उपलब्ध हुने हो भने द्रुत मार्गको ट्रयाक खोल्ने कार्य यस वर्ष पूरा हुन्थ्यो ।
भारत सरकारले जयनगर-जनकपुर-बर्दिबास तथा जोगवनीदेखि विराटनगरसम्म ८२ किलोमिटर लामो ब्रोडगेज रेल्वे निर्माण कार्य सुरु गर्न ठेकेदार छनौट गरिसकेको छ । उसले ठेक्का परिचालन गरी आगामी असोजदेखि निर्माण नै थाल्ने तयारी गरेको छ ।
तर रेल्वेका निर्माणका लागि आवश्यक परी रोक्का गरिसकिएको जग्गा अधिग्रहण गर्न आवश्यक रकम अर्थमन्त्रालयले नदिएका कारण असोजदेखि रेल्वे निर्माणको काम सुरु हुन नसक्ने अवस्था आएको जानकारी मन्त्री त्रिपाठीले दिए ।
ुबजेटमा रेल्वे निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेको घोषणा गरिएको थियो । यथार्थमा रेल्वेलाई तेस्रो प्राथमिकताप्राप्त आयोजनामा राखिएको रहेछ । हामीले मन्त्रालयका पहिलो र दोस्रो प्राथमिकता प्राप्त आयोजनाको बचतबाट रकमान्तर गरी रेल्वेका लागि जग्गा अधिग्रहण गर्न ५० करोड रुपैयाँ मुआब्जा रकम दिन अर्थमा सहमति मागेका थियौं तर अर्थले पहिलो र दोस्रो प्राथमिकताप्राप्त आयोजनाको बचतबाट तेस्रो प्राथमिकताप्राप्त आयोजना रेल्वे लाई दिन मिल्दैन भनेर सहमति नै दिएनु त्रिपाठीले भने ।
त्रिपाठीका अनुसार नेपाल सरकारतर्फबाट गर्नुपर्ने मुआब्जा वितरणको काम नभएपछि भारतीय सहयोगमा निर्माण हुने रेल्वेको काम अवरुद्ध हुने स्थिति आएको छ । उनले किसानले यसअघि सहमति गरेको मूल्य मुआब्जा नलिने र साउनदेखि रोक्का राखिएको जग्गामा खेती गर्न थाल्ने भनेकाले झन् ठूलो समस्या उत्पन्न भएको बताए । ुहामीले प्रस्तावित रेल्वेमा पर्ने जग्गामा खेतीपाती गर्न र किनबेच गर्न दुई वर्षदेखि रोक्का राखेका छौं । कति वर्षसम्म रोक्का राखिरहने मुआब्जा पनि नपाउने र खेती गर्न नपाउने भएपछि किसानले कति दिनसम्म सहिरहन्छन् ु उनले भने ।
यस वर्षको बजेटमा रेल्वेका लागि मुआब्जा बाँड्न ४ करोड रुपैयाँमात्र छुट्ट्याइएको छ । मुआब्जा वितरण गर्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान भौतिक योजनाको छ । यस वर्ष ५० करोड र अर्को ५० करोड रुपैयाँ मुआब्जा वितरण गरी रेल्वे निर्माणलाई सुचारु गर्ने योजना रेल्वे विभागको थियो । तर मुआब्जा रकम नै नदिइकाले रेल्वेको निर्माण कार्य पछाडि धकेलिने भएको छ ।
भारतले जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्म ६९ किमी र जोगवनीदेखि विराटनगरसम्म १३ किमी रेल्वे निर्माण गर्नेछ । भारतले यी रेल्वेसित जोडिने आफ्नो भूभागतर्फको रेल्वे निर्माण कार्य भने सुरु गरिसकेको छ । दुवै ठाउँमा रेल्वे निर्माण कार्य ढिलोमा पाँच वर्षमा सम्पन्न गर्ने योजना भारतको छ । तर मुआब्जा दिन ढिलाइ भएमा यी दुई ठाउँमा पाँच वर्षमा रेल्वे निर्माण सम्पन्न नहुने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
दुई सीमा नाकाबाट पूर्व-पश्चिम लोकमार्ग जोड्ने यी दुई रेल्वे निर्माण भएपछि विदेशबाट आयातीत सामान मुलुकमा ल्याउन तथा नेपाली सामान भारत र तेस्रो मुलुकमा निर्यात गर्न धेरै सहज र कम खर्चिलो हुने सरकारी अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार यी रेल्वे बनेपछि ठूलो संख्यामा यात्रुलाई आवतजावत गर्नसमेत सेवा पुग्नेछ । नेपाललाई भारतीय रेल साजालसित जोड्ने यी रेलमार्ग मुलुकका लागि महत्वपूर्ण हुनेछन् ।




Friday, April 27, 2012

दुस्साहसिक पात्र स्थापितलाई काठमाडौंको अतिक्रमण हटाउने जिम्मा

स्थापित काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त नियुक्त
काठमाडौं, १५ वैसाख- सरकारले अधिकारसम्पन्न काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौं नगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार अपराह्न बसेको आकस्मिक बैठकले प्राधिकरणको विकास आयुक्तमा स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणसम्बन्धी ऐन तथा नियमावलीअनुसार प्राधिकरण गठन गरेपछि काठमाडौं उपत्यका नगर विकास समिति स्वतः खारेज भएको छ । समितिमा रहेका सम्पूर्ण कर्मचारी कार्यालय र त्यसका अधिकार प्राधिकरण मातहतमा आएको जानकारी भौतिक योजनाका अधिकारीले दिए । समितिभन्दा प्राधिकरण कानुनी रुपले नै बढी अधिकारसम्पन्न हुनेछ ।
ती अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्र बाटो अतिक्रमण गरी बनाइएका घरटहरालगायतका संरचना हटाई सडक फराकिलो बनाउने अभियानमा लागेको समितिलाई सरकारले खारेज गरी अधिकारसम्पन्न प्राधिकरण गठन गरेको हो । अब स्थापितको नेतृत्वमा प्राधिकरणले अतिक्रमित घरटहरा हटाई सडक चौडा पार्ने अभियानलाई अझ तीव्र बनाउनेछ ।
स्थापित काठमाडौं महानगरपालिकामा मेयर हुँदा अतिक्रमित संरचना हटाएर सडक विस्तार गरेका निकै चर्चित र लोकपि्रय भएका थिए । स्थापितले मेयर हुँदा स्थानीयबासीको ठूलो विरोधका बीच कलंकीसम्मको अतिक्रमित घरहटरा भत्काएर सडक फराकिलो बनाउने, माइतीघरका दर्जनौैं घरलाई हटाएर आकर्षक मण्डला बनाउने र थापाथलीदेखि कोटेश्वरसम्मका अतिक्रमित घरटहरा भत्काउनेलगायतका थुप्रै प्रशंसनीय कार्य गरेका थिए ।
दुस्साहसिक पात्र स्थापितको काम अनुभव तथा नेतृत्वबाट प्राधिकरणका कामलाई प्रभावकारी बनाउन उनलाई नियुक्ति गरिएको हो । एमाले छाडेर बसेका स्थापित संविधानसभा चुनावअघि माओवादीमा प्रवेश गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा उनलाई विकास आयुक्त नियुक्त गरिएको हो ।

रकमान्तरसम्बन्धी अख्तियारको पत्र गैरकानुनी : सरकार

काठमाडौं, १५ वैसाख- मन्त्रिपरिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विभिन्न मन्त्रालयबाट भइरहेको गैरबजेटरी खर्च र रकमान्तर रोक्न जारी गरेको आदेश कानुनविपरीत रहेको टिप्पणी गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बिहान बसेको बैठकले विद्यमान ऐननियमभित्र रहेर विभिन्न मन्त्रालयले रकमान्तर र गैर बजेटरी खर्च गरेको उल्लेद गर्दै अख्तियारद्वारा शुक्रबार जारी पत्र कानुनको दायराबाहिर रहेको ठहर गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
सरकारले योजना आयोगबाट स्वीकृत कार्यक्रममा अर्थमन्त्रालयको सहमतिमा कानुनबमोजिममात्र रकमान्तर र अत्यावश्यक शीर्षकमा गैर बजेटरी खर्च गरेकामा त्यसलाई रोक्न भन्दै अख्तियारले आदेश दिन नमिल्ने जिकिर अर्थमन्त्रीले गरे ।
'शान्ति प्रकि्रयाका लागि चार अर्ब रुपैयाँ खर्च भयो सशस्त्र समूहबाट विभिन्न व्यक्तिको हत्या हुँदा पीडित परिवारलाई क्षतिपूर्ति भवितव्य खर्चका लागि बजेटमा रकम विनियोजन गरिएको हुन्न सरकारले आवश्यक पर्दा त्यस्तो खर्च गर्नुपर्ने हुन्छ त्यसले गर्दा गैर बजेटरी खर्च बढेको हो त्यसलाई कानुनविपरीत भन्न मिल्दैन' अर्थमन्त्रीले भने ।
पुनका अनुसार सम्बन्धित मन्त्रालयको सचिवले नै कानुनबमोजिम नै विनियोजित विकास कार्यक्रमको सम्बन्धित शीर्षकभित्र रहेर २५ प्रतिशतसम्म रकमान्तर गर्न पाउँछन् । कार्यक्रम संशोधन या नयाँ कार्यक्रममा रकमान्तर गर्न भने सम्बन्धित मन्त्रालयले योजना आयोगबाट कार्यक्रम स्वीकृत गरी अर्थमन्त्रालयको सहमतिमा रकमान्तर गर्न पाउँछन् । योजनाबाट स्वीकृत कार्यक्रममा अर्थमन्त्रालयले गर्ने रकमान्तरको भने सीमा हुँदैन । तर विकास बजेटबाट साधारण खर्चमा रकमान्तर गर्न मिल्दैन । साधारण खर्चबाटबाट विकास बजेटमा रकमान्तर गर्न भने मिल्छ ।
सरकारको गैरबजेटरी खर्च र रकमान्तर धेरै बढेको भन्दै अख्तियारले के आधारमा कानुनविपरीत भनेर पत्र लेखेको हो भनेर मन्त्रिपरिषदमा थप छलफल हुने जानकारी पुनले दिए । 'कानुनविपरीत ढंगले बजेट खर्च गरेको अवस्थामा मात्र अख्तियारले सचेत गराउने र कारबाहीसम्म गर्न पाउँछ तर वर्तमान सरकारले त्यस्तो कार्य गरेको छैन' अर्थमन्त्रीले भने ।
अख्तियारले बिहीबार सरकारलाई पत्र पठाई जनसहभागिताका नाममा पूर्व स्वीकृत नगरिएका कार्यक्रमका नाममा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई रकम बाँडेको जथाभावी भइरहेको गैरबजेटरी खर्च र रकमान्तर रोक्न निर्देशन दिएको थियो । अख्तियारले पत्रमा जथाभावी भइरहेको गैरबजेटरी खर्च र रकमान्तरलाई भ्रष्टाचारजन्य कार्य मानी जिम्मेवार अधिकारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
चुरे संरक्षण गर्न निर्देशक समिति गठन
सरकारले वन अतिक्रमण र जथाभावी गिट्टीढुंगा झिक्नाले पर्यावरणीय हिसाबले संकटमा परेको र उजाड हुँदै गएको चुरे पहाडी श्रृखलाको संरक्षण कार्यक्रम निर्देशन समिति गठन गरेको छ । मन्त्रिपरिषदले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा साचालन गर्न योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा १४ सदस्यीय निर्देशन समिति गठन गरेको हो । समितिमा रहेका सदस्यहरुको नाम भने सरकारले सार्वजनिक गरेको छैन ।
दुई सहायक रथीको म्याद थप
सरकारले नेपाली सेनाका दुई प्राविधिक सहायक रथीद्वय डा। प्रकाशराज पाण्डे र डा। बच्चुराम केसीको म्याद दुई वर्ष थप गरेको छ । मन्त्रिपरिषदले पाण्डेको २०७० चैत १९ र केसीको २०७० चैत २५ गतेसम्मका लागि म्याद थप गरेको हो । उनीहरु दुवै जना सैनिक अस्पतालका चिकित्सक हुन् ।
एडीबीले ४ अर्ब ६५ करोड सहयोग गर्ने
एसियाली विकास बैंकले एकीकृत सहरी विकास आयोजना साचालन गर्न ४ अर्ब ६५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
कार्यदलको म्याद थप
सरकारले सहिदको परिभाषा र सहिद घोषणाको मापदण्ड निर्धारण गर्न यसअघि माओवादीका सभासद नवराज सुवेदीको संयोजकत्वमा गठित कार्यदलको म्याद एक महिना थप गरेको छ । कार्यदलको मागअनुसार मन्त्रिपरिषदले म्याद थप गरेको हो ।
जग्गा दर्तासम्बन्धी समिति गठन गर्न आदेश जारी
सरकारले सुनसरी जिल्लामा विगतमा गठित समितिबाट सम्पन्न हुन बाँकी गाउँ ब्लक जग्गाको दर्तासम्बन्धी समस्या समाधानका लागि कानुनबमोजिम नापी भइरहेको जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गरेको छ ।

Thursday, April 26, 2012

कीर्तिपुरको रमणीय डाँडामा ९४ मिटर अग्लो गणतन्त्र स्तम्भ

काठमाडौं, १४ वैसाख- राजधानीको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालय भवनमाथि रमणीय चाक्लो डाँडो छ जहाँबाट काठमाडौं उपत्यकाको सबै ठाउँ देख्न सकिन्छ । राजधानीका प्रायः अरु सबै ठाउँभन्दा आफैंमा २७ मिटर अग्लो कीर्तिपुरको पूर्वपट्टिको डाँडामामा सरकारले मुलुकमा गणतन्त्र बहाली भएको ऐतिहासिक उपलब्धिलाई चिर स्थायी बनाउन रहेको ६० रोपनी जग्गामा ९४ मिटर अग्लो गणतन्त्र स्तम्भ निर्माणको थालनी गरेको छ ।
स्तम्भ मुलुककै सबभन्दा आकर्षक कलात्मक गन्तव्य हुने विश्वास सहरी विकास तथा भवन विभागका अधिकारीहरुको छ । ु१ अर्ब २१ करोड रुपैयाँमा बन्ने स्तम्भ भूकम्प प्रतिरोधकमात्रै होइन अन्तर्राष्ट्रियस्तरको कलात्मक टावर हुनेछु भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले भने । राजधानीमा पुराना ऐतिहासिक कलात्मक संरचना भए पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण आधुनिक संरचना भने छैनन् । तर एक्काइसौं शताब्दीमा बन्ने गणतन्त्र स्तम्भ पुराना ऐतिहासिक संरचनाजस्तै मुलुकको आधुनिक ऐतिहासिक सम्पदा बन्ने विश्वास भवन विभागका अधिकारीहरुको छ ।
यो स्तम्भ धरहराभन्दा दोब्बर अग्लो हुनेछ । यो स्तम्भको तीन ठाउँबाट काठमाडौं उपत्यकाको सुन्दरता हेर्ने भिउ प्वाइन्ट बनाइनेछ । जमिनमुनि दुई तलाको बेसमेन्ट बनाइनेछ । त्यसपछि हिमाल पहाड र तराईलाई संकेत गर्ने तीनवटा पिलर बनाइनेछन् । २७ मिटर उचाइमा रहने पहिलो भिउ डेकबाट १ सय ५० जनाले एकैपटक र ६३ मिटरमाथि बन्ने दोस्रो भिउ डेकबाट १ सय १५ जनाले एकैपटक उपत्यका नियाल्न पाउनेछन् । थर्ड भिउ डेस्क ८३ मिटरमा रहनेछ । सुरक्षाका लागि यो भिउ डेक सबै सर्वसाधारणका लागि खुला नगरिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
माथि बाँकी ११ मिटरसम्म पनि जान सकिनेछ तर त्यो मर्मतसम्भार र सरसफाइ प्रयोजनका लागिमात्र खुला गरिनेछ । माथि चढ्न दुइटा लिफ्ट राखिनेछ । पहिलो भिउ डेक वृत्ताकार तथा दोस्रो र तेस्रो भिउ डेक ६ वटा कुना भएको षटकोण आकारको हुनेछ ती भिउ डेकको छ तिरबाट राजधानी सहरलाई हेर्न सकिनेछ । ८३ मिटरमाथिसम्म जान हिडेर जाने भर् याङ र १२÷१२ जना क्षमताको दुइटा लिफ्ट राखिनेछ । त्यहाँबाट माथि टुप्पासम्म जान लिफ्ट जडान गरिनेछ । तीनवटा पिलर ९४ मिटरमाथि पुगेर एउटै बिन्दुमा जोडिनेछन् त्यही संगमलाई राष्ट्रिय एकताका प्रतीकका रुपमा निर्माण गरिने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
स्तम्भमा नेपालमा लोकतान्त्रिक आन्दोलन सुरु भएदेखि गणतन्त्र बहालीसम्मको राजनीतिक इतिहास र मुलुकको संस्कृतिलाई लिपिबद्धमात्र होइन चित्रबद्धसमेत गरिनेछ । स्तम्भको जमिनमुनि २ तलाको एकैपटक एक हजार मानिस अट्ने क्षमताको ुबेसमेन्टु रहनेछ । बेसमेन्टको पहिलो तलामा 'नेपाल ग्यालरीु'रहनेछ् त्यसमा मुलुकभरका सबै धर्म जातजातिको सांस्कृति झल्काउने तस्वीर र त्यससम्बन्धी विवरण राखिनेछ । दोस्रो तल्लालाई 'पोलिटिकल मुभमेन्ट ग्यालरी' नाम दिइएको छ । त्यसमा २००७ सालको जनक्रान्तिदेखि माओवादीको दस वर्षे जनयुद्ध २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन मधेस आन्दोलनलगायतका सम्पूर्ण राजनीतिक आन्दोलनका तस्वीर र त्यससम्बन्धी विवरण राखिनेछ । गणतन्त्र बहाली भएसम्मका विभिन्न आन्दोलनका हजारौं सहिदहरुको चिनारीसहित तस्वीरसमेत राखिनेछ ।
गणतन्त्र स्तम्भका लागि छुट्ट्याइएको ६० रोपनीमध्ये साढे ६ रोपनीमा भौतिक संरचना निर्माण गरिनेछ । बाँकी भागमा बगैंचासहितको सुन्दर पार्क निर्माण गरिनेछ । स्तम्भको कन्सेप्च्युयल डिजाइन प्रतिस्पर्धाबाट छानिएको कन्सेप्चुप्युल एनट आर्किटेक्चर कम्पनीले गरेको हो । यसको विस्तृत डिजाइनको बीडीए नामक कन्सल्ट्यान्ट कम्पनीले गरहेको हो । स्तम्भ चार वर्षमा निर्माण गरिसक्ने लक्ष्य सरकारको रहेको जानकारी सचिव सिटौलाले दिए ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कको शान्ति बाटिकामा गणतन्त्र स्तम्भको शिलान्याश गरेका थिए । तर रत्नपार्कमा ठाउँ साँघुरो भएको भन्दै बागमती र विष्णुमती दोभान नजिक ललितपुरको गुसिङ्गलमा स्तम्भ निर्माण गर्ने भनी दोस्रो ठाउँ खोजियो । तर त्यो गहिरो ठाउँ र नदीको फोहोरलगायतका कारण अनुपयुक्त भएकाले त्रिभुवन विश्वविद्यालय परिसरको बल्खुमाथिको डाँडो रोजेर स्तम्भको शिलान्याश गरिएको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार बिहान आयोजित एक कार्यक्रमबीच स्तम्भको शिलान्याश गरे ।
स्तम्भ निर्माण भइसकेपछि त्यहाँ आउने स्वदेशी तथा विदेशी सबैसँग प्रवेश शुल्क लिइनेछ । त्यसको आम्दानीमध्ये स्तम्भको मर्मतसम्भार र साचालन खर्च कटाएर बाँकी आम्दानी त्रिभुवन विश्वविद्यालयलाई दिइने जानकारी सचिव सिटौलाले दिए । उनका अनुसार त्रिविको जग्गा भएकाले स्तम्भको आम्दानी दिने शर्तमा उसको जग्गा लिइएको हो ।

गणतान्त्रिक मन्त्रीका राजावादी सल्लाहकार

काठमाडौं, १४ वैसाख-संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका श्रम तथा यातायातमन्त्री मालबरिसंह थापाले राजावादी पूर्वप्रशासक ललित थापा मगरलाई सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्रीले तत्कालीन श्रममन्त्री सरिता गिरीलाई बर्खास्त गरेपछि उनको ठाउँमा नियुक्त मन्त्री थापाले विवादास्पद छविका थापामगरलाई सल्लाहकार नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीबाहेक परराष्ट्रमन्त्रीले परराष्ट्र मामिला, अर्थमन्त्रीले आर्थिक र साचारमन्त्री प्रेस सल्लाहकार नियुक्त गर्ने स्थापित प्रचलन भए पनि अरु मन्त्रीले सल्लाहकार नियुक्त गर्न पाइने व्यवस्था छैन । तर श्रममन्त्री थापाले स्थापित परम्पराविपरीत थापामगरलाई स्वकीय सल्लाकार नियुक्त गरेका हुन् ।
तत्कालीन श्रम विभाग हाल छुट्ट्याएर दुइटा बनाइएको श्रम तथा वैदेशिक रोजगार विभाग का विवादास्पद महानिर्देशक थापामगरलाई मन्त्री थापाले आफ्नो स्वकीय सल्लाहकार नियुक्त गरेका हुन् । उनी विभागको महानिर्देशकपछि श्रम मन्त्रालयमा सहसचिव भएर ५८ वर्ष पुगी अनिवार्य अवकास पाएका व्यक्ति हुन् ।
थापामगर तत्कालीन राजा ज्ञानेन्द्रको सकि्रय शासन कालमा राप्तीमा अाचल प्रशासक भई लोकतान्त्रिक आन्दोलनमा लागेका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता पेसाकर्मीको दमनमा सकि्रय थिए । श्रममन्त्रीले सल्लाकार राख्न मिल्दैन । त्यही कारण उनले थापामगरलाई अवैतनिक कानुनी सल्लाहकार नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषदले मात्र मन्त्रीको सल्लाहकार नियुक्त गर्न सक्ने भएकाले श्रममन्त्रीले मन्त्रालयमा नियुक्त गरेका थापामगरको कानुनी हैसियत रहन्न । थापा मगरको ०६३ मा पत्नीको नाममा दर्ता भएको म्यान पावर कम्पनी छ । तर उनले सल्लाहकार हुँदा आफ्नो म्यान पावर कम्पनी बेचिसकेको दाबी गर्दै आएका छन् ।

Wednesday, April 25, 2012

विवादास्पद साह गुणस्तर विभागको महानिर्देशक नियुक्त

अर्का विवादास्पद पोखरलको महानिर्देशकमा पुनर्बहाली
काठमाडौं, १३ वैसाख- सरकारले वरिष्ठ सहसचिवलाई पाखा लगाएर कनिष्ठ एवं विवादास्पद सहसचिव रामआधार साहलाई गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । सरकारले उद्योग मन्त्री अनिल झाको प्रस्तावमा हालै सहसचिवमा बढुवा भएका साहलाई विभागको जिम्मेवारी दिइएको हो ।
गुणस्तर तथा नापतौलको क्षेत्रीय कार्यालयको प्रमुख हुँदा पूर्वााचल घूस िलंदािलंदै रंगेहात परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा विभागीय कारबाही गरी दुई ग्रेड घटुवा गरिएका साहलाई ुआकर्षकु विभागमा लगिएको हो ।
साह गुणस्तर तथा नापतौलको क्षेत्रीय कार्यालय मध्यमााचलको प्रमुख हुँदासमेत विवादास्पद कार्य गरेका थिए । वाणिज्य विभागले आयल निगमको सहयोगमा केही समयअघि अनुगमन गर्ने क्रममा राजधानी नामक पेट्रोल पम्पले एक लिटर पेट्रोल िदंदा २ सय मिलिलिटर कम दिने गरेको भेटिएको थियो । साहले अनुगमनका क्रममा आफ्नो कार्यालयका कर्मचारीलाई नलिगएको र नाप्ने भाँडोसमेत आफ्नो विभागले प्रमाणित गरेको हो कि होइन भन्ने प्रश्न उठाउँदै थप छानबिनमा असहयोग गरेका थिए । नापतौल कम हुँदा छानबिन गरी कारबाही गर्ने निकाय गुणस्तर तथा नापतौल कार्यालय हो ।
गुणस्तर विभागमा इन्जिनियरिङ सेवाको मेट्रोलोजी वा केमिस्ट्रीतर्फका प्राविधिक सहसचिव महानिर्देशक र उपमहानिर्देशक हुने व्यवस्था छ । वरिष्ठताका आधारमा महानिर्देशक हुनुपर्ने सहसचिवद्वय रमेश स्थापित खानी तथा भूगर्भ विभाग र सुष्मा उपाध्यायलाई वनस्पति विभागमा छन् । उद्योग मन्त्रालयमा नै रहेका स्थापितलाई तीन महिनाअघिमात्र खानी विभागमा सरुवा गरिएको हो । स्थापित गुणस्तर विभागमा २७ वर्ष कार्य गरेका अनुभवी व्यक्ति हुन् ।
अर्का विवादास्पद पोखरलको महानिर्देशकमा पुनर्बहाली
सर्वोच्च अदालतले सरकारद्वारा एक साताअघि िसंचाइ विभागको महानिर्देशक अनिल पोखरेललाई विज्ञान मन्त्रालयमा गरिएको सरुवा बदर गरेको छ । सर्वोच्चले निजामती सेवा नियमावलीअनुसार ५८ वर्ष पुगी अनिवार्य अवकास पाउन एक वर्षभन्दा कम समय बाँकी रहेका कर्मचारीलाई उसको सहमतिबना सरुवा गर्न नमिल्ने भन्दै पोखरेलको सरुवा बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशबाट विभागको महानिर्देशकमा पोखरेलको बहाली भएको छ । पोखरेलको पुनर्बहाली भएपछि िसंचाइ मन्त्रालयमा ल्याइएका सहसचिव ईश्वरिसंह थापाको सरुवा बदर भई विज्ञान मन्त्रालयमा फर्कने भएका छन् । पोखरेल िसंचाइ विभागभित्रका आर्थिक हिसाबले सबभन्दा विवादास्पद सहसचिव हुन् ।
सर्वोच्चको आदेशका कारण िसंचाइ मन्त्रालयबाट सहसचिव खोमराज दाहाललाई विभागको महानिर्देशकमा गरिएको सरुवासमेत बदर भएको छ । िसंचाइ मन्त्री महेन्द्र यादवले सचिव वृन्दा हाडालाई अमर्यादित भाषामा गालीगलौज गरेपछि महानिर्देशक पोखरेलको नेतृत्वमा िसंचाइका कर्मचारीहरुले प्रधानमन्त्री र मुख्यसचिवसमक्ष प्रमण्डल गई आफूहरुले मन्त्री यादवमातहतमा कार्य गर्न नसक्ने धारणा राखेका थिए । मन्त्रिपरिषद बैठकमा िसंचाइमन्त्री यादवले पोखरेललाई विभागको महानिर्देशकमा राखिरहँदा आफूले काम गर्न नसक्ने अडान राखेपछि उनको सरुवाको निर्णय भएको थियो ।

Tuesday, April 24, 2012

ऊर्जाद्वारा पश्चिम सेती आयोजना अघि बढाउने जिम्मा आफूलाई दिन आग्रह

काठमाडौं, १२ वैसाख- ऊर्जा मन्त्रालयले लगानी बोर्डसित समन्वय गरी पश्चिम सेती आयोजना अघि बढाउने जिम्मा आफ्नो मन्त्रालयलाई दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आग्रह गरेको छ । पश्चिम सेती आयोजनाको विकास गर्नेबारेमा संसदको प्राकृतिक स्रोत तथा साधन समितिले सरकारलाई दिएको निर्देशनसम्बन्धमा आफ्नो मन्त्रालयसित मागेको प्रतिकि्रयामा ऊर्जाले मंगलबार पठाएको लिखित जवाफमा त्यस्तो आग्रह गरेको जानकारी एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार ऊर्जा मन्त्रालयले लगानी बोर्डसित जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी अनुभवी जनशक्ति नभएकाले पश्चिम सेती आयोजना अघि बढाउने जिम्मा आफ्नो मन्त्रालयलाई दिन आग्रह गरेको हो । ऊर्जाले मन्त्रीस्तरीय निर्णय गरी प्रधानमन्त्री कार्यालयलाई पठाइएको पत्रमा आफ्नो मन्त्रालयले लगानी बोर्डसित समन्वय गरी पश्चिम सेती अघि बढाउने जिम्मा दिनुपर्ने जिकिर गरिएको छ ।
'पश्चिम सेती आयोजना अघि बढाउन साइट भिजिट लागतको रिभ्यु प्रस्तावक कम्पनीसित आयोजना विकास सम्झौता पीडीए र निर्माण कार्यको अनुगमन गर्न सक्ने अनुभवी प्राविधिक जनशक्ति चाहिन्छ । लगानी बोर्डसित त्यस्तो जनशक्ति नभएसम्म ऊर्जा मन्त्रालयलाई नै लगानी बोर्डसँग समन्वय गरी आयोजना अघि बढाउने जिम्मा ऊर्जा मन्त्रालयलाई दिन अनुरोध गर्छ' उर्जाको पत्रमा छ ।
ऊर्जा मन्त्रालयले फागुन ३ मा डेढ महिनाअघि निजी सार्वजनिक साझेदारीको मोडेलमा पश्चिम सेती आयोजना निर्माण गर्न चिनियाँ प्रतिष्ठित कम्पनी थ्री गर्जेजसित लिखित समझदारी एमओयू गरेको थियो । तर संसदीय समितिले ५ सय मेगावाटभन्दा बढी क्षमताको आयोजना अघि बढाउने जिम्मा कानुनअनुसार लगानी बोर्डलाई दिन सरकारलाई निर्देशन दिएको छ ।
लगानी बोर्ड ऐनमा पाँच सय मेगावाटभन्दा बढी क्षमताको लगानीयोग्य विद्युत् आयोजनाको छनौट गरी प्रस्ताव आह्वान प्राप्त प्रस्तावको मूल्यांकन लगानीकर्तासँग वार्ता लगानीको स्विकृति प्रदान प्रस्तावकसँग तोकिएबमोजिम संझौता गर्नेलगायतको जिम्मेवारी लगानी बोर्डको काम कर्तव्य र अधिकारभित्र पर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै समितिले त्यस्तो निर्देशन दिएको हो ।
ऊर्जा मन्त्रालयले नेपाल सरकारबाट थ्री गर्जेजसित भएको एमओयु अनुमोदन हुनुभन्दा अगाडि पश्चिम सेती आयोजनाको वित्तीय योजनासहितको अवधारणा स्वीकृत गर्ने कार्य सम्पन्न गर्न संसदीय समितिले दिएको निर्देशन व्यावहारिक नभएको उल्लेख गरेको छ ।
पत्रमा ऊर्जाले आयोजना अघि बढाउन प्रस्तावक कम्पनीले थप अध्ययन गर्नु आवश्यक भएको र त्यसपछिमात्र कुल लागत थाहा हुने भएकाले मन्त्रिपरिषदबाट एमओयुको अनुमोदन नगरी आयोजनाको वित्तीय योजनासहितको अवधारणा स्वीकृति गर्ने कार्य हुन नसक्ने उल्लेख गरेको हो । लगानी कति लाग्छ भनी विस्तृत अध्ययन नभई कसरी वित्तीय योजनाको अवधारणा पहिल्यै स्वीकृत हुन सक्छ भन्ने प्रश्नसमेत मन्त्रालयले उठाएको छ ।
ऊर्जाले मन्त्रालयबाट गठित प्राविधि समितिले वार्तामा समझदारी भएका विषयलाई एमओयुका रुपमा लिपिबद्धमात्र गरेकाले त्यसमा कुनै प्रकि्रयागत र कानुनी त्रुटि नरहेको दाबी गरेको छ । ुएमओयु अख्तियारप्राप्त मन्त्रिपरिषदबाट निर्णय नभईकन कानुनतः प्रभावी नहुने काम अघि नबढ्ने र ऊर्जामन्त्री पोष्टबहादुर बोगटी र सचिव हरिराम कोइरालाको निर्णय र स्वीकृतिबाट एमओयु गरेकाले प्रकि्रयागत र कानुनी त्रुटि भएको छैनु पत्रमा उल्लेख छ । ऊर्जाको वार्ता टोली र थ्री गर्जेजबीच एमओयु गर्दा मन्त्री बोगटी र सचिव कोइरालासमेत उपस्थित रहेकोसमेत पत्रमा उल्लेख गरिएको छ ।
संसदीय समितिले भने अख्तियारी नै नभएको वार्ता टोलीले एमओयु गरेकाले कानुनी र प्रकि्रयागत त्रुटि भएको उल्लेख गर्दै सम्बन्धित अधिकारीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको थियो ।

सरकारी अधिकारीलाई दार्ताको खर्च एनजीओ/आईएनजीओ र ठेकेदारको निम्ता विदेश जान प्रतिबन्ध


काठमाडौं, १२ वैसाख- सरकारले सार्वजनिक पदधारण गरेका अधिकारीहरुलाई अर्थमन्त्रालयको पूर्व स्वीकृतिबिना वैदेशिक सहायताका आयोजनाको खर्चमा, एनजीओ, आईएनजीओ, परामर्शदाता या ठेकेदारको निमन्त्रणामा वैदेशिक भ्रमणमा जान प्रतिबन्ध लगाएको छ ।
सार्वजनिक पदधारण गरेका मन्त्रीदेखि मुख्यसचिव सचिव तथा विभिन्न आयोजना कार्यालय तथा संवैधानिक निकायका पदाधिकारी र कर्मचारीसम्म वैदेशिक सहायताका आयोजनाको खर्चमा तथा एनजीओ, आईएनजीओ परामर्शदाता या ठेकेदारको निमन्त्रणामा विदेश भ्रमणमा जाने प्रवृत्ति बढेपछि मन्त्रिपरिषदको बैठकले त्यस्तो प्रतिबन्ध लगाएको जानकारी सरकारी अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयको परामर्शमा विशेष निर्णय गरेको अवस्थामा बाहेक सार्वजनिक पदधारण गरेका कुनै पनि तहका पदाधिकारी दातृ मुलुक या संस्थाको कार्यक्रममा साधारण राहदानी लिएर विदेश जानसमेत प्रतिबन्ध लगाएको छ । साधारण राहदानी लिएर सार्वजनिक पदधारण गरेका व्यक्ति सरकारी निर्णय र स्वीकृतिबिना नै दातृ मुलुक या संस्थाको कार्यक्रममा जाने प्रवृत्ति बढेपछि मन्त्रिपरिषदले रोक लगाएको हो । मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयको परामर्शमा विशेष निर्णय गरेको अवस्थामा मात्र सार्वजनिक पदधारण गरेका व्यक्ति दातृ मुलुक या संस्थाको कार्यक्रममा जान पाउनेछन् ।
सरकारले परराष्ट्र मन्त्रालयको परामर्शमा मन्त्रिपरिषदबाट विशेष निर्णय गरेको अवस्थामा बाहेक सार्वजनिक पदधारण गरेका व्यक्तिहरुलाई दातृ मुलुक या संस्थाको कार्यक्रममा साधारण राहदानी लिएर विदेश जान प्रतिबन्ध लगाइएको निर्णय पत्राचार गरी दौत्य सम्बन्ध भएका सबै मुलुकलाई पत्राचार गरी तत्काल जानकारी गराउने भएको छ ।
मन्त्रिपरिषदले अर्थको पूर्व स्वीकृतिबिना वैदेशिक सहायताको खोजी गर्ने अनुरोध गर्ने सरकारको प्राथमिकतासम्बन्धी जानकारी दिने आयोजनाको अवधारणापत्र एवं प्रस्तावसहित पत्राचार गर्ने तथा समझदारीपत्र वा सम्झौतामा हस्ताक्षर गर्नेजस्ता कुनै पनि कार्य नगर्न सबै मन्त्रालय संवैधानिक निकाय र सरकारी स्वामित्वका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
संसदको सार्वजनिक लेखा समितिले केही समयअघि अर्थमन्त्रालयको पूर्व स्वीकृतिबिना विभिन्न आयोजना निर्माणका लागि समझदारी गर्ने वार्ता अघि बढाउनेजस्ता कार्यमा नियन्त्रण गर्न र सबै दाताबाट प्राप्त हुने सहयोग रकम सरकारी खातामार्फत् खर्च गर्न सरकारलाई निर्देशन दिएको थियो ।
सरकारी विकास तथा साधारण खर्चको विनियोजन र अनुगमन गर्ने अर्थमन्त्रालयको स्वीकृतिबिना नै विभिन्न निकायबाट दाता मुलुक तथा संस्थासित आयोजना विकास गर्न समझदारी गर्ने वार्ता अघि बढाउनेजस्ता कार्य हुन थालेपछि मन्त्रिपरिषदले त्यस्ता कार्यमा रोक लगाएको हो ।

Monday, April 23, 2012

नियमन गर्नुपर्ने सामान्य प्रशासन नै अस्थिरताको चपेटामा

नौ महिनामा तीन सचिव र सात सहसचिव फेरिए
काठमाडौं, ११ वैसाख- सम्पूर्ण निजामती कर्मचारीहरुको सरुवा-बढुवाको नियमन गर्ने सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार बनेपछि सबभन्दा अस्थिर हुन पुगेको छ । सामान्य प्रशासनमन्त्री रामकुमार यादवको कर्मचारीहरुमाथि नाजायज हस्तक्षेप र निजामती कर्मचारी युनियनहरुको दादागिरीका कारण मन्त्रालयको प्रशासन संंयन्त्र अस्थिर हुन पुगेको जानकारी स्रोतले दिए ।
यादवको हस्तक्षेप र युनियनहरुको दादागिरीका कारण भट्टराई सरकार बनेको नौ महिनामा सामान्य प्रशासनमा तीन सचिव र सात जना सहसचिव परिवर्तन भइसकेका छन् । सामान्यमा सचिव र सहसचिवभन्दा तल्ला अधिकारीको झन् बढी सरुवा भइरहेको छ । सामान्य प्रशासन यति अस्थिर कहिल्यै नभएको सरकारी अधिकारी नै बताउँछन् । 'यो प्रशासन संयन्त्र राजनीतिक हस्तक्षेपको चरम नमुना हो' ती अधिकारीले भने ।
अस्थिरताले सामान्य प्रशासन मन्त्रालयको कामकारबाहीमा नकारात्मक प्रभाव परेको र सचिव सहसचिव र तल्ला अधिकारी बारम्बार सरुवा भई अस्थिरता बढेको फाइदा लिई मन्त्री र युनियनहरुले नयाँ सचिव र सहसचिवलाई दबाबमा पारी मापदण्डविपरीत आफूअनुकूल कर्मचारीहरुको सरुवा गराउने प्रवृत्ति बढेको जानकारी एक सरकारी अधिकारीले दिए ।
'छिटोछिटो सचिव र सहसचिव परिवर्तन भइरहँदा मन्त्रालयको कामकारबाही बुझ्नै पाएका हुँदैनन् त्यही कारण मन्त्री नेता र युनियनले जुन सूची दियो उनीहरुले त्यहीअनुसार सरुवा गर्नुपर्ने बाध्यता हुन्छ' ती अधिकारीले भने- 'मन्त्रालयमा लामो समय काम गरेको अनुभवी कर्मचारी नहुँदा अरु मन्त्रालयको सरुवाको नियमन कार्यसमेत कमजोर हुन पुगेको छ ।' नौ महिनामा सामान्य प्रशासनमा प्रतापकुमार पाठक र तिलकराम शर्माको सरुवा भएर हाल धरणीधर खतिवडा तेस्रो सचिव छन् । यादवले पाठकलाई आफू मन्त्री भएको चार महिनामा र शर्मालाई त्यसको एक महिनामै सरुवा गरिदिएका हुन् । यो अवधिमा सामान्यबाट सहसचिवहरु दुर्गाििनधि शर्मा, विनोद केसी, केवल भण्डारी, केदार न्यौपाने, कृष्ण राउत, हरिकुमार श्रेष्ठको अन्य मन्त्रालयमा सरुवा भइसकेको छ ।
मन्त्री यादवले आफ्नो पालामा कर्मचारीको ठूलो संख्यामा मापदण्डविपरीत सरुवा भएपछि आफू विवादमा नपर्न त्यसको दोष सचिव र सहसचिवहरुलाई लगाई सरुवा गराएका हुन् । सहसचिवहरु केवल भण्डारी पाँच महिनामा, राउत डेढ महिनामा, श्रेष्ठ महिना दिनमा र न्यौपाने तीन दिनमै अन्यत्र सारिदिएका थिए । सहसचिवद्वय शर्मा र केसीमात्र आफू खुसी सरुवा भएका हुन् । शर्मा सुदूर पश्चिममा कामु क्षेत्रीय प्रशासक छन् भने केसी श्रम मन्त्रालयमा छन् ।
यसै साता अर्थमन्त्रालयबाट सहसचिव बेगेन्द्र पौड्याल र हालै बढुवा भएका सहसचिव किशोरजंग कार्कीलाई सामान्य प्रशासनमा ल्याइएको छ । पौड्याललाई मन्त्रालयको प्रशासन सुधार महाशाखा र कार्कीलाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

निष्क्रिय र छिन्नभिन्न भयो नागरिक समाज

भारतमा सामाजिक कार्यकर्ता अन्ना हजार नागरिक आन्दोलनको प्रतीक बनेका छन् । उनी आफ्नो मुलुकमा भ्रष्टाचारी र कालो धन राख्नेलाई कारबाही गराएर सुशासन कायम गराउन कडा लोकपाल कानुन निर्माणका लागि दबाब दिन उत्रँदा देशभरको नागरिक समाजले साथ िदंदै आएको छ । भारतमा नागरिक समाज यति सशक्त भइसकेको छ कि हजारे अनसनमा बस्दा हजारौंहजारले साथ दिने गरेका छन् । एक्लो हजारेको आन्दोलनले सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकारको जग नै हल्लिने गरेको छ । हजारेको पछिल्लो अभियानका क्रममा भारतका पाँचवटा प्रान्तमा चुनाव भयो । हजारेले भारतीय सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कडा कानुन बनाउन इमानदार छैन भनेर उत्रेकै कारण प्रमुख सत्तारुढ घटकले दूइटाबाहेक तीन प्रान्तमा नराम्रो हार बेहोर्नुपर् यो जबकि चुनावमा हजारे र त्यहाँको नागरिक समाज निरपेक्ष बसेको थियो कुनै दलविशेषको पक्ष÷विपक्षमा लागेको थिएन । छिमेकी मुलुकमा नागरिक समाज त्यति बलियो भइरहेको बेला हाम्रो नागरिक समाज यति कमजोर र विखण्डित भइसकेको छ कि यसको अस्तित्व नै छ कि छैन भन्नुपर्ने दिन आएको छ । ०४६ र ०६२/६३ को जनआन्दोलनमा नागरिक समाजको भूमिका प्रशंसनीयमात्र थिएन कि सधैं गर्व गरिरहन लायकको गौरवपूर्ण छ । त्यतिबेला नागरिक समाजको भूमिका नहुँदो हो त आन्दोलन सफल हुने कल्पनासम्म गर्न सकिन्नथ्यो । तर त्यही नागरिक समाज आज छिन्नभिन्न छ । नेपालमा नागरिक समाजको भूमिका स्थायी छैन अस्थायी प्रकृतिको छ । मुलुकलाई आवश्यक परेका बेला नागरिक समाजका अगुवाहरु स्वार्थबाट माथि उठी एकजुट भएर एउटै उद्धेश्यका लागि ऐतिहासिक अभियानमा उत्रने र अरु बेला सुस्ताउने गरेको पाइन्छ ।
०४६ सालको जनआन्दोलन सफल हुनुमा त्यति बेलाका अगुवा नागरिकहरुको ठूलो भूमिका थियो । तर त्यतिबेला नागरिक समाज भनेर नामाकरण भइसकेको थिएन । कांग्रेस र तत्कालीन बाममोर्चाको आह्वानमा फागुन ७ बाट सुरु भएको आन्दोलन चैत महिनाको पहिलो र दोस्रो सातासम्म पुग्दा शिथिल भइसकेको थियो पार्टीका नेता तथा कार्यकर्ता जेल परिसकेका थिए जनता सडकमा उत्रिइसकेका थिएनन् । त्यही बेला कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा नरहरि आचार्य, मंगलसिद्धि मानन्धर, देवेन्द्रराज पाण्डेलगायतको पहलमा प्राध्यापक वकिल र इन्जिनियरहरुले आन्दोलनको पक्षमा माहोल बनाउन ठूलो भेला गरे त्यहाँ प्रहरीले धरपकड गर् यो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका पार्टी नेता कार्यकर्ता विभिन्न पेसाकर्मीमाथि धरपकड गरिएको र यातना दिइएको विरोधमा ठूलो संख्यामा लेखक र कलाकारहरु त्रिचन्द्र कलेजमा भेला भई मुखमा कालोपट्टि लगाएर बसे । कालोपट्टि बाँधेर धर्ना दिने लेखक-कलाकारहरुमा पारिजात, वासु शशि, तुलसी भट्टराई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, युद्धप्रसाद मिश्रसहित सयौं थिए । यी दुई घटनापछि मुलुकमा आन्दोलनको माहोल बन्यो । सर्वसाधारणसहित सबै पेसातप्काका लाखौंको संख्यामा जनता सडकमा उत्रिए । जतिसुकै दमन गर्दा पनि लाखौंलाख जनता सडकमा उत्रिएपछि राजधानी नै ठप्प भयो । तत्कालीन राजा वीरेन्द्र २०४६ चैत २६ मा जनताका अगाडि झुकेर बहुदल घोषणा गर्न बाध्य भए । मुलुकमा आन्दोलन सफल भई प्रजातन्त्र बहाली भयो । जनआन्दोलन-०४६ को सफलतापछि नागरिक समाज विभिन्न राजनीतिक दलका नाममा विभक्त भए र नागरिक समाज शिथिल हुन पुग्यो । त्यसपछि लामो समयसम्म नागरिक समाजका नाममा खासै गतिविधि भएन ।
जब ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार भंग गरी शासन सत्ता आफ्नो हातमा लिए त्यसपछि मुलुकमा नागरिक समाज पुनः सल्बलायो । यसपटक नागरिक अगुवाहरुले नागरिक समाज नै भनेर अभियान सुरु गरे । माओवादी सशस्त्र द्वन्द्वमा थियो संसदवादी दलहरु सत्ताच्युत भएर सडकमा थिए । राजाको निरंकुश शासनविरुद्ध कांग्रेस एमालेसहितका संसदवादी दलहरु सडक आन्दोलनमा थिए । तर सत्तामा रहँदा नेताहरु अलोकपि्रय भएका कारण संसदवादी दलको आन्दोलनलाई सुरुमा जनताले साथ दिइरहेका थिएनन् । त्यस्तो अवस्थामा नागरिक समाजका अगुवाइ अपरिहार्य नै बनेको थियो । दलहरुले नै नागरिक समाजका अगुवाहरुलाई देशभर आन्दोलनको माहोल बनाउने अभियान सुरु गर्न प्रेरित गरेका थिए । दलको कार्यक्रममा जनता आउँदैनथे तर नागरिक समाजका अगुवाहरु उपस्थित कार्यक्रममा आमजनता ठूलो संख्यामा आउँथे । वामपन्थी हुन् या लोकतन्त्रवादी या माओवादीसँग निकट मानिने नागरिक समाजका सबै अगुवा राजाको निरंकुशताको विपक्षमा थिए त्यही कारण उनीहरु एक ठाउँमा उभिए र देशभर लोकतन्त्रको पक्षमा अभियानै चलाए । आमजनतालाई लोकतान्त्रिक आन्दोलनको पक्षमा तताउन कलाकार र संस्कृतिकर्मीहरुले समेत नागरिक समाजका अगुवासँगै अभियानमा सरिक भए । ०५९ देखि २०६२/६३ को आन्दोलनसम्म नागरिक समाजका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा दमननाथ ढुंगाना, कृष्ण खनाल, देवेन्द्र पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, शम्भु थापा, विष्णु निष्ठुरी सुशील प्याकुरेल, कविहरु अर्जुन पराजुली, श्रवण मुकारुङ, गायक नन्दकृष्ण जोशी, रामेश, रायन, जेबी टुहुरे, जीवन शर्मा र रुविन गन्धर्वलगायत थिए । नागरिक आन्दोलनको पृष्ठभूमिमा पेसागत संगठनहरुको साजाल पापड को योगदानसमेत आफैमां प्रशंसनीय थियो ।
आन्दोलनरत कांग्रेस एमालेसहितका संसदवादी दलहरुलाई संविधानसभा र गणतन्त्रको एजेन्डामा लैजानसमेत नागरिक समाजका अगुवाहरुको दबाबको ठूलो भूमिका छ । फलस्वरुप संसदवादी दल र सशस्त्र आन्दोलनमा रहेको माओवादीलाई एक ठाउँमा आए । दुई पक्षबीच नयाँ दिल्लीमा बाह्रबुँदे समझदारी भयो । संसदवादी दल र माओवादी राजतन्त्रको अन्त्य तथा संविधानसभा र गणतन्त्र स्थापनाका लागि सहमत भए त्यसपछि आमजनतामा मुलुकमा लोकतन्त्र र शान्ति बहाली हुने विश्वास जाग्यो र फलस्वरुप आन्दोलनको वातावरण बन्यो । संसदवादी दलहरुको आग्रहमा माओवादीले एकतर्फी युद्धविराम गर् यो । सात दलले आमहडतालको आह्वान गरे । आमहडताललाई माओवादीको समेत समर्थन छ यसको सफलतापछि माओवादी सशस्त्र द्वन्द्व छाडेर लोकतान्त्रिक मूलधारमा आउँछ भन्ने विश्वास जनतामा जाग्यो । सरकारले लगाएको कफ्र्यु तोड्दै १९ दिनसम्म देशभर लाखौंलाख जनता स्वस्फूर्त रुपमा सडकमा उत्रिए । तत्कालीन राजा ज्ञानेन्द्र १९ दिनमै जनताका सामु घुडा टेकेर प्रतिनिधिसभा पुनर्बहाली गर्न बाध्य भए । त्यसपछि माओवादी सशस्त्र द्वन्द्व छाडेर अन्तरिम संसद हुँदै लोकतान्त्रिक मूलधारमा आयो । जनआन्दोलन-२०६२/६३ को ऐतिहासिक उपलब्धिस्वरुप मुलुकमा २०६४ चैत २८ मा संविधानसभाको चुनाव भयो । नेपाली जनताले पहिलोपटक आफ्ना जनप्रतिनिधिमार्फत् संविधान निर्माण गर्ने ऐतिहासिक मौका पाए । संविधानसभाबाट २०६५ जेठ १५ मा शान्तिपूर्ण रुपमा मुलुकमा गणतन्त्र स्थापना भएको घोषणा भयो । २०६२/६३ को आन्दोलनको वातावरण तयार गर्न र त्यसलाई सफल बनाउन नागरिक समाजको ऐतिहासिक योगदान छ त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा माओवादीले सहरी विद्रोहमार्फत् सत्ता कब्जा गर्न राजधानी केन्द्रित आन्दोलन गर् यो । नागरिक समाजका अगुवाहरु र उद्योग वाणिज्य महासंघका प्रतिनिधिको आह्वानमा हजारौं जनता माओवादीलाई सहरी विद्रोह फिर्ता लिनका लागि दबाब दिन प्रदर्शनमा उत्रिए । त्यसपछि माओवादी आफ्नो सहरी विद्रोहको कार्यक्रम फिर्ता लिन बाध्य भयो । त्यति ठूलो योगदान गरेको नागरिक समाज माओवादीको सहरी विद्रोह फिर्ता भएपछि आफैं शिथिल र छिन्नभिन्न हुँदै गएको छ । मुलुकमा शान्ति प्रकि्रया र संविधान निर्माणमा ढिलाइ भइरहँदा नागरिक समाजले कुनै भूमिका निर्वाह गर्न सकेन शासकीय स्वरुप र संघीयताका सवालमा दलहरुलाई एक ठाउँमा ल्याउनसमेत नागरिक समाजका तर्फ कुनै पहलकदमी भइरहेको छैन । जनआन्दोलन-२०६२/६३ पछि साँच्चै भन्ने हो भने नागरिक समाजको कुनै उल्लेखनीय भूमिका देखिएको छैन ।
नागरिक समाजका अगुवा एवं लेखक खगेन्द्र संग्रौला राजाको निरंकुश शासनविरुद्ध एक ठाउँमा उभिएका वामपन्थी संसदवादी लोकतन्त्रवादी निकट बुद्धिजीवी र विभिन्न पेशाकर्मी लेखक कलाकारहरु मुलुकमा लोकतन्त्र बहालीपछि राजनीतिक रुपमा विभक्त भएका कारण नागरिक समाज कमजोर भई कुनै भूमिका खेल्न नसकेको बताउँछन् । उनका अनुसार माओवादी मूलधारमा आएपछि नागरिक समाज विभक्त हुन थालेको हो नागरिक समाज विभाजित हुने क्रम बढ्दो छ । 'बामपन्थी, संसदवादी, माओवादी निकट सबै राजाको निरंकुश शासनबाट पीडित थिए । राजतन्त्रको अन्त्य र लोकतन्त्र चाहने उनीहरु सबैले एक ठाउँमा उभिएर अभियान चलाएकाले नागरिक समाजको भूमिका सशक्त हुन पुगेको थियो' संग्रौलाले भने- 'तर अहिले नागरिक समाजका अगुवामध्ये कोही माओवादी कोही कांग्रेस कोही एमाले कोही मधेसवादी भनेर भनेर विभक्त भएका छन् । अहिले नागरिक समाज भन्ने नै बाँकी रहेको छैन ।' उनका अनुसार पार्टीहरुले पनि नागरिक समाजको उपेक्षा गर्न थालेका छन् । सत्तामा भएका दलहरुले नै आफ्नो स्वार्थअनुकूल कामकारबाही र अभिव्यक्ति दिनेलाई आफ्नो ठान्ने र विरोधमा बोल्नेलाई उपेक्षा गर्ने प्रवृत्तिले समेत नागरिक आन्दोलन कमजोर भएको हो ।
लामो लोकतान्त्रिक अभ्यास भएका मुलुकहरुमा नागरिक समाजको भूमिका सशक्त छ । भारतमा समेत नागरिक आन्दोलन सशक्त छ । भारतमा जस्तो नेपालमा पनि नागरिक आन्दोलन सशक्त हुन सक्तैन त भन्ने जिज्ञासामा संग्रौला भन्छन्- 'नेपाली समाज अहिलेजति विभाजित कहिल्यै थिएन नागरिकहरु पार्टी पार्टी क्षेत्र जातजातमा विभाजित छन् नागरिक समाज तत्काल एकताबद्ध हुन सक्ने अवस्था छैन । अहिले त माओवादी नागरिक समाज, कांग्रेस नागरिक समाज, जनजाति नागरिक, मधेसी नागरिक समाज अनेक नाममा समाज विभाजित छ ।' नागरिक समाजका अगुवाहरुले दलगत स्वार्थ र आफ्ना क्षेत्रीय जातीय स्वार्थबाट माथि उठेर व्यापक राष्ट्रिय चिन्तन दृष्टिकोणका साथ मुलुक र संघीय लोकतन्त्रको बृहत्तर हितका लागिमात्र एकजुट हुन सकेमात्र नागरिक आन्दोलनलाई फेरि सशक्त बनाउन सकिने विश्वास संग्रौलाको छ ।




Sunday, April 22, 2012

सरकारले भोलिलाई बिदा दियो लोकतन्त्र दिवस भने नमनाउने

काठमाडौं, १० वैसाख- सरकारले लोकतन्त्र दिवसका दिन सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको पछिल्लो बैठकले लोकतन्त्र दिवसका दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए । यसअघि मन्त्रिपरिषदले वर्षभरिको सार्वजनिक बिदाको निर्णय गर्दा लोकतन्त्र दिवसका दिन बिदा दिएको थिएन ।
माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यस वर्ष लोकतन्त्र दिवस भने नमनाउने निर्णय भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैसाख ११ को सम्झनामा सरकारले हरेक वर्ष सार्वजनिक बिदा िदंदै आएको छ ।
माओवादी दसवर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्व गर्ने भएकाले कांग्रेस एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिवसलाई नमाउने निर्णय गरेको जानकारी स्रोतले दिए ।
तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैसाख ११ मा लोकतन्त्र बहाली भएको हो जनसहभागिताको दृष्टिले जनआन्दोलन-०६२/६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा गणतन्त्र स्थापना भएको हो ।
तर माओवादी-मधेसवादी सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२÷६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।
यसअघि सरकारले हरेक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक माचमा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने गर्दै आएको थियो । समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो ।
माओवादी-मधेसवादी सरकारले फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएन । कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Thursday, April 19, 2012

माओवादी र मधेसवादी लोकतन्त्र विरोधी !

काठमाडौं, ७ वैसाख- माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यस वर्ष लोकतन्त्र दिवस नमनाउने भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैसाख ११ मा सरकारले सार्वजनिक बिदासमेत नदिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार फागुन ७ मा प्रजातन्त्र दिवससमेत नमनाएको सरकारले यस वर्ष लोकतन्त्र दिवससमेत नमनाउने र उक्त दिन सार्वजनिक बिदासमेत नदिने निर्णय गरिसकेको छ । माओवादी दसवर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्न गर्व गर्ने भएकाले कांग्रेस एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिनलाई स्मरण गर्न नचाहेको जानकारी स्रोतले दिए ।
गृह मन्त्रालयले अघिल्ला वर्ष झैं यस वर्ष पनि लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिन प्रस्ताव पठाए पनि मन्त्रिपरिषदले कुनै निर्णय नगरेको जानकारी स्रोतले दिए । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैसाख ११ मा लोकतन्त्र बहाली भएको हो जनसहभागिताको दृष्टिले जनआन्दोलन-०६२/६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन दुवै हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा गणतन्त्र स्थापना भएको हो ।
तर माओवादी-मधेसवादी सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२/६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।
यसअघि सरकारले हरेक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक माचमा र जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने र सार्वजनिक बिदा दिने गर्दै आएको थियो ।
समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो । हरेक वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा लोकतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समारोह समिति र मातहतमा विभिन्न उपसमिति तथा जिल्लाहरुमा पनि समारोह समिति गठन गरिन्थे । तर यस वर्ष लोकतन्त्र दिवस नमनाउन समारोह समिति र उपसमिति गठन नगरिएको जानकारी गृहका अधिकारीले दिए ।
सरकारले फागुन ७ मा प्रजातन्त्र दिवस नमनाएपछि कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेका थिए । त्यसपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्म आजीवन आवास. गाडी र सचिवालय सुविधा

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन गाडी र सचिवालय सुविधा
पूर्वगृहमन्त्रीलाई सुरक्षा थ्रेटका नाममा आजीवन गाडी सुविधा

काठमाडौं, ७ वैसाख- सरकारले पूर्वराष्ट्रपति उपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई आजीवन गाडी, सरकारी आवास तथा सचिवालयसहितको सुविधा दिने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामवरण यादवद्वारा बुधबार जारी पूर्वविशिष्ट पदाधिकारीको सुविधा र सुरक्षासम्बन्धी अध्यादेशमा पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई आवास र सचिवालयसहितको सुविधा दिने व्यवस्था गरिएको छ ।
अध्यादेशमा पूर्वप्रधानन्यायाधीश पूर्वसभामुखलाई गाडी र सचिवालय सुविधा तथा पूर्वगृहमन्त्रीहरुलाई इन्धनसहित गाडी सुविधा दिने व्यवस्था गरिएको छ । पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख र पूर्वगृहमन्त्रीहरुलाई आवास सुविधा भने दिने व्यवस्था गरिएको छैन । २०४६ सालपछिका पूर्वप्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख र पूर्व गृहमन्त्रीहरुलाई मात्र गाडीलगायतको सुविधा दिइनेछ त्यसका अघिका पदाधिकारीलाई भने दिइने छैन । पूर्व राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई दिइने आवास सुविधा भने मापदण्ड बनाएर दिने व्यवस्था अध्यादेशमा गरिएको छ ।
मुलुकमा विशिष्ट योगदान पुर् याउने विशिष्ट व्यक्तित्वलाई समेत सरकारका तर्फबाट आवास सुविधा उपलब्ध गर्ने व्यवस्था गरिएको छ । तर त्यस्तो सुविधा सरकारले चयन गरेको विशिष्ट व्यक्तिले मात्र पाउनेछ । सर्वोच्च अदालतले मंसिर २२ मा मन्त्रिपरिषदको तजबिजी निर्णयबाट पूर्वप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्मलाई दिइएको गाडी सुविधा खारेज गरी आवश्यक परेमा कानुन बनाएर उपलब्ध गराउन आदेश दिएकाले सरकारले अध्यादेश जारी गराएको हो ।
यसपटक पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई आजीवन सरकारी आवास र सचिवालयको सुविधा र पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई समेत सचिवालय र गाडी सुविधा दिने नयाँ व्यवस्था गरिएकाले सरकारको प्रशासनिक खर्च ठूलोमात्रामा बढ्ने सरकारी अधिकारीहरुले नै उल्लेख गरेका छन् ।
अध्यादेश जारी भएपछि २०४६ सालपछिका पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द सूर्यबहादुर थापा शेरबहादुर देउवा पुष्पकमल दाहाल झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालय सरकारी आवास र इन्धनसहितको गाडी सुविधा तथा पूर्व सभामुखहरु दमननाथ ढुंगाना रामचन्द्र पौडेल तारानाथ रानाभाटले आजीवन गाडी इन्धन र सचिवालयसहितको सुविधा पाउनेछन् । यी पाँचै जना पूर्वप्रधानमन्त्रीले सुविधामा टोयोटा ल्यान्डक्रुजर गाडी सुविधा लिएका थिए सर्वोच्चले सुविधा खारेज गरेपछि उनीहरुले फिर्ता गरेका थिए । सरकारले अध्यादेश जारी गर्नासाथ सबै पूर्वप्रधानमन्त्रीहरुलाई तिनै सुविधासम्पन्न गाडी सुविधामा दिने तयारी गरेको जानकारीसमेत सरकारी अधिकारीले दिए ।
ती अधिकारीका अनुसार संसद अधिवेशन नभएकाले पूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिन अध्यादेश जारी गरिएको हो । संसद अधिवेशन बसेपछि अध्यादेशलाई कानुनका रुपमा पारित गरिनेछ ।
सरकारी सुविधा पाउनेमा सबभन्दा बढी पूर्वप्रधानन्यायाधीश र पूर्व गृहमन्त्रीहरु हुनेछन् । सचिवालयसहित गाडी सुविधा पाउने पूर्व प्रधानन्यायाधीशहरुमा विश्वनाथ उपाध्याय केशवप्रसाद उपाध्याय केदारनाथ उपाध्याय हरिप्रसाद शर्मा दिलीपकुमार पौडेल गोविन्दबहादुर श्रेष्ठ ओमभक्त श्रेष्ठ मोहनप्रसाद शर्मा केदारप्रसाद गिरी मीनबहादुर रायमाझी अनुप शर्मा रामप्रसाद श्रेष्ठलगायत छन् ।
गाडी सुविधा पाउनेमा पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का गोविन्दराज जोशी पूर्णबहादुर खड्का रामचन्द्र पौडेल वामदेव गौतम केपी ओली कृष्ण सिटौला नारायणकाजी श्रेष्ठ भीम रावल कृष्णबहादुर महरा छन् ।
अध्यादेशमा पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मुाऐ आजीवन इन्धनसहित गाडी र सरकारी आवास सुविधाका अतिरिक्त सरकारी कर्मचारी रहेको स्थायी सचिवालयसमेत उपलब्ध गराउने भएको छ । पूर्वराष्ट्रपतिलाई २०० पूर्व उपराष्ट्रपतिलाई १७५ पूर्वप्रधानमन्त्रीलाई १५० पूर्वसभामुखलाई १५० लिटर पेट्रोल र आवश्यकताअनुसार मोबिल तथा मर्मत खर्च दिइने व्यवस्था अध्यादेशमा गरिएको छ ।
अध्यादेशका अनुसार सरकारले पूर्व राष्ट्रपतिलाई एक शाखा अधिकृत एक जना नायव सुब्बा र दुई कार्यालय सहयोगीसहितको स्थायी सचिवालयसमेत उपलब्ध गराउनेछ । पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई शाखा अधिकृत नायव सुब्बा र कार्यालय सहयोगी एक÷एक जना रहेको स्थायी सचिवालय उपलब्ध गराइनेछ । त्यसैगरी पूर्वप्रधानन्यायाधीश र सभामुखलाई नायव सुब्बा र कार्यालय सहयोगी एक÷एक जना रहेको स्थायी सचिवालय उपलब्ध गराइनेछ ।
सरकारले अध्यादेशमा पूर्वगृहमन्त्रीलाई पदबाट निवर्तमान भएको तीन वर्षसम्म र अरु पूर्व पूर्वगृहमन्त्रीलाई ुसुरक्षा थ्रेटु हेरेर इन्धनसहित गाडी सुविधा दिने व्यवस्था गरिएको छ । पदबाट बाहिरिएको तीन वर्ष बढी भएका पूर्वगृहमन्त्रीहरुलाई भने ुसुरक्षा थ्रेटु हेरेर गाडी सुविधा दिने अध्यादेशको व्यवस्थाको चरम दुरुपयोग हुने सम्भावना रहेको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । सुरक्षा थ्रेट भन्दै ०४६ सालयताका सबै पूर्वगृहमन्त्रीले यो सुविधा लिन सक्नेछन् यसअघि पनि सुरक्षा थ्रेट भन्दै सबै पूर्वगृहमन्त्रीले यो सुविधा लिएका थिए । पूर्वगृहमन्त्रीहरुलाई दिइने इन्धन र सचिवालयसम्बन्धी सुविधा भने सरकारले तोकेअनुसार हुने अध्यादेशमा उल्लेख छ ।



मन्त्रिपरिषदद्वारा संविधान निर्माण प्रकि्रया छोट्टयाउन संविधान संशोधन गर्ने निर्णय

काठमाडौं, ७ वैसाख- सरकारले संविधान निर्माण प्रकि्रया छोट्ट्याउन अन्तरिम संविधानमा दसौं संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले प्रमुख दलहरु माओवादी कांग्रेस एमाले र मधेसी मोर्चाबीच भएको सहमतिअनुसार संविधानसभाबाट संविधान निर्माणको प्रकि्रया छोट्ट्याउन संविधानको धारा ७० संशोधन गर्ने निर्णय गरेको जानकारी स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले दिए ।
संविधानको विद्यमान प्रावधानअनुसार जेठ १४ सम्ममा संविधान जारी गर्न सम्भव नभएकाले सरकारले संविधानमा संशोधन गर्ने निर्णय गरेको हो । संशोधन प्रकि्रया अघि बढाउन सरकारले तत्काल संसद अधिवेशन बोलाउने भएको छ । संविधानको धारा ७० मा 'संविधानको प्रस्तावना या कुनै धारा सर्वसम्मतिबाट पारित नभएमा कम्तीमा एउटा धारा पारित गराउन २२ दिन लाग्ने' प्रावधान छ ।
मन्त्रिपरिषदले संशोधन प्रस्तावमा 'संविधानको धारा ७० को उक्त प्रावधानको सट्टा संविधानसभाको दुई तिहाइ बहुमतले संविधानको प्रावधान र धारा पारित गर्ने प्रावधान राखेको छ ।' पारित गर्न समय लाग्ने धारा ७० मा व्यवस्था हटाउने प्रस्ताव गरिएको छ । यो व्यवस्थाअनुसार संविधानका धारा पारित गर्न समय लाग्ने छैन ।
पौडल हत्याको छानबिन गर्न आयोग
सरकारले झापाका पत्रकार यादव पौडेलको हत्याको छानबिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश कृष्णप्रसाद बस्यालको संयोजत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई एक महिनाको अवधि दिइएको छ ।
गणतन्त्र स्तम्भ कीर्तिपुरमा बन्ने
सरकारले कीर्तिपुरको त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्ल्खुमाथि रहेको डाँडामा गणतन्त्र स्तम्भ निर्माण गर्ने भएको छ । सरकारले मुलुकमा गणतन्त्र स्थापना भएको कुरालाई चिर स्मरणीय बनाउन गणतन्त्र स्तम्भ निर्माण गर्न लागेको हो । मन्त्रिपरिषदको बैठकले कीर्तिपुरको बल्खुमाथिको डाँडाको ६० रोपनी जग्गा स्तम्भ निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्तम्भ ९० मिटर उचाइको बनाइनेछ डिजाइनअनुसार स्तम्भ निर्माण गर्न सर्वा अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
ज्येष्ठ आरोहीलाई १० लाख
सरकारले ज्येष्ठ आरोही मिनबहादुर शेरचनलाई १० लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

Wednesday, April 18, 2012

लागत १४ करोड मानेर निजी क्षेत्रका आयोजनालाई राहत सुविधा दिने प्रस्ताव

राहत पाउने आयोजनाहरुले २०७१ भित्र ३ सय मेगावाट विद्युत उत्पादन गर्ने
काठमाडौं, ६ वैसाख- ऊर्जा मन्त्रालयले उत्पादन लागत प्रतिमेगावाट १४ करोड रुपैयाँलाई आधार बनाई २०७१ सालभित्र विद्युत् उत्पादन गर्ने निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुलाई राहत सुविधा दिने प्रस्ताव गरेको छ । सरकारले राहत सुविधा दिन लागेका ५० वटा आयोजनाबाट २०७१ भित्र ३ सय ५० मेगावाट विद्युत् उत्पादन हुने र त्यसबाट मुलुकमा लोडसेडिङ घटाउन ठूलो मद्दत पुग्ने जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार विभिन्न आयोजनाले प्रतिमेगावाट लागत १२ देखि २२ करोड रुपैयाँ रहेको दाबी गर्दै आवेदन दिएपछि मन्त्रालयले सबैलाई बराबर राहत दिन प्रतिमेगावाट लागत १४ करोडलाई आधार मानी राहत सुविधा दिने प्रस्ताव गरिएको हो ।
बैंक ब्याजदर बढेको स्थानीय समस्यालगायतका कारण आर्थिक संकटमा परेका निर्माणाधीन आयोजना र विद्युत् खरिद सम्झौता पीपीए गरिसकेका, तर आर्थिक संकटका कारण निर्माणमा जान नसकेका आयोजनाहरुलाई २०७१ भित्र विद्युत् उत्पादन गरिसक्ने शर्तमा सरकारले राहत सुविधा दिन लागेको हो ।
२०७१ भित्र सम्पन्न हुने आयोजनाहरुलाई प्रतिमेगावाट अधिकतम २ करोड रुपैयाँका दरले विद्युत् प्राधिकरणलाई सरह सहुलियतपूर्ण ऋण दिने भएको छ । सरकारले विद्युत् प्राधिकरणलाई ८ प्रतिशत दरमा सहुलियतपूर्ण ऋण दिने गरेको छ । त्यस्ता आयोजनाहरुलाई राहतस्वरुप बैंकको ऋण तिर्ने अवधि पे ब्याक पिरियड सात वर्षसम्मका लागि प्राधिकरणले विद्युत् खरिद दरभन्दा २० प्रतिशत बढी पोस्टेड रेट मा विद्युत खरिद गरिदिने भएको छ । लागत १४ करोड रुपैयाँ मान्दा ऋण भुक्तानी अवधि सात वर्षको हुने भएकाले त्यति समयका लागि सहुलियतस्वरुप पोस्टेड रेट दिन लागिएको हो ।
वर्षामा ४ र हिउँदमा ७ रुपैयाँ प्रतियुनिटका दरमा विद्युत् दिने सम्झौता गरेका त्यस्ता आयोजनाबाट प्राधिकरणले सात वर्षसम्म वर्षामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटका दरले विद्युत् खरिद गर्नेछ । यसबाट आयोजनाहरुलाई बैंकबाट लिएको ऋण र ब्याज भुक्तानी गर्न सहुलियत पुग्ने विश्वास प्रवद्र्धकहरुको छ ।
सन् २०७१ भित्र सम्पन्न हुने आयोजनाहरुलाई सहुलियतस्वरुप सरकारले निर्माण सामग्रीमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट र विलम्बबापतको जरिवानासमेत मिनाहा गर्ने भएको छ । तर २०७१ भित्र विद्युत् उत्पादन गर्न नसकेमा भने राहतसुविधा पाएका आयोजनाहरुलाई दण्डस्वरुप विलम्ब शुल्क दोब्बर तिराइनेछ ।
ऊर्जा मन्त्रालयले आह्वान गरेको सार्वजनिक आह्वानअनुसार २०७१ भित्र विद्युत् उत्पादन गरिसक्ने उल्लेख गर्दै ५० वटा आयोजनाले राहत सुविधा माग गर्दै आवेदन दिएका छन् । राहत सुविधा माग गर्दै आवेदन दिनेमा निजी क्षेत्रवाट निर्माणाधीन ३३ वटा र विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर निर्माणमा जान नसकेका १७ वटा आयोजना छन् । २०७१ सालभित्र निर्माणाधीन ३३ आयोजनाले २ सय ५० र निर्माणमा जान बाँकी आयोजनाले करिब एक सय मेगावाट विद्युत् उत्पादन गर्नेछन् । त्यसमध्ये राहत सुविधा पाएमा १३ वटा आयोजनाले २०६९ भित्रै विद्युत् उत्पादन गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ती आयोजनाबाट कुल ८० मेगावाट विद्युत् उत्पादन हुनेछ । निजी क्षेत्रका प्रवद्र्धकहरुको मागअनुसार सरकारले उनीहरुलाई राहत सुविधा दिन लागेको हो ।
ऊजा मन्त्रालयले ूनिजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई प्रदान गरिने सुविधासम्बन्धी कार्यविधि २०६८ बनाएको छ । कार्यविधिअनुसार राहत सुविधा सिफारिस गर्न ऊर्जा मन्त्रालयका नीति महाशाखा प्रमुख अर्जुन कार्कीको अध्यक्षतामा विद्युत् विकास विभागका सुई दिनेश घिमिरे प्राधिकरणका निर्देशक शेरिसंह भाट ऊर्जा मन्त्रालयका कानुन महाशाखाका उपसचिव इन्द्रकुमार चोङ्टेन्ली र विद्युत् शाखाका उपसचिव सागर गौतम सदस्यसचिव रहेको समिति गठन गरिएको छ ।
समितिले पहिलो चरणमा निर्माणाधीन आयोजनाहरुलाई र दोस्रो चरणमा निजी क्षेत्रसँग विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर निर्माणमा जान नसकेका १७ वटा जलविद्युत आयोजनालाई सुविधा दिन सिफारिस गर्ने जानकारी स्रोतले दिए । स्रोतका अनुसार निर्माणाधीन आयोजनाहरुलाई एक साताभित्रै राहत सुविधा दिन सिफारिस हुनेछ ।
राहत सुविधाका लागि आवेदन दिएका आयोजनामा आँखु खोला, सिपि्रङ खोला, मिडल चाकु, तल्लो चाकु खोला, चाकु खोला, अपर मैलुन ए, तल्लो इन्द्रावती खोला, माथिल्लो चाकु ए, जिरी खोला, पिखुवा खोला, झ्यादी खोला, जुम्दी खोला, भैरवकुण्ड, तादी खोला, सिउरी खोला, राधी खोला, खानी खोला-१, तल्लो मोदी, तल्लो मोदी-१, आँधी खोला, विजयपुर-१, बेल्खु, फावा खोला, तादी खोला, माथिल्लो माई खोला, चरणवती खोला, तल्लो बलेफी, माई खोला, छोटे खोला, धाँसी खोला, अपर मादी, मेलुङ खोला र मादी-१ खोला छन् ।

Tuesday, April 17, 2012

कृषि मन्त्रालयमा करोडौं भ्रष्टाचारको आशंकामा अख्तियार र सतर्कताद्वारा छानबिन

काठमाडौं, ५ वैसाख- कृषि मन्त्रालय र मातहतका विभिन्न निकायमा भएका करोडौं रुपैयाँ भ्रष्टाचार भएको र अरु दर्जनौं अनियमितता र अख्तियार दुरुपयोगका घटनामा दोषी अधिकारीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले भिन्नभिन्नै रुपमा छानबिन थालेका छन् ।
दुवै निकायले अनुसन्धान टोली र अधिकृत नै तोकेर सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएको ३ अर्ब अनुदान रकमको खर्च गर्दा र अघिल्लो वर्ष हाइबि्रड मकैमा घोघा नलागेपछि राहत वितरणमा करोडौं भ्रष्टाचार भएकोसहित विभिन्न घटनामा छानबिन थालेको जानकारी सम्बन्धित निकायका अधिकारीले दिए ।
अख्तियार र सतर्कता केन्द्रले कृषि मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीलाई हालै पत्र पठाई विभिन्न विषयमा आफ्नो निकायले छानबिन थालेको जानकारी गराउँदै सात दिनभित्र सम्बन्धित विषयको सक्कल कागजात पठाउन निर्देशन दिएका छन् । अख्तियारले तराईका चार जिल्लामा हाइबि्रड मकैमा घोघा नलागेपछि पीडित किसानलाई राहतबापत २० करोड रुपैयाँ वितरण गर्दा व्यापक अनियमितता भएको पाइएको भन्दै कृषि मन्त्रालयसित त्यससम्बन्धी निर्णय र रकम वितरण गर्दाको सक्कलै कागजात माग गरिएको जानकारी अख्तियारका एक अधिकारीले दिए ।
अघिल्लो वर्ष सर्लाही, बारा, पसा् र रौतहटमा हाइबि्रड मकैमा घोघा नै नलागेर किसान आन्दोलित भएपछि कृषि मन्त्रालयले २० करोड राहत बाँडेको थियो । राहत दिने क्रममा नक्कली किसान खडा गरेको, एउटै किसानलाई दोहोरो राहत दिएको, मकै खेती नै नलगाएका व्यक्तिलाई समेत राहत वितरण गरेको देखाएर भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियारले छानबिन थालेको हो ।
स्रोतका अनुसार अख्तियारले कृषि मन्त्रालयसित राहत निर्देशिका राहत, वितरण गर्दा भएको निर्णय रकम वितरणको भपाई, राहत पाउने व्यक्तिहरुको सूचीसहितको कागजात माग गरेको छ । मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व कृषि विभाग र मातहतका अधिकारी मिलेर अनियमितता गरेको आशंकामा छानबिन थालेको र अनुसन्धान पूरा भएपछि दोषी अधिकारीमाथि भ्रष्टाचार मुद्दा अदालतमा दायर गरिने जानकारी अख्तियारका अधिकारीले दिए ।
कृषि सामग्री कम्पनी लिमिटेडलाई सरकारले रासायनिक मल खरिदलगायतमा िदंदै आएको अनुदान रकम खर्च गर्दा हिनामिना भएको भनी महालेखा परिक्षकको कार्यालयले दिएको लेखा प्रतिवेदनअनुसार अनियमितता रोक्नेतर्फ कुनै कदम नचाली पुनः यस वर्ष तीन अर्ब रुपैयाँ दिई अपव्यय जारी राख्न िदंदा कृषि मन्त्रालयको नेतृत्व नै जिम्मेवार रहेको ठान्दै सतर्कता केन्द्रले छानबिन टोली नै बनाएर अनुसन्धान थालेको हो । कम्पनीले अनुदानबाट खरिद गर्दै आएको मलमा प्रतिबोरा ४ केजीसम्म मल कम भएको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी केन्द्रले दुग्ध विकास संस्थानलाई मन्त्रालयले अघिल्लो वर्षको अन्त्यमा असार २८ मा १ करोड ५० लाख रुपैयाँ अनुदान दिएको र त्यो रकम तीन दिनमा खर्च भएको देखाई हिनामिना गरिएको घोटालाको समेत छानबिन गरिरहेको छ । केन्द्रले संस्थानमा पटकपटक महाप्रबन्धक परिवर्तन गर्दा र दूध तथा दुग्धजन्य पदार्थ कम गुणस्तरको उत्पादन गरी भ्रष्टाचार भएकामा समेत छानबिन गरिरहेको केन्द्रका अधिकारीले दिए । ती अधिकारीका अनुसार लेखा परिक्षण प्रतिवेदन संस्थानमा अनियमितता भइरहेको औंल्याए पनि मन्त्रालयको नेतृत्वले त्यसतर्फ कुनै ध्यान नदिई मन्त्रालयले थप ३ करोड रुपैयाँ िदंदासमेत अनियमिततकाृ आशंका बढेको केन्द्रका अधिकारीले उल्लेख गरेका छन् ।
तत्कालीन कृषिमन्त्री नन्दनकुमार दत्त र वर्तमान राज्यमन्त्री ओमप्रकाश यादवले मन्त्रिपरिषद सचिवालयबाट तलबभत्ता र पेस्की पाउने प्रचलन भए पनि कृषि मन्त्रालयबाट समेत हचुवाका भरमा पेस्की लिइरहेको पाइएको भन्दै केन्द्रले छानबिन थालेको छ । केन्द्रले मन्त्रालयसित मन्त्री र राज्यमन्त्रीको पेस्की विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देश गरेको छ ।
केन्द्रले मन्त्रालय मातहतका विभिन्न बोर्ड र संस्थानबाट मन्त्री, राज्यमन्त्री, राजनीतिक नियुक्तिका अध्यक्ष, सदस्यलाई नियमविपरीत बढी रकम बैठक भत्ताबापत दिइएको पाइएको उल्लेख गर्दै छानबिनका लागि भत्ता विवरणको कागजात माग गरेको छ ।
बीउबिजन कम्पनीमा पटकपटक प्रबन्ध साचालक परिवर्तन गरेको, अनियमितता गर्न साथ नदिएको भन्दै अर्थमन्त्रालयको प्रतिनिधि जनकराज पन्तलाई नबोलाई बैठक गर्ने गरेको र आवश्यक बीउ बिक्रीविरतणको व्यवस्था गर्न नसकेकामा प्रश्न उठाउँदै केन्द्रले कम्पनीका निर्णय र कामकारबाहीमाथि छानबिन थालेको छ । बीउ बिजन कम्पनीको अध्ययक्ष जयनाथ राय यादव छन् । बीउबिजन कम्पनीको साचालक स्नातकोत्तर तह उत्तीर्ण बीउ विज्ञ नियुक्त हुनुपर्नेमा कानुनविपरीत प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गौरीकुमारी यादवलाई नियुक्त गरेकामा अख्तियारले छानबिन थालेको छ । अख्तियारले विज्ञका ठाउँमा कानुन मिचेर नियुक्ति गरेको र दुई जना वरिष्ठलाई बाइपास गरेर तेस्रो वरियताका प्रदीपकुमार यादवलाई बीउ बिजन कम्पनीको कामु प्रबन्ध साचालक नियुक्त गरेकामा कृषि सचिवसित लिखित स्पष्टीकरण मागेको छ ।
केन्द्रले कृषि मन्त्रालयमा मातहतका निकायमा लामो समयदेखि सहसचिव तहका १० जनाभन्दा बढी प्रमुख पद रिक्त राखेको र महत्वपूर्ण ठाउँमा पदस्थापन र सरुवा गर्दा मोलमोलाइ गर्ने गरेको भन्दै त्यसमा आर्थिक अनियमितता रहेको प्रश्न उठाएको छ । मन्त्रालयमा बिना दरबन्दी अधिकृतदेखि सहसचिवसम्म ६० जना काजमा छन् । मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वले 'आकर्षक' कार्यालयमा मोटो रकम नलिई पदस्थापन र सरुवा गर्न लामो समयदेखि पद रिक्त राख्ने गरेको पाइएपछि आफ्नो निकायले छानबिन थालेको जानकारी केन्द्रका एक अधिकारीले दिए । केन्द्रले समयमा रिक्त पदमा किन पदस्थापन र सरुवा नभएको भनेर प्रश्न उठाएको छ ।
स्रोतका अनुसार पशु सेवा विभागमा दुई उपमहानिर्देशक, कृषि विकास तथा अनुसन्धान कोषका सदस्यसचिव, कृषि तालिम केन्द्र पूर्वााचल प्रमुख, कालीमाटी तरकारी विकास समितिको कार्यकारी निर्देशक, कृषि विभागको कृषि बजार निर्देशनालय प्रमुख पद लामो समयदेखि रिक्त छन् । जबकि मन्त्रालयमा सहसचिवको पाँच जनाको दरबन्दी भए पनि सात सहसचिव छन् । महाशाखा प्रमुख हुनुपर्ने दुई सहसचिवलाई शाखा हेर्ने जिम्मा दिएर राखिएको छ भने अरुलाई दायित्व नदिई मन्त्रालयमा काजमा राखिएको छ ।

Monday, April 16, 2012

िसंचाइ विभागको डीजीमा दाहाल

लामो समयदेखि पाँच सहसचिव बरण्डामा बस्न बाध्य
काठमाडौं, ४ वैसाख- सरकारले िसंचाइ मन्त्रालयका सहसचिव खोमराज दाहाललाई िसंचाइ विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक अनिल पोखरेललाई विज्ञान मन्त्रालयमा सरुवा गरिएपछि रिक्त पदमा मन्त्रालयको नीति महाशाखा प्रमुख दाहाललाई सारिएको हो ।
दाहाल पोखरेलपछि विभागमा िसंचाइतर्फका सबभन्दा वरिष्ठ सहसचिव हुन् । विज्ञान मन्त्रालयबाट सरुवा गरी ल्याइएका सहसचिव ईश्वरिसंह थापालाई िसंचाइ मन्त्रालयको नीति महाशाखामा सरुवा गरिएको छ ।
युनियनको शैलीमा कर्मचारीहरुको दलबलका साथ पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेलाई भेटी िसंचाइमन्त्री यादवसित आफूहरुले काम गर्न नसक्ने भनी लबिङ गरेको र मन्त्रीको कार्यकक्षमा ताला नै लगाइदिने चेतावनी दिएकाले उनको सरुवा भएको जानकारी स्रोतले दिएको छ । आफ्नो मन्त्रालयका सचिव वृन्दा हाडालाई अमर्यादित शब्दमा गाली गरेको भन्दै पोखरल मन्त्री यादवका विरुद्धमा लबिङमा उत्रिएका थिए ।
झन्डै एक वर्षदेखि पदस्थापन हुन नसकेका कारण िसंचाइका पाँच प्राविधिक सहसचिव हाजिरमात्र गरेर दिन बिताउन बाध्य भएका छन् । मन्त्री यादव र सचिव हाडाबीच समन्वय हुन नसकेका कारण उनीहरुको पदस्थापनाका बारेमा िसंचाइ मन्त्रालयले कुनै निर्णय नगरेको जानकारी स्रोतले दिए । पदस्थापना नभएका कारण सहसचिवहरु बिना काम मन्त्रालयको बरण्डामा समय बिताउन बाध्य छन् भने पदीय हैसियतले पाउनुपर्ने गाडी सुविधासमेत पाएका छैनन् ।
पदस्थापना नभएका कारण लामो समयदेखि दायित्वविहीन सहसचिवहरुमा महाजन यादव, मथुरा डंगोल, राजेन्द्र अधिकारी, प्रकाश पौडेल र दिलीप कार्की छन् । जबकि राष्ट्रिय गौरवका दुई ठूला िसंचाइ परियोजना सिक्टा र रानीजमरा, क्षेत्रीय िसंचाइ कार्यालय मध्यमााचल र सुदूर पश्चिमााचल तथा िसंचाइ विभागमा सुई पद लामो समयदेखि रिक्त छन् ।

पौडेलको हत्याबारे उच्चस्तरीय मिडिया मिसनको प्रारम्भिक प्रतिवेदन

नेपाल पत्रकार महासंघद्वारा पत्रकार यादव पौडेलको हत्याबारे छानविन गर्न गठित
उच्चस्तरीय मिडिया मिसनको प्रारम्भिक प्रतिवेदन

पृष्ठभूिम
न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक एभीन्युज टेलिभिजन र राजधानी दैनिकका झापास्थित सम्वाददाता यादवप्रसाद पौडेल विगत ८ वर्षदेखि विर्तामोडमा रहेर पत्रकारिता पेशामा सकि्रय रहँदै आएका थिए । मोरङको सिजुवा गाविस वडा नं ९ सौठा स्थायी घर भएका पौडेल श्रीमती सोनम छोरा क्षितिज र छोरी वितिसाका साथ विर्तामोडमा वस्दै आएका थिए । खोज तथा अनुसन्धान रिपोर्टिङमा विशेष रुची राख्ने पौडेललाई हालै केटो झापावाट पहिलो पटक प्रकाशित पत्रिकाको नाममा स्थापित पुरस्कार पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ झापाले सम्मानित गरेको थियो । एक दशकभन्दा कम समय अवधिमै उनी मूलधारको पत्रकारितामा स्थापित भइसकेका थिए ।
उज्यालो पूर्व दैनिकको तयारी २०६८ चैत यता पत्रकार पौडेल आफ्नै सम्पादनमा उज्यालो पूर्व नामक दैनिक पत्रिकाको प्रकाशन गर्ने अन्तिम तयारीमा थिए । होटल व्यवसायी संघ झापाका पूर्व अध्यक्ष युवराज गिरी प्रकाशक रहने निश्चित भए पनि अन्य लगानीकर्ताको खोजी भइरहेको अवस्था थियो । पत्रिका प्रकाशनका लागि विर्तामोडस्थित श्याम मिष्ठान्न भण्डार एण्ड गेष्ट हाउसको एउटा कोठामा कार्यालय स्थापना
गरी ९ वटा कुसर्ी र तीन वटा टेवल राखिएको थियो । प्रकाशक युवराज गिरी र सम्पादक पौडेलले ती सामान खरिद गरी चैत २१ गते वेलुका ५।३० वजे कार्यालय कोठामा पुर् याएका थिए । त्यही दिन पत्रकार तथा कर्मचारी माग गर्न विज्ञापन छाप्न स्थानीय एक दैनिक पत्रिकालाई प्रकाशक गिरी र सम्पादक पौडेलले जिम्मा दिइसकेको तर विज्ञापन प्रकाशित भइनसकेको अवस्था थियो । पत्रिका प्रकाशनको तयारीमा लागे यताको एक महिना पत्रकार पौडेल र युवराज गिरीबीच निरन्तर भेटघाट हुने गरेको र अधिकांश समय दुवै
संगैसंगै हिँड्ने गरेका थिए । चैतको दोस्रो साता युवराज गिरीको मोटरसाइकल हराएपछि त झन् पौडेलले नै उनलाई राति समेत घर पुर् याउने काम गर्दै आएका थिए ।
घटना विवरण
२०६८ चैत २१ गते उज्यालो पूर्व दैनिकको कार्यालय भनिएको कोठामा केही फर्निचर राखेपछि पत्रकार पौडेल र गिरी विर्तामोडस्थित नयाँ वसपार्क नजिक रहेको होटल देउरालीमा खानपिनका लागि गएका थिए । त्यसपछि दुवै जना छुट्टाछुट्टै मोटरसाईकलमा विर्तामोड चोकमा रहेको जिल्ला ट्राफिक कार्यालय पुगे । त्यहाँ पौडेलले प्रहरी निरीक्षक नवराज खड्कालाई भेटी आफूले बैशाख १ गते नयाँ दैनिक पत्रिका उज्यालो पूर्व प्रकाशित गर्न लागेको जानकारी दिए । पहिलो अंकमा प्रथम पृष्ठमा शुभकामना विज्ञापन छाप्ने बारे कुरा गरे ।
त्यहाँबाट दुवै जना पूर्बााचल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा पुग्दा रातको ११ वजेको थियो । होटलमा खानपिन गर्दै गीत गाएर रमाइलो गरिरहेको अवस्थामा युवराज गिरीले मदन राई मेला साचालन र ठेक्कापट्टामा संलग्न स्थानीय लाई फोन गरे । करिव २१ मिनेट लामो टेलिफोन वार्तामा दुवैबीच चर्काचर्की भएको थियो । पुरानो लेनदेनको कुरा उठाउँदै गिरीले फोनमा मदनलाई गाली गलौज गरेका थिए । लगत्तै मदन राईको समूह होटलमा आई युवराज गिरीलाई बाहिर निकाल्न भन्दै हल्लाखल्ला गरेको थियो ।
हल्लाखल्ला र चर्काचर्की भइरहँदा होटल साहु सोमनाथ ढकालले युवराज गिरीलाई होटलको माथिल्लो तल्लामा जान आग्रह गरे । त्यसपछि होटल साहुनी माजु भनिने फूलमाया कार्की युवराज गिरी र पत्रकार पौडेल माथिल्लो तला तर्फ लागेका थिए ।
तल्लो तलामा रहेको रेण्टुरेन्टमा होटल साहु सोमनाथ र ग्राहक रोजन र योगेश रणपहेली ग्राहक खानपिनमै थिए । होटल साहु सोमनाथ ढकाल रोजन र योगेश रणपहेलीले अहिले गिरी खाएर मातेका छन् जे कुरा गर्नु छ भोलि गरौला भनेर मदन राईलाई सम्झाए । ल ठिक छ भोलि तपाईले नै युवराजलाई मेरो जिम्मा लगाउनु होला भनेर मदन राईको समूह करिव १०/१५ मिनेटपिछ त्यहाँबाट फर्कियो । तीनै जना होटल साुहनी माजु ढकाल युवराज गिरी र पत्रकार पौडेल होटलको छतमा गएको १५ मिनेट भित्र नै पौडेलको हत्या भयो । तीन तलामाथि छतवाट तल फालिएको अवस्थामा पौडेलको मृत शरीर फेला परेको थियो ।
प्रहरी घटना स्थलमा
विर्तामोड वसपार्क बिटका प्रहरी सहायक निरीक्षक रामकुमार शेर्पाको कमाण्डमा प्रहरी टोली सबैभन्दा पहिला घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा होटल साहु साहुनी छिमेकी जम्मा भइसकेका थिए । प्रहरी घटनास्थल पुगेपछि मात्र युवराजले आफू छतमा रहेको जानकारी गराएका थिए । घटनास्थालाई नियन्त्रणमा लिई प्रहरीले युवराज गिरी होटल साहु सोमनाथ ढकाल माजु फूलमाया कार्की लगायत १६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लियो ।
पोष्टमार्टमको रिपोर्ट
पोष्टमार्टम रिपोर्टमा पत्रकार यादव पौडेलको मृत शरीरमा कुनै धारिलो हतियार तथा अन्य चिजबस्तुले प्रहार गरेको देखिएको छैन । देव्रे हातको कुहिनो भाँचिएको, टाउकोमा रगत जमेको, देव्रे फोक्सो छेडिएर रगत जमेको कलेजो फुटेको देव्रे करङ भाचिएको अवस्था रहेको उल्लेख छ ।
सोनम पौडेल (श्रीमती यादव पौडेल) को भनाई
तीन जना मिलेर ५/५ लाख रुपैयाँ लगानी गरेर नयाँ पत्रिका निकाल्ने भन्नु हुन्थ्यो । युवराजले म एक्लै लगानी गर्छु भन्थ्यो रे । तर उहाँले नमानेपछि अरु पाँच लाख हामीले पनि लगाउने कुरा भएको सुनाउनुहुन्थ्यो । नयाँ पत्रिकाको तयारी गरेको एक महिना मात्र भयो । युवराजको मोटरसाइकल हरायो भनेका दिनदेखि बेलुका र राति पनि घरसम्म पुर् याउन भनेर युवराजले वोलाउने गरेको थियो । पहिले पसल चलाएका थियौ । त्यो वेचेपछि आएको पैसा व्याजमा लगाउने गरेका थियौ । १०-१२ दिनअघि उहाँले त्यो पैसा
मलाई राख्न दिनु भएको थियो । चैत २१ गते १ वजे म घर सौठा जान लागेपछि आज पैसा लग्छु । तीनै जनाको पैसा बैंकमा राख्नु छ भनेर माग्नु भएको थियो । मैले दिएर आएकी थिएँ । राति नहिँड्नु भन्दा मेरो गल्ती छैन केही हुँदैन भन्नु हुन्थ्यो ।
प्रत्यक्षदर्शी ः योगेश र रोजन रणपहेली
त्यो रात घटना हुँदा दुवै जना होटल साहु सोमनाथ ढकालसंगै खानपानमा थियौं । मदन राईको समुहले होटल बाहिरबाट युवराज गिरीलाई बाहिर निकाल भन्दै सटरमा डाङडुङ र हल्ला खल्ला गरेपछि साहु सोमनाथले युवराज गिरीलाई माथि जान भने । अिन माजुको पछि युवराज र युवराजको पछि पत्रकार पौडेल पनि माथि तिर लागे । हामी खाँदै थियौ । एक्कासी साहुनी माथिबाट अत्तालिएर कुद्र्दै तल आइन । सटर खोलेर वाहिरिन गइन् । कराउँदै हल्ला गर्न थालिन । छरछिमेकका मान्छे के भयो भनेर जम्मा भए । बाहिर निस्केपछि मैले पत्रकार पौडेलको लास होटल वाहिर सडकमा देखेँ । त्यसै बेला होटल साहुले मदन राईलाई फोन गरेर तेरो कारण मानिस मर् यो भने । केही क्षणमा मदन वाइकमा त्यहाँ आयो । लास हेरेर सुटुक्क हिडिहाल्यो ।
रमेश वस्नेत पूर्वााचल सेकुवा कर्नरसंगै जोडिएको पाँचथर दमक पोखरा गेष्ट हाउसका साचालक ।
छिमेकी होटल साहुनी जोड जोडले चिच्याएको सुनेपछि के हो भनेर बाहिर हेरेँ । मोवाइलको स्क्रिन लाईटले लास हेरेँ । मान्छे मरेको जस्तो लागेपछि घटनास्थलमा प्रमाण नमेटियोस् भनेर दुई छेउमा ढुंगा राखे । मानेछलाई लास नछुन भनेँ । पूर्वााचल सेकुवा कर्नरको सटर लगाई दिएँ ता कि कोही पनि भाग्न नपाओस् । आफ्नो घरको साँधमा त्यत्रो घटना भएपछि डर लाग्नु स्वभाविक थियो ।
माजु फूलमाया कार्की ढकाल होटल साहुनीले प्रहरीलाई दिएको भिडियो वयानमा आधारित सोम ढकालसंग विवाह भएको ८ वर्ष भयो । म उहाँकी कान्छी श्रीमती हुँ । ३ वर्षदेखि होटल व्यवसायमा लागेका हौँ । शुरुमा
वस पार्कमा ओमन एभर गि्रन होटल चलाएँ । त्यो होटल दर्ता गरेको थिएन । तीन महिनापछि फेरी फेवा ताल नामको अर्को होटल चलाएँ । केटी राखेको आरोपमा प्रहरीले छापा मारेपछि त्यो बन्द भयो । अनी पुर्वााचल सेकुवा कर्नर खोलेँ । चैत २१ गते होटल खोलेको दुई महिना पुग्यो ।
त्यो दिन युवराज गिरी र पत्रकार यादव पौडेल होटलमा आउनुअघि मदन राईको समुहले पनि खानपिन गरेर फर्किएको थियो । मदनका पाहुनाको रुपमा धरानका दुई भाइ योगेश र रोजन रणपहेली त्यहीँ वास वसेका थिए । मदन गएर होटलको सटर बन्द गरेपछि युवराजले ढोका खोल्न भने उनको साथमा पत्रकार यादव पौडेल पनि रहेछन् । यसअघि पौडेल एक पटक उनैसंग आएका थिए । खानपिन र गीत गाउने काम भइरहेको वेला युवराजले मदनलाई फोन गरे । निक्कै बेर चर्काचर्की भयो । केही समयपछि मदन राईको समुह आइपुग्यो । युवराजलाई ठिक लगाउँछौ भन्दै होटलको सटर ड्याङडुङ गरे ।
त्यो वेलासम्म गिरी पौडेल त मातेका थिए नै मैले पनि दुई पेक लगाएकी थिए । मेरो श्रीमानले युवराजलाई माथि लिएर जाउ भन्नुभयो । म अघि लागेँ युवराज र यादव पछिपछि थिए । युवराज र म छतमा
पुग्दा यादव आइपुगेका थिएनन् । युवराजले मेरो साथी खोई लिएर आउ भनेर पठाए । म जाँदा यादव कोठामा पल्टिरहेका थिए । मैले माथि साथीले खोजेको छ भन्दा आउन मानेका थिएनन् । कहाँ यहाँ सुतेको । माथि साथीले खोजिरहेको छ जाउँ भनेर ल्याएँ । छतमा पुगे पछि यादवले मलाई के छ हो साउनी भन्दै अंगालो मार्न खोजे ।
यतिकैमा युवराजसंग यादव दाइको भनाभन भयो । म कुकुरको छाउरो समाएर उभिएकी थिएँ । एकै छिनमा युवराजले उचालेर यादवलाई छतबाट फ्याँकी दियो । मैले छतबाट हेरेँ । भूइर्ंमा यादव दाइ छट्पटाई रहेका थिए । त्यही बेला युवराजले मलाई समातेर जीउ बटार्याे । भनिस् भने तेरो सबै विगारी दिन्छु भन्यो । उसबाट उम्किन खोज्दा मेरो म्याक्सीको पकेट च्यातियो । दौडेर तल आएँ । यादव दाइको शरीर चिसो भइसकेको रहेछ । म कराएको सुनेर छिमेकीहरु जम्मा भए । पुलिस आएपछि मात्र युवराजले म यहाँ छु भनेर करायो । उसले किन त्यस्तो गर् यो । उसको के दुश्मनी थियो मलाई थाहा भएन । युवराज र मेरो दुई वर्षदेखि शारीरिक सम्वन्ध थियो । भनिस् भने तलाई र तेरो श्रीमानलाई सिध्याई दिन्छु भन्यो ।
युवराज गिरी प्रहरीलाई दिएको भिडियो वयानमा आधारित म विदेशबाट आएपछि २०६० सालबाट होटल व्यवसायमा लागेको हुँ । गिरी ग्राण्ड होटल छ । इलेक्ट्रोनिक्स पसल र सहकारीमा पनि संलग्न छु । पछिल्लो समय पत्रकार यादव पौडेलसंग मिलेर उज्यालो पूर्व दैनिक पत्रिका निकाल्ने तयारीमा थिएँ । चैत
२१ गते विहानैदेखि हामीसंगै छौं । सबै लगानी मैले गर्ने र यादवजी सम्पादक हुने कुरा थियो । उहाँको एक रुपैयाँ पनि लगानी थिएन । दिनभर पत्रिकाको अफिसमा फर्निचर ल्याउने काम गर्यौ । राम्रो जनशक्ति राखेर पत्रिका चलाउने भनेर पत्रकारका लागि विज्ञापन छाप्न दियौं । वेलुका पख देउराली होटलमा तोङवा खायांै । ट्राफिक प्रहरीमा एक छिन बसेर फरि निस्कियौ । तीर्थ सिग्देललाई फोन गरेर ड्यानियल होटलमा वोलायौ । उहाँ आउनु भएन । अनि हामी वसपार्कतिर लाग्यौं । अन्दाजी ११ वजेतिर होटल खोल्न लगायौ । साहु साहुनी र दुई जना केटा खाँदै थिए । खाएको झोकमा मैले कस कसलाई फोन गरेँ । प्रहरी डीआईजीलाई पनि गरेछु ।
दुई चार वर्षअघि मेरो होटलमा खाएको पैसा अझै नतिरेको झोंकमा मैले मदन राईलाई फोनबाटै गाली गलौज गरेँछु । केही वार्तालाप मेरो मोवाइलमा रेकर्ड पनि गरेको छु ।
क्षणभरमै मदन राई र उसका केटाहरुले होटल बाहिर डाङडुङ गरे । साहुनीले भाग्नुस् भनिन् । उसैले छततिरको बाटो देखाइन । मदनहरु युवराजलाई निकाल म ठेगान लाउँछु भनेर कराउँदै थिए । म साहुनी र यादवजी मात्र छतमा पुग्यौ । डरले म पानी ट्याङकीबाट उक्लेर अर्को घरको टिनमा वसेँ । हातमा हेलमेट र मोवाइल थियो । त्यहीँबाट प्रहरीलाई फोन गरेँ । यादवलाई पनि गरेँ तर उठेन । म अत्तालिएको र हतास मानसकितामा थिएँ । अरु के भयो मलाई केही थाहा छैन ।
सोमनाथ ढकाल (होटल साहु) प्रहरीलाई दिएको भिडियो वयानमा आधारित
त्यो राति नौ वजेतिर मात्र म सिलिगुढीबाट आएँ । म होटलमा आउँदा मदन राईको टोली खानपिन गरिरहेको थियो । मदनका गेष्ट पनि थिए । मैले पनि रोमानो भोड्का खाएँ । थाकाई लागेको थियो ।
राति करिव ११ वजेतिर दुई जना मानिस आएर ढोका खोल भन्न थाले । श्रीमतीले युवराज र यादव दाइ आउनु भएको छ के गरौ भनिन् । हामीले नौ वजेपछि होटल बन्द गर्ने सहमति गरेको भए पनि चिनेको मानिस आएपछि जति बेला पनि खोल्ने गरेका छांै ।
उनीहरु आएपछि खानपिन सुरु भयो । गीत गाउन सुरु भयो । यादवजीले राम्रो गीत गाउनु भयो । त्यही बीचमा युवराजले मदन राईलाई फोन गरे । उनीहरुको फोनमै चर्काचर्की भयो । त्यसको केही समयपछि मदन राईको समुह त्यहीँ आयो र युवराजलाई बाहिर निकाल भन्न थाल्यो ।
मेरो मिसेसले युवराज र यादव सरलाई माथि लगिन । त्यसको केही समयपछि मदन राईहरु त्यहाँबाट गए । केही समयपिछ सटर ह्वार् खुल्यो । चेनगेटबाट बाहिर गएर पिसाव फेर्दा त मान्छे लडेको देखेँ । त्यसपछि मेरी श्रीमती आइन । पौडेल सर लडी रहनु भएको रहेछ । मैले इनिष्पेक्टरलाई फोन गरे । घटना भएपछि र्मैले मदनलाई फोन गरेर तैँले गर्दा यस्तो भयो भने । त्यसपछि उ आएर हेर् यो अनि तत्काल भागिहाल्यो ।
मदन राई फरार
पाँचथर घर भइ विर्तामोडमा ठेक्का पट्टा र मेला साचालन गर्दै आएका मदन राई अहिलेसम्म फरार छन् । प्रहरीले राई पक्राउ परेपछि अनुसन्धानको टुङ्गो लाग्ने अनुमान गरेको छ । सुरुका दिनमा राई सम्पर्कमा भए पनि पछि उनी सम्पर्कमा आएका छैनन् ।
युवराज र फूलमाया माजु को सम्वन्ध
युवराज गिरी होटल व्यवसायी संघको अध्यक्ष हुँदादेखि नै माजुसंग उनको शारीरिक सम्वन्ध रहँदै आएको थियो । श्रीमान नभएको मौकामा एक पटक आफू रक्सीले मातेको मौकामा गिरीले यौनसम्वन्ध राखेको र त्यसपछि व्ल्याकमेलिङ गरी श्रीमान नभएको बेला शारीरिक सम्पर्क गर्दै आएको वयान माजुले प्रहरीलाई दिएकी छन् ।
प्रहरी प्रशासनको भनाई
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले मिसनटोलीसंगको भेटमा घटनाका बारेमा अनुसन्धान पूरा भइनसकेको तर अहिलेसम्म प्राप्त तथ्य प्रमाणका आधारमा युवराज गिरी नै मुख्य दोषी देखिएको वताएका छन् । फरार रहेका मदन राई पक्राउ पर्नासाथ घटनाको सबै तथ्य बाहिर आउने प्रहरी प्रशासनको भनाइ छ ।
झापाका पत्रकारको अवस्था
पत्रकार यादव पौडेलको हत्यापछिका दिनमा झापाका पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न सक्ने अवस्था छैन । पत्रकारहरु भन्नु भयो गर्नु भयो भन्ने सतही समाचार लेख्न वाध्य छन् । पत्रकारका परिवारजनमा कति वेला के हुने हो भन्ने मानसिक तनाव रहेको देखिन्छ । झापा मात्र होइन यो घटनापछि पूर्वााचल क्षेत्रमै कार्यरत पत्रकारहरुमा समेत स्वतन्त्रतापूर्वक लेख्न नसक्ने अवस्था सिर्जना भएको छ ।
नेपाल पत्रकार महासंघ लगायत पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुले घटनाको विरोधमा लगातार कार्यक्रम गर्दै आएका छन् । त्यस्ता कार्यक्रमहरुमा विभिन्न राजनीतिक दल नागरिक समाज अधिकारकर्मी र सर्वसाधारणले ऐक्यवद्धता जनाइरहेका छन् । घटनाको छानविन गरी अपराधीलाई कानूनी दायराभित्र ल्याएर पीडितलाई न्याय दिन लगातार दवाव सिर्जना गर्ने काम गरिरहेका छन् ।
निष्कर्ष
१। मिसनले प्रत्यक्षदर्शी प्रहरी प्रशासन अनसुन्धानमा खटिएका अधिकारीहरुसंग गरेको कुराकानी र प्राप्त तथ्यका आधारमा पत्रकार यादव पौडेलको हत्या गरिएको देखिन्छ । पत्रकार पौडेलले सोमनाथ ढकाल र माजु ढकाल फूलमाया कार्की ले यस अघि साचालन गरेको ुफेवाताल होटलु मा हुने गरेको देहव्यापार वारे समाचार प्रकाशन र प्रशारण गरेका थिए । त्यस पिछ साचालकहरुले होटलको नाम फेरेर ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु खोलेको देखिन्छ । होटल पुन साचालनमा आएको ठिक दुई महिना पछि पत्रकार पौडेलको हत्या त्यही होटलमा हुनु संयोगमात्र मान्न सकिन्न ।
२। पत्रकार पौडेललाई ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु को तीनतला माथिको छतवाट युवराज गिरीले फालेर हत्या गरेको भन्ने होटल साहुनी माज फूलमाया कार्की ढकालले प्रहरी र पत्रकास सम्मेलनमा दिएको जानकारीले देखाउँछ । र पौडेललाई माथिबाट झारिएको भनेर पोष्टमार्टम रिपोर्टसमेतले पुष्टि गर्छ ।
३। घटना हुँदा युवराज गिरी माजु ढकाल र पत्रकार पौडेल मात्र छतमा रहेको भन्ने गिरी र ढकालले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । अहिलेसम्म मिसनलाई प्राप्त तथ्यका आधारमा पत्रकार पौडेलको हत्या कसरी भयो भन्ने आरोपी माजु ढकालको वयानबाट खुली सकेको छ । तसर्थ युवराज गिरी र मदन राईबाट थप विवरण खोज्न र यथार्थ बाहिर ल्याउन
मिसन अनुसन्धान निकायसंग माग गर्दछ ।
४। मदन राई लगायत घटनासंग सम्बन्धित अन्य अभियुक्त फरार रहेको भन्ने नाममा अनुसन्धानमा गरिएको ढिलाईप्रति मिसन
खेद व्यक्त गर्दछ । यसले पत्रकारहरुलाई बदनामी गर्ने हुनाले तत्काल अनुसन्धान पूरा गरी सत्यतथ्य बाहिर ल्याउन पिडितलाई न्याय र क्षतिपुर्ति दिन सरकारसंग माग गर्दछ । साथै सरकारले गठन गर्ने निर्णय गरेको न्यायिक आयोग तत्काल
गठन गर्न माग गदै पिडितलाई दिने भनिएको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन माग गर्दछ ।
५। समाजका सबै क्षेत्रसँग पत्रकारको सम्बन्ध व्यवसायिक हुनुपर्छ । पत्रकार आचारसंहिताको मर्म र भावना पनि यही हो ।
समाचार लेखिएको विषयमा पत्रकार जिम्मेवार हुनुपर्छ र त्यसले ल्याउन सक्ने जोखिमको आँकलन गर्नुपर्छ । आफैले समाचार लेखेको बिषयसंग सम्बन्धित ठाउँमा मध्यरातमा पुग्नु र राति अवेलासम्म रहनुजस्ता सार्वजनिक तथ्यले सो कार्य व्यवसायिक पत्रकारिताको मान्यताभित्र थियो/थिएन भनेर छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ कार्य समय स्थान र आफनो सुरक्षा बारे बिश्वस्त हुन र संगत गरिरहेको व्यक्तिका सम्बन्धमा ख्याल गर्न मिसन पत्रकार मित्रहरुसँग आह्वान
गर्दछ ।
कुराकानी गरिएका व्यक्तिहरु
१ नरेन्द्रराज शर्मा प्रमुख जिल्ला अधिकारी झापा
२ तारिणीप्रसाद लम्साल प्रहरी उपरीक्षक झापा
३ जीवन श्रेष्ठ नायव प्रहरी उपरीक्षक केन्द्रीय अनुसन्धान व्युरो
४ छविरमण भट्टराई प्रहरी निरीक्षक विर्तामोड
५ नवराज खड्का ट्राफिक प्रहरी निरीक्षक झापा
६ रामकुमार शेर्पा प्रहरी सहायक निरीक्षक बसपार्क बिट
७ तीर्थ सिग्देल सम्पादक न्यू मेची टाइम्स दैनिक
८ डा। सुमन फुयाल र डा। बालकृष्ण शाह मेची अाचल अस्पताल
९ सोनम पौडेल श्रीमती यादव पौडेल
१० राजु पारिक होटल व्यवसायी श्याम मिष्ठान्न भण्डार
११ भीम श्रेष्ठ स्थानीय वासिन्दा छिमेकी
१२ सावित्रा वस्नेत होटल व्यवसायी छिमेकी
१३ रमेश वस्नेत होटल व्यवसायी छिमेकी
१४ रोजन र योगेश रणपहेली अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्ति प्रहरीले लिएको भिडियो मिसन टोलीले हेरेका आधारमा तथ्य लिइएका व्यक्तिहरु माजु ढकाल फूलमाया कार्की घटनाको प्रत्यक्षदर्शी होटल साहुनी युवराज गिरी पत्रिकाका प्रकाशक एवम् घटनाको प्रत्यक्षदर्शी सोमनाथ ढकाल होटल साहु पूर्वााचल सेकुवा कर्नर
सोमनाथ ढकाल (होटल साहु) प्रहरीलाई दिएको भिडियो वयानमा आधारित
त्यो राति नौ वजेतिर मात्र म सिलिगुढीबाट आएँ । म होटलमा आउँदा मदन राईको टोली खानपिन गरिरहेको थियो । मदनका गेष्ट पनि थिए । मैले पनि रोमानो भोड्का खाएँ । थाकाई लागेको थियो । राति करिव ११ वजेतिर दुई जना मानिस आएर ढोका खोल भन्न थाले । श्रीमतीले युवराज र यादव दाइ आउनु भएको छ के गरौ भनिन् । हामीले नौ वजेपछि होटल बन्द गर्ने सहमति गरेको भए पनि चिनेको मानिस आएपछि जति बेला पनि खोल्ने गरेका छांै । उनीहरु आएपछि खानपिन सुरु भयो । गीत गाउन सुरु भयो । यादवजीले राम्रो गीत गाउनु भयो । त्यही बीचमा युवराजले मदन राईलाई फोन गरे । उनीहरुको फोनमै चर्काचर्की भयो । त्यसको केही समयपछि मदन राईको समुह त्यहीँ आयो र युवराजलाई बाहिर निकाल भन्न थाल्यो ।
मेरो मिसेसले युवराज र यादव सरलाई माथि लगिन । त्यसको केही समयपछि मदन राईहरु त्यहाँबाट गए । केही समयपिछ सटर ह्वार् खुल्यो । चेनगेटबाट बाहिर गएर पिसाव फेर्दा त मान्छे लडेको देखेँ । त्यसपछि मेरी श्रीमती आइन । पौडेल सर लडी रहनु भएको रहेछ । मैले इनिष्पेक्टरलाई फोन गरे । घटना भएपछि र्मैले मदनलाई फोन गरेर तैँले गर्दा यस्तो भयो भने । त्यसपछि उ आएर हेर् यो अनि तत्काल भागिहाल्यो ।
मदन राई फरार
पाँचथर घर भइ विर्तामोडमा ठेक्का पट्टा र मेला साचालन गर्दै आएका मदन राई अहिलेसम्म फरार छन् । प्रहरीले राई पक्राउ परेपछि अनुसन्धानको टुङ्गो लाग्ने अनुमान गरेको छ । सुरुका दिनमा राई सम्पर्कमा भए पनि पछि उनी सम्पर्कमा आएका छैनन् ।
युवराज र फूलमाया माजु को सम्वन्ध
युवराज गिरी होटल व्यवसायी संघको अध्यक्ष हुँदादेखि नै माजुसंग उनको शारीरिक सम्वन्ध रहँदै आएको थियो । श्रीमान नभएको मौकामा एक पटक आफू रक्सीले मातेको मौकामा गिरीले यौनसम्वन्ध राखेको र त्यसपछि व्ल्याकमेलिङ गरी श्रीमान नभएको बेला शारीरिक सम्पर्क गर्दै आएको वयान माजुले प्रहरीलाई दिएकी छन् ।
प्रहरी प्रशासनको भनाई
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले मिसनटोलीसंगको भेटमा घटनाका बारेमा अनुसन्धान पूरा भइनसकेको तर अहिलेसम्म प्राप्त तथ्य प्रमाणका आधारमा युवराज गिरी नै मुख्य दोषी देखिएको वताएका छन् । फरार रहेका मदन राई पक्राउ पर्नासाथ घटनाको सबै तथ्य बाहिर आउने प्रहरी प्रशासनको भनाइ छ ।
झापाका पत्रकारको अवस्था
पत्रकार यादव पौडेलको हत्यापछिका दिनमा झापाका पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न सक्ने अवस्था छैन । पत्रकारहरु भन्नु भयो गर्नु भयो भन्ने सतही समाचार लेख्न वाध्य छन् । पत्रकारका परिवारजनमा कति वेला के हुने हो भन्ने मानसिक तनाव रहेको देखिन्छ । झापा मात्र होइन यो घटनापछि पूर्वााचल क्षेत्रमै कार्यरत पत्रकारहरुमा समेत स्वतन्त्रतापूर्वक लेख्न नसक्ने अवस्था सिर्जना भएको छ । नेपाल पत्रकार महासंघ लगायत पत्रकारसंग सम्वन्धित संघ संस्थाहरुले घटनाको विरोधमा लगातार कार्यक्रम गर्दै आएका छन् । त्यस्ता कार्यक्रमहरुमा विभिन्न राजनीतिक दल नागरिक समाज अधिकारकर्मी र सर्वसाधारणले ऐक्यवद्धता जनाइरहेका छन् । घटनाको छानविन गरी अपराधीलाई कानूनी दायराभित्र ल्याएर पीडितलाई न्याय दिन लगातार दवाव सिर्जना गर्ने काम गरिरहेका छन् ।
निष्कर्ष
१। मिसनले प्रत्यक्षदर्शी प्रहरी प्रशासन अनसुन्धानमा खटिएका अधिकारीहरुसंग गरेको कुराकानी र प्राप्त तथ्यका आधारमा पत्रकार यादव पौडेलको हत्या गरिएको देखिन्छ । पत्रकार पौडेलले सोमनाथ ढकाल र माजु ढकाल फूलमाया कार्की ले यस अघि साचालन गरेको ुफेवाताल होटलु मा हुने गरेको देहव्यापार वारे समाचार प्रकाशन र प्रशारण गरेका थिए । त्यस पिछ साचालकहरुले होटलको नाम फेरेर ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु खोलेको देखिन्छ । होटल पुन साचालनमा आएको
ठिक दुई महिना पछि पत्रकार पौडेलको हत्या त्यही होटलमा हुनु संयोगमात्र मान्न सकिन्न ।
२। पत्रकार पौडेललाई ुहोटल पूर्वााचल एण्ड सेकुवा कर्नरु को तीनतला माथिको छतवाट युवराज गिरीले फालेर हत्या गरेको भन्ने होटल साहुनी माज फूलमाया कार्की ढकालले प्रहरी र पत्रकास सम्मेलनमा दिएको जानकारीले देखाउँछ । र
पौडेललाई माथिबाट झारिएको भनेर पोष्टमार्टम रिपोर्टसमेतले पुष्टि गर्छ ।
३। घटना हुँदा युवराज गिरी माजु ढकाल र पत्रकार पौडेल मात्र छतमा रहेको भन्ने गिरी र ढकालले प्रहरीसमक्ष स्वीकार
गरिसकेका छन् । अहिलेसम्म मिसनलाई प्राप्त तथ्यका आधारमा पत्रकार पौडेलको हत्या कसरी भयो भन्ने आरोपी माजु ढकालको वयानबाट खुली सकेको छ । तसर्थ युवराज गिरी र मदन राईबाट थप विवरण खोज्न र यथार्थ बाहिर ल्याउन मिसन अनुसन्धान निकायसंग माग गर्दछ ।
४। मदन राई लगायत घटनासंग सम्बन्धित अन्य अभियुक्त फरार रहेको भन्ने नाममा अनुसन्धानमा गरिएको ढिलाईप्रति मिसन
खेद व्यक्त गर्दछ । यसले पत्रकारहरुलाई बदनामी गर्ने हुनाले तत्काल अनुसन्धान पूरा गरी सत्यतथ्य बाहिर ल्याउन पिडितलाई न्याय र क्षतिपुर्ति दिन सरकारसंग माग गर्दछ । साथै सरकारले गठन गर्ने निर्णय गरेको न्यायिक आयोग तत्काल गठन गर्न माग गदै पिडितलाई दिने भनिएको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन माग गर्दछ ।
५। समाजका सबै क्षेत्रसँग पत्रकारको सम्बन्ध व्यवसायिक हुनुपर्छ । पत्रकार आचारसंहिताको मर्म र भावना पनि यही हो ।
समाचार लेखिएको विषयमा पत्रकार जिम्मेवार हुनुपर्छ र त्यसले ल्याउन सक्ने जोखिमको आँकलन गर्नुपर्छ । आफैले समाचार लेखेको बिषयसंग सम्बन्धित ठाउँमा मध्यरातमा पुग्नु र राति अवेलासम्म रहनुजस्ता सार्वजनिक तथ्यले सो कार्य व्यवसायिक पत्रकारिताको मान्यताभित्र थियो÷थिएन भनेर छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तसर्थ कार्य समय स्थान र आफनो सुरक्षा बारे बिश्वस्त हुन र संगत गरिरहेको व्यक्तिका सम्बन्धमा ख्याल गर्न मिसन पत्रकार मित्रहरुसँग आह्वान गर्दछ ।
कुराकानी गरिएका व्यक्तिहरु
१ नरेन्द्रराज शर्मा प्रमुख जिल्ला अधिकारी झापा
२ तारिणीप्रसाद लम्साल प्रहरी उपरीक्षक झापा
३ जीवन श्रेष्ठ नायव प्रहरी उपरीक्षक केन्द्रीय अनुसन्धान व्युरो
४ छविरमण भट्टराई प्रहरी निरीक्षक विर्तामोड
५ नवराज खड्का ट्राफिक प्रहरी निरीक्षक झापा
६ रामकुमार शेर्पा प्रहरी सहायक निरीक्षक बसपार्क बिट
७ तीर्थ सिग्देल सम्पादक न्यू मेची टाइम्स दैनिक
८ डा। सुमन फुयाल र डा। बालकृष्ण शाह मेची अाचल अस्पताल
९ सोनम पौडेल श्रीमती यादव पौडेल
१० राजु पारिक होटल व्यवसायी श्याम मिष्ठान्न भण्डार
११ भीम श्रेष्ठ स्थानीय वासिन्दा छिमेकी
१२ सावित्रा वस्नेत होटल व्यवसायी छिमेकी
१३ रमेश वस्नेत होटल व्यवसायी छिमेकी
१४ रोजन र योगेश रणपहेली अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्ति
प्रहरीले लिएको भिडियो मिसन टोलीले हेरेका आधारमा तथ्य लिइएका व्यक्तिहरु
माजु ढकाल फूलमाया कार्की घटनाको प्रत्यक्षदर्शी होटल साहुनी
युवराज गिरी पत्रिकाका प्रकाशक एवम् घटनाको प्रत्यक्षदर्शी
सोमनाथ ढकाल होटल साहु पूर्वााचल सेकुवा कर्नर
उच्चस्तरीय मिडिया मिसन
शिव गाउँले संयोजक अध्यक्ष नेपाल पत्रकार महासंघ
पोषण केसी सल्लाहकार नेपाल पत्रकार महासंघ
जगत नेपाल सचिव नेपाल पत्रकार महासंघ
मोहनकाजी न्यौपाने पूर्वााचल संयोजक एवम् केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ
गणेश पोखरेल अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
गोविन्दचन्द्र क्षेत्री पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
तारामणि सापकोटा पूर्व कोषाध्यक्ष नेपाल पत्रकार महासंघ झापा

शिव गाउँले संयोजक अध्यक्ष नेपाल पत्रकार महासंघ
पोषण केसी सल्लाहकार नेपाल पत्रकार महासंघ
जगत नेपाल सचिव नेपाल पत्रकार महासंघ
मोहनकाजी न्यौपाने पूर्वााचल संयोजक एवम् केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ
गणेश पोखरेल अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
गोविन्दचन्द्र क्षेत्री पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ झापा
तारामणि सापकोटा पूर्व कोषाध्यक्ष नेपाल पत्रकार महासंघ झापा

Sunday, April 15, 2012

मन्त्रिपरिषदद्वारा लडाकु छनौट कार्यविधि पारित

छनौट गर्न लोकसेवाका अध्यक्ष या निजले तोकेको सदस्यको अध्यक्षतामा समिति गठन
काठमाडौं, ३ वैसाख- सरकारले नेपाली सेनामा अधिकृतस्तरमा र सोभन्दा तल्ला पदमा समायोजन हुने माओवादीका लडाकुहरुको छनौट गर्न दुइटा छुट्टाछुट्टै उच्चस्तरीय छनौट समिति गठन गरेको छ । मन्त्रिपरिषदले दलहरुबीच विभिन्न समयमा भएका समझदारी र विशेष समितिको निर्णयअनुसार बढीमा ६ हजार ५ सय माओवादीका लडाकुलाई सेनामा समायोजन गर्ने निर्णय गरी छनौट प्रकि्रया सुरु गर्न समिति गठन गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बिहान बसेको बैठकले सेनामा समायोजन हुने लडाकु छनौट गर्न दुइटा समिति गठन गरेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए । उनका अनुसार सेनामा अधिकृतस्तरका दर्जामा समायोजन हुने लडाकुहरुको छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष या निजले तोकेका लाकसेवाकै सदस्यको अध्यक्षतामा समिति गठन गरेको छ ।
समितिमा सेनाका विशिष्ट श्रेणीका अधिकृत, रक्षा मन्त्रालयको प्रथम श्रेणीको अधिकृत, प्रधानसेनापतिले तोकेका सम्बन्धित विषयका कम्तीमा तीन जना विज्ञ सदस्य र सेनाको प्रथम श्रेणीको अधिकृत सदस्यसचिव रहनेछन् । समितिका रहने सैनिक अधिकारी र विज्ञ जंगी अड्डा र प्रधानसेनापति छत्रमानिसंह गुरुङ र रक्षाका अधिकारी मन्त्रालयस्तरीय निर्णयबाट तत्काल तोकिने जानकारी स्रोतले दिए । स्रातका अनुसार विज्ञबाट माओवादी लडाकुका तर्फबाट एक जना प्रतिनिधित्व गराइनेछ ।
सेनामा अधिकृतभन्दा तल्लो दर्जामा समायोजन हुने लडाकुको छनौट गर्न मन्त्रिपरिषदले सेनाको द्वितीय श्रेणीको अधिकृतको अध्यक्षतामा अर्को समिति गठन गरेको छ । समितिमा सम्बन्धित विषयका सेनाका दुई जना विज्ञ, लोकसेवाका अधिकृत सदस्य र सेनाका तृतीय श्रेणीका अधिकृत सदस्यसचिव रहनेछन् । जंगी अड्डा तथा प्रधानसेनापतिले अध्यक्ष र सदस्य तथा लोकसेवाका प्रतिनिधि लोकसेवा आयोगले तोकेपछि समितिले काम गर्न थाल्नेछ ।
सरकारले माओवादी लडाकुलाई समायोजन गर्न नेपाली सेनाको मातहतमा महानिर्देशनालय गठन र त्यसको मातहतमा चारवटा निर्देशनालय राख्ने निर्णयसमेत गरेको छ । निर्णयअनुसार महानिर्देशनालयमातहतमा राष्ट्रिय विकास निर्देशनालय, औद्योगिक सुरक्षा निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनालय गठन रहनेछन् ।
माओवादी लडाकुबाट ६ हजार ५ सय जना समायोजन गरिने महानिर्देशनालयमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट गरी बढीमा १८ हजार ५ सय ७२ जना रहनेछन् । महानिर्देशनालयमा सेना र लडाकुबाट ३५/३५ प्रतिशत र बाँकी ३० प्रतिशत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लिने निर्णय गरेको छ ।
महानिर्देशनालयमा रहने १८ हजार ५ सय ७२ दरबन्दीमध्ये राष्ट्रिय विकास निर्देशनालयमा ३०, औद्योगिक सुरक्षा निर्देशनालयमा २०, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा ३० र विपद व्यवस्थापन निर्देशनालयमा २० प्रतिशत राख्ने विशेष समितिको निर्णयलाई समेत मन्त्रिपरिषदले अनुमोदन गरेको छ ।
समायोजनका लागि लडाकुको छनौट प्रकि्रया सकिएपछि महानिर्देशनालय र निर्देशनालयको नेतृत्वको बारेमा निर्णय हुने जानकारी अर्थमन्त्री पुनले जानकारी दिए । महानिर्देशनालय र निर्देशनालयमा माओवादी लडाकुलाई बढीमा कुन दर्जासम्म दिने भन्ने निर्णय भने समायोजन हुनेहरुको छनौट प्रकि्रया पूरा भइसकेपछि हुने जानकारी सरकारी स्रोतले दिए ।
मन्त्रिपरिषदले विशेष समितिको निर्णय र दलहरुबीचको समझदारीअनुसार समायोजन हुने लडाकुलाई सेनामा दिइने अधिकृतस्तर र तल्ला दर्जाको आधारभूत तालिमको अवधिसमेत घटाएको छ । अधिकृतस्तरको आधार तालिम १८ महिनाबाट ९, सैन्य आधारभूत तालिम ९ महिनाबाट सट्टा ७ महिनामा झारिएको छ । हरेक दर्जाका व्यक्तिलाई ३/३ महिनाको दर्जा विशेषको तालिम दिइनेसमेत कार्यविधिमा उल्लेख छ ।
दलहरुलाई सरकारको अपिल
यसैबीच मन्त्रिपरिषदले जेठ १४ भित्रै सहमतिमा संविधान निर्माण लागि कार्य सम्पन्न गर्नका लागि गम्भीर र एकताबद्ध भएर लाग्न र बन्द हडताल नगर्न सबै दललाई अपिल गरेको छ । सरकाले समयमै संविधानका निर्माणका लागि लागि आवश्यक वातावरण बनाउन र रचनात्मक दबाब दिनका लागि का लागि आ-आफ्नातर्फबाट पहल गर्न नागरिक समाज र विभिन्न पेसागत संघसंगठनलगायतलाई आह्वानसमेत गरेको छ ।




Friday, April 13, 2012

पूर्वराजालाई सैन्य टोलीले छाड्यो

ज्ञानेन्द्रको सुरक्षाको जिम्मा सशस्त्रलाई
काठमाडौं, १ वैसाख- नेपाली सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरÔार्थ खटिएको सैनिक टोलीलाई फिर्ता गरेको छ । सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षाको जिम्मा बिहीबारदेखि सशस्त्र प्रहरीले लिएपछि सैन्य टोली फिर्ता गरिएको जानकारी सैनिक अधिकारीले दिए ।
मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि सरकारले दिएको आवास नागार्जुन दरबारमा सरेका पूर्वराजाको ज्ञानेन्द्रको सुरÔाको जिम्मा सेनालाई दिइएको थियो । २०६५ जेठदेखि तत्कालीन सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षामा सेनाले मेजरको कमान्डमा २५ जनाको सैन्य टोली खटाउँदै आएको थियो ।
वर्तमान सरकारले पूर्वराजाको सुरक्षाको सम्पूर्ण जिम्मा सशस्त्र प्रहरीलाई दिने त्यहाँ रहेका सैन्य टोली फिर्ता गर्ने भनी छ महिनाअघि गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । सरकारको निर्णयअनुसार पूर्वराजाको सुरक्षार्थ सशस्त्र प्रहरीको थप टोली खटिएपछि त्यहाँ खटिएका सेनालाई फिर्ता गरिएको हो ।
करिब चार वर्षदेखि तैनाथ सैन्य टोली फिर्ता भएपछि पूर्वराजा ज्ञानेन्द्रको सुरÔाको सम्पूण्र्ँ जिम्मा बिहीबारदेखि सशस्त्र प्रहरीले लिएको छ । नागार्जुन दरबारको सुरक्षामात्र होइन अब पूर्वराजा ज्ञानेन्द्र स्वदेशभित्र भ्रमणमा जाँदासमेत गाडीमा पस्रनल सेक्युरिटी र इस्कर्टिङको कामसमेत सेनाको सट्टा सशस्त्र प्रहरीको टुकडीले गर्नेछ ।
नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले सरकारको पुरानै निण्र्ँयअनुसार पूर्वराजाको सुरक्षार्थ खटिएको सैन्य टोली फिर्ता गरिएको जानकारी दिए । 'सरकारले पहिल्यै निर्णय गरे पनि सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षाको सम्पूर्ण जिम्मा लिन आवश्यक तयारी गर्न केही समय लागेकाले ढिलाइ भएको हो । सशस्त्रको तयारी पूरा भएपछि बिहीबारदेखि सैन्य टोली फिर्ता भएको हो' क्षेत्रीले भने ।
सैनिक टोलीको सट्टामा पूर्वराजाको सुरक्षार्थ गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरीबाट डीएसपी उद्धव रावलको कमान्डमा थप ५० जनाको टोली नागार्जुनमा खटाइएको छ । 'पूर्वराजाको पस्रनल क्लोज प्रोटेक्सन र स्कर्टिङ भित्री सुरक्षा को काम सेनाले र सशस्त्रले पूर्वराजा बस्ने नागार्जुन दरबार र पूर्वयुवराज बस्ने निर्मल निवासको टेलिमिटर सेक्युरिटी बाहिरी सुरक्षा को जिम्मेवारी िलंदै आएका थिए' सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले भने- 'सेनाले गर्दै आएको पूर्व राजाको पस्रनल क्लोज प्रोटेक्सन र इस्कर्टिङको जिम्मासमेत बिहीबारदेखि सशस्त्र प्रहरीले लिएको छ ।'
सेना फर्किएपछि पूर्वराजाको सुरक्षार्थ थप ५० जनाको टोली खटाइएको छ । नागार्जुन र निर्मल निवासको टेलिमिटर सेक्युरिटीका लागि सशस्त्र प्रहरीको ७१ जनाको टोली पहिल्यैदेखि परिचालित छ ।

अनधिकृतरुपमा विदेश गएकामा कृषि सचिवमाथि छानबिन

काठमाडौं, १ वैसाख- राष्ट्रिय सतर्कता केन्द्रले कृषि सचिव नाथुप्रसाद चौधरी मन्त्रिपरिषदबाट स्वीकृति नलिईकन अनधिकृतरुपमा सरकारी टोलीको नेतृत्व गर्दै विदेशमा कार्यशालामा सहभागी हुन गएकामा छानबिन थालेको छ । चौधरी मन्त्रिपरिषदको स्वीकृतिबिना नै विदेश भ्रमणमा गएको उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा केन्द्रले टोली नै बनाएर उनीमाथि छानबिन थालेको हो ।
चौधरी २०६७ सालमा कृषि मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मण पोखरेलसहितको टोलीको नेतृत्व गर्दै अस्ट्रेलियामा बर्डफ्लु नियन्त्रणसम्बन्धी कार्यशालामा सहभागी भएका थिए । सचिव सरकारी प्रतिनिधिका रुपमा विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषदबाट पूर्व स्वीकृति लिनुपर्छ । तर केन्द्रको टोलीले मन्त्रिपरिषदका निर्णय केलाउँदा चौधरीले अस्ट्रेलियामा जाँदा स्वीकृति लिएको नपाइएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
'केन्द्रले रेकर्ड हेर्दा मन्त्रिपरिषदबाट चौधरीलाई अस्ट्रेलिया जान स्वीकृति दिने निर्णय भएको पाइएन' ती अधिकारीले भने । स्रोतका अनुसार केन्द्रले मन्त्रिपरिषदबाट स्वीकृति लिएको नदेखिएकाले सचिव चौधरीलाई नै सरकारबाट भ्रमणमा जान सहमति लिएको लिखित प्रमाण पेस गर्न आग्रह गरेको छ ।
चौधरीले प्रमाण देखाउन नसकेमा छानबिन टोलीले मन्त्रिपरिषदको स्वीकृतिबिना अनधिकृत रुपमा विदेश गएको ठहरसहित उनीमाथि नसहितसहितको विभागीय कारबाही गर्न र भ्रमणमा जाँदा खर्च भएको रकम बेरुजु हुने भएकाले उनीबाटै असुल उपर गर्न सिफारिस गर्ने जानकारी केन्द्रका अधिकारीले दिए । केन्द्रको सिफारिसमा सचिवमाथि कारबाहीको निर्णय भने मन्त्रिपरिषदले गर्छ ।

Thursday, April 12, 2012

प्रधानमन्त्री भट्टराईको विशेष सम्बोधन


आदरणीय आम नेपाली आमाबुबा, प्यारा दिदीबहिनी तथा दाजुभाइहरू,
सबैभन्दा पहिले म बलिदानी संघर्षका अनेक श्रृफ्लाको अजेय शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोल्न अतुलनीय योगदान पुर्‍याउने दशवर्षे जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन, तराईमधेश आन्दोलन लगायतका सबै न्यायपूर्ण आन्दोलनहरूमा सहादत प्राप्त गर्ने शहिदहरू र बेपत्ता योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र  जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते तथा अपाङ्गहरू प्रति उच्च सम्मान प्रकट गर्दछु । साथै ती तमाम आन्दोलनहरूमा आˆना सहयोद्धा तथा आफन्तजन गुमाएको पीडामा परेका दिदीबहिनी/दाजुभाइ प्रति हार्दिक सहानुभूति व्यक्त गर्न चाहन्छु । इतिहासका हरेक लडाईमा एउटा समुन्नत र समतामूलक नेपालको सपना देख्ने ती तमाम योद्धाहरू तथा शहिदहरूको सपना साकार पार्न म जीवनपर्यन्त लडिरहने वचनवद्धता व्यक्त गर्दछु ।

आज म मुलुकको कार्यकारिणी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको ७ महिना पश्चात एउटा युगको अन्त भएको र अर्को संस्थागत भैनसकेको संक्रमणकालको यथार्थतालाई आत्मबोध गर्दै केही उत्साहका कुरा, केही असजिलाहरू र केही मेरो भावनाका कुरा तपाई नेपाली जनता समक्ष स्पष्ट राख्ने उद्देश्यले यहाँ उपस्थित भएको छु ।
सात महिनाअघि मुलुकको राजनीति एकपछि अर्को वक्ररेखामा फसेको थियो । राजनीतिक शक्तिहरुबीच संवादको स्तर एकदमै दयनीय थियो र शान्ति र संविधानको राष्ट्रिय प्राथमिकता गणितीय राजनीतिका एकपछि अर्का असफल खेलहरुबाट नराम्ररी प्रभावित भइरहेको थियो । शान्ति र संविधानका जटिल कार्यभार पूरा गर्न नसकी नेपाल कतै असफल राष्ट्र हुने त होइन भन्ने आशंका देशभित्र र बाहिर पनि बढिरहेका बेला मेरो नेतृत्वको सरकारको गठन भएको थियो । सात महिनापछि अहिले आन्तरिक र बाह्य रुपमा पनि अविश्वासको वादल फाटेको छ र विश्वासको घाम लागेकोे छ । दलहरुबीचका आशंका मेटिदै गएका छन् र भरोसा थपिदै गएको छ । सबैभन्दा मुख्य उपलब्धि के भने प्रतिक्रिया र निषेधको ध्वंशात्मक राजनीति त्यागेर मुलुक फेरि क्रियात्मक र रचनात्मक राजनीतिमा फर्केको छ । यो वातावरणको निर्माण र सहजीकरणमा मेरो नेतृत्वको सरकारले योगदान गर्न पाएकोमा म गौरवान्वित र हषिर्त छु ।
यो सरकार गठन सँगै नागरिकका आकांक्षाहरु चुलिए । किनकि एकातिर सदियौँ देखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पिडनबाट पिल्सिएका जनसंख्याको ठूलो हिस्सा गणतन्त्रको स्थापना पछि उनीहरूका मुद्दाको यथोचित सम्वोधन हुन नसक्दा क्रमशः अधैर्य र निरास हुँदै जान थालेको थियो ।  लामो समय देखि शिविरमा खुम्चिएर अनिश्चित भविष्य बोकेर बसेका जनमुक्ति सेनाको ठूलो हिस्सा शान्ति प्रकृयाको गन्तव्यको व्यग्र प्रतीक्षामा रहेको थियो ।  नागरिक समाज र आम जनसमुदायमा पनि संविधान निर्माण प्रकृयामा गतिरोध पैदा हुँदा र दलहरू सरकार बनाउने र भत्काउने खेलमा लागि रहँदा अक्रोस र निराशा बढ्दै गरेको थियो ।  संक्रमण लम्बिदै जाँदा शान्ति सुव्यवस्थामा देखिएका विकृतिहरू, हिंसाको सँस्कृति, राजनीति र प्रशासनमा अपराधको घुसपैठ, महङ्गी र सरकारी सेवामा देखिएका विकृति विसंगतिबाट आम जनसमुदायले राहत खोजिरहेको थियो ।  त्यस्तो नकारात्मक वातावरणको एउटा उत्कर्षको विन्दुमा मेरो नेतृत्वमा सरकार बन्यो । त्यसैले यस सरकार प्रति जनताका धेरै अपेक्षा थिए । यिनै जनताका अपेक्षालाई बोध गरेर नै यो सरकारले शान्ति, संविधान, सुशासन र संवृद्धिका चार प्राथमिकता तय गरेको थियो ।

सरकार गठन पश्चात नै सरकारले मूलतः आˆनो ध्यान शान्ति प्रकृयालाई तीव्रता दिने र संविधान निर्माणका लागि आफूले पहलकदमी लिनुका साथै सहज वातावरण बनाउने कामलाई प्राथमिकता दियो । सरकार गठन भए लगत्तै सेना समायोजन विशेष समितिको पहिलो बैठकबाट शिविरमा रहेका हाहतियारका कन्टेनरको साँचो हस्तान्तरण गरियो । यो तत्काल सरकारले चालेको शान्ति प्रकृयालाई गुणात्मक रुपमै अगाडि बढाउने अत्यन्त महत्वपूर्ण आधारभूत काम थियो । तत्पश्चात सरकार कहिलै पछाडि फर्केको छैन । यहि चैत्र २८ गते हामीले शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण र जटील काम सेना समायोजनलाई बस्तुतः सम्पन्न गरेका छौं । अव देशमा एउटा राज्य र दुईवटा सेनाको स्थितिको अन्त्य भएको छ । माओवादी जनमुक्ति सेना नेपाल सरकार मातहत आएको छ र नेपाली सेनाले लडाकु, हतियार सहितका कन्टेनर र शिविरको सुरक्षाको जिम्मा लिएको छ । अव समायोजन प्रक्रियाका केही प्राविधिक पक्षमात्र वाँकी छन्, जुन छिटै सम्पन्न हुने छन् । यो नेपाली शान्ति प्रक्रियाको ऐतिहासिक उत्कर्ष हो । नेपाली शान्ति प्रक्रिया अव कहिल्यै पछाडि नर्फकने गरी अगाडि बढेको छ । माओवादी पार्टीको लचकता, नेपाली सेनाको जिम्मेवार प्रस्तुति, राजनीतिकदलहरुको सुझवुझ र पूर्व जनमुक्ति सेनाको सुझवुझ विना यो सम्भव थिएन । यी सवै पक्षलाई म नेपाल सरकारका तर्फबाट र समग्र मुलुकका तर्फबाट हार्दिक वधाई तथा धन्यावाद दिन चाहन्छु ।

विशेषतः म जुनयुद्धका अदम्य साहसी जनसेनाका सबै जनयोद्धाहरुलाई हार्दिकतापूर्वक सलाम गर्दछु । उहाहरुकै वलिदान र त्यागको कारण हाम्रो राजनैतिक आन्दोलनले यो उचाई प्राप्त गरेको हो । यो मुलुकलाई गणतन्त्रमा लैजान कुनै एउटा समुह विशेषको सबैभन्दा बढी योगदान छ भने त्यो जनसेनाको योगदान हो । तपाईहरूको वीरता, धैर्य, शाहस र वलिदानको इतिहासले उच्च मूल्याङ्कन गर्नेछ । तपाई हाम्रा सहयोद्धाका रगतले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तपाईहरूले सहजतापूर्वक सरकार र सेना समायोजन विशेष समितिका हरेक निर्णयणलाई शिरोधार्य गर्नु भयो । यो तपाईहरूको महानताको शब्दमा प्रशंसा गर्न सकिन्न । अब तपाईहरूको बलिदान र त्यागको प्राप्तिलाई संस्थागत गर्ने भनेकै अग्रगामी संविधानको निर्माणबाट हो । हामी त्यो दिशामा धेरै अगाडी बढेका छौँ । म तपाईहरू र आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विश्वश्त बनाउन चाहान्छु । अब संविधान समयमै जारी हुने वातावरण बनेको छ । सबै राजनैतिक दलले आलटाल वा अन्य कुनै बहानामा संविधान निर्माणमा बाधा पुर्‍याएमा जनताले क्षमा दिने छैनन् । जनताका अदालतमा हामी सबैले उभिनै पर्छ । त्यसैले जन अपेक्षा पूरा गर्न समयमै संविधान जारी गर्नुको विकल्प छैन ।

त्यसरी नै म नेपाली सेना र त्यसको नेतृत्वपंक्तिले यो सेना समायोजन प्रक्रियामा निर्वाह गरेको असाध्यै जिम्मेवारपूर्ण भूमिकाको उच्च प्रशंशा गर्दछु । नेपाली सेना र पूर्व जनमुक्ति सेना दुवै अव नेपाल राज्यका एकीकृत सुरक्षा शक्ति बनेका छन् । दुवैले विगतको भिन्न परिस्थतिको तिक्तता र वैरभावलाई विर्सेर एकतावद्ध र अनुशाशित ढंगले देश र जनताको सेवा गर्नेछन् र विश्वलाई नै नेपाली शान्ति प्रक्रियाको मौलिकताको परिचय दिने छन् भन्ने मैले विश्वास लिएको छु ।

कुनै पनि ऐतिहासिक काम सम्पन्न गर्दा अग्रगामी वस्तुवादी सोंच र पिछडिएको मनोगत सोँच बीच द्धन्द हुनु स्वभाविक हुन्छ । यो प्रकृति र समाज विकासको नियम नै हो  । अहिले सेना समायोजन र शान्ति प्रक्रिया सम्पन्न गर्ने विषयमा पनि सरकार र देशकै नेतृत्व गरिरहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) भित्र विचारको द्धन्द देखा पर्नुलाई अन्यथा मान्नु हुँदैन । परन्तु म माओवादी पार्टी भित्रका असन्तुष्ट र भिन्न मत राख्ने साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने क्रान्ति आवेगले होईन विवेकले गरिन्छ र त्यो कहिल्यै पनि सिधा रेखामा वा बनिवनाउ बाटोबाट सम्पन्न हुँदैन । वरु त्यो त अत्यन्त जटील, वांगोटिंगो, र वर्तुलाकार बाटोबाट पो पूरा हुन्छ । नेपालको क्रान्ति एक्काइसौ शताब्दीको विश्वपरिस्थिति, क्षेत्रिय परिवेश र देश भित्रको वर्गीय तथा राजीतिक शक्ति सन्तुलनले निर्धारण गरेको मौलिक बाटो बाट मात्रै सम्पन्न हुनेछ । हामीले अहिले सोही अनुरुप ठोस स्थितिको ठोस विश्लेषण गरेर शान्ति र संविधानको बाटो बाट आमुल परिवर्तनका एजेण्डालाई संवोधन गरिरहेका छौं । त्यसैले म सबै भिन्न मत राख्ने साथीहरुलाई विशेषतः पूर्व जनमुक्ति सेनाका लडाकु र कमाण्डरहरुलाई सेना समायोजन र शान्ति प्रक्रियाबारे अनावश्यक ढंगले तंरगित र आशंकित नबन्न हार्दिक आग्रह गर्दछु ।
सेना समायोजन संगसंगै सरकारले राष्ट्रिय सुरक्षा नीति, सेनाको लोकतान्त्रीकरण र राष्ट्रिय सुरक्षा परिषदको पुनसंरचना जस्ता महत्वपूर्ण कार्यहरुलाई पनि अघि बढाईरहेको जानकारी गराउन चाहन्छु ।
सेना समायोजन शान्ति प्रक्रियाको महत्वपुर्ण पाटो हो, तर त्यो नै सम्पूर्ण होईन । ऐतिहासिक दश बर्षे जनयुद्धकालमा भएका सहादत, मृत्यु, वेपत्ता, घाइते आदि बारे सत्यतथ्य पत्ता लगाउनु, पीडित पक्षलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउनु र समाजमा मेलमिलाप कायम गर्नु पनि उत्तिकै जरुरी र महत्वपूर्ण कुरा हो । त्यसैले वर्तमान सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता व्यक्तिहरुको छानवीन गर्ने सम्वन्धी आयोग गठन गर्ने सम्वन्धी विधेयकलाई राजनीतिक सहमतिका आधारमा करिव करिव अन्तिम रुप दिइसकेको छ र केही हप्ताभित्रै ती विधेयकलाई विधिवत् ढंगले पारित गरेर आयोगहरु गठन गर्ने काम सम्पन्न हुने छ । त्यसरी नै सरकारले शहीद तथा बेपत्ताहरुका परिवालाई यस आर्थिक बर्षमा थप रु २ लाखका दरले राहत उपलब्ध गराएको छ र घाईते तथा अपांगहरुलाई आजीवन भत्ता, स्वास्थ्यसेवा लगायतका अन्य सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।               
शान्ति प्रक्रिया र राज्यको अग्रगामी रुपान्तरणको अभिन्न अंगको रुपमा सरकारले मधेसी, आदिवासी जनजाति, उत्पीडित क्षेत्र, महिला, दलित, मुस्लिम आदिका मुद्धाहरुलाई पनि सम्वोधन गर्ने गम्भीर र सकारात्मक पहल गरेको छ  । मओवादी र मधेसी मोर्चा वीच सम्पन्न ४ बुँदे सहमतिलाई कार्यान्वय गर्ने क्रममा नयाँ समावेसी विधेयक मन्त्रीपरिषदबाट पारित गरेर व्यवास्थिापिका-संसदमा पठाईसकिएको छ भने नेपाली सेनालाई अझै बढी समावेसी बनाउने सम्वन्धी अवधारणापत्र पारित गरेर कार्यान्वयनको निम्ति अघि बढाईएको छ । पहिलो पटक देशमा मुस्लिम आयोग गठन गर्ने विधिवत् निर्णय हालै मन्त्रीपरिषदबाट भएको छ भने छिटै कर्णाली विकास आयोग गठन गरिदै छ । त्यसरी नै वैज्ञानिक भूमिसुार आयोगहरुका प्रतिवेदनका आधारमा नयाँ भूमिसुधार र व्यवस्था सम्वन्धी विधेयक तयार गरेर पारित गर्ने दिशामा गम्भीर गृहकार्य भैरहेको छ र छिटै त्यसले मूर्तरुप लिने छ ।
आदरणीय दिदीवहिनी तथा दाजुभाईहरु,
संविधानसभा मार्फत संविधान निर्माण गर्नु पनि शान्ति प्रक्रियाकै एउटा अभिन्न राजनीतिक आयाम हो भन्ने तथ्य कसैले विर्सन मिल्दैन । किनकि दश बर्षे सशस्त्र जनयुद्धको केन्द्रीय राजनीतिक माग संविधानसभाको निर्वाचन र त्यसमार्फत वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्या संवोधन गर्ने गरी अग्रगामी संविधानको निर्माण गर्नु नै थियो । अव शान्ति प्रक्रियाको हलो अड्काएर नयाँ संविधान बन्न नदिने र परिवर्तनको समग्र प्रक्रियालाई नै अवरुद्ध पार्ने षडयन्त्र असफल भएको छ । हामीले अव सम्पूर्ण शक्ति अग्रगामी नयाँ संविधान अगामी जेठ १४ भित्र निर्माण गरिसक्ने कुरामा केन्दि्रत गर्न जरुरी छ । यो वा उ वाहानामा संविधान निर्माणको काममा अवरोध वा ढिलासुस्ती गर्ने जो कसैलाई इतिहासले क्षमा गर्नेवाला छैन । सरकार प्रमुखको हैसियतले जेठ १४ भित्र नयाँ संविधान जारी गर्न आवश्यक भुमिका निर्वाह गर्न म पूर्ण  प्रतिबद्ध छु । आजै देखि संविधानका टुंगो लाग्न बाँकी रहेका विषयमा केन्दि्रत रहेर सार्थक संवाद सुरु गर्न सवै राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग म आग्रह गर्दछु ।
अधूरो संविधान वा संघीयता विनाको संविधान आउने वजारिया हल्लाको पछाडि नलाग्न पनि म सवैसँग आग्रह गर्दछु । केही सुधारिएको २०४७ सालको संविधान ल्याउन वेतुकका कुराको पछाडि नलाग्न समेत म सवैमा अपील गर्दछु । किनकि गत २०।२२ बर्षमा हाम्रा नदीहरुमा थुप्रै पानी मात्र होईन रगतको भलनै बगिसकेको छ । त्यसैले अव बन्ने संविधान गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समावेसी, समानुपातिक र सहभागितामूलक लोकतान्त्रिक मूल्यमान्यता सहितको पूणर्ांगी संविधान नै हुनेछ । त्यसरी नै संघीयताको मूल आधार पहिचान र समथ्र्य नै हुने छ । त्यसबाट पछि हट्नु भनेको ठूलो द्धन्दको खाडलमा खस्नुमात्र हो ।
हामीले रोजेको संविधान विश्वकै सबैभन्दा बढी समावेशी संविधान सभाले सबै नेपालीका साझा भावना समेट्ने गरी तयार गर्ने साझा दस्तावेज हो । हामीले खोजेको संविधान सामाजिक सद्भाव बढाउन, राष्ट्रिय एकतालाई सुदृढ बनाउन, जनतालाई शासन प्रणालीमा अधिक सहभागि बनाउन, जनताका आधारभूत मौलिक हकको प्रत्याभूति गर्न, विकास र संवृद्धिका अवसरहरूको ढोका सबै नागरिकलाई खोल्न सक्ने र सबै खाले विभेद विरुद्धको उपचार दिने साझा दस्तावेज हो । यो सबै गर्न रचनात्मक ढङ्गले लाग्न सबै राजनैतिक दल र आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आहृवान गर्दछु । त्यस निम्ति सबै राजनैतिक दललाई घचघच्याउन र त्यसो नगर्ने अथवा संक्रमण काललाई लम्बाएर मुलुकलाई अनिश्चितता तर्फ धकेल्न कुनै शक्ति वा समुदाय लाग्छ भने त्यस्ता तत्वलाई टाउको उठाउन नदिन आम जनसमुदायबाट दवाव तथा खवरदारी गर्नु हुनेछ भन्ने अपेक्षा पनि मैले गरेको छु ।

न्याप्रेमी दिदीवहिनी तथा दाज्युभाईहरु,
शान्ति र संविधान सँगसँगै यो सरकारले सुशासन र समतामूलक सम्वृद्धिलाई उचित जोड दिँदै आएको छ । किनकि शान्ति र संविधान त राजनीतिक माध्यम मात्र हो, हाम्रो अन्तिम अभीष्ट भनेको गरीवी, वेरोजगारी, विभेद तथा उत्पीडनको अन्त्य र समतामूलक आर्थिक-समाजिक सम्वृद्धि नै हो । अथाह प्राकृतिक र मानवीय साधन श्रोतले सम्पन्न तर ऐतिहासिक कारणले विपन्न हाम्रो मुलुकलाई २१ औं शताब्दीमा गर्व गर्न लायक सम्वृद्धिको चुचुरोमा पुर्‍याउनु नै हो ।
नेपाली जनता विगतमा सामन्ती राज्यसत्ता र शासन शैलीका कारण धेरै सम्भावना हुँदाहुँदै पनि पछौटेपन र गरिवीको चपेटामा परे । विश्वका कतिपय मुलुकहरूले विगत ५०/६० वर्षको अवधीमा संबृद्धिमा ठूलो फड्को मारेर आˆना नागरिकलाई संवृद्ध र सम्मानपूर्ण जीवनयापन गर्ने अवसर जुटाए । हाम्रा छिमेकीहरू पनि विगत २/३ दशकमा तीव्र आर्थिक सामाजिक रुपान्तरणको चरण पार गरी जनताको जीवनस्तर उल्लेख्य रुपमा माथि उठाउन सफल भए । यही कालखण्डमा हामी भने चरम गरिवी, सामाजिक विभेद, कुशासनको सिकार भयौं । सरकारहरू जनताप्रति उत्तरदायी नभइ दिंदा जनतमा चरम निरासा र आक्रोस बढ्यो, धनी र गरिवबीचको खाडल बढेकै कारण जनतामा असन्तोष र आक्रोस बढ्यो ।

आज हरेक चार जनामा एक नेपाली निरपेक्ष गरीविको रेखामुनी जीवन जीउन बाध्य छ । एकातिर शिक्षा र स्वास्थ्यमा सरकारको ठूलो धनराशी लगानी भै रहेको छ भने अर्को तर्फ सुत्केरी व्यथाले जीवन गुमाउने आमाहरू र शिक्षाको उज्यालोबाट वञ्चित ठूलो जनशक्तिका कारण धनी र गरिब विचको खाडल फराकिलो हुँदै जानु अर्को चिन्ताको विषय भएको छ । अझै पनि जनसंख्याको दुई तिहाई हिस्सा ओगट्ने किसानहरूको जीवन स्पष्ट माथि उठ्न सकेको छैन । दलित र पछाडी परेका क्षेत्र तथा समुदायका जनतासम्म शिक्षा, स्वास्थ्य, खानेपानी, पोषणयुक्त खाना जस्ता न्यूनतम मानवोचित आधारभूत सेवाको पहुँच पुग्न सकेको छैन । युवा वेरोजगारी र अर्ध वेरोजगारी, सामाजिक विभेद र कुरीति, वर्गीय विभेद, शोषण तथा उत्पीडनबाट मुक्ति दिई हरेक नागरिकलाई मानवोचित जीवन यापनको प्रत्याभूति गर्न हाम्रा अगाडी चुनौतिका पहाडहरु छन् ।

यी सबैको सम्बोधन एक्लो सरकार वा एउटा दलले मात्र गरेर पुरा हुने कुरा होइन, फेरी यी कामहरू कसैले चाँहदैमा तत्काल पुरा हुने पनि होइनन् । जननिर्वाचित सरकारको पहलकदमी र अगुवाईमा सरकारको दूरदृष्टि र योजनाका आधारमा आम नागरिकको सहभागितामा सम्पन्न गर्न सकिने कामहरू छन् । त्यसैलाई मध्य नजर गर्दै सरकारले सुशासन कार्ययोजना २०६८ र आर्थिक विकास तथा सम्वृद्धिको कार्ययोजना २०६८ तयार गरि लागु गरेको छ ।

वर्तमान सरकारले आˆनो कार्यकालको शुरु मै विपन्न जनतालाई लक्षित गरी तत्कालिन राहत कार्यक्रम संचालन गरेको थियो । त्यस कार्यक्रमले दशैं, तिहार, छठ जस्ता हाम्रा महत्वपूर्ण चाडमा जनतालाई केही मात्रामा भएपनि राहत दिन सकेको थियो । त्यसरी नै हामीले सरकारको प्रतिबद्धताअनुरुप सरकारी अंगहरूमा सुशासनका जग हाल्न केही महिना पहिले सुशासन कार्ययोजना ल्याएका थियौं । यस अन्तर्गत सरकारी सेवा प्रवाह गर्ने सरकारका मुख्यमुख्य निकायहरूमा सेवा प्रवाह लाई  तीब्रता दिने तथा सेवा प्रवाहमा पारदर्शिता, दक्षता र उत्तरदायित्व कायम गर्ने भन्ने नै थियो । सोही अनुरुप हाल विभिन्न निकायहरूको काम कारवाहीमा निष्पक्षरुपमा अनुगमन गर्ने कायमै रहेको छ ।

सुशासनलाई प्रवर्द्धन गर्ने उद्देश्यले जन उत्तरदायी सरकारको अवधारणमा आधारित 'हेलो सरकार', 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम, जिल्ला तहमा सार्वजनिक सुनुवाई सेवा केन्द्र, चार स्थानमा एकीकृत सेवा केन्द्र मार्फत जनतालाई नजीकबाट सेवा प्रवाह, घुम्ती सेवा, जस्ता कार्यक्रम र मन्त्रीहरूको भ्रमण आचार संहिता जस्ता विविध कार्यक्रम, दलित तथा फरक किसिमले सक्षमका गुनासा र पीरमर्का संवोधन गर्न छुट्टै संयन्त्र, नतिजामुलक कार्य सम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उच्च तहमा कार्य सम्पादन करार जस्ता थुप्रै नवीनतम कार्यक्रमहरू ल्याएको छ । साथै जिल्ला तहमा अनुगमनलाई तीव्रता दिने कार्यहरू भएका छन् । संघीय ढाँचाको प्रशासकीय पुनसंरचना कार्य पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अगाडी बढाइएको छ । लामो समय देखि रिक्त रहेका संवैधानिक नियुक्तिहरुलाई निश्चित मापदण्ड सहित खुला र पारदर्शी ढंगले पुरा गर्ने काम अन्तिम चरणमा पुगेको छ र छिटै पुरा गरिने छ ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र अनियमितता हटाउन, पूर्वाधार निर्माणमा देखिएका अनियमितता हटाई गुणस्तरीय विकास निर्माणको प्रत्याभूति गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरू माथि हुने ठगी रोक्न, यातायात/मालपोत/जिल्ला प्रशासन कार्यालय जस्ता जनसरोकारका कार्यालयमा हुने अनियमितता रोक्न, राजश्व चुहावट नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई सुदृढ गराई परिचालन गरिदैछ ।

आदरणीय दिदीवहिनी तथा दाज्यूभाइहरू,

आर्थिक संवृद्धिका लागि उत्पादन र उत्पादकत्व बढ्नुपर्छ । त्यसका लागि पुँजीको आवश्यकता पर्दछ । हाम्रो अर्थतन्त्रको कूल वचतले आर्थिक संवृद्धिका लागि आवश्यक पुँजीको माग पूरा हुँदैन । फेरि भैरहेको पुँजीको लगानीका लागि पनि उपयुक्त वातावरण बनाउनु पर्दछ । त्यसैले लगानी मैत्री वातावरण बनाउन लगानीबोर्डको गठन गर्दै काम अगाडि बढेको छ । वैदेशिक लगानी तथा स्वदेशीपुँजीको लगानीका लागि विशेष वातावरण बनाउन सरकारले सन २०१२/०१३ लाई लगानी वर्ष घोषणा गरेको छ ।  त्यसरी नै निजी क्षेत्र सँग सहकार्य गरेर अघि बढ्ने निती अनुरुप लगानी बोर्ड, आर्थिक सल्लाहकार परिषद् आदिमा निजी क्षेत्रको प्रतिनिधित्वलाई विशेष ध्यान दिइएको छ । पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गर्न हालै उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदन छिटै कार्यान्वयनमा जादैछ । संस्थानहरुमा भैरहेको श्रोतको ठूलो अपव्यय र अव्यवस्थाबाट जोगाउन संस्थानहरुमा निर्देशन बोर्ड गठन गरी काम शुरु भएको छ । विगत झण्डै २० वर्ष देखि थाती रहेको पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन हुने प्रवल सम्भावना बढेको छ । यसैगरी पोखरा विमान स्थल र भैरहवा विमानस्थलको स्तरोन्नती हुने र दोश्रो अन्तराष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दु्रत मार्ग, काठमाडौँ हेटौडा सुरूङ मार्ग जस्ता ठूला पूर्वाधार योजना अगाडी बढ्दै छन् । तराईमा रेलमार्ग विस्तार हुने र उत्तरदक्षिण लोक मार्ग तथा मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्य पनि दु्रत गतिमा अगाडी बढेको छ । यी परियोजनाहरुलाई राष्ट्रिय गौरवका योजना घोषणा गरेर स्वयं प्रधानमन्त्री स्तरबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै केही समय देखि अवरुद्ध रहेका वैदेशिक लगानिमा संञ्चालित उपल्लो कणर्ाली, अरुण तेस्रो, उपल्लो मस्र्याङदी आदि जलविद्युत परियोजनाहरुका परियोजना विकास सम्झौता -पी.डी.ए.) छिट्टै सम्पन्न गरिने छ । यी र यस्तै कार्यक्रमको कार्यान्वयनबाट नै रोजगारीका अवसर बढ्ने र आर्थिक संवृद्धि हासिल हुने अवस्था बन्दैछ । तर यी सबैका लागि सरकारले शुरु गरेको प्रयासमा आम जनसमुदायको सहभागिता, चासो र निगरानी र पृष्ठपोषण आवश्यक पर्दछ । सरकार यी सबै काम जनताको अगाडि पारदर्शी ढङ्गले सम्पादन गर्न चाहन्छ ।

यो सरकार आर्थिक वृद्धि, सामाजिक कार्य, गरीबि निवारण र रोजगारीलाई केन्द्र विन्दुमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ । जनताका आकांक्षा पूरा गर्न सरकारले आˆना नीति तथा कार्यक्रम ल्याउँछन् र कार्यान्वयन गर्छन् । दुर्भाग्यवस वर्तमान सरकार पूर्ववर्ति सरकारले ल्याएको कार्यक्रमको विरासतमा आˆना योजना र कार्यक्रम समाहित गर्ने अवसर नै नपाउने अवस्थामा गठन भयो । त्यसैले कतिपय अवस्थामा चाहेर पनि सरकारले आˆनो नविनतम सोँच र कार्यक्रम ल्याउन, कार्यान्वयन गर्न र जनताका आकांक्षा संवोधन गर्न सकेको छैन । 

तैपनि सरकारले केही दुरगामी महत्वका पहल गरेको छ । उदाहरणको लागि गरीवीको रेखामुनी रहेका जनताको पहिचान गरेर उनीहरुलाई परिचयपत्र र अत्यावश्यक वस्तुहरु राहतमूल्यमा उपलब्ध गराउने व्यवस्था गर्न गरिवी निवारण कोष मार्फत अभियानात्मक कार्यक्रम शुरु गरिएको छ । त्यस्तै वेरोजगारहरुलाई रोजगारीको अधिकार प्रत्याभूत गर्न, कमसेकम बर्षको सय दिन रोजगारीको ग्यारेन्टी गर्न र सो नभएमा वेरोजगार भत्ताको व्यवस्था गर्न विधेयक निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको छ र छिटै सो विधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरिने छ । साथै पहिलो गणतान्त्रिक सरकारको पालामा शुरु गरिएको युवा स्वरोजगार कार्याक्रम आवश्यक परिमार्जन सहित पुनः संचालनमा ल्याईएको छ । यसले हाम्रा युवाहरुको उर्जाशील श्रम देशको विकासमा सदुपयोग हुने परिस्थीति निर्माण भएको छ ।
त्यसरी नै वास्तविक सुकुम्बासीलाई बसोबासको उचित व्यवस्था गरी तथाकथित सुकुम्बासी बनी सरकारी जग्गा ओगटेकालाई हटाउने कार्य सरकारले छिटै थाल्दैछ । साथै काठमाण्डौमा सुरु गरिएको सडक विस्तार अभियानलाई निरन्तरता दिईने छ र निर्माण कार्य तोकिएको अवधिमा पुरा गरिने छ ।
   
उपभोक्ताहरू अखाद्य वस्तुको मिसावट, मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगी जस्ता अपराधबाट पीडित छन् । त्यसैले अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न, किसानलाई मलवीउ, तथा कृषि सामाग्रीमा अनुदान दोब्बर गर्न तथा जैविक मल एवं वायो डिजलको प्रवर्द्धन गर्दै मूल्य वृद्धि नियन्त्रण गर्ने कार्यमा सरकार क्रियासिल छ । सरकारले मूल्य वृद्धि नियन्त्रण नीति ल्याई त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछ ।

आधा आकाश आधा धर्ती ओगटेका हाम्रा महिला दिदीवहिनीहरु माथि अझै पनि भैरहेको पितृसत्तात्मक शोषण-उत्पीडन र विभेदबाट म असाध्यै मर्माहत र लज्जित छु । त्यसैले वर्तमान सरकारले महिला हिंसा विरुद्धको संयन्त्रलाई विशेष क्रियाशील बनाएर गाउँ गाउँ  सम्म इकाइहरु व्यवस्था गर्न महिला प्रहरीको संख्या वृद्धि गर्ने प्रक्रिया शुरु गरिसकेको छ । एक्काइसौं शताब्दीमा पनि बोक्सीको नाउँमा महिलाहरुलाई कुटपीट गर्ने र ज्यानसम्म लिने कार्यलाई दुरुत्साहित गर्न र दण्डित गर्न सरकारले हालै एउटा विधेयक तयार गरी व्यवस्थापिका - संसदमा पठाएको छ । अन्ततः महिलाहरुलाई सम्पतिको अधिकार व्यवहारतः सुनिश्चित नगरेसम्म र राज्यसत्ताका सवै अंगहरुमा समानुपातिक सहभागिता नगराएसम्म यो समस्याको दीर्घकालीन समाधान नहुने कुरामा सरकार विल्कुल प्रष्ट छ र त्यसलाई कार्यान्वयन गर्न पूर्ण प्रतिवद्ध छ ।
यसरी नै दलित र अपांगहरु प्रति राज्यले विशेष सम्वेदनशीलता र जिम्मेवारी वहन गर्नु पर्ने कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालयमा ती बारे विशेष संयन्त्र निर्माण गरिएको छ ।
परन्तु जनसहभागिता र जनसाझेदारी विना कुनै पनि राष्ट्र समुन्नत बनेको उदाहरण विश्वको इतिहासमा कहीँ पनि छैन । हामी मात्रै त्यसको अपवाद हुन सक्दैनौ । त्यसैले सरकारले राष्ट्रिय स्वयंसेवा अभियानको विशेष नीति तथा कार्ययोजा हालै अघि सारेको छ ।
त्यस अन्तरर्गत एक गाउँ एक पोखरी, एक घर एक शौचालय, सबैलाई साक्षर बनाऔँ जस्ता अभियानमा आम जनसमुदाय परिचालन गर्ने लक्ष्य राखेको छ । सरकार केवल सहजकर्ता हो । आˆना लागि उपयुक्त कार्यक्रम बनाउने, कार्यान्वयन गर्ने, त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण गर्ने काम तपाईहरू आफैले गर्नुहोस् । तपाईका सीर्जनशील काम र योजनामा प्राविधिक र आर्थिक सहयोग जुटाउने तथा समन्वय र सहजकारी भूमिका खेल्ने काममा सरकार तत्पर छ ।
यसै सन्दर्भमा काठमाडौँ उपत्यका सरसफाई र काठमाडौँका नदी सरसफाईको काम आजै सम्पन्न भएको छ । हाम्रो घर आँगान आफैले सफा राखौ भनेर शुरु गरिएको पवित्र अभियानमा आम सहभागिता जुटाई हामी फोहोरी आचरण छाडेर सफा वातावरण बनाउँछौ र आˆनो गाउ शहर आफै सफा गर्छौ भन्ने सन्देश दिनु पर्नेमा कतिपयले नकारात्मक टिप्पणी गरेको देखेर म आश्चर्यचकित भएको छु । अव पुग्यो ! हामी निर्माणमा जुटौ । अरुले भन्दा आफूले राम्रा कार्यक्रम र योजना ल्याएर प्रतिस्पर्धा गरौँ । राम्रो कामको, आˆनै कामको नकारात्मक टिप्पणी गरेर हामी कहिं पुग्दैनौ । सरकारले ७५ वटै जिल्लामा स्वयंसेवक परिचालन गरी विभिन्न अभियान चलाउन निर्देशन दिएको छ । यस काममा सम्पूर्ण जनसमुदायको सकृय सहभागिताका लागि आहृवान गर्दछु ।

यदि हामी एउटा समुन्नत, सभ्य, सुसँस्कृत र न्यायपूर्ण समाजका नागरिक हुन चाहन्छौँ भने करौडोको घरमा बसी लाखौको गाडी चढ्नेले आˆना घर अगाडीको खाल्डोमा दैनिक गाडि गुडाउँदै सरकारलाई गाली गर्ने तथा घरकै अगाडी फोहोर ˆयाकेर दुर्गन्धबाट बच्न गाडीको सीसा बन्द गरी सुगन्ध छर्कने सँस्कृतिको अन्त हुनै पर्छ । हाम्रो मुलुक हामीले बनाउने हो, हामीले नबनाए कस्ले बनाउँछ? हाम्रा छिमेकी र बाँकी विश्व तीव्र गतिमा समुन्नतितर्फ दौडिरहेको वर्तमान अवस्थामा हाम्रो मुलुक अहिले नबनाए कहिले बनाउने? अब पनि हामी हाम्रो मुलुक बनाउन एक भएर लागेनौ भने समयले पर्खदैन । हामी धेरै पछि पर्ने छौँ । संवृद्धिमा पछि पर्नु भनेको अरु माथिको निर्भरता बढाउनु हो । निर्भरताले स्वतन्त्रता र स्वाभिमान गुम्छ । हाम्रो स्वाभिमानी र स्वतन्त्र सार्वभौमराष्ट्रलाई अक्षुण्ण राख्न पनि हामीले एकतावद्ध भएर समाजिक-सांस्कृतिक रुपान्तरण र आर्थिक संवृद्धिको बाटो रोज्नै पर्छ ।

हामीले हाम्रो राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई उच्च प्राथमिकता दिनै पर्छ । विश्वको वदलिदो भूराजनीतिक शक्तिसन्तुलन र दुई ठूला छिमेकी वीचको हाम्रो देशको विशिष्ठ अवस्थितिको वस्तुसंगत आंकलन गरेर हामीले आफ्नो राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति निर्धारण गर्नु पर्दछ । त्यसैले वैदेशिक सम्बन्धलाई यो सरकारले उच्च प्राथमिकतामा राखेको छ । मैले संयुक्त राष्ट्र संघ तथा छिमेकी राष्ट्र भारतको भ्रमण गरेर बहुपक्षीय तथा द्विपक्षीय हीतका विषयलाई प्राथमिकताका साथ अगाडी बढाएको छु । छिमेकी राष्ट्र चीनका महामहिम प्रधानमन्त्रीको हालैको नेपाल भ्रमणले दुई मुलुक विचको ऐतिहासिक सम्बध थप सुदृढ भएको छ । नेपाल सबै मुलुक खास गरी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी दुवै मुलुकका हित र चासोको सन्तुलित सम्बोधन गर्दै दुई तीब्र आर्थिक वृद्धि गरि रहेका मुलुकहरूको बीचको गतिशिल पुल बन्न चाहन्छ । हाम्रो वैदेशिक नीति यिनै सिद्धान्तमा आधारित हुनेछ ।
आदरणीय जनसमुदाय !
शान्ति र संबिधानको कार्यभार पूरा गर्न प्रमुख राजनीतिक दलहरु सम्मिलित राष्ट्रिय सरकार चाहिन्छ भन्ने माओवादी पार्टीको सुरुदेखिको अवधाारणा हो र विगतदेखि यसमा मेरो झन बढी जोड हो । तर परिस्थितिवश संबिधानसभाको निर्वाचन पछि हामी बहुमतीय सरकारमात्रै निर्माण गर्न बाध्य भयौ । म पनि परिस्थितिवश बहुमतीय सरकारको ढोकाबाट आए पनि अबिलम्ब राष्ट्रिय सरकारका पक्षमा सधैं उभिएको छु । शान्ति प्रक्रियाले निणर्ायक छलांग हानेको पछिल्लो सन्दर्भमा सरकारलाई सकेसम्म छिटो राष्ट्रिय स्वरुप दिन सबै पक्षसँग फेरि एकपटक विनम्र अपिल गर्दछु । शान्ति र संविधान हेतु राष्ट्रिय सरकारका लागि आफ्नो तर्फबाट आवश्यक योगदान गर्न हमेशा तत्पर रहेको व्यहोरा पुनः एकपटक स्मरण गराउँदछु ।
न्यायप्रेमी दिदीवहिनी तथा दाज्यूभाईहरु,
 म जान्दछु, जनताले मबाट अझ धेरै अपेक्षा राखेको थियो । लामो समयदेखि विपन्नता, बेरोजगारी, अभाव, महंगी, भ्रष्टचार र विभेदबाट पिडित जनताले यसबाट सकेसम्म छिटो मुक्तिको चाहना राख्नु गलत होइन । जनताको ठूलो सद्भावसहित बनेको मेरो नेतृत्वको  सरकारसँग अझ धेरै अपेक्षा हुनु स्वाभाविक हो ।  तर एकातिर शान्ति र संबिधान निर्माणमा केन्दि्रत हुनुपर्ने वाध्यता र त्यसका लागि राजनीतिक दलहरुबीच सहमति, अनि आन्तरिक र  वाह्य शक्ति सन्तुलनका लप्रकाशित मिति: २०६८ चैत्र ३० १२:००